सुनको भाउ मंगलबार तोलामा ५१ हजार ८ सय रुपैयाँ थियो । त्यसतै हिजोको तुलनामा आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
-एसएसपी न्यौपानेले अन्तिममा भने : हे भगवान हामीसँग हतियार छैन, सशस्त्रले टेर्दैन..पुरा समाचार पढ्नुहोस.. एसएसपी लक्ष्मण न्यौपाने र जवान लोकन्द्र शर्माबीचको कुरा..
एसएसपीः भाइहरु अब गोली चलाउनु पर्ने नै भयो चलाऊ
सरः हामीसँग त टियर ग्याँस मात्र छ, हतियार छैन
एसएसपीः ओ हो ? सशस्त्रका एसपी साव खै ?
यो संवाद टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र जवान लोकन्द्र शर्माबीचको हो । सुरुमा आन्दोलनकारीलाई ‘भाइहरु यस्तो नगर्नुस’ भन्दै आएका न्यौपानेका अगाडी नै एक प्रहरी जवानलाई पेटोल छर्केर आगो लगाएपछि गोली हान्ने आदेश दिएका थिए । आदेश त दिए तर गोली हान्ने सिपाईका हातमा हतियार थिएन ।
‘तत्कालै उहाँ सशस्त्रका एसपी लक्ष्मणबहादुर सिंह साव भएको ठाउँमा जानु भयो, गोली चलाउन र माहोल साम्य पार्न आग्रह गर्नु भयो’, जवान लोकन्द्रले भने ‘सशस्त्रका एसपी सावले आदेश छैन दाई भनेर टारी दिनु भयो ।’
त्यसपछि फेरी एसएसपी न्यौपाने आन्दोलनकारी भएको ठाउँमा पुगेर भाइहरु शान्त हुनुहोस भन्दै पुगे । ‘त्यही पछाडीबाट भाला रोपियो, त्यो त्र्रmर दृष्य एसपी सावले हेरिरहनु भयो । तर गोली चलाउन आदेश दिनु भएन । त्यही बेला गोली चलाएको भए सायद उहाँलाई घाइते अवस्थामा उद्धार गर्न सकिन्थ्यो ।’
एसपी लक्ष्मणबहादुर सिंहले गोली चलाउने आदेश पनि मागेका थिए । तर डीआइजी खडानन्न चौधरीले गोली चलाउन आदेश दिएनन् । तीन पटक एसपीले गोली चलाउने आदेश मागेका थिए । तर उनले गोली नचलाई त्यहाँबाट सुरक्षित फर्किन आदेश दिएका थिए ।
कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि दुई सुरक्षाकर्मीबीच तालमेल नमिलेका कारण दुखद घटना भएको बताएका छन् । नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले सहयोग नगरेका कारण दर्दनाक घटना भएको उनले बताए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, ९ भदौ । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा रहेको बताउनुभएको छ ।
नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो–“यो संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेका लागि खुसी र गौरवको कुरा हो ।”
“संविधानसभाको बनोटबमोजिम हालको मस्यौदा तयार हुनुलाई ठूलो उपलब्धिका रुपमा मान्न सकिए पनि समावेशी र समानुपातिक प्रतिनिधित्वसहित आदिवासी, जनजाति लगायत पछि परेका समुदायको हकअधिकार सुनिश्चित गर्ने सम्बन्धमा भने केही धर्मराएको छ”– अध्यक्ष दाहालले भन्नुभयो ।
संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेको बेला आफ्ना हकअधिकार स्थापित हँुदैन कि भन्ने असन्तुष्टि आएका आवाज उठ्नुलाई स्वभाविक हो भन्दै उहाँले सामन्तवादबाट पुँजीवादतर्फ जाने लोकतान्त्रिक विधिअनुरुप संविधानसभाबाट संविधान निर्माण हुन लागेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो–“सबैको भावनालाई सम्बोधन गर्ने ढङ्गबाट जुन किसिमले अघि जानुपर्दथ्यो, त्यो कहीँ कहीँ धर्मराएको छ, यद्यपि संविधानसभाको बनोटअनुरुप आउन सक्ने दस्तावेज भने यही नै हो ।”
एउटा युगबाट अर्काे युगमा प्रवेश गर्दा ठूलो छाती बनाएर जानुपर्ने आवश्यकतामा मस्यौदा कहीँ न कहीँ सङ्कुचन र खुम्चेको बताउँदै उहाँले संविधान लेखन प्रक्रिया अहिले इतिहासको पेचिलो मोडमा रहेकाले नेपाली जनता अहिले छिटो सङ्घीय लोकतान्त्रिक संविधानको घोषणा होस् भन्ने पक्षमा रहेको धारणा राख्नुभयो ।
संविधानसभाबाट यो मस्यौदामा पाउनु भनेको गर्व गर्नुपर्ने अवस्था रहेको छ, यो विधेयकले प्रगतिशील कुरा उठाएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो–“सङ्घीय समाजवादी मोर्चालगायतका मधेसवादी दल र अरू पक्षलाई संविधान लेखनको प्रक्रियाबाट नबाहिरन, वार्तामा आउन, समस्या समाधानमा योगदान पु¥याउन म आग्रह गर्दछु ।”
www.etajakhabar.com

