जनकपुरधाम : प्रहरीसँगको झडपमा बुधबार तीनजना प्रर्दशनकारीको मृत्यु भएपछि महोत्तरी सदरमुकाम जलेश्वरमा बिहीबारबाट सेना परिचालन गरिएको छ । नगरक्षेत्रमा कफ्र्यू लगाएर सेना परिचालन गरिएपछि जलेश्वरका सडकहरु सुनसान भएका छन् ।
प्रहरीको गोली लागी प्रर्दशकारीको तीनजानको मृत्यु र दर्जनौं घाइते भएपछि स्थानीय प्रशासनले बुधबार राति आठ बजेदेखि सदरमुकाममा लगाएको कफ्र्यू विहीबार पनि जारी छ ।
जिल्लाको अवस्था बिग्रदैं गएकाले शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले संचारमाध्यमलाई जानकारी गराएका छन् ।
विहीबार विहान जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सुरक्षा समितिको बैठकले नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो ।
मृतकहरुको शव अस्पतालमा
प्रहरीको गोली लागी मृत्यु भएका रोहन चौधरी, रामविवेक यादव र अमित कापरको शव जिल्ला अस्पताल महोत्तरीको शव गृहमा राखिएको छ ।
गोली लागेका वीरेन्द्र गम्भीर
यता, प्रहरीको गोली टाउकोमा लागेर गम्भीर घाइते भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका वीरेन्द्र विच्छाको अवस्था अत्यन्त गम्भीर रहेको उनको हेरचाह गरिराखेका तराई मधेश युवा फ्रन्टका केन्द्रिय अध्यक्ष कृष्णा सिंहले बताएका छन् ।
विच्छाको टाउकोमा अपरेशन गरी गोली निकालिए पनि उनी होसमा आउन सकेका छैनन् । अवस्था गम्भीर भएपछि उनलाई आईसियुमा राखिएको छ । www.annapurnapost.com

गोरखा : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ‘किरण’ ले संविधानसभाबाट संविधान नआए मुलुकमा संकट आउने बताएका छन् ।
बिहीबार गोरखाका पत्रकारहरुसँग कुराकानी गर्दै उनले संविधान आए पनि संकट र नआए पनि संकट आउने बताएका हुन् ।
‘संविधान सभाबाट संविधान नआए मुलुकमा संकट आउँछ’ उनले भने, ‘तीन दलले पनि गर्न नसके के हुन्छ ? संकट आउँछ । ल, हेर्नु है अब मुलुकमा संकट आयो । तीन दलले पनि नसक्ने कुरा आयो ।’
अहिलेको अवस्थामा संविधान आउनु र नआउनुमा कुनै फरक नभएको बताउँदै अध्यक्ष वैद्यले मुलुकको संकट टार्न तीन दलले पनि नसक्ने जिकिर गरे ।
‘बनाए पनि सुख छैन, नबनाए पनि सुख छैन’ उनले भने ‘संविधान बनाए हामी अस्वीकार गर्छौं, च्यात्छौ र जलाउँछौं । नबनाए तीन दल असफल हुन्छन्’, अध्यक्ष वैद्यले भने,
‘संविधान नै नभए के हुन्छ ? संकट भनेको यही त हो । संकटमा फसे यिनीहरु । तीन दलले नसकेपछि संकट आयो अब ।’
संकटको हल क्रान्तिबाट आउनसक्ने उनले बताए । ‘संकट आएपछि दुई तरिकाले हल हुनसक्छ । एउटा हल फाँसीवादी, तानाशाही ढंगले हुन सक्छ’, उनले भने ‘अर्को हल नयाँ क्रान्तिबाट हुन सक्छ । यस्तो अवस्था नआओस् भन्ने चाहन्छु ।’
पत्रकारसँग बोल्दै उनले अहिले अलोकतान्त्रिक र फाँसीवादी तरिकाले संविधान जारी गर्ने अभ्यास भइरहेको आरोप लगाए ।www.annapurnapost.com

सरकारले भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ बमोजिम नेपालमा स्थानीय बसोबास गर्ने नागरिकले विदेशमा गई नेपाल फर्कदाँ व्यक्तिगत प्रयोजनका लागि सामान ल्याउँदा पूर्ण भन्सार छुट दिने गरेको छ। जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधी उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधीमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालय गैरीगाउँको सहजकर्ता परमेश्वर यादवले जानकारी दिए।
