• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मृगौला हाम्रो शरीरको निक्कै संवेदनशील अंग हो । यो अंगमा खरावी आयो भने ज्यान नै जाने खतरा पनि हुन्छ । कैयौं मानिसले किड्नी फेल अर्थात मृगौलाले काम गर्न छोडेर ज्यान गुमाउँछन् । यहाँ मृगौला स्वस्थ राख्न खानै पर्ने ७ खानाको विषयमा चर्चा गरिएको छ ।



मृगौला जोगाउन के खाने ?

१ रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।


२ बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।

३ फूल गोभी 
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।

४ लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।

५ स्याउ 
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।

६ स्ट्रबेरी 
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।

७ अण्डाको सेतो भाग
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।
अहिलेको तनावले नेपाल र नेपालीको हित हुँदैन
काठमाडौं : एकीकृत माओवादीले संविधान आएपछि पनि देशमा जारी तनावले राष्ट्रिय स्वाधिनता जोखिममा परेको जनाउँदै वार्तामा आएर निकास खोज्न मधेसवादी दललाई आग्रह गरेको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई राष्ट्रिय स्वाधिनताको पक्षमा दृढतापूर्वक उभ्याएको जनाउँदै मधेसको समस्याको समाधान वार्ताबाटै खोजिनुपर्ने जनाएका हुन् ।

‘नयाँ संविधानलाई ऐतिहासिक उपलब्धिका रुपमा स्वागत गरिरहँदा हामीले केही गम्भीर कमी कमजोरी र गलत विषयहरुप्रति विरोध, असहमति र मतभेद राख्दै आएका छौं’, विज्ञप्तीमा भनिएको छ, ‘संविधानसभाका मधेश केन्द्रित पार्टीहरु संविधान निर्माणको अन्तिम प्रक्रियाबाटै अलग भई आन्दोलित भएको अवस्थामा त्यसलाई राजनीतिक रुपमा समाधान खोजिनुपर्छ ।’

थारु लगायत उत्पीडित वर्ग एवम् समुदायप्रति नयाँ संविधानले पहिचान र आफ्नो हक अधिकारको मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै सघर्षमा रहेको जनाउँदै प्रचण्डले अहिलेको आन्दोलनले देश अस्तव्यस्त भएकोमा दुःख जनाएका छन् ।

‘तराई मधेशमा ४० भन्दा बढी आन्दोलनकारी र केही प्रहरीसुरक्षाकर्मीको मृत्यु भइसकेको छ’, प्रचण्डले भनेका छन्, ‘जनजीवन र आर्थिक क्रियाकलाप अस्त–व्यस्त छन् । यो ज्यादै दुःखको विषय हो । यसबाट हाम्रो पार्टी मर्माहत भएको छ ।’

प्रचण्डले अन्दोलनकारी शक्तिहरु र उत्पीडित समुदायसँग इमान्दार एवम् गम्भीर वार्ता र राजनीतिक समाधानको सक्रिय पहल गरिनुपर्नेमा जोड दिएका छन् ।

‘बल प्रयोगमा आधारित भएर समस्याको समाधान नहुने भएकाले वार्ता एवम् राजनैतिक सम्बोधनमा जोड दिनु पर्दछ’, उनले भनेका छन्, ‘सरकार र प्रमुख पार्टीहरुले यसमा ध्यान दिउन् । आन्दोलनकारीले पनि संविधानमा संस्थागत हुन सकेका विषयहरुको महत्व एवम् उपलब्धिलाई आत्मसाथ गर्दै अहिलेका संघर्षका जायज मुद्दाहरुलाई पूरा गर्न वार्तामा बस्न जरुरी छ ।’

प्रचण्डले आन्दोलनलाई शान्तिपूर्ण बनाइ देशभक्तिपूर्ण भूमिकाका निम्ति सधैँ अग्रपंक्तिमा स्थापित मधेसी जनसमुदायलाई लान्छित गर्ने गरी विरोधी प्रवृत्तिले लाभ लिन नपाओस् भन्नेतर्फ पनि सतर्क रहन आन्दोलनरत शक्ति र जनसमुदायसँग अपिल गरेका छन् ।

