आश्विन १३, २०७२- सरकारले वार्ताका लागि गरेको आग्रहबारे छलफल गर्न रौतहटको गौरमा बुधवार बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक भर्खरै सकिएको छ । वार्ताका लागी सरकार गम्भीर भए आफूहरु पनि लागीपर्ने बैठकमा सहभागी मोर्चाका शीर्ष नेताहरुले धारणा राखेका छन् ।
संघीयता, सीमाकंन र सविधानमा अपनत्व नभएको विरोधमा गौरमा हुन लागेको विरोध सभालाई सम्बोधन गर्न मोर्चाका शीर्ष नेताहरु आएका बेला बैठक बसेको हो । स्थानिय सिया प्यालेस होटलमा भएको बैठकमा कांग्रेस, एमाले र एमाओबादी सम्मिलित वार्ता टोलीबीच भएको छलफलका बारेमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी गराएका थिए । मोर्चाले वार्ताका लागी ठाकुरलाई जिम्मेवारी दिएको छ । बैठकमा ठाकुरले सरकारी प्रस्ताव बारे जानकारी गराएका छन् । श्रोतका अनुसार सरकार गम्भिर भएर आए वार्ता सफल हुने धारणा मोर्चाको छ । यद्यपी जालझेल गरेर झुक्याउन खोजे आन्दोलनबाटै जवाफ दिने शीर्ष नेताले बताएका छन् । वार्ता सकारात्मक नभए आन्दालन अझै सशक्त बनाउने मोर्चाका नेताहरुले बताएका छन् ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादव सहभागी थिए । मोर्चा र मुस्लिम गठबन्धनले गौरको राइस मैदानमा आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न शीर्षनेताहरु आएका हुन् । बन्दका कारण मोर्चाका नेताहरु भारतीय मार्ग हुदै यहाँका आएका थिए ।
अध्यक्ष ठाकुरले मधेसको माग सम्बोधनका बारेमा प्रधानमन्त्री, राष्ट्रपति, तीन दलका अन्य शीर्ष नेताबीच भएको छलफल मोर्चामा जानकारी गराएका छन् । मोर्चाले बैठकमा बिहीवार हुने मानव साङ्लो बनाउने कार्यक्रमलाई सफल पार्न रणनीति तय गरेको जनाएको छ ।kantipur.ekantipur.com

काठमाडौं– नयाँ सरकार गठन हुने बेलामा आएर प्रधानमन्त्री सुशील कोइरालाले एमालेका दुई विवादित मन्त्रीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
एमालेको तर्फबाट वर्तमान कोइराला नेतृत्वको क्याबिनेटमा प्रतिनिधित्व गर्ने ऊर्जा मन्त्री राधा ज्ञवाली र युवा तथा खेलकूद मन्त्री पुरुषोतम पौडेललाई बर्खास्त गर्ने चतोवनी दिएका हुन् ।
प्रधानमन्त्रीले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दै उनीहरुलाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै नबोलाए आफैंले बर्खास्त गर्ने चेतावनी दिएका हुन् ।
ज्ञवाली र पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको सिफारिस गरेको छ ।
संवैधानिक निकायले कारवाही गर्न निर्देशन दिएको लामो समय भएपनि एमालेले फिर्ता नबोलाएको भन्दै प्रधाानमन्त्रीले ओलीसअँग असन्तुष्टि जनाएको स्रोतको भनाई छ ।
मन्त्री पदको दूरुपयोग गरि ज्ञवाली र पौडेलले बद्नियतपूर्ण निर्णय गरेको ठहर गर्दै अख्तियारले कारवाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।
