• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

 २. कब्जियत हटाउँछ तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।
 ३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।
 ४. मुख स्वास्थ्यमा सुधार एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।
 ५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।
६. इनर्जी लेबल बढाउँछ मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।
७. तौल घटाउन उपयोगी मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।
 ८. पोषक तत्व र भिटामिनले भरपूर मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।
९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
दाङ । प्लाष्टिक झोला (पोलिथिन) प्रयोगमा सरकारी प्रतिवन्ध छ। स्वच्छ वातावरणका लागि पोलिथिन प्रयोग गर्न सरकारले प्रतिवन्ध लगाए पनि यसको प्रयोग भने रोकिएको छैन। स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लाष्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ।
यसको पुष्ट्याईँ गरेका छन् यहाँका युवा मार्शल रोकाले । भारतीय अघोषित नाकाबन्दीको चरम अभाव भैरहेका बेला घोराहीका उनले प्रयोग भएर फालिएका प्लाष्टिक झोलाबाट गाडी कुदाउने डिजल उत्पादन गरेका छन् । पोलिथिनबाट उत्पादीत डिजलको प्रयोगबाट मंगलवार घोराही बजारमा ट्याक्टर कुदाएर उनले यहाँका सर्वसाधारणलाई चकितै पारे ।

दुईमहिना अघि मात्रै सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेका मार्शलले पछिल्लो समय पोलिथिनबाट डिजल उत्पादन गरेर चकित पारेका हुन्। दुईमहिना अघि उनले उत्पादन गरेको पेट्रोलको गुणस्तरीयता बारे अहिले ‘नाष्ट’ मा परिक्षण भैरहेको उनले बताए। ‘प्लाष्टिक झोला डिजलका लागि धेरै प्रभावकारी कच्चा पदार्थ हो,’ उनले भने, ‘प्लाष्टिकको प्रयोगबाट डिजल उत्पादन गरेर इन्धनको अभावलाई धेरै हद सम्म कम गर्न सकिन्छ।’
मार्शलले प्लाष्टिक कच्चा तेलबाटै बन्छ भन्ने थाहा पाएका थिए । प्लाष्टिकको बनोटका आधारमा उनले लख काटे ‘पक्कै प्लाष्टिकबाट इन्धन निस्कन्छ ।’ सोही विश्वासका आधारमा डिजल उत्पादनका लागि उनले प्रकृया थाले । ‘पुराना प्रयोग भएर फालिएका प्लाष्टिक खेरेर डिजल उत्पादनको प्रकृयामा लागेको हुँ,’ उनले भने। सुरुमा उनले फोहर प्लाष्टिकलाई सफा पारेर साना टुक्रा पारेर काटेको बताए । त्यसपछि उनले उक्त साना टुक्रा प्लाष्टिकको वाष्पिकरण गरेर इन्धन उत्पादन गरेको बताए। ‘सानो टुक्रा पारेर प्लाष्टिक काटेर त्यसलाई वाष्पिकरण गरेर इन्धन बनाएको हुँ,’ उनले भने, ‘त्यसमा सामान्य दुई थरीका केमिकल मिसाइनुपर्छ।’ उनले मिसाइएको केमिकलका बारेमा बताउन चाहेनन् तर कुहिएका काठबाट बनेको केमिकल प्रयोग गरेको बताए।
परिक्षणका लागि ८ लिटर डिजल उत्पादन गरेका मार्शलले १० दिनसम्म उक्त डिजलको परिक्षण गरेका थिए। गाडीको इन्जिनमा कुनै समस्या नदेखिएको र गाडी राम्ररी कुदेपछि उनले आफ्नो उत्पादन बारे मंगलवार घोराहीमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरे। ‘१० दिनसम्म यो इन्धनको प्रयोग गरेर हेरियो,’ उनले भने, ‘डिजल सरह नै गाडीहरु राम्रैसँग कुदे, इन्जनमा पनि कुनै खराबी देखिएन।’
परिक्षणका लागि भन्दै अहिले ८ लिटर इन्धन उत्पादन गरेका मार्शलले आँफूलाई उत्पादनको अनुमती दिइए जिल्लामा भैरहेको इन्धन अभावलाई धेरै कम गर्न सकिने बताउँछन् । एक किलो दुईसय ग्राम प्लाष्टिकबाट उनले एक लिटर इन्धन उत्पादन गरेको बताए। डिजल उत्पादनमा लागेको खर्चका आधारमा उनले प्लाष्टिकबाट उत्पादित डिजल ६० रुपैयाँ प्रतिलिटरमा बिक्री गर्न सकिने बताए।
