दोहा (कतार) , भदौ १२ ।
नवराज विक
तीन वर्ष अगाडि कतार आएका लुम्ले–२ कास्कीका भवानीशङ्कर चापागार्इं यतिखेर नेपाल फर्किन नपाएर पीडाका दिन झेल्दै छन् ।
हाइ इन्जिनियरिङ कन्ट्रक्सन कम्पनीमा कार्यरत चापागाईं आफ्नी आमाको निधन भएको अवस्थामा समेत कम्पनीले घर नपठाउँदा उनी समस्यामा परेका हन् । यतिखेर उनका पितासमेत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा नाजुक अवस्थामा उपचारार्थ छन् ।
पीडित चापागाईँले भन्नुभयो, “घरको तनाब एकतिर हुँदाहुँदै पनि अहिले कम्पनीले न त तलबै दिन्छ, न त घर जान बिदा नै दिन्छ, काम गरेको राम्रोसँग तलब नदिएको छ महिना भइसकेको छ भने दुई महिनादेखि न काम न दाम खाली हात बस्नुपरेको छ ।”
घर जान पटक पटक प्रयास गर्दा समेत उनी कार्यरत कम्पनीले बेवास्ता गरिदिँदा उनी दूतावासमा आफ्नो समस्या लिएर गएका थिए । दूतावासले श्रम अदालतलाई पत्र लेखिदिएको थियो तर अदालतले कम्पनीको मालिकलाई बोलाउँदा उनी नगएपछि उनको काम कहीँ कतै टुङ्गोमा पुग्न सकेको छैन ।
“कम्पनीका मालिक पाकिस्तानी हुन्, तिमीलाई नेपाल पठाउँदि, जे गर्न सक्छौ गर” भन्दै मलाई धम्काउने गर्छन्” पीडितले भने ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भाद्र १२, २०७२- कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका ९ की मन्धरा विष्ट ५ दिनदेखि अर्धचेत अवस्थामा छिन् । घरमा कोही नयाँ व्यक्ति आएको देख्नेबित्तिकै डाको छोडेर रुन्छिन् । केही छिनपछि ओछ्यानमा ढल्छिन् । गत सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा परी श्रीमान् (प्रहरी निरीक्षक बलराम विष्ट) को मृत्यु भएको खबर सुनेदेखि उनी पटकपटक अर्धबेहोस भइन् । प्रहरी निरीक्षक बलरामकी आमा ८० वर्षीया वृद्धा बेलुदेवीको पनि अवस्था उस्तै छ । उनी पनि बेलाबेलामा डाको छोडेर रुन्छिन् र छोरा आउने बाटो हेरेर बस्छिन् । उनलाई त छोराको मृत्यु ठट्टाजस्तै लागेको छ । छोराले कति बेला कहाँबाट बोलाउँछ पनि भइरहेको छ । ‘उसको ठाउँमा मैले गइदिएको भए हुन्थ्यो,’ रुँदै कराउँदै उनले भनिन्, ‘अब यी केटाकेटी कसले हेर्ने ?’
