दीपक बुढा
सुर्खेत, साउन २८ – अखण्ड मध्यपश्चिमको माग गर्दै गरिएको आन्दोलनका क्रममा ज्यान गुमाएका टीकाराम गौतमका आफ्न्तले अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत नभएसम्म शव नबुझने बताएका छन् । आन्दोलन व्यक्तिगत फाइदाको लागि नभई राज्य प्राप्त गर्नका लागि भएकोले राज्य प्राप्त नभएसम्म शव नबुझ्ने मृतकका भाई कृष्ण गौतमले बताए ।
उनले अखण्ड मध्यपश्चिम हुनुपर्ने र त्यसको राजधानी सुर्खेत हुने सरकारले घोषणा गरेमात्र दाईको शव बुझेर दाह संस्कार गर्ने बताए । उनले भने, ‘जनताले सडकमा उठाएको माग सरकारले सम्बोधन गरोस अनि मात्र हामी शव उठाउँछौ ।’ मृतक गौतमका आफ्न्तले आन्दोलनका क्रममा ज्यान गुमाएका ३ जनालाई शहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्तिसहित परिवारको भरण पोषणको जिम्मा राज्यले लिनुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने र घटनाको निश्पक्ष छानविन गरी दोषिमाथि कारवाही गर्नुपर्ने मागपनि अघि सारेका छन् ।
मृतक टीकारामका छोरा अमृत गौतमले सरकारी कार्यालयको सुरक्षा नगर्ने प्रहरी—प्रशासनले एक जना व्यक्तिको घर सुरक्षाको नाममा बुवाको ज्यान लिएको बताए । उनले भने, ‘प्रहरीले गोली हान्नुपर्ने अवस्था थिएन । कफ्र्यू लाग्नुभन्दा अगाडि नै बुवाको छातीमा ताकेर गोली हानियो । डिआइजी आफैंले गोली हानेका छन् ।’ उनले थपे, ‘छातीमै ताकेर हानेको गोलीले बुबा ढलेपछि म उठाउन खोज्दै थिएँ । पछाडिबाट अर्को प्रहरीले लाठ्ठी र बुटले हान्यो ।’
घटनाका दोषि डिआइजी अधिकारीलाई कारवाही गर्नुपर्ने उनले माग राखे । मृतक टीकारामका श्रीमती दुर्गादेवी गौतमले आफ्नो श्रीमान्को कुनै दोष नभएको बताइन । उनले भनिन्, ‘मेरा श्रीमान्लाई ताकेर छातिमा किन गोली हानियो ? प्रहरीको ज्यादती बढी भयो ।’ ‘श्रीमान्को भरमा जिवन निर्वाह गर्दै आएका थियौं । अब कसले हामीलाई साहारा दिन्छ । अब हाम्रो सम्पूर्ण भरणपोषणको व्यवस्था सरकारले गर्नुपर्छ ।’
पूर्व–गृहमन्त्री पूर्णबहादुर खड्काको घर अगाडि भैरहेको प्रदर्शनका क्रममा वीरेन्द्रनगर—३ निवासी टीकाराम गौतममाथि गोली प्रहार गरिएको थियो । घटना स्थलमा पुगेका डिआइजी केशव अधिकारीले भीडलाई नियन्त्रणमा लिन आफैँले नेतृत्व गरेका थिए । जिल्ला प्रशासन कार्यालयसहित आधा दर्जनबढी सरकारी कार्यालयमा तोडफोड हुँदासम्म सिडिओ बलदेव गौतमले गोली चलाउन आदेश दिएका थिएनन ।
डिआइजी अधिकारीले नेतृत्व गरेको भीड नियन्त्रण गर्ने नाममा घटना स्थलबाटै सिडिओ गौतमलाई फोन गरेर गोली चलाउन आदेश मागेका थिए । घटनास्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक राजेशलाल कर्णलाई अपशब्द प्रयोग गर्दै गोली ठोक्न कडा निर्देशन दिइरहेका थिए । उनको आदेशपछि दिउँसो १२ः३० बजे प्रहरीले प्रदर्शनकारीमाथि अन्धाधुन्द गोली प्रहार गरेको थियो । छाती र टाउकोमा गोली लागेका गौतमको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जानकारी दिए । उनको मृत्युपछि स्थानीय प्रशासनले दिउँसो १ बजदेखि साँझ ९ बजेसम्म कफ्र्यु जारी गरेको थियो ।
