• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं – नेकपा (एमाले) भित्र एक जना यस्ता मान्छे छन्, जो आफूलाई राज्यका सबै पदमा पुग्नै पर्ने र कमाउ धन्दा चलाउनै पर्ने मनसाय राख्छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष उनैलाई चाहिन्छ । नेपाल राष्ट्र बैंकको गभर्नर उनैलाई चाहिन्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष फेरि उनै बनेका छन् । ती व्यक्ति हुन् डा. युवराज खतिवडा । उनी यतिखेर आयोगको उपाध्यक्ष छन् ।
उनी गभर्नर पनि भए, एमालेका लागि भन्दै उनले लखनऊ लूट समेत मच्चाए । संविधानसभाको दोस्रो निर्वाचनमा पदको दुरूपयोग गरेर उनले खड्ग ओलीलाई रु.१ करोड रूपैयाँ चुनाव खर्च भनेर उपलब्ध समेत गराए । अख्तियार दुरूपयोग अनुसन्धानले छानबिन गर्ने मेसो पाएपछि अख्तियारका केही हाकिमलाई बोलाएर उनले रकम नै दिएर थामथुम समेत पारे । यतिखेर उनै ओलीको कृपाले खतिवडा आयोगको उपाध्यक्ष बनेका छन् । पछिल्लो पटक ओलीले मनलाग्दी तवरले मन्त्रिपरिषद् विस्तार गरेपछि उनै खतिवडा आफूलाई अर्थमन्त्री बनाउनु प¥यो । अर्थसम्बन्धी ‘अ’ समेत थाहा नभएका विष्णु पौडेलसँग मेरो हाइट मिलेन भन्दै उनले मन्त्री बनाउन र नबनाए राजीनामा दिने भन्दै धम्की दिएका छन् । संविधानको संक्रमणकालीन व्यवस्था अनुसार नै आफूलाई मन्त्री बनाउनुपर्ने खतिवडाको बालहठ देखिएको छ । उनले प्रधानमन्त्री रहेका ओलीलाई मन्त्री बनाउने भए बनाऊ होइन भने छारस्ट गर्छु भन्दै धम्की दिने गरेका छन् । एक एमाले नेताका अनुसार प्रम ओलीसँग उनको पछिल्लो भेटका अवसरमा म उपाध्यक्ष छाड्छु अर्को एमालेलाई बनाऊ भन्दै अर्थमन्त्री बनाउन भनेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ । ratopati
काठमाडौं – एमाओवादी छाडेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका डा. बाबुराम भट्टराईलाई एकपछि अर्को संकट आइलागेको छ । आफूले निर्माण गर्न लागेको नयाँ शक्तिमा एमाओवादीमै रहेका पूर्व कार्यकर्ताको झिनो समूहले मात्रै समर्थन गरेको र बाहिरी दुनियाँका कोही कसैले पनि साथ नदिएपछि उनलाई पीर त परेकै छ तर उनलाई विगतमा आफ्नै भनेर साथ दिंदै आएकाले समेत साथ छोडेका छन् । नयाँ शक्ति निर्माण प्रक्रियामा शंकास्पद रहेको र भारतको आशीर्वादमा अगाडि बढाइएको भन्दै मुलुकभित्र आशंका पैदा भएको छ । भारतीयहरूसँगको अवाञ्छित उठबसलाई नयाँ शक्तिकै कार्यकर्ताले समेत सहन सकेका छैनन् ।


नयाँ शक्तिमा आउन उनले नागरिक समाजका अगुवा, पत्रकार, पूर्व प्रशासक तथा विवेकशील नेपालीलाई आग्रह गरे । तर कोही कसैले पनि स्वीकार नगरेपछि डा. बाबुराम भट्टराई चिन्तामा परेका छन् । क्रान्तिमा लाग, सबै चिज पाइन्छ भन्दै गरिब जनताका छोरालाई मार्न अभिप्ररित गर्ने उनी दोष जति सबै प्रचण्डको टाउकोमा हालेर उन्मुक्ति लिन खोजिरहेका छन् ।
डेपुटी खान आग्रह गर्दा
नयाँ शक्तिमा लाग्न आग्रह गर्दै उनले मुलुकका सबैलाई आग्रह गरे, तर कोही कसैले पनि स्वीकार गरेनन् । उनले पूर्व माओवादी एवम् बुर्जुवा समाजका चर्चित वाम विश्लेषक मुमाराम खनाललाई पनि नयाँ शक्तिमा लाग्न आग्रह गरे । सानेपामा बोलाएर लौ न मुमारामजी नयाँ शक्तिमा आएर डेपुटी लिइदिनुप¥यो, कोही कसैले पत्याएनन् भन्दै रोइलो पनि गरे । सानेपा स्रोतका अनुसार डा. भट्टराईले उपप्रमुख बनाउने आश्वासन पनि दिए ।
तर मुमारामले बाबुरामको आग्रह अस्वीकार गर्दै भने ‘तपाईंको नयाँ शक्तिमा उपप्रमुख त के प्रमुख नै दिए पनि म आउन्न । तपाईंले मलाई के सोचेको !’