मृतक विष्टका ३ छोरी र १ छोरा छन् । जेठी छोरी वसन्तीले स्टाप नर्स भ्याएकी छन् । माइली छोरी १२ र कान्छी ६ मा पढिरहेकी छन् । छोरा गोविन्द ९ कक्षामा छन् । उनीहरू सबै धनगढीमै बसेर पढिरहेका थिए । जेठी छोरी वसन्तीलाई पनि बुवाको मृत्युको घटना पत्याउनै नसकिने भएको छ । ‘हामीलाई अरू केही चाहिँदैन,’ उनले भनिन्, ‘हाम्रो बुवालाई मार्नेमाथि कारबाही होस् ।’ उनले प्रहरीहरूलाई नै अमानवीय ढंगले मार्नेमाथि कारबाही गर्न नसके अन्यले न्यायको आशा गर्न नसक्ने बताइन् ।
विष्टका परिवारले घटनाका दोषीहरूलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । ‘हामीले आफ्ना परिवारको सदस्य मात्रै गुमाएनांै एउटा अभिभावक पनि गुमाएका छौं,’ मृतकका भाइ धर्मसिंह विष्टले भने, ‘ड्युटीमै खटिएका सुरक्षाकर्मीलाई यति क्रुर ढंगले मार्नेलाई कारबाही नगरी छाड्नु हँुदैन ।’ उनी प्रहरीका सई हुन् । ‘जुनसुकै युद्धमा पनि नियम हुन्छ, हतियार नभएको तथा शरणमा गएको सिपाहीलाई संरक्षण दिनुपर्छ,’ उनले भने, ‘तर टीकापुर घटनामा ज्यानको भिक माग्नेलाई पनि छाडिएन ।’
घटना भएको दिन उनी कञ्चनपुरको ब्रह्मदेव प्रहरी चौकीमै कार्यरत थिए । उनकै स्टाफले टीकापुरमा झडप भएको र केही प्रहरीसमेत हताहत भएको सुनाएपछि उनी झस्किए । तर उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत आफ्नै दाजु त्यसरी मारिएलान् भन्ने लागेको थिएन । ‘तैपनि एकपटक दाइसँग कुरा गर्न खोजे तर दुइटै फोन स्विच अफ थिए,’ उनले भने, ‘त्यसपछि भने मलाई डर लाग्न थाल्यो, खोजी गर्दै जाँदा दाइको पनि मृत्यु भएको खबर पाएँ ।’ उनले जिल्ला प्रशासन कार्यालयले आन्दोलनमा खटिने सुरक्षाकर्मीले हतियार नबोक्ने निर्णय गरेका कारण पनि ठूलो क्षति बेहोर्नुपरेको बताए ।
मृतक विष्टका अर्का भाइ भरत सशस्त्र प्रहरीका सई हुन् । उनी डडेलधुराको जोगबुढामा कार्यरत छन् । तीनै जना भाइको भेट साउन १५ मा भएको थियो । झलारी पिपलाडी नगरपालिकाकै कलुवारपुरमा बनाएको नयाँ घरका पूजापाठ भएकाले उनीहरू सबै त्यही दिन घरमा आएका थिए । ‘त्यही बेला दाइले तलाई एउटा काम दिन्छु त्यो गर्नुपर्छ भनेका थिए,’ भरतले भने, ‘भदौ २ गते पनि हाम्रो फोनमा कुरा भएको थियो, त्यति बेला पनि २/४ दिनमा घर आएर काम दिन्छु भनेका थिए, त्यो काम के रहेछ भन्ने पनि थाहा पाइएन ।’ उनले सबै भाइ सुरक्षा निकायमै कार्यरत भएकाले घरमा पनि दाइकै अनुशासनमा चल्ने गरेको बताए । २०४५ मा असईमा भर्ना भएका विष्ट २०६४ मा प्रहरी निरीक्षक भएका थिए । उनी सेवा अवधिका कारण साढे ३ वर्षपछि अवकाश पाउँदै थिए । उनको परिवार २०५० मा बैतडीको रौलेश्वर गाविस ९ कारिकोटबाट झलारीमा बसाइ सरेको हो ।
नेगी परिवार पनि उस्तै