ज्ञवालीले सोलु कोरिडोर प्रशारण लाइन निर्माण सम्बन्धी सम्झौतामा अनुचित कार्य गरेको अख्तियारको ठहर भने पौडेलले आफैं कारवाहीको सिफारिस गरेको व्यक्ति केशव विष्टलाई खेलकुद परिषदको सदस्य सचिव बनाएर पदको दूरुपयोग गरेको ठहर छ ।
www.ratopati.com

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले २४ घण्टा भित्र भारतीय च्यान खोल्न व्यवसायीलाई दिएको निर्देशनको प्रतिवाद गर्दै च्यानल सञ्चालन गरेर देखाउन चुनौति दिएको छ ।
युवासंघका प्रवक्त प्रभातविक्रम कटवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘४५ दिन भन्दा बढी भारतको अघोषित नाकाबन्दीले नेपाली जनताले जुन कष्टकर जीवन विताउन परेको छ । त्यसमा अलिकतिपनि हेक्का नराखी सञ्चारमन्त्रीले अभिव्यक्ति दिएका छन । यसले सम्पूर्ण देशभक्त युवाहरुमा ठूलो आक्रोस र शंका पैदा गरेको छ ।’
राष्ट्रियताको लागि जुनसुकै परिस्थितिको पनि सामना गर्न जनता तयार भएको बेला सञ्चार मन्त्रालय सम्हालेको जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै संघले आक्रोस पोखेको हो । ‘आन्दोलनकारीलाई भारतको भूमि प्रयोग गर्न भारतले दिएको छ । भारतीय भूमिबाट नेपालका सुरक्षाकर्मीलाई ढुंगा प्रयोग भइरहेको छ । भारतीय सुरक्षाकर्मी दर्शकको रुपमा ताली बजाइरहेका छन’ विज्ञप्तीमा भनिएको छ ।
नेपाली सवारी साधनलाई ४५ दिनभन्दा बढी नाकामा बाटो अवरुद्ध गरिएकोलाई नाकाबन्दी नभन्ने ? युवा संघले प्रश्न गरेकोछ । भूपरिवेष्ठित र अतिकम विकसित राष्ट्रले पाउनुपर्ने अधिकारको हनन भारत सरकारले गरेको छ’ विज्ञप्तीमा भनिएको छ ‘सूचना तथा सञ्चारमन्त्रीकै निर्देशनमा नेपाल केवल टेलिभिजन महासंघ, डिस होम प्रालि, सिम्पल मिडिया प्राली आदिलाई २४ घण्टे अल्टिमेटम सोध्ने काम भएको छ ।
यो निर्णय तुरुन्त फिर्ता लिन र भारतीय च्यानलहरु बन्द गर्न युवा संघ नेपाल सरकार र सम्बन्धित मन्त्रालयसँग जोडदार अनुरोध गर्दछ । नत्र युवा संघ नेपाल यस्ता च्यानलहरु बन्द गर्नेछ ।’
www.nepalsandesh.com

१३ असोज, काठमाडौं ।
भारतसँग मिलेर काठमाडौंमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पत्ति रहेको तथ्य खुलेको छ।
महतो २०५६ सालको आम निर्बाचन र जनआन्दोलन २०६२र६३ पछि गठित बिभिन्न संयुक्त सरकारमा रहँदा र २०६४ सालको संबिधानसभा निर्बाचन पछि पनि गठित सरकारको मन्त्री पदमा रहँदै आएको र पदको दुरुपयोग गरी १५ करोड भन्दा बढी सम्पति आर्जन गरेकोले सो सम्पति जफत गरी राज्यको ढुकुटीमा जम्मा गरिदिनु हुन अनुरोध गर्दछौं भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी अझै बिचाराधिन छ ।