उनले बाबुरामको गतिविधि गतिलो नभएको, पार्टी फुटाउँदै हिंड्ने र गलत हर्कत गर्नेसँग मेरो संगत हुँदैन भन्दै उल्टै अर्ती दिए । देवेन्द्र पौडेल जस्ता आर्थिक व्यवहार राम्रो नभएका, जनयुद्धकालमा सुन लुकाउनेलाई संगठन विभाग प्रमुख बनाएको स्थानमा आफू अटाउनै नसक्ने र नयाँ शक्ति बन्नै नसक्ने समेत बताएको सानेपा स्रोतले जनाएको छ ।
मुमारामले नयाँ शक्ति बन्नै नसक्ने र बने पनि सीपी मैनालीको माले भन्दा ठूलो नबन्ने घोषणा गरेपछि बाबुराम नराम्ररी तिलमिलाएका छन् । यस्तै नयाँ शक्तिमा लागेका भनिएका एमाओवादीका नेता समेत पुरानै घर फर्कन थालेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

ratopati
काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री गरी ४० जना सदस्य छन् ।
तर सबै मन्त्री व्यवस्थापिका संसदप्रति जिम्मेवार नदेखिएको पाइएको छ ।
संसदमा बिहीवारको एउटा घटनाले संसदप्रति मन्त्रीहरु बिल्कुलै जिम्मेवार नरहेको देखाएको छ ।
संसद बैठकमा सरकारका प्रतिनिधिका रुपमा एक मन्त्री अनिवार्य उपस्थित हुनैपर्ने नियम छ ।
त्यो नियमलाई ख्यालै नगरी मन्त्रीहरु व्यक्तिगत ढंगले हिँडेको पाइएको छ ।
बिहीवार जब संसद बैठक सुरु भयो, त्यतिबेला केही मन्त्रीहरु देखिएका थिए । तर केही समयपछि मन्त्रीको सिटमा कोही पनि देखिएनन् ।
बिहीवार निर्धारित समयभन्दा एक घण्टा ढिलो संसदको बैठक बसेको थियो ।
नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ मा तीन दिनदेखि सैद्धान्तिक छलफल जारी रहेकाले सो प्रायोजनकै लागि बिहीवार संसद बैठक बोलाइएको थियो ।
सैद्धान्तिक छलफलमा सांसदहरुले आआफ्ना धारणा राख्ने क्रम बिहीवार दिउँसो २ देखि साढे ४ बजेसम्म चलेको थियो ।
संसद बैठक बसेको एक घन्टापछि नै मन्त्रीहरु बहिरिसकेको समाचार राजधानी दैनिकले छापेको छ ।
सैद्धान्तिक छलफलका क्रममा मन्त्री खोज्न दुईपटक कर्मचारी खटिनु परेको थियो ।
dainiknepal
काठमाडौं, १७ पुस । गोरखा स्थायी घर बताउने शीला लामिछाने (नाम परिवर्तन) दलालको भनाई मान्दै हवाई, जल र स्थल मार्ग भएर मेक्सिकोबाट अमेरिका पुगिन् । अहिले त्यो यात्रा सम्झिँदा मुर्छा पर्छिन् ।
उनी काठमाडौँबाट थाइल्याण्ड हुँदै अफ्रिका, त्यसपछि जल र स्थल मार्ग हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगिन् । त्यहाँबाट रेल र लरी चढेर अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परिन् ।
स्वदेश फर्कने सर्तमा ३७ दिनमा छुटिन् । फेरि अर्को प्रयासमा अमेरिका पुगिन् । जेलमा बिताएको समयसहित काठमाडौँबाट हिडेको पाँच महिनाा २५ दिन लाग्यो ।
त्यसवीचमा आफ्नो अस्मितासहित ठूलो धनराशि सकिन् । उनको २३ लाख रुपैयाँ खर्च भयो ।
युवतीलाई २३ लाख लाग्दा युवालाई भने त्यसको दोब्बर लाग्नेसमेत थाहा पाइन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अमेरिकास्थित नेपाली दूतावासमा केही वर्षयता महिनामा ४/५ जना पीडित आउने गरेका छन् ।
