काठमाडौं, २ भदौ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सम्भव भएसम्म नेपालसँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग बुधबार भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्रीले सो धारणा राखेका हुन् ।
राजधानी दैनिकले समाचार छापेको छ । चिनियाँ प्रधानमन्त्रीले नेपालमा सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै चीनले गर्ने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री लीले नेपालसँग सम्भव भएसम्म सहकार्य गर्न तयार रहेको बताएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोज अन्त्यतिर नेपाल भ्रमणमा आउने तयारी छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार परिर्वतनसँगै राष्ट्रपति सीको भ्रमणलाई लिएर शंका उठेपछि प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री महरालाई विशेष दूत बनाएर बेइजिङ पठाएका हुन् । महराले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री महराले बुधबार चिनियाँ प्रधानमन्त्री खछ्याङसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लीको शीघ्र नेपाल भ्रमणका विषयमा कुराकानी भएको थियो । सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति सी र आफू नेपाल भ्रमण गर्न सकारात्मक रहेको जानकारी गराएका छन् । dainiknepal

काठमाडौं, २ भदौ । प्रहरी मुठभेडमा मारिएको दाबी गरिएका गुण्डा नाईके दिनेश अधिकारी चरीको घटनाको प्रतिशोध साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापा उपर आक्रमण भएको खुलेको छ।
आजको नागरिक दैनिकमा खबर छ – गुण्डा नाईके चरीको ब्यवसायीक साझेदार रहेका रोजले कारोबार अन्तर्गत दिनुपर्ने रकम नदिएको र चरीको मुठभेड गराउन सहयोगी भूमिका खेलेको आरोपमा आक्रमण भएको हो ।
रोजलाई आक्रमण गर्ने दुईजना पक्राउ परेपछि प्रहरी अनुसन्धानमा चरीको मुठभेडपछि फरार रहेका गुण्डा नाईकेको नाम बाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका दुबले आक्रमणकारीलाई भारतमा बस्दै आएका जोधा भन्ने रत्न बहादुर लामाको निर्देशनमा घटना भएको बयान दिएका हुन् ।
महाशाखाका अनुसार जोधाकै योजनामा भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामाले दिनभर रोजको पिछा गर्दै सोमबार मध्य बानेश्वरमा खुकुरी प्रहार गरेका हुन् । प्रहरी हिरासतमा रहेका दुबै चरीको समुहमा रहेका ब्यक्ती हुन् । चरीसँगै नयाँ बजार क्षेत्रमा सक्रिय दुबैलाई भारतको पश्चिम बंगाल सिलगुडीमा बस्दै आएका जोधाले आक्रमणका लागि रकम समेत उपलब्ध गराएको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले रोज र जोधाकाबीचमा विगतमा रहेको कारोबारका कारण आक्रमण भएको अनुसन्धानमा देखिएको बताए । उनका अनुसार आक्रमणकारीलाई रोजको हत्या वा अंगभंगका लागि जोधाले ३० लाख रुपैयाँ दिने बाचा गरेको आक्रमणमा संलग्नले प्रहरीमा बयान दिएका छन् ।
प्रहरी अनुसन्धानमा जोधाले समूहका प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप ५० हजार भारतीय रुपैयाँ दिएको खुल्न खुलेको छ। दोस्रो पटक करिव तीन हप्ता पहिला भारतबाट निज जोधा भन्ने रत्न बहादुर लामा नेपाल आई प्रजापतिको घरमा गई थापालाई आक्रमणका लागि ३० हजार रुपैयाँ दिएको र काम भए पश्चात ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको अनुसन्धानबाट खुलेको हो ।
