१८ साउन । लगातार घटी रहेको सुनको भाउ सोमवार फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला २ सय रुपैयाँले घटेर सुनको मूल्य ४७ हजार ८ सय रुपैयाँमा कायम भएको छ
। ९ दिनदेखि ४८००० मा स्थिर रहेको सुनको मूल्यमा सोमवार फेरि गिरावट आएको हो । सुनको भाउ घटी रहदा चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।

काठमाडौँ, १८ साउन । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ ।
दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ ।
उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६।१ बमोजिम उनीहरुको सम्बन्धन खारेज गरिएको परिषद्ले स्पष्ट पारेको छ ।
खारेजी प्रक्रियामा रहेको भन्दै ७१ वटा उच्च माविलाई परिषद्ले गएको असार ७ गते सार्वजनिक सूचना प्रकाशित गरी १५ दिनभित्रमा स्पष्टीकरण दिन आग्रह गरेको थियो तर परिषद्को आग्रह अनुसारको स्पष्टीकरण दिन नसकेका उच्च मावि खारेजीमा परेका हुन् ।
रिषद्ले आज सार्वजनिक सूचना प्रकाशित गरी ३९ वटा उच्च मावि खारेज गरिएको जनाएको छ ।
सम्बन्धन खारेज हुनेमा सबैभन्दा धेरै ललितपुरका उच्च मावि परेका छन् । परिषद्का अनुसार ललितपुरका सात वटा उच्च माविको सम्बन्धन खारेज भएको छ ।
त्यस्तै, काठमाडौँ र मोरङका पाँच/पाँच वटा, झापा, मकवानुपर, तनहुँ र नवलपरासीका दुई/दुई वटा उच्च मावि खारेज भएका छन् । परिषद्का अनुसार इलाम, उदयपुर, धनुषा, दोलखा, काभ्रे, भक्तपुर, लमजुङ, रुपन्देही, प्युठान, रुकुम, बर्दिया र सुर्खेतका एक/एक वटा उच्च मावि खारेजीमा परेका छन् ।
खारेज हुनेमध्ये सामुदायिक विद्यालयको उच्च मावि दुई वटा, क्याम्पस १३ वटा, निजी २० वटा, संस्थागत दुई, प्लस टु मात्रै सञ्चालन गर्ने भनेर अनुमति लिएका दुई वटा रहेका छन् ।
परिषद्बाट कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउन यसअघि अनुमति लिएका ती उच्च माविलाई कुनै पनि शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना नगर्न नगराउनु समेत परिषद्ले सूचित गरेको छ । रासस

काठमाडौं, १८ साउन । शनिबार सिरहाको धनगढी गाविस–३ नयनपुरमा स्थानीय डोम जातिका दीपक मलिकसँग खाजा खाँदै अभिनेता राजेश हमाल ।
बिबिसी मिडिया एक्सनको साप्ताहिक कार्यक्रम ‘साझा सवाल’को रेकर्डिङका क्रममा त्यहाँ पुगेका हमाल स्थानीय डोम परिवारमाथि भएको छुवाछूतको घटनाको प्रत्यक्षदर्शी बनेका थिए ।
हमालका साथमा डोम समुदायका युवक दीपक मलिक गाउँको इनारमा पानी भर्न जाँदा सारा गाउँले उल्टेर अवरोध गरेका थिए । पछि हमालले मलिकको घरमा बसेर चिया र बिस्कुट खाए । तस्बिर : मेघराज रसाइली/बिबिसी

काठमाडौं- विकृति र समस्यापछि धेरै देशमा प्रतिबन्ध लागिसकेको ‘सरोगेसी’ (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) लाई नेपालमा कानुनी मान्यता दिन सरकारले गुपचुमै तयारी गरिरहेको छ। सरकारले सरोगेसीलाई स्वास्थ्य नीतिमा पारेर त्यससम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिइसकेको छ।
त्यही आधारबाट अझै अगाडि बढी स्वास्थ्य मन्त्रालयले केही अस्पताललाई आवश्यक पूर्वाधार तयार पारेर निवेदन दिन सक्ने आशयको सूचना प्रकाशन गरेको छ।