‘हाम्रो पार्टीले प्रमुख पार्टीबीचमा संविधान घोषणा अघि र पछि लगातार यसको राजनैतिक सम्बोधन र समाधानको पक्षमा जोड गर्दै आएको छ’, प्रचण्डले भनेका छन्, ‘यी कुरामा सहमति नजुटी संविधान घोषणा गर्दा संविधानसभाका सबै शक्तिहरुको सहभागिता र स्वामित्व कायम हुन सकेन । सोही कारण संविधानको घोषणापछि देशमा तनाब र द्वन्दजडित स्थितिले नेपाल र नेपालीको हितमा हुँदैन ।’
annapurnapost.com
हालैको एक सर्भेक्षणबाट के पत्ता लागेको छ भने महिलाहरुको तुलनामा पुरुषले बढि झुटो बोल्दछन् । यो नतिजाले आफ्नो पार्टनरप्रति बढि शंका गर्ने महिलाको बानीलाई बल पूराउँछ । आखिर शंका नगरुन् पनि किन जब आफुले सोधेको कुनै कुराको सिधा तथा प्रष्ट जवाफ पार्टनरले दिन सक्दैन ।
तथापि झुट कस्तो हो र कुन कारणले पुरुषले झुट बोलिरहेको छ भन्ने कुरा व्यक्ति विशेषमा निर्भर गर्दछ । तर यो कुरालाई इन्कार गर्न सकिन्न की कुनै झुटले आपसी सम्बन्धमा झनै मिठास थप्दछ भने कतिपय झुटले सम्बन्ध नै तोडिदिनछ ।
पुरुषहरु कैयन् पटक आफ्नो पार्टनरलाई खुसी तुल्याउनका लागि झुट बोल्दछन्, जसलाई झ्वाट्ट हेर्दा गलत भन्न सकिँदैन । वास्तवमा यो प्रेमको एउटा रुप नै हो । तरकतिपय अवस्थामा भने आफ्नो कमजोरी तथा गल्ती लुकाउनका लागि पनि पुरुषहरु झुटको सहारा लिन्छन् । जसलाई कुनैपनि रुपमा स्विकार गर्न सकिँदैन । पुरुषले बोल्ने सबैभन्दा चल्तीका ५ झुट यस्ता छन् :
१. मैले त्यो केटीलाई हेरेकै थिइन :
बाटोमा हिँड्दा वा कुनै पार्क, रेष्टुरेन्ट तथा अन्य कुनैपनि स्थानमा आफ्नो गर्लफ्रेण्ड वा श्रीमती सँग हिँडिरहेको अवस्थामै किन नहोस् यदि कुनै सुन्दरी युवती देखेमा पुरुषको आँखा उतैतर्फ दौडिहाल्छ । पटक पटक युवतीको सुन्दरताको दृश्यपान गर्नका लागि आँखा गाडेको भएपनि पुरुष आफ्नो पार्टनरसँग त्यो सत्य लुकाउन चाहन्छ । श्रीमती वा गर्लफ्रेण्ड साथमा छँदै आफुले अरु कुनै केटीलाई हेरेको भन्ने कुरा उसले देखावटी रुपमै भएपनि स्विकार गर्न चाहँदैन ।
२. मैले चुरोट पिउन छाडिदिएँ :
सफा गर्ने वा धुने क्रममा यदि तपाइँले आफ्नो ब्वायफ्रेण्ड तथा पतिको ब्याग वा गोजीमा चुरोटको खिल्ली, ठुटो वा खाली प्याकेट फेला पार्नुभयो भने तपाइँले अवश्यपनि ऊसँग केरकार गर्नुहुन्छ । तर यसरी केरकार गर्नु व्यर्थ छ । अझ खल्ती वा झोलामा भेटिने चुरोटका खाली प्याकेटहरुको बारेमा पुरुषहरु प्रायः झुटो बोल्दछन् । उक्त प्याकेटका चुरोट आफुले खाएर रित्याएको भन्ने कुरा कहिल्यैपनि स्विकार्न तयार हुँदैनन् पुरुषहरु आफ्नो पार्टनरसँग । भलै चुरोटको ताजाँ धुवाँ जिउमा गन्हाइरहेको किन नहोस् तपाइँको पार्टनरले बेलुकी सोधेपनि एउटै जवाफ दिनेछ की मैले विहान देखि केवल एउटा मात्र चुरोटको खिल्ली तानेको हुँ । अझ रंगेहात फेला परेन भने त उसको दाबी सधै रहिरहन्छ की मैले चुरोट तान्न छाडिसकेँ ।
३. तिमीसँग बाहेक अरु कसैसँग सम्बन्ध गाँस्ने बारेमा सोँच्न पनि सक्दिन :