महाशाखाकै कारवाहीमा २०७१ साउन २१ मा मारिएका दिनेश अधिकारी चरीको हत्यापछि उनको समूह तितरबितर भएको थियो । समूहका सदस्यले खुलेरै रोजले प्रहरी अधिकारीसँग मिलेर चरीको मुठभेड गराएको आरोप लगाउदै आएको छ ।khabardabali

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashifal
brish
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मध्यम वर्गिय परिवारकी जोया फिलिपिन्सबाट काम खोज्न दुबई आईन । केएफसी (केन्टुकी फ्राइड चिकन) मा काम पनि पाईन । काम गर्दै गर्दा आफ्नै सहपाठी जीवनसँग माया बस्यो । जीवन दुव्र्यसनीको आरोपमा दुबईमा जेल परे । जोयाले आफ्नो २-३ महिनाको तलब खर्च गरेर जेल बाट छुटाउने प्रयास गरिन । जीवनलाई दुबइबाट डिपोर्ट गरिएसँगै जोया पनि एक महिने भिषामा नेपाल आईन । नेपालमा आएर विवाह दर्ता गरिनन, गर्न सकिनन अथवा जीवनले गर्न मानेनन । २ छोरालाई भने जन्म दिएर आमाको भूमिका निर्बाह गरिन । अहिले उनी जीवनको देशलाई छोडेर आफ्ना दुई नाबालक छोराहरुलाई लिएर फिलिपिन्स फिर्ता जादैछिन पैसा कमाएर फेरी नेपाल घुम्न आउने बाचा सहित । तर जाँदा जाँदै जोयाले भनेको २ वटा वाक्यहरु निकै मार्मिक र जीवन प्रतिको उनको मायामा कत्ति पनि ह्रास नआएको झझल्को दिने खालका छन, 'टेक केयर अफ योर मम' र 'आई वील वेट फर यू ।'
जोया प्रति धेरैले सहानुभुती देखाए । जोया र जीवनका दुई नाबालक बच्चालाई अनागरिक बनाएको बारे धेरैले दुःख ब्यक्त गरे । सामाजिक सञ्जालमा नेपाल सरकारले लिएको भिषाको जरिवानालाई लिएर आलोचना गरिए । मेरो पनि उत्तिकै सहानुभुती छ जोया र ती दुई निर्दोष नाबालक प्रति । यो हप्ताभर अनलाइनमा धेरैले पढेको मार्मिक समाचार हो ।
जोया दुबईमा कार्यरत थिईन । आफु पनि दुबईमै रहेको हुनाले यो घटना र यस्तै घट्नासँग जोडिएका अलग पाटाहरुलाई लेख्ने प्रयास गरेको हुँ ।
.....................................
के तपाईंलाई थाहा छ ? दुबईमा धेरै जोयाहरु छन । अनी धेरै जीवनहरु पनि छन । अझ तपाईंलाई खुलेर भन्ने हो भने, त्यस्ता अनागरिक बनेका धेरै नेपाली छोराछोरीहरु अहिले फिलिपिन्समा होलान । दुबईका हरेक मलहरुमा जोया र जीवनका जोडीहरु प्रशस्तै भेटिन्छन् । ती जोया र जीवनहरु एउटै कोठामा बस्छन, सुत्छन र उठ्छन । केही नेपाली बालबच्चाहरु अनागरिक बन्दै फिलिपिन्स तिरै जन्मिए होलान त केही जन्मिन नपाउदै, भ्रुण हुन नसक्दै मारिए होलान । तर अक्सर घटनमा फिलिपिनो महिला गर्भपतन गराउँदैनन् । युएईमा कार्यरत हुँदा गर्भवती भएमा उनीहरु फिलिपिन्स जान्छन् र उतै बच्चा जन्माएर त्यहिं छोडेर पुनः युएई आउँछन् । मानव जीवनमा जोया र जीवनका प्रारम्भिक घटनाहरु दुबईमा धेरै घट्छन । ती सबै घटनाक्रम नेपथ्यमा नै बिलाए र फेरी पनि बिलाउदै छन ।
तर सबैजना जोया र जीवन जस्तै पनि छैनन । ती सबैले सुसुप्त जीवनका शुक्रकीटहरुलाई यसै मिल्काएनन पनि छैनन । मैले सामाजिक संजालमा जोया र जीवनको माया र खेदले भरिपूर्ण कथाहरु पढे पछी केही सफल जोया र जीवनका कहानी किन नलेख्ने भनेर सोचें । यो बिषयलाई उठान गर्न प्रेरित गर्नु हुने एनआरएनए आईसीसी सदस्य गोपाल कंडेल प्रति आभारी छु ।
..................................................