साँझ ५ बजे धमला चोक नजिकै भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर—८ का यामबहादुर विसीको ज्यान गएको थियो भने अर्का प्रदर्शनकारी वीरेन्द्रनगर—४ का गोपालसिंह रजवारको भागदौडका क्रममा मृत्यु भएको थियो । मृतक ३ जनाको शव क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ । शव दाहसंस्कारका लागि स्थानीय प्रशासनले कुनै समन्वय, सम्पर्क नगरेको आफ्न्तले गुनासो गरेका छन् । यता प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले शवको पोष्टमार्टम गरी आफ्न्तहरुलाई हस्तान्तरण गर्न सहयोग गरिदिन राजनीतिक दल, नागरिक समाजलाई आग्रह गरेका छन् । मृतकका आफ्न्तले भने शवका बारेमा कुरा गर्न जाँदा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक गैरजिम्मेवारीपूर्ण प्रस्तुत भएका थिए ।
यसैवीच आन्दोलनकारी र प्रहरी—प्रशासनबीच समन्वय गरी आन्दोलनलाई शान्तिपूर्ण बनाउन मध्यस्थता गर्न कार्यालयमा बोलाएर प्राध्यापक, बुद्धिजिवि लगायत पेशाकर्मीहरुलाई अपमानित गरेर फर्काएको सुर्खेत क्याम्पस शिक्षाका उपप्राध्यापक बलभद्र भारतीले जानकारी दिए ।
www.ratopati.com

मुम्बई, श्रावण २८ । भारतको मुम्बईमा एक बिरामीको शल्यक्रिया गर्न लागेका चिकित्सक नै बेहोस भएपछि बिरामीको मत्यु भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार मंगलबार सियोन अस्पतालमा मुम्बई निवासी ६५ वर्षीय वामन जारेको फोक्सोको शल्यक्रिया गरिदैं थियो । फोक्सोमा पानी जमेको पाइएपछि चिकित्सककै सल्लाहअनुसार उनको शल्यक्रिया तय भएको थियो ।
शल्यक्रिया सुरु गरेका मूख्य चिकित्सकलाई नै अचानक ‘पेनिक अट्याक’ भयो । जसका कारण हतारहतार अर्को चिकित्सकले ती बिरामीको शल्यक्रियाको जिम्मेवारी सम्हाले ।
प्राप्त समाचारअनुसार ती चिकित्सकले बिरामीको फोक्सोको दाहिनेतर्फ ‘पङ्चर’ गर्नुपर्नेमा बायाँतर्फ ‘पङ्चर’ गरेपछि १५ मिनेटमै बिरामी अवस्था गम्भीर भई मृत्यु भएको हो । (एजेन्सी)
imagekhabar.com

झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन (सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ। ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ। यी पदार्थहरूमा, दुखाइ कम गर्ने औषधी (एस्पि्रन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ। आमाशयमा एच. पाइलोरिक लगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ। जथाभावी खानपानले पनि ग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग ज्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्। लामो समयसम्म जँाड-रक्सी, चिया, कफी,कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ। यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।
जटिलताहरूः
– यो रोगको समयमा नै उपचार नभए ग्यास्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ। यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
– ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ। त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं। पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्या उन पाउँदैन।
व्यायाम तथा प्राकृतिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन्।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ।
विश्राम व्यवस्थापनः
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ। सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ । ३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं।
२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएका लक्षण देखा पर्न गए चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं।
यो समाचार जनचेतनाका लागि शेयर गरिएको हो ।
-डा. हेमराज कोइराला

काठमाण्डौ । गायक र एवं पत्रकार रामप्रसाद खनालले गायिका ज्योती मगरले अभिनय गरेको म्यूजिक भिडियोको आलोचना गर्दै ‘बरु ब्लू फिल्म खेल्नु’ भनेपछि सामाजिक संजालमा ज्योती हटकेक बनेकी छिन् ।
फेसबुक, ट्वीटर र उनको गीत अपलोड गरिएको युट्युवमै पनि अधिकांशकले ज्योतीको हर्कतको निन्दा गरेका छन् ।
तर, ज्योतीलाई सवैले गालीमात्र गरेका छैनन्, कतिपयले समर्थन पनि गरेका छन् । धेरैको आपत्तिचाहिा खनालले किन ब्लु फिल्म खेल्न सल्लाह दिए भन्नेमा छ ।
मलेसियामा कार्यरत नेपाली इन्द्र नारथुङ्गेले आफ्नो फेसबुक स्टटासमा यस्तो लेखेका छन-
ज्योती मगरले अभिनय गर्दा र स्टेज सोमा प्रस्तुत हुँदा पक्कै छोटो कपडा लाउँछिन् । त्यसलाई नेपाली समाजको एक पुस्ताले अलिक पचाउन सक्दैन । तर नेपालमा ज्योती मगर मात्रै त्यस्तो कलाकार होइनन् । दर्जनौं फिल्ममा दर्जनौं नायिकाहरुले उत्तेजक किस र बेड सिन दिईसकेका छन् । कतिपय फ्लिमको त सम्बाद सुन्दा पनि अपाच्य लाग्छ, जुन सम्बाद नायिकाले बोलेकी हुन्छिन् ।
ज्योती मगरले छोटो कपडा लाएर नाचेकै आधारमा आफूलाई लोक गीत क्षेत्रको स्वघोषित गड फादर मान्ने एक भू. पू. नेपालीले आज सामाजिक सञ्जाल मार्फत ‘निलो फिल्म’ यानेकी ब्लु फिल्म खेल्ने सल्लाह दिएछन् ।
एक अग्रज वा नेपाली लोक सङ्गीतको पारखीको नाताले ज्योतिलाई लामो लुगा लगाएर नाच्न वा छोटो पहिरनमा लोकगीत नगाउनरननाच्न सल्लाह दिनुलाई अन्यथा मान्नु हुँदैन । तर सिधै निलो फ्लिम खेल भन्नू कहाँसम्मको तपाईको बौद्धिकता हो रामप्रसाद खनाल ज्यू ?
लोकगीतमा भित्री बस्त्र देखिनेगरी अभिनय गरेकोमा धेरैले आपत्ति जनाए ।
फेसबुकमै मंगोलियन केटो लेख्छन-
ज्योति मगरलाई सिधै निलो फिल्म खेल भन्नुको तात्पर्य प्रष्ट पारिदिनु पर्यो रामप्रसाद खनालले । ज्योतिको नितान्त ब्यक्तिगत इच्छा र पेसामा ठाडो हस्तक्षेप गर्ने अधिकार कस्ले दियो रामप्रसाद खनाललाईरु ज्योती लाई कपालमा समाएर घुमाउनु भन्दा अगाडी बिनिता बराल,नम्रता श्रेष्ठ, पुजना प्रधान, रेखा थापा, सुस्मा कार्की जस्ता अरु धेरै ले सेक्स भिडियो बनाउनेहरुलाई उधोमुन्तो पार्न सकेउ भने ज्योतिको बारेमा बोल्नु सुहाउँछ कि ?
