नवराज पथिक
२४ साउन, रामेछाप । रामेछाप नगरपालिका ४ डुमि्रबोटकी २९ वर्षीया इन्द्रा खत्री विकको हत्या गरेको अवस्थामा शनिबार दिउँसो शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार दिउँसो मन्थली नगरपालिका १ स्थित सुकाजोर खोला नजिकै जंगलमा हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो ।
उनकी १४ महिनाको छोरीको भने जिवितै उद्दार गरिएको छ । शनिबार दिउँसो बस्तु चराउन गएका गोठालाहरुले जंगलमा बच्चा रोएको सुनेपछि हेर्न जाँदा बालिकालाई जिवितै फेला पारेका थिए ।
त्यसपछि उनीहरुले प्रहरीमा खबर गरेकोमा प्रहरी टोली जंगलमा पुगी खोजी गार्दा बालिका रहेको स्थानभन्दा १५ मिटरमाथि महिलाको शव फेला पारेको थियो । उनको अनुहार र टाउकोमा ढुंगाले हिर्काएको चोटहरु छन् भने घाँटिमा सल बाँधिएको थियो ।
शव बाटो छेउमा नै घोप्टो पारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । १४ महिने बालिका रोजिना विकको पनि दाहिने आँखा माथि हिर्काएको चोट छ । चोटको कारण उनको आँखामा रगत जमेको छ ।
बालिकालाई उद्धार गरी मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचारको लागि राखिएको छ ।
घटना शंकास्पद
सुर्खेतको छिन्चु १ सुर्खेत माइती भएकी गहरसिंह खत्रीकी छोरी इन्द्राले रामेछापको रामेछाप नगरपालीका ४ डुमि्रबोटका २६ वर्षीय रमेश विकसँग २०७० असार १३ गते बिबाह गरेकी थिइन् । नेपाली सेनामा कार्यरत उनले सुर्खेतमा जागिरमा गएको बेला बिबाह गरेको खुलेको छ । परिवारका सदस्यहरुलाई जानकारी नदिइ उनले खत्रीसँग दोस्रो बिबाह गरेका थिए । उनीबाट २०७१ जेठ ११ गते छोरी समेत जन्मिएकी थिइन् ।
उनको विबाह र जन्मदर्ता २०७२ साउन १४ गते रामेछाप नगरपालीमा भएको फेला परेको छ । बुधबार छिन्चुबाट रामेछाप आएकी ती महिला सो रात मन्थलीको भैसेसुरस्थित खड्ककुमारी श्रेष्ठको होटलमा बास बसेकी थिइन् । रामेछापस्थित सेनामा रहेका पतिलाई भेट्न भनि उनी विहीबार विहान होटलबाट रामेछाप बजार पुगेकी थिइन् ।
शुक्रबार दिउँसो पुनः होटलमा फर्किएकी इन्द्रा अपरान्ह ४ बजेतिर पतिले फोन गरेर बोलाएको भन्दै होटलबाट निस्किएको होटल मालिक खड्गकुमारी श्रेष्ठले बताइन् । ‘छोरीलाई सातु घोलेर खुवाएर श्रीमान्को फोन आयो भनि निस्किएकी थिइन् । श्रीमानको सरुवा छिन्चु तिरै मिल्ने भयो । सामान लिन आउनु भनि बोलाएका छन् । म गएँ भनेर निस्किएकी थिन् । आजत लाश पो भेटिएछ । यो के अचम्म,’ उनले भनिन् ।
घटनाको प्रकृति हेर्दा उनको शुक्रबार रातिल नै हत्या भएको अनुमान गरिएको छ । मृतकको शव प्रहरीले शनिबार अपरान्ह मन्थली ल्याएको छ । हत्या कसले गर्यो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
www.onlinekhabar.com

बिहान ७ बजेर ५५ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शनिबार राति ९ बजेर २५ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।
राजनीतिक दलहरुले शनिबार मध्यराती नेपाललाई ६ प्रदेश बनाउने सहमती गरेपछि अहिले विभिन्न क्षेत्रबाट आफ्नै खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि संघियताको बिषयमा आफ्नो धारणा राखिरहेका छन् ।
चर्चित हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले संघियता घोषणा भएपछि मधेसवादी दलहरुलाई विशेष वधाई दिएका छन् । उनले पुराना ५ विकास क्षेत्रमा मधेस क्षेत्र जोडेर ६ प्रदेश बनाइएको फेसबुकमा लेखेका छन् ।
फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दिपकले मेची र कोशी टास्सिएको भन्दै बाग्लुङ भने भास्सिएको लेखेका छन् । उनले लेखेका छन्-‘मधेसवादले यस्को पाए कि पाएनन् पत्तो, अझै कुर्लिने हुन् कि बीर राजेन्द्र महत्तो ।’
५ विकास क्षेत्रलाई ६ बनाउन र मधेसीहरुलाई मनाउनु अझै गाह्रो भएको भन्दै दिपकले अब जनताले धेरै नेता पाल्नुपर्ने दाबी गरेका छन् । ‘महत्तोजीहरुले भन्न सक्छन्, पुगेन तराइमा आगो बाल्नु पर्छ, छुटेका दुई तिन जिल्ला पनि यतै हाल्नु पर्छ ।’, दिपकले फेसबुकमा लेखेका छन् ।
उनले सबैले इमान्दार बनेर देश विकासको बाटोमा जाओस् भन्दै आफूलाई ६ अंक फापेको जनाएका छन् । उनले यो अंक देशलाई पनि फापोस् भन्दै मधेसी दललाई विशेष बधाई दिएका छन् ।

काठमाडौ, श्रावण २४ - वैवाहिक खटपटपछि लामो समय बलिउडबाट ओझेल परेकी मनीषा कोइराला सम्बन्धविच्छेदसँगै पुन: फर्किइन्। उनका हितैषी निर्देशक रामगोपाल बर्माले मनीषालाई फिल्म ‘भूत रिटर्नस्’ बाट रिटर्न गराउन खोजेको प्रयास बक्सअफिसमा असफल सिद्ध भएको थियो। त्यसपछि मनीषा पुन: ओझेल परिन्। क्यान्सरका कारण पनि केही समय बलिउडबाट बेपत्ता भइन्। यति बेला केही दक्षिण भारतीय फिल्ममा काम थालेकी उनको शनिबार नयाँ फिल्म ‘चेहरे’ को ट्रिजर आएको छ।
ब्ल्याक एन्ड हाइट उक्त फिल्मलाई पनि यति बेला मनीषाको कमब्याकका रूपमा हेरिएको छ। जुन फिल्ममा मनीषा ज्याकी श्राफसँगै देखिनेछिन्। फिल्म ३०, ४० र ५० को दशकको समयलाई आधार मानि कथा वाचन गरिएको छ। जुन बेला फिल्ममा अहिलेको जस्तो स्टारडम वा अनुहार बिक्ने बेला थिएन र फिल्म पनि रंगीन भइसकेको थिएन। त्यसैले पनि मनीषाले हरेक मुहारको भूमिका गरेको बताइएको छ। रोहित कौशिकको निर्देशन रहेको फिल्ममा ज्याक्कीसहित उनका अर्का हितैषी मानिने गुलसन ग्रोबर, ऋषिता भट्ट, दिव्या दत्त पनि मनीषासँगै देखिनेछन्।
पुरानो दिनको याद गराउनका लागि फिल्मको अधिक भागलाई श्यामश्वेतमा खिचिएको बताइएको छ। केही महिनाअघि दक्षिण भारतीय फिल्म ‘गेम’ कै सुटिङ सकाएकी मनीषा यति बेला तामिल/कन्नड फिल्म ‘ओरु मेलिया कोडू’ को छायांकनमा पनि व्यस्त छिन्। महाभूकम्पका बेला नेपाल आएकी मनीषा अहिले भने काममा फर्किसकेकी छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२४ साउन, काठमाडौं ।
सुनको मूल्य विश्वमा हरेक सेकेन्डमा उतारचढाव भइरहेको हुन्छ । अहिले विश्व बजारमा सुनको मूल्य पाँच वर्षकै न्यून विन्दुमा आएको छ । सुनका मूल्यका विषयमा विश्वभर धेरै खालका अड्कलबाजी छन् । अमेरिकी डलरको बढ्दो मूल्य र चीनमा सुनको मागमा आएको कमी मूल्य घट्नुको मुख्य कारण हो ।
सुनको डलर र अमेरिकी मूल्यबीच जहिले पनि विपरीत सम्बन्ध हुन्छ अर्थात सुनको मूल्य बढ्दा डलरको मूल्य घटेको हुन्छ भने डलरको मूल्य बढ्दा सुन घटेको हुन्छ । अहिले अमेरिकाको केन्द्रीय बैंकले व्याजदर परिवर्तन गर्न लागेको सामाचार आएको छ ।
अमेरिकी केन्द्रीय बैंकले व्याजदर बढाएमा अमेरिकी ऋणपत्रबाट आउने व्याजदरबाट सुनको तुलनामा बढी आम्दानी हुन्छ । यसले लगानीकर्ता सुनमा कम आकर्षित छन् । सन् २००६ को पहिलो ६ महिनामा चीनको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ । सबैभन्दा बढी सुन खरिद गर्ने चीनमा २४ प्रतिशत माग घटेको छ ।
