• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय क्षमता हुन्छ जसलाई सभाण्ट सिन्ड्रोम भनिन्छ। रिपोर्टहरु हेर्दा लाग्छ, आदित्य यस सभाण्ट वर्गमा पर्दैनन्। उनी औसत भन्दा निकै मेधावी तर अरु हिसाबले सामान्य नै लाग्छन्।

उनी भर्खर ५ टेकेका बालक हुन् तर उनी त्यो उमेरका बालबालिकाको तुलनामा निकै फरक र प्रतिभावान देखिन्छन्। पत्रपत्रिका र टिभीका रिपोर्टबाट यति कुरा बुझ्न सकिन्छ कि उनी असाधारण हुन्। यसमा विमति कसैको पनि छैन होला। तर हालै उनको बारेमा कतिपय कुराहरु भने अन्तत: उनैलाई हानी गर्ने गरी उचालिएको छ। हाम्रो समाज साधारणतया अलि लहडे खालको छ र हामी थाहै नपाइ बहकिन्छौ। आदित्यको सन्दर्भमा उनको भलो नाचिताउने कोही पनि छैन होला, तर हामी थाहै नपाई उनलाई अन्याय त गरिरहेका छैनौँ? आउनुहोस् केही चर्चा गरौँ।


हालै अनलाइनमा उनका बारेमा लेखिएका केही हरफहरु अचम्म लाग्ने खालका छन्। यिनै आधारमा अब आउनुहोस् उनीमाथि गरिएका अन्याय केलाउँ।

१) भारतका कौटिल्यले आफुले पढेको देखेको र सुनेको आधारमा ज्ञानको भण्डार विकास गरेका हुन् भने आदित्यले आफूले नदेेखको, नसिकेको, नसुनेको विषयमा पनि जवाफ दिन्छन्।

उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको, नदेेखको, नसिकेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो । बालमस्तिष्क बिकासको हालसम्मको अनुभवलाइ यसले सिधै चुनौती दिन्छ, जुन बैज्ञानिक भन्दा पनि प्यारानर्मल क्षमतामा पर्छ । यदि यसलाई प्रमाणित गर्न सक्नुहुन्छ भने जेम्स रयान्डी एजुकेसनल फाउन्डेसनले दस लाख अमेरिकी डलरको पुरस्कार दिन्छ । यत्रो राशीको पुरस्कार किन नथाप्ने ?

२) आदित्यमा क्रमिक रुपमा नभई साढे तीन वर्षको उमेरमा एकाएक यस्तो क्षमता उत्पन्न भएको हो ।
बाल मनोबैज्ञानिकहरुका अनुसार साधारणतया बच्चाहरु ५ महिनाको उमेर भित्र आफ्नो नाम चिन्न सक्छन भने १ बर्षको हुँदा सम्म ५० भन्दा बढी शब्द जान्दछन । १८ देखि २१ महिना तिर उनीहरुमा भाषाको बिष्फोट नै हुन्छ र दिनमै औसत ९ नयाँ शब्दहरु सिक्न सक्छन । हामि औसत बच्चाले बोलेकै सुनेर पनि यति सानो बच्चाले यस्तो कसरि भन्यो होला, या कसरि जान्यो होला भनेर धेरै पटक अचम्मित् परेका हुन्छौं । तर बच्चाहरुको भाषा सिकाइमा उनीहरुको वरपर, घरका हरुले बोलेको कुराले ठुलो असर गरिरहेको हुन्छ । उनीहरु आफ्नो वरपर मान्छेहरु कसरि बोलिरहेका छन्, के को बारेमा बोलिरहेका छन् भनेर सचेत भैरहेका हुन्छन र सिकिरहेका हुन्छन । भाषिक हिसाबले राम्रो र गहन शब्दहरु प्रयोग गरि समसामयिक कुराहरुमा छलफल चलिरहने वातावरणमा हुर्केको बच्चाहरु मा यस्तो भाषाको विकास राम्रो हुन्छ । उनीहरुले बोल्न नजान्दै पनि यति धेरै कुरा सिकिसकेका हुन्छन कि त्यो हामीलाइ अपत्यारिलो लाग्छ । करिब ३ बर्षको उमेर देखि बच्चाहरुले छोटा बाक्यहरु बनाउन सक्ने हुन्छन भने ३ देखि ५ बर्ष सम्ममा कठिन बाक्य मात्र बनाउन सक्ने नभई बाक्यहरुको भाव र अर्थ बुझ्ने र दोहोरो बात-चित गर्नमा निपुण भैसक्छन । यो भाषिक दिमाग बिकासक्रम चाही साधारण बच्चाहरुको हो, या भनौ औसत हो । यसमा पक्कै पनि केहि बच्चाहरुको विकास छिटो र तुलनात्मक हिसाबमा उच्च हुन्छ । आदित्य यस्तै वर्गमा पर्न सक्छन | उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो ।

३) आदित्यको शारिरीक दुर्वलता सुरु भएको केहि समयपछि दिमागी क्षमता उजागर भएको हो । बोल्न पनि नसक्ने उनी लेखेर मात्रै जवाफ दिन सक्छन्।

बालमनोविज्ञले अवलोकन गरेर निष्कर्ष निकाल्दा मात्र जरो कुरा थाह होला, तर एउटा सामान्य अनुमान के पनि लगाउन सकिएला भने — उनको शारीरिक समस्या शुरु हुने, बोल्न गाह्रो हुने समय, र दिमाग तेज नै रही भाषा निपुणताको समय सगै पर्नाले उनको दोहोरो बातचित या सम्बाद लेखाइ को माध्यमबाट प्रस्फुटित भएको हुन सक्छ । यहाँ निर उनको क्षमता असाधारण देखिन्छ । साधारणतया यो उमेरका बच्चाले बोलेर गर्ने दोहोरो सम्बाद लेखेर गर्न सक्नु उनको ठुलो प्रतिभा हो । बोलाईको कमजोरीलाइ पूर्ति गर्न वाक्य-लेखनको क्षमताले असाधारण गति लिएको हुन सक्छ ।