विकसित देशमा व्यावसायिक सरोगेसी सेवामा समस्या देखिएको भन्दै बन्द भइसकेको अवस्थामा नेपालमा योजनाबद्ध रूपमा कानुनी बाटो सुरक्षित गर्ने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्यका उच्च अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयले पहिलोपटक एक वर्षअघि जारी गरेको स्वास्थ्य नीतिको १२.१४ बुँदामा ‘बाँझोपनलाई सरोगेसीसम्बन्धी कानुनद्वारा व्यवस्थित गरिनेछ’ उल्लेख छ। बाँझोपनका लागि टेस्टट्युब बेबी सेवासमेत पहुँचमा पुगिनसकेको अवस्थामा अझै अगाडि बढेर सरोगेसी सेवालाई नीतिमै पारिएको थियो।
मन्त्रिपरिषदले गत असोज २ मा स्वास्थ्य नीतिमा परेको र स्वास्थ्य पर्यटनका लागि भन्दै सरोगेसीसम्बन्धी कानुन बनाउन बाटो खुला गरेको थियो। तर, त्यसको दुरुपयोग गर्दै कतिपय अस्पतालले अनुमति नै नदिई सरोगेसी सेवा गोप्य रूपमा सुरु गरिसकेको उच्च अधिकारीहरू बताउँछन्।
स्रोतका अनुसार मन्त्रिपरिषदको निर्णयसम्बन्धी फाइल लामो समयसम्म स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफैं लुकाएर कानुन बनाउने तयारी गरिरहेका छन्। मन्त्रालयले मापदण्डसम्बन्धी सर्त सार्वजनिक गरे पनि मन्त्रिपरिषदको पूर्ण निर्णयको फाइल अझै मन्त्रीकै दराजमा थन्किएको छ।
पछिल्लो पटक केही दिनअघि स्वास्थ्य मन्त्रालयको फेसबुक पेजमा मन्त्रिपरिषद निर्णयको समेत आंशिक बुँदा राखेर सरोगेसी प्रविधिद्वारा सन्तान जन्माउन चाहने स्वास्थ्य संस्थामा हुनुपर्ने पूर्वाधारसम्बन्धी सूचना जारी गरिएको छ। सरकारले आमा–बाबु र सरोगेसी आमा (कोख भाडामा दिने महिला) समेत विदेशी भएको अवस्थामा नेपालका अस्पतालहरूले सेवा प्रदान गर्ने भने पनि सरोगेसीका रूपमा नेपालीको समेत प्रयोग गर्ने गरी कानुन बनाउने नीतिगत निर्णय गराएर माफियाले सेवा विस्तार गर्न खोजेका छन्।
मन्त्रिपरिषदको असोज २ को निर्णयमा ‘नेपालका स्वास्थ्य संस्थाबाट सरोगेसी प्रविधि प्रयोगद्वारा सन्तान जन्माउने सेवा उपलब्ध गराउने सम्बन्धमा आमा–बाबु र सरोगेट आमा सबै विदेशी नागरिक भए र उनीहरूले नेपालका स्वास्थ्य संस्थामा भर्ना भई बच्चा जन्माउन चाहे सो सेवा प्रदान गर्न सम्बन्धित स्वास्थ्य संस्थाको मापदण्डबमोजिम दस्तुर लिई निम्नअनुसारका सर्त अनिवार्य पालना गर्ने गरी सञ्चालन स्वीकृति दिने’ उल्लेख छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले सरोगेसीसम्बन्धी कानुन बनाउन मात्रै स्वीकृति दिएको बताए। ‘मन्त्रिपरिषदको स्वीकृतिका आधारमा पनि यसका लागि दर्ता गर्ने स्थान, शुल्क, सेवा, सर्त तोक्न कानुन अनिवार्य चाहिन्छ,’ उनले भने, ‘कानुन बनाउन भने बाँकी छ।’ मन्त्रिपरिषदले सहमति दिए पनि कानुन निर्माण प्रक्रिया भने सुरु भएको छैन।
मन्त्रिपरिषदको निर्णयमा पूर्वाधारसमेत तोक्ने र मन्त्रालयले अनुगमन गर्दा मापदण्ड पूरा गरेको नदेखिए जुनसुकै बखत त्यस्तो सेवा प्रदानमा रोक लगाउन सक्ने उल्लेख छ।
स्रोतका अनुसार एक वर्षअघि स्वास्थ्य मन्त्रालयको चिकित्सा प्रमाणीकरण शाखाले सरोगेसीलाई समेत अन्य स्वास्थ्य उपचारका लागि आवश्यक डकुमेन्टसरह प्रमाणीकरण गर्ने गरेको थियो। सो आधारमा केही विदेशी कूटनीतिज्ञको समेत सरोगेसीबाट जन्माइएको बच्चा लान अप्ठेरो भएपछि हतारहतार मन्त्रिपरिषदले बाटो खोलेको थियो। तर, यो घटनासँगै स्वास्थ्य र परराष्ट्र मन्त्रालयले सरोगेसीको प्रमाणीकरण बन्द पनि बन्द गरे।
के हो सरोगेसी?