भुकम्प पीडित र बाढी पीडित जिल्ला सिन्धुपाल्चोक अत्तरपुर-८ का किशोर शाक्य बिगत ११ बर्ष देखि युएईमा छन । उनले जेन शाक्यसँग आज भन्दा ८ बर्ष अगाडि लगनगाँठो कसे । अहिले उनीहरुको ६ बर्षिय एन्टोन शाक्य र १ बर्षिय एन्ड्रियु गरी २ छोरा छन । सानो परिवार सुखी परिवार रहेको किशोर छुट्टी मनाउन कहिले काँही फिलिपिन्स जान्छन त कहिले काँही नेपाल जान्छन । नेपालमा रहेका बुढा बुवा र आमालाई चाहिने खर्च बेला बेला पठाइ रहन्छन । जेन पनि आफ्ना बुवा आमालाई खर्च पठाइरहन्छिन । उनीहरु दुबै अफिसमा काम गर्छन् । जीवनमा हाँसेकै छन, खुशी छन ।
एक दिनको कुरा हो । म रस अल खैमहको मनार मलमा कफी पिएर बसिरहेको थिएँ । म सँगै एकजना साथी हुनुहुन्थ्यो । त्यो बेलासम्म किशोरलाई म चिन्दिन थिएँ । मेरै अगाडिबाट एक जोडी फिलिपिनो जस्ता देखिने नेपाली गए । मंगोलियन अनुहार रहेकोले मैले फिलिपिनो होलान भनेर त्यत्ती ध्यान दिएको थिएन । मसँगै रहेको साथीले उनीहरुलाई देखाउदै नेपाली केटाले फिलिपिनो विवाह गरेको भनेर नाक खुम्च्यायो । उनीहरुको जीवन हो, खुशी देखिन्छन, ठिकै छ नि जो विवाह गरे पनि, आफ्नो कर्तब्य भुल्नु भएनू मैले यसै भनेको थिएँ ।
यौनको मामिलामा फिलिपिनो महिलाहरु खुला र स्वतन्त्र हुन्छन । मन मिले र माया बसे उनीहरु नेपाली मात्र हैन भारतीय, अरबी र अन्य देशका नागरिकसँग विवाह गरेर बसेको धेरै देखेको छु । र प्रायः तिनै देशका नागरिकहरुले भने किन हो किन फिलिपिन्सका महिलाहरुलाई त्यत्ती राम्रो नजरले पनि हेर्दैनन । मलाई पनि त्यस्तै लाग्थ्यो शुरुशुरुमा । तर मैले मेरो सोचलाई परिवर्तन गरेको छु । आजकाल नेपाली महिलाहरुको पनि कुनै कमी छैन यौनजन्य कार्यहरुमा । व्वाईफ्रेन्ड बनाउने र पैसा कमाउने उद्देश्य बोकेका हाम्रै नेपाली चेलीबेटीहरुको पनि कमी छैन युएईमा । गैर कानुनी यौनजन्य कार्यमा अविवाहित नेपाली महिला हुन् वा नेपालमा रहने आफ्ना श्रीमानलाई थाङ्नामा सुताएर यहाँ मोजमस्ती गर्ने श्रीमतीहरु हुन् दुनियाँका यौनकर्मी भन्दा केही कम छैन नेपालीहरु दुबईका गल्लीहरुमा । तर यसको अर्थ सवै यस्तै हुन् भन्न खोजिएको भनें होइन । तसर्थ अब हामीले कुनै नेसनालिटीलाई लिएर धारणा बनाउनु बेकार रहेछ ।
संस्कृति र रितिरिवाजमा हामी भन्दा उनीहरु फरक छन । धेरै नेपालीहरु हिन्दू छन, धेरै फिलिपिनोहरु क्रिस्चियन । हामी पूर्णतः पितृसत्तात्मक समाज र सोचमा छौ, उनीहरु अली बढी मातृ सत्तात्मक समाज र सोचमा छन । फिलिपिनो केटीहरु दुबईमा कमाएर आफ्नी आमालाई पैसा पठाउने गर्दछ्न । बरु केटाहरु अली बढी लफङगा हुने गरेको देखेको छु । त्यसैले पनि जोयाले काठमाडौं छोड्ने बेलामा 'टेक केयर अफ योर मम' भनिन । आमा हुनुको महत्व उनीहरुले कहिल्यै भुल्दैनन । उनले भनिन, 'आई वील वेट फर यू' उनले जीवन प्रतिको माया अझै मारेकी छैनन ।