४) तर आदित्य अहिलेसम्म स्कुल भर्ना भएका छैनन् । उनले कसैको सहयोगबिनै एकाएक अक्षरहरु लेख्न थालेका हुन् । आदित्यले नेपाली तथा अंग्रेजीमा मात्रै नभएर जापानी, रसियन, चाइजिन जस्ता भाषामा पनि शब्दहरु लेखेका छन्, जून कौटिल्यको क्षमताभन्दा बाहिरको कुरा हो ।

तपाइहरु मध्य इन्टरनेटको पहुच भएका धेरैका बच्चा-बच्चीले २ वर्ष पनि नहुँदै, आफुले सिकाउंदै नासिकाइ, खरर ABCD गाउने र अक्षर चिन्ने हुन्छन । खासगरी घरमा अरुले फिटिक्क अंग्रेजी नबोले पनि यु-ट्युबमा बच्चाका भिडियो हेर्ने कतिपय ३ बर्षको बच्चाले खरर अंग्रेजी बोलेका पनि होलान । इन्टरनेट भए नभए पनि आदित्यको परिवार शिक्षित भएकोले कहिँ न कहिँ अक्षरहरु को एक्सपोजर भएको हुनु पर्छ । अर्को कुरा, आफ्नै बच्चाहरुलाई राम्रो संग नियाल्नु भयो भने थाह हुन्छ कि धेरै बच्चा हरुमा हिजो अस्ति सम्म नाबोलने, आज फरर बोल्न थाल्छन र १-२ दिन मै भाषा निखारिएर आउछ । यो यति छिटो हुन्छ कि चमत्कार नै लाग्छ । त्यो एकाएक भएको हैन कि त्यतिबेला सम्म भएको भाषिक ज्ञान बोलीको रुपमा प्रस्फुटित भएको हो । लेख्ने कुरामा चाही अघि नै भने जस्तै आदित्य मा छिटो विकास भएको देखिन्छ| शब्द पक्कै लेखे, तर कहीं कतै नदेखी, नसुनी रस्सियन, कोरियन, चाइनिज भाषामा शब्द लेख्ने भन्नु अतिरन्जित हो । उनी जे हुन्, त्यसको कीर्ति गाऔँ , उनी जे हैनन् त्यो उनीमाथि जबर्जस्ति नाथोपरौं ।

५. आदित्य भविष्यका कुराहरु माथि पनि जवाफ दिन्छन् । यद्यपि, पछिल्लो समय सुरक्षा चुनौतिका कारण भविष्यवाणी लेखाउन कम गरिएको छ |
यहाँ निर चाही उनलाई ठुलै अन्याय गरिएको छ । संविधान कहिले बन्छ ? ९ रेक्टर स्केलको भुकम्प आउँछ कि आउदैन ? जस्ता प्रश्न तेर्स्याएर भविष्यवाणी गर्न लगाउनु र त्यो सत्य हुनुपर्ने अपेक्षा गर्नु मुर्खता हो । यसले उनको क्षमता भन्दा पनि हाम्रो अन्ध-बिश्वासलाइ टड्कारो रुपमा प्रकाश पार्छ।

६) शिशु अवस्थामै आदित्यको अध्यात्ममा गहिरो रुची र दख्खल देखिन्छ । उनी मन्दिर जान रुचाउँछन् । धार्मिक अनुष्ठानहरुमा रमाउँछन् । कौटिल्यमा धार्मिक प्रवृत्ति देखिदैन ।

यो पनि अन्याय नै हो । बच्चाहरु सामाजिक संकेत बुझ्न माहिर हुन्छन । वरपरकाले आफुले के गर्दा राम्रो मानेका छन् त्यता तिर रुचि राख्छन । जब त्यो कुरा बारम्बार दोहोरिन्छ, उनीहरुको दिमागी बिकास पनि त्यतैतिर ढल्कदै जान्छ । उनलाई धार्मिक बनाउने कि अरु शिक्षातिर उन्मुख गराउने, त्यो उनको बातावरणले गराउँछ ।

७. आदित्य चेतनामूलक सन्देशहरु खुबै लेख्छन् । आफ्ना सन्देशमा उनी देशको राजनीतिक, सामाजिक र सांस्कृतिक सुधारका लागि बाटो पनि देखाउँछन्।

उनको एक्सपोजर राजनीति र धर्ममा धेरै गरिएको हुदा उनको बोलीचालीमा यस्ता कुराहरु आउनु असाधारण हैन तर ५ बर्षे बालकले चेतना दिनुपर्ने समाज चाही पक्कै असाधारण हो ।

यी त भए अनलाइनमा गरिएका चर्चा । आदित्यको बारेमा गरिएका यस्ता अनेकौ कुराहरुले उनलाई न्याय भएको छ त ? अभिभावकले पनि एक पटक गहिरिएर सोच्नु पर्ने लाग्दछ ।


अन्ध-बिस्वासले गाँजेको हाम्रो समाजमा बालकमा अलौकिक क्षमता भई देबररुपमा प्रकट भएको र उनैले देश र देशबाशीको रक्षा गर्न सक्छन जस्ता भनाइहरु सजिलै बिक्न सक्छन । खासगरी उनलाई उमेर-असंगत प्रश्नै-प्रश्न गर्ने, र दिनहु सत्संग र भजन मण्डलीमा लामालाई जसरी विराजमान गराउँदै जादा उनमा बिचलन नआउला भन्न सकिन्न।

यो कुराको छनक आउँछ “९ रेक्टरको भूकम्प आउँछ कि आउदैन” भन्ने प्रश्न र त्यसको जवाफमा । यस्ता भूकम्प जस्तो कुराको भविष्यवाणी कछुवाले विश्वकपको भबिष्यवाणी गरे भन्दा फरक हुँदैन । तर उनको जवाफ सुनेर अचम्मित परिन्छ । उनले भनेछन्, “आउदैन, म सबैको रक्षा गर्छु” । पक्कै पनि उनले धेरै पटक “रक्षा गर” भनेको सुनेको हुनुपर्छ ।

