• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सोमबार, २७ पुष
काठमाडौ । आज पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
बि.सं.१७७९ साल पुस २७ गते गोर्खामा जन्मेका शाहले आफ्नो शासनकालमा बाईसे र चौविसे राज्यहरुमा रहेको नेपाललाई एकताको सुत्रमा बाँधेर आधुनिक देश निर्माण गरेरका थिए ।
उनको यही योगदानलाई सम्बोधन गरी पुस २७ गतेका दिन राष्ट्रिय एकताको दिवसको रुपमा मनाउने प्रचलन रहेको थियो।
तर नेपालको दोस्रो जनआन्दोलनसंगै राजतन्त्रको अन्य पछि शाहको जन्मजयन्तीमा एकता दिवस मनाउने प्रचलन हटाएको छ ।
पछिल्लो सयम उनको ऐतिहासिक योगदानलाई बिर्सन नहुने भन्दै पुन: पृथ्बी जयन्तीलाई एकता दिवसको रुपमा मनाउनु पर्ने भन्दै नेपाली आमसर्वसाधरणहरुले सामाजिक सञ्जालहरुमा माग गर्दे सरकारलाई दवाब सृजना गरिरहेका छन ।
यसै अबसरमा बिभिन्न संघसस्था काठमाडौको सिंहदरबार अगाडि रहेको पृथ्वी नारायाण शाहको शालिकमा माल्र्यापण र बिविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउदै छन् ।
nepalsandesh
२७ पुस, काठमाडौं ।

तीन ठूला दलले आन्दोलनरत मधेसी मोर्चासमक्ष प्रस्तावित राजनीतिक संयन्त्रलाई संसदबाट संवैधानिक वैधता दिलाउने गरी मिलनविन्दु खोज्न प्रस्ताव गरेका छन् ।

तीन दल–मधेसी मोर्चाबीच आइतबार सिंहदरबारमा बसेको कार्यदल बैठकमा सहमतिका लागि विकल्प खोज्ने क्रममा नयाँ प्रस्ताव आएको हो ।

कार्यदल बैठकमा मोर्चा प्रतिनिधिले संयन्त्रको संवैधानिक वैधताबारे अझै आश्वस्त हुन नसकेको गुनासो गरेपछि तीन दलका तर्फबाट उक्त प्रस्ताव गरिएको हो । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीम रावलले सरकारले संयन्त्र गठनको निर्णय मन्त्रिपरिषद्‍बाट औपचारिक प्रस्तावका रूपमा टेबुल गराउने भन्दै ढुक्क हुन मोर्चालाई आग्रह गरे ।

‘मन्त्रिपरिषद्‍ले  नपुग्ने भए सिधै संसद्मा लगेर पारित गराउने गरी संयन्त्र बनाऔं र त्यसको कार्यविधि तोकौं,’ रावललाई उद्धृत गर्दै तीन दलका तर्फबाट कार्यदलमा सहभागी एक प्रतिनिधिले भने ।

‘त्यसका आधारमा अहिले हामीले टीओआर नै बनाउन प्रस्ताव गरेका छौं । मोर्चाका साथीहरूले छलफल गरेर जवाफ दिन्छौं भन्नुभएको छ,’ उनले भने ।

मधेसी मोर्चाले ‘मधेसमा दुई प्रदेश’ को पूर्वसर्त छाडेर ‘संघीय प्रदेशको सीमांकन पुनरावलोकन तथा हेरफेर हुने गरी’ भन्ने शब्दावलीमा सहमति जनाए सोमबार ‘ब्रेक थ्रु’ हुन सक्ने ती कार्यदल सदस्यले खुलाए ।

मोर्चाका तर्फबाट तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले कार्यविधिबारे अहिल्यै प्रस्ट हुनुपर्ने, त्यसका लागि मधेस र थरुहट हुने गरी तराईमा दुई प्रदेश हुनुपर्ने माग गरेका थिए ।


एमाले उपाध्यक्ष रावलले तीन महिना अवधिभित्र सीमांकन हेरफेर हुने गरी संयन्त्र बनाउने पुरानै प्रस्ताव दोहोर्‍याएपछि मोर्चाले ‘मधेसमा दुई प्रदेश हुने गरी सीमांकन पुनरावलोकन तथा हेरफेर’ भन्ने वाक्यांश कार्यविधिमा अहिल्यै लेखिनुपर्ने अडान लिएको थियो ।