पाठेघरमा बच्चा बस्न नसक्ने/नचाहेको अवस्थामा सम्बन्धित महिलाको डिम्ब र शुक्रकिटबाट कृत्रिम गर्भाधान गराएर भ्रुण विकास गरी त्यसलाई पुनः भाडामा लिइएकी महिनाको पाठेघरमा प्रत्यारोपण गरेर बच्चा जन्माउने विधिलाई सरोगेसी भनिन्छ।
अस्पताल र चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्रै यस्तो सेवा सम्भव हुने भएकाले दम्पती र भाडामा कोख दिने महिलाबीच सम्झौता हुनुपर्छ। त्यसवापत महिलालाई कोखको भाडा दिइन्छ। बच्चा निकाल्ने शल्यक्रियापछि कोख भाडामा लगाउने महिलालाई बच्चाको मुखसमेत हेर्न दिइँदैन।
किन विवादमा छ यो सेवा?
महिलाबाट सन्तान नहुने तथा आफंै जन्माउन नचाहने व्यक्ति वा दम्पतीले अन्य महिलाको कोख भाडामा लिएर बच्चा जन्माउँदा सामाजिक विकृति निम्तिएपछि विकसित देशहरूले व्यावसायिक सरोगेसी बन्द गरेका छन्।
सबैभन्दा बढी सरोगेसी सेवा चाहनेमा तेस्रो लिंगी, समलिंगी, आफैं बच्चा जन्माउन नचाहने हुन्छन्। कतिपयले यौनशोषण र अंगको अवैध प्रयोगका लागि समेत कानुनी बाटो सुरक्षित राख्न सरोगेसी आमाबाट सन्तान जन्माएर राख्ने गर्छन्। नेपालमा जन्मिएका बच्चाको हकमा अध्यागमन विभागमा बच्चाको बाबु वा आमा भन्ने प्रमाणित गर्ने कागजात बुझाउनुपर्छ। तर, सरोगेसीका हकमा सम्बन्धित दूतावासले आफ्नो देशको नागरिक भनेर डकुमेन्ट र पासपोर्ट पठाए विभागले भिसा इस्यु गर्ने गर्छ। त्यही बाटोबाट कतिपयले नेपालमा जन्मिएका बच्चा बाहिर लगिरहेका छन्।
सरोगेसीका लागि आकर्षक गन्तव्य मानिने दुई मुलुक थाइल्यान्ड र भारतमा विकृति देखिएपछि व्यावसायिक सरोगेसी प्रतिबन्ध लगाइएको छ। भारतमा सन् २०१५ फेब्रुअरीमा उच्च अदालतले र थाइल्यान्डमा संसदले गत वर्षदेखि व्यावसायिक सरोगेसी सेवामा पूर्ण प्रतिबन्ध लगाएका हुन्। अमेरिकाका अधिकांश राज्य, क्यानडा, अस्टे्रलिया, जापान, बेलायतमा व्यावसायिक सरोगेसी बन्द छ।
अधिकांश सरोगेट आमा आर्थिक, सामाजिक र भावनात्मक रूपमा शोषणमा पर्ने गरेका र परिवारसँग भेट्न प्रतिबन्ध लगाइएको अध्ययनले देखाएका छन्। भारतमा भएको एक अध्ययनले सरोगेसीबापत टेस्टट्युबमा गर्भाधान गराउने (आइभिएफ क्लिनिक) ले ३० देखि ४० लाख भारतीय रुपैयाँ लिए पनि सरोगेट आमालाई ३ देखि ४ लाखसम्म मात्र दिने गरेको देखाएको थियो।
प्रतिबन्ध लगाइएका देशमा सेरोगेसीका कारण लिंग पहिचान र भ्रुण हत्या बढ्ने गरेको, एउटै महिलालाई श्रीमान्ले दबाब दिएर पटक–पटक सेरोगेसी बन्न बाध्य गराउने गरेको, बच्चामा ‘डाउन सिन्ड्रोम’ देखिए लान अस्वीकार गर्ने, लिंगका आधारमा पनि लान नमान्ने हुनाले सेवा दिने देशमा ठूलो झन्झटसमेत निम्तिने गरेको थियो। कतिपय देशमा बच्चा जन्माएपछि महिलाले दिन नमानेर समेत समस्या आउने गरेको पाइएको छ। अध्ययनहरूले सरोगेसी सेवा दिएका महिलामा बच्चाबाट छुटाएपछि पनि धेरै मानसिक समस्या आउने गरेको समेत देखाएका छन्।
किन नेपाल नयाँ गन्तव्य?