आदित्यका अभिभावकलाइ यो निर्णय गर्न कठिन पक्कै छ कि छोराको भबिष्यलाइ कता डोहोर्याउने । एकातिर उनको क्षमताले ठुलो नाम र वाहि वाहि भएको छ भने अर्को तिर उनको बालक भएर बस्न पाउने अधिकार कुण्ठित भएको छ, र तिक्ष्ण बुद्धिको दुरुपयोग भएको छ । उनलाई बिस्तारै पढ्ने, ज्ञान भण्डार गर्ने र गणितीय क्षमताको विकास गराउने तिर भन्दा पनि उनलाई धार्मिक र अन्धबिस्वासका कुरा हरु तिर ध्यान केन्द्रित गर्न खोजिदै छ । उनि अहिलेकै हिसाबले लिएर जाने हो भने भोलि गएर गुरु र बाबाको भिडमा एउटा अर्को “बाबा” बन्ने अड्कल गर्न सकिन्छ । उनका अविभावकले यहि चाहन्छन भने कुरा अर्कै हो, यस धारमा लागेर पनि नाम र पैसा भरपुर कमाएका प्रसस्तै देखिएकै छ । तर यसले न त समाजले केहि पाउँछ न त उनको क्षमताको न्याय हुन्छ । सत्य त यो हो कि मनगढ़ंते भविष्यवाणी गर्ने “बाबा” हरुले भन्दा रातो, पहेलो, र हरियो चिन्ह लगाइदिने इन्जिनियरहरुले रक्षा गर्छन भूकम्पमा ।

नाना भाँतीका प्रश्न तेर्स्याएर यो उमेरको द्रुततर बढ्दो दिमागलाइ बिचलित र संकुचित पार्नु पक्कै पनि राम्रो हैन । एउटा उदाहरण लिउँ: २८९ x १५९ = कति हुन्छ जस्ता प्रश्न अप्रत्यासित रुपमा गर्दा पनि प्रश्न भुइमा झरन नपाउंदै उत्तर दिन सक्ने सभाण्ट सिन्ड्रोमले ग्रसित ड्यानियल टामेटले एउटा अन्तर्वार्तामा भनेका रहेछन: “मेरा अभिभावकले मलाइ छिमेकीको लागि चमत्कार देखाउन कहिलै दबाब दिएनन । उनीहरुलाई थाह थियो कि मा फरक थिएँ तर सकेसम्म म सामान्य जीवन जिउन सकूँ भन्ने चाहन्थे” (हेर्नुस). उनी पछि गएर एक ठुला लेखक बने र प्रेरणादायी प्रवचक पनि । आदित्य यो वर्गमा नपरे पनि उनको तिक्ष्ण दिमागलाइ सहि मार्गमा लग्न सके उनको जीवन सजिलो र सार्थक हुन सक्छ । उनको बिलक्षण प्रतिभाको असर राम्रो भएको छ कि उनले शारिरीक उपचार पाउने भएका छन् । उनि जे छन् अरु भन्दा माथि छन् तर हाम्रो रहरले उनलाई जबर्जस्ति अलौकिक देखाइ उनको बालक भएर जिउन पाउनु पर्ने अधिकार खोस्नु पर्ने केहि छैन । अबिभावक, उनको भलो चाहने आफन्त र मिडियाले पनि यो मनन गर्नु पर्ने देखिन्छ । उनि छिट्टै ठिक भएर आउँन् र धेरै पढि देश र समाजको हित गर्न सकुन भन्ने शुभकामना ।

साभार नेपाली क्यानाडा पोष्ट

www.nepaljapan.com
काठमाडौं: सरकारले ६५ वटा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा कामदार पठाउन रोक लगाएपछि जाने तयारीमा रहेका १२ हजार जना अलपत्र परेका छन्।

भिसा आइसकेका कामदार पठाउन निलम्बनमा परेका म्यानपावर कम्पनीले प्रतिकामदार १५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएकाले सबै प्रक्रिया पूरा गरेर पनि उनीहरू जान नपाएका हुन्। किर्ते कागजपत्र बनाएर कामदार पठाउने ६५ म्यानपावर कम्पनी निलम्बनमा परेका छन्।


प्रत्येक जाने व्यक्ति बराबर १५ हजार रुपैयाँका दरले धरौटी राख्नुपर्ने भएपछि व्यवसायीले भिसा आइसकेकालाई समेत पठाउन चाहेका छैनन्। कारबाहीमा परेका कम्पनीको कानुनी हैसियत के हुने भन्ने प्रस्ट नभएको तथा सञ्चालक सम्पर्क बाहिर जान सक्ने सम्भावनासमेतलाई मध्यनजर गरी वैदेशिक रोजगार विभागको खातामा धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको हो।


सरकारले प्रतिकामदार सेवा शुल्क तथा प्रवद्र्धन खर्चबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरेको छ। एक जनासँग १० हजार रुपैयाँ लिएर १५ हजार धरौटी राख्नुपर्ने भएपछि भिसा आइसकेकालाई समेत पठाउन ध्यान नदिएका हुन्। व्यवसायीले पठाउन पहल नगर्दा जाने तयारीमा रहेका व्यक्ति भने चर्को मारमा परेका छन्।

अधिकांश म्यानपावरले पूर्वस्वीकृति लिएपछि कामदारसँग शुल्क असुल्ने गरेका हुन्छन्। 'कतिपयले एड्भान्सका रूपमा पैसा लिने गरेको बुझिएको छ,' वैदेशिक रोजगार विभागका एक अधिकारीले भने। कामदारसँग पैसा असुल्ने तर पठाउन पहल नगरेपछि यतिबेला करिब १२ हजार जना अलपत्र परेका हुन्।


