सोमबार, ४ माघ
काठमाडौं । राम्रो साथीको चाहाना हरेक युवतीहरुमा हुन्छ । केटाहरु कहिलेकाँही यस्ता कुरा अनजानमै गर्छन् जुन कुरा युवतीहरुलाई मन पर्दैनन् ।
त्यसकारण आफ्ना हरेक कुरामा ध्यान दिनु राम्रो हुन्छ । यदी तपाई कुनै युवतीसँग डेटिङमा हुनुहुन्छ भने तपाईको प्रेम सम्बन्ध साँचो हो भन्ने विश्वास दिलाउनुहोस् । यसले तपाईसँगको सम्बन्ध मजबुत बन्नसक्छ ।
१. कुराकानीका क्रममा एक अर्कालाई स्थान दिनुहोस र एक अर्काका कुरा राम्ररी सुन्नुहोस । यही समयमा कोही दोस्रो मानिस आयो भने मुख फर्काएर नबस्नुहोस् बरु त्यो खुसीमा सहभागी हुनुहोस ।
२. युवतीहरु यो जान्न चाहन्छन् कि तपाईसँग उनी खुसी हुन सक्छिन् कि सक्दिनन् । कुनै किसिमको समस्या नआओस भन्ने उनीहरुको चाहाना हुन्छ । तपाईले देखाउने व्यवहारले यसको झल्को दिन्छ ।
३. तपाई उनको अगाडि सँधै अज्ञात नै नहनुहोस् ताकी उनले तपाईका हरेक कुराको ध्यान राख्न सकुन् । उनले कुनै कुरा लुकाउन चाहेकी छन् भने त्यसलाई पनि धेरै नखोतल्नुहोस र तपाईका लुकेका कुरा जान्ने चाहाना उनमा पनि भइरहोस् । यसले सम्बन्धमा सँधै ताजापन ल्याउँछ ।
४. सँधै उनलाई भेट्न जानुअघि आफ्नो लुक्स र ड्रेसिङ सेन्समा ध्यान दिनुहोस् ।
५. युवतीहरु जहिले पनि आफूलाई ध्यान राख्ने जीवनसाथीको खोजीमा हुन्छन् । तसर्थ भेट्ने समयमा सँधै ढिलाई नगर्नुहोस् । सकेसम्म उनीभन्दा छिटो निर्धारित स्थानमा पुग्नु राम्रो हुन्छ ।
nepalsandesh

नेपाल टेलिकमले आज २०७२ माघ ४ गते देखि नयाँ सामाजिक सञ्जालको रुपमा Meet संचालनमा ल्याएको छ। आज आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले यो सेवाको शुभारम्भ गरे।
उक्त अवसरमा मन्त्री राईले देशका सबै स्थानमा गुणस्तरीय सेवा पुर्याउने र नयाँ प्रविधि भित्र्याउने सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले पहिले देखि नै नयाँ नयाँ सेवा प्रदान गरिरहेको र यो सेवा पनि त्यसैको एउटा निरन्तरता भएको बताए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले सरकारको नीति र निर्देशन बमोजिम कम्पनीले विभिन्न कार्य गरिरहेको स्मरण गर्दै विभिन्न चुनौतिको बाबजुद पनि सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले कार्य गरिरहेको र अहिले यस प्रकारको नयाँ सेवा पनि उपलब्ध गराउन पाएकोमा कम्पनी गौरवान्वित भएको बताए।
के हो Meet? कसरी उपयोग गर्ने ?