मौज्दातमा राख्ने व्यापारीले पनि सुन बिक्रीका लागि राखेको हुँदा मूल्य घट्न मद्दत पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

शुभप्रभात आज वि.सं. २०७२ श्रावण २४ गते आइतबार तदनुसार ई. सं. २०१५ अगस्ट ०९ तारिख
श्रावण कृष्ण दशमी, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, ध्रुव योग, बब करण
भोलिको व्रत/पर्व : कामिका एकादशी व्रत
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको राय बुझ्नु होला । तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता मिल्दैन । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मिहिनेत, परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । पारिवारिक र घरायसी काममा धेरू समय व्यतीत हुनसक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन, त्यस्तै न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा भने जस्तो सफलता नमिल्ला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक क्षमता ह्रासता आउने छ । नजिकैको आफन्त वा नातेदारसँग मनमुटावको सम्भावना छ । बाह्रौं चन्द्रमा रहेकाले आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । तर आफूले गरेका परिश्रमको प्रतिफल अरुले नै प्राप्त गर्ने सम्भावना छ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध बनाउने कोसिस गर्नुपर्छ । पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नैपर्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, तर कुनै किसिमको नेतृत्व वहन नगर्नु होला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शरीरमा आलस्यले डेरा जमाउने छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ । बन्दव्यापारमा सोचेजस्तो लाभ प्राप्त हुन गाह्रो छ । मानसिक दबाब बढेको महसुस हुनसक्छ । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
उद्योगधन्दा र बन्दव्यापारमा सफलता नै मिल्नेछ तर आर्थिक रूपमा तनाव हुनेछ । सहयोगीहरूको साथ पाए पनि गर्न खोजेको काममा सफलता प्राप्त गर्न धौधौ पर्नेछ । पराक्रम र उत्साहमा कमी आउने छैन । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ । तर प्रतिस्पर्धीले दुःख दिन सक्छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

ब्रेन ट्युमर भन्ने शब्द नेपाली जनमानसमा नौलो हुन छाडेको छ। फलानो मान्छेलाई बे्रन ट्युमर भयो रे भन्ने कुराकानी प्रशस्त सुन्न पाइन्छ। के हो त ब्रेन ट्युमर ? ब्रेनको अर्थ मानव मस्तिष्क हो भने ट्युमरको अर्थ अंगमा मासु पलाउनु हो। ट्युमर विभिन्न किसिमका हुन्छन्। सुन्दाखेरि ट्युमर भन्ने बित्तिकै डरलाग्दो भए पनि सबै ट्युमर नराम्रो हुँदैनन्।
राम्रो ट्युमरलाई अंग्रेजीमा बिनाइन ट्युमर भनिन्छ। यस्तो ट्युमर एकचोटी निकालेर फालेपछि अथवा उपचार गरेपछि फेरि कहिल्यै आउँदैन अर्थात् ८,१० वर्षपछिमात्रै फर्केर आउने सम्भावना हुन्छ। नराम्रो ट्युमर म्यालिगनेन्ट ट्युमर एक चोटी निकालेर फालेपछि अथवा उपचार गरेपछि फेरि तुरुन्त फर्केर आउँछ। त्यस्तो ट्युमरलाई क्यान्सर भनिन्छ।
मस्तिष्कमा विभिन्न किसिमका कोष तथा तन्तु हुन्छन्। तीमध्ये कुनै एक तन्तु आवश्यकभन्दा बढी पलाउन गई मासुको डल्लोजस्तो रूप लिई मस्तिष्कलाई असर पार्दछ। त्यसलाई ब्रेन ट्युमर भनिन्छ।
किन आउछ ब्रेन ट्युमर ?