रावलले अहिल्यै त्यस्तो सर्त राखेर संयन्त्र गठन गरे मधेसइतरका समुदाय असन्तुष्ट हुन सक्ने भन्दै अस्वीकार गरेका थिए । बैठकमा प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधिबारे दुवै पक्षबीच डेढ घण्टा छलफल चलेको हो ।

तीन ठूला दलका तर्फबाट कांग्रेस नेता महेश आचार्यले संविधान संशोधन विधेयकमा मोर्चाको सहभागिता जनाउन आग्रह गरेका थिए । प्रत्युत्तरमा संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले यही अवस्थामा मोर्चा सहभागी हुन नसक्ने भएकाले आफूहरूलाई सकारात्मक अनुभूति हुने गरी ठूला तीन दलले संशोधनलाई अघि बढाउन आग्रह गरे ।

‘वार्ताबाट सहमति नहुन्जेल हामी संसदको प्रक्रियामा सहभागी हुन सक्दैनौं, तपार्इंहरूले हाम्रो बाध्यता बुझिदिनुपर्‍यो,’ श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘ती दुइटा संविधान संशोधन विधेयकले हाम्रो माग त पूरा हुँदैन, तर वार्तालाई सकारात्मक दिशातिर मोड्न सहयोग पुर्‍याउँछ ।’

बैठकका सबै सूचना बाहिर चुहाउँदा वार्तामा अवरोध हुन गएको भन्दै कार्यदल सदस्यहरूले ठोस उपलब्धि नहुन्जेल सञ्चारकर्मीसामु कुरा नखोल्ने सहमति भने गरेका छन् ।

लिखित सहमति नहुन्जेलसम्म विश्वासको वातावरण बनाइरहने कार्यदल सदस्यहरूले समझदारी निर्माण गरे ।

‘हिजो भएको कुराभन्दा नयाँ केही प्रगति हुन सकेको छैन, हामी छलफलमै छौं,’ कांग्रेस नेता आचार्यले भने, ‘विकल्पहरूका बारेमा छलफल भइरहेको छ ।’nepaliheadlines

तीन दलीय कार्यदलबाट एमाओवादी महासचिव कृष्णबहादुर महराको ठाउँमा गृहमन्त्री शक्तिबहादुर बस्नेत बैठकमा सहभागी भएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

२७ पुस, काठमाडौं ।

लगानीको सम्भाव्यता अध्ययन गरी नेपाल आउने अन्तिम तयारी गरेका केही ठूला लगानीकर्ताले तत्कालै लगानी गर्नु जोखिमपूर्ण रहेको निष्कर्ष निकालेका छन् ।

चीनको होङ्सीले ३६ अर्ब रुपैयाा लगानीमा नेपालमा सिमेन्ट उद्योग सञ्चालनका लागि उद्योग दर्ता गरिसकेको छ, तर मुलुकको पछिल्लो अवस्थाका विषयमा होङ्सीले गम्भीर चासो राख्ने गरेको छ ।

बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा विस्तार गर्न लागेको प्लान्टलाई अस्थिरता देखेकै कारण श्रीलंका लगेको छ ।

चीनको ठूलो झोला उद्योगले नेपालमा १ अर्ब लगानी गर्ने अन्तिम तयारी गरे पनि नेपालमा राजनीतिक वातावरण सहज नभएको भन्दै पछि हटेको छ ।

चीनकै होङ्सी ग्रुपअन्तर्गतको कम्पनीले नेपालमा ३६ मेगावाट विद्युत् उत्पादनका हाइड्रोपावर कम्पनीमा १० अर्ब लगानी गर्ने तयारी गरे पनि वातावरण नभएको भन्दै फर्किएको छ ।

नेपालमा ५२ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना गर्न खोजेको चीनको हुवाजिन ग्रुप पनि लगानी गर्ने–नगर्ने अन्योलमै छ ।

भारतको रिलायन्स समूहले सिमेन्ट उद्योगमा ४० अर्ब लगानी गर्न खोजेको छ,
तर काम अगाडि बढ्न सकेको छैन ।