दूतावास अधिकारीका अनुसार दलालले बाटोमा यौनशोषण गर्छन् ।
जोखिमपूर्ण यात्राका कारण उनीहरुमा जीवनप्रति नै निरासा पैदा हुन्छ ।
स्नातक र स्नाकोत्तर गरिसकेका धेरै नेपाली अमेरिका जान चोरबाटो प्रयोग गरिरहेका छन् ।
‘यो पीडा सुन्न नसकेर म दिल्लीस्थित दक्षिण अमेरिकी मुलुकका दूतावास पुगेर समस्या निराकरणमा पहल गरिरहेको छु, नेपाली राजदूत अर्जुनकुमार कार्कीले भने ।’
यसरी नेपालीलाई स्थल वा अन्य कुनै मार्ग प्रयोग गरेर अमेरिका लगायत विकसित मुलुक लैजाने ठूलो गिरोह छ ।
dainiknepal
वि.सं. २०७२ साल पुस १७ गते। शुक्रबार। इश्वी सन् २०१६ जनवरी १ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– सप्तमी, २१:२१ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesव्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्न सक्छ। विवाद तथा मुद्दाहरूमा भने केही हानि हुने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, निराश नहुनुहोस्, लगनशीलताले स्थितिमा सुधार ल्याई बिस्तारै सफलता दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोगबाट विशेष काम सम्पादन हुने सम्भावना देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerशुभचिन्तकहरूले पूर्ण समर्थन नदिए पनि हिम्मतले फाइदा उठाउन सकिनेछ। उद्योग तथा व्यापारमा पनि फाइदै मिल्नेछ। पुरानो समस्याले केही झमेला निम्त्याउन सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने देखिन्छ। कृषि तथा पशुपालनमा खर्च बढे पनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। हडबडीले आँटेका काममा समस्या निम्त्याउने सम्भावना छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन समेत कसिन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआलस्य गर्दा अवसर गुम्न सक्छ। खर्चको मात्रा पनि बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। काममा स्थानान्तरण हुन सक्छ। लामो यात्रा सम्भावना छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioलाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusभूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesव्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।

सन् २०१६ मा कति बलियो तपाईको भाग्य ? (बार्षिक राशिफल)
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यस राशिलाईशनिको अढैयाले अनिष्ठताको प्रवलता भए पनि वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक mesh नबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला । सनातनतर्फ सुख पाइएला । दाम्पत्य जीवन मधुर बन्दै जाला । दाजुभाई/दिदिबहिनीबाट