Meet को सहयोगले टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिनेछ । यसले कम्पनीका सेवाग्राही र कम्पनीका बीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको छ ।
कम्पनीले यसलाई www.meet.net.np डोमेन नेमको रुपमा दर्ता गरेको छ भने यसको ब्रान्ड नेम Meet रहनेछ । नेपाली भाषामा Meet को अर्थ भेट्नु हुने र सबै यही स्थानमा भेट हुने प्लेटफर्मको रुपमा यसलाई विकास गरिएको हो ।
नेपाल टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप Unified Communication System (UCS) को रुपमा विकास गर्न ल्याइएको सेवा भएको कम्पनीले बताएको छ।
कम्पनीका मोबाइल (GSM/CDMA) मार्फत www.meet.net.np मा आफ्ना निश्चित विवरण भरी Register गरेर यो सेवा उपभोग गर्न सकिन्छ ।
नेपाल टेलिकमले यही सेवा मार्पmत ग्राहकलाई प्रतिदिन १० वटा SMS निःशुल्क दिने भएको छ । त्यसैगरी यो सेवा मार्फत् प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा SMS (Bulk SMS) पठाउन पनि सकिन्छ ।
यो साइटमा क्रमिक रुपमा ग्राहकका चाहना बमोजिम आगामी दिनमा अन्य सेवाहरु समेत उपलब्ध गराउदै जाने लक्ष्य रहेको पनि कम्पनीले बताएको छ। kinmel.setopati

काठमाडौँ, ४ माघ । अनेक चुनौतीका बीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका एक सय दिन पूरा भएका छन् । गत असोज ३ मा नयाँ संविधान जारी भएपछि गठित पहिलो सरकार जन्मनु अघिदेखि नै आपूर्ति व्यवस्थापन, तराई आन्दोलन र भारतीय नाकाबन्दीजस्ता समस्या र चुनौती देखा परेका थिए । ती चुनौतीको सामना र संविधानमाथिका असन्तुष्टि सम्बोधनका लागि निरन्तर प्रयास गर्नमा सय दिन मध्येका अधिकांश समय व्यतित भए ।
संसद्को दोस्रो ठूलो दल नेकपा (एमाले) का अध्यक्ष ओलीको अध्यक्षतामा गत असोज २४ गते नयाँ सरकार गठन भएको थियो भने त्यसपछि नयाँ संविधानबमोजिम राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख निर्वाचन सम्पन्न हुने कार्य पनि यही अवधिमा भए । ‘गोरखा भूकम्प’पछिको पुनःनिर्माणका कामलाई महाअभियानका रुपमा थालनी गर्नुपर्ने दायित्व पनि यही सरकारलाई थियो र ढिलै भए पनि संसद्बाट त्यससम्बन्धी कानुन पारित भई पुनःनिर्माण प्राधिकरणले पूर्णता पाएसँगै यही माघ २ गतेदेखि पुनःनिर्माण महाअभियान प्रारम्भ भएको छ ।
तत्कालीन सुधार कार्ययोजना
पाँच महिना लामो अघोषित भारतीय नाकाबन्दीले राष्ट्रिय जीवन नै नराम्ररी प्रभावित भएका बेला सरकारले जनतामा आशा जगाउने, राष्ट्रिय स्वाधीनताको जागरण दिने, संविधानको प्रचार अभियान सञ्चालन गर्ने जस्ता सराहनीय काम पनि प्रारम्भ गरेको छ । ओली सरकारले गत मङ्सिर २४ मा तत्कालीन सुधार कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्यायो । संविधानपछिको सङ्क्रमणकालीन व्यवस्थापन र प्रशासनिक सुधारलगायत विषय सो दस्तावेजमा छन् । सो कार्यायोजनामा विभिन्न मन्त्रालय र निकायका ३३ वटा सुधारका कार्ययाजना पनि एकै साथ सार्वजनिक गरिएको थियो । सरकारीस्तरमा ती कार्ययोजनामा भएका कामको समीक्षा भइरहेकै होला । सम्भवतः सरकारले मङ्गलबार एक सय दिन पुगेको अवसरमा आफ्ना योजना र अबको बाटोबारे नयाँ दस्तावेज सार्वजनिक गर्नेछ ।