www.onlinekhabar.com

रस्मिला तामाङ
काठमाण्डु,२८ साउन – प्लस टु सिध्याएपछि आफ्नै खुट्टामा उभिएर जिउँने सोच थियो । कुनै काम गरेर आत्मनिर्भर बन्ने सोचमा थिएँ म । वालिङको एकजना दिदीसँग आएको एक नयाँ मान्छे भेट भयो । दिदीले मलाई त्यो नयाँ मान्छेसँग चिनजान गराउँनुभयो । त्यो मान्छे नेपाल टेलिकम स्याङ्जा वालिङ शाखाको हाकिम यादवप्रसाद घिमिरे रहेछ । छोटो कुराकानीपछि म आफ्नो बाटो लागे उनीहरु आफ्नो ।
सामान्य भेटघाट र परिचय भएको छ महिनापछि त्यही हाकिमले ‘टेलिकमले मान्छे खोजेको छ, जागिर खाने भए आउनू’ भन्ने खबर पठाएछ । मलाई जागिरेको आवश्यकता थियो । म उसलाई भेट्न गएँ । म बुटवलबाट प्रत्रिकामा काम गर्थेँ । भेटपछि उसले ‘भन्यो यो पत्रकारीताले पेट भरिँदैन । साइड जव गर्नुपर्छ ।’ उसले ‘भ्याकेन्सी नखुलाई भित्रैबाट सेटिङ मिलाएर तिमीलाई जागिरमा राखिदिन्छु तर तिमीले अन्तर्वार्ताको लागि पोखरा जानुपर्छ’ भन्यो ।
मैले सोचेँ अन्तरवार्ताका लागि पोखरा किन नजानु ? जान्छु भन्ने ठानेँ । त्यसपछि पोखरा जाने टुंगो लाग्यो । बिहानै पोखरा पुग्ने, अन्तरवार्ता दिएर फर्कने सल्लाह भयो । पोखरा जाने दिन ६४ पुस १७ गते थियो । मैले उसलाई बिहानै फोन गरेँ । ‘उसले फुर्सद छैन, २ बजे तयार हुनु’ भन्यो ।
स्याङजाबाट दिउँसो दुई बजेको माइक्रो चढेर साँझ साँढे ५ बजे पोखरा पृथ्वीचोक आइपुग्यौं । उसको सामान किन्न ट्याक्सीमा महेन्द्रपुल गयौँ । उसले आफ्नो लागि किन्यो । अनि मलाई पनि सामान किन्न आग्रह ग¥यो । मैले ‘मलाई पर्दैन’ भन्दा ‘मलाई नराम्रो नसोच’ भन्थ्यो । उसले मलाई एउटा टोपी किनिदियो । त्यहि ट्याक्सी चडेर फेरि घारीपाटन पुग्यांै उसको दिदीको घरमा । उसले आज आफ्नी दिदीकोमा बस्ने र भोलिपल्टको इन्टरभ्यूका लागि तयारी गर्ने भन्यो ।
‘दिदीको घर पुगियो, बाहिर एकजना महिला थिइ्न् । उसले ‘दिदी ठिक छ ? भान्जाभान्जी खै त’ भन्यो । यति भनेपछि मैले उसको दिदीकै घर रहेछ भन्ने विश्वास भयो । राति ८ बजे खाना खाइयो अनि म आफ्नो कोठामा आएँ । र उ पनि पछिपछि आयो । भोलि हुने अन्तरवार्ताको बारेमा केहि कुराकानी भयो । धेरैबेरसम्म घिमिरे मेरो कोठाबाट निस्केन । सुत्ने बेला भइसकेको थियो । मैले चलाइरहेको मोबाइल खोसेर खाटमुनि फालिदियो ।
त्यसपछि मलाई उसको नियत ठीक छैन भन्ने लाग्यो । त्यसअघिसम्म आफू सुरक्षित छु जस्तो लागे पनि त्यसपछि मलाई औधि डर लाग्न थाल्यो । म भयभित भएँ । मैले डरले काम्दै तपाईँ अब जानूस् भने । ऊ उठ्यो । ढोका तिर गयो । मन केही शान्त भयो । तर उ ढोकाबाट निस्कने । बरु ढोकाको चुकुल लगायो । अब म मर्नु न बाँच्नुको दोसाँधमा पुँगे । मेले भनेँ के गरेको यस्तो ?
