कुनै रूपवतीलाई देख्दा पुरुषको नजरलाई सबैभन्दा पहिले उनको कुन अंगले आकर्षित गर्छ ? नेपाली चलचित्रका २५ वर्षीय ग्राफिक एनिमेटर अक्की शर्मा भन्छन्— ‘आँखा’ । उनको तर्क छ– ‘आँखाबाहेक अन्यत्र पनि नजर जान सक्छ, तर यदि आँखाले नै आकर्षित गर्न सकेन वा आँखामै सम्मोहन भएन भने अरू अंग जतिसुकै बान्की परेको भए पनि तिनले लोभ्याउन सक्दैनन् । युवतीको कामुकता सबैभन्दा बढी आँखाबाटै
झल्कन्छ ।’
‘मेरो नजर त सीधै कम्मरभन्दा माथिको भागमा जान्छ, अनि मात्र अन्यत्र नियाल्छु ।’ म्युजिक भिडियोका २३ वर्षीय मोडल निराजन प्रधानले अप्ठेरो मान्दै भने । युवतीको कुरा गर्नेबित्तिकै लजाउने निराजनलाई यो विषयमा कुरा गर्न अप्ठेरो लाग्दो रहेछ । तैपनि केही खुलेजस्तो गर्दै उनले भने–‘मलाई बान्की परेकी युवतीको वक्षस्थलको माथिल्लो भागले आकर्षित तुल्याउँछ, तर उनको आँखा र मुहार पनि राम्रो हुनुपर्छ ।’
सुन्दर महिलाको परिभाषा दिनुपर्दा अचेल बत्तीस लक्षणको कुरा गरिँदैन । कसैलाई मन सुन्दर लाग्नुपर्छ भने कसैलाई तन । पुराणमा उल्लेख भएअनुरूप बत्तीस लक्षणले युक्त युवती सम्भवत: अहिलेको संसारमा पाइँदैनन्, मेकअप र ग्रुमिङबाट सुन्दर देखिने होडबाजीमा वास्तविक सौन्दर्य हराइसकेको अवस्था पनि छ अहिले । नाटक कलाकार २९ वर्षीय वाल्मिकी पोखरेललाई पनि युवतीका राम्रा आँखाले छिट्टै तान्छ ।
‘आँखा आकर्षक देखिने युवतीहरूसँग कुनै न कुनै बहाना मिलाएर कुरा गर्न मन लाग्छ ।’ उनको भनाइमा चलचित्र अभिनेता तथा रंगकर्मी ३० वर्षीय प्रमोद अग्रहरि पनि सहमत छन् ।
अग्रहरि भन्छन्– ‘आँखामा मादकता हुनु जरुरी छ । मादकता मिश्रित आँखाले सोझै सम्मोहित गर्छ ।’ आँखापछि नितम्ब आकर्षक लाग्छ । ‘नितम्ब चट्ट मिलेको हुनुपर्छ । कोकाकोलाको बोतल अथवा विशेष प्रकारको नासपातीको आकारजस्तो सलक्क परेको ज्यान छ भने माथिदेखि तलसम्म नियाल्न बाध्य भइन्छ’ प्रमोदले बताए ।
२७ वर्षीय नृत्य निर्देशक गम्भीर विष्टले भने यो प्रसंगलाई रमाइलोसँग व्याख्या गरे– ‘युवती आफूतिर आउँदैछिन् भने अवश्य उनको अगाडिको भागमा नजर पुग्छ र त्यसमध्ये सबैभन्दा आकर्षक भागमा गएर नजर अडिन्छ । यदि युवती पछाडि फर्किएकी छिन् भने उनको केश, छिनेको कम्मर र पुठ्ठामा नजर जान्छ । मलाई लाग्छ, पछाडिबाट हेर्दा अधिकांश पुरुषको नजर हिपमै पुग्छ भने अगाडिबाट चाहिँ आँखा, मुहार, ओठ र वक्षस्थलमा बढी नजर डुलाइन्छ ।’
कहाँ हुन्छ त पहिलो आकर्षण ?
