महिला ३.४५ प्रतिशत मात्र
काठमाडौं: वैदेशिक रोजगारीमा सरकारी अनुमति लिएर जाने कामदारको संख्या ४० लाख पुगेको छ। सरकारले पछिल्लो समय विदेसिने युवाको संख्या घटाउने नीति ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन।
साउनमामात्रै ३८ हजार ८१ जना युवा विदेसिएका छन्। श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाई मात्र जान दिने निर्णय गरेको छ। यो निर्णयसँगै विदेसिने कामदारको संख्या ह्वात्तै घट्न सक्ने अनुमान गरिएको थियो। तर साउनको तथ्यांकले संख्या खासै नघटेको देखाएको छ।
श्रम तथा रोजगार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ३९ लाख ९८ हजार २४ जना पुगेका छन्। यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ।
आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको हो।विदेसिनेको कुल संख्या बढे पनि देश तथा क्षेत्रगत आधारमा भने विविधता हुन सकेको छैन।
वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढीको गन्तव्य खाडी मुलुक र मलेसिया हुने गरेको छ। देशगत आधारमा हेर्दा मलेसियामा जानेको संख्या सबैभन्दा बढी छ । आकर्षक कमाइ हुने पश्चिमा तथा अन्य मुलुकमा कामदार पठाउन सरकारले पहल गरेको छैन।
परम्परागत गन्तव्यमा मात्र सीमित हुँदा जाने संख्या बढे अनुपातमा नेपाली कामदारको सीप र कमाइमा भने गुणात्मक वृद्धि हुन सकेको छैन। अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा ९० प्रतिशतभन्दा अदक्ष र अर्धदक्षमात्र छन्। अदक्ष कामदारको बाहुल्य रहेकाले कमाई थोरै र काम जोखिमयुक्त भएको हो।
वैदेशिक रोजगारीमा जानेमा लैंगिक आधारमा ठूलो अन्तर देखिएको छ। सरकारको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा महिलाको संख्या जम्मा एक लाख ३७ हजार सात सय ५२ जना मात्र छ।
पुरुषको संख्या ३८ लाख ६० हजार दुई सय ७२ पुगेको छ। प्रतिशतका आधारमा हिसाब गर्दा औपचारिकरूपमा वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष ९६.५५ प्रतिशत र महिला ३.४५ प्रतिशत छन्।
अधिकांश परिवारमा पुरुष कमाउन बाहिर जाने र महिलाले घरको काम गर्ने प्रवृत्ति रहेकाले महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक धेरै भएको हो।
देशगत आधारमा अध्ययन गर्दा मलेसियामा सबैभन्दा धेरै नेपाली कामदार गएका छन्।
हालसम्म १० लाख ५३ हजार ९७ जना नेपाली काम गर्न मलेसिया पुगेका छन्। मिल्दोजुल्दो हावापानी, तुलनात्मक रूपमा खुला समाज भएकाले त्यहाँ जान चाहनेको संख्या धेरै भएको हो। यसबाहेक मलेसियाले सन् २०१८ भित्र आफूलाई विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा पुर्याउने योजना बनाएको छ ।
यसका लागि पूर्वाधार, पर्यटनलगायतका क्षेत्रमा अत्याधिक लगानी बढाएकाले विदेशी कामदारको माग बढ्दो छ। सजिलै जान सकिने भएकाले नेपालका म्यानपावर कम्पनीले त्यहाँ कामदार पठाउन प्राथमिकता दिएका हुन्।
नेपाली कामदारको रोजाइको दोस्रो मुलुक कतार परेको छ। कतारमा आठ लाख ४२ हजार ६ सय ३७ जना नेपाली काम गर्न पुगेका छन्।
कतारपछि तेस्रो स्थानमा साउदी अरब परेको छ। साउदीमा अहिलेसम्म ६ लाख २७ हजार पाँच सय १० जना नेपालीले काम गरिरहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
www.annapurnapost.com

शुक्रबार ११ भाद्र, २०७२
टीकापुर (कैलाली)- 'त्यत्रो एसएसपी मार्नेले हामीलाई बाँकी राख्लान्?'