 यसबाहेक काठमाडौं आउनेजाने गर्दा कामदारको थप रकम खर्च भएको छ। जान पाउने वा नपाउने भन्ने अन्योल हुँदा उनीहरू थप मर्कामा परेका छन्। वैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डितले हाल अनुसन्धान भइरहेका म्यानपावर कम्पनीलाई नयाँ कामदार पठाउन रोक लगाइएको जानकारी दिए।
सरकारले प्रतिकामदार सेवा शुल्कबापत १० हजार रुपैयाँभन्दा बढी लिन नपाइने व्यवस्था गरेको छ। एक जनासँग १० हजार रुपैयाँ लिएर १५ हजार धरौटी राख्नुपर्ने भएपछि भिसा आइसकेकालाई समेत पठाउन ध्यान दिएका छैनन्।
'भिसा आइसकेकालाई राष्ट्र बैंकमा रहेको खातामा १५ हजार रुपैयाँ धरौटी जम्मा गरेपछि पठाउन दिइने व्यवस्था गरिए पनि कामदारको संख्या न्यून देखिएको छ,' उनले भने। कतिपय म्यानपावरले भिसा आएका कामदारसँग एड्भान्स रकम लिएको हुन सक्ने उनको भनाइ छ।

कामदारसँग रकम लिएर नपठाएको पाइएमा कारवाही गरिने विभागले जानकारी दिएको छ। म्यानपावर व्यवसायीले भने अनुसन्धानका नाममा लामो समयसम्म कम्पनीको कामकारवाही रोक्का राख्दा लाखौं रुपैयाँ नोक्सान भएको बताएका छन्।

'कारवाही वा फुकुवा जे गर्ने हो, त्यो तुरुन्त गरिहाल्नुपर्‍यो, लामो समयसम्म अनुसन्धानका नाममा अल्झाइराख्नु भएन,' एक म्यानपावर व्यवसायीले भने। '१० हजार रुपैयाँ सेवाशुल्क लिएर १५ हजार धरौटी तिरी व्यापार गर्न सकिँदैन,' ती व्यवसायीले भने।

हाल छानबिन भइरहेका कम्पनीले नक्कली मागपत्र बनाएर कामदार पठाउने गरेका, वैदेशिक रोजगार विभागको नक्कली छाप बनाएका तथा कामदार लिने खाडी र मलेसियाका कम्पनीको समेत नक्कली कागजपत्र तयार पारी विभागबाट मागपत्र स्वीकृत गराउँदै आएको पत्ता लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कम्पनीको फाइल तानेको थियो।

अख्तियारले प्रारम्भिक अध्ययन गरेपछि थप अनुसन्धानका लागि पुनः वैदेशिक रोजगार विभागमै पठाइएको हो। विभागकै कर्मचारीको मिलेमतोमा अवैध काम गरिएका १८ वटा कम्पनीलाई भने वैदेशिक रोजगार न्यायधीकरणमा मुद्दा दायर गरिएको छ। बाँकी ४७ वटा म्यानपावरका सञ्चालकसँग धमाधम बयान लिने काम भइरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कार्कीले जानकारी दिए।

म्यानपावर कम्पनीले तोकिएको शुल्कभन्दा तेब्बर बढी शुल्क असुल्न थालेपछि सरकारले गत असार २१ देखि १० हजारभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको छ। खाडी र मलेसियामा निःशुल्क टिकट र भिसामा मात्र कामदार पठाउन पाइने भएकाले १५ हजार धरौटी राखेर कामदार पठाउनेतर्फ व्यवसायीले चासो नदिएका हुन्।

कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशतभन्दा बढी योगदान रहेको वैदेशिक रोजगार व्यवसाय पटक्कै मर्यादित् हुन सकेको छैन। कामदारलाई करार अनुसार तलबसुविधा नदिने, कम्पनी र कामसमेत सम्झौताअनुसार नभएका उजुरी पर्ने गरेको छ। हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ४० लाख पुगेको छ।
www.annapurnapost.com
इलाम: इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा इलामकै तीन युवालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको प्रहरी निरीक्षक पदम थपलियाले बताए।


भारतको दार्जिलिङस्थित बतासेमा रहेको पिसिडी कम्पनीमा काम गर्न जान बताए पनि बेचबिखन हुने डरले प्रहरीले सीमावर्ती क्षेत्रबाट युवायुवतीलाई भारत जान दिएको छैन। उनीहरुलाई आफन्त बोलाएर जिम्मा लगाइने माइती नेपालले जनाएको छ।