सौन्दर्यकी प्रतिमूर्ति मानिएका महिलाको शारीरिक बनावट कोमल र आकर्षक हुन्छ, पुरुषको जस्तो कठोर हुँदैन । कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा जान्छ ? अधिकांशको जवाफ आउन सक्छ– वक्षस्थल तर यो गलत तथ्य हो । चलचित्र, मोडलिङजस्ता ग्ल्यामरस क्षेत्रमा कार्यरत २० देखि ३५ वर्षका युवाहरूमा साप्ताहिकले गरेको एक अनौपचारिक सर्वेक्षणअनुसार पुरुषको पहिलो नजर महिलाको आँखामै पर्छ । आँखामा–आँखा जुधाइसकेपछि मात्र पुरुषले महिलाका अन्य अंगमा नजर दौडाउन थाल्छ, तर त्यतिबेला धेरैको नजर महिलाको मुहार र मुस्कानमा जान्छ ।
म्युजिक भिडियो निर्देशक ३२ वर्षीय विशाल भण्डारी युवतीका ओठले आकर्षित गर्ने कुरा बताउँदै भन्छन्– ‘टम्म मिलेका दन्तलहर, पातलो ओठ त्यसमा पनि गुलाफी रंगको ग्लस लगाइएको होस्, मलाई त्यस्ता ओठले निकै आकर्षित गर्छन् ।’अध्ययनअनुसार पुरुषले त्यसपछि आफ्नो नजर महिलाको वक्षस्थलमा पुर्याउँछ । चलचित्र नायक तथा गायक २४ वर्षीय प्रदीप बाँस्तोला भन्छन्–‘छोपेको वक्षस्थलभन्दा पनि हल्का ‘क्लिभेज’ देखिएको वक्षस्थल सेक्सी लाग्छ । म दाबीका साथ भन्नसक्छु नजर लुकाएर भए पनि अधिकांश पुरुषको दृष्टि त्यहाँ पुगेकै हुन्छ ।’
यदि महिलाले नाभी देखिने गरी पहिरन लगाएकी छिन् भने वक्षस्थलपछि पुरुषको आँखा नाभीमा पुग्छ । ‘नाभी र छिनेको कम्मरमा महिलाहरू अझ आकर्षक लाग्छन् । विशेष गरी साडीमा छिनेको कम्मर र नाभी देखिने हुँदा महिलाहरू साडीमा सेक्सी देखिन्छन् भनिएको हो,’ –२६ वर्षीय नायक संजोग कोइरालाको तर्क छ । फ्यात्त बढेको पेटमा देखिने नाभी उनलाई मन पर्दैन, कोइराला भन्छन्– ‘कतिपय युवती तथा महिलाहरू कम्मर र नाभी देखाउने होडमा आफ्नो शारीरिक बनावटमा ध्यान पुर्याउँदैनन् । त्यस्तो अवस्थामा उनीहरू सुन्दर होइन, भद्धा लाग्छन् ।’
बेलायतको डेलीमेलमा प्रकाशित एक खबरअनुसार ७० प्रतिशत पुरुषले पहिलो पटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पुर्याउँछन् । बेलायती संस्था ड्रपले १ हजार पुरुष तथा १ हजार महिलामा गरेको सर्वेक्षणअनुसार महिलाको वक्षस्थल जतिसुकै आकर्षक भए पनि त्यो पुरुषको नजरको तेस्रो प्राथमिकतामा पर्छ । दोस्रोमा अधिकांशले महिलाको ओठ मन पर्ने बताएका छन् । सर्वेक्षणअनुसार केही पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन् भने त्यसपछि पहिरन र उचाइमा ध्यान दिन्छन् । यस क्रममा पुरुषहरूले सबैभन्दा पछि हेर्ने अंग महिलाको नाक हो ।
नट्टी आफ्टर फोर्टी
विवाहित पुरुष तथा अविवाहित पुरुषले महिलालाई हेर्ने पहिलो नजर फरक हुन्छ । एक अध्ययनअनुसार विवाहित पुरुषहरू महिलामा बढी कामुकता खोज्छन् र उनीहरूको नजर महिलाका उभारहरूमै बढी केन्द्रित हुन्छन् । उनीहरूको आँखाले अनुहारभन्दा ओठ, कम्मरभन्दा नाभी, आँखाभन्दा वक्षस्थल तथा हातखुट्टाभन्दा पुठ्ठामा कामुकता खोजिरहेको हुन्छ । ‘तुलनात्मक रूपमा अविवाहित पुरुषले भन्दा विवाहित पुरुषले बढी यौनको स्वाद चाखेको हुन्छ । यौन र कामुकतामा अविवाहितभन्दा धेरै कदम अगाडि भएकाले विवाहित पुरुषहरूको नजर कामुक अंगतिरै हुन्छ,’ अध्ययनको निष्कर्ष छ । डेलिमेलको अध्ययनअनुसार विवाहित होस् वा अविवाहित, ४० वर्ष कटेका अधिकांश पुरुष कामुकताको सन्दर्भमा २० कटेका पुरुषभन्दा बढी कामुक हुन्छन् ।
विवाहित पुरुषले कुनै पनि महिलालाई पहिलो पटक हेर्दा अप्ठेरो नमानी हेर्छन् र उनीहरूमा लज्जाको पनि कमी हुन्छ । जबकि २५ नकटेका अविवाहित पुरुषमा भने लोकलाजको डर बढी हुन्छ । उनीहरू साथीभाइहरूसँग जतिसुकै छाडा रूपमा प्रस्तुत भए पनि महिलाहरूका सामु भने आफूलाई सज्जन देखाउने प्रयत्न गर्छन् । ४० कटेका पुरुषले मौका पाए भने महिलाहरूका सामु पनि ‘ननभेज जोक्स’ सुनाउन सक्छन् । त्यसैले त भनिएको छ, ‘नट्टी आफ्टर फोर्टी’ ।