त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान र घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर पनि एक-एक थान ल्याउन पाइने यादवले जानकारी दिए।
साथै सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार रुपैयाँ मूल्यसम्मको जवाहरात जडितसाथमा ल्याएको गहना गुरिया र पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक-एक थानमा पूर्ण भन्सार छुट रहेको प्रमुख भन्सार अधिकुत केशव उप्रेतीले जानकारी दिए।
त्यस्तै शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण जस्तै मिक्सर, जुसर, सिलाई मिसिन, ग्यास टेबुल, इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ।
त्यस्तै डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सक्ने यादवले जानकारी दिए।
यस बाहेक सात किलोग्रामसम्म खाद्य परिकार, १.१५ लिटरसम्म मदिरा ल्याउन पाउने छन्। नेपाल सरकाको दिएको सुविधाभन्दा बढी मदिरा ल्याएमा सीज समेत हुने यादवले बताए। यस्ता मालसामान नेपाल आउनु अघि वा पछि नेपाल प्रवेश गरेको मितिले तीन महिना भित्र भन्सार गोदाममा दाखिला हुनुपर्ने कार्यलयले जानकारी दिएको छ।
त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिनसक्ने भन्सारकार्यलय गैरीगाउँले जानकारी दिएको छ।
यसको साथै विदेशमा ६ महिनाभन्दा बढी बसेर फर्किने यात्रुलाई पाँचसय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलो ग्रामसम्म चाँदी तथा चाँदीका गहना महसुल तिर्ने गरी ल्याउन पाउने भन्सार कार्यलयले जानकारी दिएको छ। उक्त परिमाणमध्ये सुन तथा सुनको गहना पचास ग्राम र चाँदी तथा चादीँको गहनामा पाँचसय ग्रामसम्ममा छुट दिई बाँकी परिमाणमा मात्र महसुल लाग्ने भन्सार कार्यलयले जानकारी दिएको छ।
साथै विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई सामान मध्ये ३ सय ५० अमेरिकी डलरसम्मको सामान पठाएमा प्रमाण हेरी समदर भन्सार शुल्क मात्र लाग्ने कार्यलयले जनाएको छ।
त्यस्तै सौगातको रुपमा समेत नेपाली नागरिकले विदेश जादाँ नेपालमा नै उत्पादन गरिएका पचास हजार मूल्यसम्मका मालसामानमा नेपाल सरकारले प्रतिबन्ध लगाएका बाहेक सामान लैजाँदा महसुल नलाग्ने कार्यलयले जानकारी दिएको छ।
कुनै नेपाली नागरिकको विदेशमा बसोबास गरिरहेको समयमा मृत्यु भएको हो भनी प्रमाणित भएमा पनि निज र निजको परिवारले निजी प्रयोग गरेको पुराना सामानहरु (सवारी साधन बाहेक) स्वदेशमा फिर्ता ल्याउँदा पनि सम्पूर्ण महसुल छुट हुने भन्सार कार्यालयले जानकारी दिएको छ।
उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई÷दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ। नेपाल सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने यादव जानकारी दिए।
तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने कार्यालयले जानकारी दिएको छ।
त्यस्तै मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल नलाग्ने यादवले बताए।
त्यस्तै ६ महिनासम्म विदेश बसी नेपाल फर्केकाहरुको लागि क्रमश २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः प्रति इन्च २ सय, ३ सय, ४ सय ५०, ५ सय ५०, ६ सय र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।
साथै ६ महिनाभन्दा बढी विदेश बसी नेपाल फर्केकाहरुको लागि क्रमश २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः प्रति इन्च १ सय ५०, २ सय ५०, ४ सय, ५ सय, ५ सय ५० र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।