मन्त्रिपरिषदले समेत स्पष्ट रूपमा आमा–बाबु र सरोगेट आमा सबै विदेशी भए नेपालका अस्पतालले सेवा दिन सक्ने गरी मात्रै कानुन बनाउन बाटो खोले पनि कतिपय संस्थाले नेपाली महिलालाई समेत सरोगेट आमाका रूपमा आह्वान गर्दै विज्ञापन गरिरहेका छन्। सरोगेसी हब मानिएका अधिकांश क्षेत्रमा बन्द भएपछि माफियाले नेपाललाई नयाँ गन्तव्यका रूपमा विकास गर्न खोजेको उच्च सरकारी अधिकारी बताउँछन्।
खास गरी आर्थिक रूपमा विपन्न समुदायका महिलालाई आर्थिक प्रलोभनमा पार्न सजिलो हुने भएकाले माफियाहरूले गरिब मुलुक रोज्ने गरेका छन्। ‘कानुन नबनाई पूर्वाधार पूरा गरेको भनेर स्वीकृत दिन पाइँदैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. लोहनी भने, ‘कहाँबाट कसरी अनुगमन गर्ने, मापदण्ड पूरा गरे/नगरेको कसरी यकिन गरी कारबाही गर्ने, अनुमति कसरी दिने, विदेशी कसरी पहिचान गर्ने भन्ने कानुन नबनी कसरी अनुमति दिन मिल्छ? यो सरोगेसीका लागि बाटो मात्रै खुला भएको हो।’
पछिल्लो समयमा इन्टरनेटमा पनि नेपालमा सरोगेसीले कानुनी मान्यता पाइसकेको भन्दै प्रचार हुने गरेका छन्। केही दिनअघि नेपालकै नोबल अस्पतालले समेत सरोगेसी सेवासम्बन्धी जानकारी दिने भन्दै निःशुल्क स्त्रीरोग शिविर गरेको विज्ञापन गरेको थियो।
कतिपय अस्पतालले गुपचुप रूपमा केही भवन नै भाडामा लिएर नेपाली र भारतीय महिलालाई प्रयोग गरी सेवा दिइरहेको जानकारी आएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। तर, उनीहरूले मन्त्री नै सहभागी भएको विषय भन्दै बोल्न हिच्किचाइरहेका छन्।
स्रोतअनुसार अहिले नेपालमा पनि दलालमार्फत विभिन्न स्थानमा घर भाडामै लिएर सरोगेट आमा राखिने गरेको छ। लोहनीले कानुन बनिनसकेकाले अहिले नेपालका अस्पतालमा भएको सेवा गैरकानुनी हुने बताए। मापदण्ड सिफारिस समितिमा समेत काम गरेका डा. लोहनीले मन्त्रिपरिषदले असोज २ गते सरोगेसीसम्बन्धी कार्यविधि बनाउने निर्णय गरेकाले त्यही आधारमा कानुनी भएको भन्न नमिल्ने बताए।
स्रोतअनुसार दलालले त्यस्ता व्यक्तिबाट करिब १ करोड रुपैयाँसम्म सेवा शुल्क लिन्छन्। एजेन्टले नेपालका अस्पताललाई ४० लाखसम्म दिने गरेको बुझिएको छ। यो सेवावापत अस्पतालहरूले सरोगेट आमालाई भने ३ देखि ४ लाख रुपैयाँ मात्र दिने गरेका छन्। नेपालमा सरोगेसी सेवा लिन आउनेमा सबैभन्दा बढी अस्ट्रेलियाली र इजरायली नागरिक छन्। नागरिक दैनिकमा समाचार छ ।
dainiknepal.com

आजको राशिफल
आजको पंचांग
वि.सं.२०७२ साल श्रावण १८ गते सोमबार,
इ स २०१५ अगष्ट ३ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण कृष्णपक्षको तृतीया तिथि दिवा १०:१६ बजे सम्म उपरान्त चतुर्थी,
शताभिषा नक्षत्र बिहान०७:०० बजेसम्म,पुर्बाभाद्रपदा रात्री ०५:२१ बजेसम्म,
शोभन योग ०८:२१ बजेसम्म,अतिगंड रात्रि ०५:१८ बजे सम्म,
भद्रा करण बिहान १०:१६ बजेसम्म,बब रात्रि ०९:०३ बजेसम्म उप्रान्त बालब,
आनन्दादियोगमा अमृत योग,