सबैभन्दा आकर्षण
पहिलो नजर आँखामा गए पनि महिलाहरूको वक्षस्थललाई सबैभन्दा आकर्षक अंग मानिएको छ । पुरुषहरू महिलाको वक्षस्थलमा किन बढी नजर डुलाउँछन् वा आकर्षित हुन्छन् ? यो जिज्ञासाको गतिलो जवाफ पुरुषहरूसँग छैन । यद्यपि महिलाहरूमा पनि यो कुरामा प्रशस्तै खुल्दुली पाइन्छ । जब पुरुषहरू महिलासँग कुराकानी गर्न थाल्छन्, त्यतिबेला महिलाको ‘क्लिभेज’ देखिएको अवस्था छ भने उनीहरूको आँखा महिलाहरूको आँखामा नभई वक्षस्थलमा हुन्छ । नजर लुकाउन खोजे जसरी उनीहरू त्यहीँ हेर्न खोज्छन् । त्यसपछि पुरुषहरूले आफ्ना नजिक भएका महिलाको गर्दनमा अनि त्यसपछि मात्र आँखामा हेर्छन् ।
वास्तवमा यस्तो ‘बडी ल्याङ्वेज’ भएका पुरुषको गतिविधि महिलाहरूले तुरुन्तै पत्ता लगाउँछन् र उनीहरूलाई कामुक पुरुषको संज्ञा दिन्छन्, तर यस्तो अवस्थामा प्रत्येक पटक पुरुषको मानसिकता गलत हुँदैन ।
थुप्रै अध्ययनका आधारमा कुराकानीको सुरुवाती अवस्थामा पुरुषले महिलाको वक्षस्थल नै हेर्ने कुरा पत्ता लागेको छ । वास्तवमा पुरुषलाई लाग्छ— वक्षस्थल नै नारित्वलाई सार्थक बनाउने सर्वाधिक आकर्षक अंग हो । यौनमा वक्षस्थलको भूमिका खासै नभए पनि त्यसकै आकर्षणले पुरुषहरू महिलातर्फ आकर्षित हुने अध्ययनहरूले देखाउँछन् । यदि वक्षस्थल अत्यधिक सानो वा ठूलो छ भने पनि पुरुषहरू धेरै बेर त्यसतर्फ हेर्दैनन्, जसका कारण यदकदा केही महिलामा हिन भावना उत्पन्न हुन्छ । पुरुषहरूको आँखा त्यस्ता वक्षस्थलमा धेरै पटक जान्छ, जुन सेक्सी र मध्यम आकारका हुन्छन् । पहिरनबाट वक्षस्थल थोरै मात्रामा देखिएको छ भने पनि पुरुषहरू कुराकानी गर्ने क्रममा पटक–पटक स्तनमा हेर्छन् । अध्ययनहरूअनुसार— यो कुरा सबै पुरुषमा लागू हुँदैन, किनभने केही पुरुष सज्जन पनि हुन्छन् ।
स्वस्थ नजर
बदामी आँखा तथा गुलाफको फूलको पत्रजस्ता रसिला ओठले पुरुषलाई आकर्षित गर्छ । प्राचीनकालदेखि नै दक्षिण एसियामा महिलाहरूको आकर्षणमा यस्ता विम्बहरूको प्रयोग गरिँदै आएको छ । एक अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि पुरुषहरू त्यस्ता महिलाहरूप्रति आकर्षित हुन्छन्, जसको आँखा, ओठ र मुहार नारीसुलभ एवं सुन्दर हुन्छन् । बेलायती जर्नल ‘बायोलोजी लेटर्स’मा प्रकाशित उक्त अध्ययनमा अध्ययनकर्ताहरूले २८ अलग–अलग देशका झन्डै २ हजार पुरुषलाई संसारका फरक–फरक क्षेत्रमा रहेका २० जना सुन्दर महिलाका तस्बिर देखाउँदै अनुसन्धान गरेका थिए ।
जापानका पुरुषले अनुहारलाई सबैभन्दा बढी महत्व दिए भने भारत तथा नेपालका पुरुषले शारीरिक बनावटलाई पहिलो प्राथमिकतामा राखे । आकर्षित हुने अवस्थामा पुरुषको स्वास्थ्यस्थितिको पनि निकै महत्त्वपूर्ण भूमिका हुन्छ । महिलाहरूप्रतिको रुचि पुरुषको शरीरमा बढ्ने सेक्स हार्मोन्सले निर्धारण गर्छ । अध्ययनमा के देखियो भने पुरुषमा पाइने हार्मोन ‘टेस्टोस्टिरन’को स्तरले उसको कामुक नजर र व्यवहारको मापन गर्छ । पुरुष स्वस्थ छ भने उसमा यो हार्मोन बढी हुन्छ र उसले महिलामा पुर्याउने नजर अस्वस्थ पुरुषको तुलनामा बढी कामुक हुन्छ, अनि स्वस्थ र सुगठित पुरुषप्रति महिलाहरू पनि सामान्यभन्दा बढी आकर्षित हुन्छन् ।
कान्तिपुर साप्ताहिकवाट