उसले जवाफ दियो ‘यहि दिनका लागि मैले ६ महिनादेखि योजना बनाएको ।’ मैले केहि सोच्न सकिन मैले रुँदै भने, ‘यसो नगर्नुस् मेरो जिन्दगी बर्बाद हुन्छ,’ केहि सिप लागेन म चिच्याउन थाले तर,उसले मेरो घाँटी अठ्यायो । उसले फेरि भन्यो, ‘हल्ला नगर यहाँ कसैले तेरो उद्धार गर्दैन । मेरो केहि सिप चलेन मध्यरातमा त्यसले मेरो सर्वश्व लुट्यो । जबरजस्ती गरेपछि उ मस्तले निदायो । मेरो जीवनभरको निद्रा बिथोलियो । म बेचैन भएँ । अध्याँरो रातमा मैले आफ्नो जीवन समाप्त भएको, बाँकी जीवन अध्यारो मात्रै रहेको देखेँ । साथमा सल थियो । एक मनले सोँचे बलात्कारपछिको तिरस्कृत जीवन जिउँनु भन्दा मर्नु नै बेस छ ।
सिलिङको फ्यानमा झुन्डिने सोच आयो । तर त्यो साहस गर्न सकिँन । अर्को मनले सोँचे, यस्तो निर्दयीले त मार्न सकने, अब म किन मरुँ ? यो अत्याचारको बदला नलिइ कसरी मर्नु ? न्यायको लडाइँ नलडि कसरी मर्नु ? मर्न हैन लड्न साहस जुटाएँ । खाटमुनिबाट मोबाइल टिपेँ । साथीलाई फोन लगाएँ । त्यसले सुन्ला भन्ने डरले केही बेर फोन उठे पनि केही बोलिँन । उताबाट साथीको एसएमएस आयो । लेखिएको थियो, ‘के भयो’ मैले जवाफ फर्काए ‘म आपतमा छु, मेरो अस्मिता लुटियो, तिमी भोलि बिहान ७ बजेसम्म आइपुग, यहाँ घरिपाटन आँखा अस्पताल छेउमा ।’ फेरि मेरो मोबाइलमा एकजना पत्रकार साथीको फोन आयो, त्यसपछि इन्सेक भन्ने संस्थाकी दिदीको ।
उनीहरुले नआत्तिनू भनेर सम्झाए । उनिहरुले ‘पुलिस पठाइदिन्छौँ तिमी बाहिर निस्कनु ।’ यस्तो एसएमएस आएपछि मैले चुपचाप आफ्ना एकसरो कपडा समहालेँ । खाटबाट उठेर भाग्न लाग्दा मुटु ढक्क फुलेर बन्द भएजस्तो भयो । जिउ पुरै काम्यो । बिस्तारै चुक्कुल खोलेर बाहिर निस्किएँ । ढोका थुनिदिएँ र ट्वाइलेटमा लुके ।
बिहान ३ बजे पुलिस आयो र उसलाई समात्यो । अनि प्रहरीकै गाडिमा घिमीरे सँगै म पनि जिल्ला प्रहरी कार्यालय काँस्की पुग्यौं । विहान ८ बजेतिर साथीहरु आईपुगे । त्यो बेलासम्म प्रहरीले खासै मेरो स्वास्थ्यको वास्ता गरेको थिएन । साथीहरुको दबाब पछि प्रहरीले बेलुका ८ बजे स्वास्थ्य परिक्षण गरायो । १७ गते घटना घट्यो तर प्रहरीले अनेक बहाना बनाएर २२ गते मात्र उजुरी लियो । प्रहरी उजुरी नलिने पक्षमा थियो । जाहेरी लिँदै गर्दा पनि जिल्ला प्रहरी कास्कीका एसपी रमेश भट्टराईले ‘तिमीले यो मुद्धा हार्छौ, फिर्ता लिउ’ भनेर पटक पटक भनेका थिए ।
मलाई अचम्म लाग्यो, जहाँ म न्यायको याचना गरेर आइपुगेँ, त्यहीँ मलाइ जाहेरी फिर्ता लिन दबाब दिइयो । बलात्कृत भएकी छु भन्दा पनि प्रहरीका उपल्लो तहका अधिकारीको त्यो शैलीले मलाई कस्तो समाजमा बाँचिरहेकी छु जस्तो लाग्यो । तर, मलाई विश्वास थियो, म अन्यायमा परेको छु जे परे पनि म लड्न तयार हुन्छु भन्दै जाहेरी दिएँ ।
