जनकपुर : एमाओवादी छोडेर मधेस आन्दोलनमा सहभागी हुन मंगलबार जनकपुर पुगेका बाबुराम भट्टराईको जनकपुर विमानस्थलमा व्यापक विरोध भएको छ।
मधेसी संयुक्त संघर्ष समिति र मधेस अधिकार संघर्ष समितिले विमानस्थलमा भट्टराईको विरोधमा प्रदर्शन गरेको हो । भट्टराई आउने सूचना पाएपछि मधेसी युवाहरु बिहानदेखि नै एयरपोर्टलाई चारैतर्फबाट घेरेर विरोध प्रदर्शन गरिरहेका छन् ।भट्टराई बुद्ध एयरको विमानबाट मन्यान्ह १२ बजे जनकपुर उत्रेका छन्।
बाबुरामलाई मधेस आन्दोलनमा सहभागी हुन रोक्नका लागि उनीहरुले प्रदर्शन गरेका हुन् । हातमा कालो पट्टी र कालो झन्डा प्रदर्शन गर्दै बाबुराम फिर्ता जाउ भन्ने नारा लगाइरहेका छन् । अहिले विमानस्थलको अवस्था तनावपूर्ण छ । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।
मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले बाबुरामलाई मधेस आन्दोलनमा सहभागी गराउनु ठूलो भूल हुने भएकोले मधेसी युवाहरु विरोधमा उत्रेको बताए । उनले पाँचसयभन्दा बढी मधेसी युवाहरुले विमानस्थल घेरेको जानकारी दिए । सुरुमा बाबुरामलाई जनकपुर आउन नदिने निर्णय गरेका मधेसी मोर्चाले सोमबार आउन दिने निर्णय गरेपछि मधेसी युवाहरु झन् आक्रोशित भएका छन्।
annapurnapost.com

सदाबहार नायकको रुपमा चिनिएका भुवन केसी अब निर्देशकका रुपमा स्थापित हुने तयारीमा छन् । आफ्नै छोरा अनमोल केसीलाई मुख्य भुमिकामा लिएर ‘डि्रम्स’ नामक चलचित्र निर्देशन गरेका छन् ।
चर्चित नायक भुवन नेपालका सफल निर्माताका रुपमा चिनिन्छन् । ‘नेपाली बाबु, करोडपति, सुपरस्टार’ लगायतका चलचित्र निर्माण गरेका केसीका प्राय चलचित्रले राम्रो मुनाफा आर्जन गरेको छ ।
अनलाइनखबरले हरेक मंगलवार प्रकाशन हुने ‘सेलीब्रेटी र खाना’ स्तम्भ अन्र्तगत नायक केसीसँग गरिएको कुराकानी यस्तो छ :
बिहान र बेलुका के खानु हुन्छ ?
मेरो लाईफस्टाईल आम नेपाली नागरिकको भन्दा फरक छैन । आम नेपालीले लिने जस्तै सामान्य ब्रेकफाष्ट खान्छु । खाना खाने समयमा दाल, भात, तरकारी नै खान्छु । म हरेक चीज प्राय थोरै खाने गर्छु । म फुड लभर होईन ।
मिठो लाग्ने खानेकुरा ?
अहिले म यो मिठो र यो नमिठो भन्न सक्दिन । किनकी अवस्था अनुसार हुन्छ । भोक लागेको वेला जे पनि मिठो हुन्छ नलागेको बेला केही केही पनि मिठो हुन्न । समग्रमा मिठो लाग्ने कुरा भन्नै पर्ने हो भने दाल, भात, तरकारी नै हो ।
मिठो नलाग्ने खानेकुरा ?
मलाई स्कुसको तरकारी पटक्कै मन पर्दैन ।
मासु कत्तिको खानु हुन्छ ?
मैले भने नि । म फुड लभर होईन । प्राय खसी र कुखुराको मासु खान्छु । तर, म चारपीस भन्दा बढी कहिल्यै खान्न ।
डाइटिङ गर्नुहुन्छ ?