 यो विषय पनि पुरुषले प्रायः बोल्ने मुख्य झुट हो । भलै उसले आफ्नो विद्यमान महिला पार्टनरको अलावा अरु कुनै दोश्रो महिलासँग सम्बन्ध गाँस्ने विषयमा नसोँचेको होस् तर कुनैपनि पुरुष कोही दोश्रो महिलाको बारेमा सोँचिरहेको हुन्छ र उक्त महिलासँगको अन्तरँग सम्बन्धका विषयमा कल्पना गरी आनन्द लिइरहेको हुन्छ । कुनै सुन्दरी मोडल तथा अभिनेत्रीहरुको विषयमा अधिकांस पुरुषको मनमा यस्तै फन्टासी रहन्छ तर पार्टनरको अगाडि पुरुषहरु यो कुरा कहिल्यै बताउँदैनन् ।
४. म तिमीविना एकदिन भन्दा बढि बस्न सक्दिन :
यदि तपाइँ विवाहित हुनुहुन्छ भने त तपाइँले आफ्नो लोग्नेको मुखबाट यो कुरा सुन्ने बानी नै परिसकेको हुनुपर्छ । अझ जब तपाइँ माइती जाने कुरा गर्दै हुनुहुन्छ भने त तपाइँको पतिको मुखबाट यो दिव्य वाणी आइरहेको हुन्छ । तर खासकुरा भने अर्कै हुनसक्छ । अध्ययनले के कुरा पत्ता लगाएको छ भने धेरै पुरुषहरु आफ्नी श्रीमती केही दिनकै लागि भएपनि घरबाट टाढा होस् र आफुले एक्लै मनमौजी तथा अविवाहित एकल जिवनमा जस्तो मोजमस्ती गर्न पाइयोस् भन्ने चाहन्छन् ।
५. म सुतेको होइन, सोँच्दै थिएँ :
तपाइँ जब आफ्नो पति वा ब्वायफ्रेण्डलाई दिउसै वा साँझमा निदाइरहेको अवस्थामा रंगेहात फेला पार्नुहुन्छ तब उसलाई झक्झाउँदा अनौठो जवाफ पाउनुहुन्छ । ऊ निदाएर मज्जाले घुरेको तपाइँले देख्नु सुन्नु भएको छ, तर उसले जिकिर गरिरहेको हुन्छ की म निदाएको होइन, आँखा चिम्लेको सोँचिरहेको थिएँ ।
www.onlinekhabar.com
चार नेतालाई चार नाका ठप्प पार्ने जिम्मेवारी
काठमाडौँ – आन्दोलनकारीले चीनको झण्डा जलाएकोमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकमा विवाद भएको छ ।
सप्तरीमा दुई दिनसम्म बसेको मधेशी मोर्चाको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटा देशको समर्थन र अर्को देशको विरोध गर्दै झण्डा जलाए आन्दोलन विवादस्पद हुने भन्दै आन्दोलनकारीले चीनको झण्डा जलाएकोमा आपत्ति जनाएका छन् । उनले बैठकमा भनेका थिए, ‘सबै देशसँग हामीले सम्बन्ध राख्नुपर्छ । आन्दोलनलाई छिमेकी देशको समर्थन चाहिन्छ । त्यसैले कुनै देशको झण्डा र उसको विरोधमा नाराबाजी वा नकारात्मक क्रियाकलाप गर्नु हुँदैन ।’
बैठकमा सहभागि एक नेताका अनुसार हिजो सुनसरीमा आन्दोलनकारीहरुले चीनको झण्डा जलाएका थिए । चीनको सहयोगमा सविधान निर्माण भएको भन्दै आक्रोशित समूहले चीनको झण्डा जलाएको थियो ।
झण्डा जलाउने निर्देशन कसले दियो भन्ने कुरा पनि बैठकमा खोजी भएको थियो । तर, बैठकमा कसैले पनि त्यसको जिम्मेवारी नलिएको बताइएको छ । चीनको झण्डा सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले नै जलाउन लगाएको चर्चा छ तर उनले झण्डा जलाएको बारेमा आफूलाई थाहा नभएको बैठकमा भनेको स्रोतले जनाएको छ । सो विषयलाई लिएर बैठकमा नेताहरुबीच चर्काचर्की नै भएको बताइएको छ ।