मेरो जाहेरी २२ गते दर्ता भयो । . घिमीरे जसले मेरो सर्वश्व लुट्यो उसका परिवारबाट पटक पटक आश्वासन र धम्की आए । मैले कसैको कुरा सुनिन । लडिरहेँ ।
मलाई सँधै लागिरहन्थ्यो, पहिले झै जस्तो समाजमा हाँसेर बाच्न पाउँ । साथीहरुले पहिलेको जस्तै माया गरुन् । तर मैले पाउन सकिन । मिल्ने साथीहरु पनि मेरो कुरा काट्दै हिँड्थे । अरु समुहमा हिँड्थे म एक्लै हिँड्थे । म समस्या र चुनौतीका थुपै्र थुप्राले थिचीएकी थिएँ । घटना सार्वजनिक भईसकेकोले गर्दा मेरा लागि समाजका तमाम् मानिसहरु यादव घिमिरे सरह जस्ता लाग्थे । किनभने जसको मैले केही बिगारेकि थिइँन, उनीहरुसँग पनि लड्नु पर्ने अवस्था आयो ।
अरु त अरु मलाई सरकारी वकिलले पनि सहयोग गरेनन् । प्रहरीले जाहेरी फिर्ता लिनु भनेर पटक पटक भनेको थियो । वकिलहरुले समेत मलाई कमजोर बनाउन बकपत्रको सुचनानै दिएनन् । अरुबाटै मलाई सामान्य खबर आउथ्यो । पोखराबाट एकजना वकिलले आज तिम्रो बकपत्र हो भनेर फोन गरे । त्यसलगत्तै मैले सरकारी वकिललाई ‘सर आज मेरो बकपत्र हो भनेर फोन गर्दा हो तिमीले आउनु पर्दैन भने ।’ विश्वास गरेर बसेँ । त्यो वेला चुनाव संविधानसभाको चुनाव आईरहेको थियो ।
मन भरि पिडा भएपनि म आफ्नो कामलाई निरन्तरता दिईरहेकी थिएँ । मतदाता शिक्षाको बारेमा ३ गाविसमा ट्रेनरको रुपमा म पनि खटिएकी थिए । त्यहाँकै इन्सेकमा काम गर्ने दिनी र म दिदीको काम दिएर अदालत गएका थियौँ । त्यहाँ मेरै केशको बारेमा कुरा हुँदै रहेछ । मेरै गल्ति भनेर कुरा हुँदै थियो । त्यहाँ मैले घटनाको बारेमा सकै कुरा बताए ।
त्यसपछि एकजना पूर्वन्यायाधीशले मलाई भने तिमीले मुद्धा लड्नुपर्छ । मुद्धा लडेनांै भने तिमी हार्नेछौ । मुद्धा लड गल्ति तिम्रो होइन रहेछ ।’ तिमी लड भनेर भन्नुभयो । त्यसपछि म त्यहीँबाट ट्याक्सी लिएर एक्लै पोखरा गएँ । प्रहरीबाट बकपत्रको लागि चिठी लिएँ र सरकारी वकिलको हस्ताक्षर लिन पुगेँ । मैले वकिललाई साइन गर्न भने तर, वकिलले तिमी यहाँ नआउ यो मुद्धा फिर्ता लेउ भनेर मलाई हप्काए । त्यो वकिलसँग पनि लड्नु पर्ने भयो । म लड्न तयार भए । र बकपत्र लिएर फेरि अदालतमा गएँ । फेरि नयाँ एफएम मा काम शुरु गरेँ ।
घटनाको एकवर्ष पछि २०६५,माघ २९ गते जिल्ला अदालत कास्कीले मुद्दामा फैसला गर्यो । बलात्कार गरेको ठह¥यायो । अदालतले २९ माघ २०६५ पीडक घिमिरेलाई ६ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दियो । कास्की जिल्ला अदालतको फैसलाअनुसार घिमिरे एक वर्ष नौ महिना कैदमा प¥यो । तर, पुनरावेदन अदालत गयो । पुनरावेदनले उसलाई सफाइ दियो ।