सदासयता प्राप्त होला । इष्टमित्र पनि सहयोगी होलान् । खेतीपाती पशुपंक्षीपालन व्यवसाय, जग्गाजमिनले फाइदा नै गराउला । बौद्धिकताको सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल बन्ला । राजनीतिबाट पाइने उच्च सम्मानको हवसरले मन गद्गद बलाउला । व्यापार व्यवसायबाट उन्नतीमार्ग बिस्तार होला । भाग्यशक्ति मजबुत होला ।रोगव्याध प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने प्रगतिले सकारात्मक असर पुर्याउन नसक्ला । इमान्दारीताको अभावले गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
अनेकखाले दुर्घटना लगायतका दैवी विपत्तीमा पनि सामान्य बढोत्तरीकै योग छ । खर्च असिमनतालाई धान्न मुश्किल पर्ला । वैदेशिक रोजगारले जीवन संचालनमा धेरै ठूलो मद्दत गर्न नसक्ला । पूर्वार्द बढी सफल रहला ।
स्वामी: मंगल, रत्न: मुगा, शुभरंग: रातो
वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यस राशिलाई ग्रहस्थिति अनुसार सुख दु:ख बराबर भोग्नुपर्ने सामान्य अबस्था रहन सक्छ । बौद्धिक स्थिति सामान्य रहला । पठनपाठन लगायतका कार्यहरुमा अवरोध आईपर्ला । मनमा निराशाले डेरा जमाउला । दाम्पत्य सम्बन्धमा खटपट आउला । सन्तानबाट सुख पाउन कठिन नै होला । वैदेशिक कामबाट खासै सन्तुष्टि नपाइएला । व्यापार व्यवसाय पनि सफल हुन नसक्ला । वाणीको नम्रताले समाजमा प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला । धर्मकर्मको भावना जागृत भईरहने हुनाले अनेकौं तिर्थाटनको समय आउला । भाग्यशक्ति सन्तुलित किसिमको रहनाले आमाबाबु एवम् दाजुभाई दिदीबहिनीको सामिप्यता घटिहाल्ने दखिदैन । राजनीतिबाट समाजमा प्रभुत्व अनुभुति होला । नोकरीमा ख्याति योग्य कार्यको प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा परिचित बनाउला ।
रोगव्याधको प्रकोप नियन्त्रणमा आउनाले मन स्वच्छ बनाउला । दैवीय दुर्घटना लगायतका विपत्तिहरुमा कमी आएको महसुस होला । खेती किसानीको कामले र पशुपंक्षीको व्यवसायले जीवन संचालन मद्दत पुर्याउला ।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिलाई ग्रहस्थितिले घाम छायाँको दृष्टान्तानुसार शुभाशुभ सबै प्रकारले युक्त रहला । वाणीमा आउने विनम्रता र शिष्टताले केही सजिलो महसुस गराउला । भाग्यशक्ति बलियो होला । बौद्धिक स्थिति उच्चतहमा आसिन हुनाले परीक्षा, प्रतियोगिताहरु सफल बन्लान । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सुखमय बन्ला । दाजुभाई/दिदिबहिनीहरुबाट सहयोग नै होला । दुर्घटना लगायत दैविय विपत्तिमा पनि कमीकै आभाष होला । व्यापार व्यवसाय सप्रदै जानाले आम्दानी पनि बढी रहला । वैदेशिक रोजगारको माध्यमबाट धेरै थोरै सामान्य आर्जन भईरहला । मौसमी रोगव्याधको प्रकोपले स्वास्थ्य बिग्रदा शरीर आलश्य बन्दै जाला । ईष्टमित्र नजिक पर्न नचाहने होलान् । आमा बाबुको सामिप्यता घट्दै गएको अनुभूति होला । सन्तानबाट पनि सुखसन्तोष नपाइएला ।