भारतको  मधेसी दल  खुसी

भारतले पछिल्लो समय लिएको स्ट्याण्डलाई मधेशी मोर्चाको बैठकले स्वागत गरेको छ । मधेशी मोर्चाले उठाउँदै आएको मागलाई भारतले समर्थन गर्दै ती मागहरु पूरा गर्न नेपाल सरकारलाई दवाव दिएको प्रति मधेशी मोर्चाका नेताहरु खुशी देखिएका हुन् ।

भारतले तराई मधेशको आन्दोलन सम्बोधन गरेर सहमतिमा संविधान ल्याउन दवाव दिँदै आएको छ । पछिल्लो समय त भारतले सीमा क्षेत्रहरुमा सुरक्षा अवस्था कडा पार्नुको साथै नाकाबन्दीको धम्की समेत दिएको थियो ।
नाका र राजमार्ग ठप्प पार्ने मोर्चाको निर्णय

मधेशी मोर्चाको बैठकले भारतबाट नेपाल भित्रिने नाका ठप्प पार्ने निर्णय गरेको छ । भारत सीमासँग जोडिएका बिराटनगर, विरगञ्ज, भैरहवा, नेपालगञ्जलाई ठप्प पार्ने निर्णय गरेको छ । त्यसका लागि जिम्मेवारी पनि बाँडफाँड गरिएको छ । विराटनगरको जोगवनी नाकामा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बस्नेछन् भने विरगञ्जको रक्सौल नाकामा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, भैरहवा नाकामा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र नेपालगञ्ज नाकालाई संयुक्त रुपमा ठप्प पार्ने निर्णय भएको छ ।
त्यस्तै छोटी भन्सारलाई ठप्प गर्ने जिम्मेवारी तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई दिइएको छ ।

कार्यगत एकताका लागि कार्यदललाई जिम्मेवारी

बैठकले तराई मधेशमा आन्दोलित रहेका अन्य मोर्चा र गठबन्धनसँग कार्यगत एकता गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि मधेशी मोर्चाका सचिवालयलार्य जिम्मेवारी दिएको छ । सचिवालयमा फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी, तमसपाका वरिष्ठ नेता रामनरेश राय यादव र सद्भावना पार्टीका महासचिव मनिष सुमन रहेका छन् ।
तराई मधेशमा रहेका मोर्चा तथा गठबन्धनलाई मोर्चा नमिलाउने बरु आन्दोलन अवधिका लागि कार्यगत एकता गर्न सकिने छलफल गरेको स्रोतले जनाएको छ । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्तिकका अध्यक्ष विजयकुमार गच्छदार, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश राष्ट्रिय अभियानका अध्यक्ष जयप्रकाश गुप्ता, नेकपा माओवादीका अध्यक्ष मातृका यादवको छुट्टा छुट्टै मोर्चा रहेको छ । यी सबै मोर्चालाई एउटै बृहत मधेशी मोर्चा बनाउने दवाव बढ्दै गएको छ ।