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाण्डु, १६ साउन– दाङका गरिब, दलित वस्तीमा धर्म परिवर्तन अभियानकै रुपमा सञ्चालन गरिएको छ । २०५८ सालमा ६४० मानिस दाङमा क्रिस्चियन थिए । २०६८ सालसम्म आइपुग्दा धर्म परिवर्तन गराउँने अभियानका कारण यो संख्या बढेर ७ हजार ४ सय ३१ पुगेको छ । क्रिस्चियन धर्म मान्नेहरु बढ्नुमा पैसाको चलखेल भएको स्थानीयहरु बताउँछन् ।
दाङमा वर्सेनि स्थापना हुने चर्चका पछाडि ठूलो लगानी रहेको स्थानीयहरु बताउँछन् । महंगा स्थानमा जमिन किनेर धमाधम चर्च भवन बनाइनुले क्रिस्चियन बढाउउन बढ्दो लगानी भइरहेको इंगित गर्छ । स्थानीयको अनुभवमा यो धर्ममा लागेका अगुवाको उकासिएको जीवनस्तरले पनि यो अवस्था पुष्टि गरेको देखिन्छ ।
दाङ सिसनियाका एक व्यवसायी भन्छन्, ‘एकजनार्ला क्रिस्चियन बनाएबापत यति पैसा दिन्छु भनेर भनेजस्तो छ ।’
सिसनिया, कालापानीका देव चौधरीले आफ्नो गाउम फैलिएको क्रिस्चियन बन्नेहरुका पछाडि पैसाको ठूलो चलखेल भएको सुनाए । क्रिस्चियन बनाउन ठेक्का दिएजस्तो देखिन्छ । ’ सोझै पैसा नपाए पनि बनाउनेहरुले भने रकम लिने गरेको अनुभव उनको छ ।
दाङमा क्रिस्चियनहरुको संस भनेर परिचय पाएको सामुदायिक उत्थान तथा परिवर्तन समाजको वर्षको खर्च ४० लाख हारहारीमा देखिन्छ । कुन शीर्षकमा खर्च हुन्छ त यत्रो रकम ? अध्यक्ष जीवन गुरुङ भन्छन्, क्रिस्चियन बनाउन हैन, विपन्न वर्गका विद्यार्थीर्ला छात्रवृत्ति, क्षयरोगीको लागि होस्टल सञ्चालन र विभिन्न सामाजि काममा खर्च हुन्छ । अध्यक्ष गुरुङकै भनाइ अनुसार पनि घुमाउरोबाटोबाट क्रिस्चियन बनाउन पैसा खर्च भइरहेको देखिन्छ ।
–नागरिक दैनिकबाट

काठमाडौं ।
पृथ्वीमा ठूलो संकट आउन सक्ने चेतावनी बेलायती बैज्ञानिकहरुले दिएका छन् । पृथ्वीमा महाद्वीपीय परतहरु पातलो बन्दै गएको र दीर्घकालमा यी परतहरु पुरै पानीमा डुब्न सक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ ।

यदि उनीहरुले भनेको जस्तै गरी पृथ्वीको सतही परत पातलो हुँदै गयो भने कुनै बेला यस्तो आउने छ जतिबेला पृथ्वीमा जमिन नभएर पानी पानी मात्र हुनेछ ।
‘न्यू साइन्टिस्ट’ नामक म्यागजिनमा प्रकाशित यो दावी अनुसार पृथ्वीका सतही परतहरु तीव्र गतिमा पातलिँदै गएका छन् ।
यस्तो प्रक्रिया लामो समय सम्म चलेमा पृथ्वी समुन्द्रमा डुब्ने छ । बेलायतको युनिभर्सिटी अफ ब्रिष्टलका ब्रुनो धुइमे र उनका साथीहरुले १३००० चट्टानमा नमूना परीक्षण गरेर लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।

पोखरा: विवाहअघि नै केटा साथीसँग यौन सम्पर्क गरेर गर्भ रहेपछि २३ वर्षीया रमिला (परिवर्तन ) लाई समाजमा कलंकित हुने त्रासले सताउन थाल्यो।
उच्च शिक्षा पढ्न बागलुङबाट पोखरा झरेकी उनले आफू गर्भवती भएको केटा साथीलाई सुनाएपछि गर्भपतन गराउने औषधि किनेर खान दिए। त्यसपछि उनलाई तल्लो पेट र ढाड दुखाइसँगै योनीबाट रक्तस्राव हुनथाल्यो। चार दिनसम्म रगत बग्ने क्रम नरोकिएपछि सिकिस्त बनेकी उनी केटी साथीलाई बोलाएर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुगिन्।
स्याङजाकी २६ वर्षीया सुनिता (नाम परिवर्तन) ले श्रीमान् वैदेशिक रोजगारीमा गएको बेला चिनेको युवकसँग यौन सम्पर्क गरिन्। तीन महिनासम्म महिनाबारी नभएपछि परीक्षण गराउँदा गर्भ बसेको थाहा भयो। त्यसपछि स्याङजाबाट पोखरा आएकी उनको गर्भपतन गराउने क्रममा अत्याधिक रक्तस्राव भयो।
निरन्तर रगत बगेपछि उपचारका लागि क्षेत्रीय अस्पताल लगिएकी उनी त्यहाँ बेड छैन भनेर फर्काएपछि अहिले अर्को अस्पतालमा भर्ना भएकी छन्।
घर परिवारले एउटा छोरा जसरी पनि जन्माउन दबाब दिएपछि कास्की लेखनाथकी २९ वर्षीया फूलमाया (नाम परिवर्तन ) गर्भवती बनेको तीन महिनापछि भिडियो एक्सरे गराउन पोखरा पुगिन्।