मंगलवार गरिएको डिजल परिक्षण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले मार्शलको प्रयास देखेर अचम्मित बने । उनले भने, ‘प्लाष्टिकबाटै पनि डिजल निस्केको देखेँ,यस्तो नयाँ आविष्कार देखेर मलाई अचम्म लाग्यो,’काफ्लेले भने, ‘मार्शल जीको यो प्रयासको सदुपयोगका लागि म मेरो तर्फबाट सक्दो प्रयास गर्ने छु ।’
नयाँ नयाँ खोज अनुसन्धानमा लागेका मार्शलको यो ३८ औँ आविष्कार हो । जिल्लामा युवा वैज्ञानिक भनेर कहलिएका उनले यसअघि पनि विभिन्न ३७ वटा बिज्ञानका नयाँ आविष्कार गरिसकेका छन् ।
यसअघि सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेका उनले हप्तामा तीस हजार लिटर सम्म पेट्रोल उत्पादन गर्ने दाबी गर्छन् ।
२२ वर्षीय उनले ५ कक्षामा पढ्दै गर्दा पहिलोपट रेडियोका पुराना पाटपुर्जा जोडेर रेडियो बनाएका थिए । उक्त प्रयास पछि प्रचारबाजी भएका मार्सलले अहिलेसम्म ३७ नयाँ उपकरणको आविस्कार गरिसकेका छन्। उनले केही समयअघि मात्रै दृष्टिविहीनहरुका लागि हिँड्न सजिलो हुनेगरि एक यन्त्रको आविष्कार गरेका थिए । टिभीको रिमोट अकारको उक्त यन्त्रले पैदल हिँड्न लाग्दा अगाडि आउने अवरोधको पूर्व सुचना प्रदान गर्छ। ‘अगाडि केहि अवरोध जस्तो चीज आउँदा वित्तिकै त्यो रिमोटमा भ्राइव्रेशन आउँछ,’ उनले भने, ‘यसले दृष्टिविहीनको हिडाईमा धेरै सहज हुन्छ।’ यसैगरी केही समय अघि मार्सलले हेलिकप्टर निर्माण गरेर आकाशमा उडाएरै चकित पारेका थिए ।
एकपछि अर्को गर्दै नयाँ नयाँ बैज्ञानिक आविष्कार गरेर जिल्ला तहमा चर्चा पाएका मार्शल राष्ट्रिय स्तरको विज्ञान प्रविधिमा प्रथम पनि भैसकेका छन्। हिमालयन साइन्स फियर नामक संस्थाले २०६७ मा गरेको प्रतियोगीतामा उनि पहिलो भएको बताए । तर उनले हाल सम्म नयाँ नयाँ आविष्कारको औपचारिक निर्माण गर्न भने अनुमति पाएका छैनन्। उनले प्लाष्टिक झोलाको सदुपयोगका लागि घोराही नगरपालिकासँग छलफलसमेत गरेका छन्। खेर जाने प्लाष्टिकको छुट्टै डम्पिङ साइट बनाएर इन्धन उत्पादनका लागि सदुपयोग गर्न सकिने सुझाव नगरपालिकालाई दिएका छन्।
सरकारले चासो राख्यो
तर पछिल्लो पटक भने पेट्रोल उत्पादन गरेर चर्चा पाएका मार्शल सरकारको नजरमा परेका छन्। इन्धन उत्पादन गर्ने उनको ज्ञानको मुल्यांकन गर्दै उद्योग मन्त्रालयले मार्शललाई सहयोग गर्न भन्दै खानी विभागलाई पत्राचार गरेको छ । उद्योग मन्त्रालयले ग्यासको खोज अनुसन्धानका लागि मार्शललाई पनि सहभागी गराउन भन्दै खानी विभागलाई पत्र पठाएको हो । ‘दाङका मार्शल रोकालाई उनको निवेदनका आधारमा नयाँ नयाँ खोज अनुसन्धानमा सहभागी गराईयो्,’उद्योग मन्त्रालयले खानी विभागका नाममा काटेको पत्रमा उल्लेख छ।
सोही पत्रकार आधारमा मार्शललाई खानी विभागले ग्यासको खोज अनुसन्धानका लागि सहभागी हुनका लागि बोलाई सकेको मार्शलले बताए । ‘दैलेख, लगाएतका स्थानमा ग्यासको सम्भावना रहेको आँकलन भए अनुसार मलाई पनि खोज अनुसन्धानका लागि भनेर बोलाईएको छ,’उनले भने ‘मैले यो अवसरलाइ सदुपयोग गर्ने छु ।’ नागरिक दैनिकमा समाचार छ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सिरहा–संघिय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्र महतोले लाठीले मधेशको आन्दोलन सम्बोधन नभए बन्दुकले सम्बोधन गराउने चेतावनी दिएका छन् ।