२०६४ साल अघि सामान्य हैसियतमा हिड्ने महतो र उनको परिवारका नाममा सिद्धार्थ बैंकमा ५० प्रतिशत शेयर छ भने महतोले भिमसेनगोलामा एक रोपनी जग्गामा सात करोड भन्दा बढी खर्च गरी अलिसान महल निर्माण गरिसकेका छन् । त्यसैगरी, महतोले परिवारका सदस्यका नाममा जनकपुरको मुरलीचोकमा तीन विघा घडेरी खरिद गरिसकेका छन् भने वर्दिवास महोत्तरीमा पाँच कट्ठा जग्गा खरिद गरेका छन्।
पैत्रिक सम्पत्ति शुन्य बराबर रहेका महतोले छोरा राधवेन्द्र महतोको नाममा बल्खुमा शिबशक्ति नामको हस्पीटल निर्माण गरी आर्थिक हैसियतलाई अझ उचाइमा पुर्याएका छन्। महतोले आपुर्ती र स्वास्थ्य मन्त्री बनेपछि १५ करोडको हाराहारीमा सम्पत्ति कमाइसकेका छन्। तर २०६४ अघि किराना पसल सञ्चालन गरी हेल्परको काम गर्ने उनका पिताको आर्शिवादबाट महतो एरपोर्टमा सामान्य ठेक्का पट्टाको काम गरेर राजनीतिमा उत्रिएपछि एकाएक उनको आर्थिक हैसियत आकाशिएको भन्दै उजुरी परेको थियो ।
तत्कालिन अवस्थामा महतोको भ्रष्टाचार, निरंकुश शैली र आतंक सहन नसकी केन्द्रीय सदस्यद्धय सम्भु जैशवाल र डा. रामदेव सिंहले पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । महतोले २०६८ साल असोजको दोश्रो साता संचारकर्मीहरूलाई बिजया दशमीको शुभकामना दिने भन्दै प्रतिब्यक्ति पाँच हजार देखि १५ हजार रुपैयाँसम्मको रकम अबैद्य रुपले बितरण गरेका थिए।
सो रकम केही संचारकर्मीले नलिएको र मन्त्रीले सो रकम बितरण गरी अख्तियारीको दूरुपयोग गरेको भनी नेपाल पत्रकार महासंघले बिरोध जनाउँदै मन्त्री महतोलाई कारबाहीको माग गरेको थियो।महतोले स्वास्थ्य मन्त्रीमा रहंदा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा बीपी दासलाई नियुक्ति गर्दा एक करोड घुस लिएको भन्दै उजुरी परेको थियो । उनले मेडिकल काउन्सिलमा डा.निरमणी उपाध्यायलाई रजिष्ट्रार बनाउँदा पचास लाख बुझेका थिए। तर आज तिनै निरमणीलाई लोकमानसिंह कार्कीले गोप्य सल्लाहाकार बनाएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, १३ असोज । ‘मसँग त त्यस्तो खराब कुरा गरेनन्, तर प्रचण्डजीसमक्ष भने भारतीय विदेश सचिव एस जयशंकर अशिष्ट शैलीमा प्रस्तुत भएछन् । देखाईदिन्छौं भन्ने पाराले कुरा गरेछन् ।’ बिहीबारको स्थायी कमिटी बैठकलाई एमाले अध्यक्ष केपी ओलीले गरेको रिपोर्टिङ हो यो ।
सोही बैठकलाई भर्खरै दिल्ली गएर पार्टीको पक्षमा लबिङ गरी फर्किएका सचिव प्रदीप ज्ञावालीले समेत ब्रिफिङ गरेका थिए । ‘र’ चिफ राजेन्दर खन्ना, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव एस जयशंकर, भारतीय जनता पार्टीको स्वयम् सेवक संस्था आरएसएस प्रमुखसमेत ४ जनासँग भेटवार्ता भएको रहेछ ।
त्यसक्रममा उताबाट नेपालले ५० हजार सेना तराईमा परिचालन गरेको, त्यहाँबाट मधेसीमाथि दमन हुँदा हजारौं शरणार्थी भारत पस्ने डर भएको, तसर्थ बेलैमा हस्तक्षेप गर्नुपर्ने खाँचो रहेको बारे सरोकार राखिएको रहेछ ।
