आइतबार, २६ पुष
काठमाडौं । के तपाईं विदेश जाने सोचमा हुनुहुन्छ ? तपाईंसँग कुनै शीप छैन र विदेश गएर के काम गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ? अब नआत्तिनुहोस् । सरकारले निशुल्क तालिमको व्यवस्था गर्दै छ ।
त्यो पनि खान बस्न निशुल्क । सरकारले सन् २०१६ मा विदेश जान चाहने तर, शीप नभएका युवाहरुलाई निशुल्का तालीम दिन लागेको हो । करिब दश हजार युवालाई दक्ष र अर्धदक्ष बनाउने लक्ष्यका साथ सरकारले यस्तो कार्यक्रम ल्याउन लागेको हो ।
वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले विभिन्न १२ किसिमका सीपमूलक तालिमको तयारी गरेको छ । बोर्डले सेक्युरिटी, होटल तर्फ कुक, वेटर र हाउस किपिङको, यस्तै प्लम्बर, वेटर मेसन, सटरिङकार्पेन्टर, स्क्रापहोल्डर, स्टील फिक्चर र हाउस पेन्टर लगायत १२ किसिमका तालिम दिन लागेको हो ।
विदेशमा विना कुनै शीप जाँदा दुःख पाएर फर्कनु परेको र कामको जानकारी नहुँदा हेपीन परेको अत्याधीक गुनासो पश्चात् सरकारले यस्तो काम थाल्न लागेको हो ।
बोर्डले तालिमकालागि आवश्यक प्रकृया थालिसकेको र विपन्न र दुर्गमका युवालाई खान र बस्नको प्रवन्ध समेत निशुल्क गर्ने तयारी भएको छ ।
यसकालागि तालिम दिन चाहने संस्थाले नै व्यवस्था गर्ने छन् । बोर्डले तालिम सञ्चालन गर्न चाहनेहरुसँग आशय पत्र माग गरिसकेको छ ।
nepalsandesh

अन्तरिक्षमा उडनतस्तरी (युएफओ) देखिने गरेका चर्चा अनि खबर आजभोली निकै सुनिने गर्छन। ताजा घटना भियतनामको हो। त्यहाँका टिभी च्यानलले अन्तरिक्षबाट तीन रहस्यमय चीज खसेको दाबी गरेका छन्।
ती के हुन, कहा बाट आए कसैलाई थाहा छैन। देख्दा धातुको बल जस्तो देखिन्छ। एउटा २५० ग्राम, दोस्रो ६ किलो र अर्को ४५ किलोग्राम तौलको छ।
भियतनामको रक्षा मन्त्रालय र कयौं वैज्ञानिकहरु यसको जाँच गर्दैछन्। सुरुवाती अनुमान अनुसार कुनै रसियन अन्यरिक्ष यान वा स्याटेलाइटको हिस्सा हुन सक्ने अनुमान पनि गरिएको छ। तर यदि कुनै स्याटेलाइटको हिस्सा भएको भए पृथ्वीमा आइपुग्नु अगावै घर्षणले वायुमण्डलमै जलेर नष्ट हुनुपर्ने हो।
वैज्ञानिकहरुको अनुसार कुनै अन्तरिक्ष यानको दुर्घटना सार्वजनिक नगरिएको हुनसक्ने पनि बताउँछन्। तिनै यानको टुक्रा हुनसक्ने बताइएको छ।
यदि कुनै मानव निर्मित यानको टुक्रा भएको खण्डमा यो घटना सामान्य हुन्छ। होइन भने कुनै उल्का, वा अन्तरिक्षमा अहिलेसम्म काल्पनिक मात्र बनेका एलियन र युएफओ काल्पनिक नरहन सक्छन्। अध्ययन भइरहेकाले के हो वास्तविकता सार्वजनिक भएपश्चात नै थाहा हुनेछ।nepaliheadlines

काठमाडौं : आइतबार दिउँसो काठमाडौंलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको छ ।
काठमाडौंको पश्चिममा अवस्थित गुर्जुधारालाई केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
दिउँसो ४ बजेर २४ मिनेटमा गएको भूकम्पको धक्का थानकोट, कलंकी र त्यस नजिकका उपत्याकाका केही भूभागमा महसुस भएको छ ।
यसअघि शनिबार राति ११ बजेर २८ मिनेटमा रामेछापलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ को शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४ सय २३ वटा बढी परकम्प गइसकेका छन् ।
४ म्याग्निच्यूडमुनिका भने हजार बढी परकम्प गइसकेका केन्द्रले जानकारी दिएको छ ।
annapurnapost

२६ पुस, काठमाडौं ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पृथ्वी जयन्तीको अवसरमा विदा दिइने अपेक्षा रहेको बताएका छन् । आफू नै उपप्रधानमन्त्री रहेको भएपनि उनले सरकारले विदा दिने अपेक्षा सार्वजनिक गरेका हुन् ।
कमल थापाले भनेका छन्, ‘भोलि पृथ्वी जयन्ती,हामी अन्तिमघडीसम्म प्रतीक्षा गर्नेछौ,सार्बजनिक बिदा दिईनेछ,पृथ्वी जयन्ती मनाईनेछ’ ।
कमल थापाको अध्यक्षतामा रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अघिल्ला वर्षहरुमा पनि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिनु पर्ने माग गर्दै आएको छ ।
राप्रपा नेपालले पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै आएको छ ।nepaliheadlines

राजनीतिक तनाव, भारतीय नाकाबन्दी र मधेश आन्दोलन कायम रहेको समयमा पूर्व राजा ज्ञानेन्द्रले मुख खोलेका छन् । जनताले कस्लाई के भूमिका दिन खोजेका छन् भन्ने प्रष्ट हुनु पर्ने माग गर्दै ज्ञानेन्द्रले आफूले जन चाहाना अनुसार दरवार छोडेपनि घरबार भने नछोडेको बताएर राजनीतिक तरंग पैदा गर्ने संकेत दिएका हुन् ।
२९४ औं पृथ्वीजयन्तीको पूर्व सन्ध्यामा ज्ञानेद्र साहले एक आह्वान गर्दै लेखेका छन्, ‘‘ जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छाडेको हुँ । मैले नेपाली घरवार छोडेको छैन’ ।
पूर्व राजाले आफ्नो भूमिका जनताले चाहेमा राजतन्त्र फर्किन सक्ने संकेत गर्दै नेपाली जनताले कस्को भूमिका खोजेका छन् भन्ने प्रष्ट हुनु पर्ने माग गरेका छन् । उनले भनेका छन्, “अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ” ।
यस अघि पूर्वराजा ज्ञानेन्द्र शाहरुले आफूसँग तत्कालीन आन्दोलनरत दलले गरेको सहमतिबारे जिज्ञासा राखेका थिए । गत वर्षको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले एक सन्देश दिँदै आफूसँग भएका सहमति कार्यन्वयन गर्न दलहरुलाई आग्रह गरेपछि उनलाई कारवाही गर्न समेत माग भएको थियो । आफ्नो हातमा सासन लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रलाई ६२-६३ को आन्दोलनपछि बनेको अन्तरिम संविधानले शक्तिहिन तुल्याएको थियो भने संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दै नागार्जुन पठाइदिएको थियो । त्यसपछि ज्ञानेन्द्रले पटक पटक जनताले चाहेमा राजतन्त्र फर्किने र आफू जनताको चाहाना अनुसार चल्ने अभिब्यक्ति दिँदै आएका छन् । तर आफू राजतन्त्रको अवशेष रहोस् भन्ने पक्षमा रहेको कुरा ज्ञानेन्द्रले लुकाएका छैनन् ।
उनले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भिर अस्तुष्टि पोख्दै भनेका छन्, “आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ, त्यो गम्भिर चिन्ताको विषय हो ।”
केही समय अघि मात्र एक साप्ताहिक पत्रिकाले पूर्वराजा ज्ञानेन्द्रले थाइल्याण्डमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंहसहितको बैठक गरेको समाचार प्रकाशित गरेको थियो ।
हुन त पूर्वराजा ज्ञानेन्द्रले पहिलो संविधानसभाको पहिलो बैठकले आफूलाई नागरिकको दर्जामा पुर्याउने घोषणा गर्दै नारायणहिटीबाट नागार्जुन दरवारतर्फ पठाइदिने समयमा कुनै प्रतिवादको संकेत सम्म पनि गरेनन् । उनी सरक्क बसाइ सरे । तर उनको मनमा शक्तिमा फर्किने चाहाना सँधै जिवितै छ भन्ने कुरा भने कसैबाट छिपेको कुरा होइन । उनले नागरिक बनेपछि दिएका हरेक जसो अन्तर्वार्ता र अभिब्यक्तिमा जनताले चाहेको हुने भन्दै आफू अनुकुलता पैदा भएमा कुनै बेला पनि पुनः शक्तिमा फर्किन तयार छु भन्ने मनसाय ब्यक्त गर्दै आएका छन् ।
पूर्व राजाले पछिल्लो पटक गरेको आह्वानमा पनि यस अघि जस्तै अमुर्त भाषा मात्र प्रयोग गरेका छन् । तर उनको भनाइबाट स्पष्ट बुझिन्छ कि जनताले चाहेका आफू भूमिकामा आउन तयार छु ।
आफ्नो हातमा सासन लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रलाई ६२-६३ को आन्दोलनपछि बनेको अन्तरिम संविधानले शक्तिहिन तुल्याएको थियो भने संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दै नागार्जुन पठाइदिएको थियो । मधेश आन्दोलन, भारतीय नाकाबन्दी र सरकार अलोकप्रिय बन्दै गएको समयमा पूर्वराजाले गरेको यस्तो आहवानलाई महत्वका साथ हेरिएको छ ।nepaliheadlines

