काठमाडौं, ८ माघ । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमका दुई खेलाडीले किर्तिमान कायम गरेका छन् ।
नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ र विमल घर्तीमगरले बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको बङ्गबन्धु गोल्डकप फुटबलमा किर्तिमान कायम गरेका हुन् ।
बङ्गबन्धु गोल्डकपमा नवयुग उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनी प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर घोषित भए । साथै उनी टप स्कोरर समेत बनेका छन् ।
सेमिफाइनलमा माल्दिभ्सविरुद्ध तीन गोल गर्दै हृयाट्रिक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गर्न सफल भए ।
यसैगरी नेपालका स्ट्राइकर विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए । फाइनलमा बहराइनविरुद्ध उनले चार मिनेटमै पहिलो गोल गरेका थिए । प्रतियोगिताभरी उनले कुल दुई गोल गर्न सफल भए ।
dainiknepal

शुक्रबार, ८ माघ
काठमाडौं । भारतले लगातार चार महिनादेखि नाकाबन्दी गरिरहेका बेला पाकिस्तानी राष्ट्रपतिले नेपाल समक्ष नयाँ प्रस्ताव पेश गरेका छन् ।
पाकिस्तानका राष्ट्रपति ममनून हुसेनले नेपालको आर्थिक बिकासकालागि योगदान गर्न आफुहरु तयार रहेको सन्देश पठाएको डेली टाइम्सले जनाएको छ ।
राष्ट्रपति हुसेनले नेपालका लागि नयाँ पाकिस्तानी राजदूत मजहर जावेदमार्फत दुई देश बीचमा आर्थिक सम्बन्ध बलियो बनाउनुपर्ने सन्देश पठाएका हुन् ।
नेपाल र पााकिस्तानको आर्थिक सम्वन्ध मजबुत बनाउन नयाँ क्षेत्रहरुको खोजी गरिनुपर्ने भन्दै उनले आपसि सम्बन्धलाई नयाँ ढंगबाट हेर्नपनि आफुहरु तयार रहेको उल्लेख गरेका छन् । साथै टेक्सटाइल र गार्मेन्ट क्षेत्रको विकासमा दुई देश एक भएर लाग्नुपर्ने उल्लेख गरेका छन् ।
उनले सन्देशमा पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम (पीटीएपी) र स्पेसल असिस्टेन्स प्रोग्राम फर साउथ एसिया लाई सदुपयोग गरिनुपर्नेमा पनि जोड दिएको जनाइएको छ । पाकिस्तानले भारतसँगको सम्बन्ध बिग्रीएका बेलामा नेपालमा खेल्न चाहेको भन्दै भारतीय मिडियाले यो विषयको विरोध गरेका छन् ।
nepalsandesh

काठमाडौं । ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पुरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिदै सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पुरै सिलिण्डर वितरण गर्ने बताए ।
उनले भने,‘ पछिल्लो दुई–तीन सातामा मागको ४० प्रतिसत ग्यास आयात भएको छ । आधा सिलिण्डर ग्यास वितरण गर्दा ढुवानी, उत्पादन खर्च बढेको छ । सरकारले त्यो बढेको खर्च दिने हो भने मात्रै हुन्छ नभए हामी पुरा सिलिण्डर वितरण गर्न थाल्छौ । हामीले आन्तरिक रुपमा निर्णय गरिसकेका छौ ।’
घिमिरेले माग र आपूर्तिवीचको खाडल ठूलो हुँदा गलत मान्छेले फाईदा उठाउने सम्भावना बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकार निरिह बनेको र उपभोक्ताहरु पनि सचेत नभएको गुनासो गरे ।
कम ग्यास आएको भन्ने गुनासोमा उनले प्रत्येक डिलरले तराजु राख्नु पर्ने र उपभोक्ताले पनि तौलेर मात्र लिने बानी बसाए त्यसको समस्या हुने दावी गरे ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले सरकार आफैले बजारमा विकृत ल्याउने र कालाबजारीलाई साथ दिईरहेको भन्दै सरकारले जे उपलब्ध छ त्यसको न्यायोचित वितरण गर्नु पर्ने धारणा राखे । उनले नियमनकारी निकाय असक्षम हुँदा मुलुकमा कालोबजारी बढेको भन्दै अहिलेको अवस्थामा राज्य संयन्त्र नै असफल भएको दावी गरे ।