भदौयता उक्त नाकाबाट १९ युवतीको उद्वार गरिएको छ भने पाँच पुरुष पक्राउ परेका छन्। तीमध्ये दुई पुरुष र एक महिला स्थानीय एजेन्टका रुपमा काम गरी युवतीलाई भारत लैजाने गरिएको अनुसन्धानबाट खुलेको माइती नेपाल पशुपतिनगर आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिए। रासस
annapurnapost.com
कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै जिउमा बढि झुम्मिने गरेको दाबी हुन्छ कसैकसैको । यस्तो दाबी गर्नेलाई हामीले जिस्काउने गर्छौँ प्रायः ।
अनि भन्ने गर्छौँ की तिमीलाई बढि मन पराएको होला नी लामखुट्टेले । साँच्ची उक्त साथीले नखरा पारेको हो, आखिर लामखुट्टेले टोक्ने त सबैलाई उस्तै त हो भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । लामखुट्टेले धनी, गरीब, दुब्लो मोटो, कालो तथा गोरो भनेर विभेद गर्ने कुरा भएन । कोही मानिसको रगत बढि मीठो र कसैको नमीठो हुने कुरा पनि भएन ।
त्यसैले लामखुट्टेले जसलाई मौका पायो उसैको जिउबाट रगत चुस्ने हो नी भन्ने ठम्याइ हुन्छ हाम्रो । तर वास्तवमा हाम्रो यो ठम्याइ गलत रहेछ । हालैको एक अध्ययनले मानिसको रगतको प्रकारले उसलाई लामखुट्टेले कति सताउँछ भन्ने कुराको निधो हुने तथ्य पत्ता लगाएको छ ।
शोधकर्ताका अनुसार लामखुट्टेले मानिसको जिउबाट रगत चुस्न रुचाउने दर मानिसको रक्त समूह अर्थात् ब्लड ग्रुपमा निर्भर गर्दछ ।
अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्सका शोधकर्ताहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले बढि मन पराउँछ । ओ ब्लड ग्रुप भएका मानिसको शरीरको रगत चुस्न लामखुट्टेले बढि रुचाउँछ ।
शोधकर्ताहरुका अनुसार हाम्रो रगतमा प्रोटिन हुन्छ र उक्त रक्तप्रोटिन ओ ग्रुपको रगतमा बढि हुन्छ । त्यसैले बी ब्लड ग्रुप भएका मानिसको तुलनामा ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले टोक्ने दर दोब्बर हुन्छ । त्यस्तै ए ब्लड ग्रुपका मानिसलाई बी ब्लड ग्रुपका मानिसलाई भन्दा पनि लामखुट्टेले कम टोक्छ ।
शोधका अनुसार लामखुट्टे मानिसको पसिनाको गन्धबाट पनि आकषिर्त हुन्छ । बढि पसिना आउने मानिसप्रति लामखुट्टे बढि आकषिर्त हुने शोधकर्ताको ठम्याइ छ । पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड तथा एमोनिया जस्ता तत्व हुन्छन् जसले लामखुट्टेलाई आकषिर्त गर्दछ ।
त्यस्तै एक शोधका अनुसार लामखुट्टेले हेर्ने तथा रंग छुट्टाउने क्षमता पनि हुन्छ । लामखुट्टेले रातो, निलो तथा कालो लगायतका रंग सजिलै सँग पहिचान गर्न सक्छ । त्यसैले यदि तपाइँले यस्ता रंगका कपडा पहिरिनुभयो भने लामखुट्टेले बढि सताउनेछ ।
शोधले अर्को रोचक कुराको खुलासा पनि गरेको छ । जस अनुसार बियर पिउने मानिसलाई नपिउने मानिसको तुलनामा लामखुट्टेले बढि सताउने गर्छ । बियर पिउने मानिसको शरीरमा इथानोलको मात्रा बढि हुन्छ । इथानोलले मानिसलाई बढि आकषिर्त गर्दछ ।
www.onlinekhabar.com
शुभप्रभात

आज वि.सं. २०७२ भाद्र १७ गते बिहीबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०३ तारिख

भाद्रपद कृष्ण पञ्चमी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, ध्रुव योग, तैतिल करण

आजको व्रत/पर्व : बिरुडा पञ्चमी (सुदुर पश्चिम),

आजको मूहुर्त : अन्नप्राशन(पास्नी),

भोलिको व्रत/पर्व : अमुक्ताभरण सप्तमी, गौरा सप्तमी

आजको राशिफल

Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आयुक्षेत्रमा चन्द्रमा भए पनि शुभग्रहको बल प्राप्त भएकाले सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । प्राज्ञिक र बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

रसरङ्ग र मनोरञ्जनको चाहना पूर्ण गर्ने समय आएको छ । तर कामधन्दा र व्यववायको चापले गर्दा प्रणयप्रसंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । बालबच्चाको क्रियाकलापले झर्को लाग्नसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

नचिताएको स्थानबाट धनागमको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । समग्रमा बन्दव्यापारबाट फाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१ श्रृंगार गरेकी स्त्री

विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।

२ धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
३ गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।
४ आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

५ कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।
हालै वैज्ञानिकहरूले ठूलो शोधपछि एउटा भविष्यवाणी गरेर पृथ्वी छैटौं महाप्रलयको युगमा प्रवेश गरेको बताएका छन्।

स्टानफोर्ड उड्स इन्स्टिच्युट फर इन्भारोमेन्टका प्राध्यापक तथा शोधकर्ता पाउल इर्लिचको टोलीले यस्तो भविष्यवाणी गरेको हो। यो भविष्यवाणी 'साइन्स एड्भान्स जर्नल'मा छापिएको छ।


यो शोधबारे समाचार प्रकाशन र प्रसारण भएपछि मानिसमा त्रास फैलिएको देखियो। मानिसले प्रकृतिबाट प्रशस्त फाइदा उठाएर प्रकृतिलाई नै हेप्न थालेपछि यस्तो अवस्था आउन लागेको हो।

म तर्कसहित भन्छु, अबको एक हजार वर्षपछि यो पृथ्वीमा प्राणीजगत् र वनस्पतिको अस्तित्त्व रहनेछैन।

यदि पृथ्वीमा प्राणीजगत्को अस्तित्त्वको अवस्थालाई अलि लम्ब्याउने हो भने माटोबाट जुन तत्त्व हामीले लिन्छौं, त्यो अर्को तत्त्वमा रूपान्तरित हुन्छ।

त्यो रूपान्तरित तत्त्वलाई माटोमै लगाउने हो भने प्राणीजगत्को अस्तित्त्वको अवस्थालाई केही अरू वर्ष लम्ब्याउन सकिन्छ।

पञ्चतत्त्वले अडिएको छ, यो पृथ्वी। अग्नि, जल, वायु, आकाश र माटो नै पञ्चतत्त्व हुन्। तत्त्व सिर्जना हुँदैन, न नष्ट नै हुन्छ।

यो त रूपान्तरितमात्रै हुन्छ। यही तत्त्व रूपान्तरण हुने चक्र खल्बलिएपछि कसरी प्राणीजगत् यो संसारमा टिकिरहन सक्छ?