सिमेन्ट उद्योगमै ५५ अर्ब लगानी गर्न खोजेको नाइजेरियाको डांगोटे ग्रुपले पनि अपेक्षित रूपमा काम अगाडि बढाउन सकेको छैन ।

भारतीय कम्पनी जिएमआरले माथिल्लो कर्णाली आयोजनामा १ खर्ब १६ अर्ब लगानी गर्दै छ, तर पछिल्लो समयमा काम रोकिएको छ ।

तय भएका योजना रोकिँदै



बहुराष्ट्रिय कम्पनी युनिलिभरले डोब साबुन, स्याम्पुलगायत अन्य धेरै ब्रान्ड नेपालमा नै उत्पादन थाल्ने अन्तिम तयारी गरेको थियो, तर अन्तिममा ‘समय अनुकूल नभएको’ भन्दै योजना पछाडि सारेको छ ।

नेपालको एमएस समूहले सिरहामा नेपालकै सबैभन्दा ठूलो चिनी उद्योग स्थापना गरे पनि उत्पादन थाल्न पाएको छैन, पाँचतारे होटेल, धागो उद्योग, स्टिल उद्योगमा गर्ने भनिएका अर्बौँ लगानीका काम पनि रोकिएका छन् ।

सूर्य नेपालको प्यारेन्ट कम्पनी आइटिसीको साझेदारीमा ५ अर्ब लगानीको पाँचतारे होटेल निर्माणको काम अघि बढ्न सकेको छैन, सूर्य नेपालको चकलेट र बिस्कुट उद्योगमा गर्ने लगानीको प्रक्रिया पनि अगाडि बढेको छैन ।

विकास राणाको २ अर्बको लगानीमा ललितपुरमा निर्माण हुन लागेको पाँचतारे रिसोर्टको काम पनि रोकिएको छ

शंकर समूहको ३ अर्ब ५० करोड लगानीमा नक्सालमा बनाउन लागेको पाँचतारे होटेलको काम पनि नाकाबन्दीपछि रोकिएको छ ।

एनई ग्रुप र सोल्टीको संयुक्त कम्पनी सोल्टी सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिले काठमाडौंबाहिर खोल्न लागेका होटेलका योजना पनि अगाडि बढेका छैनन् ।

यती डिस्टिलरीले हालै उत्पादन गरेको नयाँ ब्रान्ड ८८४८ भोड्कालाई प्रवद्र्धन गर्ने योजना पनि रोकेको छ ।

लक्ष्मी समूहले काठमाडौं र पोखरामा होटेल निर्माणको योजना बनाए पनि समय अनुकूल नभएको भन्दै रोकेको छ ।

ठमेलमा छायादेवी प्रालिले निर्माण गरिरहेको चारतारे होटेल, शेष घलेको लगानीमा बनिरहेको सेराटन होटेलदेखि थानकोट चन्द्रागिरी केवलकारको कामसमेत नाकाबन्दीपछि रोकिएको छ ।

लोमस ग्रुपले जनकपुरमा क्लिंकर प्लान्ट बनाएर उत्पादन थाल्ने योजना बनाए पनि रोकिएको छ, २ अर्ब रुपैयाँ लगानीको परियोजनाको ९० प्रतिशत काम सकिएको छ ।

‘निर्यात गर्ने वातावरण नै छैन’

‘कहिले मजदुर समस्या, कहिले इन्धनको अभाव, कहिले लोडसेडिङ, कहिले नाकाबन्दी भइरहन्छ, डाबर नेपालको उत्पादन क्षमताअनुसार नै उत्पादन हुन सकिरहेको छैन,’ डाबर नेपालका वरिष्ठ बजार प्रबन्धक अभय गोर्खालीले भने, ‘नेपालमा आउने उद्योग अन्य मुलुकतिर गएका छन् ।

राजनीतिक अस्थिरता नभएको भए भारतमा खोलिने उद्योग नेपालमा हुन्थे, एउटा ढोका बन्द भयो भने बाहिर निस्कन त अर्काे ढोका खोजिहाल्छ नि ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन्, तर हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ, मन लागे अनुसारको तरकारी खाने गर्छौँ। हुन त, यो कुनै नराम्रो कुरा होइन। तर हाम्रो स्वास्थ्य स्थितिलाई विचार पुर्याएर त्यसैअनुरूपको खानेकुराहरू खानु आवश्यक हुन आउँछ।

