• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
कठोररुपमा अगाडि बढ्छ
वीरगन्ज : सदभावना पार्टीका राष्ट्रिष्य अध्यक्ष राजेन्द्र महतोले मधेसी र थारुको माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका घाइते आन्दोलनकारीसँग सोमबार भेटघाट गरेका अध्यक्ष महतोले भने, ‘माग पुरा नभएसम्म आन्दोलन रोकिन्न, अब त झन कठोररुपमा अगाडि बढ्छ ।’

मधेसको आन्दोलन वारपारको लडाइँ भन्दै उनले तीन दलले ल्याएको मधेसविरोधी संविधान मधेसी र थारुले कुनै पनि हालतमा नस्वीकार्ने बताए ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी निहत्था मधेसी र थारुको टाउको र छातीमा प्रहरीले ताकी ताकी गोली हानेको भन्दै उनले प्रश्न गरे, ‘के यही मानवता र लोकतन्त्र हो ?’

अध्यक्ष महतोले मधेसमा राज्यले आतंक नै मच्चाएको आरोप लगाए । अध्यक्ष महतोले अस्पताल परिसर बाहिर नयाँ संविधानको प्रतीलिपी पनि जलाएका थिए ।
www.annapurnapost.com
विराटनगर : आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप शुरु भएको छ । स्थानीय महावीर चौकमा सोमबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच अहिले झडप भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । शनिमन्दिर चौक, महावीर चौक र भट्टी चौकमा अहिले अवस्था तनावपूर्ण रहेको छ । त्यहाँ आउजाउ समेत बन्द छ । सडक सुनसान भएको छ ।

विराटनगरमा हिजो साँझ महेन्द्र चौक क्षेत्रमा पनि झडप भएको थियो । प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

घटनामा आफ्ना एक दर्जन कार्यकर्ता घाइते भएको संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले जनाएका छन् ।

विराटनगरमा हिजो साँझदेखि स्थिति बिग्रिएको हो । आन्दोलनकारी र संविधान समर्थकले मोटरसाइकलमा आगजनी गरेपछि दुई पक्षीय झडप हुने स्थिति आएपछि प्रहरीले दुबै पक्षलाई पछि हटाएको छ ।www.annapurnapost.com
बागलुङ : संविधानसभाको उपनिर्वाचनमा विजयी हुँदा सभासद् चम्पादेवी खड्कासँग एउटै सपना थियो, पतिको संविधान लेख्ने इच्छा पूरा गर्नु । आज उनको सपना मात्र साकार भएको छैन, करोडौँ नेपालीको पनि भाग्यको फैसला भएको छ ।

पति वियोगको कठिन घडीमा पनि उपनिर्वाचनमा होमिदाको पीडा अहिले धेरै हदसम्म मत्थर बनेको छ, सभासद् खड्काको । पतिको बाँकी कार्यभार सम्हाल्न संविधानसभा पुगेकी सभासद् खड्का संविधानसभाबाट संविधान जारी भएपछि उत्साहित छिन्  ।

उनका अनुसार संविधान लेखनकै यात्रामा निधन हुनुभएका पति सभासद् हरिबहादुर खड्काको मृत आत्मालाई पनि शान्ति मिलेको छ । उनले आत्मगौरवको अनुभूति गरिरहेकी छन् ।

‘गौरवको महसुस पनि भएको छ, यस्तो ऐतिहासिक दायित्व निर्वाह गर्ने अवसर मिल्यो, पति गुमाएपनि संविधान लेख्न पाएँ” सभासद् खड्काले भनिन् “मेरो पतिको जुन इच्छा थियो, संविधानसभाबाट जनतालाई नयाँ संविधान दिने, त्यो सपना पनि पूरा भएको छ ।”

नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं १ की सभासद् खड्काका पति हरिबहादुर खड्काको २०७१ मङ्सिरमा सडक दुर्घटनामा मुत्यु भएको थियो ।

सभासद् पतिको निधन भएपछि खड्का सोही वर्षको चैतमा भएको उपनिर्वाचनमा विजयी बनी संविधानसभामा पुगेकी थिइन्

“मेरो पतिको निधनपछि जुन अभिभारा मलाई जनताले बोकाउनुभएको थियो, त्यो आज पूरा भएको छ” सभासद् खड्काले भनिन्, “संविधान दिने वाचा त पूरा भयो, अब विकास निर्माणको कामलाई अघि बढाउनुछ ।”

उनले पति निर्वाचित हुँदा जनतालाई बाँडेका आश्वासन र सपना पूरा गर्न कटिबद्ध भएर लाग्ने धारणा राखिन् । रासस -nnapurnapost.com
महोत्तरी, ४ असोज । संविधानको पर्खाइमा अनेकन बाजी थाप्नेहरु मध्येका सर्तहरु थिए संविधान जारी भएपछि दाही दाह्री काट्ने, बिहे गर्ने, आदी ।

