• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नेपालमा एक महिनाभित्र अनिष्टको संकेत गर्दै गुगल व्वाइ रोए !
गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहालले आगामी एक महिनाभित्र नेपालमा कुनै आमूल परिवर्तन वा अनिष्ट हुने संकेत गरेका छन् ।


विहीवार उपचारका लागि अमेरिका जानु अघि आदित्यले यस्तो भविष्यवाणी गरेका हुन् । तर कस्तो किसिमको परिवर्तन अथवा अनिष्ट भन्नेबारे भने उनले केही बताएनन् । बाबु शेषराजका अनुसार आदित्यले आफू एक महिनापछि फर्कंदा मुलुकमा आमुल परिवर्तन आएको हुने दाबी गरेका छन् । ‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’, भेशराजले भने ।
आदित्य पारिवारिक सदस्यका साथ बिहीबार उपचारका लागि अमेरिकातर्फ प्रस्थान गरेका हुन् । अमेरिका उड्नुअघि उनी त्रिभुवन अन्तार्रािष्ट्रय विमानस्थलमा आँसु झार्दै रोएका थिए ।
आदित्यलाई विशिष्टहरु प्रवेश गर्ने द्वारबाट भित्र लगिएको थियो । शारीरिक रुपमा असक्त आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि सम्भव भएको थिएन ।
उनकै इच्छामा परिवारले उपचारका लागि अमेरिका लगेको हो । सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।
काठमाडौं:  काठमाडौं उपत्‍यकामा मंगलबार बिहान भूकम्‍पको धक्‍का महसुस भएको छ।

बिहान  १० बजेर ४२ मिनेटमा काठमाडौलाई केन्द्रबिन्दु बनाएर ४.३ म्‍याग्‍निच्‍युडको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्‍प मापन केन्द्रले जनाएको छ।

भूकम्‍पको धक्‍का आउनासाथ मानिसहरु आत्तिएर घरबाहि निस्किएका थिए। बल्खु तथा कालीमाटी आसपासको क्षेत्रलाई केन्द्र बनाएको परकम्पले बढी हल्लाएको महसुस भएको थियो।


यसअघि सोमबार गोर्खालाई केन्द्रबिन्दु बनाएर ४.९ म्‍याग्‍निच्‍यूडको परपकम्‍प गएको थियो भने आइतबार हुम्‍लामा ४ म्‍याग्‍निच्‍यूडको भूकम्‍प नै गएको थियो।

काठमाडौं, श्रावण २६ - सरकारले अत्यावश्यक वस्तुको खुद्रा मूल्य अनिवार्य तोक्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । कपडा, खाद्यान्न, निर्माण सामग्री, औषधि, भाँडाबर्तनलगायत वस्तुमा व्यापक ठगी बढ्न थालेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन र भन्सार विभागको संयुक्त पहलमा यस्तो नियम लागू गर्न लागिएको हो । यसबारे विभागले सम्बन्धित व्यवसायी र आयातकर्तालाई जानकारी गराइसकेको जनाएको छ ।

‘करिब १० रुपैयाँमा आयात गरिएको वस्तुहरू २/३ सय रुपैयाँमा बिक्री गरिएको छ । बढी मुनाफाका कारण स्वदेशी उद्योगीले पनि आफ्नो उद्योग बन्द आयाततर्फ केन्द्रित भएका छन,’ वाणिज्य विभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेले भने, ‘बजार व्यवस्थित बनाउन मूल्य तोक्न खोजेका छौं ।’ खुद्रा मूल्य असोज ११ गतेबाट अनिवार्य लागू हुने उनले बताए । व्यवसायीहरूलाई पनि सोही अनुसार तयारी हुन जानकारी गराएको विभागले जनाएको छ । ‘खुद्रा मूल्यसम्बन्धी भन्सारसँग छलफल भइसकेको छ । खुद्रा मूल्य असोज ११ बाट लागू सहमति भएको छ । ११ गते पश्चात भन्सारले तोकेको मूल्यमा सामन बिक्री हुनुपर्छ,’ बेल्बासेले भने, ‘मूल्य नतोके सामान जफत गर्छौं । आयातकर्तालाई कारबाही हुन्छ ।’