जापान।जापानी प्रधानमन्त्री सिन्जु आवेले राष्ट्रिय र अन्तराष्ट्रिय चुनौतीहरुलाई सामना गर्न तयार रहेको बताएका छन्।शुक्रवार प्रधानमन्त्री आवेले पछिल्लो समय उत्तर कोरियाको आणविक रणनीति लगायतका विषयहरुलाई विश्वका सात प्रजातान्त्रिक मुलुकहरु संग मिलेर सामना गर्ने बताएका छन्।
वर्तमान समयका कठिनाईहरु र त्यसलाई सामना गर्ने रणनीति बनाउनको लागि जापानमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो।जापानमा काम गर्ने पार्ट टाईम र फुल टाईम कामदारहरुको लागि बारबार कामको लागि बराबर पैसा भुक्तानी गर्ने नीति अबलम्बन गरिने आवेले बताए।
प्रधानमन्त्री आवेले जापन सरकारले यो नीति केहि समयमा लागू गर्ने र त्यो नीति जापान र जापान बाहिरका सबै कामदारहरुको निम्ति लागू हुने जानकारी दिएका छन्। भविष्यमा विश्वको आर्थिक क्षेत्रमा देखिन सक्ने समस्याहरुलाई निवारण गर्ने उदेश्यले आवेले सो नीति लागू गर्न लागेको बताएका छन्।
सिन्जु आवेले विश्वको अर्थतन्त्र ,आतंकवाद विरुद्दको लडाई र गरिवीको समस्या र एशिया प्याशिफिक क्षेत्रको वर्तमान अवस्था नै अन्तराष्ट्रिय सम्मेलनको मुख्य एजेण्डा हुने बताएका छन्। मे २६ देखि २७ मा आयोजना हुन लागेको सो अन्तराष्ट्रिय सम्मेलनमा आवेले विभिन्न राष्ट्रका प्रमुखहरु संग वार्ता हुने बताईएको छ।