तर महोत्तरीको गौशालाका एक व्यक्तिले संविधान जारी भए मात्रै आफु नरहने बताउँदै आएपनि उनले आफ्नो अडान लागू गरी छाडेका छन् ।

आइतबार साँझ संविधान जारी भएसँगै ५० वर्षीय रामप्रदिप महतोले आँपको रूखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार दिउसो छिमेकीहरूलाई भेला पारेर महतोले यो संविधान जारी भए आफूले आत्महत्या गर्ने चेतावनी दिएका थिए ।

/www.etajakhabar.com
September 21, 2015
 संविधाना आएको खुसियालीमा दुई दिन लोडसेडिङ नगरिने
४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ नेपाली जनतासमक्ष जारी भएकोमा मुलुकमा खुसियाली छाएको छ । मुलुकभर दिपावलीसँगै एक अर्कामा बधाई र खुसियाली साटासाट गरिएको छ

। यसै मेसोमा संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भएको छ ।


संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएको गोरखापत्रमा खबर छ
purbelinews

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विराटनगर- नयाँ संविधानको स्वागत र विरोधमा पूर्वी नेपालमा हजारौं मानिस सडकमै उत्रिएर खुसीयाली र विरोध जनाएका छन्। संविधानको स्वागत गर्दै हजारौंको सहभागितामा विराटनगरमा मोटरसाइकल र्याउली निकालेलगत्तै असन्तुष्ट संयुक्त मधेसी मोर्चाले विरोध जुलुस प्रदर्शन गरेका छन्।


विराटनगरको सहिद रंगशालाबाट नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेता–कार्यकर्तासहित हजारौंको संख्यामा सर्वसाधारणले संविधानको स्वागत गर्दै मोटरसाइकल र्यााली निकाले। र्यातलीका सहभागीले नेपालको झन्डा र तीनवटै पार्टीका झन्डा बोकेका थिए। उनीहरुले तराई, पहाड, हिमाल कोही छैनौ पराई भन्दै नाराबाजीसमेत गरे। संविधानको स्वागतमा निकालिएको मोटरसाइकल र्यातलीलाई लक्षित गरेर विराटनगरको महावीर चोकमा ढुंगा प्रहार गरिएपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो। तर, सुरक्षाकर्मीको बाक्लो तैनाथीले स्थिति अप्रिय हुन सकेन।

संविधानको स्वागतमा विराटनगरको बिभिन्न स्थानमा खुशियाली मनाइएको छ। यता, संयुक्त मधेसी मोर्चाले संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा विराटनगरमा विरोध जुलुस प्रदर्शन गरेका छन्। हातहातमा कालो झन्डा बोकेका हजारौं प्रदर्शनकारीले विराटनगरको परिक्रमा गरेका छन्। संविधानको स्वागत र विरोधमा हजारौंको सहभागितामा प्रदर्शन हुन थालेपछि विराटनगरको सुरक्षा मजबुत पारिएको थियो।

इटहरीमा लाखबत्ती

राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेलगत्तै इटहरीमा आइतबार साँझ स्वागत गरियो। यादवले नयाँ संविधान जारी भएको घोषणा गर्नासाथ इटहरीको मुख्य चोकमा दीपावली गर्दै लाख बत्तीसमेत बालियो।

देशमा संघीय लोकतान्त्रिक संविधान जारी भएको खुसियालीमा इटहरी चोकमा पाँच हजारभन्दा बढी सर्वसाधारण भेला भएर नाचगान गर्दै दीपावली गरे। इटहरीका विभिन्न महिला सञ्जालको अगुवाइमा लाख बत्ती बालिएको हो।

यसैबीच, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको समूहले आइतबार अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य नभएकोमा बन्द आह्वान गरेर विरोध गरेको छ। प्रदेशको नामांकन भइनसकेपनि नेकपा–माओवादीसहित लिम्बुवान संयुक्त संघर्ष समिति, नेत्रविक्रम चन्द 'विप्लव' ले नेतृत्व नेकपा माओवादीले पूर्वका नौ जिल्ला बन्द गर्न समर्थन गरेको लिम्बुवान नेता पदम अधिकारीले बताए। हिन्दू धर्मका पक्षमा जागरण आन्दोलनका अगुवा सन्त श्रीनिवासाचार्यको नेतृत्वमा हिन्दु राष्ट्र घोषणा नभएको विरोधमा सोमबार इटहरीमा विरोध र्यााली प्रदर्शन गरिएको छ।