गोठाटार काठमाडौका दीपक बुडाथोकी बिगत ११ बर्ष देखि युएईमा छन । सन २००५ मा युएई छिरेका दीपकले २ बर्ष पछी सन २००७ मा फिलिपिनो नागरिक मिला ग्रेससँग विवाह गरे । उनीहरुले पहिले क्रिस्चियन परम्परा अनुसार चर्चमा गएर विवाह गरे भने २००८ मा नेपाल गएर मिलालाई नेपाली सँस्कृति अनुसारनै धुमधाम विवाह गरे । उनीहरुसँग अहिले ५ बर्षिय योहान मन्दीप नाम गरेका एक छोरा छन । हरेक बर्ष यी दुई जोडी छुट्टी मनाउन नेपाल जान्छन । श्रीमती मिला पनि फिलिपिन्स जानु भन्दा नेपाल जानुमै खुशी हुन्छिन ।
घरमा दीपकका बुवाआमा, दाई, भाई र दिदिबहिनीहरु छन । घरखर्च पनि दीपकले नै चलाएका छन । दीपकको परिवारमा सबै दाजुभाइहरु अहिलेसम्म सगोलमा नै बसिरहेका छन । सबै हाँसी खुशी नै छन ।
किशोर र दीपक जस्तै फुजेराका पुष्कर तिमल्सिना, दुबईका लक्ष्मण लामा, रस अल खैमहका बिक्रम मेचे लगायत अबुधाबी, शारजाह र अलऐनमा यस्ता कयौ नेपालीहरु फिलिपिनो महिलासँग सफल बैबाहिक जीवनमा रमाएका छन । उनीहरुले घर परिवार हेरेका छन ।
आज सामाजिक संजालमा जोया र जीवनको बिछोडको कहानी पढ्दै गर्दा हाम्रै समाजमा मिलनका यी कहानी पनि त छन । जोया र जीवनको कहानीमा दुःख देख्नेहरुले आफ्नो सोचमा पनि परिवर्तन गर्न उत्तिकै आवश्यक छ । दुबईमा बस्ने मेरा एक मित्रले यो ब्लगमा नाम उल्लेख नगरिदिन अनुरोध गरे । उनको तर्क थियो, 'जतिसुकै गरे पनि हाम्रै नेपाली समाजले हामीलाई देखेर नाक खुम्च्याउछ । घुमाउरो पाराले अपहेलना गर्छ ।' त्यही भएर पनि उनी युएईको नेपाली समाजमा त्यती खुल्दैनन । 'यहाँ अर्काकी स्वास्नीसँग मोज गर्ने समाजसेवीहरु छन, मलाई देखे पछी हेयको दृष्टिकोणले हेर्छन ।' उनले भने, 'केही अविवाहितहरु लिभिङ टुगेदरमा बस्छन । मैले त कानुन अनुसार नै विवाह गरेको हुँ ।'
यस्तै छ हाम्रो समाज । दुबईको अग्लो टावर देखेर सोच परिवर्तन नहुँदो रहेछ । अझै धेरै परिवर्तन हुन बाँकी नै छ । ती सबै अन्तराष्ट्रिय जोडीलाई मेरो पनि शुभकामना ।

काठमाडौं, १ भदौ । चीनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपालसंग भएका पारवहन लगायतका महत्वपूर्ण सम्झौता तथा सहमतिको छिटो कार्यान्वयनका लागि कार्ययोजना ल्याउन नेपाली पक्षलाई आग्रह गरेको छ । बुधबार बेइजिङ्गमा प्रधानमन्त्री प्रचण्डका विशेष दूत एवम् उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर
महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले विगतका सम्झौताहरु यथाशीघ्र कार्यान्वयन गर्न चीनले चाहेको र नयाँ सरकारले छिटो कार्यान्वयनको पहल गर्नुपर्ने कुरा राखेको चीनस्थित नेपाली दूतावासले जनाएको छ । करिब पांच महिनाअघि भएका सम्झौता तथा सहमतिहरुलाई अघि बढाउन भन्दै नेपालले परराष्ट्रसचिवको नेतृत्वमा एउटा विशेष समिति नै बनाएको छ तर, त्यसको गृहकार्य विषयगत मन्त्रालयहरुमै अड्किँदा अघि बढ्न सकेको छैन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला पारवाहन लगायतका विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो । dainiknepal