काठमाडौँ । कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी
उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीर गौशालास्थित प्रहरी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिराख्दा भावविह्वल भइ बसेका मृतकका छोरी र श्रीमती । यो तस्विर राससका रत्न श्रेष्ठले खिच्नु भएको हो । तस्बिर : रत्न श्रेष्ठ www.etajakhabar.com

रौतहट, भदौ ९ । रौतहटमा मंगलबार स्थानीय राजकिशोर ठाकुरको प्रहरीको गोली लागि उपचारका क्रममा मृत्यु भएपछि त्यआसपासको क्षेत्रका आन्दोलनकारी थप आक्रामक देखिएका छन् ।
गौरस्थित कविर चोकमा प्रहरी र प्रदर्शनकारी बीच फेरि झडप भएको छ। अन्दाजी तीन सयको संख्यामा रहेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको मन्त्रालयले जनाएको छ।
यसैबीच आन्दोलनकारीले रौतहटको मठिया प्रहरी चौकीमा आगजनी गरेका छन्।
जसको प्रभाव आज पनी पर्ने देखिएको छ । उता बाँकेको कोहलपुरमा अन्दाजी ७ सयको संख्यामा निस्किएका आन्दोलनकारीको जुलुसले हातमा रड भाला र लाठी लिई प्रदर्शन गरीरहेको गृहमन्त्रालयले जनाएको छ ।
शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय निकायले उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। उता महोत्तरीको जनताको तटबन्ध कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेको गृहमन्त्रालयले जनाएको छ।

काठमाडौँ, भदौ ९ । मलेसियाको डान्सबारबाट नेपाली युवती पक्राउ परेकी छिन् । क्लालम्पुरस्थित डान्स बारमा अनैतिक हर्कत गरीरहेको अवस्थामा नेपाली युवती पक्राउ परेको बताइएको छ ।
नेपाली युवती सहित अन्य १३ जनालाई पनि नियन्त्रणमा लिइएको छ । जसमध्ये चार भारतीय युवती र दुर्इ बंगलादेशी युवती रहेको बताइन्छ ।
बारबाट एकजना मलेसियन युवा पनि पकाउ परेका छन् । उनीहरुलाई अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ ।

आज वि.सं. २०७२ भाद्र ०९ गते बुधबार तदनुसार ई. सं. २०१५ अगस्ट २६ तारिख
श्रावण शुक्ल एकादशी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, प्रीति योग, बालब करण
आजको व्रत/पर्व : पुत्रदा एकादशी व्रत
भोलिको व्रत/पर्व : प्रदोष व्रत, नेवारी पर्व बहिद्यवोये
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्ने छ । कुनै खोला वा पोखरीका जलजन्तुलाई खानेकुरा प्रदान गरेमा रोकिएका काम पूरा गर्न विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ । प्रेमी/प्रेमिका र पतिपत्नीका बीचमा सम्बन्धमा चिसोपन आउन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । जीवनसाथी र बालबच्चासितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ ।बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चौथो चन्द्रमाले मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, तर डराइहाल्नु पर्दैन । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन उत्ताउलो बन्नेछ । विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।