नेपाल मानवअधिकार आयोगको टोलीसँग गाउँलेहरू मुख खोल्न मानिरहेका थिएनन्।
भयमिश्रित स्वरमा सकेसम्म प्रश्न पन्छाउन खोज्दै थिए, 'तपाईंहरू गएपछि हाम्रो हालत के हुन्छ, त्यसैले हामीलाई केही नसोध्नुस्।'
सोमबारदेखि टीकापुर नगरपालिका–६, शंकरपुरका स्थानीय त्रासैत्रासमा दिन कटाइरहेछन्। आधाजति गाउँले घरमा ताला ठोकेर आफन्तकहाँ शरण लिन पुगेका छन्। गाउँमै रहेकाहरू पनि झुरुप्प एकै ठाउँ बस्छन्।
छुट्टै राज्य माग्दै आन्दोलन थालेका थरुहट पक्षधरले वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान लिएपछि उनीहरू तीव्र असुरक्षा महसुस गरिरहेछन्। पछिल्ला दिन सुरक्षाकर्मीको बाक्लो गस्तीले पनि स्थानीयको भय घटाउन सकेको छैन। बिहीबार घटना अनुसन्धानका लागि पुगेको आयोग टोलीसँग उनीहरू हम्मेसि खुलिनहाल्नुको कारण पनि यही हो। आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोली शंकरपुर पुगेको थियो।
टोली सदस्य र सञ्चारकर्मीले नाम उल्लेख नगर्ने प्रतिबद्धता जनाएपछि मात्र स्थानीयले मुख खोले। उनीहरूका अनुसार सयौंको संख्यामा रहेका व्यक्तिले सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए। तिनै व्यक्तिले एसएसपी न्यौपानेलाई घरभित्रबाट आँगनमा ल्याई हत्या गरे। त्यही घरको छेउमै सशस्त्र प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक रामबिहारी चौधरी र नेपाल प्रहरीका जवान जिउँदै जलाइए।
सिंहलाई जोगाइसकेपछि प्रदर्शनकारीको घेराउमा परेका न्यौपानेलाई बचाउन जाने क्रममा चौधरीमाथि आक्रमण भएको स्थानीयले जानकारी दिए। 'सिंहलाई सुरक्षित स्थानमा पुर्यााइसकेपछि उनी फर्किएर एसएसपी न्यौपाने लुकेर बसेको घरतर्फ आउँदै थिए, त्यहीँ समातिहाले,' प्रत्यक्षदर्शीले आयोग टोलीसँग भने, 'उनले म पनि थारू हुँ, मलाई नमार भनेका थिए।'
प्रहरी निरीक्षक बलराम बिष्ट र केशव बोहरालाई प्रदर्शनकारीले लखेटी–लखेटी मारेको स्थानीयको भनाइ छ। 'लगातार प्रहार सहन नसकेपछि दुवै जना ढले, हात जोडेर नमार्नुस् भन्दै थिए,' एक प्रत्यक्षदर्शीले भने, 'तर, आक्रमणकारीले सुनेनन्, फरुवाले हानेर मारिछाडे।'
उग्रतारा सशस्त्र प्रहरी गणका गणपति प्रहरी उपरीक्षक सिंहले आयोग टोलीलाई घरेलु हतियारसहित आएका व्यक्तिले चारैतिरबाट आक्रमण गरेपछि ज्यान जोगाउन भाग्नुपरेको बताए। 'चारैतिरबाट यसरी घेरिएका थियौं, भाग्नुको विकल्प थिएन। हतियार चलाउन सक्ने अवस्था पनि थिएन,' उनले भने, 'सबैलाई लखेटीलखेटी मारे।'
आक्रमणकारीले गुलेली, रड, भाला, बन्चरो, फरुवालगायत घरेलु हतियार प्रयोग गरेको सिंहको भनाइ छ। 'उनीहरू तालिमप्राप्त थिए, अश्रुग्यास उठाएर सुरक्षाकर्मीतिरै फर्काउन सक्ने व्यक्ति सामान्य होइनन्,' उनले भने।
स्थानीय भने आक्रमणकारीले बन्दुकसमेत बोकेको बताउँछन्। तर, उक्त बन्दुक आक्रमणकारीले पहिल्यै ल्याएका हुन् वा प्रहरीको खोसेका हुन्, उनीहरू यकिन गर्न सकिरहेका छैनन्।
घटनामा टीकापुरस्थित उग्रतारा गणमा कार्यरत नेत्र साउदका अढाई वर्षे छोरा बालक टेकबहादुरको पनि ज्यान गएको छ। प्रहरी टोलीमाथि आक्रमणको एक घन्टापछि आएका व्यक्तिले आँगनमा खेलिरहेका बालकलाई गोली हानेको स्थानीयले आयोग टोलीलाई जानकारी दिए। आक्रमणपछि भागेका सुरक्षाकर्मी उक्त घरमा बसेको देखेपछि आक्रमणकारीले गोली हानेको उनीहरूको भनाइ छ।
nagariknews
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं: तीन वर्षदेखिको अवैध सम्बन्ध सार्वजनिक हुने डरले एक युवकले किशोरीको हत्या गरेका छन्।
सिन्धुली महाकाली घर भई सर्लाही पत्थरकोटमा बस्दै आएका २७ वर्षीय अविनास थिङले पत्थरकोटकै १८ वर्षीया सोनिया श्रेष्ठको हत्या गरेका हुन्।
श्रेष्ठ सिन्धुली झोडामा हजुरबुबाको घरमा बस्दै आएकी थिइन् भने थिङ श्रेष्ठकै हजुरबुबाको घरमा ज्यामी काम गर्थे। बिहीबार बिहान गौशालास्थित गौशाला गेस्ट हाउसको कोठा नम्बर ११८ मा श्रेष्ठ मृत फेलापरेपछि प्रहरी वृत्त गौशलाले अनुसन्धान गरेको थियो।
घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसर टेकुले बिहीबार आयोजना गरेको पत्रकारसम्मेलनमा परिसर प्रमुख एसएसपी उत्तम कार्कीले भने, 'अवैध सम्बन्ध बाहिर आउने डरले थिङले श्रेष्ठको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। थिङले पनि हत्या स्वीकार गरेका छन्।'
रुमालले घाँटी बेरेर श्रेष्ठको हत्या गरेको थिङले स्वीकार गरेका छन्। प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी सुरेन्द्रप्रसाद मैनालीका अनुसार उनीहरू भदौ ७ मा सिन्धुलीबाट रात्रीबसमा काठमाडौं आएका थिए।
काठमाडौं आएर स्वयम्भूमा बसेका उनीहरू केही दिन घुमघाम गरी बिहीबार घर फर्कने तयारीमा थिए। बुधबार राति श्रेष्ठले ‘हामी अब काठमाडौंमै लुकेर बस्ने, तिमी परिवार छाडिदेऊ' भनेपछि आफ्नो अवैध सम्बन्ध सार्वजनिक हुने डरले हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।
चुरोटको खोलभित्र डलर
काठमाडौं: अवैध रूपमा विदेशी मुद्रा लुकाएर लैजान खोज्ने चिनियाँ नागरिक यी वाङलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले यीलाई बिहीबार सुरक्षा जाँचका क्रममा पक्राउ गरेको हो।
विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थका अनुसार वाङबाट चुरोटको सुर्ती राख्ने ठाउँमा लुकाई ६० हजार अमेरिकी डलर र २० हजार ४८ चिनियाँ युआन तथा चप्पलको सोलभित्र लुकाएर लैजान लागेको १४ हजार अमेरिकी डलर, ७६ हजार युरो र ४८ हजार स्विस फ्रेंक बरामद गरिएको छ।
चाइना एयरको उडान नम्बर ४०८ बाट ल्हासा जान लागेकी वाङलाई प्रहरीले जाँच गर्दा चुरोटकै स्वरूपमा २० वटा बट्टाभित्र डलर लैजान लागेकी थिइन्।यसैबीच गौशाला प्रहरीले नक्कली अमेरिकी डलरसहित धादिङ केवलपुर घर भएर तिलगंगा बस्ने जितेन्द्र तामाङलाई पक्राउ गरेको छ।
अमेरिकी डलर साट्न हिँडेको सूचनाका आधारमा प्रहरीले तिलगंगाबाट तामाङलाई ५० दरका सातवटा नक्कली डलर फेलापारेको हो।
annapurnapost.com

गौशाला: महोत्तरी जिल्लाको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा अज्ञात समूहले आगजनी गरेको छ।
बर्दिबास नगरपालिका-१ मा विगत पाँच दिनदेखि पार्किङ गरी राखिएको जनकपुर-जलेश्वर-काठमाडौँ चल्ने ना.५ख४९९४, गौशाला-सम्सी-काठमाडौँ चल्ने ना.५ख२६९४ नम्बरको बस र एउटा अनटेस्ट बस गरी तीनवटा बसमा गएराति ११ : २० बजे अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।
बर्दिबासको भोला वसन्त चौकदेखि (हाईवे) भन्दा तीन सय मिटर उत्तरमा पार्किङ गरी राखिएको ती बसमा आगजनी भएपछि ना.५ख ४९९४ र अनटेस्ट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ना.५ख२६९४ नम्बरको बसमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
आगजनी गरिएका तीनवटै बस महोत्तरीको औरही गाविस निवासी मुकेश चौधरीको रहेको प्रहरी निरीक्षक यादवले बताए। बर्दिबासस्थित आफ्नो डेरामा सुतिरहेका गाडी धनी चौधरीले अचानक डेरा अगाडि आगोको मुस्लो देख्दा बाहिर आएर हेर्दा गाडी जलिरहेको पाएपछि प्रहरीलाई खबर गरेको बताए।
खबरपछि तत्काल त्यहाँ पुगेका प्रहरी र स्थानीयवासीले गाडीको आगो नियन्त्रणमा लिए पनि त्यतिबेलासम्म बस क्षतिग्रस्त भइसकेको थियो। इलाका प्रहरी कार्यालय बर्दिबासले बसमा आगजनी गर्ने समूहको खोजीका लागि गएरातिदेखि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको जनाएको छ। रासस

आज वि.सं. २०७२ भाद्र ११ गते शुक्रबार तदनुसार ई. सं. २०१५ अगस्ट २८ तारिख
श्रावण शुक्ल चतुर्दशी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, शोभन योग, गर करण
आजको व्रत/पर्व : श्री शिवजीमा पवित्रारोपण गर्ने दिन, सिञ्जामा कुलायन पूजा प्रारम्भ
भोलिको व्रत/पर्व : पूर्णिमा व्रत, ऋषि तर्पणी, रक्षा बन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन, नेवारी पर्व ब्याँजानके गूँपुन्हि, हयग्रीवोत्पत्ति, कृष्ण प्रणामीले मनाउने श्री प्राणनाथ छत्रशाल मिलाप, मुक्तिनाथ यार्तोङ