श्वेतपत्र
सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत मङ्सिर ८ मा देशको वर्तमान आर्थिक अवस्था र सरकारको तात्कालिक कार्यदिशासम्बन्धी श्वेतपत्र जारी गर्नुभयो । कुल गार्हस्थ उत्पादनमा कमी आई ६ प्रतिशत वृद्धि हुने अनुमान गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित रहने, बजेटको सहज कार्यान्वयन हुन नसककेको लगायतका विवरण सो श्वेतपत्रमा छ ।
पुनः निर्माण महाअभियान
‘नेपाली योजना, अन्तर्राष्ट्रिय साथ ः राज्यको नेतृत्व, हरेक नेपालीको हात’ भन्ने पुनःनिर्माणको मूलमन्त्रसहित सरकारले काम अघि बढाएको छ । यसमा निरन्तर सघाउन सरकारले दातृ निकायसँग औपचारिक आग्रह पनि गरेको छ । घरबारविहीन पीडितलाई सुरक्षित आश्रयमा फर्काउने कामलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
गत असारमा सम्पन्न अन्तर्राष्ट्रिय दातृ सम्मेलनमा मित्र राष्ट्र एवम् अन्तर्राष्ट्रिय समुदायबाट प्रकट भएको सहयोग, सदाशय र सद्भावलाई पुनःनिर्माणमा परिचालन गर्ने सरकारको योजना छ ।
भूकम्पबाट पीडित परिवारलाई शीघ्र पुनःस्थापना गर्न यसअघि सरकारले राहत स्वरुप वितरण गर्न घोषणा गरिएको प्रतिपरिवार रु दुई लाख रकमको पहिलो किस्ता लगभग उपलब्ध भएको छ ।
छिमेकीसँग नयाँ चरणमा सम्बन्ध विस्तार
विषम स्थितिबीच सरकारले छिमेकी भारतसँगको सम्बन्धलाई नयाँ चरणमा सुधार गर्न विज्ञसहितको कार्यदल नै गठन गरेको छ । यसबीचमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच तीन पटक टेलिफोन संवाद भएका छन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा पटकपटक भारत भ्रमण र उच्च भेटवार्तामा संलग्न हुनुभएको छ । चाँडै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने पनि बुझिएको छ ।
यस्तै छिमेकी चीनबाट अनुदानमा इन्धन ल्याइने काम सँगसँगै व्यापार र पारवहन सम्झौताको पूर्वाधार तयार भएको छ । दुई देशका मन्त्रिस्तरका भ्रमण आदानप्रदान जारी रहेका छन् ।
स्वाधीनताको अडान
गत कात्तिक २९ मा प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा गरिएको सम्बोधनमा दक्षिणी सिमानामा भएको अघोषित नाकाबन्दीबाट स्वतन्त्र राष्ट्रको सार्वभौमिकताको सम्मान गरिनुपर्ने संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको बडापत्र एवम् समुद्री कानुनसम्बन्धी राष्ट्र सङ्घीय महासन्धिले प्रत्याभूत गरेको भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकार, नेपाल–भारतबीच भएका व्यापार र पारवहन सन्धि एवम् दुई देशबीच युगौँ पुरानो मित्रतापूर्ण सम्बन्ध तथा दुई देशका जनताको भावनाको अवमूल्यन र उल्लङ्घन भएकोे स्पष्ट सन्देश दिइएको थियो ।
परनिर्भरता र पराश्रित अवस्थाको अन्त्य गर्न सरकारले आत्मनिर्भरतातिर सार्थक र परिणाममुखी पहल गर्ने उद्घोष गरेको छ । स्वच्छ र नवीकरणीय ऊर्जाको विकासद्वारा आत्मनिर्भर बन्ने, एक वर्षसम्ममा विद्युत्भार कटौती अन्त्य गर्दै विद्युतीय तथा जैविक ऊर्जाद्वारा खाना पकाउने ग्यासमाथिको निर्भरतालाई न्यून गर्ने घोषणा सरकारले गरेको छ ।