गत सोमबार टीकापुरको झडपमा परी वरिष्ठ प्रहरी उपरीक्षकसहित ८ सुरक्षाकर्मी र २ वर्षे बालकको समेत मृत्यु भएको थियो । प्रहरी हवल्दार जनक नेगीबाहेक बाँकी सबैको घटनास्थलमै मृत्यु भएको थियो । कञ्चनपुरकै झलारी पिपलाडी नगरपालिका ६ कसरौलका नेगीको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो । उनको बिहीबार महाकाली नदीमै अन्तिम संस्कार गरिएको छ । नेगी घाइते भएको खबर सुनेदेखि बिरामी भएका उनका बुवा वीर सिंह थला परेका छन् । विपन्न परिवार भएकाले उनीहरूलाई अझ बढी समस्या भएको छ । ‘घटना भएको दोस्रो दिन मैले
कुरा गरेको थिएँ,’ मृतकका काका राज नेगीले भने, ‘त्यति बेला
ठीकै छ, निको भइहाल्छ भन्दै
थियो तर बिहीबार बिहान फोन आउँदा त मृत्यु भइसक्यो भन्ने खबर पायौं ।’
जनककी श्रीमती २ छोरी र १ छोरा छन् । एक भाइ रोजगारीका लागि मलेसियामा पुगेका छन् । विष्ट र नेगी दुवै जना मिलनसार र सहयोगी भएकाले उनीहरूको परिवारसँगै गाउँ नै शोकमा डुबेको छ । दुवै जना एउटा नगरपालिकाकै भएका कारण पनि अझ बढी पीडा थपिएको स्थानीयवासी बताउँछन् ।
सोमबार टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक बलराम विष्टकी ८० वर्षीया शोकाकुल आमा बेलुदेवी । तस्बिर : भवानी/कान्तिपुर kantipur.ekantipur.com

१२ भदौ, एजेन्सी ।
अफ्रिकी मुलुक चाडमा बोको हरामका दश जना सदस्यलाई बिस्फोटमा संलग्न भएको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ । तीन दिनसम्मको बहसपछि अदालतले मृत्युदण्डको सजायँ सुनाइएको हो ।
जून महिनामा निजामेयमा ३८ जना मारिने गरी गराइएको आक्रमणमा दोषी ठहर गर्दै यो सजायँ सुनाइएको हो । नाइजेरियामा सक्रिय बोको हरामले चाडमा गरेको यो पहिलो आक्रमण थियो ।
फाइल तस्विर
बोको हरामको आतंकले नाइजेरियासँग सीमा जोडिएका अरु देश पनि प्रताडित हुन थालेपछि क्षेत्रीय सेना नै बनाएर कारवाही थालिएको छ ।

काठमाडौं, भदौ १२ । प्रहरी आक्रामक भएपछि अधिकांश गुन्डाका नाइके दलको छहारीमा छन् । केही डन मारिएपछि ठूला नेताको संरक्षणमा रहेका डनहरूले असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरी कारबाहीबाट जोगिन पछिल्लो समय सबैजसो गुन्डाका नाइके र तिनका सहयोगी विभिन्न पार्टीभित्र छिरेका थिए । ठूला नेताकै संरक्षणमा गुन्डागर्दी गर्दै आएका दिनेश अधिकारी चरी र कुमार घैँटे भनिने कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि गुन्डागर्दीका नाइकेहरू तर्सिएका हुन् । गुन्डागर्दीमा संलग्न केही विदेशसमेत भाग्न थालेका छन् ।
कांग्रेसका नेताहरूसँग निकट रहेका घैँटे ३ भदौमा मारिएका थिए । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसी, नेताहरू भीमसेनदास प्रधान, धनराज गुरुङलगायतसँग उनको राम्रो सम्बन्ध थियो । आफूलाई प्रहरीले पछ्याएको सूचना पाएपछि घैँटेले राष्ट्रिय मानवअधिकार आयोगमा आफ्नो सुरक्षाका लागि भन्दै उजुरी हालेका थिए । तर पनि प्रहरी मुठभेडमा उनी मारिएपछि अरू गुन्डाका नाइके तर्सिएका हुन् । घैँटेपछि अरू गुन्डाका नाइकेमाथि प्रहरीले निगरानी थालेको छ । प्रहरीले निगरानी बढाएकाले सबैजसोले राजधानी छाडिसकेका छन् । घैँटेका सहयोगी सबै भागिसकेका छन् । उनको समूहमा रहेका समीरमानसिंह बस्नेत भारत जाने भन्दै नेपालगन्जस्थित आफन्तको घरमा लुक्न गएका छन् ।