यसैगरी, हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ (Fenugreek) पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो। यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।Methi

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन (Protein, Vitamin-C, Niacin, Potassium and Diosgenin) पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन (Alkaloids, Lysine) जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

मेथी खानुका फाइदाहरू

मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ भने महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ। नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या (घाउ, पासेको र पोलेको), घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन्। (काटेको घाउलाई निको पार्ने घरेलु उपायको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)
प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ। (महिलाको स्तनको बारेमा विस्तृत जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्)
हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भैरहेको छ।
मेथीमा के-कस्ता पौष्टिक तत्वहरू पाइन्छन्?


मेथी के-के कुराको लागि प्रयोग गर्न सकिन्छ?

मेथीका अनगिन्ती फाइदाहरूको बारेमा त माथि नै उल्लेख गरिसक्यौँ। त्यसलगायत यसलाई घरेलु उपचारका विधिमा पनि प्रयोग गर्न सकिन्छ। जस्तै;

१. कोलेस्ट्रोल नियन्त्रण

हालै भएको एक खोजबाट के पत्ता लागेको छ भन्दा, एकदिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खाने व्यक्तिहरूको कोलेस्ट्रोलको मात्रा २४ हप्तापछि १४ प्रतिशतले घट्दछ, जुन एकदम राम्रो नतिजा हो। त्यसै गरी मेथीको सेवनले हृदयघात हुने सम्भावना पनि २५ प्रतिशतले कम हुने पत्ता लागेको छ। (कोलेस्ट्रोल घटाउन कुन खानाले मद्दत गर्दछ, जान्न यहाँ क्लिक गर्नुहोस्)

त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुको राम्रो उपाय भनेको दिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खानु हो। यसलाई तपाईँले दैनिक आहारमा राखेर पनि खान सक्नुहुन्छ भने पानीसँग पनि खान सक्नुहुन्छ।

२. मधुमेहको उपचार र रगतमा ग्लुकोजको मात्रा घटाउन

प्रकार २ को मधुमेह भएका व्यक्तिहरूले मेथीको दाना खाएपछि उनीहरूको रगतमा ग्लुकोजको मात्रा ह्वात्तै घटेको एक खोजबाट देखिएको थियो। त्यसैले चिकित्सकको सल्लाहअनुसार प्रकार २ को मधुमेहलाई उपचार गर्ने घरेलु उपाय भनेको मेथीको दाना खानु हो, तर त्यसको लागि तपाईँले दिनमा कम्तीमा पनि १००० मिलिग्राम मेथी खानुपर्ने हुन्छ।(मधुमेह हुँदा के-कस्ता लक्षणहरू देखापर्दछन्, जान्न यहाँ क्लिक गर्नुहोस्)

यो कुरामा ध्यान दिनुपर्ने हुन्छ कि, मधुमेह भएका व्यक्तिहरूले धेरै मात्रामा मेथीको सेवन गर्नुहुँदैन। किनभने, शरीरमा ग्लुकोजको मात्रा कम भएमा पनि रिङ्गटा लाग्ने, बान्ता हुने र बेहोस हुने जस्ता समस्या पनि निम्तिन सक्छ।(मधुमेहको उपचार विधिको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

३. मुटुको समस्याको रोकथाम



मेथीमा पाइने ग्लाक्टोमेनन (Glactomanon) ले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। साथै, यसमा पोटासियम पनि पाइने हुनाले शरीरको रक्तचाप र मुटुको धड्कनलाई नियन्त्रण गर्न मेथीको सेवन गर्नुपर्ने हुन्छ। (मुटुरोगबाट बच्ने अन्य उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

४. मोटोपना घटाउन

थरी-थरीका शारीरिक व्यायाम र खानपिनमा ध्यान दिँदा दिँदै पनि अधिकांशको मोटोपनामा नियन्त्रण भैरहेको हुँदैन। यदि यस्तो अवस्था छ भने, बिहान उठ्ने बित्तीकै खाली पेटमा १ चम्चा मेथीको धूलो मनतातो पानीसँग खानुहोस्। यसमा भएको फाइबरले गर्दा तपाईँलाई धेरै भोक लाग्न दिँदैन र बिस्तारै मोटोपनामा पनि नियन्त्रण हुँदै जान्छ। (सुतीसुती मोटोपना घटाउन के गर्नुपर्छ? जान्न यहाँ क्लिक गर्नुहोस्)