विभागका अनुसार सामान आयात गर्दा वस्तुमा उल्लेख गर्नूपर्ने सूचना अनिवार्य हुनुपर्छ । व्यवसायीले पनि वस्तुको मूल्य सार्वजनिक पत्रपत्रिकामा सूचना निकाल्नुपर्छ । सार्वजनिक गरिएको सूचना भन्सार र वाणिज्यमा पठाउनुपर्नेछ । त्यसपश्चात सम्बन्धित निकायमा अनुगमन तथा नियमन गरिने जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ९ मा उत्पादक र आयातकर्ताले उपभोग्य वस्तुको लेबलमा उत्पादकको नाम, ठेगाना, मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मितिलगायत आधारभूत जानकारीहरू अनिवार्य खुलाउनुपर्ने भनिएको छ । तर अधिकांश आवश्यक वस्तुमा मूल्य उल्लेख गरिएको पाइँदैन । अहिलेको अवस्थामा उपभोक्ताले अस्वाभाविक मूल्य तिर्नुपर्ने अवस्था देखिएको विभागको दाबी छ ।

भन्सारका महानिर्देशक शिशिर ढुंगानाले खुद्रा मूल्य कार्यान्वयनपछि न्यून बिजकीकरणको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘आयात/निर्यात संकेत नम्बर नम्बर अन्तर्राष्ट्रिय स्तरमै लागू भएको छ । त्यसलाई नेपालमा पनि व्यवस्थित गर्न खोजेका छौं,’ उनले भने, ‘खुद्रा मूल्यले न्यून बिजकीकरण समस्या समाधान गर्न मद्दत गर्नेछ ।’

खुद्रा मूल्यले बजार मूल्य र भन्सार मोलमा हुने फरकलाई ट्रयाक गर्न सजिलो हुने उनले बताए । भन्सारले सबै भन्सार विन्दुमा मूल्य ट्रयाक गर्ने उनले जानकारी दिए ।

विभागले करिब १० भन्दा बढी शीषर्कमा मूल्य तोक्न लागेको छ । पहिरन/कपडा (रेडिमेट कपडा, सुटको कपडा, तन्ना, कपास, धागो, जुत्ता चप्पल, पेटीलगायत) मा पहिलो पटक मूल्य तोक्न लागेको हो । लत्ताकपडामा मूल्य नतोक्दा व्यवसायीहरूले १० गुणाभन्दा बढी असुल्दै आएका छन् । खाद्यान्नमा चामल, कमै, गहुँ, फापर, दाल, गेडागुडी, पिठो, मैदा, आटा, सुजी, तोरी तेल, सूर्यमुखी तेल, भटमास तेललगायत तयारी तथा कच्चा पदार्थमा तोकिनेछ । यस्तै सबै प्रकारका चकलेट, चाउचाउ, चुइगम, बिस्कुट, कुकिज, पाउरोटी, केक, जाम, बटर, घिउ, चिज, मासुजन्य तथा माछाका परिकार, जंक फुड, मसलाजन्य पदार्थ, चिया कफी, पेय पदार्थको खुद्रा मूल्य अनिवार्य हुनुपर्ने जनाएको छ ।

भूकम्पयता निर्माण सामगमा पनि ठगी भएकाले सिमेन्ट, रङ, डन्डी, जस्तापाता, पाइप, मार्बल, टायल, अल्मुनियम तथा काठका तयारी झ्याल ढोका, पीपीभीसीका झ्याल ढोका, रेलिङ लगायतको मूल्य तोक्ने जनाएको छ । भाँडाबर्तन (राइस कुकर, फ्राई प्यान, कराई, थालहरू, गाग्री, ताउलो, करुवा, अमखोरा, थाल, कचौरा, गिलास, थर्मस), औषधिका सर्जिकल सामान (आयुर्वेदिक, एलोपेथिक, होमियोपेथिक, अपरेसन सुईहरू, एक्सरे, सिटिस्क्यान, एमआरआई, ल्याब लगायतको मूल्य तोक्ने तयारी छ ।

यस्तै इलेक्ट्रिकल (हिटर, पंखा, कुलर, बल्ब चिम, बत्तीहरू, तार, केबल, आइरन, पानी ताने पम्प), इलोक्ट्रोनिक्स (टिभी रेडियो, ओभन,बासिङ मेसिन, एयर कन्डिसन, कम्प्युटर/ल्यापटप,रेफ्रिजेरेटर, मोबाइल, यूपीएस), खेलौना/खेल सामग्री (सेरामिक्स, प्लास्टिक, कपडा, कागज, काठ, फुटबल, भलिबल, बास्केटबल, ब्याट) को पनि मूल्य तोकिनेछ ।

स्टेसनरी/अध्ययन सामग्री (पुस्तक, कापी, रजिस्टर, फोटोकपी पेपर, पेन, बलपेन, पेन्सिल, गणितीय सामग्री, स्कुल ब्याग, अध्ययन ब्याग), सौन्दर्य सामग्री (साबुन, पाउडर, सर्फ,सेम्फु लगायत) को पनि खुद्रा मूल्य तोकिनेछ । खुद्रा मूल्यको मूल्यांकन भन्सारले गर्नेछ । केही नमुना भन्सारमै परीक्षण गरिनेछ । यस्तै बजारको खुद्रा बिक्री तहमा वाणिज्यले अनुगमन गर्ने बेल्बासेले बताए ।
काठमाडौं, साउन २६ – एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाभित्रको शक्ति सन्तुलनमा पार्टी कमजोर भएकाले धेरै विषयलाई नयाँ संविधनमा संस्थागत गर्न नसकेको स्वीकार गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ । सिंहदरबारस्थित काार्यलयमा बसेको संसदीय दलको बैठकम सभासद्ले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले उक्त स्पष्टिकरण दिएका हुन् ।
कैलाली र कञ्चनपुरलगायत जिल्लालाई पहाडी प्रदेशमा समाबेश गरेको लगायत विषयमा सभासद्ले आपत्ति जनाएका थिए । ‘कैलाली र कञ्चनपुरलगायत जिल्लालाई पहाडी भूभागमा समावेश गर्न सहमत जनाएकोमा धेरैको आपत्ति थियो,’ सभासद् राम कार्कीले भने,‘तर, अध्यक्षले संविधानसभाभित्र पार्टीको शक्ति कमजोर भएको र संविधान बनाउन नदिने शक्तिको चलखेल बढ्दै गएकाले बाध्य भएर सहमति गर्नुपरेको जनाउभयो ।’उनका अनुसार संविधानसभाभित्र पार्टीको कमजोर उपस्थितिका बाबजुद धेरै विषयलाई नयाँ संविधानमा संस्थागत गर्न सफल भएको प्रचण्डले जनाए । माओवादी सभासद्ले नवलपरासीदेखि बर्दियासम्म तराइको अलग्गै प्रदेश बनाउनुपर्नेमा सो प्रदेश राप्ती अञ्चलका थप जिल्लासमेत गरेर पहाडसँग जोडेकोमा आपत्ति जनाएका थिए । ‘आठ प्रदेशको अडानमा नअडिएको र रातारात अडान फेरेर गएको भन्ने कुरा पनि आएको छ,’ सहभागी एक नेताले भने,‘कांग्रेस र एमालेको प्रस्तावमा पनि नवलपरासीदेखि बर्दियासम्मका तराई भूभागको अलग्गै प्रदेश बनाउने भन्ने थियो, रातारात कसरी परिवर्तन भयो भन्ने प्रश्न आएका थिए ।’ उनका अनुसार आठ प्रदेशमा अडान राख्न नसकेको , नागरिकता अझै पनि महिलामैत्री नभएको जस्ता गुनासो सभासद्को थियो । www.etajakhabar.com
घरजग्गा र सम्पत्तिसहित पत्नी अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही निकै तनावमा छन् ।
दु:ख, सुखमा साथ दिने पत्नीले धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ मूल्यको घर अरू कसैको भइसकेको रहेछ ।
हाल उनी छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।
‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले मेरो सर्वस्व लुट्यो । विदेशमा दुस्ख गरी कमाएर पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका लागि प्रहरीमा दौडधुप गरिरहेका उनले भने, ‘घरमा राखेको ८ तोला सुनका गहना, आइफोन, ल्यापटप सबै लगिन् । छिमेकीसँग मेरो नाममा ७ लाख ऋण पनि लिएकी रहिछन् ।’
विदेश जानुअघि शाही नेपालगन्जको एक गैरसरकारी संस्थामा काम गर्थें । धेरै पैसा कमाउने आशामा ५ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएँ, श्रीमती रुक्माकुमारी र एक छोरीलाई घरमै छोडेर ।