मैले जहिल्यै मिलाएर खाने गरेकाले डाईटिङ गर्नै पर्दैन ।
विदेश गएको बेला के बढी खानुहुन्छ ?
पहिलो प्राथमिकता त नेपाली स्टाईलको खानालाई नै दिईन्छ । जुनसुकै देशम गए पनि नेपाली खाना जस्तो मिठो अरु हुँदैन ।
तपाईलाई के पकाउन आउछ ?
मलाई पकाउन आउदैन । चिया पकाउन जानेको छु ।
विदेश जाँदा खान नजानेर अप्ठ्यारो भएको छ ?
खान नजानेर हैन । पहिला पहिला राम्रो खाने कुरा नपाएर समस्या हुन्थ्यो । जापानमा जापानी बाहेकको खाना पाईदैनथ्यो भने फिनल्याडमा फिनिक्स खान मात्रै पाईन्थ्यो । हामीलाई ती खानाले सन्तुष्टी दिन्नथ्यो ।
त्यो वेलामा नेपाली रेष्टुरेष्ट खोज्दै केही घण्टा हिंडेको छु । अहिले त जुनसुकै देशमा जे पनि पाईन्छ समस्या छैन ।
कसले पकाएको मिठो लाग्छ ?
मलाई मेरो आमाले पकाएको सार्है मिठो लाग्छ ।
कसैले झुक्याएर तपाईले नखाने कुरा खुवाएका छन् ?
अहिलेसम्म त्यस्तो छैन ।
खानामा मासिक खर्च कति हुन्छ ?
म त्यस्तो कुरा हिसाब गर्दिन । कहिले धेरै खर्च हुन्छ कहिले थोरै ।
खाना खान कती समय लगाउनुहुन्छ ?
त्यस्तै दश मिनेट लाग्छ होला । तर, मैले घडीचाँही हेरेको छैन है ।
तपाईले नछुटाई खाने कुरा के के हुन् ?
पानी ।
www.onlinekhabar.com

तपाईँले नै नक्सा कोर्नुभएको रामेछाप मन्थीलैकै छोरो हुँ म । तपाईँलाई राजनीति होइन, इन्जिनियरिङ फिल्डको राम्रो ज्ञान र अनुभव रहेछ । तपाईँको इन्जिनियरिङ देख्दा तपाईँप्रति जो कोही आशा राख्न बाध्य हुन्थे । अब त्यो दिन इतिहासमै रहेन् । भारतमा बसेर अध्ययन गर्नुभयो, त्यो हाम्रो सरोकारको बिषय थिएन ।
पढाईकै क्रमदेखि भारतीय एजेन्ट भएर नेपालमा जासुसी गर्दै भारतको बफादार रूपमा आफूलाई दर्ता गराएर बिश्वास जित्नुभयो तब उनीहरूकै उक्सावटमा राजनीतिमा होमिनुभयो । २०५२ सालमा सर्वहारा बर्गको नेता भन्दै बर्गीय मुक्तिका लागि भन्दै जनयुद्ध थाल्नुभयो । जातीय भेदभाव र छुवाछुतको अन्त हुनुपर्छ भन्ने नारा थियो । जमिन नहुनेहरूलाई जमिन दिन्छौँ, घर नहुनेलाई घर दिन्छौँ अन्याय, दमन, शोषण र उत्पीडनमा परेकालाई न्याय दिलाउँछौ, मालिक र श्रमीकबिच समानता गराउँछौँ, शिक्षालाई
ब्यबसायीकरणबाट रोकेर ब्यबहारिक शिक्षा दिन्छौ अनि एक करोड ८० लाख नेपालीको जमिन र सम्पत्ति राष्ट्रियकरण गरि बराबर भाग लगाएर साम्यवादी समाज निर्माण गर्छौँ भन्दै हजारौँ हजार गरिबका छोराछोरीको रगत बगाउनुभयो। आफ्नो छोरीलाई बिदेशमा पढाएर गरिबका छोराछोरीको कलम समाउने हातमा बन्दुक थमाएर मर्न बिवश बनाउनुभयो ।