चन्द्रमा कुम्भ राशिमा रात्रि ११:४७ बजे देखि मीन राशिमा,
काठमाडौंमा सूर्योदय ५:२८ बजे, सूर्यास्त ६:४७ बजे,
दिनमान ३३ घडी २५ पला
राहुकाल बिहान ०७:०८ देखि ०८:४८ बजेसम्म ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आर्थिक उन्नति संगै आफन्त बाट सहयोगको अपेक्षा हुनेछ,मिष्ठान्न भोजनमा सरिक भइनेछ सामाजिक र राजनैतिक क्षेत्रमा प्राप्त सम्मानको सदुपयोग गर्न गार्हो पर्न सक्ने देखिन्छ,पशुजन्य व्यवसायमा उन्नति मिल्नेछ,स्वास्थ्यमा साझपछी भने केहि खराब परिणाम देखिन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग मिश्रित हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
नोकरी तथा व्यवसायमा लाभ संगै पदोन्नतिको सम्भाबना देखिन्छ,प्रतिष्ठित व्यक्ति संगको उठबस बढ्नेछ,नया योजना बनाएर अगाडी बढिने चाजो पाजो मिल्नेछ,पढाइ लेखाइमा भने समय दिन नसकिएला,समयको ब्यबस्थापन गर्न सुखमय र उन्नति दायक दिन रहनेछ,आजको लागि शुभ अंक १,शुभ रंग नीलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ईष्टदेवताको स्मरण पुजा र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
मुद्दा मामिलाबाट छुटकारा मिल्नेछ,धार्मिक क्षेत्रको यात्रा सम्भाबना देखिन्छ,भाग्य स्थानमा शुभ ग्रहको सकारात्मक प्रभाब रहनाले चिठ्ठा जस्तै आकस्मिक लाभको सम्भाबना पनि देखिन्छ,धैर्यता भने कमजोर हुनेछ,अरुले गरेका खराब कामको अपजश आइलाग्न सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग मिश्रित हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
जोश जाँगरमा कमि आउनेछ,आलस्यताले शरीरलाई बन्धक बनाउन सक्ने देखिन्छ,शारीरिक र मानसिक कष्टले मनोबल कमजोर बनाउनेछ,साबधानी पुर्बक अगाडी बढ्नुहोला,कुल कुटुम्बमा खटपट आउन सक्छ,इष्टदेवको दर्शन पुजा गरेर मात्र अगि बढ्नुहोला,आजको लागि शुभ अंक ५,शुभ रंग कालो हो भने कुनै कामको प्रारम्भ गर्नु पुर्ब हनुमानको दर्शन तथा स्तोत्र पाठ गरेर अगाडी बढे सफल भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
ब्यापार व्यवसायमा प्रागति यथावत रहेनेछ,पढाइ लेखाइमा अल्छी पन हाबी हुनेछ,रमाइलो यात्रा संगै मिष्ठान्न भोजनको अवसर जुट्नेछ,पुराना साथि संगी संगको भेटघाटको अवसर जुर्नेछ,साझ पछिको समय कमजोरछ असावधानीले धनमाल तथा बहुमुल्य बस्तु हराउन सक्ने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नम: यो मन्त्र जपेर अगाडी बढे सफल भइनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रणय सुत्र अझ बलियो बन्नेछ,मनमा सुविचार आउनेछ,सजिलै अरुको बिस्वास जित्न सकिनेछ, शत्रु पक्षबाट भने चनाखो रहनु पर्ने देखिन्छ,कुरा काट्नेहरु फेरी सक्रिय हुन सक्छन,बैदेशिक क्षेत्रबाट मनग्य लाभ मिल्नेछ,लामो दुरीको यात्रा सम्भाबना देखिन्छ,आजको लागि शुभ अंक ३,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ कें केतवे नमः यो मन्त्र १७ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