घैँटेका एक व्यावसायिक साझेदार राजेश कार्कीलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरिसकेको छ । अर्का पार्टनर अभिमानसिंह बस्नेत, शान्ता महर्जन, सानुभाइ भन्ने युवराज गुरुङ र प्रतीक हवल्दार भन्ने प्रतीक श्रेष्ठ घरमा बस्न छाडेका छन् । घैँटेको समूहका मात्र नभई अन्य समूहको पनि भागाभाग सुरु भएको छ । फोरम लोकतान्त्रिकका गणेश लामाले भाडामा चलाउँदै आएको माउन्टेन होटेल छाडेका छन् । दीपक मनाङे मनाङतिर छन् भने चक्रे मिलनले पनि राजधानी छाडेका छन् । चक्रेका भाइ तेजेन्द्र गुरुङ पनि बाहिर हिँड्न छाडेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका ललितपुरका डन मीनकृष्ण महर्जन पनि भूमिगत छन् ।
एमाले नेता प्रदीप नेपालसँग उनको पारिवारिक सम्बन्धसमेत छ । नेपालकी श्रीमतीसँग चक्रेले भाइटीका लगाउँदै आएका छन् । ललितपुरका मीनकृष्ण महर्जन पनि राजनीतिक रूपमा बलिया छन् । उनको कांग्रेस नेता शंकर भण्डारीसँग निकट सम्बन्ध छ भने अर्का नेता रामचन्द्र पौडेलले पनि उनलाई संरक्षण गर्दै आएका छन् । ललितपुरमा महर्जनका विरोधी समीर केसीको सभासद् उदयशमशेर राणासँग राम्रो सम्बन्ध छ ।
नयाँबजार क्षेत्रका डन भनिने साजन महर्जनको एमाले नेताहरूसँगै राम्रो सम्बन्ध छ । उनी एमाले सचिव योगेश भट्टराई तथा अनेरास्ववियुका नेताहरूसँग निकट छन् । उनी तीन वर्षअघि मात्र एमाले प्रवेश गरेका थिए । हाल जेलमा रहेका भक्तपुरका ठूलो सगुन भनिने सगुन श्रेष्ठको कांग्रेस सभासद् मोहन बस्नेतसँग निकटता छ । पहिला गणेश लामाकै निकट रहेका मनोज आचार्य तराई मधेस लोकतान्त्रिक पार्टीका नेता महेन्द्र यादवको निकट छन् । प्रहरीको गुन्डागर्दीको सूचीमा फिल्म निर्माता मधु श्रेष्ठसमेत छन् । उनको कांग्रेस नेता मीनेन्द्र रिजालसँग राम्रो सम्बन्ध छ । धादिङका राधे भण्डारीको समूहलाई पनि कांग्रेस नेताहरूको संरक्षण छ । नयाँ पत्रिका दैनिकबाट

१२ भदौ, काठमाडौं । उपचारका लागि अमेरिका पुर्याइएका बालक आदित्य दाहालको स्वास्थ्यमा झिनो सुधार आएको छ ।
क्यालिफोर्नियाको स्ट्याण्डफोर्ड अस्पतालका फिजियोथेरापी गरिरहेका आदित्यले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई ‘पर्दा पछाडीको खेल’ भनेका छन् ।
केहि दिनयता उनी हात माथि लैजान र सुत्दापल्टिन सक्ने भएको आदित्य संरक्षण प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईले बताए । आदित्यका बुवाआमासित नियमित सम्पर्कमा रहेका उनले भने- ‘तर अहिलेसम्म शारीरिक दुर्बलताको कारण पहिचान हुन सकेको छैन । डाक्टरहरुले कुनै औषधी चलाएका पनि छैनन् ।’
