• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौ, १६ पुष । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले मधेसी मोर्चाले नाकाबन्दीसहितका आन्दोलनका कार्यक्रम फिर्ता नलिए मोर्चाका शिर्ष नेताहरुको पोल खोलिदिने चेतावनी दिएकी छिन ।
आईतावर हिमालय टेलिभिजनमा प्रशारण हुने ‘ धमलाको हमला’ कार्यक्रमको लागि ऋषि धमलासँगको

कुराकानीमा उनले भनिन,‘  उपेन्द्र महतो, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्र यादवको मधेसमा केही छैन । यीनीहरुले केही गर्न सक्दैन । मलाई उपेन्द्रले फोन गरेर गिरिजाप्रसाद कोइरालाले गरेको सहमति कार्यान्वयन भएन तपाई के हेरेर बस्नु भाको छ भनेर सोधे । मैले भने के सम्झौता भएको थियो । उनले आठ बुँदे कुरा गरे । मैले आठ बुँदेमा के के छ भनेर सोधे । उनले केही जवाफ नै दिन सकेनन । आठ बुँदेमा के छ मलाई पनि थाहाँ छैन भनेर उम्किए । यादवले समावेशी समानुपातिक, जनसंख्याको कुरा मात्रै गरे । अब पनि आन्दोलन फिर्ता लिएर नाका नखोले सबैको पोल खोलिदिन्छु । को कहाँबाट सञ्चालित छन सबै मलाई थाहाँ छ । ’
सुजाताले आगामि महाधिवेशनमा पार्टी नेतृत्वको चयन सर्वसम्मतमा नहुने दावी गर्दै पार्टी सभापतिको लागि जो सुकै मैदानमा आए पनि आफू प्रतिष्पर्घा गर्न तयार रहेको स्पष्ट पारिन ।
उनले भनिन,‘ सुशील दाले सक्नु हुन्न । उहाँ विरामी हुनु हुन्छ । उहाँलाई स्वास्थ्यले साथ दिदैन । सक्रिय रुपमा कार्य गर्न पनि सक्नु हुन्न । उहाँले अब मलाई सहयोग गर्नु पर्छ । कोइराला परिवारमा सुशील दापछि को मै हुँ । म पार्टी हाक्न सक्छु, ममा क्षमता छ । समय अुनसार काम गर्न सक्ने दुरदृष्टि पनि छ । टिम पनि छ । यूवा पुस्ता, महिलाको समर्थन मलाई छ ।’
सुजाताले सुशील कोइरालाले समर्थन गरेपछि आफूले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई भेटेर अब आफूलाई समर्थन गर्न आग्रह गर्ने जानकारी पनि दिईन ।
उनले चीनसँग आफ्नो राम्रो सम्बन्ध भएको र चीनले बोलाईरहने भएकोले बारम्बार आफू चीन जाने गरेको बताउँदै नेपाल र चीनवीचको सम्बन्ध अझै राम्रो र बलियो बनाउनु पर्ने तर्क गरिन ।
reportersnepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १६ पुस । विहीबार विहानै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फोनले मोबाइलको घण्टी बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली छक्क परे ।
छक्क पनि किन नपरुन् । विभिन्न कार्यक्रम र आयोजनाको सुरुवातका लागि गृह जिल्ला झापा पुगेका थिए । तर, अचानक मोबाइलमा भारतीय नम्बरबाट फोन आयो । उठाउँदा मोदीको रहेछ ।
उक्त फोनबारे पूर्व जानकारी केही गरिएको थिएन् । फोनको सुरुवातमै मोदीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिए । २० मिनेटसम्म चलेको फोन वार्तामा भएका धेरै कुरा बाहिर आए । तर, मोदीले किन अचानक फोन गरे आम नागरिकलाई चाँसोको विषय बनेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ओली र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा टेलिफोन वार्ता भएको बताइएको छ ।