ओखलढुङ्गाका नेवारका छोराले बाहुनको छोरी भगाएको निउँमा एकै परिवारको तीन जनाको बिभत्स हत्या गरि जनयुद्धबाट जातीय भेदभाव र छुवाछुतको अन्त गर्नुभयो । आफ्नै सहपाठी तथा उद्धार र जातीय भेदभावबाट समाजलाई माथि उठाउन खोज्ने नारायण पोखरेलको हत्या गरि कम्युनिस्टको धर्म हुँदैन भनी प्रमाणित गर्नुभयो । अछाममा आफ्नै महिला कार्यकर्तालाई आर्मी ब्यारेक नजिकको भट्टी पसलमा यौनधन्दा गर्न बाध्य बनाएर यौनको प्यास मेटाउने खेलसँगै रक्सी र पानीमा बिषादी प्रयोग गराई बेहोस भएका सैनिकको बिभत्स रूपमा हत्या गराएर साँस्कृतिक क्रान्ति गर्नुभयो । बाँदरमुडेमा एक महिनाको दुधे बालकसहित आँखा नदेख्ने ८० बर्षीय बृद्धलाई बमले उडाएर सर्वहारा जनतालाई बर्गीय मुक्ति दिनुभयो ।
तपाईँको राजीनामा आउँदा जनता खुशी छन् र अब तपाईँले नेपाली नागरिकता त्याग्ने दिनको पर्खाइमा छन् नेपाली जनता । आफै उतै पढेर आएर नुनको सोझो गर्दै हुनुहुन्छ, भोलि तपाईंकी एक्ली छोरी पनि भारतकै छात्रवृत्तिमा पढेर आएर भारतकै नुनको सोझो गर्ने होलिन् । मेरो सुझाव छ, त्यो भन्दा अघि नै नेपालीको नागरिकता त्याग्नुस् र भारततिरै जानुस् ।
१२ बुँदे सहमति भारतीय लेटर प्याडमा गरेर शान्तिपूर्ण बाटोबाट राजधानी भित्रनुभयो । नेकपा एमाले र कङ्ग्रेस नेतृत्वको नेपाली जनताको जनसागरले २४० बर्षीय निरङकुश राजतन्त्रलाई १९ दिनको दिनमा बगाइदियो । गणतन्त्र र संविधान सभा स्थापना गरियो तर बीचमा संघियता र पहिचान षड्यन्त्रपूर्ण ढङ्गले घुसाइयो । माओवादीले पटकपटक भारतको आडमा सत्ता कव्जा गर्न खोजे पनि जनताले तिनलाई लोप्पा खुवाईदिएपछि तपाईं र प्रचण्ड बेचैन भएर जुन जातिको बस्तीमा गयो, त्यही जातिलाई राज्य दिन्छु भन्दै मासुभातमा नेपाललाई बाउको बिर्ताझैँ बिक्री गर्न थाल्नुभयो ।
बाहुल्यतामा रहेको जातिलाई उक्साएर तिनलाई जातीय राज्य दिएर माओवादीले अन्य जातिलाई दबाएरै केन्द्रीय राज्य सत्ता कब्जा गर्न चाहेको थियो । यो सपना पूरा नहुने छाँटकाँट भएपछि ूरअू संग मिलेर तपाईंले आफनै नेता र लडाकू प्रयोग गरेर भारतीय पेशेबर हत्यारासहित आफ्ना कार्यकर्ता प्रयोग गरेर कैलालीमा नरसंहर हत्याकाण्ड गराएको आशंका हुन थालेको छ ।
६१ हजार हेक्टर जमिन भारतलाई दिएर अझै मदेशवादी दल नामका भारतीय दलालहरूलाई काँधमा बोकेर कति हेक्टर जमिन दिन्छौ र दिने सर्त छ बाबुराम तपाईँको ? कैलाली घटना घटाएपछि संविधानसभाले थरूहट घोषणा गर्छ र अनि अन्य ठाउँमा पनि मगरात, लिम्बूवान, तामसालिङ, खसवान जस्ता जातीय राज्यको लागि कैलालीबाट साम्प्रदायिक हिँसा भड्काउनको लागि तपाईँले किचलोको बिउ निकाल्नुभएको हो भन्ने हामीलाई राम्ररी थाहा छ । मुखले भिजन छाँटेर कामले माखो नमार्ने तोर्पे तपाईंले सुकुमबासीको बस्तीमा डोजर लगाएर काठमाडौँको सडक फराकिलो पारेकै भरमा हामीले तपाईँलाई नेता मान्न सक्दैनौँ महाशय ।
