• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

काठमाडौँ, १६ पुस । तराई–मधेसमा देखिएको आन्दोलन समाधान गर्ने र संविधान संशोधन प्रक्रियाका विषयमा एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।

बानेश्वरको एक निजी घरमा भएको भेटवार्तामा अध्यक्ष दाहालले संविधान संशोधन प्रक्रियामा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले आन्दोलन र सीमामा भइरहेको अवरोध अन्त्य गर्न अनुरोध गर्नुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले राससलाई जानकारी दिनुभयो ।

भेटका अवसरमा तमलोपा अध्यक्ष ठाकुरले आफूहरु वार्ता र संवादका माध्यमबाटै समस्या समाधान होओस् भन्ने पक्षमा रहेको बताउनुभएको थियो ।

etajakhabar
काठमाडौं, १६ पुस । भारतले नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिएको खुलासा भएको छ ।
संविधान जारी हुनुभन्दा पहिला नेपाली नेताहरुलाई बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संस्थापन पक्षले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्ने अडान राखेको खुलासा भएको हो । मोदीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई संविधान जारी हुनुअघि दिल्ली भ्रमणमा बोलाएका थिए ।

संविधान जारी भएको तीन महिनापछि कांग्रेस वरिष्ठ नेता देउवाले यस्तो खुलासा गरेका हुन् । भारतले हिन्दूराष्ट्र कायम गर्न आफूलाई पटक पटक दबाब दिएको तर धर्मनिरपेक्षता भएपछि केही असन्तुष्ट भएको बताए ।
‘हिन्दूराज्यको कुरा गरेकै हो, तर संविधानसभामा बहुमत पुर्याउनुपर्छ भनेको थिएँ,’ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग खुलासा गर्दै देउबाले भने- ‘कांग्रेस मात्रले बहुमत नपुग्ने परिस्थिति थियो ।’ धर्मनिरपेक्षता भएपछि भारत असन्तुष्ट भएको उनको भनाई थियो ।

नेता देउवाले मधेसको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने बताए ।
उनले अन्तरिम संविधानबाट पाएका अधिकार राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा कुरा गर्न पार्टी तयार रहेको उनले जानकारी दिए ।
dainiknepal
काठमाडौं, पुस १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विहीबार कार्यस्थलमा नै पक्राउ गरेको छ ।


आयोगको स्टिङ अप्रेसनका क्रममा विभागका प्राविधिक निर्देशक पोखरेल पक्राउ परेका हुन् ।

विद्युतीय स्कुटर आयातको अनमुति दिनेक्रममा निर्देशक पोखरेलले एक सेवाग्राहीसँग रु दुई लाख घुस मागेको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सहायक प्रवक्ता रिजालका अनुसार इलेक्ट्रिक स्कुटर आयातका क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना प्राप्त भएपछि आयोगको टोली विभाग पुगेको थियो । आयोगले रु एक लाख ८० हजारसहित पोखरेललाई पक्राउ गरेको हो ।

सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा काम गराउन अवाञ्छित तवरले घुस तिर्नुपरेको भन्ने आशयका समाचार प्रकाशित भएपछि आयोगको टोलीले त्यस्ता निकायमा निगरानी बढाएको छ । imagekhabar

काठमाण्डु, १६ पुस– भारत भ्रमणपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दुरी निकै बढेको छ । यादवले आफ्नो बसाई काठमाण्डु बनाएका छन् भने महतो तराई–मधेस आन्दोलन क्षेत्रमा नै बस्दै आएका छन् । प्राय संघिय लोकतान्त्रिक मधेसी मोर्चाको नामबाट संयुक्त रुपमा विज्ञप्ती निकाल्ने गरिएको भएता पनि पछिल्ला दिनहरुमा यादवले आफ्नै पार्टीको नामबाट एकल विज्ञप्ती जारी गर्दै मधेस आन्दोलनमा आफ्नो सक्रियता देखाएका छन् । भने, महतोले मधेसमै रहेर आन्दोलनकारीसँग प्रत्यक्ष संवाद गर्दै आफूलाई सक्रिय देखाएका छन् ।