यसैबीच त्यहीबेला रुसी राजदूत डा. सर्गेई भ्यासिलिएभिचले केपी ओलीसँग अलग्गै दुई घण्टा र प्रचण्ड तथा प्रधानमन्त्री सुशील कोइरालासँग सामूहिक भेट गरी विकसित परिसथितिमा नआत्तिन, धैर्यधारण गर्न आग्रह गरेका छन् ।
उनकै सिफारिसमा हो रसियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा स्थायी सदस्य राष्ट्र बन्ने भारतीय मनोकांक्षालाई ब्रेक लगाईदिएको ।
दोस्रो विश्वयुद्धपछि अमेरिका, चीन, रुस, फ्रान्स र बेलायत स्थायी सदस्य राष्ट्र छन् । बदलिँदो सन्दर्भमा आफूहरु पनि भिटो पावरसहित त्यसको सदस्य बन्न पाउनुपर्ने जापान, भारत, ब्राजिल र जर्मनीको माग छ । हामीले चाहिँ किन नपाउने भन्दै दक्षिण अफ्रिका पनि कराईरहेको छ ।
यसैका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार न्यूयोर्कमा जी-४ राष्ट्रको बैठक डाके । तर त्यतिबेला नै अमेरिकाबाट निस्किने चर्चित पत्रिका वासिंगटन पोस्टले पहिलो पृष्ठमा ठूलो समाचार छापिदियो, ‘मोदीजीले एक वर्षमा संसारका सबैभन्दा धेरै राष्ट्र डुलेको रेकर्ड बनाउनुभयो तर आफ्ना छिमेकीलाईचाहिँ नराम्ररी चिढ्याउँदै हुनुहुन्छ ।’ जनआस्था साप्ताहिकमा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, १३ असोज । एमालेको भातृसंगठन युवा संघ नेपालले सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतले नाकाबन्दी नगरेको भनेर दिएको अभिव्यक्तिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युवा संघका प्रवक्ता प्रभाव कटवालले आज (बुधबार) विज्ञप्ति जारी गरे भारतको अघोषित नाकाबन्दीले नेपाली जनताले कष्टकर जीवन विताउन परेको भन्दै त्यसको अलिकति पनि हेक्का नराखी सञ्चार मन्त्रीको अभिव्यक्तिले सम्पूर्ण देशभक्त नेपालीको मन दुःखाएको बताउनुभएको छ ।
‘सञ्चारमन्त्री मीनेन्द्र रिजालले जुन अभिव्यक्ति दिएका छन् यसले सम्पूर्ण देशभक्त युवाहरुमा ठूलो आक्रोश र शंका पैदा भएको छ’, युवा संघले विज्ञप्तिमा भनेको छ, ‘जनताले राष्ट्रियाताको लागि जुनसुकै परिस्थितिको पनि सामना गर्ने तयार भएका बेलामा त्यसप्रतिको अभिव्यक्तिप्रति युवा संघ नेपाल घोर निन्दा एवम् भर्त्सना गर्दछ ।’
मधेसी आन्दोलनकारीहरूलाई भारतको भूमि प्रयोग गर्न भारतले दिएको जनाएको युवा संघ नेपालले भारतीय भूमिबाट नेपालका सूरक्षाकर्मीहरूलाई ढुंगामुढा प्रहार भएकोमा विरोध गरेको छ ।
‘भारती सुरक्षाहरूकर्मी दर्शकको रुपमा ताली बजाइरेहका छन्’, युवा संघले भनेको छ, ‘नेपाली सवारी साधनलाई ४५ दिनदेखि नाकामा बाटो अबरुद्ध गरेर नाकाबन्दी गरिएको छ ।’
मन्त्री रिजालले भारतको पक्षलिइ भारतीय टिभी च्यान नदेखाउने केबुल सञ्चालकहरूलाई स्पष्टीकरण सोधेकोमा पनि युवा संघले रिजालको बिरोध गरेको छ । युवा संघ नेपालले नेपालमा देखाइने सबै भारतीय च्यानलहरू सरकारी तवरबाटै बन्द गर्न पनि माग गरेको छ ।
dainiknepal.com

काठमाण्डु, १३ असोज–
सरोकार १.