२०६२र२०६३ को जनआन्दोलन ताका भारतीय हस्तक्षेपलाई नेपाली राजनीतिक दलले डटेर सामना गरेका थिए र २४० बर्षीय निरङ्कुश राजतन्त्रको अन्त संगै संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन दलहरू सफल भए । सर्वहारा बर्गका नेता तपाईंले गरिबका छोराछोरीलाई बुर्जुवा शिक्षाको नाममा कलम समाउने हातहरूमा बन्दुक भिराउनुभयो । कलिला मानसपटलमा हत्या, हिँसा, आतङ्क घुसाएर तिनको रगतमा होली खेली भारतको डिजाइनमा आफू नक्सा कोर्न थाल्नुभयो ।
प्रधानमन्त्री बन्दा पनि तपाईंले राष्ट्रघाति बिप्पा सम्झौता गरेर देशको स्वाधीनता तथा राष्ट्रियतामा आँच पुर्याउन पछि पर्नुभएन, रातारात सुकुमबासी बस्तीमा डोजर चलाएर बर्गीय मुक्ति दिलाउनुभयो । भारतको योजनामा आजको यो दिन निम्त्याउन पहिचान र संघियताको नाममा प्रचण्डलाई भारतसँग झुकाएर जता गयो उतै पहिचान र संघीयताको भान्से बनाउनुभयो ।
कैलाली घटनाको दुई दिन अगाडिको तपाईंका बक्तब्यले कैलाली घटनाका प्रमुख योजनाकार तपाईं नै हो भन्ने कुराको पुष्टि गर्छ । हुन त आफ्नै कार्यकर्ताको हत्या गरेर गौरकाण्डको नाममा भारतीय दलाल कथित मधेशी दलका नेताहरूको न्वारन गर्ने तपाईं नै हुनुहुन्थ्यो, जुन कुरा माओवादीका केही जिम्मेवार नेताहरूले तपाईंमाथि आरोप लगाउँदै आएका छन् ।
आज मुलुक संविधानको नाममा बन्धक भएको थियो । संविधान दिएर देशलाई समृद्धतर्फ लैजान दलहरूले एक जुट्ता अपनाउँदा तपाईँ चाँहि जनजाति तथा मधशी नेताहरूलाई भारतीय दुतावासलाई साक्षी राखी उक्साउन र साम्रदायिक बन्न हौसला दिँदै हुनुहुन्थ्यो । तर अनेक हुण्डरीको सामना गर्दै दलहरू संविधान ल्याउन सफल भए र जनतामा दशकौँ देखिको पुरानो सपना साकार पारेर जनताहरू माझ खुसी, उमङ्ग र हौसला प्रदान गर्न सफल हुँदा तपाईंँ दुखी हुनुभयो किनभने भारतको योजना अनुसारको भारतमुखी संविधान बनेको थिएन । र, भारतले अनावश्यक दवाब र हस्तक्षेप गरिरहेको अबस्थामा राष्ट्रिय स्वाधीनता, राष्ट्रियता, राष्ट्रिय अखण्ड, राष्ट्रिय सार्वभौमकिता संकटमा पर्दा अनेकतामा एकता भइ विदेशीको हस्तक्षेपको खुलेर बिरोध गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमकिता, राष्ट्रिय अखण्ड र नेपालीको स्वाभिमानको रक्षा गर्नुपर्ने अबस्थामा तपाईंले नेपाल र नेपाली जनता छोडेर भारत र भारु रोज्नुभएको छ । तसर्थ तपाईंले नेपालको संविधानलाई अघोषित बहिष्कार गरेर तराईँको बिखण्डनको आन्दोलनमा सरिक हुन् खोज्दाकथित आन्दोलकारीले बहिष्कार गरेपछि घर न घाटको भएर आज पार्टीबाट राजीनामा दिनुभएको छ । तपाईँको राजीनामा आउँदा जनता खुशी छन् र अब तपाईँले नेपाली नागरिकता त्याग्ने दिनको पर्खाइमा छन् नेपाली जनता । आफै उतै पढेर आएर नुनको सोझो गर्दै हुनुहुन्छ, भोलि तपाईंकी एक्ली छोरी पनि भारतकै छात्रवृत्तिमा पढेर आएर भारतकै नुनको सोझो गर्ने होलिन् । मेरो सुझाव छ, त्यो भन्दा अघि नै नेपालीको नागरिकता त्याग्नुस् र भारततिरै जानुस् ।