शत्रुहरुको सक्रियता बढ्दै जाला । पशुपंक्षीपालनमा अवरोध आउला । राजनीतिमा कदर पाउन मिश्किलै होला । नोकरीमा अपहेलनाको शिकार हुनुपर्ला । जग्गा जमिनको कारोबार खासै हितकारी हुन नसक्ला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिलाई विशेषत सामान्य भन्दा केही सुधारात्मक वातावरण परिस्थिति देखिएला । दैविय विपत्ति karkatलगायतका दुर्घटनामा न्यूनता छाउला । बौद्धिक परिस्थितिमा आउने सुधारले पढाई लेखाई लगायत अन्य जटिलता पनि निष्कर्षमा पुग्ला । व्यापारिक गतिविधि चरमोत्कर्षमा पुग्दाको आनन्द होला । खेती किसानी र पशुपंक्षीपालन व्यवसाय जीवन संचालनमा मद्दतगार सावित होला । वाणीको प्रभावकारीमा महत्वपूर्ण कामले प्रगतिमार्ग बिस्तार गर्ला । आमा बाबुको आशिर्वाद कायमै र दाजुभाई/दिदिबहिनीको सदासयताले गर्दा राम्रै स्थितिको सिर्जना होला । इष्टमित्रहरुको सहानुभुति
नहोला भन्ने छैन । सामाजिक क्रियाकलापको रुचीले राजनीतिमा विशेष झुकाव रहला । नोकरीबाट सम्मानित हुने अवसर आउला। भाग्यशक्ति त्यति उर्वर नबन्नाले आँटेको कामले पूर्णता पाउन नसक्ला ।
मनमा पाप पलाउनाले धर्मकर्म प्रतिको लगाव क्रमश: घट्दै गएको अनुभूति होला ।
सन्तानहरु आज्ञाकारी बन्न नसक्दा खासै सुख नपाइएला । वृहस्पतिले प्रतिकुल वातावरण देखाउनाले खासै सन्तोषपूर्ण नरहला।
स्वामी: चन्द्रमा, रत्न: मोती, शुभरंग: सेतो
सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यस राशिलाई यो वर्ष शनिको अढैया दशाले खासै उपलब्धीमुलक होला भन्न सकिदैन । आमाबाबुको आशिर्वाद घट्ला । इष्टमित्रहरुको सदासयतामा कमीकै आभास पाइएला । बोलीमा आकर्षण घट्दै गएको महसुस होला । दुर्घटना लगायत दैवीविपत्तिमा कमी आउला । स्वास्थ्यमा बेला बेलामा समस्या देखिएला । कृषिजन्य कार्य र पशुपक्षीपालन व्यवसाय त्यति प्रत्युदपादक नहोला । असिमित ढंगबाट खर्च बढ्दा मनमाव्याकुलता छाउला ।
भाग्यशक्ति सामान्य अवस्थाको होला । पतिपत्नीबीच राम्रो समझदारीले दाम्पत्य जीवन सुखमय रहला । सन्तानबाट सुखै पाइएला । दाजुभाई तथा दिदिबहिनीको सम्बन्धले सन्तोष बढाउला । जग्गाजमिन सम्बन्धि कारोबारले सम्पन्न बनाउला । धार्मिक गतिबिधिमा मन उघृत भइरहनाले देश विदेशका अनेकौ तिर्थाटनको अबसर मिल्ला । शत्रुको झन्झटिलो व्यवहारले निकास पाउला । सेवा क्षेत्रमा ठुलो उपलब्धी हुन नसक्ला । राजनैतिक परिस्थितिले समाजमा रवाफिलो बनाउला । बौद्धिकताको वृद्धिले पठनपाठन सफल बन्ला ।
स्वामी: सूर्य, रत्न: माणिक्य, शुभरंग: रातो
कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यस राशिलाई सामान्य लाभ तथा हानिको योगले भरिएको छ । सामान्य रोगव्याधको प्रकोपले शारीरिक kanya अबस्था आलश्य बन्ला । गर्दै आएको कामाबाट त्यति सन्तोष हुने लक्षण देखिदैन् । दाजुभाई, दिदिबहिनीको वास्ता घट्न सक्छ । पति पत्नीबीचको तनाबले जीवनमा निराशा छाउला । व्यपार व्यवसाय मध्यम रहला । आम्दानीलाई खर्चले धान्न मुश्किलै होला । पशुपक्षींपालन व्यवसायबाट पनि आर्जन मार्गमा सुधार नआउला । समग्रमा भन्नुपर्दा आर्थिक सन्तुलन नबिग्रेला । वाणीको प्रभावमा पनि महत्वपूर्ण कामले निकास पाउला । भाग्यशक्तो मजबुत रहदा मनोवान्छित कार्यले पूर्णता पाउला । बौद्धिक स्थितिको सुधारले परीक्षा, प्रतियोगिताहरुमा सफलता दिलाउला । आमाबाबुको सउ्भाव अटुट रुपमा पाइएला । इष्टमित्रहरु पनि सहयोगी भावका होलान् ।
सन्तानबाट सुख शान्तिमा बढोत्तरी होला । दैविय दुर्घटनामा न्युनता आउला । पापका क्रियाकलापले मनमा दिग्भ्रमित बनाउला । धार्मिक गतिविधिले समाजलाई सद्मार्गमा डिर्याउदै लगेको अनुभव गराउला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस राशिलाई साढे सातको दशाले गर्दा उल्लेखनिय समय ल्याउला जस्तो देखिदैन । वाणीको असावधानीले tula अनावश्यक झण्झटको सामना गराउला । शत्रु खुलेरै प्रतिष्ठा गिराउनमा अग्रसर होलान् । रोगव्यधको प्रकोपले शारीरिक समस्याहरु नहोलान भन्न सकिदैन । व्ययभार अत्यधिक हुनाले मनमा निराशा छाउला । जग्गा जमिन व्यवसायले आर्थिक संकट हटाउन नसक्ला । चौपायाबाट पनि आम्दानीको क्षेत्र सन्तोषजनक नबन्ला ।
बौद्धिकताको बृद्धिले पढाई लेखाई सफल बन्दै जाला । भाग्यशक्ति मजबुत रहनाले मनले आँटेको काम सफल होला । आमाबाबुको आशिर्बाद कायमै रहला । पतिपत्नीको सम्बन्ध प्रेमयुक्त होला । इष्टमित्रको सदासयता घट्ने अबस्था नआउला । अशक्त प्रतिको भावना सकारात्मक ढंगको होला ।
धार्मिक यात्राको अवसर आइरहनाले धर्म प्रति स्नेह रहला । दैविय दुर्घटना लगायतका विपत्तिहरुमा न्यूनता छाउला। राजनैतिक गतिविधिले प्रतिष्ठित स्थानमा पुर्याउला । नोकरीमा उचित मूल्याङकनले मानसिक शान्ति उचित तबरको होला।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यस राशिलाई मध्यम देखिन्छ । साँढे सातको दशाले राम्रो अवस्था नआए पनि सामान्य अवस्था आइरहला ।
brishchikभाग्यशक्ति उचित स्थानमा रहनाले सोचविचार लाई विकसित गराउला । दाजुभाई, दिदिबहिनीको सहयोगले निरन्तरता पाउला । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सफल बन्ला । थुप्रै तिर्थयात्राको अवसर आउला । धार्मिक कार्यक्रमहरुको महत्वले समाज सुशोभित होला । व्यापार व्यवसाय उच्चता देखिनाले आर्थिक समृद्धि बढ्ला । दैविय दुर्घटनामा न्यूनताको महसुस हुनेछ । शत्रु परास्त हुँदै जालान् । नोकरीमा गरिने आफ्नो कार्यले प्रगति गराउला । राजनीतिमा पनि बर्चश्व आफ्नै रहनाले समाजमा धाक रबाफ बढ्दै जाला ।
बौद्धिक परिस्थिति ह्रासोन्मुख बन्ला । पढाईलेखाईमा बितृष्णा जाग्ला । वैदेशिक रोजगारीबाट पनि प्रगति हुन नसक्ला।
पशुपक्षीपालन र खरतीपाती लगायतबाट उन्नती हुने छाँट छैन । जग्गाजमिनले खासै फाइदा नगर्ला । स्वास्थ्यमा सबलताको अभावले अनेकौं प्रकारका दुख झण्झट आदिको सामना गर्नुपर्ला।
स्वामी:मंगल, रत्न: मुंगा, शुभरंग: रातो
धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिलाई यो वर्ष अद्यसाँढे सातको दशाले अशुभ भए पनि गुरु(वृहस्पति) ले अनुकूलता ल्याउला । बोलीको मधुरताले dhanuआवश्यक उपलब्धि हाँसिल गराउनमा मद्दत गर्ला । भाग्यशक्ति राम्रै अवस्थाको होला । कृषिजन्य र पशुपक्षी पालनबाट आम्दानी फराकिएला । व्यापार व्यवसायले उन्नति पथ विस्तार गर्ला । जग्गाजमिनको कारोबारले पनि राम्रै आर्जन गराउला । दाजुभाई तथा दिदिबहिनीबाट बेला बेलामा उचित प्रोत्साहन पाइएला । पतिपत्नी बीचको मधुरताले दाम्पत्य जीवन सफल बन्ला । अनेकौं तिर्थाटनको अबसरले धर्म कर्म प्रतिको रुचिले झनै तिब्रताले लेला । दैवीय दुर्घटनामा पनि कमी आउला । आफ्नै सीप र कौशलले सम्पन्न कार्यक्रमहरुले सफल बन्दै जालान् ।
आमाबाबुको सद्भावमा कमी आउला । इष्टमत्रहरु सहयोगी बन्न हिच्किचाउन थाल्लान् ।
नोकरीमा अपजस आउनाले मनमा खिन्नता छाउला । राजनीतिबाट त्यति फाइदा होला जस्तो लाग्दैन् । मौसमी लगायतका रोगव्याधको प्रकोपले शारीरिक संरचनामा आघात पुर्याउला । खर्च असिमित रुपमा बढ्दै जाला ।
स्वामी: बृहस्पति, रत्न: पुष्पराज, शुभरंग पहेंलो
मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो सालमा मकर राशिलाई शुभ अशुभ मिश्रित प्रकारको फलप्रदायक बन्ला। भाग्यशक्ति खस्किदै गएको अनुभुति होला। makarआँटेको कामले पूर्णता नपाउँदा मन ब्यग्र होला । शत्रुहरु प्रतिष्ठा गिराउन लागि पर्लान् । रोगव्याधको प्रकोपलाई नियन्त्रणमा असक्षम बढ्ला। पापीय मनोवृतिको उन्मादमा धर्मकर्म प्रतिको अरुचिले मनमा चञ्चलता ल्याउला ।
भोलीको प्रभावमा महत्वपूर्ण कार्य सफल बन्ला । आमाबाबुको सामिप्यता नघट्ला । दाम्पत्य जीवन पतिपत्नी बीचको प्रगाढताले सफल बन्ला । दाजुभाई, दिदिबहिनीको सद्भाव पाइएला । सन्तानबाट पनि सुख णै होला । व्यापार व्यबसायमा राम्रो उन्नती होला । खेतीपातीको कामले प्रगति गर्ला । पशुपक्षीपालनबाट जीवरस्तरमा बढोत्तरी ल्याउला । जग्गाजमिन सम्बन्धि कार्यले पनि समुन्ति नै गराउला ।
नोकरीमा ख्याति बढ्ने योग पनि नभएको होइन । राजनीतिमा आफ्नो वर्चश्वको वृद्धिले सर्वत्र रवाफ रहला । बौद्दिक परिस्थिति अब्बल दर्जाको रहनाले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरु सफल बन्दै जालान्।
स्वामी: शनि, र्तन: नीलम, शुभरंग: कालो
कुम्भ राशि – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो राशिलाई शुभ अशुभ दुबै किसिमको फलादेशले युक्त मिश्रित अवस्थाको होला । वाणिको प्रभावमा मनोkumbhaवाञ्छित कार्यहरु सफल होलान् । आमाबाबुको शुभेच्छा अटल रहला । दाजुभाई दिदिबहिनीको सद्भाव नघट्ला । सन्तानबाट सुख होला । इष्टमित्रबाट शान्ति होला । दुर्घटना लगायत दैविय विपत्तीमा न्यूनता आउला । रोगव्याधको प्रकोप नियन्त्रित अबस्थाको होला । शत्रु निस्तेज बन्दै जालान् । बौद्धिक विकासले अध्ययन अध्यापनमा सफलता झल्केला । कृषि कार्य र पशुपक्षींपालन ले जीवनस्तरमा सुधार ल्याउला । वैदेशिक रोजगारले अर्थतन्त्रमा ठुलै बदलाभको संभावना देखाउला । व्यर्थको व्ययभारमा नियन्त्रण क्षमता बढ्ला । शत्रु परास्त होलान। रोगव्याध प्रकोप नियन्त्रणमा क्षमता बढ्ला ।