ब्रेन ट्युमर के कारणले हुन्छ यकिन साथ भन्न सकिँदैन। वातावरणीय तत्त्वलाई बे्रन ट्युमरको एक प्रमुख कारक तत्त्वका रूपमा लिइन्छ। वातावरणमा हुने विभिन्न किसिमका तत्त्वहरूमध्ये विकिरण अर्थात् रेडिएसनलाई पनि बे्रन ट्युमरको कारक पाइन्छ। कुनैकुनै बे्रन ट्युमर वंशानुगत कारणले पनि हुन सक्दछ।
ब्रेन ट्युमरको वास्तविक कारण स्पष्ट नभए पनि यो के ले गर्दा हुँदैन भन्ने चाहिँ लगभग स्पष्ट छ। जस्तै खानापिनाले गर्दा ब्रेन ट्युमर हुँदैन। सामान्यतया माछा, मासु, दूध अन्डा, फलफूल, सागसब्जी आदि ब्रेन ट्युमर भएको बिरामीले राम्ररी खाना मिल्छ। चिन्ता या मानसिक तनावले पनि ब्रेन ट्युमर गराउँदैन। चोटपटक या कुनै प्रकारको ब्रेनको संक्रमण भाइरस या ब्याक्टेरियाले पनि ब्रेन ट्युमर गराउँदैन।
यसका लक्षणहरु
- टाउको दुख्नु : टाउको दुख्यो भन्दैमा सबैलाई ब्रेन ट्युमर नै हुन्छ भन्ने होइन। तर टाउको दुखिरहने, अथवा पहिलाभन्दा टाउको दुखाइको प्रकृति परिवर्तन भएमा आवश्यक जाँच गरेर ब्रेन ट्युमर छैन भन्ने कुरा निश्चित गर्नु राम्रो हुन्छ।
-उल्टी हुनु: सामान्यतया वान्ता हुनु ब्रेन ट्युमरको लक्षण होइन। तर टाउको दुखाइका साथै बान्ता भइहाल्नुको पछाडि ब्रेन ट्युमरजस्तो ठूलो समस्या पनि हुन सक्छ। तसर्थ धेरै लामो समयसम्म टाउको दुखाइ र बान्ताको समस्या भइहालेमा सम्बन्धित चिकित्सक अर्थात् न्युरो सर्जनलाई भेटी आवश्यक जाँच गरेको राम्रो हुन्छ।
-प्यारालाइसिस हुनु : प्यारालाइसिसको समस्या आउनु निश्चय पनि मस्तिष्कको कारण हो। तर ब्रेन ट्युमर नै हो वा अन्य कुनै कारण हो त्यो चाहिँ लक्षणबाट मात्रै थाहा हुँदैन। तर प्यारालाइसिस भएपछि सकेसम्म चाँडो विशेषज्ञ चिकित्सक कहाँ गई उपचार गराइहाल्नु राम्रो हुन्छ।
- छारेरोग: छारेरोग भन्नाले शरीरको एक मात्र भाग वा पूरै शरीर कम्पन भई बेहोस अथवा अर्धचेत अवस्थामा पुग्ने रोग बुझिन्छ। छारेरोग आफैंमा एउटा रोग हुन सक्दछ। अर्कोतर्फ छारेरोग लक्षण पनि हुन सक्दछ। छारेरोग ब्रेन ट्युमरको एक प्रमुख लक्षण हो। तसर्थ छारेरोग हुनेबित्तिकै आवश्यक जाँच गरी यो आफैंमा एउटा रोग हो कि अथवा मस्तिष्कको अन्य खराबीले भएको हो भनी पत्ता लगाउनु जरुरी हुन्छ।
सामान्यतया लक्षणकै आधारमा ब्रेन ट्युमरको पहिचान तथा निदान गर्न सकिँदैन। सिटी स्क्यान, अथवा एमआरआई नगरेसम्म ब्रेन ट्युमरको ठोकुवा गर्न सकिँदैन।
कोही बिरामीहरूमा सामान्य मानसिक कमजोरीमात्रै देखिन सक्दछ। त्यस्ता बिरामीहरू आवश्यक जाँच नगरी मानसिक औषधिमात्र सेवन गरी राखेको देखिन्छ। कहिलेकाहीँ लामो समयसम्म मानसिक समस्या भएको मानिसलाई आवश्यक जाँच गरी न्युरोसर्जनलाई देखाउनु राम्रो हुन्छ।
त्यस्तैगरी कोही केही ब्रेन ट्युमरका बिरामी आँखा अथवा कानको समस्या लिएर पनि आउने गर्दछन्।