त्यस्तै ल्यापटप, फ्रिज र अन्य सामानको भने मूल्याङ्कन हेरी महसुल लिइने कार्यलयले जानकारी दिएको छ। साथै नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कदाँ तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ लिइने पनि यादवले जानकारी दिए।
त्यस्तै नेपाली कामदारले आफु फर्कदाँ र पठाउदाँ भन्सार कार्यलयमा यी शुल्क तिर्नुपर्ने यादवले जानकारी दिए। गोदाम शुल्क १ देखि ७ दिनसम्म सम्पूर्ण कर सहित प्रतिपिस ५१ रुपैयाँ र ७ दिन पछि यो शुल्क सहित प्रतिकिलो प्रति दिन ६० पैसा तिर्नुपर्ने यादवले जानकारी दिए।
त्यस्तै लेवर चार्ज प्रतिकिलो २ रुपैयाँ ५० पैसा र ऐजेन्ट शुल्क १ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म महसुल तिर्नुपर्ने उनले जानकारी दिए। साथै यी बाहेक नेपाल सरकारले तोकेको सम्पूर्ण महसुल लाग्ने यादवले जानकारी दिए।
नेपाल सरकारले सुविधा दिएको भल्दा बढी सामान ल्याएमा सामानको मूल्याङ्कन हरी महसुल लिईने यादवले जानकारी दिए।
kinmel.setopati.com

२४ भदौ, महोत्तरी ।
बन्दकर्ता र प्रहरीबीच बुधबार दिउँसो जलेश्वरको महेन्द्र चौकमा झडप हुँदा प्रहरीले चलाएको गोली लागि तीन जना प्रर्दशनकारीको मृत्यु भएको छ। जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, महोत्तरी गाविस ५ का रामविवेक यादव र जलेश्वर नगपालिका १४ बखरी घर भएका मुसवा भनिने अमित कापर सहित तीन जनाको जलेश्वर अस्पतालमा मृत्यु भएको जलेश्वर अस्पतालका डाक्टर सतिस साहले पुष्टि गरेका छन्।
प्रहरीको गोली लागेर घाइते भएका जलेश्वरका विरेन्द्र बिच्छाको टाउँकोमा गोलि लागेको र उनको अवस्था गम्भीर रहेको अञ्चल अस्पतालले जनकपुरले बताएको छ।
पिगौनाका धिरेन्द्र महतोलाई ढाडमा गोली लागेर घाइते भएका छन्। जलेश्वरका सतोष साह, भटौलियाका अभिनास यादव र जलेश्वरनगरपालिका घर भएका रामविकास साह गोलीको छर्रा लागेर घाइते भएपछि अहिले उनीहरुको जनकपुर अञ्चल अस्पताल उपचार भइरहेको छ। त्यसैगरी एकडाराका शंकर पासवान र पिगौनाका विकास मिश्राको जलेश्वर स्थित शान्ति कम्पयुनिट हस्पिटलमा उपचार भइरहेको छ।
यता प्रहरीको लाठि प्रहार र अश्रु ग्यासको धुँवाले पचास भन्दा बढी प्रर्दशनकारी घाइते हुन पुगेका छन्। दिउँसो दुई बजे तिर गाउँ गाउँबाट बन्दमा समर्थन जनाउन जलेश्वर आएका प्रर्दशनकारी र प्रहरीबीच झडप शुरु भएर जलेश्वरमा तनाव शुरु भएको थियो।
मोटरसाइकल, साइकल र ट्रयाक्टरमा आएका प्रदर्शनकारीहरुले सदरमुकाम जलेश्वरका विभिन्न भागमा लाठी जुलुस प्रर्दशन गर्दै महेन्द्र चोक पुगेको थियो। प्रर्दशनकारीहरुले महेन्द्र चोकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्न खोज्दा प्रहरी पछाडि हटेको थियो। महेन्द्र चोकमा ड्युटीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएपछि प्रर्दशनकारी झन् उग्र भएका थिए। उनीहरुले पछि हट्दै गएका सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको गेट अगाडिसम्म लखेटेर आक्रमण गर्न थालेपछि प्रहरीले जवाफी कारवाही सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालयलाई नै निसाना बनाएपछि प्रहरीले भित्रबाट अश्रु ग्यास प्रहार गर्न सुरु गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारी अश्रुग्यास हान्दा समेत पछि नहेटेपछि प्रहरीले गोली चलाएको थियो।
प्रर्दशनकारीहरुलाई तितरवितर गर्न कार्यालय भित्रैबाट प्रहार गरेको अश्रुग्यास सर्वसाधारणका घरमा पुगेको थियो। त्यसबाट सर्वसाधारण पीडित बन्न पुगे।