मधेस आन्दोलन भएको चार महिना पुगिसक्दा त्यसको नेतृत्वकर्ता को भन्ने विषयमा बहश हुनुे र त्यसका लागि मन्त्रीसमेत बनिसकेका दुई ठूला नेताले आफ्नो दावेदारी प्रस्तुग गर्नु स्वभाविक हो । बेलाबेलामा यादव र महतोबीच आन्दोलनको विषयमा विवाद भएका समाचार पनि संचारमाध्यममा आइरहेका छन् । धेरैले दुवै नेताबीच दुरी टाढिदै गरेको अनुमान गरिरहेका बेला उपेन्द्र यादवको पछिल्लो अभिव्यक्तिले यसको आधार खडा गरेको छ ।
यादवले जनकपुरको स्थानीय रेडियोलाई अन्तर्वार्ता दिँदै राजेन्द्र महतोले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाएका छन् । मधेसमा महतोभन्दा आफ्नो पार्टी शक्तिशाली भएको संकेत गर्दै उनले भनेका छन्, ‘वीरगञ्ज नाका महतोका कारण बन्द भएको होइन । यसअघि उनी त्यहाँ नजाँदा बन्द थियो र अहिले उनी त्यहाँ नरहँदा पनि बन्द छ ।’
त्यस्तै, विराटनगरको प्रशंगमा यादवले विराटनगरमा पनि आफ्नै पार्टी बलियो भएको बताएका छन् । उनले भनेका छन्, ‘राजेन्द्र महतो गएर विराटनगरमा झडप भयो भन्ने कुरा कसैले तपाईं भनोस् या नभनोस् आफै मपाईं भनेजस्तो हो । त्यहाँ महतो नजाँदा हिजो पनि झडप भएको थियो, त्यसमा उनको कुनै सम्बन्ध छैन, म जाँदा पनि झडप भएको थियो ।’
उनले महतोको सस्तो लोकप्रियताको कुरा उठाए पनि मोर्चाका कुनै अन्र्तरसंर्घस नरहेको स्पष्ट पारे । भारतबाट आएयता महतो वीरगञ्ज नाकामा बस्दै आएका थिए । केही दिनअघि उनी विराटनगरमा धर्ना बस्दा झडप भएपछि महतो सामान्य घाइते भएका थिए ।
kathmandutoday
१६ पुस, दमौली ।

पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्डमा पर्ने तनहुँको घाँसीकुवा गाविस–५ स्थित मुसेखोलामा आज ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घाँसीकुवा–८ छिर्कनेका मोटरसाइकल चालक २१ वर्षीय सुरज थापा, सोही ठाउँका अर्का २० वर्षीय सन्दिप कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने सन्दिपको घटनास्थलमै र चालक सुरजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेका ना ५ ख ७५२३ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको ग १० प ७४६२ नम्बरको मोटरसाइकललाई उक्त ठाउँमा ठक्कर दिँदा दुर्घटना भएको थियो ।nepaliheadlines
काठमाडौं – पुस ११ गते विराटनगरको जोगवनी नाकामा धर्ना बसिरहेको बेला प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि उपचार गराइरहेको आज ६ दिन भइसकेको छ तर आजसम्म उनलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कुनै पनि नेताहरुले भेट्न गइरहेका छैनन् ।
आन्दोलनको क्रममा जोगवनी नाकामा बसिरहेकै बेला प्रहरीले अध्यक्ष महतोलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते भएका महतोलाई सोही दिन विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गराएका थिए । त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि पुस १३ गते थप उपचारका लागि उनलाई बीपी कोइराला मेमोरियल अस्पतालमा उपचारका लागि लगेको थियो । हाल त्यहाँ उनको उपचार जारी रहेको छ ।

तर, यतिका दिन वित्तिसक्दा पनि मधेशी मोर्चाका कुनै पनि नेताहरु महतोलाई भेट्न अस्पतालसम्म पुगेका छैनन् । मोर्चामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो रहेका छन् । यी चारैजना नेता विगत चार महिनादेखि आन्दोलन गरिरहेका छन् र त्यसमध्ये एक नेता प्रहरीको कुटाईबाट घाइते भइ उपचार गराई रहँदा मोर्चाका अन्य तीनजना नेताहरुमध्ये कसैले पनि भेटेर स्वास्थ्यको जानकारी नलिएको प्रति टिका टिप्पणी शुरु भएको छ ।
भेट्ने कुरा त बेग्लै हो, मोर्चाका शीर्षस्थ नेताहरुले फोन गरेर पनि जानकारी नलिएको उनी निकट पार्टी स्रोतले जनाएको छ । घाइते भएको एक दिनपछि विज्ञप्ति जारी गरी औपचारिकता मात्र निभाएको छ, सद्भावना पार्टीका एक नेताले गुनासो गरे ।
बरु संघीय समावेशी मधेशी गठबन्धनका नेताहरु शरत्सिह भण्डारी, जयप्रकाश गुप्ता, राजकिशोर यादव र अनिल झाले पटक पटक फोन गरेर महतोको स्वास्थ्यको बारेमा जानकारी लिएका छन् । यता मोर्चाको तर्फबाट तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी, महासचिव जितेन्द्र सोनल, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले फोन गरेर स्वास्थ्यको बारेमा जानकारी दिएको धारानमा महतोसँगै रहेका सो पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी गराए ।