वार्ताका लागि सरकार तयार नभएको गुनासो

सरकारको तर्फबाट दुई पटक मात्र औपचारिक रुपमा वार्ताका लागि आह्वान भएको र त्यसबाहेक पत्रकार सम्मेलन, विज्ञप्ति र अपिल मार्फत मात्र आह्वान गरिएको ठहर गर्दै मधेशी मोर्चाले सरकारले ठोस रुपमा वार्ताको वातावरण बनाएर वार्ताका लागि पहल गरे मात्र वार्तामा बस्ने निर्णय गरेको छ। अहिलेसम्म जे जति भएका छन् ती सबै अनौपचारिक भएको दाबी गर्दै मोर्चाले औपचारिक रुपमा वार्ताका लागि सरकार तयार नभएको गुनासो समेत गरेको छ।

www.ratopati.com
भारतीय भन्सारबाट जाँचपास दिन आनाकानी
वीरगन्ज : भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकहरुले भारतबाट हुने इन्धनको ढुवानी बुधबारदेखि ठप्प पारेका छन् ।

मंगलबार साँझ रक्सौलस्थित भारतीय आयल निगम (आइओसी) को डिप्पो परिसरबाट इन्धन लिएर निस्किएको ना ५ ख ३४११ को ट्याङ्करका चालक पशुपति पाठकलाई भारतीय सुरक्षाकर्मीले कुटेर घाइते बनाएका थिए । भारतीय प्रहरीको कुटपिटबाट  उनको हातमा गम्भीर चोट लागेको छ ।

तेल भरेर डिप्पो बाहिर निस्किएको ट्याङकरलाई भारतीय प्रहरीले फेरि पछाडि फर्काउन भन्दै धम्की दिएपछि नमान्दा चालक पाठक कुटिएको ना ५ ख ३२८१ नम्बरको ट्याङ्करका चालक वसीर हवारीले बताए ।

सहकर्मी कुटिएपछि असुरक्षाको कारण देखाउँदै चालकहरुले बुधबारदेखि वीरगन्ज भन्सार नाकामै खाली ट्याङ्करहरु थन्काएका छन् ।

भारतीय कस्टमले जाँचपास दिन पनि आनाकानी गरेको ट्याङ्कर चालकहरुले बताएका छन् । रक्सौलको भारतीय भन्सार कार्यालयले जाँचपास दिन नमानेकाले तेल भर्न रक्सौल हिँडेका ट्याङ्करहरु वीरगन्ज नाकामै रोकिएका हुन् ।

खाली टयाङकरहरु रक्सौल नगएका कारण भारतबाट नेपालमा हुने इन्धनको ढुवानी बुधबारदेखि ठप्प भएको छ ।

खाली ट्याङ्करहरु रक्सौल नगएका कारण बुधबार उताबाट एउटा पनि इन्धन लोड भएका गाडी नेपाल आउने सम्भावना नरहेको वीरगन्ज भन्सार कार्यालयका एक अधिकृतले बताएका छन । ‘यताबाट खाली ट्याङ्कर एउटा पनि गएको छैन’, उनले भने, ‘उताबाट तेल कसरी तेल आउँछ त ?’ उनले भने ।

नेपाल आयल निगमले तेल भर्न पठाए पनि असुरक्षा र भारतीय कस्टमले जाँचपास दिने ग्यारेन्टी नभएकाले आफुहरुले वीरगन्ज नाकामै ट्याङ्करहरु थन्काएको चालक हवारीले बताए  ।

‘आइओसीले तेल लोड गर्न आउ त भनेको छ, तर कस्टम पासको ग्यारेन्टी हामी दिन सक्दैनौ भन्छ’ , उनले भने, ‘अनि कसरी जानु त ? लोड गरेर उता अलपत्र परी कुटिनु भन्दा यतै खाली बसेको ठीक ।’

नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष रवी गुरुङले भारतीय प्रहरीले  चालक पाठकलाई कुटेपछि बुधबार खाली ट्याङ्करहरु तेल भर्न रक्सौल नगएको बताए ।

उनका अनुसार असुरक्षाका चालकहरु रक्सौल जान नमानेका कारण वीरगन्जदेखि पथलैयासम्मको क्षेत्रमा करिब दुई सय ५०  खाली ट्याङ्करहरु रोकिएका छन् ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख मित्रलाल रेग्मीले पनि बुधबार एउटा पनि खाली ट्याङ्कर रक्सौल नगएको बताए ।

भारतीय प्रहरीले चालक कुटेको विरोधमा खाली ट्याङ्करहरु इन्धन भर्न रक्सौल नगएको खबर आफुले पाएको उनले बताए ।

चालक कुटिएको जानकारी आफुलाइ नभएको बताए पनि भन्सार प्रमुख रेग्मी भारतीय भन्सार कार्यालयका अधिकारीलाई भेट्न बुधबार दिउँसो रक्सौल गएका थिए ।

रक्सौलबाट फर्किए पछि अन्नपूर्ण पोस्ट्सँग कुरा गर्दै उनले भने, ‘भारतीय कस्टमबाट कुनै समस्या छैन, आवश्यक कागजात पेश गरेपछि कुनै समस्या सिर्जना नहुने भारतीय कस्टमले बताएको छ ।’

तर ट्याङ्कर चाकलहरुले भने भारतीय भन्सारका अधिकारीहरुले केहि दिनदेखि कागजात मागेर अनावश्यक दुःख दिने गरेको बताएका छन् ।

संविधान निर्माण प्रति असन्तुष्टी जनाउँदै भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेपछि भारतबाट नेपालमा हुने इन्धनको ढुवानीमा भारतीय भन्सार कार्यालयले अनेक बहानामा अवोध पुर्‍याउँदै आएको छ । रक्सौलस्थित आइओसीको डिप्पोमा तेल भरेका ट्याङ्करहरु सोमबार साँझदेखि नै रोकिएका थिए ।

