भक्तपुर, २८ पुस । नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रले आजदेखि विद्युत्भार कटौती गर्न एक महिने विद्युत् बचाऔं अभियान सुरु गरेको छ ।
उपभोक्तालाई जनचेतना अभिवृद्धि गर्ने र विद्युत्को कम प्रयोग गरी विद्युत् बचाउँदै विद्युत्भार कम गर्न सघाउ पुर्याउने उद्देश्यले एक महिने अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत प्राधिकरणका कर्मचारीले महसुल तिर्न आउने ग्राहकलाई खपत कम गरी विद्युत् बचाउन अभिप्रेरित गर्ने र पर्चा दिने कार्य सुरु गरेको केन्द्रका प्रमुख विक्रम अमात्यले बताउनुभयो ।
लाइन आउनु अगाडि नै इन्भटर बन्द गर्ने र लाइन आएको आधा घण्टापछि मात्रै चालु गर्न सुझाउँदै कर्मचारीले लोडसेडिङपछि लाइन आउनु अगाडि नै हिटर, वाटर पम्प, राइस कुकर, फ्रिज, आइरन, एयर कन्डिसन, रुम हिटर, सोलार चार्जर जस्ता विद्युतीय सामाग्री बन्द गर्न अनुरोध गरेका छन् ।
त्यसैगरी बढी विद्युत् खपत हुने सामाग्री एकै पटक नचलाउन आग्रह गरेका छन् भने विद्युत् खपत कम गर्ने बत्तीको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । उपभोक्ताले विद्युत् बचाउन सके विद्युत्भार कम हुने र अतिरिक्त समयमा ट्रान्समिटर पड्केर, फुयूज गएर हुने विद्युत् कटौती समेत कम हुने प्रमुख अमात्यले बताउनुभयो ।
dainiknepal

मंगलबार, २८ पुष
एजेन्सी । फेसबुक संसारमा धेरै जसो मानिसहरुले प्रयोग गर्ने ठुलो सामाजिक संजाल हो।मासिक रुपमा १.५ बिलियन मानिसहरुले मात्र फेसबुक प्रयोग गर्छन्।
फेसबुकलाई मानिसहरुले व्यक्तिगत रुपमा मात्रै नभई आफ्नो संस्था ,व्यापारको प्रचार प्रसार गर्नको लागि पनि प्रयोग गर्ने गरिरहेका छन्।लाखौँ व्यक्तिहरु आफ्नो प्रोडक्टहरुको मार्केटिङ गर्न समेत फेसबुकको प्रयोग गर्ने गरेका छन्।
त्यस्तो सामाजिक संजालका प्रमुख व्यक्ति मार्क जुकरबर्गलाई धेरै ठुला ठुला कम्पनीहरुले फेसबुक आफुलाई बेच्न भनेर धेरै नै आग्रह गरेका पनि हुन्।कतिपय अफरहरुले मार्क जुकरबर्गलाई समेत दिक्क लाग्ने गरेको बताएका छन्।
त्यस्ता कुन कुन कम्पनीहरु हुन् त जसले फेसबुक आफुलाई बेच्न आग्रह गरे ?
फेसबुक स्थापना भएको ४ महिनामा नै अमेरिका स्थित न्यूयोर्कका एक व्यापारीले फेसबुकलाई १० मिलियन डलरमा बेच्न मार्कलाई आग्रह गरेका थिए तर जुकरवर्गले उनको प्रस्तावलाई ठाडै इन्कार गरेका थिए
त्यस्तै फेसबुकलाई friendster.com ले पनि रुची देखाएको थियो तर फ्रेन्डस्टेरले प्रस्ताव गरे लगत्तै केहि दिनमा फेसबुकले फ्रेन्डस्टेरको लोकप्रियतालाई उछिन्यो
विश्वविख्यात सर्च इन्जिन गुगल कम्पनीले पनि २००४ मै मार्क जुकरवर्गलाई आफ्नो कम्पनीमा काम गर्न आग्रह गरेको थियो
सन् २००५ मा भियाकमले फेसबुकलाई ७५ मिलियन डलरमा किन्न खोजेको थियो तर उनको त्यो आग्रह पनि सफल भएन
२००५ मै माईस्पेसका सीईओले पनि फेसबुकलाई किन्न खोजेका थिए। उनले फेसबुकका मार्क र उनको टिमलाई भेटेर नै सो बारेमा कुरा गरेका थिए तर उनको प्रस्ताव फेसबुकलाई स्वीकार्य भएन।
फेसबुक किन्ने अर्को प्रस्ताव न्युज ग्रुपले पनि गरेको थियो।
भियाकमले पनि फेसबुक बेच्न मार्क जुकरवर्गलाई आग्रह गरेका थिए।त्यसको लागि जुकरवर्ग भियाकम कम्पनी संग कुरा गर्न पनि गए तर उनलाई त्यस कम्पनि संग सम्झौता गर्न रुची भएन र त्यो काम पनि अधुरो नै रह्यो।