१५ दिन नपर्खिएकोमा आक्रोश
पाँच दिनसम्म संविधानसभामा मतदान गरेर पारित भएको संविधान ३ असोजमा जारी गर्न नेपाल सरकारले सार्वजनिक बिदा दिएपछि काठमाण्डु पुगेका भारतीय विशेष दूत एस जयशंकरले सन्देश पुर्याएका थिए, ‘संविधान जसरी पनि कम्तीमा १५ दिन रोक्नूस् ।’ तर, मितिसमेत तोकिसकेकाले नेपालको संविधानसभा र राजनीतिक दल पछाडि फर्कन सक्ने अवस्थामै थिएनन्, मोदीको सन्देश उनीहरूले मानेनन् । ‘मेरो यति सल्लाह पनि नमान्ने’ भनेर मोदी क्रुद्ध भए र नेपालमाथि अघोषित नाकाबन्दी लगाउने आदेश दिए ।
सरोकार २.
बिहार चुनावमा भोटको राजनीति
१२ अक्टोबर (२५ असोज) देखि बिहारमा विधानसभा चुनाव हुँदै छ जहाँ मोदीको भारतीय जनता पार्टीले नीतीश कुमार, लालु यादव र कँग्रेस गठबन्धनको सामना गर्दै छ । तराई–मधेसका नेपालीले आन्दोलन गरिरहेको अवस्थामा बिहारमा मोदीको लोकप्रियता घट्छ र चुनावमा घाटा लाग्छ भन्ने विश्लेषण भाजपाको थियो । पटकपटक म्याद थपेर नेपालको संविधान बिहारको चुनाव सुरु भएपछि मात्र जारी होस् भन्ने उनीहरूको आकांक्षा थियो । तर, त्यो पूरा नभएपछि नेपालका मधेसीको आन्दोलनमा घिउ थपेर बिहारीको मत जित्ने खेलमा उनी लागेका छन् भन्ने विश्लेषण भारतमै छ ।
सरोकार ३.
आठ प्रदेश र धार्मिक स्वतन्त्रता
राजकीय भ्रमणका लागि अघिल्लो साउनमा र सार्क सम्मेलनका लागि मंसिरमा आएका मोदीले नेपालका प्रमुख र मधेसी दलका नेतालाई भेटेका थिए । त्यतिबेला मात्र होइन, भारत गएका नेताहरूलाई भेट्दा पनि उनले आठ प्रदेश बनाउन र धार्मिक स्वतन्त्रता राख्न सल्लाह दिएका थिए । उनले मधेसी दललाई पनि समेटेर सर्वसम्मत रूपमा संविधान जारी गर्न दबाब दिएका थिए । तर, सर्वसम्मत हुन नसकेपछि मुख्य दलहरूले अधिकतम् सहमति जुटाएर संविधान जारी गर्ने बाटो रोजे । त्यसलाई मोदीले आफ्नो अपमान ठाने ।
सरोकार ४.
अब विशेष दूतको प्रतीक्षा
नेपाल सरकारले भारतसागको गतिरोध अन्त्य गर्न विशेष दूतलाई नयाँदिल्ली पठाउने संकेत गरेको छ, तर निर्णय गरेको छैन । नेपाली विशेष दूतले लग्ने सन्देशको प्रतीक्षामा नयाँदिल्ली छ । हिमाल र पहाडका केही विकट जिल्ला छाडेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने सहमति हुन सके दिल्लीले आफ्नो ‘फेस सेभिङ’ भएको मान्ने मनस्थिति बनाएको छ । निर्वाचन क्षेत्र निर्धारणसँगै तराईमा सीमांकनको समस्या पनि सम्बोधन हुनुपर्ने दिल्लीको अपेक्षा छ । तराई–मधेसबारे खुलस्त बोलेर आफ्नो अडान सार्वजनिक गरेकाले त्योभन्दा पछि हट्ने अवस्था नरहेको भारतीय विज्ञहरू बताउँछन् ।
नयाँ पत्रिकाबाट
kathmandutoday.com