सिरहामा लाठी जुलुस प्रदर्शन गर्दै मोर्चाक कार्यकर्ता
सिरहामा लाठी जुलुस प्रदर्शन गर्दै मोर्चाक कार्यकर्ता/ तस्बिर : रामभरोसी

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पुर्व घोषित कार्यक्रम अनुसार सिरहा सदरमुकाममा बुधबार लाठि जुलुस प्रदर्शनपछि आयोजित सभालाई सम्बोधान गर्दै उनले सो चेतावनी दिएका हुन् ।
महतोले शान्तिपुर्ण आन्दोलन र लाठि जुलुस लगायतका विभिन्न बिरोधका कार्यक्रमबाट मधेशको माग सम्बोधन नभए मधेशी जनता बन्दुक लिएर अधिकार लिन तयार भएको बताए ।
मधेशको माग दिलाउनका लागि एक सय मात्र नभएर हजारौं मधेशी अधिकारका लागि मर्न तयार भएको भन्दै उनले अब अधिकार लिएरै छाड्ने उद्घोष गरे ।

कार्यक्रममा सम्बोधन गर्दै महतोले सुरक्षामा खटिएका सुरक्षाकर्मी तर्फ इसारा गर्दै भने, ‘मधेशीको जायज माग सम्बोधन भए र विगतका दिनमा समेत मधेशीलाई समान रुपमा हेरेको भए टोपीको छोराको स्थानमा मधेशका धोती र लगौटा वालाको छोरा सुरक्षामा कार्यरत अहिले हुन्थ्यो । तर, पहाडी समुदायका केहि नेताहरुले मधेश र तराई मधेशमा बसोवास गर्ने मधेशीलाई सधै दोस्रो दर्जाको नागरीकको रुपमा हेरेकाले अहिले आन्दोलनको आवश्यकता भएको छ ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सान्तिपुर्ण आन्दोलनलाई विभिन्न नामहरु दिएर अधिकारको आन्दोलनलाई बदनाम गर्न खोजिएको समेत उनले गुनासो गरे ।
ययैबीच मधेशी मोर्चाद्वारा गरिएको आन्दोलनमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले सिरहाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँ वायँ क्षेत्रमा लगाएको निषेधाज्ञा यथाबत नै रहेको छ ।

ratopati
काठमाडौँ, १५ पुस । वाणिज्य मन्त्री दीपक बोहोराले युवालाई स्वदेशमै रोजगारी दिन मन्त्रालयले कार्यदल बनाई कार्यक्रम अघि सार्ने बताउनुभएको छ ।
श्रम तथा रोजगार मन्त्रालयसमेत सम्हाल्नुभएका मन्त्री बोहोराले आज भृकुटीमण्डपमा आयोजित १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन कार्यक्रममा वाणिज्य सचिवलाई आफूले मन्त्रालय सम्हालेको १०० दिनभित्र गर्न सकिने कार्यक्रमलाई सार्वजनिक गर्न निर्देशन पनि दिनुभयो ।
मधेसको आन्दोलन र भारतको नाकाबन्दीले नेपाललाई आत्मनिर्भर हुन सिकाएको बताउँदै मन्त्री बोहोराले भन्नुभयो– “नेपाली जुत्ता उद्योगमा नेपाल ६५ प्रतिशत आत्मनिर्भर भइसकेको छ । यस्ता कुन–कुन उद्योग, व्यापारमा नेपाल आत्मनिर्भर हुन सक्छ पहिचान गरेर युवालाई सीपमूलक तालिम वा व्यापारमा लाग्न सहयोग गरेर अगाडि बढ्नुपर्छ ।” वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले निजी क्षेत्रले पनि ‘पब्लिक प्राइभेट पार्टनरसीप’ को अवधारणालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन भएको वस्तु भारतमा निकासी गर्ने उद्देश्यले भारतसँग सहकार्य गरी विभिन्न प्रदर्शनीको आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
यही पुस ९ गतेदेखि सुरु भएको सो प्रदर्शनीको करिब एक लाख मानिसले अवलोकन गरेको आयोजकको दाबी छ ।
dainiknepal
१५ पुस, काठमाडौं ।