पढाइ लेखाइमा उल्लेखनीय सुधार आउनेछ,स्वास्थ्यले भने खासै साथ दिन नसक्ने देखिन्छ,जग्गा जमिनको कारोबार फाइदा जनक रहनेछ,खेलकुदमा सोचे अनुरुप प्रगति गर्न निकै ठुलो मेहनत गर्नु पर्ने हुन्छ,साहित्यिक क्षेत्र भने निकै राम्रो देखिन्छ,आजको लागि शुभ अंक ६ शुभ रङ्ग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नम: यो मन्त्र १६ पटक जपेर अगाडी बढे शुभ हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
राम्रै सोचका साथ गरेका काम र कुराले आज उल्टो अर्थ दिलाउन सक्छ,कुटनीतिक क्षमतामा ह्रास आउनेछ,सवारी साधनबाट चोटपटकको सम्भावाना देखिन्छ,साँझ पछिको समय केहि सुधारोन्मुख रहनेछ,बुध्दी बिबेकले सहि काम गर्नेछ,आर्थिक कारोबार सुध्रिनेछ। आजको लागि शुभ अंक ८,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब बिष्णु भगवानको स्मरण दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
प्रतिस्पर्धात्मक समय रहनेछ,खेलकुद क्षेत्रमा अपेक्षित सफलता हात लाग्नेछ,मनोरन्जनात्मक भेटघाट हुनेछ,आम्दानि र खर्चको सामजस्यता नमिल्दा खासै सफलताको अनुभूति गर्न सकिन्न, साझपछी भने आलस्यता संगै आरोप प्रत्यारोपको सामना गर्नु पर्ने हुन सक्छ,आजको लागि शुभ अंक ४ शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब गणपतिको दर्शन पूजा गरेर कामको सुरुवात गरेमा सफलता हात लाग्नेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
संचित धनको क्षय हुन सक्छ,बोलीले ठिक्क पर्ने तर काम बिगार्ने व्यक्ति देखि साबधान रहनु होला,प्रेम सम्बन्ध मिठासपूर्ण रहनेछ,बिस्वासिला भनिएका आफन्तबाट अन्तर्घात हुन सक्छ,छिटो आक्रोसित हुदा काममा बिध्न आउन सक्छ,संयमित रहनु होला,आजको लागि शुभ अंक ५,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय नम: योमन्त्र जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सामाजिक सहयोगको भाबना जागृत हुनेछ,दिन-दुखीको सहयोगमा मन रमाउनेछ,मान्यजनको आशिर्बाद मिले संगै काममा निकै सुधारको आभास हुनेछ,धन सम्पति संचय गर्न सकिनेछ, बहुमुल्य रत्न तथा गर-गहनाको प्राप्ति हुनेछ,बोलीको सामर्थ्य बढ्नेछ,आजको लागि शुभ अंक ७,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबी भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,आज बादबिबादमा नपर्नु बुध्दिमानी हुनेछ,पारिवारिक झमेला बढ्नु को साथै अनाबस्यक रिसले आफैलाई हानि गर्नेछ,गरिरहेको काममा अबरोध आउन सक्छ साँझ बाट समयमा निकै सुधार आउनेछ,,आजको लागि शुभ अंक ८,शुभ रंग गाढा रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब सुर्य भगवानको दर्शन पूजा गरेर अगाडी बढे शुभ हुनेछ।