यसरी चक्र खल्बलिइरहेको अवस्था देख्दा र वैज्ञानिकहरूले प्रमाणित गरिरहेको तथ्य देख्दा लाग्छ, भविष्यमा मानिसलगायत प्राणीजगत् डुबेर, डढेर र सुकेर मर्नेछन्।

तत्त्व रूपान्तरणको उदाहरणका लागि माटोमा मल र पानीबाट धान फस्टाउँछ। माटोबाटै उत्पन्न धानको भात र पानी खाएर मानिस बाँच्छ। त्यो भात र पानी दिसा, पिसाब र पसिनामा परिणत हुन्छ।

दिसा, पिसाब र पसिना मलमा परिणत हुन्छ। यी तत्त्व हाम्रो सेफ्टी ट्यांक वा ढलबाट खोलानाला हुँदै समुद्रतिर पठाउनुको सट्टा तिनीहरूलाई माटैमा मिलाइदिन सके प्राणीजगत्को अस्तित्वको आयुलाई केही लम्ब्याउन सकिन्छ।



डुबेर मर्नेछन् मानिस
मान्छेले प्रयोग गर्ने गरेको खानेकुरा, लगाउने लुगा, घर, चलाउने सामग्री आदि नै ती तत्त्व हुन्।

तिनीहरू प्राय: वनस्पतिको रूप बदलिएर बनेका अर्का तत्त्वहरू हुन्। धातुको रूप बदलिएर बनेका हुन्छन्, मानिसले प्रयोग गर्ने कतिपय सामग्री।

चाहे त्यो वनस्पति होस् वा धातु, ती सबै माटोबाट आएका हुन्।

मानिसको अज्ञानता, लोभ र भयका कारण मानिसले भोगचलन गर्दै आएको सामग्री अर्थात् रूपान्तरित तत्त्व विभिन्न तरिकाले माटैमा फर्काउनुपर्नेमा माटोमा नफर्काई खोला, खोल्सा, नदीमा फ्याँक्ने गरिएको छ।

गाउँघरमा खाएर पिएर निस्केको दिसापिसाब खोलाखोल्सामा बगिरहेको देखिन्छ। काठमाडौं उपत्यकाको हकमा फोहर तत्त्व ढलमार्फत बागमतीमा फालिन्छ। दिसापिसाबमात्रै होइन; लुगाफाटा, प्लास्टिक, कागज अर्थात् खेर जाने सबै सामग्री खोलानाला, नदी हुँदै समुद्रमा पुग्छन्।

नेपाल सरकारले खुला दिसापिसाब मुक्त क्षेत्र कार्यक्रम त ल्याएकै हो।

सहरमा शौचालयमा दिसापिसाब गर्ने गरिएकै हो। तर ती सबै दिसापिसाब वा नुहाउँदा र लुगा धुँदा निस्कने पानी त माटोमा मिल्नुपर्नेमा त्यसो त हुन सकेन।
जहाँ त्यसको आवश्यकता छैन, त्यो त समुद्रमा पो मिसिने भयो त !

यदि यी रूपान्तरित तत्त्वहरू माटोमै रहने थिए भने चक्र मिल्ने थियो, तर ती सामग्री त समुद्रमा पुगिरहेका छन्। यस्तो चलन नेपालमा मात्रै होइन, संसारभर छ।

काठमाडौंको मात्रै कुरा गरौं न ! यहाँ ५० लाख मानिस बस्छन्। तिनीहरूले दिनमा ६० लाख लिटर पिसाब फेर्छन्, १२ लाख किलो जति दिसा गर्छन्।

६० लाख लिटरजति नै लुगा धोएको र नुहाएको पसिना पानी पनि निस्कन्छ। त्यो कहाँ पुग्छ, त्यो त नदीनालामार्फत सीधै समुद्रमा पुग्ने हो।

नेपालको एउटा ठाउँको कुरा गर्दा त यस्तो अवस्था छ भने संसारभरका मानिसका दिसा, पिसाब र पसिना पानी पुग्ने ठाउँ त समुद्र नै हो। समुद्रमा यति धेरै मात्रामा ठोस र तरल वस्तु पुगेपछि त्यहाँको सन्तुलन बिग्रिँदैछ। त्यहाँका कतिपय प्राणी लोप भएर गइरहेका छन्।

भौतिक वस्तु समुद्रमा पुगेपछि त्यो त्यहीँ जम्न थाल्छ। यसरी भौतिक वस्तु समुद्रमा जम्दै गएपछि समुद्रको सतह माथि उठ्दै आउने नै भयो। हरेक सय वर्षमा समुद्र एक मिटर माथि उठ्दै आएको अनुमान गरिएको छ।

यही अनुपातमा समुद्रको सतह माथि उठ्दै जाने हो भने एक हजार वर्षमा १० मिटर समुद्र सतह माथि उठ्छ। त्यस अवस्थामा कति डुबान होला, अनुमान गरौं त ! त्यस बेला कति मानिस विस्थापित हुन्छन्।

के जमिनमा बस्ने मानिस, अन्य प्राणीजगत् र बिरुवाका लागि ठाउँ होला? यस्तो असन्तुलनले समुद्रमा रहने प्राणी बाँच्लान्? समुद्रमा आधारित खानेकुरा बाँकी रहला?

डढेर मर्नेछन् मानिस
अहिलेको युग हो, प्रविधिको। प्रविधि चलाउन इन्धन/ऊर्जा आवश्यक हुन्छ। यसका लागि कोइला, डिजेल, पेट्रोल र दाउरा बाल्ने गरिएको छ।

यसरी ऊर्जाका लागि इन्धन बाल्दा र अर्कातिर एअर कन्डिसन चलाउँदा त्यसबाट निस्कने रसायन क्लोरोफ्लोरो कार्बनले पनि अर्को समस्या ल्याइरहेकै छ।

पहिले महाप्रलय हुँदा बिरुवा जमिनमुनि गएर रूपान्तरित हुँदा त्यो ठोसमा कोइला र तरलमा डिजेल पेट्रोल भयो।

यस्तै ग्याँस पनि बन्यो। त्यो इन्धनलाई मानिसले आफ्नो बुद्धिले जमिनमा निकालेर प्रयोग गर्न सिके।

आज एक वर्षमा नौ अर्ब किलो कोइला बालिन्छ। वैज्ञानिक नियमअनुसार एक किलो इन्धन बाल्दा २० किलो कार्बनडाइअक्साइड निस्कन्छ।

अब भन्नोस्, नौ अर्ब किलो कोइला बाल्दा कति किलो कार्बनडाइअक्साइड निस्केला? अर्कातिर कोइला निकाल्दा पृथ्वीमा त खाल्डो पर्दै जान्छ।

नौ अर्ब किलो कोइला निकाल्दा त नेपालजत्रो खाल्डो खनिन्छ भने एक हजार वर्षमा कत्रो खाल्डो पर्ला?