एनबिसी (NBC) नामक कम्पनीले पनि फेसबुक किन्न रुची देखाएको थियो तर त्यसपछिका काम र योजनाहरु भने अगाडी बढ्न सकेनन्
nepalsandesh

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पृथकतावादी शक्तिले मुलुक टुक्राउने षडयन्त्र गरेकाले सबै मिलेर तीनिहरुको षड्यन्त्र समाप्त पार्नुपर्ने बताएका छन् ।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं वार्षीकोत्सव समारोहमा बोल्दै प्रंधानमन्त्री ओलीले देश टुक्राउयने सपना देख्नेहरुलाई सरकारले नछाड्ने पनि बताए ।
उनले देश टुक्राउने षडयन्त्र गर्ने पृथकतावादीलाई सबै मिलेर परास्त गर्नुपर्ने भएकाले सबै नेपाली एक स्थानमा उभिनुपर्ने बेला आएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाली जनता एक भएकाले राष्ट्रिय एकता माथि प्रश्न खडा गर्नखोज्नेहरु समाप्त हुने बताए । प्रधानमन्त्री ओलीले पछिल्लो समय आफुले बोलेका कुराहरुलाई हावादारी भन्दै उडाइएको भन्दै काम गरेर देखाइदिने बताए ।
उनले देश विकास गर्छु भन्दा टाउको दुखाउनेहरुको मानसिकता कमजोर भएको बताए । प्रधानमन्त्री ओलीले अब मधेसी मोर्चासँग सहमति गरेर अघि बढ्ने र देश विकासमा लाग्ने पनि बताए ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आधुनिक नेपालका योजना र सपना बताउँदा पनि संचारमाध्यमले त्यसलाई गलत रुपमा तोडमोड गरेर उडाएको आक्रोश पोखेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्राज्ञसभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'मैले समृद्ध नेपालको योजना बुन्न र सपना देख्न पनि नपाउने ? जे कुरा गरे पनि उडाउने ? तर जति उडाए पनि म काम गरेर देखाउँछु।
ओलीले जनताले भोगिरहेको सकस र पीडा आफूले अनुभव गरेक बताउँदै भने,‘जनता यतिबेला कस्तो सकसमा बाँचेका छन् मलाई थाहा छ। त्यसबाट मुक्त बनाउन योजना बनाउँदा र त्यसबारे बताउँदा मजाक सम्झेर उडाउनु ठीक होइन।'
ओलीले आफूलाई हास्यकलाकारलाई माथ गरेको भनी आएका चर्चा र टिप्पणीप्रति संकेत गर्दै भने, 'यहाँ राम्रो कुरा गर्नै नहुने भो। जिब्रो नै थुत्लान् जस्तो गर्छन्। हुँदाहुँदा मैले हास्यकलाकारलाई पनि पराजित गरेको भनेछन्।'
ओलीले जसले जे भने पनि आफू आफ्नो योजना र सपनाप्रति इमान्दार एवं दृढ रहेको बताउँदै भने, अहिले हावादारी कुरा गर्यो भन्नेहरुले पछि काम देखेर थाहा पाउनेछन्। त्यो दिन आउनेछ।'
annapurnapost

काठमाडौं: एनसेलले आफ्ना प्रिपेड ग्राहकलाई लक्ष्ति गरेर ८६ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्ने योजना ल्याएको छ। उत्त योजना एनसेलको नेटवर्क भित्र मात्र उपलब्ध रहनेछ।
भ्वाईस सेवालाई अझ सुलभ बनाउन नेपालमै पहिलो पटक 'एनसेल भ्वाइस प्याक' योजना ल्याएको एनसेलले दाबी गरेको छ। उत्त योजना अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक वा साप्ताहिक भ्वाईस प्याक लिन सक्छन्।
दैनिक प्याकमा ११ मिनेट टक टाईम रहेको छ। त्यसको मूल्य कर सहित ११ रुपैयाँ रहेको छ । दैनिक प्याक लिई ग्राहकले कर सहित १ रुपैयाँ प्रति मिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्छन्।
साप्ताहिक भ्वाइस प्याकमा ७० मिनेट टक टाइम रहेको र यसको मूल्य कर सहित ६० रुपैयाँ रहेको छ। साप्ताहिक प्याक लिँदा ग्राहकले कर सहित ८६ पैसा प्रतिमिनेटमा एनसेलको अर्को कुनै पनि नम्बरमा कल गर्न सक्छन्। यो योजना पुस २८ गते बाट सुरु भई ३ महिना सम्म लागु हुनेछ।