चालु जलविद्युत् आयोजना र प्रसारण लाइनको निर्माण द्रुत गतिमा सम्पन्न गर्ने, साना र मझौला आयोजनामा लगानी गर्न चाहनेलाई प्रोत्साहन दिने, विद्युत् खरिद सम्झौतालाई सहज रुपमा अगाडि बढाउने र नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकता दिने सराकारी नीति छ ।
सौर्य ऊर्जाका माध्यमबाट एक वर्षमा २०० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने पनि सरकारको योजना छ । फोहरबाट ऊर्जा उत्पादनका लागि ठोस कदम चाल्ने, जियो थर्मल प्लान्टलगायत ऊर्जाका अन्य वैकल्पिक उपायको सम्भाव्यता अध्ययन गरी काम अगाडि बढाउने प्रतिवद्धता प्रधानमन्त्रीले व्यक्त गर्दै आउनुभएको छ ।
सरकारका कमजोरी
प्रधानमन्त्री ओलीले छजनासम्म उपप्रधानमन्त्री नियुक्त गर्नुभएको छ । आर्थिक भारका हिसाबले ठूलो नोक्सानी नभए पनि पदका लागि त्यसो गरिएको देखियो । यस्तै संविधानको मर्म २५ जनासम्म मन्त्री बनाउने भन्ने रहेपनि अहिले ४० मन्त्री भइसकेका छन् ।
कार्यविभाजन परिवर्तन गरेर केही मन्त्रालय विभाजन भएको छ । कृषि मन्त्रालयबाट पशुपक्षी विकास मन्त्रालय बनाउने जस्ता कामलाई सर्वसाधारणले राम्रो मानेका छैनन् । सरकारले कालोबजारी नियन्त्रण गर्न नसक्नु र प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिलाई हँसिमजाक बनाउने स्थिति बन्नु सुखद् होइन ।
संविधान संशोधन र वार्ता
“देशको जुनसुकै भाग वा समुदायका समस्या हामी सबैका साझा सरोकारका विषय हुन् । त्यसरी नै तराई मधेससँग सम्बन्धित विषय पनि हामी सबै नेपालीका साझा विषय हुन् । तिनको उचित रुपमा सम्बोधन गर्नु नेपाल सरकारको मुख्य जिम्मेवारी हो”– प्रधानमन्त्री ओलीले यसरी दायित्वबोध गर्नुभएको छ । उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान निर्माणमा मुख्य भूमिका खेल्ने प्रमुख राजनीतिक दलका साथै संविधानसभामा रहेका सबै दलबीच सहमति र सहकार्य आवश्यक छ भन्ने विचार निरन्तर व्यक्त गर्दै आउनुभएको छ । संविधान संशोधनमा सहमतिको नजिक पुगिएको भनिए पनि सङ्घीयताको सीमाकङ्नमा निकास निस्किसकेको छैन ।
राजनीतिक विषयमा सहमति जुटेमा इन्धन आपूर्ति र नाकाबन्दीको समस्या अन्त्य भई सरकार अन्य सुधारका योजनामा लाग्न पाउनेछ ।
dainiknepal

भक्तपुर, ४ माघ– अर्थ सचिव लोकदर्शन रेग्मीले अहिले शिक्षा प्रणालीले आन्दोलनकारीमात्र जन्माउने बताएका छन् । रिपोटर्स क्लव नेपाल, भक्तपुरले आयोजना गरेको युवा स्वरोजगार कोषको लगानी र त्यसको प्रतिफल विषयक अन्र्तक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन् ।
रेग्मीले अहिले शिक्षाव्यावसायिक र प्राविधिकभन्दापनि राजनीतिशास्त्रको पढाइ हुने मानवीकि संकायबाट ठूलो जनशक्ति उत्पादन भएकोले अधिकारको मात्रै खोजी गर्ने तर कर्तब्यनिर्वाह र व्यावसायिक सानो कामगर्न नसक्ने बताए । अबका दिनमा आत्मनिर्भर हुन र व्यावसायिक बन्न प्राविधिक शिक्षा दिनुपर्ने उनको धारणा थियो ।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशकअ विनोद गुरागाईले भारतको नाकाबन्दीबाट नेपाली युवाहरुले धेरै कुरा सिकेको बताए । विगतमा पनि बारम्बार नाकाबन्दी गर्दै आएको भारतले आगामी दिनमा पनि नगर्ला भन्न नसकिने दाबी गर्दै युवा पुस्ताले स्वरोजगार कोषलाई सदुपयोग गर्नुपर्ने विचार उनले राखे ।
इजरायल सानो देश भएपनि आवश्यकता आपैm पूर्ति गर्न सक्षम भएको उदाहरण दिँदै उनले, ‘हामी किन नसक्ने ?’ भन्दै प्रश्न गरे ।
पूँजी गाडी मोटरसाइकल खरिद गर्न प्रयोग गरेको तर उत्पादनमा नलगाएकोमा चिन्ता व्यक्तगर्दै युवा पुस्ताले देश परिवर्तन गर्नुपर्ने विचार उनले राखे । बैंकले नाफामात्रै खोज्छ तर सहकारीले सेवामुलक कार्य गर्ने भएको हुँदा सहकारी मार्पmत कोषको लगानी गरेको उनको धारणा थियोे ।
kathmandutoday
माघ ४, २०७२- प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीनवटै ठूला दलका शीर्ष नेता सहभागी छन् । पाँच महिनाभन्दा बढी आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनबारे तीन दलले ठोस धारणा बनाउनेछन्
बैठकमा तीन दल–मोर्चा कार्यदल तहमा भएका केही विवाद मिलाउने प्रयास हुने सम्बद्ध नेताहरुको भनाइ छ ।
बैठक सकिएपछि साँझ ६ बजे संयुक्त कार्यदलसँग तीन दलको बैठक हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।ekantipur

जकार्ता: पूर्वी इन्डनेसियाको मलुकु प्रान्तमा आइतबार भूकम्प गएको छ । सो भूकम्पमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका छन् ।
भूकम्पको कारण २ सय भन्दा बढी घरहरु क्षतिग्रस्त भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ताले सोमबार जानकारी दिए ।
यस भूकम्पमा परी घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर भएको र अन्यको सामान्य रहेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले बताएको सिन्ह्वाले जनाएको छ ।
भूकम्पको कारण २३९ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको हालसम्म प्राप्त पछिल्लो अवस्थामा जनाइएको छ ।
भूकम्प ५.४ रिक्टर स्केलको मापन गरिएको भूगर्भअध्ययन संस्थाले जनाएको छ । सो भूकम्पको केन्द्रविन्दु बुरु सुल्तानबाट ६६ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।
annapurnapost

विराटनगर, ४ माघ– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेसी मोर्चाको वार्तामा कुनै प्रगती नभएको दावी गरेका छन् ।
एमाओावादी अध्यक्ष प्रचण्डलगायत नेताहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताइरहेका बेला सोमबार पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अन्तर्राष्ट्रिय समुदायलाई झुक्याउन मात्रै वार्ता सहमति नजिक पुगेको हल्ला गरिएको आरोप लगाए ।
‘वार्ता आयो, बस्यो र गयो मात्र केन्द्रित छ ।’ उनले भने, ‘आजसम्म कुनै निष्कर्ष निस्केको छैन।’
अध्यक्ष यादवले सीमांकन नसच्चयाए र प्रदेशको अधिकार तथा बाँडफाँँड नतोकेसम्म आन्दोलन जारी रहने बताए । उनले आफूहको माग पूरा नभएसम्म स्वरुप परिवर्तन गरेर भएपनि आन्दोलन जारी राख्ने बताए ।
यादवले मोर्चाले संविधान संसोधन गरेर अघि बढ्न गरेको प्रस्तावलाई सरकारले गम्भीर रुपमा नलिएको पनि बताए ।
अबको आन्दोलन सिंहदरवार केन्द्रीत हुने उनेल बताए । ‘सिंहदरवारका एक–एक इँटा झिकेर हिड्छौं ।’ उनले भने, ‘अबको आन्दोलन आधिवेहरी ल्याउने भंयकर हुन्छ ।’
उनले मधेसी, आदिवासी–जनजाति र बिभेदमा पारिएका अरु सबै समुदाय अबको आन्दोलनमा सहभागी हुने दाबी समेत गरे ।