८ महिनामै पुनरावेदनले जिल्ला अदालतले दोषी ठह¥याएका लाई सफाइ दियो ।
मेडिकल रिर्पोट कमजोर भएको र घिमिरेले यौनसम्पर्क राखेको होइन भनेर दिएको बयानलाई आधार मानेर पुनरावेदन अदालतले फैसला गरेको रहेछ । पुनरावेदनले सफाइ दिएपछि जेलमुक्त भयो । १ वर्ष ९ महिना जेल बसेर उ टेलिकमको जागिरमा फर्कियो ।
पोखराको फैसलाविरुद्ध फेरि २०६६ फागुन २५ गते म सर्वोच्च गएँ । न्यायको अन्तिम आश लिएर म सर्वोच्च धाउँथे । कहिले विपक्षीले पेशी सार्छ कहिले अदालतले हेर्न भ्याउँदैन । कहिले आफ्नो पक्षका वकिलले समेत धोका दिन्छन् । न्याय पाउन पनि उनले लामो संघर्ष गर्नुप¥यो । सर्वोच्चमा मुद्दा दायर भएपछि २६ पटकसम्म मुद्दा पेसीमा चढ्दै अड्किएर बस्यो । न्यायाधीशहरूले पटकपटक कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याउने भन्दै पन्छाइरहे ।
२०६७ सालमा म काठमाण्डु आए । एउटा एफएममा काम गर्न थाले । अनि मलाई सर्वोच्च धाउन पनि सजिलो भयो । त्यसपछि मेरो फेसबुक र ईमेल सबै ह्याक भए । मेरो फेसबुकबाट साथीभाइ र चिनजानका मान्छेलाई तथानाम गाली र फोहोरी शब्द जान थाले ।
कति ठाउँमा स्पष्टीकरण दिँदै हिँड्न प¥यो । कसैले मेरो अकाउन्टबाट साथीहरुलाई मार्नेसम्मको धम्की दिन थाल्यो । म दिनदिनै आतंकित भएँ ।
मेरो फेसबुक, इमेल अरुकै नियन्त्रणमा पुगे । मोबाइल नम्बर कसैले ट्यापिङ गर्यो । तनाबले केही काम गर्नै सकिन । एफएममा रातिको ड्यूटी थियो । असुरक्षित हुँदै गइरहेको थियो दैनिकी । त्यसपछि म प्रहरीकोमा पुगेँ । त्यसपछि घिमीरे भद्रकालीको टेलिकममा कल डिटेल्स निकाल्ने काम गर्दो रैछ । स्याङजाबाट सर्वोच्चमा मुद्धा दायर भएपछि काठमाण्डु आएको रहेछ । मैले कतैबाट आफूलाई सुरक्षीत महशुस नभएपछि मैले देशै छोडे ।
डेढ वर्ष नेपाल बाहिर बसेँ । तैपनि मनमा चैन भएन । मुद्दा त नेपालमै थियो । लड्नु त यहीँ आएर थियो । मलाई न्याय नपाएसम्म जहाँ गएपनि शान्ति भएन । फेरि नेपाल फर्किएँ । मलाई सबैभन्दा बढी परिवारको साथ थियो । अनि संघ–संस्थाले पनि साथ दिएकै हो ।
८ वर्षको लडाइँ पश्चात मैले न्यायको अनुभूति गरेँ । २०७१ साल पुस ३ गते सार्वोच्चले घिमीरेलाई दोषी ठह¥याई ५ वर्ष कैद र १ लाख ५० हजार क्षतिपुर्तिबापत पीडितलाई दिने भन्ने फैसला ग¥यो । तर सर्वोच्चको आदेशमा पीडितले पीडकको जाहेजेथा देखाएमा त्यसैबाट क्षतिपर्ति पाउने भन्ने फैसला थियो ।