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय व्यतीत हुनेछ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा भनेजस्तो अनुकूलता देखिंदैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी श्रममूलक काममा आजको समय व्यतीत हुनेछ । नयाँ कामप्रति मनमा धारणा पलाए पनि कार्यान्वयन हुन सक्दैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ, तर नवम भावमा रहेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । अभिभावकको स्वास्थ्य र मानसिकतामा सामान्य प्रभाव पर्न सक्छ । कताकता र्वराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपन देखिन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । नजिकैका व्यक्तिले समेत भावनाको मूल्यांकन नगर्दा कताकता मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र साृचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला पनि यही हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । बोलीको विपरीत अर्थ लाग्नाले अप्ठ्यारामा पर्ने सम्भावना छ, मौन रहनु नै कल्याणकारी हुनेछ । घरपरिवारभित्रै वा आफन्तले नै किचलोको वातावरण सिर्जना गर्नेछन्, तर अन्त्यमा विजय तपाईंकै हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । नयाँ जोस र जाँगर पलाउने छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्रामा झमेला आउनसक्छ, त्यसैले सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ । यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा
भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन् ।
१ जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।
२ औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।
३ चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।
४ दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।
५ माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।
६ जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।
७ यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।
८ जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।
९ बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।
१० दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।
११ नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।
१२ दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।
१३ बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।
१४ जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।
१५ बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।
१६ दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।
१७ गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।
१८ नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।
१९ दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।
२० दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।
२१ दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।
२२ ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन् ।
२३ कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।
२४ दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।
२५ दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झवडा भैरहन्छ ।

काठमाडौं, भदौ– क्यान्सरको उपचारपछि बचेको रकम पूर्वसभासद शान्ता चौधरीले सरकारलाई नै फिर्ता गरेकी छन् । उनले उपचार गरेर बचेको २ लाख २ हजार रुपैयाँ सरकारलाई फिर्ता गरिदिएकी हुन् ।
उनलाई सरकारले एक बर्षअघि क्यान्सरको उपचारका लागि पाँच लाख दिएको थियो ।
सरकारबाट लगेको पैसाले आफ्नो उद्धेश्य पुरा भएको र बचेको पैसा राख्न मन नलागेको भन्दै अरु गरिब दुःखीलाई सपचार गर्न मिलोस भनेर पैसा फिर्ता गरेको चौधरीको भनाई छ ।
कम्लहरी भएर पहिलो संविधानसभामा सभासदसमेत बनेकी चौधरी क्यान्सर रोगबाट पीडित थिइन् । उनले नेपाल र नयाँदिल्लीमा आफ्नो उपचार गराएकी थिइन् । अहिले उनको स्वास्थ्य राम्रो रहेको छ ।
दाङ स्थायी घर भएकी चौधरी पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद थिइन् । दोस्रो संविधानसभामा दाङ क्षेत्र नंम्बर ३ बाट प्रत्यक्षमा चुनाव लडेकि उनी पराजय भोगेकी थिइन् ।