• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पुस २६, २०७२- फाटफुट पटके चोरी भइरहन्छन् । तर, अहिले एउटा चोरीले नेपालमात्र होइन्, छिमेकी भारतको फिल्म नगरीसम्मै तरंग ल्याएको छ । आर्थिक तथा माया नगरी भनेर समेत चिनिने महाराष्ट्रको मुम्बईस्थित एक बिल्डरको घरबाट चार नेपाली युवाले चोरेको १ करोड ४० लाख भारु (२ करोड २४ लाख नेपाली) को चर्चा देश/परदेशमा फैलिएको छ ।

१८ वर्षभन्दा कम उमेरका ती युवाले उक्त रकम सुरक्षित तरिकाले नेपाल त भित्र्याए । तर, त्यसअघि नै प्रहरीको फन्दामा परे । प्रहरीले घटनामा संलग्न ४ मध्ये २ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट ६० लाख ४ हजार ५ सय भारु बरामद भएको छ । प्रहरीले बरामद रकमसहित आइतबार दैलेख सिंहसैन ७ का लक्ष्मण भनिने लव शाही र जगतजंग शाहीलाई सार्वजनिक गरेको हो । माष्टर प्लानर मानिएका सोही ठाउका उपेन्द्र शाही र अछाम कालेकाँडा राकुगाउँका भरत शाही फरार छन् ।

कसरी भयो चोरी : गाउँमा आर्थिक अवस्था कमजोर भएपछि सिंहसैन ७ का लव शाहीले लेख्न–पढन पाएनन् । गाउँकै दौतरीसंग कालापार (भारत) हानिए । साथीहरुको लहैलहमा मुम्बई पुगेका उनले त्यहाँ गौरब रमेश गेदावनको घरमा काम पाए । छिट्टै मालिकको बिश्वास जिते । किचनसम्मको पहुच बनाएका लबकै संलग्नतामा गेदावनको घरबाट ठुलो रकम चोरी भएको हो ।

मालिकका लागि खाना पकाउने र उनको स्याहार–सुसारको काम लबको काध माथि थियो । मुम्बई चेम्बुर सुभाषनगरमा बस्ने गेदावान त्यहाका कहलिएका बिल्डर थिए । उनलाई पैसाको कमि थिएन । साँझपख घर फर्किदा कहिलेकाही झोलामा पैसा बोकेर आउथे । त्यसलाई बेपर्वाह ढंगले बेडरुममा राख्थे । लब यी दृष्य नजिकैबाट हेरिरहन्थे । ‘धन भनेपछि महादेबका पनि तीन नेत्र’ भन्छन् । उनको मनमा पाप पलायो ।

उनले त्यो कुरा त्यही घरमा चौकिदारी गर्ने गाउकै साथी भरत र जगतजंगलाई सुनाए । प्रहरीका अनुसार, उनीहरुले मुम्बइकै अर्को ठाउमा काम गर्ने गाउकै उपेन्द्र शाहीलाई फोन गरेर सूचना दिए । ‘उपेन्द्रको अपराधिक ब्याकग्राउण्डको अर्को पाटो समेत खुलेको छ । उसकै प्लानिङमा रकम चोरिएको देखियो,’ भेरी अंचल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यात भन्छन्, ‘उनकै नेतृत्वमा चोरी गरेर चारैजना सुरक्षित नेपाल प्रबेश गरेका थिए ।’

बिल्डर गेदावनको गाडीमा भएको उक्त रकम चोरेर चारैजना बासी, दिल्ली हुदै तिकुनिया नाका भएर नेपाल छिरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘गेदावनले रकम सहितको झोला गाडीमै छाडेको र त्यो झोला उठाएर आफुहरु आएको बयान पक्राउ परेकाहरुले दिएका छन्,’ एसएसपी बस्न्यात भन्छन्, ‘उनीहरुको हुलिया र ठेगाना सहित हामीलाई खबर आएपछि चारैतिर प्रहरीको जालो बिछ्याएका थियौं । पक्रन सफल भयौं ।’