हालसम्म गरिएका सबै परिक्षणका रिपोर्टहरु सामान्य छन् । छाति र घाँटीको इन्डोस्कोपी गर्दा कुनै खराबी देखिएन । यद्यपी केहि महत्वपूर्ण परिक्षणहरुको रिपोर्ट आउन बाँकी छ । सबै रिपोर्टहरु आएपछि मात्रै निस्कर्षमा पुग्ने र औषधी सिफारिस गर्ने उनीहरुको भनाइ छ । डाक्टरहरुले पोषण नपुगेको भन्दै ‘ब्यालेन्स डाइट’ सुरु गरेका छन् ।
आदित्यका परिबार हाल अमेरिकामा एक आफन्तको घरमा बसिरहेका छन् । उनलाई दैनिक थेरापीका लागि अस्पताल लैजाने गरिएको छ । सधैं हाँसिरहने स्वभावका कारण आदित्यलाई डाक्टरहरुले ‘ह्याप्पि व्वाई’ को संज्ञा दिएका छन् ।
राजदूतले भेटे
अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले स्ट्याण्डफोर्ड अस्पताल पुगेर आदित्यलाई भेटेका छन् । उनले आदित्यलाई हेरिरहेका डाक्टरहरुसित परामर्श समेत गरेका थिए । उनले बालकको उपचारमा कुनै पनि कसर नछाड्न डाक्टरहरुलाई आग्रह गरे ।
आदित्यका बुवा शेषराज दाहालसितको कुराकानीमा उनले उपचारका लागि सरकारले सहयोग जारी राख्ने बताए । राजदूत हुनुपुर्व शहरी विकासको सचिव छँदा आदित्यको घरमै गएर उनलाई भेटेका थिए । कार्कीलाई देखेपछि आदित्यले कपी मागेर लेखेका थिए- ‘अर्जुन सर, सहर सफा राखौं ।’
कैलाली घटनाबारे आदित्य
अमेरिका बसाईका क्रममा पनि आदित्यले सन्देशमुलक टिप्पणीहरु लेख्ने क्रम जारी राखेका छन् । केहि दिनअघि कैलालीमा भएको हिंसात्मक घटनाका विषयमा पनि उनले लेखेका छन् । सो घटनामा पर्दापछाडीबाट मनोबल दिने काम भएको उनको टिप्पणी छ ।
आदित्यले ७ भदौमा लेखेको सन्देश यस्तो छ-‘देशमा द्वन्द्व, हत्या, हिंसा फेरि मौलाउँदैछ । आमूल परिवर्तनको आकांक्षा खरानी बनि उड्ने पो हुन् कि ? सद्भावपूर्ण सहमतिको खाँचो छ । हिंसा फैलाउन अरुलाई मनोबल दिने र निर्दोषको हत्या गराउने कार्य पर्दा पछाडीबाट भएको छ । उचित किसिमको न्यायिक सर्वमान्य सहमति गरी देशलाई रक्तक्रान्तिको भूमिमा फेरि परिणत हुन नदिनु नै हाम्रो र हामी आम राष्ट्रसेवकको दायित्व बनेको छ ।’
www.onlinekhabar.com

रामशरण महत, अर्थमन्त्री
काठमाडौं, १२ भदौ । सरकारले सवारीसाधन सञ्चालन तथा मर्मतको नाममा सचिव र सहसचिवलाई अथाह सुविधा दिने भएको छ ।
धानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सवारीसाधन (सञ्चालन तथा मर्मत) निर्देशिका, ०७२ जारी गरेको हो । निर्देशिका राजपत्रमा समेत प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ ।
निर्देशिकाअनुसार अब आफैँ सवारीसाधन चलाउने सचिव–सहसचिवले चालकले पाउने १८ हजार पाँच सय रुपैयाँ तलबसँगै पाउने भएका छन् ।
निर्देशिकामा सचिव–सहसचिवलाई सुरुमा नयाँ गाडी दिने, सो गाडी जहाँसुकै सरुवा भए पनि लिएर जान पाउने सुविधा थप गरिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