भाग्यशक्ति कमजोर प्रवृत्तिको देखिएला ।
पति पत्नीबीचको सम्बन्ध सफल बन्न नसक्नाले दाम्पत्य जीवन कष्टकर होला । धर्नप्रति वितृष्णा जाग्ला । राजनैतिक गतिविधिले उच्चतहमा पुर्याउन नसक्ला । नोकरीमा खुट्टा तान्ने प्रवृत्तिको शिकार भइएला । भूमिबाट उन्नति हुन नसक्ला ।
स्वामी: शनि, रत्न: नीलम, शुभरंग: कालो
मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो राशिलाई यो वर्ष कतै सफल त कतै बाधाले सन्तोषजनक अबस्था णै होला जस्तो लाग्छ । भाग्यशक्तिको प्रवलताले minआँटेको कामले पूर्णता पाउला। आमाबाबुको स्नेह नघट्ला। दाजुभाइ, दिदिबहिनीबाट सदाशयता प्राप्त भईरहला । पतिपत्नी बीचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन बन्ला। इष्टमित्रहरु पनि सहयोगी भावमा देखिएलान् । व्यापार व्यवसायले ठूलो उपलब्धि दिन नसक्ला । धार्मिक गतिविधिले अनेकौं तिर्थस्थलहरुको भ्रमण गराउला । रोगव्याध प्रकोप नियन्त्रणमा दक्षताको विकासले उचित प्रोत्साहन पाउला । बौद्धिकताको बृद्धिले परीक्षा प्रतियोगिताहरु लगायत अन्य क्षेत्रमा समेत सफलता मिल्ला । दैवीय दुर्घटना लगायत विपत्तिहरुमा कमी आउला । बोल्दा निकै होस पुर्याउनुपर्ला । अन्यथा संकटको अबस्था निम्तेला । नोकरीमा खिचातानीको शिकार हुनुपर्दा निराशाको बादलले ढाक्ला ।
जग्गा जमिनको कारोबारले पनि अर्थतन्त्र सुधार्नमा त्यति मद्दत नगर्ला । राजनैतिक गतिविधि आफू अनुकुल नदेखिनाले राजनीतिबाट लाभ हुन नसक्ला । व्ययभार अधिक बढ्नाले पनि आर्थिक सन्तुलन नबिग्रेला ।
स्वामी: वृहस्पति, रत्न: पुष्पराज, शुभरंग: पहेंलो भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, १६ पुस– कहिले विदेशी महिलासँगको प्रेम सम्बन्ध र कहिले लागूऔषध सेवन तथा कारोबारका कारण विवादमा आएसँगै परिवारबाट टाढिएका पूर्वयुवराज पारस शाहको बिहीबार राजधानीमा भएको एक कार्यक्रममा छोरी पूर्णिकासँगै झुल्किएका छन् ।
थाई ल्याण्डबाट नेपाल फर्केको लामो समयपछि पारस पारिवारिक सदस्यका साथ सार्वजनिक कार्यक्रममा देखिएको यो पहिलो पटक हो ।

हिन्दूवादी संगठन शिव सेना नेपालले पशुपति वनकालीमा सुरु गरेको निःशुल्क खाना खुवाउने कार्यक्रममा पारस प्रमुख अतिथि भए । उनीसँगै मञ्चमा छोरी पूर्णिका समेत देखिइन् । मञ्चमा बसेका पारसका बाबुछोरीले बेलाबेलामा अन्तरंग कुराकानी गरेका थिए ।


छोरीसँग कुरा गरिरहँदा पारस निकै खुसी देखिन्थे । थाइल्याण्डबाट फर्केको झण्डै एक वर्ष बित्न लाग्दासमेत पारसको श्रीमती हिमानीसहित बाबु ज्ञानेन्द्र र आमा कोमललगायत पारिवारिक सदस्यसँग भेटघाट छैन ।
kathmandutoday
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home