अब मैले कसरी पाउने क्षतिपूर्ति मलाई उ चितवनमा बस्छ भन्नेसम्म थाहा थियो । तर कहाँ के मलाई केहि थाहा थिएन । म चितवन गएँ र मालपोतमा उसको जग्गा र सम्पत्ति खोजतलास गर्दा कहीँ बाट पत्ता लागेन । त्यपछि म काठमाण्डु फर्किएँ । र अन्तमा मैले सोचे उसको टेलिकममा जागिर थियो त्यहि केहि हुन्छ कि भनेर गएँ । त्यहाँ यादवको केहि पैसा बाँकी रहेछ र पैसा रोक्का गरेर मैले आफूले पाउने क्षतिपुर्ति त्यहिबाट पाएँ । त्यो डेढ लाख त मेरो लागि केहि हैन । मैले ८ वर्षसम्म पाएको शारिरीक र मानसिक पीडा त अर्बौ खर्च गर्दापनि फर्काउन सकिँदैन । जे नहुनु थियो त्यहि भैसक्यो । अब बाँकी जिवन संघर्ष गर्छु ।
मैले क्षतिपूर्तिबापत पाएको पैसा मेरो मात्रै हैन हामी जस्ता अन्यायमा परेका दिदीबहिनीको हो । त्यहि भएर मैले यहि डेढ लाखको अक्षय कोष स्थापना गर्ने सोच बनाएँ र अहिले मैले त्यो पैसा क्रियाशील पत्रकार महिला समुह (डब्लुडब्लुजे) को नाममा एउटा कोष खडा गरे । म जस्तो पीडामा पर्ने दिदीबहिनीहरुको लागि केहि हुनेछ भन्ने आशा गरेकी छु । यसमा सबैले साथ दिनुहोला ।
(पीडित (रस्मिला तामाङ)सँग सरला कट्टेलले गर्नुभएको कुराकानीमा आधारित । पीडितको नाम परिवर्तित हो ।)
kathmandutoday.com

साउन २८ काठमाडौं । निरन्तर ओरालो लागेको सुनको भाउ फेरि उकालो लागेको छ । बुधबार सुनको भाउ सात सय रुपैयाँले उकालो लाग्यो ।
बुधबार प्रतितोला छापावाला सुन ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार प्रतितोला ४८ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै चाँचीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । प्रतितोला चाँदी ६ सय ८५ रुपैयाँमा कारोबार भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

आज वि.सं. २०७२ श्रावण २८ गते बिहीबार तदनुसार ई. सं. २०१५ अगस्ट १३ तारिख
श्रावण कृष्ण चतुर्दशी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, सिद्धि योग, चतुष्पाद करण
भोलिको व्रत/पर्व : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमंग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुनेछ । लामो दूरीको लाभदायी यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थकानको अनुभूति गर्नेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । तर आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईको काममा असर पुर्याउने छैन । बढी खर्च र यात्रा दुवै हुन सक्छ, तर आर्थिक रूपमा टेवा नै पुग्नेछ । गुप्त योजना कार्यान्वयन हुन सक्छन् । घरपरिवारमा सामान्य छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरूले आज राम्रो आर्थिक लाभ गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा मिहिनेत गर्ने विचार आउने छ । सन्तति पक्षको क्रियाकलापमा ध्यान केन्द्रित हुन सक्छ । बन्धुबान्धवले तपाईंका सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।