• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बन्दले हजारौं सर्वसाधरणलाई सास्ती
धरान  : हिन्दु राज्यको माग गर्दै सनातन हिन्दु राष्ट्र संर्घष समितिको पूर्वाञ्चल बन्दका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बनेको छ ।

१५ दिन अघिदेखि सुनसरीको इटहरी केन्द्र बनाएर हिन्दु राज्यको माग गर्दै आन्दोलन थालेको संर्घष समितिले सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै पूर्वाञ्चल बन्द गरेको हो ।

सनातन हिन्दु राष्ट्र संर्घष समितिले गरेको बन्दका कारण पूर्वका सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, उदयपुर, सप्तरी र सिराहा लगायतका जिल्लामा यात्रु बस चल्न सकेका छैनन् ।

बन्दका कारण कलकारखाना, शैषिक संस्थासमेत ठप्प भएका छन् । बन्दकर्ताहरुले सडकमा निस्केर सवारी साधन र बजार खुलाउन दिएका छैनन् । बन्दका कारण पूर्वी नेपालका धरान, विराटनगर, इटहरी, तरहरा, झुम्का, इनरुवा, विराटचोक, बेलवारी, दमक, विर्तामोड, काकडभिट्टा, इलाम, फिदिम, र धनकुटा लगायतका मुख्य बजार सुनसान छन् ।  बन्दले गन्तव्यमा हिँडेका हजारौ सर्बसाधारण बाटोमै अलपत्र छन् ।

हिन्दु राज्य प्राप्तिको आन्दोलनलाई इटहरीका डिएसपी विनोद शर्माले धरपकड गरी आक्रमण गरेपछि हिन्दु राज्य प्राप्तिको आन्दोलनलाई सशक्त पार्न बन्द हड्तालमा उत्रनु परेको आन्दोलनका अगुवा राजेन्द्र पोखरेलले बताए ।

विभिन्न जिल्लाबाट आएका हिन्दु धर्मगुरुहरुले इटहरीलाई केन्द्र बनाएर आन्दोलन सुरु गरेपछि स्थानीयले सर्मथन जनाएका छन् । त्यही कारण  हिन्दु आन्दोलन कडा बन्दै गएको हो ।

सरकारले नेपाललाई सनातन हिन्दु राज्य घोषणा नगरुन्जेल आन्दोलनलाई जारी राख्ने चेतावनी आन्दोलनकारीले दिएका छन् । बन्दमा अप्रिय घटना हुन नदिन पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले १६ वटै जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।
annapurnapost.com
भोजपुर : भोजपुरमा एसएलसीको पूरक परीक्षा दिँदादिँदै एक परीक्षार्थीले छोरो जन्माएकी छिन् ।

सदरमुकामस्थित यशोधरा उच्च माध्यमिक विद्यालय टक्सार परीक्षा केन्द्रमा गणित विषयको परीक्षा दिँदादिँदै जनोदय उच्च मावि कोटकी मिना शेर्पाले शुक्रबार विहान छोरो जन्माएकी हुन् ।

उत्तरपुस्तिकामा लेख्नमात्रै शुरु गरेकी शेर्पालाई सुत्केरी व्यथाले च्पापेपछि परीक्षा हल बाहिर निकालिएको थियो ।

उनले परीक्षा केन्द्र प्राङ्गणमै शिशुलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको शेर्पाको परिवारले जनाएको छ ।www.annapurnapost.com
केरा निकै मिठो तथा गुणकारी फल हो । फलफूलहरु मध्य धेरैनै विक्री हुने फल हो केरा ।अरु फलफुलहरुका तुलनामा केरा सस्तो भएपनि यो स्वास्थ्यका लागि उपयोगी हुन्छ । नियमित केरा खानाले शरीर तन्दरुस्त बन्नुका साथ साथै सुगर कम गर्न मद्दत पुर्‍याउँछ। करामा थाइमिन, नियासिन तथा फोलिक एसिडको रूपमा भिटामिन ए र बी पर्याप्त मात्रामा पाइन्छ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज। केराका केहि फाइदाहरु यसप्रकार छन् :
* केरा नियमित रुपमा खानाले ब्लडसुगरलाई नियन्त्रण गर्दछ ।

* अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ ।

*यसले मुटुरोगीलाई फाइदा गर्दछ । हरेक दिन दुई कोसा केरा खानाले मुटुको समस्या कम हुन्छ ।

*गर्भावस्थामा महिलालाई सबैभन्दा बढी भिटामिन ‘ओ’ मिनरल्सको आवश्यकता पर्दछ । यस अवस्थामा केरा खानु उपयुक्त हुन्छ ।

*केरा वृद्धवृद्धाका लागि पनि फलदायी हुन्छ, किनभने यो सजिलै पच्छ । यसमा भिटामिन बी, बी–६ र फाइबर हुन्छ, जुन उमेर ढल्केका मानिसलाई चाहिन्छ । उनीहरूको पेटको विकारलाई हटाउन पनि सहयोग गर्दछ ।

*तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।

*यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।

*केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।

*यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

आज वि.सं. २०७२ श्रावण २२ गते शुक्रबार तदनुसार ई. सं. २०१५ अगस्ट ०७ तारिख
श्रावण कृष्ण अष्टमी, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, गण्ड योग, तैतिल करण
आजको व्रत/पर्व : अष्टमी व्रत, गोरखकाली पूजा

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । नयाँ जोस र जाँगर पलाउने छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यात्रामा झमेला आउनसक्छ, त्यसैले सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुन सक्छ । मनोरञ्जनात्मक काममा समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपन देखिन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । नजिकैका व्यक्तिले समेत भावनाको मूल्यांकन नगर्दा कताकता मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र साृचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला पनि यही हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
चन्द्रमा अशुभ छ, तर डराई हाल्नुपर्दैन । घरायसी वातावरणमा सुधार आउने छ । मनमा उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । मित्रवर्ग, साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मह र दालचिनीको मीश्रण सेवन गर्नाले शरीरलाई फाइदैफाइदा मिल्छ तर आधुनिक औषधी उत्पादन कर्ताहरु यसका बिरुद्ध दलबलका साथ लागेका छन् ।
अनुसन्धानले के देखाएको छ भने मह र दालचिनीको मीश्रणले शरीरका सबैजसो बेथाहरु निको पार्छ । मह संसारका सबै देशहरुमा उत्पादन गर्न सकिन्छ । आजका बैज्ञानिकहरु समेत महले शरीरका सबैजसो रोगबेथा संचो पार्छ भन्ने तथ्यमा विश्वास गर्छन् । मह सेवन गर्नाले शरीरमा कुनै प्रकारको साइड इफेक्ट तथा खरावी पनि हुँदैन । बैज्ञानिकहरुको के पनि भनाई छ भने उपयुक्त मात्रामा मह सेवन गर्ने हो भने यसले चिनी रोगका बिरामीलाई समेत फाइदा मिल्छ ।



मह र दालचिनीको मीश्रणबाट हुने अन्य फाइदाहरु:

- मुटुजन्य समस्याहरुमा

मह र दालचिनीको धुलो सहितको मीश्रण तयार पार्नुस् र यसलाई जेलीको सट्टामा पाउरोटी तथा रोटीसँग आफ्नो खाजामा नियमित रुपमा खानुहोस् । यसले कोलस्ट्रोल तथा हार्टअट्याकलाई परै राख्छ । यदि तपाईले पहिलो हार्टअट्याकको अनुभव गरिसक्नु भएको छ भने यो मह र दालचिनीको  मीश्रण प्रयोग गर्नुभयो भने दोस्रो हार्टअट्याक कहिल्यै तपाई छेउ आउँदैन । नियमित रुपमा मह र दालचिनी सेवन गर्नाले मुटुको धडनलाई बलियो बनाउँछ । अमेरिका र क्यानाडाका धेरैजसो नर्सिङ होमहरुमा मुटुजन्य समस्याबाट पिडीतहरुलाई यो मह र दालचिनीको मीश्रण दिने गर्नाले मुटुको भल्वमा पुर्नताजगी पाइने गरेको तथ्य सफलताका साथ प्रकाशमा आएको छ ।

- जोर्नी संबद्ध समस्याहरु

आर्थराइटिस लगायत शरीर सुनिने तथा जोर्नीजन्य समस्याहरुबाट ग्रस्त बिरामीहरुले एक कप तातो पानीमा दुई चम्चा मह र एक सानो चम्चा दालचिनीको धुलो मिसाएर सेवन गर्नाले फाइदा प्राप्त हुन्छ । कोपनहेगन विश्वविध्यालमा गरिएको एक अनुसन्धानमा २०० आर्थराइटिसका बिरामीहरुमा यो दालचिनी र महको मीश्रण बिधि अपनाईएको थियो । जसमा ७० जना बिरामीहरु एक हप्तामै आंसिक संचो भए भने अन्य बिरामीहरु एक महिनामा पुर्ण आराम भए ।

- आन्द्रामा संक्रमण

आन्द्रा तथा पेटमा संक्रमण वा समस्या छ भने मह र दालचिनी मनतातो पानीमा माथि सल्लाह दिए जस्तै गरि सेवन गर्नुहोस् । यसले पेटमा भएको किटाणु सखाफ पार्नुको साथै संक्रमणबाट  केही दिनमै छुटकारा दिलाउँछ ।

- कोलस्ट्रोल

माथि उल्लेख गरे जस्तै गरि मह र दालचिनी मनतातो पानीमा सेवन गर्नाले रगतमा कोलस्ट्रोलको मात्रा दुई घण्टामै १० प्रतिशतले घटेर जान्छ । अनुसन्धानले के देखाएको छ भने शुद्ध मह नियमित रुपले सेवन गर्नाले कोलस्ट्रोल आपसेआप नियन्त्रणमा आउँछ ।