दुई छोरीकी आमा उनले तीन पटकसम्म परीक्षण गर्दा छोरी देखिएपछि महगो शुल्क तिरेर गर्भपतन गराइन्। पटकपटक गर्भपतन गराउँदा निकै कमजोर बनेकी उनी छोरा नपाए श्रीमान्ले सौता ल्याउने डरले गर्भ बोक्न, परीक्षण गराउन र पतन गराउन बाध्य भएकी छन्।
सात वर्षअघि प्रेम विवाह गरेका पोखरा सिमलचौरका २८ वर्षीय रवीन र २५ वर्षीया मीनाले सन्तान जन्माउने चाहना गरेको चार वर्ष भयो। गर्भ नबस्ने र बसिहाले पनि दुई महिना नकट्दै आफै तुहिएर जाने समस्याले यो जोडी दिक्क भएका छन्।
पोखरादेखि काठमाडौंसम्मका नाम चलेका अस्पताल र डाक्टरकोमा धाउँदा सम्पत्ति र समय पनि निकै खर्च भइसकेको छ। स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मीनाको पाठेघरमा समस्या भएकोले गर्भ रहन नसकेको बताएका छन्।
सुरुसुरुमा रहेको गर्भ फाल्न धेरै औषधिको प्रयोग गर्दै गर्भपतन केन्द्रमा धाएको यो जोडी अहिले बच्चा जन्माउन नसक्दा पछुतोमा छ। 'बिहे गर्नेबित्तिकै बच्चा जन्मिए बोर हुन्छ भनेर पहिला जथाभावी गर्भपतन गराइयो,' रवीनले भने, 'अहिले बच्चा नबस्दा दुःख पाइयो। घरमा आमा बुबा नाति नातिनाको मुखै नहेरी मर्ने भइयो भनेर दिनरात गुनासो गर्नुहुन्छ।'
अवैध यौन सम्पर्कबाट बसेको गर्भ फाल्न जथाभावी औषधिको प्रयोग गर्दा ज्यान जोखिममा परेको र छोराको आशामा छोरीको भू्रण हत्या गरिएका यी केही उदाहरण मात्रै हुन्। यस्ता घटना समाजमा दिनप्रतिदिन बढ्दै गएका छन्।
कतिपय स्वास्थ्यकर्मीका लागि अवैध गर्भपतन र लिंग पहिचान गरी भू्रण हत्या गर्ने काम मोटो रकम कमाउने धन्दा भएको छ। असुरक्षित गर्भपतनले योनी तथा पाठेघरमा गम्भीर संक्रमण, बाँझोपन, रक्तअल्पता, शारीरिक कमजोरीलगायतका विभिन्न समस्या देखिने गरेको छ। कुनैबेला अवस्था जटिल भएर ज्यान जाने खतरा निम्तिन्छ।
असुरक्षित गर्भपतनले अत्याधिक रक्तस्राव र अन्य जटिल समस्या लिएर आउनेहरू निकै बढिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निरज दुबेले बताए। अस्पतालमा सुरक्षित गर्भपतन सेवा भए पनि अधिकांश महिला गर्भपतन गराउँदा जटिल समस्या आइपरेपछि मात्रै अस्पताल आउने गर्छन्।
औषधि पसलबाट जथाभाबी औषधि किनेर खाने र अत्याधिक रगत बगेर, संक्रमण भएर सिकिस्त बनेपछि मात्रै डाक्टरकोमा आउने डा. दुबेले बताए। 'क्षेत्रीय अस्पतालमा सुरक्षित गर्भपतन सेवा लिन आउनेहरू निकै कम छन्,'उनले भने, 'बरु ज्यानै जोखिममा पारेर बाहिर गर्भपतन आउने धेरै छन्।'
उनले असुरक्षित गर्भपतनले पाठेघरमा संक्रमण, बाँझोपन, रक्तअल्पतादेखि ज्यानै जाने खतरा हुने भएकोले दक्ष स्वास्थ्यकर्मी र सुबिधा सम्पन्न स्वास्थ्य केन्द्रमा गएर मात्रै गर्भपतन गराउन सल्लाह दिए। दैनिक पाँचजना महिला असुरक्षित गर्भपतन गराएका कारण गम्भीर भएर आउने क्षेत्रीय अस्पतालले जनाएको छ। बेड नभएका कारण अन्य अस्पतालमा रिफर हुनेहरू पनि उत्तिकै छन्।
धेरैजसो महिला बढी रक्तस्राव भएर उठ्नै नसक्ने अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने भएकोले बचाउन गाह्रो हुने स्वास्थ्यकर्मीको भनाइ छ। 'गर्भपतन गराएको थाहा पाए बेइज्जत हुने डरले महिलाहरू समस्या लुकाउँछन्,' स्त्री तथा प्रसूति रोग वार्डकी एक नर्सले भनिन्, ‘उपचार नगरे ज्यानै जाने अवस्थामा पुगेपछि मात्रै अस्पतालमा आउँछन्।'
गर्भपतन क्षेत्रीय अस्पतालमा १६ वर्षीया किशोरीदेखि ४५ वर्षसम्मका महिला आउने गरे पनि २२ देखि ३५ वर्षका बढी हुने उनले बताइन् । ‘रगताम्य भएर आउँदा धेरैले महिला साथी लिएर आएका हुन्छन्,' उनले भनिन् 'श्रीमान्ले उपचार गर्न लिएर आउनेहरू थोरै भेटिन्छन्।