बिश्वमा खान नपाएर भन्दा पनि खान नजानेर बढी मान्छे मर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । यी त भए खानेकुराको अनुपात मिलाउन नजान्दा ज्यान गुमाउनेहरुका कुरा तर कतिपय खानेकुराहरु यस्ता हुन्छन जुन एकैसाथ् खाँदा ज्यानै पनि जान सक्छ । हेर्दा सानातिना जस्ता यस्ता कुराहरु ख्याल नगर्नाले ठूलो मूल्य चुकाउनुपर्ने अबस्था आउछ तसर्थ ख्याल गरौ कुन कुन खानेकुराहरु एकसाथ खान हुदैन ।
दही र माछा : दही चिसो चीज हो । यसलाई कहिल्यै पनि तातो चीजसँग प्रयोग गर्नु हुँदैन । माछा पनि गर्मी चीज हो । यी दुई एकसाथ खानाले वायु, एलर्जी र छालासम्बन्धी समस्या देखा पर्न सक्छ । दहीसँगै मह पनि गर्मीचीजसँग नखानु राम्रो हुन्छ ।
चिकेनसँग मिठाई : चिकेनको साथमा जूस या मिठाई आदि खाने मानिसलाई पनि पेटको समस्या देखिन्छ ।
आलू र चामल : केही मानिसहरू आलू र चामलको शौखिन हुन्छन्, तर यस्ता मानिसले के ध्यानमा राख्नु पर्छ भने यी दुई चीज एकसाथ खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । यसले कब्जियतको समस्या ल्याउँछ ।
प्याज र दुध : प्याज र दूध एकसाथ खानु हुँदैन । प्याजको साथमा दूधको प्रयोग गर्नाले छालासम्बन्धी रोगले सताउन सक्छ । दाद, लुतो, एग्जिमा सोराईसिस आदीको सम्भावना बढ्ने गर्छ ।
दूधसँगै दही : दूधसँग दही खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुध र दही एकसाथ खानाले पेटको समस्या निम्तिन सक्छ ।
खानासँग फलफूल : आयुर्वेदका अनुसार खानाको साथमा फलफूल खानु हुँदैन । दुवै चीजको कार्बोहाइड्रेट र प्रोटिन पाचन गर्ने तरिका फरक-फरक हुन्छ । कागती, सुन्तला आदी फल एसिडिक हुन्छन्, दुवै एकसाथ खानाले कार्बोहाइड्रेटको पाचन प्रक्रिया ढिलो हुन्छ । यसले कब्जियत, झाडापखाला र अपचको समस्या देखिन्छ ।
दूधसँग कागती : दूधसँग कागती खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुवैलाई एक साथ खानाले इसिडिटी बढाउँछ ।
कालो दाल र दही : कालो दाल र दही एकसाथ खानु स्वास्थ्यका दृष्टी फाइदाजनक हुँदैन । लगातार सेवन गर्नाले मुटुसम्बन्धी रोग लाग्न सक्छ ।
दहीसँग पराठा : दहीसँग पराठा या अन्य तेल भएको चीजको प्रयोग गर्नाले स्वास्थ्यमा समस्या थपिन सक्छ । दहीले फ्याटको पाचनमा रोक्ने हुँदा दहीसँग पराठा लगायतका चीजहरू नखानु नै राम्रो हुन्छ ।
चिसो पिएपछि पान: चिसो पेयपदार्थ पिएपछि कहिल्यै पनि पानयुक्त खाने कुरा खानु हुँदैन । चिसो र पानयुक्त खानेकुरा मिल्यो भने साइनाइड उत्पादन हुन्छ, जसले विष जत्तिकै असर गर्ने गर्छ ।
onlinepatrika.com

बोनिस कोईराला
के तपाईँले प्रेममा धोका पाउनुभएको छ? छ भने यो दुखःको पिडा कति हुन्छ भनेर तपाईँलाई राम्ररी थाहा होला। यस्तो बेलामा मुटु दुख्या जस्तो हुनु र पागल जस्तो व्यवहार गर्नु सामान्य हो।
यो दुखःले तपाईँलाई केहि क्षणमा नै आफ्नो धोकेबाज प्रियलाई सयवटा मेसेज पठाउने जाँगर दिन्छ। कसैलाई रक्सीको लत लाग्छ भने कसैले आफ्नो दैनिक क्रियाकलापमा राम्ररी ध्यान दिन सक्दैनन्। किनभने यस्तो क्षणमा आफ्नो सबैभन्दा प्रिय मानिस नहुँदा कसैको अथवा केहि कुराको वास्ता हुँदैन।