दैनिक प्याकको मान्य अवधि २४ घण्टा सम्म रहेको छ। साप्ताहिक प्याकको अवधि ७ दिनसम्म रहने छ। प्याकको टक टाइम वा समयावधि सकिए पछि विद्यमान शुल्क लाग्ने छ।
विद्यमान शुल्क अनुसार एनसेलको एउटा नम्बरबाट अर्कोमा कुरा गर्दा प्रतिमिनेट कर सहित २.५० रुपैयाँ पर्दछ।
'सुलभ दरमा गुणस्तरिय सेवाउ पलब्ध गराउने प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकका लागि यो भ्वाइस प्याक ल्याउन पाउँदा हामी हर्षित छौं। नेटवर्क आधुनिकिकरण पछि आएको यो भ्वाइस प्याकले ग्राकहलाई थप भ्याल्यु प्रदान गर्ने कुरामा हामी विश्वस्त छौ' एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने।
एनसेलका अनुसार ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्नेछन्। ग्राहकले १७११८ मा डायल गरी प्राप्तजानकारी अनुसार १ थिचेर दैनिक वा २ थिचेर साप्ताहिक भ्वाइस प्याक खरिद गर्न सक्छन्। त्यसैगरी ८१७११८३ डायल गरी १थिचेर दैनिक र २ थिचेर साप्ताहिक भ्वाइस प्याक खरिद गर्न सकिन्छ।
एसएमएस मार्फत यो लिदा दैनिक प्याकका लागि ११ र साप्ताहिक प्याकका लागि ६० टाइप गरी १७११८ मा पठाउन पर्नेहुन्छ। यस बाहेकग्राहकले एनसेल मोवाइल एपबाट यी प्याकहरु सहजै लिन सक्छन्। ग्राहक आफैले पनि ८९०१३ डायल गरी आफ्नो बाँकी भ्वाइस प्याक मिनेटको बारेमा जानकारी लिन सक्नेछन्।
'हाम्रा ग्राहकका लागि भ्वाइस सेवा अझै पनि महत्वपूर्ण रहेकोले यो नयाँभ्वाइस प्याकले उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने विश्वास छ' शर्माले भने। सुलभ दरमा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिबद्धता बमोजिम एनसेलले केही समय अघिमात्र आफ्ना डेटा प्याकहरुमा पनि परिमार्जन गरी इन्टरनेटलाई थप सुलभ बनाएको थियो।

काठमाडौं, २८ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले सोमवार एकपटक फेरि भारतलाई निशाना बनाएका छन् ।
उनले भारतको रवैया गलत भएको बताए । दोस्तीको हात बढाएर मोदीले पाकिस्तान र मुसलमानलाई सिध्याउने षडयन्त्र गरिरहेको उनको आरोप छ ।
मुशर्रफले यो भन्दा पहिलापनि मोदीको आलोचना गर्दै आएका थिए । पाकिस्तानको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले मोदीलाई पाकिस्तान र मुसलमान समुदायबीच दुश्मनी निकालिरहेको बताए । उनले भने- हामीले बीजेपी र कांग्रेस दुबै सरकारसँग काम गर्यौ । त्यो बेला भारतमा अहिलेको जस्तो अवस्था थिएन् अहिले जे हुँदैछ त्यो पार्टीभन्दा अलग व्यक्तिगत मुद्दा हो ।
मुशर्रफले भारत सरकारको नीतिमा प्रश्न उठाउँदै भनेका छन्– मोदीको रवैया मित्रले गर्ने जस्तो छैन् । भारतले नकारात्मक रवैया नअनाओस् ।
मुशर्रफले मोदीमाथि प्रश्न उठाउँदै भने– भारतमा एक प्रधानमन्त्री आएका छन् उनलाई थाहा छैन् की के पाकिस्तानविरुद्ध र मुसलमानविरुद्ध । यो विषय बीजेपी भन्दा पनि मोदीका कारणले भइरहेको छ किनकि मोदी पाकिस्तान र मुसलमान दुबैविरुद्ध उभिएका छन् ।

पुस २८, २०७२- भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोक पनि हो ।
गत शुक्रबार सिन्धुपाल्चोकको बराम्ची गाविस जाने मौका मिल्यो । संयोगले त्यहाँ भूकम्पपीडितलाई कम्बल बाँड्ने कार्यक्रम रहेछ ।