काठमाडौ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेले आगामि एक साताभित्र पेट्रोल र डिजेलको सहज वितरण हुने दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले देश भरीका आयाल निगमका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेको जानकारी दिदै त्यहाँबाट आएपछि सबै पेट्रोल पम्पबाट निश्चित परिणाममा सहज रुपमा वितरण गर्ने बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा प्रवक्ता घिमिरेले भने,‘ बाहिरका डिपोहरुलाई काठमाडौ तेल पठाउन निर्देशन दिईसकेका छौ । विराटनगरबाट तेल हिडिपनि सकेको छ । तीन लाख लिटर पेट्रोल र ५ लाख लिसातदिन भित्र पेट्रोल र डिजल सहज हुने आयल निगमको दाबी टर डिजल सबै पम्पबाट केही दिनमै वितरण गर्छौ । आागामि सातादेखि सहज हुन्छ ।’
उनले भारतीय आयल निगमले तत्काल ग्यासको लोडिङ्ग बढाउन नसक्ने जवाफ दिएकोले तत्काल ग्यास सहज नहुने भन्दै नयाँ निर्णय नहुन्जेलसम्म ७ दशमलब १ किलोकै सिलिण्डर वितरण गरिने जानकारी दिए ।
घिमिरेले भने,‘ दिनको ५५ बुलेट ग्यास आवश्यक पर्नेमा अहिले १५ बुलेट भन्दा बढी लोड दिएको छैन । त्यो भन्दा बढी दिन नसक्ने आईओसीले तउँदै आएको छ । त्यसैले ग्यास वितरणमा तत्काल सुधार आउँदैन ।’
उनले ग्यास ब्यवसायीहरुले पुरा सिलिण्डर विक्री गर्न लागेको भन्ने जिज्ञासामा तत्काल आयात नबढेको र ७ दशमलब १ किलोको सिलिण्डर वितरण नगर्ने निर्णय नभईसकेकोले तत्काल १४ दशमलब २ किलोको सिलिण्डर विक्री नहुने स्पष्ट पारे ।
पेट्रोलियम पदार्थको मुल्य समायोजन सम्बन्धमा घिमिरेले डलरको मुल्य बढेको, भारतीय आयल निगमले दिएको पछिल्लो मुल्य र सीमा क्षेत्रको मुल्यको आधारमा मुल्य घटाईएको भन्दै अहिले पनि भारतीय सीमा क्षेत्रको मुल्य भन्दा नेपालमै सस्तो भएको तर्क गरे ।
बाहिर समाचारमा आए जस्तो निगमले कर्मचारीलाई वितरण नगर्ने स्पष्ट पार्दै उनले भने, ‘निगमको बोनस नियमावली अनुसार ब्यालेन्स सिट बनाउन बोनस राखिएको हो । बोनसको रकम नराखे ब्यालेन्स सिट विग्रन्छ । यसअघि नै निगमको सञ्चालक समितिले सञ्चित रहेको १२ अर्ब ६४ करोड ऋण भुक्तानी नहुन्जेल बोनस नबाढ्ने निर्णय गरेकोले अहिले पनि बोनस बाढ्दैनौ ।’
घिमिरले मन्त्री स्तरीय निर्णयबाट एक पटकको लागि वितरण गर्न अनुमाति दिनु भनेकोले विराट आयलले आयात गरेको पेट्रोलियम पदार्थ केही पेट्रोल पम्पबाट वितरण गर्न अनुमति दिएको समेत स्पष्ट पारे ।
nepalsandesh
एजेन्सी : स्मार्टफोनको वाईफाईलाई घरबाट बाहिर निस्कने बित्तिकै बन्द गर्न भुल्नु हुँदैन । यदि बाहिर जाँदा वाईफाई अन नै छाड्नु भयो भने तपाईंको मोबाइलको ब्याट्रीमाथि अनावाश्यक दबाब पर्नेछ ।
अहिले पनि देशका सबै सहरका सार्वजनिक स्थानमा वाईफाई उपलब्ध हुन सकेको छैन । जसले गर्दा तपाईं हरेक स्थानमा वाईफाई कनेक्सन खोज्दा पनि पाउन सक्नुहुन्न ।
यदि तपाईं अफिस या वाईफाई कनेक्टिभिटी भएको स्थानमा पुग्नु भयो भने मोबाइलको वाईपाई अन गर्न सक्नुहुन्छ ।
हरसमय मोबाइलमा वाईफाई अन गरिराख्नु भनेको ब्याट्री लाइफ घटाउनु हो । आवश्यक परेको स्थानमा मात्रै वाईफाई अन गरेर चलाउने बानी बसाउनुभयो भने तपाईंको मोबाइलो आयु पनि बढ्नेछ ।
वाईफाईका कारण ब्याट्रीमा हुने अनावाश्यक दबाब थेग्नका लागि अहिले वाईफाई सेभर एप्लिकेसन्स बनाइएको छ ।
यसले तपाईं आफूले गर्नुपर्ने काम आफैं गरिदिन्छ । यदि तपाईं घरबाट बाहिर निस्कँदा मोबाइलको वाईफाई बन्द गर्न भुल्नु भयो भने अब चिन्ता लिनुपर्दैन । तपाईंको मोबाइल वाईाफाई नेटवर्कसँग नजोडिएको अवस्थामा वाईफाई सेभर एप्लिकसेन्सले आफैं अफ गरिदिन्छ ।
यो एपले वाईफाई नेट्वर्क हेरेर काम गर्छ । यदि नेट्वर्क एकस्तर भन्दा पनि कम्जोर भयो भने यसले स्मार्टफोनबाट कनेक्टिभिटी बन्द गरिदिन्छ ।
किन कि कम्जोर नेट्वर्कको वाईफाई कनेक्ट हुने क्रममा स्मार्टफोनको ब्याट्रीमा धेरै दबाब पर्न जान्छ ।
जब तपाईंले एप डाउनलोड गर्नका लागि सेटिङ मिलाउँदै हुनुहुन्छ भने त्यो बेला तपाईंसँग वाईफाई कनेक्ट गर्नका लागि कयौं विकल्प हुन्छन् ।
यदि तपाईंको स्मार्टफोन लक भएको छ भने त्यो बेला प्रयोगमा हुन्न, त्यो बेला तपाईंसँग कनेक्टिभिटी बन्द गर्ने पनि विकल्प हुनेछ । यदि तपाईं केही समयपछि स्मार्टफोनको वाईफाई बन्द गर्न चाहनुहुन्छ भने यो एपमार्फत त्यसो गर्न पनि सम्भव छ ।
annapurnapost

सप्तरी । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने बताएका छन् ।
सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।
नेता महतोले तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) ले अब पनि मधेसी जनताको भावनालाई बेवास्ता गरे देशमा ठूलो दुर्घटना हुने जिकिर गरे ।
मधेसमा जारी पाँच महिना लामो आन्दोलनको माग सम्बोधन भएन भने देशमा कुनै ठूलो दुर्घटना भए त्यसको जिम्मेवार सरकार र ठूला दलहरुले लिनुपर्ने उनको भनाइ थियो ।
साथै उनले वार्ताको नाममा सरकारले आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको र अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने दाबी गरे ।
पार्टीका जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।