५. छालाको समस्याको उपचार

छालामा आएको दाग, खटिरा अनि घाउको लागि पनि मेथीको दानाले उपचार गर्न मिल्दछ। त्यसको साथसाथै, आगोले पोलेको, हतियारले काटेको, लुतो, पिलो, डण्डिफोर जस्ता समस्यालाई रोक्न पनि मेथीले सहयोग गर्दछ। त्यसको लागि;

आफूलाई चाहिएजति मेथीको दाना लिनुहोस् र त्यसलाई मसिनो हुने गरी पिस्नुहोस्।
उक्त धूलोलाई मनतातो पानीमा मिसाएर लेदो बनाउनुहोस्।
त्यसपछि एउटा सानो सफा र नरम लुगामा उक्त लेदो राखेर सङ्क्रमित छालामा लगाउनुहोस्। (छालालाई कसरी स्वस्थ राख्ने, जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)
६. कपाल झर्ने समस्याबाट बच्न

दिनहुँको भोजनमा मेथी मिसाएर खाँदा त धेरै फाइदा हुन्छ, त्यसको साथसाथै, दानालाई धुलो बनाएर त्यसको लेदोलाई कपालमा बाकुलो गरेर लगाउनाले कपाल झर्ने, चाँया पर्ने जस्ता समस्याबाट पनि मुक्त हुन सकिन्छ। (कपाल झर्ने समस्याबाट बच्न के गर्नुपर्छ? जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

७. मुटु पोल्ने र ग्यास्ट्रिकको समस्याको प्राकृतिक उपचार

मेथीको दानामा प्रशस्त मात्रा म्युसिलेज (Mucilage) पाइन्छ, जसले मुटु पोल्ने र ग्यास्ट्रिक जस्ता समस्यालाई राहत पुर्याउँदछ। त्यसैले यदि तपाईँलाई मुटु पोल्ने समस्या छ भने, आफ्नो खानामा १ चम्चा मेथीको धूलो राखेर खानुहोस् अथवा खाना खानुभन्दा अगाडि पानीसँग मेथीको दाना चपाउनुहोस्। (पेटको दुखाईबाट कसरी छुट्कारा पाउने, जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

८. ज्वरोको लागि घरेलु उपचार

मेथीको दानालाई कागती र महमा मिसाएर खानाले शरीरको ज्वरोलाई धेरै नै कम गर्दछ। ज्वरो आउँदा हाम्रो पुरै शरीर तातो र शिथिल हुने गर्दछ, यस्तो अवस्थामा मेथीले पेनकिलर (painkiller) को काम गर्दछ। त्यसैले ज्वरोको उपचारको लागि, दिनमा ३ चोटी २ चम्चा मेथीको दाना कागतीको रस र १ चम्चा महसँग चपाउनुहोस्। (ज्वरोलाई घरमै बसेर कसरी उपचार गर्ने? जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

९. स्तनको आकार बढाउन

महिलाहरूको हर्मोनमा वृद्धि गराउनको लागि विभिन्न देशहरूले मेथीको दानाबाट चियाको उत्पादन गर्ने गर्छन्। त्यसैले, महिलाहरूको हर्मोनको वृद्धि (स्तनको आकारमा वृद्धि) गराउनको लागि दैनिकी खानामा मेथीलाई अनिवार्य राख्नुहोस्। प्रतिदिन महिलाहरूले कम्तीमा पनि ३ ग्राम मेथी खानुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ। (स्तनको क्यान्सर र रोकथामको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

१०. प्रशवावस्थालाई सहज गराउन

आजकाल, महिलाहरूको खाने बानीले गर्दा प्रशवावस्थामा धेरै पीडा भोग्नुपर्ने हुन्छ। तर, मेथी यस्तो औषधी हो, जसले महिलाहरूको प्रशवावस्थाको समस्यालाई पनि हल गर्न सक्दछ। यसमा भएको स्टिमुलस (Stimulus) ले गर्भाशयको मुखलाई सक्रिय गराउँदछ, जसले गर्दा बच्चा जन्माउनमा सहज हुन्छ। तर, चिकित्सकको सल्लाहबमोजिम मात्रै महिलाहरूले यसको सेवन गर्नुपर्दछ।