तर, मोदीले फोन गर्नुको खास कारण ओलीलाई पहिला भारतको भ्रमण गराउनुरहेछ । प्रधानमन्त्री निकट स्रोत भन्छ- फोनवार्ताको आशय बुझ्दा मोदीले नेपालका प्रधानमन्त्री पहिला भारत भ्रमणमा आउन भन्ने चाहेका रहेछन् ।
उनका अनुसार नाकाबन्दी र पछिल्लो परिस्थितीले प्रधानमन्त्री ओली चीन जाने हल्ला चलेपछि पहिला भारतको भ्रमण गराउन मोदीले अचानक फोन गरेका हुन् । उसो अहिले फोन गर्ने समय पनि मोदीका उपयुक्त थियो । किनभने अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको भन्न पुगिहाल्यो ।
चीनबाट राष्ट्रप्रमुखले फोनवार्ता नगरेको अवस्थामा मोदीले आफैले फोन गर्दा ओली भारत भ्रमणमा आउनसक्ने देखेपछि अचानक विहानै फोन गरेका हुन् । यसअघि परराष्ट्रमन्त्री कमल थापाले पनि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत नै हुने बताएका थिए । तर, प्रधानमन्त्रीले भने भारत, चीनमध्ये जहाँ स्थिती अनुकुल भयो त्यही पहिला भ्रमण गर्ने बताउँदै आएका छन् ।
नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणलाई लिएर पछिल्लो समय भारत र चीनबीच प्रतिस्पर्धा नै भइरहेको छ । चीनले पनि आफ्ना राजदूत मार्फत प्रधानमन्त्री ओलीलाई पहिला चीन भ्रमण ल्याउन प्रयत्न गरिरहेको छ ।
यसैगरी फोनवार्तामा प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकामा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैव आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतका तर्फबाट कुनै रोकटोक नभएको बताए ।
भारतका प्रधानमन्त्री मोदीले रक्सौल–वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको जानकारी दिँदै नेपालकै राजनीतिक दलले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको बताए ।
दुई नेताबीच द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने वचन दिएका थिए ।
dainiknepal
भीमदत्तनगर, १६ पुस । कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिर्वतन) गत साउन १० गते बुबा–आमाको आशीर्वाद थापेर धन कमाउने सपना बोकेर ज्वाइँ प्रकाश मगरसित भारत पसिन् ।
गाउँकै स्कूलमा कक्षा ८ मा अध्ययनरत बोहरालाई उहाँकी ठुलोबुबाकी नातिनी जानकी र ज्वाइँ प्रकाशले माइतीमा आएको बेला आर्थिक लाभको प्रलोभन देखाएर भारतको बम्बै हुँदै पुनासम्म पु¥याए । कैलालीको सहजपुर खानीडाँडा घर भएका प्रकाशले तीन वर्षअघि नाताले छोरी पर्ने झलारीकी जानकीसित मागी विवाह गरेका थिए ।
“ससुराली आउँदा छोरी र ज्वाइँ मेरै घरमा आएर भारतमा पैसा कमाउन प्रलोभनमा पार्ने गर्थे,” हाल माइती नेपाल कञ्चनपुरको आश्रयमा रहेकी रामवतीले भन्नुभयो–“पुना पुगेर भारतीय नागरिककहाँ बेच्ने सुइँको पाएपछि रात १० बजे कोठाबाट भाग्न सफल भएँ ।”