dainiknepal.com

काठमाडौं । पार्टी परित्याग गरेको भोलिपल्ट डा. बाबुराम भट्टराईले सानेपास्थित आफ्नो निवासमा निकट माओवादी नेतहरुको भेला डाक्दा उनी नाजवाफ भएका छन् ।
आफूहरुसंग सल्लाह नै नगरी पार्टी छोडेर आफूहरुलाई घर न घाटको बनाएको भन्दै बाबुराम निकट नेताहरुले आँखाभरि आँशु पारेर गुनासो गरेका थिए । आइतबार बिहान भएको उक्त भेलामा आफूहरुलाई धोका दिएको भन्दै निटक नेताहरुले आलोचना गरेपछि बाबुराम पनि केही बोल्न सकेनन् । स्रोतका अनुसार पार्टी परित्याग गर्नु अघि उनले चार जनलाई मात्र जानकारी दिएका थिए ।
टोपबहादुर रायमाझी, वर्षमान पुन, रामचन्द्र झा र नारायणकाजी श्रेष्ठलाई उनले जानकारी गराएका थिए । अब आफूले समाजका सबै क्षेत्रलाई समेटेर बृहत समाजवादी पार्टी निर्माणको योजना बनाएको बाबुरामले आफ्ना निकटहरुलाई बताएका छन् । भत्किएको घर छाडेपछि बरु जंगलमा बस्ने तर, घर नफर्किने घोषणा उनले गरिसकेका छन् ।
संसदबाट समेत राजीनामा दिएका उनी आफूालई स्वतन्त्र अभियन्ताका रुपमा अघि बढाएर जनजाति, मधेसी, दलित नेता तथा राजनीतिमा लाग्न चाहने व्यवसायी तथा स्वतन्त्र व्यक्तिहरुलाई एकीकृत गर्ने अभियानमा छन् । त्यसको सुरुवात उनले बुधबारदेखि नै सुरु गरिसकेका छन् । बुधबार दमननाथ ढुंगानादेखि कुशकुमार जोशीसम्मलाई एकै ठाउँमा राखेर उनले तराई मधेसको समस्या वार्ताबाट समाधान गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्त निकालेका थिए ।
त्यसलाई कतिपयले बाबुरामले भन्दै आएको नयाँ शक्तिको प्रारुपको रुपमा लिएका छन् । एमाओवादीमा बाबुरामका सबैभन्दा निकट मानिएका देवेन्द्र पौडेल र गंगा श्रेष्ठ मात्र छन् । रसिया भ्रमणमा रहेकी श्रीमती हिसिला यमीले समेत एक्कासी पार्टी छोडेकोमा आश्चर्य व्यक्र गरको बताइन्छ । उनका अर्का निकट टोपबहादुर रायमाझीालई बाबुरामको भन्दा नयाँ सरकारको बढी चिन्ता छ । अरु निकट नेता पनि बाबुरामसँग चिढिएका छन् । संविधान निर्माणको क्रममा देश विखण्डनतर्फ अघि बढेको भन्दै तराई भड्काउने गतिविधि गरेको भन्दै उनी चरम अलोकप्रिय भएका छन् । भारतले नाकाबन्दी लगाएको बेला उसैलाई बल पुग्ने गरी बाबुराम लागेको भन्दै उनको चरम आलोचना भएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

मंगलबार, १२ असोज
एजेन्सी । मानव अस्तित्व रहेको भनिएको मंगल ग्रहमा पानी पाइएको नासाले दावी गरेको छ । नासाको प्लेनेटरी डायरेक्टर जिम ग्रीन का अनुसार मंगल ग्रहमा जमेको अवस्थामा पानीको सतह पाइएको हो ।
नासाले मंगल ग्रहबाट पाइएको तस्विरको अध्ययन पछि कयौ पटक मंगलग्रहमा पानी हुन सक्कने जनाइएको छ ।