जगतलाई नेपालगन्ज बसपार्क र लबलाई कैलाली चुहा लम्की–८ लम्कीबाट पक्राउ गरिएको हो । २७ लाख ६० हजार ५ सय रुपैया भारु टिकापुर ९ दुर्गापुरस्थित धिरज शाहीको घरबाट बरामद भएको छ । त्यस्तै उनीहरुकै सुचनाका आधारमा नेपाली १० लाख ४० हजार रकम कोहलपुर ११ स्थित नबराज शाहीले संचालन गरेको दैलेखि शाही होटल र बाँकी ३२ लाख ४४ हजार भारु लम्कीका धिरजकै घर बाहिरको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । १ करोड ६० लाख भारु मध्ये ६० लाख ४ हजार ५ सय भारु मात्र बरामद भएको र थप अनुसन्धान चलिरहेको बाँके प्रहरी प्रमुख एसपी बशन्त पन्तले बताए ।
परदेशमा गुम्दै नेपाली बिश्वास : रोजगारीका लागि नेपालीहरुको परम्परागत गन्तब्य हो, छिमेकी भारत । उदाउदो अर्थतन्त्र भएको भारतका बिभिन्न सहरहरुमा लाखौं नेपाली काम गर्छन । केहीको पहुच ‘मालिक’को बेड देखि किचनसम्मको हुने गर्छ ।

तर, पछिल्ला दिनमा चोरी, लुटपाट जस्ता अपराधकर्ममा नेपालीहरुको संलग्नता देखिन थालेपछि बिश्वास गुम्दै गएको छ । ‘अपराध र अपराधीको कुनै सीमा, जात र धर्म त हुदैन तर, यस्ता घटनाहरुले भारतमा नेपालीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्छ,’ एसएसपी बस्न्यातले भने, ‘हामीले समयमै अपराधिलाई प्रक्राउ गरेर जहा भएपनि अपराधी पक्राउ गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छौं ।’ भारतमा ठुलो मात्रामा नगद घरमा राख्न नमिल्ने र सम्पत्तिको स्रोत खुलाउनु पर्ने जस्ता अनेक कारणले गर्दा कतिपय ठुला चोरीका घटना भने सार्बजनिक हुँदैनन् ।

kantipur.ekantipur
२६ पुस, काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र पुनःनिर्माणको कामलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आजको बैठकमा उनले नागरिकलाई सरकार छ भन्ने जनतालाई विश्वास दिलाउँदै राहत तथा पुनःनिर्माणको काम योजनावद्ध रुपमा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको बताए ।

उनले सरकारले आज बिहानसम्म भूकम्प प्रभावित जिल्लामा न्यानो कपडा खरिदका लागि रु पाँच अर्ब ५० करोड रकम वितरण भइसकेको र बाँकी रहेको रु ५० करोड रकम सोमबार साँझसम्म वितरण भइसक्ने विश्वास दिलाए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा थप राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्देशन दिइसकेको र केही दिनभित्रै ती क्षेत्रमा पुगिसक्ने पनि उनले उल्लेख गरे । आज मात्रै आफूले रक्षा, गृह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई बोलाएर आवश्यक सबै संयन्त्र परिचालन गरी राहत वितरण गर्न निर्देशन दिएको पनि उनले जानकारी गराए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा ५० वटा ठूला सामुदायिक तथा आवासीय भवन निर्माण गर्ने काम केही दिनभित्रै सुरु गर्ने योजनामा सरकार रहेको उनको भनाइ थियो ।

कतिपय जिल्लामा गाविस सचिवको अभावमा काम गर्न विगतमा केही समस्या भए पनि सरकारले क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक व्यवस्थापन गर्न भनिएका कारण पछिल्लो दिनमा सहज भएको प्रधानमन्त्री ओलीले बताए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातपछि नागरिक समस्यामा परेको भन्ने गुनासो आएपछि सरकारले ती क्षेत्रमा आवश्यक औषधिसहितको टोली परिचालन गरिएको, खाद्यान्नको व्यवस्था गरिएको र आयातमा विशेष ध्यान दिइएको समितिलाई जानकारी गराए।

सरकारसँग पुग्दो मात्रामा खाद्यान्नको मौज्दात रहेकाले कुनै पनि स्थानमा अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले नागरिकलाई सरकार भएको अनुभव गराउन सबै प्रकारका प्रयत्न जारी राखिएको स्पष्ट पारे ।

स्थानीय सामग्रीकै प्रयोग गरेर भूकम्प प्रतिरोधी घर तथा आवास बनाउनुपर्ने र त्यसमा विशेष ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने – ‘‘स्थानीय साधन र स्रोतको प्रयोग गर्दा मुलुकभित्रको रकम मुलुकमा नै रहने भएकाले त्यसतर्फ विशेष ध्यान दिइनुपर्छ ।’’


जनतालाई राहतका रुपमा प्रदान गरिने रु दुई लाख रकम पनि यथाशीघ्र वितरण गरिने र सामूहिक जमानीमा रु तीन लाख रकम दिइने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले विगतमा राजनीतिक तथा अन्य कारण पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाइ भएको भए पनि सबैको प्रयासबाट प्राधिकरण गठन भएको बताउँदै अब काम तीव्र रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

कुनै पनि कमीकमजोरी नहोस् भन्ने तर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तोकिएको जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही गरिने बताए ।nepaliheadlines
वासिंटन, पुस २६ । अमेरिकाको इतिहासमै सर्वाधिक ठूलो मानिएको ९० करोड डलर राशीको चिठ्ठा कसैले पनि जित्न नसकेपछि टिकट खरिदकर्ताहरुमा हल्लीखल्ली मच्चिएको छ ।
विजेता नम्बर रहेको चिठ्ठा कसैले पनि नकिनेपछि ९० करोड डलर जित्ने कोही नभएको आयोजकले जनाएको छ ।
अब आगामी बुधबार हुने ड्रमा चिठ्ठाको राशी १ अर्ब ३ करोड डलर पुग्ने छ । ९० करोड डलर राशीको चिठ्ठा जित्न समयसीमाको अन्तिम समयसम्म टिकट खरिद गर्नेको लामो लाइन थियो ।
चिठ्ठा जित्न २९ दशमलब ९ करोडमा एक बराबर सम्भावना थियो । यो चिठ्ठा अमेरिकाका ४४ वटा राज्यमा खेलाईएको छ । (एजेन्सी)
samachar
पुस २६, २०७२- तीन दल–मधेसी मोर्चा कार्यदल बैठकमा सहमतिका विकल्पहरुको खोजीमा अपराह्न बसेको बैठकमा प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधिबारे दुवै पक्षबीच डेढ घण्टा छलफल चलेको छ । तीन दलका तर्फबाट एमाले उपाध्यक्ष भीम रावलले तीन अवधिभित्र सीमांकन हेरफेर हुनेगरी संयन्त्र बनाउने पुरानै प्रस्ताव दोहोर्‍याएपछि मोर्चाले ‘मधेसमा दुई प्रदेश हुनेगरी सीमांकन हेरफेर हुनेगरी’ भन्ने वाक्यांश कार्यविधिमा लेखिनुपर्ने अडान लिएको थियो ।

रावलले अहिल्यै त्यस्तो शर्त राखेर संयन्त्र गठन गरे मधेसइतरका समूदाय असन्तुष्ट हुन सक्ने भन्दै अस्वीकार गरेका थिए ।

तीन ठूला दलका तर्फबाट कांग्रेस नेता महेश आचार्यले संविधान संशोधन विधेयकमा मोर्चाको सहभागिता जनाउन आग्रह गरेपछि संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले यही अवस्थामा मोर्चा सहभागी हुन नसक्ने भए पनि आफूहरुलाई सकारात्मक अनुभूति हुनेगरी ठूला तीन दलले संशोधन अघि बढाउन आग्रह गरे । ‘वार्ताबाट सहमति नहुन्जेल हामी संसदको प्रक्रियामा सहभागी हुन सक्दैनौं, तपार्इंहरुले हाम्रो बाध्यता बुझिदिनुपर्‍यो,’ श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘ती दुईवटा संविधान संशोधन विधेयकले हाम्रो माग त पूरा हुँदैन, तर वार्तालाई सकारात्मक दिशातिर मोड्न सहयोग पुर्‍याउँछ ।’

बैठकका सबै सूचना बाहिर चुहाउँदा वार्तामा अवरोध हुन गएको भन्दै कार्यदल सदस्यहरुले ठोस उपलब्धि नहुन्जेल सञ्चारकर्मीसामू कुरा नखोल्ने सहमति गरेका छन् । लिखित सहमति नहुन्जेलसम्म विश्वासको वातावरण बनाइरहने कार्यदल सदस्यहरुले समझदारी निर्माण गरे । ‘हिजो भएको कुरा भन्दा नयाँ केही प्रगति हुन सकेको छैन, हामी छलफलमै छौं,’ कांग्रेस नेता आचार्यले भने, ‘विकल्पहरुको बारेमा छलफल भइरहेको छ ।’

तीन दलीय कार्यदलबाट एमाओवादी महासचिव कृष्णबहादुर महराको ठाउँमा गृहमन्त्री शक्तिबहादुर बस्नेत बैठकमा सहभागी भएका थिए । कार्यदल बैठक सोमबार पनि बस्नेछ ।  kantipur.ekantipur