यसले अवैध यौन सम्पर्क राखेर बसेको गर्भ फाल्दा समस्या भएको प्रष्ट हुन्छ।' उनले छोराको चाहनामा गर्भपतन गराउँदा समस्या देखिनेहरूलाई श्रीमान्ले नै अस्पतालमा ल्याउने गरेको उनले बताइन्।
गर्भपतनका लागि मेडाबोन, मिस्टोललगायत औषधि तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीले बेच्न पाउँछन्। तर बजारमा भारतबाट ल्याइएका अनेक औषधि बेच्ने गरिन्छ। कास्कीका जिल्ला जनस्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले तोकिएका संस्था र पसलले मात्रै गर्भपतन गराउने औषधि बेच्न पाउने बताउँदै अनुगमन नपुगेकोले समस्या भएको हुन सक्ने बताए।
'जति अनुगमन हुनुपर्ने हो, त्यो नपुगेर गर्भपतन गराउने औषधि जसले पनि बेचेका हुन सक्छन्,' उनले भने, ‘धेरै औषधि पसल छन्। सबैले लुकिछिपी बेच्ने भएकोले पनि काबाहीको दायरामा ल्याउन गाह्रो भएको छ।'
अवैध गर्भले घरपरिवार र समाजमा बेइज्जत हुने डरले गर्भपतन गराउन जतिसुकै रकम खर्च गर्न तयार हुने भएकोले औषधि र सेवा शुल्क मनोमानी ढंगले असुल्ने गरिएको छ। सामान्यतया पाँच सय रुपयाँमा पाइने औषधिलाई पसलेले ग्राहक हेरी पाँच हजार रुपयाँसम्म ठग्ने गरेका छन्। यसैगरी यौन सम्पर्क गरेको ४८, ७२ र एक सय २५ घन्टाभित्र खाने चक्कीमा पनि मनपरी मूल्य लिने गरिएको छ।
गर्भवतीको स्वास्थ्य परीक्षण गरेर नौ सातासम्मको भू्रण फाल्न सकिन्छ। तर १२ हप्ताभन्दा माथिको गर्भ औषधि खाएर फाल्न खोज्दा ज्यान जोखिममा पर्ने गरेको छ। उच्च रक्तचाप, न्यून रक्तचाप, जन्डिस, शल्यक्रिया गरेर बच्चा जन्माएका, कलिलो र बढी उमेरकाले यस्ता औषधि लिनु हुँदैन।
सुरक्षित छैनन् गर्भपतन केन्द्रहरू
गर्भपतन गराउँदा प्रयोग गरिने उपकरण संक्रमणरहित हुनु जरुरी छ। तर कतिपय केन्द्रमा एउटै उपकरणले एकै दिनमा धेरैजनाको गर्भपतन गराउने गरिएकाले संक्रमित बनाउने खतरा बढ्दो छ।
पोखरामा दुई दर्जनभन्दा बढी गर्भपतन केन्द्र भए पनि सबैले मापदण्ड पूरा गरेका छैनन् । सरसफाइ, उपकरण निर्मलीकरणलगायतका पक्षमा खासै ध्यान दिएको पाइँदैन।
स्वास्थ्यकर्मीको कमाउने धन्दा
अवैध गर्भले घरपरिवार र समाजमा बेइज्जत हुने डरले गर्भपतन गराउन जतिसुकै रकम खर्च गर्न तयार हुने भएकोले औषधि र सेवा शुल्क मनोमानी ढंगले असुल्ने गरिएको छ। सामान्यतया पाँच सय रुपयाँमा पाइने औषधिलाई पसलेले ग्राहक हेरी पाँच हजार रुपयाँसम्म ठग्ने गरेका छन्।
यसैगरी यौन सम्पर्क गरेको ४८, ७२ र एक सय २५ घन्टाभित्र खाने चक्कीमा पनि मनपरी मूल्य लिने गरिएको छ। गर्भपतन गराउने औषधि तालिम प्राप्त र दर्ता भएका स्वास्थ्यकर्मीले मात्रै बेच्न पाउने भए पनि बजारमा छ्याप छ्याप्ती पाइन्छ।
अर्कोतिर लिंग पहिचान गर्ने नाममा पनि चिकित्सकले भिडियो एक्सरे गर्दा ग्राहक हेरेर रकम माग्ने गरेका पाइन्छ। सामान्यतया भिडियो एक्सरे गरेको सात सय ५० देखि एक हजार रुपैयाँ शुल्क लिइने गरे पनि लिंग छुट्टाएको पाँच हजार रुपैयाँसम्म लिने गरेको पाइन्छ।
छोराका लागि लिंग पहिचान गराउने र भ्रूण हत्या गर्नेहरूमा समाजका प्रतिष्ठित पेसाकर्मी, व्यवसायी र नागरिक समाजका अगुवा र शिक्षित व्यक्ति पनि आउने गरेको रेडियोलोजिस्टले बताए। 'छोरा चाहियो, के छ हेरिदिनुपर्यो भन्दै आउनेहरू निकै छन्,' उनले भने, 'समाजमा नाम चलेका, पढेलेखेका पनि श्रीमती लिएर आउँछन्।' उनले आफूले लिंग नछुट्याइदिए पनि अर्को चिकित्सकले हेरिदिने भएकोले गुपचुप रूपमा लिंग छुट्याइदिने र भू्रण हत्या भइरहेको बताए।
गलत काम बन्द गर्नुपर्छ