यस्तो व्यवहार मानिसमा उत्पन्न हुनु कुनै असामान्य कुरा हैन। विज्ञानको हिसाबले पनि यस्तो क्षणमा मानिसमा हुने व्यवहारको कारण छ। यस्तो व्यवहारसँग मानिसको शरिरमा हुने हर्मोनहरुको पनि मुख्य भुमिका छ। आश्चर्यको कुरा के हो भन्दा यिी हर्मोनहरु तिनै हुन् जस्ले प्रेम परेको बेला मानिसलाई खुसि महसुस गराउछ।
कसरी प्रेम बिछोडले मानिसको शरिरको हर्मोन सन्तुलनमा फरक ल्याउछ त? भर्खरै बिछोड भएकाहरुको दिमागी भागमा हुने गतिविधी समान्य हुदैनन् भन्ने कुरा एमआरआई स्क्यानहरुबाट थाहा पाउन सकिन्छ।
यसले गर्दा मानिसले शारिरिक दुखाई पनि महसुस हुन्छ। यस्तो बेलामा शरिरले स्ट्रेश र अड्रनलिन हर्मोनहरु सक्रिय गर्छ जसले साँस फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र मुटुको क्षेत्रको मांसपेशीहरु कमजोर हुने गर्छ। यसतो अवस्थालाई चिकित्सकहरुले ताकोत्सुबो कार्डियोमायोप्याथि नाम दिएका छन् र यो अवस्था कहिलेकाहि खतराजनक पनि हुन सक्छ।
यो बेलामा यि हर्मोनहरु मात्र सक्रिय हुदैनन्। २०१०मा गरिएको एक अनुसन्धानमा भर्खरै बिछोड भएका १० महिला र ५ परुषहरुको एमआरआई स्क्यान गरिएको थियो। यि मानिसहरु भर्खरै बछोड भएपनि आफ्नो प्रेमि वा प्रेमिकासँग अझै माया गरिरहेका थिए। यो अनुसन्धानको निश्कर्ष आश्चर्यजनक थियो। यि मानिसहरुको दिमागी गतिविधि कुनै लागूपदार्थको सेवन गर्ने मानिससँग धेरै मिल्दोजुल्दो थियो। यसैकारण भनिएको होला कसैको प्रेममा फस्नु लागूपदार्थको नसामा धुत हुनु जस्तो हुन्छ।
कसैलाई प्रेम गरेको बेला दिमागको ‘रिवार्ड न्युरोन’हरु सक्रिय हुन्छन् जस्ले शरिरमा डोपामाइन हर्मोनहरु सक्रिय गर्छ। डोपामाइनले दिमागलाई चाहिएको भन्दा बढि खोज्ने उत्सुकता दिन्छ जसले गर्दा तपाईँ पुरै दिन आफ्नो प्रेमिसँग समय बिताएपनि छुट्ने बेलामा साथ छोड्न मान्नुहुन्न। प्रेम सम्बन्धमा रहेको बेला दिमागको ढाँचा अझ स्थिर हुन्छ र आफ्नो प्रेमि सँगै भएको बेला डोपामाइन निरन्तर सक्रिय भइरहेको हुन्छ।
यसकारण अचानक प्रेमिले धोका दिएपछि डोपामाइनको मात्रा अत्याधिक हुन जान्छ जसले दिमागी सन्तुलन खलबलाउछ। ‘रिवार्ड न्युरोन’को यो प्रणाली दिमागको मुख्य भागहरुमध्ये रहेकोले यसले हाम्रो शरिरमा भोक, प्यास जसतो चेतनहरु पनि जगाँउछ। यसकारण धोका पाएका व्यक्तिहरुमा असामान्य व्यवहार उत्पन्न हुन्छ।
तर चिन्ता नगर्नुहोस, यसतो व्यवहार केहि पलको लागि मात्र रहन्छ। समयसँग दिमागले आफ्नो गतिविधिहरु आफै मिलाउछ। एक अनुसन्धान अनुसार मानिसको दिमागी सन्तुलन सामान्य हुन अथवा बिछोडको पिडा हटाएर अगाडि हेर्न मानिसलाई औसत ३ महिना जति लाग्छ। मानिसको दिमाग स्वाभाविक रुपले अगाडिको सोच्ने प्रवृत्तिको हुन्छ। बिछोडले परेको शारिरिक दर्दबाट छुट्कारा पाउन प्यारासिटामोल लिँदा हुन्छ। तर सबै दुखः भुलाउन आफ्नो मनको कुराहरु मिल्ने साथीहरुलाई भन्नु सबैभन्दा उपयुक्त हुन्छ।