समुद्र उचालिँदै जाँदा समुद्रको पानी त्यो खाल्डोमा पनि पर्दै जान्छ। यसमा डिजेल र पेट्रोलले सिर्जना गर्ने कार्बन डाइअक्साइडको कुरा छोडौं।

यो संसारमा कैयौं जनावर र पन्छीहरू छन्। तिनीहरूको मलमूत्रमाथि घामको प्रकाश पर्दा त्यो वाफका रूपमा मिथेन ग्याँस बनेर आकाशमा फैलन्छ।

किनकि पशुपन्छीको मलमूत्र व्यवस्थित नहुँदा त्यो वाफका रूपमा आकाशमा फैलिरहेको छ।

 यसले पनि पृथ्वीलाई तताइरहेको छ। हाम्रो गाउँघरमा रहने अव्यवस्थित रछ्यान मिथेन ग्याँसको स्रोत हुन पुगेको छ।

हामीले माटोबाट उत्पादन हुने खानेकुरा खाएर उत्पन्न भएको अर्को तत्त्व माटोमै नमिलाइदिँदा माटो रूखो हुन थाल्यो।

बिरुवा सप्रन छाडे। मल र जल नपाउँदा बिरुवा जिम्लन लागे। यस्तो अवस्थामा उत्पादन त घट्ने नै भयो। खान नपुग्ने अवस्था आइपर्‍यो। त्यसपछि उत्पादन बढाउनुपर्ने भयो।

वैज्ञानिकहरूले पत्ता लगाए- नाइट्रोजन, पोटास र फस्फोरसजस्ता तत्त्वको अभावमा उत्पादन घटेको। धेरै र सजिलोसँग हावाबाट नाइट्रोजन प्राप्त हुने पत्ता लाग्यो, अनि खानीबाट फस्फोरस र पोटास।

तर विडम्बना के भयो भने हावाबाट नाइट्रोजन र खानीबाट पोटास र फस्फोरसलाई ठोस मलमा परिणत गर्न त इन्धन नै बाल्नुपर्ने भयो।

 संसारमा हरेक वर्ष चार अर्ब टन उपभोग्य वस्तु उत्पादन हुन्छ।

कृषि वैज्ञानिक मदन राई आफ्‍नै दिसापिसाबबाट बनेको जैविक मल देखाउँदै। तस्बिर:  अन्‍नपूर्ण
त्यसका लागि ३० करोड टन रासायनिक मल उत्पादन गर्न पर्छ। यसका लागि ३० करोड टन नै कोइला बाल्नुपर्ने हुन्छ।

३० करोड टन कोइला बाल्दा ६ अर्ब टन कार्बनडाइअक्साइड उत्पादन हुन्छ र त्यसले आकाश ढाक्छ।
 पञ्‍चत्‍व रुपान्तरण हुने चक्र खल्बलिइएपछि कसरी प्राणीजगत यो संसारमा टिकिरहन सक्छ? यसरी चक्र खल्बलिइरहेको अवसथा देख्दा र वैज्ञानिकहरुले प्रमाणित गरिरहेको तथ्‍य देख्दा  लाग्छ,  भविष्‍यमा मानिसलगायत प्राणीजगत् डुबेर, डढेर र सुकेर मर्नेछन्।
फेरि नाइट्रोजनयुक्त मल असन्तुलित तरिकाले प्रयोग गर्दा त्यसबाट फेरि मिथेन, नाइट्रोस अक्साइड, आइट्राइट गरी तीन ग्याँस आकाशतिर फैलन्छ। यी ग्याँसले कार्बनडाइअक्साइडभन्दा सैयौं गुणा बढी आकाशलाई तातो बनाउँछ।

वैज्ञानिकहरूले हरेक सय वर्षमा पृथ्वीमा दुई सेल्सियसको दरले तापक्रम वृद्धि भइरहेको पत्ता लगाइसकेका छन्।

यही अनुपातमा तापक्रम वृद्धि हुने हो भने हरेक हजार वर्षमा त २० डिग्री सेल्सियस तापक्रम बढ्छ।

 त्यति तापक्रम बढेपछि यो संसारमा प्राणीजगत् र वनस्पति डढेर खरानी हुँदैन त?

सुकेर मर्नेछन् मानिस
तापक्रम वृद्धि हुँदा पानीको चक्रीय प्रणाली नै तोडिन्छ। पृथ्वी तातिँदै जाँदा पानी पर्ने सम्भावना कम हुँदै जान्छ।

पानी पर्नका लागि शून्य डिग्री चाहिन्छ।

अहिलेको तापक्रम वृद्धि हुने क्रम यही रूपले जारी रहने हो भने संसारमा बरफ नै हुँदैन।

अबको एक हजार वर्षमा त पृथ्वीमा तातो र सुक्खा वाफमात्रै हुन्छ। तातो र सुक्खा हावाबाट वर्षा हुँदैन।

यस्तै ताजा पानीको स्रोत भनेको हिउँ हो। हेर्नुस् त हाम्रा हिमाल, कालापत्थरमा परिणत हुँदै गइरहेका छन्।

पानीको स्रोत सुक्दै गएको छ। भविष्यमा समुद्रले पृथ्वीलाई ढाक्दै जाँदा जमिनमुनिको पानी पनि खान अयोग्य हुन्छ।

यस्तो अवस्थामा मानिस सुकेर मर्दैनन् त?