घरघरमा कालो झन्डा

संविधानको विरोध गर्दै महोत्तरीको घरघरमा कालो झन्डा राखिएको छ। आइतबार विहानै सदरमुकाम जलेश्वरको चोक–चोकमा सर्वसाधारणले सडकछेउमा रहेको विद्युत र टेलिफोनको पोल र आ–आफ्ना घर अगाडी कालो झन्डा झुण्डयाएर विरोध जनाएको छ। मधेसलाई उपेक्षित गरी संविधान ल्याएकोमा उनीहरु असन्तुष्ट छन्। महोत्तरीको जलेश्वर, मटिहानी, रामगोपालपुर, सम्सी, औरही, रघुनाथपुर, गौश्ाालाको बजारक्षेत्र र ग्रामीण क्षेत्रमा पनि कालोझन्डा गाडिएको छ।

लिम्बुवानमा पनि स्वागत र विरोध

संघीय गणतन्त्र नेपालको संविधान जारी हुने भएपछि पाँचथरका जनतामा उत्साह छाएको छ। संविधानसँगै देशमा अमनचयनको अवस्था सिर्जना हुने, आर्थिक रुपान्तर हुने भन्दै स्वागत गरिँदैछ। यसका साथै संविधानमार्फत अरुणपूर्वका नौ जिल्ला संघीय लिम्बुवान राज्य हुन नसकेको भन्दै विरोधका कार्यक्रम सञ्चालन भएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल, राप्रपा, नेकपा(माले) जस्ता दलहरुले स्वागतका विभिन्न कार्यक्रम गरेका छन भने लिम्बूवान आन्दोलन अघि बढाउन भन्दै गठित मोर्चाले अरुण पूर्वका नौँ जिल्ला अनिश्चिककालीन वन्द आव्हान गर्दा जनजीवन कष्टकर बनेको छ। एकातिर स्वागत र अर्कोतिर विरोधका कार्यक्रम सञ्चालन भए।

सप्तरीमा विरोध

नयाँ संविधानको सप्तरीमा विरोध गरिएको छ। मधेसी मोर्चाले आह्वान गरेजस्तै सदरमुकामदेखि गाउँ–गाउँ सम्ममा संविधानको विरोधमा गरिएको छ। मोर्चाका नेता–कार्यकर्ताले जिल्लास्थित सरकारी कार्यालयमा समेत कालो झन्डा गाडेका छन्।

तिलाठीस्थित वेल्ही भन्सार, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, कठौना, कल्याणपुर, कदमाहा, पातो, खुरहुरीया लगायतका ठाउँमा समेत कालो झन्डा प्रदर्शन भएको थियो।

बन्दको अवज्ञा गर्दै स्वागत

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र विप्लव नेतृत्वको माओवादीले आइतबार आह्वान गरेको नेपाल बन्द अवज्ञा गर्दै सिन्धुलीमा दीपावली गरिएको छ। शनिबार साँझ जुलुससहित बन्दको आह्वान गरेका बन्दकर्ताले आइतबार बिहान बजार र यातायात बन्द गराए तर संविधानलाई स्वागत गर्न उत्साहित व्यापारीले खुलेर बन्दको विरोध गरे। बिहान ९ बजेबाट बन्द रहेका पसल खुलाएर उनीहरूले बन्दको अवज्ञा गरेका हुन्। बन्दको अवज्ञा भएपछि संविधानलाई स्वागत गर्न चोक–चोकमा युवा निस्किएका थिए।

जनकपुरमा जलाइयो

जनकपुरमा संविधानको प्रति जलाइएको छ। संविधानसभा भवनमा संविधान जारी हुनुभन्दा एक घन्टाअगावैदेखि जनकपुर क्षेत्रको विद्युत लाइन काटिएको थियो। केवल टिभी नेटवर्कको लाइन पनि अवरुद्ध गरिएको थियो। अन्य जिल्लामा दीपावली मनाइरहँदा जनकपुर अँध्यारो थियो। आइतबार दिनभर जनकपुर तनावग्रस्त रह््यो। करिब पाँच हजारको संख्यामा रहेका प्रदर्शनकारीले हात, निधार र मुखमा कालो पट्टी बाँधेर नगर क्षेत्रमा जुलुस प्रदर्शन गरे।

घर–घरमा दीपावली

संविधान जारी भएसँगै भोजपुरका घर–घरमा दीपावली गरियो। सात राजनीतिक दलले बेलुका छ बजे सदरमुकामको सहिद पार्कमा दीपावली गरे। उनीहरूले आफ्ने पार्टी कार्यालयमा समेत दीपावली गरे। सदरमुकामका अधिकतर घरमा स्थानीयले दीपावली गरे। संविधान जारी भएको खुसियालीमा यहाँका युवाले मोटरसाइकल र्यासलीसमेत गरेका छन्।