“घरमा पढेर के गर्छ ? पुनामा १२ हजार मासिक भारतीय रुपैयाँ कमाउन सकिन्छ भनेर दुबै जनाले घरमा बुबा आमालाई सम्झाएपछि उहाँहरुले मलाई जागिर गर्न जान अनुमति दिनुभयो,” रामवतीले भन्नुभयो – “पुना पुगेपछि त्यै छोरीले यता तँलाई पूजा गर्न ल्याएको होइन भनेर धम्की दिन थाली । आफन्तबाटै यस्तो होला भन्ने कल्पनासम्म गरेको थिएन ।” हाल जानकी र प्रकाश पुनामै काम गरिरहेका छन् । “पुना पुगेपछि त्यो कोठामा एक भारतीय महिलालाई मेरै कोठामा राखेको थियो,” रामवतीले भन्नुभयो – “हामी दुबै जना राति भागेर मध्यप्रदेशको जवलपुर पुग्यौँ ।”
भारतीय युवती जवलपुरकी निशा चन्द्रावती र रामवतीलाई रेलको यात्रा गर्दै गर्दा भारतको दमवाबाट नियन्त्रणमा लिएपछि निशालाई जवलपुर घरको जिम्मा लगाएको भारतीय प्रहरीले रामवतीलाई जवलपुरस्थित रामकुमारी वाई बालिका निकेतनको आश्रयमा राखिदियो ।
“म आश्रममा चार महिना संसार जितेर बसेँ,” गत पुस १० गते माइती नेपालले उद्धार गरी भीमदत्तनगर पु¥याएकी रामवतीले भन्नुभयो – “पुनामा मलाई प्रकाशले ज्यान मार्ने धम्कीसम्म दियो ।” धनगढीको गौरीफन्टा नाका हुँदै भारत पसेकी रामवतीले त्रिनगर भन्सारमा सोधपुछ गर्दा प्रकाशले भारतको पलिया उपचारका लागि जान लागेको बताएको जानकारी दिनुभयो ।
रामकुमारी वाई बालिका निकेतनले रामवतीका घरमा पत्राचार गरेपछि उहाँका बुबाले माइती नेपाल कञ्चनपुरलाई छोरीको उद्धार गरिदिन गुहार मागे । “म आफैं जवलपुर पुगेर रामवतीलाई लिएर आएको हुँ,” माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भन्नुभयो – “बेचबिखनका लागि लैजाने प्रकाश र जानकी विरुद्ध प्रहरीमा उजुरी दिन्छौँ ।” माइती नेपालले रामवतीलाई आवश्यक परामर्श दिएर आफन्तको जिम्मा लगाउने जनाएको छ ।
त्यसैगरी, माइती नेपालकै आश्रयमा पुगेकी कञ्चनपुरको पुनर्वास नगरपालिकाकी निकिता बोहरा (नाम परिर्वतन)को व्यथा रामवतीको भन्दा दर्दनाक छ । डेढ वर्षअघि गाउँकै प्रताव बोहराको विवाह गर्ने प्रलोभनमा परेर भारतको दक्षिण भारतस्थित उडिसा पुगेकी १८ वर्षीया निकिताको जिन्दगीमै शत्रु बनेका प्रताव अहिले भारतमै लुकेर बसेका छन् ।
“यहाँबाट गएको डेढ महिनासँगै बस्यौँ,” निकिताले भन्नुभयो–“त्यसपछि प्रताव कहाँ गयो अहिलेसम्म थाहा छैन ।” बाँकी दिनहरु कसरी बिताएँ भन्ने बारे उहाँले मुख खोल्नु भएन । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले निकितालाई झापा माइती नेपाल हुँदै माइती नेपाल केन्द्रीय कार्यालयले पारिवारिक मिलनका लागि यहाँ पठाएको जानकारी दिनुभयो ।
“निकिताको बुबा छोरी भारत गएपछि सम्पर्कमा नआएपछि छोरी खोज्दै उडिसासम्म पुगेछन”, संयोजक भट्टले भन्नुभयो–“तर बुबा छोरी खोज्दाखोज्दै भारतमै बिते ।” बुबासमेत छोरीको खोजीमै मृत्यु भएपछि निकिताको आश मारेका उहाँकी आमा अहिले छोरीसित सम्पर्कमा आएपछि खुसी छिन् ।
त्यसैगरी गत कात्तिकमा गाउँकै स्थानीयवासीबाट भारतको पौडीगडवाल बेचन लागेकी बर्दियाकी १४ वर्षीया सञ्जु नगरकोटीलाई पनि माइती नेपाल कञ्चनपुरले भारतबाट उद्धार गरी पारिवारिक मिलन गराएको छ ।