- रुघाखोकी

माथि उल्लेख गरिए जस्तै मह र दालचिनिलाई मनतातो पानीमा मिसाएर तीन दिन सम्म नियमित रुपमा दिनको दुई पटकका दरले सेवन गरेमा पुरानो तथा नयाँ रुघाखोकी र पिनासबाट सहजै छुटकारा मिल्छ ।

- अपच तथा पेट दर्द

मह र दालचिनीको मीश्रणले अलसर तथा पेटजन्य दर्दबाट छुटकारा दिलाउँछ ।

- पेटमा हावा तथा ग्यास

जापानमा गरिएके अध्ययन अनुसार मह र दालचिनीको मीश्रणले पेटको हावा तथा ग्यासलाई सहजै निको पार्छ ।

- इनफुलुएन्जा

स्पेनका एक वैज्ञानिकले गरेको अध्ययन अनुसार महमा  एक प्रकारका प्राक्रितिक गुण हुन्छ जसले इनफुलुएन्जाको किटाणुलाई मारिदिन्छ र बिरामीलाई फ्लुबाट जोगाउँछ ।

- छाला सफा गर्छ

मह र दालचिनीको मीश्रण तातो पानीमा मिसाएर चियाको सट्टामा दिनको तिन पटक सेवन गर्नाले छालामा ताजगी आउनुका साथै चाउरी परेको छाला मुलायम हुँदै छालामा खटिरा तथा डण्डीफोर पनि आउँदैन ।

- गला भासिएको तथा घांटी दुखेको

गला भासिएको तथा घांटीमा दर्द भएको बेला एक चम्चा मह प्रत्येक तीन घण्टामा चुसेर खानाले दर्द केही दिनमै हराएर जान्छ ।

- डण्डीफोर

तीन चम्चा मह र एक चम्चा दालचिनीको लेप तयार पार्नुहोस् र यसलाई राती सुत्नुपुर्व डण्डीफोरको वरिपरी विस्तारै दल्नुहोस् । अनि विहानपख आफ्नो अनुहार मनतातो पानीले पखाल्नुहोस् । यो बिधि दुई हप्ता सम्म नियमित रुपले अपनाउनाले अनुहारको डण्डीफोरको जरा सहित सफा भएर जान्छ ।

- तौल घटाउन

बिहान खाजा खानु पुर्व खाली पेटमा र राती सत्नु अघि मनतातो पानीमा दुई चम्चा मह र एक चम्चा दालचिनीको धुलो सेवन गर्नाले अत्यधिक तौल भएकाहरुको समेत शरीरको तौल घटदै जान्छ । अनि यो मीश्रण नियमित सेवन गर्नाले जतिनै क्यालोरी बढी भएको खाना खाए पनि बोसो जम्न पाउँदैन ।

- थकान

हालै गरिएको अध्ययन अनुसार महमा भएको गुलियोपनाले शरीरलाई फुर्तिलो पार्छ । डाक्टर मिल्टनले गरेको अध्ययन अनुसार बृद्धले समेत एक चम्चा मह र आधा चम्चा दालचिनी एक कप पानीमा मिसाएर बिहान खाली पेटमा र राती सुत्नु अघि सेवन गर्नाले शरीरमा तागत उत्पादन हुन्छ ।
- सास गन्हाउने

साउथ अमेरिकाका मानिसहरु बिहान उठ्ने बितिक्कै एक चम्चा मह र दालचिनीको धुलो मनतातो पानीमा मिसाएर  कुल्ला गर्छन् जसका कारण उनहिरुको सास दिनै भर गन्हाउँदैन ।

- कान नसुन्ने समस्या

नियमितरुपमा बिहान र बेलुका मह र दालचिनी सेवन गर्नाले कान नसुन्ने समस्यामा विस्तारै सुधार आउन थाल्छ र कानजन्य समस्याहरुबाट पनि छुटकारा पाइन्छ ।
जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ ।
कहाँ हुन्छ भाग्य रेखा ? 


तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो । खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ ।

कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ । विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् । त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ
मृत्युदण्डको सजायँ सुनाएको समाचारमा जनाइएको छ ।
उनको टाउको काटेर २४ घन्टा झुन्डाउने अदालको आदेश छ । जून फैसला गरेको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ । तर, हत्याको अभियोग लागेका उमेशलाई बचाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमतिको प्रयास गरिरहेका छन् । त्यही कारण फैसला कार्यान्वयन अहिलेसम्म रोकिएको छ ।
यसले उनलाई बाँच्ने आश पनि जगाएको छ । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन् ,‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन् । हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपालीहरु थुप्रै छन् ।
केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन् । उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन् । बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए ।
अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो । तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो । पीडितपक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन । ‘जेठो छोरा माफी दिने पक्षमा छन्, कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन’, राजदूत पाण्डेले भने,‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं । सम्भवतः आममाफीमा जान्छ होला ।’
source dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home