चिकित्सकको काम ज्यान बचाउने भएकोले आचारसंहिता र कानुन विपरीत काम गर्नेलाई कारबाही गर्नुपर्ने नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. लुमेश्वर आचार्यले बताए। 'लिंग छुट्टाउने, भू्रण हत्या गर्नेलगायतका गलत काम जसले जहाँ गरे पनि बन्द गर्नुपर्छ,’ उनले भने, ‘कसैले प्रलोभनमा परेर गलत काम गर्छ भने त्यो बेठीक हो। त्यस्तालाई कानुनअनुसार कारबाही गर्नुपर्छ,' उनले भने।
उनले गलत काम गर्नेहरूका कारण पेसा बद्नाम हुँदै गएकोले पेसाकर्मी ठीक हुनुपर्नेमा जोड दिए।लिंग छुट्याउने काम गैह्रकानुनी भए पनि यस्तो कुकर्म गर्ने र गराउनेहरू कारबाहीको दायरामा परेको भेटिँदैन। अभिभावक र चिकित्सककै सहमतिमा गलत काम हुने भएकोले कारबाहीका लागि प्रहरीमा उजुरी पर्ने गरेको छैन।
कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले लिंग पहिचान र भू्रण हत्याको उजुरी प्रहरीमा नआएको बताए। 'गैह्रकानुनी काम गरेको जानकारी आए हामी कारबाही गर्छौ,' उनले भने, ‘दोषी उम्कन नदिन सबैको सहयोगको खाँचो छ।'
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीमा आर्थिक वर्ष २०७१-२०७२ गर्भपतन गराउँदा पाँच सय ८७ जनामा जटिलता देखिएको थियो।नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष यमनाथ पौडेलले चिकित्सकले क्युरेट गराएर बढी रकम असुल्ने प्रवृत्ति देखिएकाले उपभोक्ताहरू समस्यामा परेका बताए।
?
'गर्भवतीले पनि बढी समयको गर्भलाई कम भनी ढाँट्ने समस्या छ। डाक्टरले पनि अनेक समस्या देखाएर बढी रकम लिने गरेका छन्,' उनले भने, ‘सही तरिका पुर्याएर औषधि सेवन गरेमा यसले हानी गर्दैन। उपभोक्ता पनि सचेत हुन जरुरी छ।'
annapurnapost.com

काठमाडौँ,१६ साउन। वैदेशिक रोजगारीमा निःशुल्क टिकट र भिसा कार्यान्वयन भए ३० प्रतिशतभन्दा बढी म्यानपावर कम्पनी बन्द हुने भएका छन ।
सरकारले तोकेको दरअनुसार मेनपावरले कामदार पठाउन वाषिर्क न्युनतम २ सय जनाभन्दा बढी कामदार पठाउनै पर्ने हुन्छ । गत आर्थिक वर्षमा मेनपावर कम्पनले कामदार पठाएको संख्यालाई आधार मान्दा दुई सय ३३ वटा कम्पनी बन्द हुने अवस्थामा पुग्नेछन् ।गत असार २१ देखि सरकारले खाडी मुलुक र मलेसियामा निःशुल्क भिसा र टिकटमा कामदार पठाउनुपर्ने र सेवा शुल्क तथा प्रवर्द्धनात्मक खर्चबापत् प्रतिकामदार १० हजार रुपैयाँभन्दा बढी लिन नपाउने ब्यवस्था गरेको छ ।

१५ साउन, काठमाडौं । सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु खत्री र कृष्ण क्षेत्री पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले युनिटीका प्रवन्ध निर्देशक विष्णु र तालिम निर्देशक कृष्ण क्षेत्री दाजुभाइलाई नेपाल-भारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरेको हो । विहान साढे ५ बजेतिर लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।
पवर्तको आर्थर डाँडाखर्क ३ का ४७ वर्षका कृष्ण र ४२ वर्षका विष्णु दाजुभाइ हुन् ।
फेसबुकमा मरेको नाटक गर्दा फन्दामा परे
असार २३ गते विहानै कृष्ण क्षेत्रीले ललितपुरको भैसेपाटीमा आफ्नो भाइ विष्णुको हत्या भएको भन्दै फेसबुकमा शंकास्पद तस्वीर पोष्ट गरेका थिए । उनले रगत जस्तो केही लागेको सेतो कपडाले शरीर छोपेको र नाकमा कपास राखेको अवस्थामा विष्णु लडिरहेको तस्वीर पनि शेयर गरेका थिए ।
लामो समयदेखि फरार विष्णु मारिएको अल्ला चलेपछि प्रहरीलाई पनि सुरुमा के हो भन्ने पर्यो । तर, विहान साढे १० बजेतिर विष्णुकी पत्नी श्रीषाले आफ्नो पतिको हत्या नभएको अनलाइनखबरमा स्पष्टिकरण दिइन् ।