कार्यक्रमका मुख्य संयोजक मोहनप्रसाद ज्ञवालीका अनुसार बराम्ची गाविसको चनौते गाउँका दलित बस्तीलाई लक्षित गरेर कम्बल वितरण गरिने बताए । सोही अनुसार कार्यक्रम अघि बढ्यो ।
\ वितरण कार्यक्रममा जम्मा ६० घरधूरीमध्ये ४८ घरधूरी दलित र अन्य समुदायका पीडित संलग्न थिए । कम्बल वितरण गर्नुअघि म बराम्चीका विशेषगरी वडा नं. ५, २ र ९ घुम्न भ्याएको थिएँ ।
गाउँलेहरुमा प्राय: कसैको मुख ताकेको भान गर्न त सकिनँ । तर, मलाई कताकता अप्ठेरो भने महसुस भएको थियो । अपरिचित व्यक्ति भएकाले जो कसैले कुन संस्थाबाट के कति कामले पाल्नु भएको भनी सोध्नु कुनै अनौठो रहेन ।
मेरो आफ्नो वास्तविक परिचय दिलाउनु बाहेक अरु दुखम्सुखम्का कुरा गर्नु सायद अपच नै हुन सक्थ्यो । सरकारले घर पुनर्निर्माणको लागि १५ हजार रुपैयाँ राहत दिने भन्ने खबर गाउँलेले जेठ असारमै थाहा पाएका थिए ।
बर्खाभरि उनीहरुले जोखिम मोलेरै सिर्फ बाँच्नकै लागि संघर्षका दिनहरु गुजारे । अब त हिउँद याम सुरु भएर पनि निख्रिनै आँटेको बेला राजधानी लगायतका सहरहरुमा भूकम्पपीडितका सवालमा ठूलठूला कार्यक्रम ल्याउँदा पनि तिनलाई
कुनै प्रवाह थिएन । किनभने, सरकारले केवल आशा मात्र देखाउँछ, दिने केही हैन । बरु देशविदेशमा रहेका केही कल्याणकारी संघसंस्था उनीहरुको घरआँगन पुगेर केही राहतका पोका बाँडेको कत्ति पनि बिर्सेका छैनन् ।
उनीहरुका निम्ति ती राहत सहयोग कार्यक्रमहरु ठूलै उपकारी गुण थिए । यस्तो बेला गाउँका सबै आपसमा मिलेर बाँडचुँड गरेको सुन्दा/देख्दा जो कोही कल्याणकारी व्यक्ति वा संस्था उत्साहित हुनु स्वाभाविक हो ।
‘खास काम हाम्रो अध्ययन अनुसन्धानको हो । तर यस्तो बेला पीडितलाई कनीकुथी सोधपुछ गर्नु, जिज्ञासा तेस्र्याउनु ज्यादा अशोभनीय हुन्छ । यसैलाई मनन गरी यता आउँदाखेरी साथमा यस्तो जाडोको बेला एकदुई
कम्बल बाँड्नु हाम्रो लागि सानो होला । तर, भत्किएका गोठहरुमा कठ्यांग्रिएर रात कटाइरहेका भूकम्पपीडितलाई त्यो निकै ठूलो हो,’ ज्ञवालीले छोटकरीमै कुरा टुंग्याए–
‘कमसेकम हाम्रो सानो राहतले उनीहरुको जीवनमा कुनै सानै भए पनि बदलाव ल्याएमा त्यो हाम्रो लागि निकै ठूलो धर्म पनि हो ।’
ज्ञवाली आफ्नो संस्थाका सदस्यहरुसाथ सिन्धुपाल्चोक कार्यक्षेत्र बनाएर सामाजिक अध्ययनका काममा संलग्न थिए ।
एकिकृत सामाजिक विकास एवं अनुसन्धान प्रतिष्ठानको नामले राजधानीमा दर्ता गरिएको संस्था यस्तो पवित्र काम गर्न पाएकोमा खुसी मात्र हैन
अबका दिनहरुमा यस्ता कामहरुलाई निरन्तरता दिने सो संस्थाका सदस्यहरुले दोहोर्याए । कम्बल वितरणका बेला वृद्धवृद्धा, बालबालिका उपस्थित थिए ।
कोही कसैलाई नदोहोरियोस् भनेर उनीहरु आफैं चनाखो थिए । उनीहरु आफैंले आपसमा भाग लगाए । विशेषगरी दुई जीउ भएका गर्भवती र भूकम्पमा ज्यान गुमाएका
आफन्तका परिवारलाई प्राथमिकता दिएर कम्बल वितरण गरे । असन्तुष्ट कोही थिएनन् । खुसीले तिनको मुहारमा चमक देखिन्थ्यो । उनीहरुको आस पनि ठूलो थिएन । हेर्दै कर्मठ देखिन्थे ।
कमसेकम मनोबल बढाइदिनकै आवश्यकता देखिन्थ्यो । आफ्नै खेतबारी बाँझो भएको उनीहरु आफैंलाई मन परेको छैन । आफ्नो घरको निर्माणतर्फ विस्तारै आफैं अग्रसर बनेका छन् ।
जनजीवन सामान्य देखिएता पनि हिउँदे कहर काट्न मामुली छैन । बरु भन्नैपर्छ– आवाज सुनाइदिने, सुनिदिनेको अभाव जो मैंले देखेँ ।
kantipur.ekantipur