११. सुत्केरी महिलाहरूमा दूध उत्पादन शक्ति बढाउन

प्राचीन समयमा पनि सुत्केरी महिलाहरूको दूध उत्पादनको लागि मेथीलाई प्रयोग गरेको पाइएको छ। अनुसन्धानबाट पनि, सुत्केरी महिलाले मेथी खाएको २४ देखि ७२ घण्टा भित्रमा ५०० प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पाइएको छ। यस्तो किन हुन्छ भनेर कुनै ठेट प्रमाण भने भेटिएको छैन। तर यसमा भएको चिल्लो पदार्थले मूख्य भूमीका खेलेको हुन सक्ने अनुसन्धानकर्ताहरूको राय छ। त्यसैले दिनमा ३ पटक कम्तीमा पनि ५०० मिलिग्राम मेथीको सेवन गर्नाले सुत्केरी महिलाहरूको दूध उत्पादनमा वृद्धि हुन्छ।

मेथी खानुका बेफाइदाहरू

“बत्ती मुनि अवश्य नै अँध्यारो हुन्छ”, यो संसारमा अवस्थित हरेक कुराहरूको आ-आफ्नै फाइदा पनि छन् र बेफाइदा पनि छन्। त्यसै गरी, मेथीको पनि बेफाइदा नभएको होइन, तर यसको फाइदाको दाँजोमा बेफाइदा अलि थोरै नै रहेको छ।

सामान्य मात्रामा मेथीको सेवन गर्दा कुनै हानी गर्दैन, तर कसै-कसैलाई यसले नकारात्मक असर पनि गरेको पाइएको छ। सबैभन्दा साझा साइड-इफेक्ट भनेको रिङ्गटा लाग्नु हो। साथै, यसलाई छालाको उपचारको लागि प्रयोग गर्दा कसै-कसैमा एलर्जी भएको पनि पाइएको छ। (एलर्जीबाट बच्ने उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)
गर्भवती महिलाहरूले मेथीको सेवन गर्नु एकदमै हानीकारक हुन्छ, किनभने यसले गर्भाशयको मुखलाई खुल्ला गर्ने काम गर्दछ। प्रशवावस्थामा नपुग्दै गर्भाशयको मुख खुल्न गएका बच्चा तुहिने पनि हुन सक्छ। त्यसैले, यो कुरालाई विशेष ध्यान जरुरी हुन्छ। यदि गर्भवती महिलाहरूलाई मेथी खान मन लागेमा, चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।
यदि तपाईँले अन्य कुनै औषधीको सेवन गर्नुभएको छ भने पनि, मेथी खाँदा ध्यान पुर्याउनुपर्ने हुन्छ। औषधी खानुभन्दा ३ घण्टा अगाडि नै, कि त औषधी खाएको ५ घण्टा पछाडि मात्रै मेथीको सेवन गर्नुहोला। किनभने, यसमा भएको फाइबरले अन्य मेडिकल औषधीसँग प्रतिक्रिया गर्दछ र उक्त औषधीको प्रभावलाई शून्य बनाइदिन्छ।
बालकहरूलाई मेथी खान दिनुहुँदैन। यसले बच्चाहरू मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने अनुसन्धानबाट देखिएको छ। बच्चालाई मेथी खुवाउँदा, उनीहरूको शरीरबाट दुर्गन्ध आउने समस्या देखिन सक्छ। (
२७ पुस, काठमाडौं ।

संघीय व्यवस्थामा स्वास्थ्य संरचना कस्तो हुने भन्ने सिफारिस गर्न भइरहेको आधिकारिक अध्ययनलाई बेवास्था गर्दे स्वास्थ्य मन्त्रालयका केही सीमित र प्रभावशाली व्यक्तिहरुले ‘गोप्य रुपमा’ नयाँ संरचनाको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् ।

प्राप्त जानकारी अनुसार सामान्यलाई नयाँ संरचनाको प्रस्ताव मन्त्रिपरिषदमा अनुमोदनका लागि लैजान स्वास्थ्य मन्त्रालयले दबाब दिएको छ ।

