काठमाडौँ, ८ भदौ ।
कैलाली घटनाका घाइते प्रहरी हवल्दार मकेन्द्र अधिकारीका अनुसार टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेलाई आक्रमणकारीले ढलाई सकेपछि मात्रै उनले गोली हान्ने आदेश दिए ।
“तर, हामीसँग हतियारको नाममा ग्यास र प्लाष्टिकका गोलीबाहेक केही थिएन,” उनले भने, “ठूलो समूहमा तयारीसाथ आक्रमण गरेका आन्दोलकारीलाई लखेट्न हाम्रो हतियारले काम गरेन ।” टीकापुर अशान्त हुँदै गएपछि धनगढीबाट १० दिनअघि नै उनीहरुलाई टिकापुरमा खटाइएको थियो ।
घाइते हवल्दार अधिकारी भन्छन, “हिंजो (७ गते) दिउँसो ढुंगामुढा हुन शुरु भएपछि हामीलाई घटनास्थलमा पठाइयो, आक्रमण गरेर लडिसकेपछि एसएसपीले गोली हान्ने आदेश दिनुभयो तर, हामीसँग गोली नै थिएन ।”
घटनास्थलमै भएको सशस्त्र प्रहरीसँग गोलीसहितको हतियार भए पनि उनीहरुले आदेश नभएको भन्दै गोली नचलाएको उनी बताउँछन् । उनले भने, “सशस्त्र प्रहरीलाई समयमै गोली चलाउने आदेश दिएको भए सायद यति ठूलो हताहती हुने थिएन होला । ” आन्दोलनकारीले चारैतिरबाट घेरेर आक्रमण गरेपछि खेतखेतै भागेर बाँचेको बताउने उनले अगाडि भने, “कति प्रहरीहरु खेतको हिलोमा भाग्न नसकेपछि आन्दोलनकारीले कुटीकुटी त्यहीं मारे ।”
आन्दोलनकारीहरु बन्चरो, भाला, खुकुरी, तरवार जस्ता हतियार लिएर आएको पनि उनले बताए । ‘हामीलाई आदेश थिएन’ शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका सशस्त्र प्रहरीका सहायक हवल्दार सुरेन्द्र हमालले आफूहरुलाई गोली हान्न आदेश नआएकै कारणले यति ठूलो घटना भएको बताए ।
उनले आन्दोलनकारीले आफूहरुमाथि आक्रमण गरिरहँदा पनि गोली चलाउने आदेश नआएपछि आत्मरक्षा गर्न नसकिएको बताए । “ठूलो समूहमा रहेका उनीहरु तरवार र भालाले आक्रमण गर्दै थिए, गोली चलाउन नपाएपछि हामी भाग्नु बाहेक उपाय थिएन,” उनले भने, “हामी भाग्यौं, त्यसपछि आदेश आयो÷आएन थाहा भएन ।”
१४ घाइते कोहलपुरमा बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा राति साढे १२ बजेसम्म कैलाली घटनाका १४ जना घाइतेलाई ल्याइएको छ । घाइतेमध्ये प्रहरी नायव निरीक्षक रविन्द्र धनुषे, सशस्त्र प्रहरी सहायक हवल्दार सम्शेरसिंह टमाटा र सशस्त्र प्रहरी हवल्दार रबिन्द विकको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
स्रोत : हिमालखवर भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, ८ भदौ । टीकापुरको क्रृर अमानवीय घटनाबाट बालबाल ज्यान जोगाएका सशस्त्र प्रहरीका एसपी लक्ष्मनबहादुर सिंहले थरुहटको आन्दोलनमा पूर्वमाओवादी लडाकुको संलग्नता रहेको बताएका छन् । ‘यति ठुलो अमानवीय घटना थरुहट आन्दोलनकारीबाट मात्र भएको होइन’ एसपी सिंहले भने ‘मेरो सुचनामा पूर्व माओवादीका लडाकुहरुको घुसपैठ थियो ।’