काठमाडौं, १ भदौ । नेकपा (एमाले)ले संविधान कार्यान्वयनका क्रममा हुने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउन गृहकार्य थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी समितिको बैठकमा नेताहरुले आगामी निर्वाचनको प्रतिस्पर्धामा बहुमत हासिल गर्न स्पष्ट नीति र योजनाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।
बैठकमा अघिल्लो सरकारको समीक्षा, नयाँ गठबन्धन र पार्टीका आगामी कार्यभारका बारेमा समीक्षात्मक धारणा राख्ने क्रममा झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल र मुकुन्द न्यौपानेले पार्टी चुनाव लक्षित भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । उनीहरुले आजैबाट देशभर कार्यकर्ता परिचालन हुनपर्ने बताए । ‘बैठकले परिवर्तित सन्दर्भमा पार्टीका धारणाहरु स्पष्ट गर्नुका साथैै एमाले नेतृत्वको सरकारले जनसमक्ष प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेट र आगामी निर्वाचनका लागि पार्टीको तयारीका बारेमा पार्टीव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरी पार्टी पंक्ति परिचालन गर्नुपर्ने कुरामा जोड दिएको छ’ सचिव योगेश भट्टराईले भने । त्यसक्रममा विगत सरकारले राष्ट्र र जनताका पक्षमा गरेका सकारात्मक कामहरुको व्यापक प्रचार–प्रसार गर्दै कमजोरीहरुबाट शिक्षा लिएर पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने प्रतिबद्धता पनि उनीहरुले जनाए । बैठकले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले संविधानको कार्यान्वयन र तहगत निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक स्थायित्वमार्फत मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्न संसद्मा सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ । dainiknepal

काठमाडौं, १ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई ‘छाडा साँढे’ भन्ने नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य सावित्री सुवेदी पार्टीको कारवाहीमा परेकी छन् । उनलाई माओवादीले साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको हो ।
माओवादी एकीकरणपछि रामबहादुर थापा ‘बादल’ पक्षबाट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनेकी सुवेदीले प्रधानमन्त्रीपुत्र एवं प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका प्रकाशलाई लक्षित गर्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेकी थिइन्– ‘एउटीलाई रुवायो, अर्कीलाई बच्चासँगै लत्यायो, अर्काकी अंगालाभरीकी स्वास्नी सगरमाथा चढ्ने निहुँमा भगायो, छाडा छोडेको साँढेले गाइको कहिल्यै रक्षा गर्दैन । ख्याल रहोस् कामरेड ।’ बहुविवाह गरेका कारण प्रकाश बेला बेला विवादमा आउछन् । dainiknepal