नगरकोटीलाई भारत लगेर यौन प्यास मेटाउने बर्दियाका रामबहादुर खड्का अहिले प्रहरी कारबाहीमा छन् । माइती नेपाल कञ्चनपुरले मानव बेचबिखनविरुद्ध मुद्दा दायर गरेपछि जिल्ला अदालत कञ्चनपुरले सोमबार पुर्पक्षमा राख्न आदेश दिएको छ । “यो दलाललाई नै पक्राउ गरी कानुनी दायरामा ल्याएको ठूलो सफलता हो,” संयोजक भट्टले भन्नुभयो – “धेरै उद्धार गरिएका युवती दलाली गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन निकै चुनौतीपूर्ण छ ।” माइती नेपाल कञ्चनपुरले सन् २०१५ मा मात्रै २०० युवतीको उद्धार गरी पारिवारिक मिलन गराएको जनाएको छ ।
dainiknepal
 बिहीबार, १६ पुष
जापानबाट अमेरिका जाने अवसर
टोकियो । जापानमा रहेका नेपालीहरु अब सिधै अमेरिका जान पाउने भएका छन् ।
अधिकांश नेपाली र विदेशीहरुको समेत सपनाको देश रहेको अमेरिका जान अब जापानबाट सुर्या कर्पोरेसन जापानले सहयोग गर्ने भएको हो ।

जापान वा स्वदेशबाट स्नातक तहको पढाई पुरा गरेकाहरुलाई जापानमा कामको लागि स्युस्योकु भिजा दिलाउने कार्य गर्दै आईरहेको कर्पोरेसनले यसपाली टुरिस्ट, बिजनेस र स्टुडेन्ट भिजामा अमेरिका जाने प्रक्रियाका लागि जापानको फुकुओका, हिरोसिमा, ओसाका, सिजिओका, नागोया र टोकियो लगायतका स्थानमा छुट्टाछुट्टै सेमिनार समेत गर्ने भएको छ ।
जापानमा कुनैपनि भिषामा रहेका भाषा विद्यार्थी, कुक, डिपेन्डेन्ट, बिजनेशम्यान जो कोही विदेशीले पनि जापानबाट अमेरिका जानका लागि कानुनी रुपमै आवेदन दिन सक्ने सुर्या कर्पोरेसनले जनाएको छ ।
अन्य मुलुकबाट अमेरिका जान चाहेपनि सम्भावना कम भएकाले उक्त सम्भावना अब जापान आएका विदेशीहरूका लागि भने प्रक्रिया पुर्याएमा त्यति कठिन नरहेको कर्पोरेसनका निर्देशक बासुदेव लामिछानेले बताए ।
अमेरिका पठाउने पूर्वतयारी, प्रक्रियालगायतका विषयमा जानकारी दिन आयोजना गरिने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिंदै उनले भिसा प्रक्रियाको लागि आवश्यक बैंक ब्यालेन्स, इन्भिटेसन, ग्यारेन्टर, स्पोन्सर देखि अन्तरवार्तासम्म सम्पूर्ण कागजपत्र बनाउने प्रक्रियामा सहयोग गर्ने कर्पोरेसनले बताएको छ ।
मात्र १५ दिनको प्रोसेसिंग अबधि रहेको र नयां वर्ष २०१६ को जनवरी १ बाट कर्पोरेसनमा सम्पर्क गरि प्रक्रियाको सुरुवात गर्न सकिनेछ ।
जापानको जुन कुनै स्थानमा रहेताकाहरुले पनि आवश्यक कागजात कम्पनीको ठेगानामा पोष्ट गरेमा सम्पर्कको माध्यमबाट सजिलै प्रोसेसिङ गरी ५ वर्षको भिषा आवेदन दिन सकिनेछ ।
nepalsandesh
काठमाडौं, १६ पुस । संसारकै पहिलो सामाजिक सञ्जाल फेसबुकले आफ्ना उपभोक्तालाई थप सेवा दिने तयारी गरेको छ ।
हाल आफ्नो मोबाइल एपका लागि टपिक बेस्ड फिड टेस्ट गरिरहेको फेसबुकले फिडमा परिवर्तन गर्ने निर्णय गरेको हो । यो निर्णय प्रयोगकर्ताको सुझावकै आधारमा गरिएको फेसबुकले जनाएको छ । नयाँ परिवर्तन सिस्टमले प्रयोगकर्तालाई आफ्नो न्यूज कस्टमाइज गर्न एकदमै सजिलो हुने बताइएको छ ।
अमेरिकी पत्रिका ‘द वर्ज’मा प्रकाशित समाचार अनुसार फेसबुकका प्रवक्ता जासोन स्टेनले भनेका छन्- धेरै फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्टमा अगल-अलग क्याटगोरीमा न्यूज फिड चाहियो भनेर हामीलाई माग गरे । जसबाट उनीहरुले टपिकअनुसार पढ्न सकुन् । प्रयोगकर्ताको यो मागलाई ध्यानमा राख्दै हामी अलग अलग स्टोरीका लागि खास न्यूज फिडको टेस्टिंग गरिरहेका छौं । र छिट्टै प्रयोगमा ल्याउँछौं ।’