अघिल्लो दिनमात्र आन्दोलन शान्तिपूर्ण गर्ने थरुहट नेता र स्थानीय प्रशासनबीच सम्झौता भएको थियो । सम्झौता भएको दोस्रो दिन नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नावालक मारिएका छन् । हजारौको संख्यामा आएका आन्दोलनकारीकाबीच प्रवेश गरेका पूर्वमाओवादी लडाकुले पहिले सुरक्षाकर्मीका कमाण्डरमाथी आक्रमण गरेका थिए । आन्दोलनकारीलाई सम्झाउन खोजिरहेका बेला पूर्वमाओवादी लडाकुले एसएसपी लक्ष्मण न्यौपानेको हत्या गरेको उनले बताए । ‘एसएसपी सावले भाइहरु नगर भन्दै सम्झाउँदै हुनुहुन्थ्यो’ एसपी सिंहले भने ‘त्यहीबेला एक्कासी चारैतिरबाट घेराहाली एसएसपी सावको हत्या गरियो ।’
‘उनीहरुको आक्रमण कुनै सिधासादा जनताले गरेको जस्तो थिएन’ एसएसपी सिंहले भने ‘पुरै तालिम प्राप्त सेनाबाट गरिएको जस्तो थियो ।’ आक्रमणमा सहभागि भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटना तालिम प्राप्त ब्यक्तिहरुको समुहबाटै भएको निस्कर्ष निकालेका छन् । घटनामा घरेलु हतियार भाला मात्र नभई भरुवा बन्दुक पनि प्रयोग गरिएको थियो ।
‘हामी दुई ठाउँबाट निस्कन खोज्यौ तर निस्किने ठाउँ नै थिएन, एसपी सिंहले भने ‘जनताले गरेको आन्दोलन र भिडन्तमा यस्तो हुँदैन ।’ उनले पूर्वमाओवादी लडाकुहरु दुई दिनअघि बाँके, बर्दिया, र दाङबाट आएको एसपी सिंहले बताए । ‘उनीहरु २ दिनअघि कैलाली प्रवेश गरेको हामीलाई जानकारी थियो, तर शान्तिपूर्ण आन्दोलन भएकाले हामीले कुनै गोली बर्साएनौ’ उनले भने ‘हामीले गोली हानेको भए धरैको ज्यान जान सक्थ्यो ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मंगलबार, ८ भदौ
काठमाडाैं । ‘त्यो घैंटेको नम्बर पत्ता लगाउ त यार त्यसलाई हान्नुप¥यो ।’ घैंटेलाई मात्र होइन दाई, चक्रेलाई एकैचोटी हानौं ।’
करिब दुई महिनाअघि लाजिम्पाटको एक रेष्टुरेन्टमा महानगरीय अपराध महाशाखाका दुई डिएसपीबीचको संवाद हो यो । त्यतिबेलादेखि नै काठमाडौंमा डनको इन्काउन्टरबारे तयारी प्रहरीले सुरु गरिसकेको थियो ।
तर दुई डिएसपीको सल्लाहअनुसार २ जना नभई घैंटेको गत बिहीबार बिहान ‘इन्काउन्टर’ मा मृत्यु भयो । त्यसो त घैंटेको इन्काउन्टरबारे पहिलेदेखि नै हल्ला भइसकेको थियो ।
त्यो कुरा घैंटेले पनि थाहा पाइसकेका थिए । ‘इन्काउन्टर गर्नुपर्ने कारण त हुनुप¥यो नि’ भन्दै उनले एक महिनाअघि एक अनलाईनलाई अन्तरवार्तासमेत दिएका थिए । आफ्नो पछाडि प्रहरी लागेको थाहा पाएपछि उनी अमेरिका जाने तयारीमा लागेका थिए ।
तर, नेताहरुले केही गर्न नसक्ने भन्दै ढुक्क भएर हिंड्नु भन्दै संरक्षण दिएका थिए । एसएसपी सर्वेन्द्र खनालले आफूले जे भने त्यही मान्ने भन्दै नेताहरुले उनलाई सघाउँदै आए थिए ।
तीनै नेताको भर गर्दा घैंटे गत बिहीबार मारिएका हुन् । घैंटेका एक सहयोगी भन्छन्, ‘यदि नेताहरुले उनलाई भरोसा नदिएको भए उनी विदेश गइसक्थे, त्यस्तोघटना नै हुने थिएन, घैंटेको पैसामा मस्ती गर्ने नेताहरुको कारण उनी मारिएका हुन् ।’
उनको इन्काउन्टरको अर्को कारण भनेको प्रहरीसँगको उनको दुश्मनी हो । प्रहरीले तारेखमा बोलाउँदा उनी नेतालाई सँगै लिएर गई आफ्नो रवाफ देखाउँथे ।