यो घटनापछि स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा खेलाबैला मच्चिएको छ । स्रोतका अनुसार स्वास्थ्यसचिव र स्वास्थ्य सचिव निकट केही कर्मचारीको मिलेमतोमा तयार पारिएको संरचना परिवर्तनको प्रस्ताव अब बस्ने मन्त्रिपरिषदको बैठकमा पेस गर्ने तयारी छ ।

 प्राविधिक जनशक्तिको जिम्मेवारी कटौती गरी प्रशासनतर्फकालाई हाबी गराउने उद्देश्यका साथ नयाँ संरचना तयार पारिएको भन्दै उच्च अधिकारीहरु आक्रोशित भएका छन् ।

मुलुकका ३८ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीलाई परिचालन गर्ने जिम्मा बोकेको मन्त्रालयको संरचना हचुवाको भरमा परिवर्तन गर्न लागेको भन्दै उनीहरु आक्रोशित भएका छन् ।अन्नपूर्ण पोस्टमा खबर छ ।nepaliheadlines

वि.सं. २०७२ साल पुस २७ गते, सोमबार। इश्वी सन् २०१६ जनवरी ११ तारिख :

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कीर्तिमानी काम गर्ने समय छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही चुनौतीहरू देखापर्न सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो                                                                    फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। कीर्तिमानी काम गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।  गोपनीयतामा ध्यान पुर्याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे                                                                         व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।अप्रिय समाचारले दुःखी बनाउला। आम्दानी प्रशस्तै बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्छ। सोख पूर्तिका लागि खर्च बढ्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते                                                                         फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ। विगतका निर्णयले काम बिग्रन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पठन–पाठनमा प्रगति हुनेछ। काम बन्नाले निकै उत्साहित भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामका लागि अनुकूल समय छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। मनग्य धन आर्जन हुनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ। काममा लगानीको समय छ। विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।

विहानमा गरिने नास्ता दिनभरीको उर्जाका लागि महत्वपूर्ण मानिन्छ । दिनभरीको उर्जा कायम रहोस् भनेर विहानमा नास्ता खाने गरिन्छ । तर त्यही खानेकुरा गलत पर्न गयो भने उर्जाको उल्टो आलस्यता, तनाव र विभिन्न अरु समस्या देखिन सक्छन् ।

यहाँ विहानमा खान नहुने ५ प्रकारका खानाको विषयमा चर्चा गरिएको छ ।

१ जुस

विहानै जुस पिउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । ताजा भएपनि विहानै जुस पिउनु लाभदायक हुँदैन । ‘हेल्थीपण्डा डट नेट’ का अनुसार सुन्तलाको जुस नै पिउन मन लागेपनि १ मात्र सुन्तला निचोर्नुस् । अथवा पानीको साटो सुन्तलाको रस र पानी पनि पिउनुस् ।

२ जाम र टोष्ट

जाम लगाएको टोष्ट पनि विहानमा खानु घातक मानिन्छ । यसमा अत्याधिक कार्बोहाइड्रेट हुने हुँदा विहानमा राम्रो मानिँदैन । खानै परे अण्डा जस्ता प्रोटिन भएका खानेकुरा खानुस् ।

३ डोनट वा पेष्ट्री

विहानै डोनट वा पेष्ट्री खाने बानी छ भने छोडिदिनुस् । मिठो भएपनि स्वास्थ्य र फिटनेशको दृष्टिले विहानमा डोनट खानु राम्रो मानिँदैन । यसको सेवनले रगतमा अत्याधिक सुगर बढाउँछ र विरामी बनाउँछ ।


४ प्यानकेक वा चकलेट तथा आइसक्रिम

विहानै प्यान केक वा चकलेट खाने बानी खराव हो । यसले तपाइँको शरीरमा अत्याधिक सुगर पैदा गर्छ । विहानमा यति धेरै सुगर भन्दा अन्य खानेकुरा खानु राम्रो हुन्छ । आइसक्रिम पनि विहानमा खानु घातक हुन्छ ।

५ वर्गर
विहानमा वर्गरमा मासु वा अन्य गरिष्ठ भोजन मिलाएर गर्नु राम्रो हुँदैन । वर्गर साधा खाएमा भने त्यति हानी गर्दैन । अन्यथा यसले पनि स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home