यही पुस ३० गतेदेखि माघ ४ गतेसम्म ४ दिनको अवधिमा विरगञ्ज नाकाबाहेक अन्य नाकाबाट ५ सय ५ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन्। भन्सार विभागकाअनुसार पछिल्लो एक सातामा भारतबाट नेपाल आउने इन्धनको परिमाण बढ्दो छ तर नाकाबन्दी भएदेखि विरगञ्ज नाकाबाट भने अहिलेसम्म एउटा पनि गाडी नेपाल प्रवेश भएको छैन।
विभागका प्रवक्ता सुर्य सेढाईका अनुसार माघ ३ गते विभिन्न नाका भएर १ सय २६ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका थिए जसमा डिजल ६९, पेट्रोल १२, मट्टितेल १, हवाई इन्धन ४ र २४ वटा एलपी ग्यासका गाडी थिए।
त्यस्तै माघ २ गते ३६ वटा डिजल, २१ वटा पेट्रोल, १२ वटा हवाइ इन्धन र २४ वटा एलपी ग्यास सहित ९३ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन्। माघ १ गते डिजलका ५८, पेट्रोलका २० गाडी, २५ बुलेट एलपी ग्यास, हवाइ इन्धन ४ र २ वटा मट्टितेल बोकेका गरी १ सय ९ वटा गाडी अाएका विभागले जनाएको छ। पुस ३१ गते १ सय डिजलका १६, पेट्रोलका १५, ३८ बुलेट एलपी
ग्यास, ३ हवाई इन्धन र मट्टितेलका ५ गाडी गरी १ सय ७७ वटा गाडी नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।setopati

नेपाल आयल निगमले यही बुधवार, शुक्रबार र सोमबार गरी तीन दिन निजी मोटरसाइकललाई तेल दिने भएको छ। निगमले कोटा प्रणालीमा एक मोटरसाइकललाई ५ लिटर तेल दिन लागेको निगम प्रवक्ता मकुन्द घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार बुधबार १ देखि ३० लटसम्मका, शुक्रबार ३१ देखि ५० लट र सोमबार ५१ देखि माथिका लटका मोटरसाइकलले तेल पाउने छन्।निगमले तेल वितरण गर्ने पम्पमा अघिलो दिनमै तेल पठाउने र तेल वितरण विहान ९ बजेबाट नै हुने जनाएको छ।
यस अघि नेपाल आयल निगमले मंसिर २२ गतेदेखि २८ गतेसम्म १ दिन बिराएर कोटा प्रणालीमा लटअनुसार मोटरसाइकल तथा स्कुटरलाई तेल वितरण गरेको थियो।
निगमले बारम्बार तेल वितरण गर्ने भने पनि करिब ४५ दिनपछि मात्र मोटरसाइकललाई तेल दिन लागेको हो।etopati
काठमाडौं, ४ माघ । ईरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटेपछि विश्वभर कच्चा तेलको मूल्य अहिलेसम्मकै सस्तो भएको छ ।
यसवर्ष निरन्तर घटिरहेको कच्चा तेलको मूल्य २००३ पछि अहिलेसम्मकै सस्तो भएको समाचार एजेन्सीले जनाएका छन् ।
प्रतिबन्ध हटेसँगै ईरानको कच्चा तेल अन्तराष्ट्रिय बजारमा निर्यात भएपछि मूल्य घटेको हो । सोमवार कच्चा तेलको मूल्य २००३ पछि सबैभन्दा न्यून विन्दुमा पुगेको हो । नयाँ भाउअनुसार कच्चा तेलको मूल्य २७.६७ डलर प्रतिब्यारेल कायम भएको छ ।
अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गरिएको ईरानले एक दिनमा ५ लाख ब्यारेल कच्चा तेलको उत्पादन गर्छ । विश्वका कुनैपनि देशसँग अब सस्तो मूल्यमा तेल बेच्न सक्ने बाटो ईरानका लागि खुल्ला भएको छ । ईरानले निर्यात बढाएसँगै तेलको भाउ घटेको बताइएको छ ।
विश्वबजारमा तेलको भाउ घटेसँगै नेपाल आयल निगमले पनि आजैबाट लागु हुनेगरी तेलको भाउ घटाउने तयारी गरेको छ । तर, त्यो भाउ भारतीय आयल निगमको मूल्यसूची अनुसार हुनेछ । किनकि कच्चा तेल किनेर भारतले प्रशोधन गरी नेपाललाई बेच्ने गर्छ ।
dainiknepal

काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै नेपाली हाँसेको हेर्न चाहेको बताएका छन् ।
सोमबार राजधानीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको छैटौं प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले देशका सबै क्षेत्रका जनतालाई समान महत्व दिएर विकास निर्माणलगायतका कामलाई अगाडि बढाउने बताए ।
नेपाली समाज कलाकारको चित्रमा प्रयोग हुने रंगहरुजस्तै बहुआयामिक रहेको भन्दै उनले नयाँ संविधानले सबै नेपालीलाई आत्मनिर्भर बनाउने बाटो सुनिश्चित गरेको पनि बताए । imagekhabar

काठमाडौं, माघ ४ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहमतिका लागि अग्रसरता लिन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
सोमबार महाराजगन्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा पुगेर महतोले मधेसी मोर्चाले राख्दै आएका माग सम्बोधन गरी मुलुकलाई निकास दिनका लागि पहलकदमी लिइदिन कोइरालालाई आग्रह गरेका हुन् ।
कांग्रेस सभापति कोइरालासँग करिब दुई घन्टा छलफल गरेका महतोले सीमांकनको विषयमा उधारो सहमति मान्य नहुने भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताए ।
भेटपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै महतोले सीमांकनको टुंगो तत्कालै लगाउन सुझाव दिएको बताए ।
जवाफमा सभापति कोइरालाले तीन दल र मधेसी मोर्चाको कार्यदलबीच छलफल गरेर सबै विषयका टुंगो लाग्न सक्ने बताएका थिए ।
उनले मधेसी मोर्चालाई लचकताकासाथ प्रस्तुत हुन पनि आग्रह गरेका थिए । imagekhabar

काठमाडौ, ४ माघ । भारतीय समाजवादी पार्टीका प्रवक्ता सुधिन्द्र भदौरियाले नेपालका दलहरुवीच भईरहेको छलफल सहमतिमा पुगे त्यसलाई भारतले स्वागत र समर्थन गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने- ‘नेपालको समस्या समाधान एउटै मात्रै बाटो सम्झौता हो । यो छिटो होस, अब कत्तिन जेलसम्म संघर्षमात्रै गरिरहने । यहाँका दलहरुबीच सहमति भए हामी स्वागत गर्छौ । हामी खुसी हुन्छौ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा भदौरियाले नेपालमा संविधान बन्दा नै सबैले समेट्न सकेको भए राम्रो हुन्थ्यो भन्दै ढिलै भए पनि सबैलाई समेट्ने प्रयास हुनु सकारात्मक रहेको टिप्पणी गरे । भदौयिराले फागु पूर्णिमाभन्दा अघि नै सहमति गरेर सबै नेपालीले खुसीयालीपूर्वक पर्व मनाउन भन्ने कामना समेत साक्षात्कारमा ब्यक्त गरे ।
नेपाल भारत एक अर्का प्रति आश्रित रहेको उल्लेख गर्दै नेपाल भारतमा देखिएको समस्या सुल्झाउन आफूहरु लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले भने- ‘हामी सगरमाथाबाट निस्कने नदिको पानी पिउछौ, सिचाई गर्छौ, जीवन चलाउँछौ त्यसैले यो समस्या सुल्झाउनुपर्छ । नेपालको समस्या नेपालीले सुल्झाउनुपर्छ । नाकामा देखिएको समस्या सुल्झाएर जीवन सहज बनाउनुपर्छ ।’

मोरङ, ४ माघ । नेकपा एमालेले सुरु गरेको तीन महिने जागरण अभियान आजदेखी मोरङको क्षेत्र नम्बर ९ मा सुरु भएको छ ।
एमाले जिल्ला कमिटि मोरङले माघ २ गतेदेखी सुरु गरेको जागरण अभियान आजदेखी मोरङ क्षेत्र नम्बर ९ मा सुरु भएको हो । उर्लावारीमा आज विहान एक प्रशिक्षण कार्यक्रमको आयोजना पछि एमालेका ७१ जना अभियान्ताहरु क्षेत्र नम्बर ९ मा खटिएका छन् ।
एमालेका केन्द्रिय सदस्य तथा मोरङ सहइन्चार्ज रुपनारायण श्रेष्ठले जागरण अभियानका बारेमा प्रशिक्षण दिएपछि ७१ जना अभियान्ताहरु आजैदेखी क्षेत्रभित्रका गाउँगाउँमा खटिएका छन् ।
अभियान्ताहरूलाई पार्टी विधान, निर्देशन पुस्तिका, नयाँ संविधान लगायतका सामग्री समावेश गरिएको झोला प्रदान गरिएको थियो । झोलामा भएका सामग्रीहरूका आधारमा पार्टी संगठनको विचार, आन्तरिक निर्देशनका अतिरिक्त संविधानका विषयमा उठेका भ्रमहरू, संविधानका विशेषता र प्रावधानहरूलाई सुक्ष्मरुपले जनता समक्ष जानकारी गराइनेछ ।
तराई मधेसमा नयाँ संविधानका विषयमा गरिएका अनावश्यक टिप्पणी र भ्रम चिर्न यो अभियान सञ्चालन गरिएको केन्द्रिय सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।