नेताहरुकै संरक्षणमा प्रहरीलाई समेत धम्क्याउने गरेका थिए । अर्जुननरसिंह केसी, जगदिशनरसिंह केसी, गगन थापा, भिमसेनदास प्रधान, धनराज गुरुङजस्ता सभासदहरुसँग राम्रो दोस्ती भएपछि उनी आफूलाई प्रहरीले केही गर्न नसक्नेमा ढुक्क थिए । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

प्रहरीद्वारा चार राउन्ड हवाइ फायर
कैलाली: कैलालीको टीकापुरमा प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गरेको छ। मृतकका आफन्तहरु अस्पतालमा रुवाबासी गरिरहेको समयमा थरुहटका कार्यकर्ताविरुद्ध आक्रोस पोख्दै युवाहरुले कर्फ्यूको तोडेको हो।
उनीहरुले कर्फ्यु तोड्दा प्रहरीले टीकापुरमा चार राउण्ड हवाइ फायर गरेको छ। यसका साथै प्रदर्शनकारी युवाहरुलाई संयमता अपनाउन प्रहरीले आग्रह गरेको छ।
प्रदर्शनकारी युवाहरु विशेषगरी थारु सभासद् रामजनम चौधरी र थहरुहटका कार्यकर्ता विरुद्ध नाराबाजी गरिहरेका छन्। उनीहरुले थारु नेता तथा कार्यकर्ताको घर तोडफोड गर्ने भन्दै प्रदशर्न गरिहरेका छन्।
यस्तै धनगढीमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यु लागइएको छ। धनगढीका ६ वटा गाविस मनुवा, जोखिमपुर, नारायणपुर, धनसिंहपुर, पथरैया, दुर्गौली र टीकापुर नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी राजकुमर श्रेष्ठले जानकारी जानकार दिएका छन्।
उनका अनुसार सम्भावित क्षेत्रमा झडप र प्रदर्शन हुन सक्ने भन्दै दंगाग्रसत क्षेत्र घोषणा गरिएको हो। यता, सोमबार मृत्यु भएकाहरुको शव काठमाडौं ल्याउने तयारी गरेको छ।
annapurnapost.com

८ भदौ, काठमाडौं । सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीले ज्यान गुमाए ।
शान्तिपूर्ण भनिएको आन्दोलनमा उच्च पदस्थ प्रहरी अधिकारी मारिएको सम्भवत यो नै पहिलो घटना हो । आखिर त्यहाँ के भएको थियो जसले गर्दा प्रहरीका उच्च अधिकारी नै मारिए ?
सोही घटनामा मुस्किलले बाँचेका शसस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले घटनाबारे यसरी सुनाए-
एसएसपी लक्ष्मण न्यौपाने र म एउटै गाडीमा घटनास्थल गएका थियौं । उहाँको गाडी अगाडि नै गइसकेकाले ‘आज भाइकै गाडीमा जाउँ’ भन्नु भयो । हामी चोकमा पुग्दा झडप सुरु भइसकेको थियो ।
झडपलाई रोक्न सुरक्षाकर्मीले पहिले अश्रुग्यास हानेको थियो । तर, आन्दोलनकारीले एकैचोटी चारैतिरबाट घेरे र हामी बिचमा पर्यौं । आन्दोलनकारीको भिड ठूलो थियो । त्यो भिडमा हामी आधाआधा भयौं । एसएसपी साबले भाइहरु केही नगर भनेर सम्झाउँदै हुनुहुन्थ्यो । तर, भिडले सुनेन् र दुःख घटना हुनपुग्यो ।
आन्दोलनकारी छापामार शैलीमा आएका थिए । झडपका क्रममा उनीहरुले ढुंगा धेरै हाने । बढी सुरक्षाकर्मी ढुंगा लागेर घाइते भएका छन् । म आफैं पनि दुई पटक ढुंगाले लागेर ढलेँ । सञ्चार सेटमा कुरा गरिरहँदा ढलेपछि अंगरक्षकले तानेर बचाए । तर, मेरो अंगरक्षक हवल्दार रामबिहारी थारुले ज्यान गुमाए । उनलाई आगो लगाएर मारेका रहेछन् ।