विराटनगरको रानी भन्सारमा धर्ना बस्ने क्रममा प्रहरीसंगको झडपमा परेर घाइते भएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले आफूलाई थप उपचार गर्नको लागि भारतको दिल्ली लैजान आफ्नो पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिरहेका महतोले यस्तो बताएका हुन् । सदभावना पार्टीका एक नेताका अनुसार महतोको टाउको,हातका औला,खुट्टा र टाउकोको चोट लागेको छ ।

‘अध्यक्षले मलाई उपचार गर्नको लागि दिल्ली लैजानु भन्नुभएको छ हामीले काठमाडौ जाऊ भनेका छौ, भोलीसम्म निर्णय गरेर दिल्ली र काठमाडौ लैजाने ढुंगो लाग्छ’ती नेताले भने ।nepaliheadlines.
१५ पुस, काठमाडौं ।

शाही युवा शक्ति नेपाल –आर.वाई.पीले गणतन्त्रको खारेज नभएसम्म राष्ट्रिय एकता दिवसबारे बहस गर्नु नै हाँस्यस्पद भएको टिप्पणी गरेको छ ।

बुधबार पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा “पृथ्वीनारायण शाह, एकतादिवस र राजतन्त्र”नामक अन्तरक्रिया आयोजना गर्दै समूहले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी नभए सम्म एकता दिवसबारे बहस गर्नु व्यर्थ हुने स्पष्ट पारेको हो ।

संगठनका अध्यक्ष पशुपति खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका लब्दप्रतिष्ठित व्यक्तिहरुले पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानको खुलेर प्रशंसा गरेका थिए ।

अध्यक्ष खड्काले प्रमुख राजनीतिक दलका मतियारहरुले विदेशीहरुको एजेण्डामा देशलाई भड्खालोमा हालेको आरोप लगाउँदै भने, “यदि दुईचार महिनाभित्रैमा गणतन्त्र खारेज गर्न सकिएन भने हाम्रो देश रुवाण्डा बन्छ ।”

शाही युवा शक्तिले आगामी पुस २४ गते राजतन्त्र पूर्नवहालीको मागसहित राजधानीमा बृहत्त लाठी जुलुस गर्ने पनि जनाएको छ ।nepaliheadlines
१५ पुस, बारा (कलैया) ।

कलैया–६ स्थित बिपीस्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गीय बिपी कोइरालाको सालिकलाई मधेसी मोर्चाका कार्यकर्ताले आज तोडफोड गर्नुका साथै पेट्रोलबम प्रहार गरी पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

संयुक्त मधेसी मोर्चाको आह्वानमा आज जिल्लाको विभिन्न गाविसबाट लाठी, भाला, तरबार र फर्चासहित कैलैयास्थित त्रिचन्द्र उमाविमा भेला भई निस्केको लाठी जुलुसले कलैया नगर परिक्रमा गरी भरतचोकमा कोणसभा गरेको थियो ।

सोही जुलुसको अर्को समूहले नेपाली काँग्रेस पार्टी कार्यालय तोडफोड गर्नुका साथै कलैया–५ स्थित नेकपा एमाले पार्टी कार्यालय तोडफोड गर्न गएका समूहमाथि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । क्षतिको यकिन हुन सकेको छैन ।nepaliheadlines
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home