नेताहरु नजानुको यस्तो छ कारण
विराटनगर जोगवनी नाका बन्द गर्ने जिम्मेवारी उपेन्द्र यादव अध्यक्ष रहेको फोरम नेपालको थियो । तर, मोर्चामा कुनै जानकारी नै नदिइकन नाकामा गएर अध्यक्ष महतो बसेका थिए । जुन मोर्चाको जानकारीमा थिएन । मधेशी मोर्चाकै अर्को कार्यक्रममा विराटनगरमा थिए तर अध्यक्ष महतोले हठ गरी मोर्चाको कार्यक्रममा नगएर नाकामै बसेका थिए । सो कुराप्रति उपेन्द्र यादवले १२ गते बसेको मोर्चाको बैठकमा पनि आपत्ति जनाएका थिए ।
‘मोर्चाको निर्णय हुन्छ, एकातिर उनको गतिविधि हुन्छन् अर्कोतिर’ भन्दै अध्यक्ष यादवले सो दिनको बैठकमा असन्तुष्टि पोखेका थिए । ‘महतोजीलाई जोगवनी नाकामा जान कसले भन्यो ? मोर्चाको कार्यक्रम पनि थियो तर त्यसमा नगएर नाकामा बसेर एक्सट्रा देखाउन खोज्नुभयो । अनि यस्तो भइरहाल्छ नि,’ उनको भनाई उद्धृत गर्दै एक नेताले भने ।
एक स्थानीय पत्रकारका अनुसार मधेशी मोर्चा र त्यहाँका स्थानीय प्रशासनबीच नाकामा नबस्ने आन्तरिक सहमति भएको थियो । बसेपनि कुनै छेउमा गएर बस्ने तर राजेन्द्र महतो जबर्जस्तीबीच नाकामै गएर दलबलसहित बसेपछि प्रहरी प्रशासन बल प्रयोग गरेको हो । नाकामा बस्नुअघि पनि प्रहरीले अध्यक्ष महतोलाई सम्झाउन खोजेका थिए । उनलाई रोक्ने प्रयास गरेका थिए । यहाँ नबसेर अर्को ठाउँमा बस दिनुस् भनि पनि आग्रह गरेका थिए तर महतोले बलजफती त्यही गएर बसेपछि प्रहरीले बल प्रयोग गरेको हो । यस कारणले पनि मधेशी मोर्चाका नेताहरु चिढिएका छन् । जनकपुरमा रहेएका अध्यक्ष यादवले त्यहाँका एक स्थानीय एफएमलाई अन्तरवार्ता दिँदै उनले अध्यक्ष महतो सस्तो लोकप्रियताका लागि त्यस्तो गरेको आरोप लगाएका छन् ।

के भन्छन् नेताहरु ?
सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘हाम्रो अध्यक्षजी घाइते भएर अस्पतालमा भर्ना हुनु भएको छ । हामी पीडामा छौ यसबेलामा को भेट्न गयो को गएन त्यसमा टिप्पणी गर्नुभन्दा पनि यो मानवीयताको कुरा हो मान्छेले आफै बुझ्नु पर्ने हो ।’
यता, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले आफूहरु निरन्तर सम्पर्कमा रहेको र आन्दोलनका कारण भेट्ने समय नपाएको बताए । ‘भोली धरानमा विरोध सभा रहेको र त्यसपछि त्यहाँ भेट्न जाने कुरा भइरहेको छ,’ उनले भने ।

ratopati
बिहीबार, १६ पुष
उदयपुर । चार दिन अघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिस बस्ने ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समय यतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।
कृष्ण कुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बताएको छ ।
उक्त दिन जङ्गलमा दाउरा काट्न गएकी कृष्ण कुमारीसँग शारिरीक सम्पर्क भएको र विवाद बढेपछि पाँच किलो जतिको ढुङ्गा टाउकामा प्रहार गरी हत्या गरेको मगरको बयानलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अमतलाल माझीले बताए ।
सरोज मगरलाई प्रहरीले १३ गते साँझ स्थानीय एक घरमा लुकी बसेको अबस्थामा पक्राउ गरेको हो । कृष्ण कुमारीको परिवारजनबाट मौखिक जाहेरी परेपछि प्रहरीले बेपत्ताको खोजी कार्य थालेको थियो । उनको मृत शरीरलाई निर्वस्त्र अवस्थामा फेला पारिएको थियो ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home