मानिसलाई बाँच्न हावा चाहिन्छ। श्वासप्रश्वासका लागि बढीमा चार सय पीपीएम कार्बनडाइअक्साइड हुन्छ।

ताजा हावामा दुई सय ५० देखि तीन सय पीपीएमसम्म कार्बनडाइअक्साइड हुन्छ।

वायु प्रदूषणको यही अनुपात कायम रहने हो भने मानिस निस्सासिएर पनि मर्छन्।

अब के गर्ने?
सामान्य रूपमा हामीले प्राणीजगत्को अस्तित्वको आयुलाई लम्ब्याउन सक्छौं। हामीले खाएर पिएर निस्केको दिसा, पिसाब र पसिना बिरुवामार्फत बाटोबाट प्राप्त गरेको तत्त्व हो।

ती तत्त्वलाई माटोमा फर्काउन सक्नुपर्छ। हामीले र पशुपन्छीले खानेपिउने कुरामा केही भिन्नता छैन, जस्तो हामी छानेर खान्छौं।

हामी धानको चामल खान्छौं, पशुले पराल र भुस खान्छ।

हामी काउलीको फूल खान्छौं, पशुपन्छीले पात र डाँठ खान्छ।

पानीको हकमा हामी मूलको पानी, तातोपानी, फिल्टर र बोतलको पानी पिउँछौं, पशुपन्छीले जस्तो पानी भेट्छ त्यही खान्छ।

खाएको र पिएको खाना र पानी ठोस र तरल रूपमा शरीरबाहिर निस्कन्छ।

हामीले जुन कुरा ठोस रूपमा निकाल्छौं त्यो दिसा हो, पशुपन्छीले निकालेको गोबर, सुली र बड्कौला हो।

हामीले निकालेको यही तत्त्वलाई माटोमा मिलाए त्यो समुद्रमा जानबाट रोकिन्छ र समुद्रको सतहको उचाइ पनि बढ्ने अनुपात कम हुन्छ।

यस्तै ती तत्त्व बिरुवाले खान्छ, बिरुवा हुर्कन्छ र त्यसले हामीलाई अक्सिजन दिन्छ, कार्बनडाइअक्साइड आफूले लिन्छ।

यसो भयो भने कार्बनडाइअक्साइड आकाशमा फैलने अनुपात पनि कम हुन्छ।

बिरुवामार्फत माटोबाट प्राप्त भएको तत्त्व हामीले खाएर हाम्रो शरीरबाट निस्केको रूपान्तरित तत्त्वले मल र जलको रूपमा माटोमै मिलाउँदा रासायनिक मलको प्रयोग गर्नु पर्दैन।

यसले चक्रीय प्रणाली खल्बलिनुबाट जोगाउँछ। के हामी यति काम गर्न सक्दैनौं? यसो भयो भने मानिस डुब्न, डढ्न, सुक्न र निस्सासिनबाट जोगिँदैनन्?

म गर्छु
हो, माथि मैले जे भने त्यो म गर्छु। तपाईं पनि गर्न सक्नुहुन्छ। म बिहानै उठेर दुई गिलास पानी पिउँछु।

पानी पिएको १० मिनेटपछि दिसा गर्ने बानी छ मेरो। म दिसा कहाँ गर्छु थाहा छ तपाईंलाई? म त मेरो कार्यालयमा दिसा गर्छु। अचम्म नमान्नुहोस्, म यसै गर्छु।

म प्लास्टिकको बाल्टिनमा पोलिथिन ब्याग राखेर दिसा गर्छु।

अस्पतालमा बिरामीले प्रयोग गर्ने प्वाल भएको कुर्सी ल्याएको छु, त्यसमा बस्छु र बाल्टिनमा दिसा गर्छु।

अनि एउटा बोतल हुन्छ, त्यसमा पिसाब फेर्छु। टेलिभिजन हेर्दै आनन्दले दिसापिसाब गर्छु।

दिसा गरिसकेपछि त्यो नगनाओस् भनेर प्राय: खरानी, नभए काठको धूलो र त्यो पनि नभए मसिनो सुकेको एक टोकरी धूलो हाल्छु।

दिसा गरिसकेपछि मलद्वार र हात धुनका लागि पौने लिटर पानी बाटामा प्रयोग गर्छु।

साबुनले हात धुन्छु। यो पानी पनि हामी मलका रूपमा प्रयोग गर्छौं।

दिसा गरेको बाल्टिन भरिएपछि खाडलमा लगेर झारपात, गोबर, सुलीसँग मिसाएर सडाउँछौं।

त्यो सडेपछि मल हुन्छ। त्यो मल हिजो जुन रूपमा माटोबाट आएको छ, त्यहीँ मिलाइदिन्छौं।

त्यो मल बिरुवाले पाउँछ र बिरुवाले हामीलाई फल दिन्छ। त्यो फल खाएर हामी बाँच्छौं।

मेरो घर, कार्यालय तथा विद्यालयमा जम्मा भएको दिसा, पिसाब र पसिनापानीलाई हामी खेर जान दिन्नौं।

हाम्रोमा त शौचालय पनि कस्तो छ भने एकातिरबाट दिसा र अर्कोतिरबाट पिसाब जान्छ र त्यो हामी ड्रममा जम्मा गर्छौं।

अलगअलग ठाउँमा थुपार्छौं। पिसाब ड्रममा राखेको एक महिनामा कीटाणु मरिसक्छ र त्यो झोल मल बन्छ।

 त्यसलाई हामी माटोमै मिसाउँछौं। दिसा पनि यसरी नै कुहाएर मल बनाउँछौं र माटोमै मिलाउँछौं।

जसरी ठोस मलले माटोलाई नरम बनाउनुका साथै अन्य तत्त्व दिन्छ, झोल मलले बिरुवालाई हलक्क बढ्न मद्दत गर्छ।

त्यसैले पिसाबबाट निस्केको झोल मललाई बिरुवाका लागि दूध भन्छु म त।

तपाईंले पनि यसो गरेर पृथ्वीलाई माया गर्ने हो भने प्राणीको अस्तित्वको आयु लम्ब्याउन सकिन्छ।

यसो नगर्ने हो भने हामी यो संसारबाट लोप भएर जाने समय धेरै लामो छैन, होश गरौं।
(कृषि वैज्ञानिक राईसँग अन्नपूर्णकर्मी राजकुमार दिक्पालले गरेको कुराकानीमा आधारित)
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home