धरानमा भव्य स्वागत

'हिमाल, पहाड, तराई, कोही छैन पराई!' आइतबार साँझ राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा गरेलगत्तै धरानको छाताचोक क्षेत्रमा यही आवाज गुञ्जायमान भयो। लामो प्रतीक्षापछि जननिर्वाचित संविधानसभाबाट बनेको संविधानलाई धरानवासीले स्वागत गरे।

साँझ ५ बजे राष्ट्रपतिद्वारा घोषणा हुने भनिए पनि केही ढिलो भएपछि विभिन्न वडाबाट भेला भएका नगरवासीमा बेचैनी बढिरहेको थियो। राष्ट्रपतिद्वारा घोषण भएको खबर सार्वजनिक भएलगत्तै धरानवासीले एकअर्कालाई अंकमाल गर्दै संविधान घोषणा भएकोमा खुसी र बधाई साटासाट गरे।

तेह्रथुममा खुसियाली

नयाँ संविधानको स्वागत गर्दै सदरमुकाम तेह्रथुममा दीप प्रज्वलन गरियो। लामो समयको पर्खाइपछि जारी भएको संबिधानको स्वागत गर्दै लोकतान्त्रिक चोकमा भेला भएर नेपालको नक्सा कोरी दीप प्रज्वलन गरिएको हो। संबिधान जारी भएको खुसियालीमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय र सदरमुकामवासीले घरघरमा दीप प्रज्वलन गरे। नयाँ संविधानको स्वागत गर्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताले नाचगान गरे।

सभासदको घरमा आगजनी

नयाँ संविधानको विरोधमा कालो झन्डासहित गाउँ–गाउँबाट प्रदर्शनमा सहभागी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहा बजारस्थित सभासद् सीतादेवी यादवको घरमा आगजनी गरेका छन्। आइतबार दिउँसो मौनजुलुस प्रदर्शनका क्रममा आक्रोशित भीड सभासद् यादवको घरमा प्रवेश गरी एउटा मोटरसाइकल, एउटा जिप र बैठक घरमा आगजनी गरेको थियो।

आगजनीबाट एउटा जिप, एउटा मोटरसाइकल र बैठक घर (हावा महल) पूर्ण रूपमा क्षति भएको सिरहाका एसपी रामकृपाल साहले जानकारी दिए। आगजनीको खबर पाएर गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए। यादव सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् एवं नेपाली कांग्रेस सिरहा सभापति हुन्।

नांगो जुलुस

नयाँ संविधानकको पक्ष र विपक्षमा उदयपुरमा आइतबार बिहानैदेखि विविध कार्यक्रम भए। संविधान घोषणाको खुसियालीमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, राप्रपा नेपाल र जनमोर्चाले बजारमा खुसियाली जुलुस निकाले। विपक्षमा आन्दोलनरत दल र समूहले कालो झन्डा गाड्नुका साथै कालो झन्डा लिएर बजारमा नांगो जुलुस प्रदर्शन गरेका छन्।

पक्षधरले बजारका विभिन्न चोक, लोकतान्त्रिक चोकस्थित पीपल बोट र सरकारी कार्यालय तथा पार्टी कार्यालयमा राष्ट्रिय झन्डा गाडेर स्वागत गरे। विरोध गरिरहेका आन्दोलनरत पक्षले आजको दिनलाई 'कालो दिन' का रूपमा मनाउन कालो ब्यानर र कालो पट्टीसहित कपडा खोलेर नांगै सडकमा प्रदर्शन गरे।
nagariknews




भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, ४ असोज
काठमाडौं । संविधान जारी हुनबाट रोक्न नसकेपति निराश बनेका एमाओवादी नेता बाबुराम भट्टराईले दशजना मर्न वा दुई चार जना मार्न नसक्ने भन्दै जनजाति नेताहरुलार्य हुतिहारा र भेडाको संज्ञा दिएका छन् ।
कुनै पनि हालतमा संविधान जारी हुनबाट रोक्न नसकिने देखेपछि देश टुक्रिने धम्की दिएका भट्टराईले गत साता आफ्नै निवासमा केही जनजाति सभासद र जनजाति अगुवालाई बोलाएर थर्काएको स्रोतको दावी छ ।
त्यस अवसरमा बाबुरामले मँधेश र थरुहट आन्दोलनलार्य आफुले उक्साएको स्विकार गर्दै मधेशी जनताले जस्तो बलिदान गर्न जनजातिहरु डराएको बताए ।
‘तपाईहरु हुतिहारा भेंडा हो, एक दुई लाख आदिवासी जनजाति सडकमा उतारेर दश जना शहिद बन्न तयार नहुनेले कहिल्यै अधिकार पाउँदैनन् ’ बाबुरामको भनाई सुनेर आदिवासी जनजाति नेताहरु ट्वालल परेको एक एमाओवादी सभासद्ले बताए । आजको साँघु साप्ताहिकमा समाचार छ ।
www.nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home