यसका साथै नयाँ वर्षबाटै फेसबुकले विश्वभर मार्केटिङ अफिस पनि विस्तार गर्ने भएको छ ।
पेपर एपजस्तै काम गर्नेछ मल्टिपल न्यूज फिडले
मल्टिपल न्यूज फिड कम्पनीको स्टैंडअलोन एप ‘पेपर’को इन्स्पायर हो जसमा अटोमैटिकली प्रयोगकर्तालाई पोस्ट र पेजको कन्टेन्टलाई अलग अलग सेक्शन कस्टामइज गरेर देखाउनेछ । यद्यपी यो एप मात्र आईओएसमा डाउनलोड गर्न सकिनेछ ।
यता फेसबुकको ट्रेडिशनल न्यूज फीडमा केही क्याटोगरी छन् जसमा स्टाइल, ट्रैवल र हेडलाइन समावेश गरिएको छ । छिट्टै यो एप आम प्रयोगकर्तामाझ आउने फेसबुकका प्रवक्ता स्टेनले बताए ।
dainiknepal
१६ पुस, जनकपुरधाम ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा ‘आन्तरिक उपनिवेश’ समाप्त नहुन्जेल आन्दोलन नरोकिने बताएका छन् ।

जनकपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले केही गनेचुनेका एउटै समुदायका व्यक्तिहरु मधेशीहरुलाई उपनिवेशमा राखेको भन्दै उपनिवेश समाप्त नभए सम्म आन्दोलन अझै सशक्त पार्दै जाने चेतावनी दिए ।

११ बुदे माग कार्यान्वयन गर्न सत्ता पक्ष आनाकानी गरिरहेकोले त्यो माग सम्बोधन नभए नाकाबन्दी जारी रह्ने चेतावनी पनि उनले दिएका छन् ।

आफ्नो पक्ष बलियो बनाउनका लागि अन्तराष्ट्रिय जगत संग सहयोग मागेको र अन्तराष्ट्रिय समुदाय पनि संविधान अपुरो रहेको जबाव दिएको दावी समेत उपेन्द्रले गरे ।

संविधानमा हस्ताक्षर गरेका संसदहरुले नै संशोधन विधेयक प्रस्तुत गर्नुले संविधान मृत भइ सकेको पुष्टी भएको उनको भनाइ छ । संविधान कार्यान्वयन हुन अगावै नेताहरु संविधानको श्राद्ध गर्न लागी परेको बताए । एउटै समुदाय र एउटै जातका ५ ÷७ जना व्यक्तिहरु मिलेर संविधान ल्याएको भन्दै उनीहरु मधेशमा नरसंहार गर्न लागी परेको आरोप पनि उनले लगाएका छन् ।

मोर्चाले अव ‘चलो मधेशी घेरो सिंहदरबार लेलो अपना अधिकार’ नामक नयाँ आन्दोलनको घोषणा गर्न लागेको जानकारी पनि उपेन्द्रले दिएका छन् ।
काठमाडौं, १६ पुस । दक्षिण एसियामा शक्ति राष्ट्र मानिने श्रीलंकाले भारतलाई आफ्नो शक्ति देखाएको छ ।
यसअघि भारतको प्रस्ताव अस्वीकार गरेर चीनसँग हात बढाएको श्रीलंकाले अहिले भने घमण्ड उर्तान शक्ति देखाएको छ ।
यसैक्रममा २९ जना भारतीय नागरिकलाई श्रीलंकाको सेनाले नियन्त्रण लिएको छ । अनुमति विनै आफ्नो भूमिमा आएको भन्दै सेनाले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारतीय नागरिकहरु पेसाले माझी हुन् । श्रीलंकाको श्रींकोमाली नदी किनारमा माछा मारिरहेका माझीहरु सेनाको कब्जामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको तमिलनाडु प्रान्तको नागपट्टीनम जिल्लाका माझीहरु विहानै श्रीलंकाको भूभागभित्र पर्ने समुद्रमा माछा मार्न गएका थिए । (एजेन्सीको सहयोगमा)
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home