प्रहरीलाई नै चुनौती दिने गरी मृत्युको नाटक गरेपछि अपराध महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालले प्रहरी निरीक्षक सुदिप पाठकको कमाण्डमा फिल्डमा टोली खटाए ।
साथै यो प्रकरणमा खनालले भारतीय सुरक्षा अधिकारीहरुसँग समेत समन्वय गरेको स्रोतले बताएको छ । मरेको नाटक गरेर प्रहरीलाई चुनौती दिन खोजेका क्षेत्री दाजुभाइ आफैं प्रहरी फन्दामा परेका छन् ।
सरकारले वातावरण बनाए पैसा फिर्ता दिन्छौं
गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्स लगायतका आर्थिक गतिविधि सञ्चालन गरेर सार्वसाधारणको अर्बौं ठगेको भन्दै सरकारले चार वर्ष अघि कारबाही सुरु गरेको थियो ।
ललितपुर जिल्ला अदालतले १७ चैत २०७० मा ठगीको अभियोगमा तीन वर्ष कैद १ करोड ६ लाख २६ हजार २७६ जरिवानाको फैसला सुनाएको थियो ।
युनिटी ठगी प्रकरणमा अध्यक्ष काशी गुरुङ यसअघि नै पक्राउ परेपनि क्षेत्री दाजुभाइ फारर थिए ।
पक्राउ परेका क्षेत्री दाजुभाइले सरकारले वातावरण बनाए सबैको रकम फिर्ता दिने दाबी गरेका छन् । उनीहरुले भने-‘हामी सबैको रकम फिर्ता दिन तयार नै छौं । त्यही भएर आएका हौं । तर, सरकारले वातावरण बनाउनुपर्छ ।’
नेपालमा विभिन्न सात स्थानमा जग्गा तथा अस्पतालमा लगानी भएको उनीहरुले बयान दिएका छन् ।
के हो युनिटि काण्ड ?
यूनिटी समूहले सरकारी निकायबाट अनुमति नलिइ युनिटी लाइफ इन्स्योरेन्स र सहकारी लगायतका संस्था सञ्चालन गरेर सर्वसाधारणको अर्बौ ठगी गरेको थियो ।
विभिन्न प्रकारका सेवा दिने भन्दै युनिटीले पाँच वर्षमा ३ लाख ६६ हजार ३ सय ३४ सदस्यबाट ३ अर्ब ७९ करोड बढी रकम उठाएको थियो । ०६७ जेठ १८ गते १ सय १२ जनालाई प्रतिवादी बनाइ दायर मुद्दामा १२ अर्ब ७५ करोड बढी बिगो दावी गरिएको थियो ।
युनिटी काण्डका १२ जना अभियुक्तलाई ललितपुर जिल्ला अदालतले तीन वर्ष कैद र अर्ब करोड ६ लाख २६ हजार बिगो बराबरको जरिवाना सुनाएको थियो । तर, सोही काण्डमा अदालतले कालू गुरुङलगायतका १ सय जनालाई सफाइ दिइएको थियो ।
बीमा समितिको अनुमति बीमा बीमासम्बन्धी कुनै पनि कारोबार गर्न पाइदैन भने सहकारी विभागको सहमति नलिइ सहकारी सञ्चालन गर्न पाइँदैन । वित्तीय कारोबारका लागि राष्ट्र बैंकबाट पनि इजाजत लिनु पर्छ । तर, युनिटीले राज्यका कुनै पनि निकायमा दर्ता नभइ बीमा र बित्तीय कारोबार गर्दै आएको थियो ।

१ वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन त्यसैले आफुले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।
२ शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।
३ मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।
४ यदि सर्प विषालु छैन भने पनि उसले आफूलाई विषालु देखाउन आवश्यक छ ।
५ ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत हुने गर्दछ ।
६ चाणक्यका अनुसार नदीको किनारामा रोपिएको जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् ।
७ जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ ।
८ जुन प्रकारले पत्नी वियोगको दुख, आफ्नो भाइ–नातागोताले प्राप्त गर्ने अपमानको दुख असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति हरेक समय दुखी नै रहन्छ । दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि दुखी नै रहन्छ ।
९ जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।
१० खानाको लागि मिठो पदार्थ उपलब्ध हुनु, त्यसलाई पचाउने शक्ति हुनु, सुन्दर महिलासँग संसर्गको लागि कामशक्ति हुनु, प्रचुर धनका साथै धन दिने इच्छा हुनु, यी सबै सुख मानिसका लागि निकै कठिन रुपमा प्राप्त हुन्छ ।