तीन–तीन महिनामा उनले विदेशबाट पैसा पठाउँथे । ५ वर्षमा १५ लाख ५० हजार श्रीमतीलाई पठाएको उनले बताए ।
विश्वास गरेरै घरजग्गा श्रीमतीकै नाममा राखेका थिए । तर पति विदेश गएपछि रुक्माले उक्त घरजग्गा आफ्नो आमाको नाममा पास गरेर बैंकबाट लोन लिइएको छ ।
जुन जग्गा बैंकले पैसा तिर्न नसकेको भन्दै लिलामीमा राखेको छ । उनी बागेश्वरी २ खजुराका सोमनबहादुर पाण्डेसँग दोस्रो विवाह गरेर त्यही घरमा बस्दै आएकी थिइन् ।
‘श्रीमतीका बारेमा छिमेकीबाट टीकाटिप्पणी हुन थालेपछि आत्तिएर कसैलाई थाहै नदिई गत आइतबार घर फर्किए । घर पुग्दा नसोचेको दृश्य आफ्नै आँखा अगाडि देख्नुपर्‍यो । सोमनबहादुर र श्रीमती मेरै घरमा थिए । म पुगेको थाहा पाउने बित्तिकै दुवै जना भागे,’ दानबहादुरले भने, ‘विदेशबाट जोडेको सम्पत्तिले घरमा सुखसँग जीवन बिताउँला भनेको उल्टो सबै वर्वाद भइसक्यो ।’
उनले सम्पत्ति फिर्ता पाउनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरू भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘दानबहादुर विदेशमै रहेका बेला रुक्माकुमारीले श्रीमानले घरबाट निकाला गरेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । तर पति विदेशमा रहेकाले घरमै म्याद तामेल गराई मुद्दा फैसला गराएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहराले भने, ‘वैदेशिक रोजगारले बलबहादुर सडकमा आएका छन् ।
फरार रहेका दुवै जनाको खोजी भइरहेको छ । न्याय दिलाउन प्रयास गर्छौं ।’ रुक्मासँग विवाह गर्ने पाण्डेको घरमा जेठी श्रीमती, दुई छोरी र एक छोरा छन् । रुक्मासँग विवाह दर्ता गराएको थाह पाएपछि जेठी श्रीमती बहुविवाह दर्ता गराउन प्रहरी कार्यालय आएकी छन् ।
dainiknepal.com
सेना एक सिपाहीले श्रीमतीको वीभल्स हत्या गरी २४ महिनाकी बालिकालाई जंगलमा फालेको रहस्य खुलेको छ । आजको कान्तिपुरमा खबर छ ।
रामेछाप मन्थली १ को जंगलमा महिलाको शव र नजिकै एक बालिका जिवितै भेटिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा उत्तः शव रामेछाप ४ की इन्द्रा विश्वकर्माको भएको र निजको हत्यामा पति रमेशकुमार सम्लग्न रहेको जनाको छ । अनुसन्धााका लागि शनिबार साँझ आफ्नै घरबाट पक्राउ परेका रमेशले अपराध स्वीकारेका छन् । www.etajakhabar.com
आज वि.सं. २०७२ श्रावण २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ अगस्ट ११ तारिख
श्रावण कृष्ण द्वादशी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, हर्षण योग, गर करण
आजको व्रत/पर्व : प्रदोष व्रत
भोलिको व्रत/पर्व : घण्टाकर्ण चतुर्दशी, नेवारी पर्व गथामुगचह्रे पूजा,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । समग्रमा बन्दव्यापारबाट फाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको संकेत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाटको सम्भावना छ । दाजुभाइ र दिदीबहिनीले कामधन्दामा चाहेजस्तो सहयोग गर्ने छैनन्, यद्यपि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तति पक्षका झिनामसिना समस्यामा केन्द्रित हुन सकिन्छ, तर तिनका क्रियाकलापले सन्तुष्टि मिल्नेछ र तिनको भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा धेरथोर समय दिइने छ । बौद्धिक र सृजनात्मक प्रतिभामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हो । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home