चारैतिरबाट ढुंगा हानेपछि घाइते भएका सुरक्षाकर्मीको उद्धार गर्न खोज्यौं । तर, उनीहरुले चारैतिरबाट घेेरेकाले हामी निस्कन सकेनौं । दुई ठाउँबाट निस्कने प्रयास गरेका थियौं । हामीले त्यसका लागि अश्रुग्यास र हवाइ फायर गरेका थियौं । अश्रुग्यास हान्दा हावाले हामीतिर ल्याइदियो, त्यसले झन् गाह्रो भयो ।
आन्दोलनकारीले केही दिनअघिदेखि नै गुलेली प्रयोग गर्दै आएका थिए । हिजो भने केहीसँग घरेलु हतियार भाला लगायत पनि थिए । एक दुई ठाउँमा भरुवा बन्दुक प्रयोग भएको भन्ने खबर आएको छ ।
तर, यो सबै थरुहट पक्षले नै गरेको हुन भन्न सक्ने अवस्था छैन् । यसमा घुसपेठ भएको देखिन्छ । माओवादी पूर्व लडाकूहरु आन्दोलनमा प्रयोग भएका छन् । उनीहरुलाई ल्याइएको भन्ने हामीलाई रिपोर्ट आएको छ । बर्दियादेखिका मानिसहरु आएको पाइएको छ ।
अघिल्लो दिन मात्र शान्तिपूर्ण आन्दोलन गर्ने भनेर सर्वपक्षीय सहमति भएको थियो । हामी त्यही अनुसार अघि बढेका थियौं, यस्तो हिंसात्मक घटना हुन्छ भनेेर सोचेका थिएनौ । सरक्षाकर्मीहरुले किन गोली नचलाएको भन्ने पनि प्रश्न गरेको सुनियो । तर, भिडमा संयमता अपनाएर ‘ट्याक्टिकल्ली’ हृयाण्डल नगरेको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो । हाम्रा सहकर्मीहरुले ज्यान गुमाए तर हामीले हामीले भिडमाथि गोली बर्साएनौं ।
घटनामा दुई वर्षको बालक टेकेन्द्र साउदको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र साउदका छोरा भएको खुलेको छ । अहिलेसम्म नेपाल प्रहरीका एसएसपीसहित पाँच र सशस्त्र प्रहरीका दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।
(अनलाइनखबरसँगको कुराकानीमा आधारित)
www.onlinekhabar.com

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीकले इजलासमा भएको थुनछेक बहसपछि सो थुनामा राख्ने आदेश दिएको छ। दोषि मध्ये ११ वर्षीय बालक लक्ष्मी हरिजनलाई भने सुधार गृहमा राख्ने आदेश दिएको छ। आजको राजधानीमा खबर छापिएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कापुर, ८ भदौ । कैलालीको टीकापुर घटनाबारे स्थानीय प्रत्यक्षदर्शी चित्रबहादुर चौधरीले आन्दोलनकारीहरूले प्रहरीलाई मकैबारीमा पुर्याएको मारेको बताएका छन् ।
म घरमै बसेर बंगुरलाई चारो हाल्न जाँदै थिएँ। घर नजिकको खेतमा लाठी बोकेका आन्दोलनकारीले प्रहरीलाई लखेटेको देखेँ ।
प्रहरी भाग्दै थिए,आन्दोनकारी खेदाउँदै थिए। मेरो घरबाट १५–२० मिनेट टाढा झडप भएको ठाउँ हो। पर गोली चलेको आवाज पनि सुनिन्थ्यो। अश्रुग्यासको धुँवा पनि देखिन्थ्यो।
केही प्रहरी मकैबारीमा लुकिरहेको समाचार कान्तिपुर दैनिकले छापेको छ । आन्दोलनकारीले प्रहरीलाई लखेटेको देखेपछि बच्चा लिएर घरभित्र पसेँ।
अनि खाटमुनी लुकेर बस्यौ। प्रहरीले आफूलाई केही नगर्न आग्रह गरिरहेका थिए। केही समयपछि दुई जना प्रहरीको मकैबारीमा हत्या भएको रहेछ ।
प्रहरी आएर उनीहरूको लास लिएर गए। खेतमा प्रहरी ड्रेस फालिएको थियो। आन्दोलनकारी ‘गाउँ पसे प्रहरीको खुट्टा भाँच्छौ’ भन्दै थिए।
प्रहरीले मृत्यु भएका साथी र खेतमा फालिएका युनिफर्म लिएर फर्किए। आन्दोलनकारी आफ्नो बाटो लागे।