२६ पुस, काठमाडौं।
गुगल ब्वाईका नामले चर्चित बालक आदित्य दाहालले राष्ट्रको गुमेको आत्मसम्मान फर्काउन नयाँ पिडिको खाँचो भएको सन्देश दिएका छन्।
चमत्कारिक बालकका रुपमा प्रचारित आदित्यले आफ्नो सन्देशमा राजनैतिक क्षेत्रको फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य भएको पनि बताएका छन्।
उनले यो सन्देश शुक्रबार आफ्नै घरमा लेखेका थिए। उनलाई विश्वास गर्नेहरुले भने हालको राजनैतिक नेतृत्वबाट देश पार नलाग्ने भन्न खोजेको बताएका छन्।
राजनैतिक फोहोरी खेल भन्दै उनले हाल सक्रिय राजनैतिक नेताहरको प्रति उनको संकेत रहेको सन्देशबाट बुझ्न सकिनेछ।
हेर्नुस गुगल ब्वाईको ताजा सन्देश जस्ताको तस्तै:
राजनैतिक क्षेत्रको यो फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य छौ । अब यस्तो नयाँ पिडिको खाँचो छ, जसले यो मुलुकको गुमेको स्वभिमान फर्काई राष्ट्रलाई नयाँ गति देओस् । प्राथना गरौ ।
“आदित्य “nepaliheadlines
गुगल ब्वाईका नामले चर्चित बालक आदित्य दाहालले राष्ट्रको गुमेको आत्मसम्मान फर्काउन नयाँ पिडिको खाँचो भएको सन्देश दिएका छन्।
चमत्कारिक बालकका रुपमा प्रचारित आदित्यले आफ्नो सन्देशमा राजनैतिक क्षेत्रको फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य भएको पनि बताएका छन्।
राजनैतिक फोहोरी खेल भन्दै उनले हाल सक्रिय राजनैतिक नेताहरको प्रति उनको संकेत रहेको सन्देशबाट बुझ्न सकिनेछ।
हेर्नुस गुगल ब्वाईको ताजा सन्देश जस्ताको तस्तै:
राजनैतिक क्षेत्रको यो फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य छौ । अब यस्तो नयाँ पिडिको खाँचो छ, जसले यो मुलुकको गुमेको स्वभिमान फर्काई राष्ट्रलाई नयाँ गति देओस् । प्राथना गरौ ।
“आदित्य “nepaliheadlines
काठमाडौँ, २६ पुस, विभिन्न भविष्यवाणी र उद्घोषले चर्चा कमाएका अर्थात् गुगल व्वाईको नामले चिनिने ५ वर्षे वालक आदित्य दाहालले शुक्रवार बोलेको कुरालाई आज फेसबुकमा पोष्ट गरिएको छ ।
'आदित्य दाहाल' नामक फेसबुक पेजमा उनको विचार र उनले डायरीमा लेखेको पाण्डुलिपिको फोटो प्रमाणको लागि राखिएको छ । उनले सो स्टाटसमा राजनीतिक फोहोरी खेलले नेपालीले आफ्नो स्वाभिमान बेच्न बाध्य बनेको उल्लेख गरेका छन् । साथै उनले अब मुलुकको गुमेको स्वाभिमान फिर्ता गर्न र देशलाई गति दिन नयाँ पिढीको खाँचो रहेको पनि औल्याएका छन् । स्वाभिमान शीर्षक दिएर उनले लेखेको विचार यस्तो छ – 'राजनैतिक क्षेत्रको यो फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य छौ । अब यस्तो नयाँ पिडिको खाँचो छ, जसले यो मुलुकको गुमेको स्वभिमान फर्काई राष्ट्रलाई नयाँ गति देओस् । प्रार्थना गरौ । 'आदित्य'...'aajakokhabar