नेपाल आयल निगम र वीरगन्ज भन्सार कार्यालयका अधिकारीहरुले मंगलबार दिउँसो भारतीय भन्सार कार्यालयका अधिकारीसँग भेटेर कुरा गरेपछि रक्सौलामा रोकिएका ३२ वटा टयाङकर मंगलवार साँझमात्रै वीरगन्ज भित्रिएका थिए ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले रक्सौलमा रोकिएका ३२ वटा ट्याङ्कर मंगलवार साँझ वीरगन्ज भित्रिएको बताए ।
www.annapurnapost.com
बुधबार, ६ असोज
काठमाडौं । लामो समयसम्म भारतको यस्तो गतिविधिबाट आजित भएका आम जनता अब भने भारतका सबै कर्तुतका विरुद्ध उत्रन थालेका छन् ।
नेपाली सोझा जनतालाई विभिन्न प्रलोभनमा पार्दै आएको भारतका कर्तुतका विरुद्धमा नेपाली जनता एकजुट हुन थालेका हुन् । नेपालको कुनै पनि शैक्षिक संस्थासँग आवद्धता नलिई भारतले चोभारमा १०० रोपनी सरकारी जग्गा कब्जामा लिएर भारत सरकारले मोर्डन इण्डियन नामक विद्यालय सञ्चालन गरिरहेको छ ।
यो विद्यालयले न त नेपाल सरकारको नियम कानुन नै मान्दछ, न त, नेपालमा दर्ता नै भएको छ । यो विद्यालयका नाममा दैनिक दर्जनौं गाडीहरु सडक जाम पार्दै दौडिरहेका छन् । तर, न तिनले नेपाल सरकारलाई कर तिर्छन्, न सरकारलाई कती संख्यामा यस्ता बसहरु छन् भन्ने यकीन डाटा नै उपलब्ध गराएको छ ।
खाली सडक जाम गराउन सहयोग मात्र गरेका छ । कतीपयले त भारतीय बुटले नेपालको छातीमा हानीरहँदा सित्तैमा सहेको भन्दै यसको आलोचना गर्दै आएका छन् ।
सरकारी बन क्षेत्रको जग्गा हडपेर चलाइएको यो विद्यालयले नेपालका उच्च तहका कर्मचारीहरुका छोराछोरी सित्तैमा पढाइदिन्छ र यसको विरोध हुँदैन ।
अझ यो विद्यालयमा हाम्रो देशको राजधानी दिल्ली हो, राष्ट्रिय जनावर बाघ लगायतका विषयहरु, जुन भारतीय पाठ्यक्रम छन्, त्यही पढाइन्छ । यो विद्यालय सन् १९७८ मा भारतीय कुटनीतिक नियोगका कर्मचारीका छोराछोरी पढाउनकालागि खोलिएको हो । प्राथमिक तह सम्मकालागि भनेर खोलीएको यो विद्यालयले अहिले विना स्विकृति कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको छ ।
भारतीय शिक्षा बोर्ड मातहत सञ्चालीत यो विद्यालय नेपालको कानुन अनुसार गैर कानुनी हो । नेपाललाई नयाँ संविधानमा यो राख र उ राख भनेर सिकाउने भारतले गैर कानुनी रुपमा खोलेको यो विद्यालयका बारेमा के जवाफ दिन्छ ?
www.nepalsandesh.com
काठमाडौं : संविधान जारी भएपछि भारतले नेपालमा गरेको हस्तक्षेपविरुद्ध युवाहरुले बुधबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् ।

'ब्याक अफ इण्डिया' लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका  दुई सयजना युवाहरु भृकुटीमण्डपस्थित सडकमा उत्रेका हुन् ।

प्रदर्शनपछि भएको कोणसभामा बोल्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेपालको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेप गरेर भारतले आफ्नै लागि खतरा मोलेको बताए ।

‘हाम्रो संविधान मान्ने नमान्नेमा हामी स्वतन्त्र छौं, यो हाम्रो अन्तरिक मामिला हो’, उनले भने ‘कुनै पनि बहानमा हामी भारतीय हस्तक्षेप स्विकार्दैनौं ।’

एमाओवादीका युवा नेता जागृत रायमाझीले राष्ट्रियताको रक्षा गर्न आवश्यक परे नेपाली युवाहरु युद्ध लड्न तयार रहेको चेतावनी दिए ।

उनले वर्षौं अमेरिकी नाकाबन्दीमा परेको भियतनामाबाट सिकेर राष्ट्रिय प्रतिरोध युद्धको तयारी र अर्को मुलुक क्युवाबाट सिकेर आत्मनिर्भर हुने अर्थतन्त्र बनाउन लाग्नुपर्नेमा जोड दिए ।

रायमाझीले नेपाल आफ्नो खुट्टामा नउभिएसम्म भारतीय दादागिरी सहिरहनुपर्ने बताउँदै राष्ट्रिय स्वाधिनताका लागि आत्मनिर्भर हुनुको विकल्प नरहेकोमा जोड दिड दिए

रत्न राज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति राजकुमार राईले भारतीय हस्तक्षेपविरुद्ध एकजुट भएर लड्नुपर्ने बेला भइसकेकोमा जोड दिए ।

एमाओवादी निकट अखिल क्रान्तिकारीका नेता रञ्जीत तामाङले शरीरमा थोपा रगत बाँकी हुन्जेल राष्ट्रियताको लडाइँ लड्न तयार रहेको उल्लेख गरे ।

नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र बस्नेतले राष्ट्रिय अस्मिता संकटमा पर्दा विचार आस्था फरक भएपनि एक भएर लड्न तयार हुनुपर्नेमा जोड दिए । annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home