प्रहरीले फालेको अश्रुग्यासबाट घरमा बसिरहेका महिला तथा बालबालिकाले समेत सास्ती भोग्नु पर्यो। प्रर्दशनकारीको संख्या बढी भएकोले प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको भयो। आजको नागरिकमा खबर छ ।nepaliheadlines.com

काठमाण्डु,२४ भदौ– प्रहरी इन्काउन्टरमा मारिएका गुण्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएमसमेत फेला पारेको प्रहरीको भनाई छ ।
आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । उनीहरु प्रहरी इनकाउन्टरमा मारिएका घैँटेको समूहका हुन् ।
प्रहरी स्रोतका अनुसार घैँटे मारिएकै दिन बस्नेत उपत्यकाबाट भागेका थिए । उनले घैँटेको प्रमुख सहयोगीका रुपमा काम गर्दै आएका थिए । भारतीयलाई सो समूहले केही दिन कीर्तिपुरमा ल्याएर राखेको सूचना चुहिएपछि उनीहरु भागेका थिए । यसका लागि १० लाख रुपैँयाको डिल भएकोसमेत अनुसन्धानमा खुलेको छ ।
नयाँ पत्रिका दैनिकबाट
athmandutoday.com

राजविराज : मधेसी मोर्चा सप्तरीको आह्वानमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले कञ्चनरुप नपा–५ स्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा बुधबार अपरान्ह आगजनी गरी नष्ट गरेका छन् ।
पोर्ताहा गाविस–१ स्थित सडक खण्डमा प्रहरीको गोली लागेर बुधबार विहान सोही ठाउँका ६० वर्र्षीय रामकिसुन राउतको मृत्यु भएपछि उत्तेजित भींडले आगजनी गरेको स्थानीयले बताए ।
भींडलाई तितरवितर पार्न एक सेल अश्रु ग्यास प्रहार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ ।
मधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरुले राजमार्ग केन्द्रित भई विभिन्न स्थानमा तेस्र्याएको ढुङ्गा र रुखहरु हटाउन खोज्दा प्हरी र प्रदर्शनकारीहरुबीच बिहान नौबजे पोर्ताहा र भारदहमा झडप भएको थियो ।
सडक अवरुद्ध भएपछि पूर्वबाट प्रहरी स्कर्टिङमा आएका तीनसय सय भन्दा बढी मालबाहक ट्रक तथा यात्रुबाहक बस सुनसरीको झुम्कामा र पश्चिमबाट आएको एक सय बढी सवारीसाधन सिरहाको मिर्चैयामा अलपत्र परेका छन् ।www.annapurnapost.com

हेल्लो शुभप्रभात आज वि.सं. २०७२ भाद्र २४ गते बिहीबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर १० तारिख भाद्रपद कृष्ण द्वादशी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, परिघ योग, वणिज करण आजको व्रत/पर्व : प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), शिलान्यास(जग राख्ने), दैलो राख्ने, पुराणश्रवण, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
आजको राशिफल
Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । नयाँ जोस र जाँगर पलाउने छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ, तर नवम भावमा रहेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । अभिभावकको स्वास्थ्य र मानसिकतामा सामान्य प्रभाव पर्न सक्छ । कताकता र्वराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले आज शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, तर डराउनु पर्दैन । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । बोलीको कदर हुनेछ । प्रतिकूल एवं विपरीत परिस्थिति भए पनि ेसचेतता अपनाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ, तर अवरोधको सम्भावना छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।