नेपालगन्ज, २६ पुस । एकीकृत नेकपा (एमाओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भारत सरकारले गरेको नाकाबन्दीका कारण जति दुःख नेपालीले पाएका छन्, त्योभन्दा बढी नैतिक तथा राजनीतिक क्षति भारतलाई भएको टिप्पणी गर्नुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “संविधान नेपाली जनताले बनाउने हो तर भारत सरकारको नाकाबन्दी जस्तो कठोर कदम त्यति ठूलो प्रजातान्त्रिक मुलुकलाई सुहाउने विषय हुनै सक्दैन ।”
संविधान कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले निरन्तरको परिमार्जनबाट यसलाई थप गतिशील बनाउन सकिने भएकाले कोही आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताउँदै प्रदेश सीमाङ्कनको विषय तीन महिनाभित्र टुङ्गोमा पु¥याउन समझदारी खोजिनेछ भन्नुभयो ।
dainiknepal
काठमाडौं, २६ पुस । अवैध सुनधन्दामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिराहा बेला–९ घर भएका ३० बर्षीय राम इकवाल महतो र काठमाडौँ महानगरपालिका–१७ बस्ने लक्ष्मी लाल श्रेष्ठलाई प्रहरीले करीव ४ लाख २६ हजार ९ सय ५० रुपैया बराबरको १ सय ग्राम अवैध सुन सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भारत, चीन लगायत बिदेशबाट आएका यात्रुहरुबाट सुन संकलन गर्दै गरेका उनीहरुलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको उडानतर्फको आगमन ट्याक्सी पार्किङ एरियाबाट उक्त परिमाणको २ टुक्रा सुनसहित पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामंगलमा पठाइएको छ ।
dainiknepal
आइतबार, २६ पुष
ललितपुर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले लामो समयदेखि तराईमा आन्दोलित तराईकेन्द्रित राजनीतिक दललाई वार्ताको माध्यमवाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।
ललितपुर उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित २३औँ नगरपरिषद्बाट पारित भएका नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले मधेसी मोर्चाले उठाउँदै आएका अधिकांश माग संविधानमा समेटिएको बताउनुभयो ।
उहाँले मोर्चाले उठाएको मागमध्ये नसमेटिएका विषयवस्तुलाई वार्ताको माध्यमबाटै समाधान र सम्बोधन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । आन्दोलनका कारण पेट्रोल, ग्यास, डिजेल, खाद्यान्नलगायतका सामान आपूर्तिमा देखिएको समस्याले नेपाली जनताको हित गर्न नहुने उहाँको भनाइ थियो ।
उहाँले आन्दोलन छिटो अन्त्य गरी देश विकासमा लाग्न मोर्चालाई सुझाव दिनुभयो । वार्ता टोलीका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले भन्नुभयो–“नयाँ संविधानसँगै देश नयाँ युगमा प्रवेश भएको छ, देशलाई आर्थिक विकासबाट समृद्धितर्फ लैजानु परेकाले आन्दोलन छाडेर मुलुकलाई समृद्ध बनाउन सहभागी हुन आन्दोलनकारी दलका नेतालाई आग्रह गर्दछु ।”
सरकार गठन राष्ट्रिय एकताको संरक्षण, देशमा आर्थिक विकास, सुशासन र समृद्ध बनाउने उद्देश्यसहित भएको उहाँले प्रस्ट पार्नुभयो । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले जनताले उचित सेवा पाउन नसकेकाले त्यसको समाधानका लागि छिट्टै स्थानीय निकायको निर्वाचन गराउन सरकार अग्रसर रहेको उहाँको भनाइ थियो ।
उहाँले देशभरि रहेका तीन हजार १५७ गाविसमध्ये पाँचसय गाविसमा सडक नपुगेकाले अबको दुई वर्षभित्र मोटर बाटो पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभयो । निकट भविष्यमै सरकार, स्थानीय निकाय र जनताको साझेदारीमा ऊर्जा विकास कार्यक्रम ल्याएर देशलाई विद्युत्भार कटौतीमुक्त गराउने योजना सरकारको रहेको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणि पाण्डेले आर्थिक वर्ष २०७३–७४ को नीति तथा कार्यक्रमभित्र सांस्कृतिक सम्पदा, पर्यटकीय विकास, वैकल्पिक ऊर्जा विकास, सहरी पूर्वाधार विकास, वातावरण संरक्षणलगायत रहेको उल्लेख गर्नुभयो ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home