अन्य कोही बिरामी हर्मोनको समस्या लिएर पनि आउन सक्छन्। जस्तै महिलामा महिनावारी गडबड हुने अथवा अप्राकृतिकरूपमा स्तनबाट दूध आउने आदि। लोग्नेमानिसमा यौनजन्य लक्षण देखा पर्न सक्दछ। ब्रेन ट्युमरका अन्य कतिपय बिरामीहरूमा कुनै विशेष लक्षण ब्रेन ट्युमर पलाउँदै आउने सम्भावना पनि हुन्छ।
ब्रेन ट्युमरका प्रकार
अन्तराष्ट्रिय स्वास्थ्य संगठनले विभिन्न प्रकारका ब्रेन ट्युमरको उपचारमा एकरूपता आओस् भन्नाका लागि ब्रेन ट्युमरलाई विभाजन गरेको हो। यसमा ट्युमरमा चारवटा ग्रेड छुट्ट्याइएको छ। जति ग्रेड बढ्दै जान्छ ट्युमरको प्रकृति त्यत्तिकै नराम्रो हुँदै जान्छ।
रूपमा ग्रेड एक र दुईको ट्युमरलाई राम्रो ट्युमर भनिन्छ भने ग्रेड तीन र चारको ट्युमरलाई नराम्रो। यसको अर्को नाम क्यान्सर हो।
यसको उपचार गर्ने उपाय
ब्रेन ट्युमरको वास्तविक उपचार शल्यक्रिया नै हो। तर शल्यक्रिया कहिले गर्ने, तुरुन्तै गर्ने वा पछि गर्ने त्यो ट्युमरको प्रकृतिमा भर पर्दछ। कुनै कुनै ट्युमरलाई शल्यक्रिया गर्नु नपर्ने पनि हुन्छ। ब्रेन ट्युमरको शल्यक्रिया भन्नाले टाउकोको हड्डी खप्पर खोलेर ट्युमर निकाल्ने हो। सम्भव भएसम्म अपरेसन गर्नु अगाडि आवश्यक सिटी स्क्यान, एमआरआई तथा अन्य सबै जाँच पूरा गर्नुपर्छ। साथै सम्भव भएसम्म ट्युमर पूरै निकाल्ने कोसिस गर्नुपर्दछ। तर कहिलेकाहिँ ट्युमर सबै पूर्णरूपमा निकाल्न नसक्ने अवस्था पनि आउँदछ। जबर्जस्ती सम्पूर्ण ट्युमर निकाल्न खोजेमा बिरामी अझ गम्भीर बन्न सक्छ।
कहिलेकाहीँ ब्रेन ट्युमर शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण जाँच तयारी गर्न सक्ने समय र परिस्थिति नहुने अवस्था पनि हुन सक्दछ। आकस्मिक शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन सक्दछ। त्यस्तो अवस्थामा अपरेसन त सफल भयो तर बिरामी राम्रो भएन भन्ने परिस्थिति त्यस्तै अवस्थामा आउँदछ।
शल्यक्रियापछि ट्युमर कति बाँकी छ, प्रकृति कस्तो छ, अनुसार थप उपचारको जरुरत पर्दछ। थप उपचारमा रेडियोथेरापी र केमोथेरापी पर्दछ। रेडियोथेरापी भन्नाले विकिरणको सहायताले ट्युमरलाई सेक्ने भन्ने बुझिन्छ। ट्युमर र ट्युमरको वरिपरिको भागलाई विकिरणले राम्ररी सेकेपछि फेरि ट्युमर पलाउने सम्भावना कम हुन्छ। त्यस्तै केमोथेरापी भन्नाले क्यान्सरलाई मार्ने औषधिको प्रयोग गरी बाँकी ट्युमर र वरिपरिको भागमा रहेको क्यान्सर हुन सक्ने सम्भावना भएको कोष मार्ने प्रविधि बुझिन्छ।
अब नेपालमै उपचार
नेपालमा ब्रेन ट्युमरको उपचार सम्भव छ। नेपालका विभिन्न अस्पतालमा बे्रन ट्युमर उपचारको लागि आवश्यक दक्ष तथा अनुभवी न्युरोसर्जन तथा उपकरण उपलब्ध छन्। लामो समयदेखि विभिन्न किसिमका ब्रेन ट्युमरका शल्यक्रिया पनि भइराखेका छन्। नेपाली दक्ष जनशक्ति माथि विश्वास गरौं र हौसला दिऊँ।
लेखक: डा प्रवीण श्रेष्ठ
नर्भिक इन्टरनेसनल हस्पिटलक