नयाँ तस्विरका अनुसार मंगल ग्रहमा पानी के निशान पाइएको हो ।
पहिलो टिक नासा मार्स मिस्ट्री साल्व्ड को यस खुलाले मंगलमा पानी भएको दावी गरेको हो ।
यसै वष नासाको अंतरिक्ष यान क्यूरिया सिटीले मंगलको सतहमा पानी भएको ठोस सवुत पेश गरेको छ ।
www.nepalsandesh.com

भारतले नयाँ संविधानपछि तराई–मधेसमा उत्पन्न समस्या समाधान नभएसम्म नेपाल–भारत सम्बन्ध पूर्ववत् रूपमा सहज हुन नसक्ने जनाए दिएको छ ।
‘सुरक्षा’लाई कारण देखाउँदै भारतले अहिलेकै अवस्थामा भारतबाट आपूर्ति सहज पार्न नसकिनेसमेत स्पष्ट पारेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापासँग सोमबार साँझ भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यही सन्देश दिएकी हुन् ।
नेपालमा नयाँ संविधान जारी भएपछिको भारतीय अघोषित नाकाबन्दी तत्काल नहट्ने सन्देश मन्त्री थापामार्फत भारतले नेपाल सरकारलाई दिएको छ । प्रमुख रूपमा आपूर्तिका विषयमा केन्द्रित भएको वार्तामा आफूले अत्यावश्यक आपूर्ति सुचारु पारिदिन आग्रह गरेको मन्त्री थापाले बताए ।
‘नयाँ संविधान जारी हुने अवस्था र त्यसपछिको अवस्थाबारे मैले विदेशमन्त्रीजीलाई विस्तृतमा जानकारी गराएँ र आपूर्ति व्यवस्था सहज पारिदिन भूमिका निर्वाह गर्न आग्रह गरेँ,’ स्वराजनिवासमा भएको वार्ताबारे थापाले नयाँ पत्रिकासँग भने ।
थापाले आपूर्ति रोकिँदा नेपालमा भारतविरोधी जनमत बढेको र त्यसले दुवै मुलुकलाई फाइदा नगर्नेतर्फ भारत सरकारको ध्यानाकर्षण गराएका थिए । थापाले भारतका पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानसँग पनि यही विषयमा छलफल गर्नेछन् ।
तर, मन्त्री थापाले ‘अत्यावश्यक सामग्री आपूर्ति नियमित गराइदिन सहजीकरण र सहयोगका लागि’ गरेको आग्रहमा विदेशमन्त्री स्वराजले राजनीतिक सहमतिमार्फत असन्तुष्ट पक्षलाई समेटेर अघि बढे सबै कुरा सहज हुने जवाफ दिएको स्रोतले बतायो ।
नयाँ पत्रिका दैनिक बाट

न्युयोर्क, १२ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिनुभएको छ ।
राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आउनुभएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार आयोजना
गर्नुभएको रात्रिभोजका अवसरमा नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले राजनीतिक दलहरुको सहमतिमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयन गरिने बताउनुभएको थियो ।
यसैगरी राष्ट्रपति ओबामाले राष्ट्रसङ्घका महासचिव वानकी मुनले आयोजना गर्नुभएको विश्वका नेताहरु सम्मिलित शान्ति सम्मेलनका अवसरमा पनि उपप्रधानमन्त्री सिंहलाई नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा राम्रो काम भएको भन्दै खुसी प्रकट गर्नुभएको थियो । रासस