आफ्नो तलब तथा चालकलाई दिने तलब र अन्य सवारी सुविधासहित अब सचिव तथा सहसचिवले मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म बुझ्ने भएका छन् ।
हाल सचिव र सहसचिवको तलब ३५ देखि ४० हजार रुपैयाँसम्म छ । निर्देशिकाअनुसार नयाँ गाडी पाउने सचिव तथा सहसचिवलाई गाडी नै नबिग्रिए पनि मर्मत खर्चका नाममा मासिक पाँच हजार रुपैयाँ दिइने भएको छ।
कसैले तीन वर्षसम्म पुरानो गाडी प्रयोग गरेको भएमा मासिक मर्मत खर्च १० हजार रुपैयाँ दिइनेछ ।
सचिवलाई मासिक एक सय २५ लिटर पेट्रोल र सहसचिवलाई मासिक सय लिटर पेट्रोलबराबरको रकम पनि तलबसँगै भुक्तानी दिइने भएको छ ।
सचिव र सहसचिवले आवश्यकताअनुसार थप पेट्रोल आफ्नै कार्यालयबाट समेत पाउनेछन् । सचिव र सहसचिवले गाडीमा डिजेल, पेट्रोल, लुब्रिकेट्स, चालक खर्च, मर्मत खर्चलगायतका कुनै पनि बिल पेस गर्नुनपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार सचिवलाई कार भएमा कम्तीमा १३ सय सिसी वा जिप भएमा कम्तीमा दुई हजार सिसी क्षमताको सवारीसाधन उपलब्ध गराइनेछ ।
सहसचिवलाई कार भएमा एक हजार सिसी र जिप भएमा दुई हजार सिसी क्षमताको उपलब्ध गराइने निर्देशिकामा छ ।
निर्देशिकामा सचिव–सहसचिवहरूले आफैँ गाडी चलाएमा सुविधा दिने उल्लेख छ । तर, उनीहरूले चाहेमा आंशिक रूपमा चालक राख्न पाउने व्यवस्थासमेत गरिएको छ।
स्थायी चालक दरबन्दी रिक्त भएमा सो पद स्वतस् खारेज हुने व्यवस्था गरिएको छ । सचिव र सहसचिवलाई आफैँ गाडी चलाउन आवश्यक पर्ने तालिम शुल्क पनि सरकार आफैँले व्यहोर्ने निर्देशिकामा उल्लेख छ ।
गाडीको ब्लुबुक नवीकरणलगायतका सबै खर्च सम्बन्धित कार्यालयले नै व्यहोर्नेछन् । विभिन्न काम लिएर जिल्लामा जानुपर्ने अवस्थामा आवश्यक सबै खर्च सरकारले नै व्यहोर्ने निर्देशिकामा उल्लेख छ।
दैनिक नेपाल

काठमाण्डु, १२ भदौ– प्रधानमन्त्रीज्यू, मेरो निहत्था बाबालाई चरम यातना दिएर किन मारियो ? जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले भने,‘घटनाले मलाई धेरै मर्माहत बनाएको छ ।
जे भयो, दुःखद भयो । म सबै कुराको दायित्व लिन्छु । तपाईहरुका माग तथा भनाइ के छन् सबै भन्नुस्, राज्यले आफ्नो दायित्व पूरा गर्छ ।’ टीकापुरमा हत्या गरिएका वरिष्ठ प्रहरी उपरीक्षक ( एसएसपी) लक्ष्मण न्यौपानेको परिवारलाई समवेदना दिन शुक्रबार साँझ सिनामंगलस्थ्ति न्यौपाने निवास पुग्दा प्रधानमन्त्री सुशील कोइरालालाई बाबुको किरियामा बसेका छोरा सन्देशले यस्तो प्रश्न गरेका हुन् ।
‘प्राणरक्षाका लागि कसैको घरमा शरण लिएर बस्दासमेत आन्दोलनकारीले किन लखेटी लखेटी मारे ? राष्ट्रसेवकको हैसियतमा आन्दोलनलाई साम्य पार्न सम्झाउँदै गर्दा बाबामाथि जाइलाग्ने आपराधिक समूहलाई उकास्ने मधेसवादी दलका नेतालाई किन काबाही हुँदैन ? ’ किरियामा बसेका सन्देशको प्रश्नले प्रधानमन्त्री भावुक बने ।
–गोरखापत्र दैनिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस