शनिबार, २३ असोज
काठमाडौ । तराईमा आन्दोलनरत थारुवान थारुहटले आमहड्तालका कार्यक्रम फिर्ता लिएका छन् ।
गत साउन देखि थारुवान थारुहटप्रदेहको माग गर्दै साउन २३बाट गर्दै आएको आन्दोलन र बन्दको सम्पुर्ण कार्यक्रम फिर्ता दिएको जनाएको छ ।
हिन्दुहरुको महान चार्ड दसैंको बन्दले सर्वधारणलाई सास्ति हुने भन्दै बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको हो ।
यसै गरी उनीहरुले आफ्नो माग पुरा नभएको भन्दै दशैंको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय समेत गरेका छन् ।
www.nepalsandesh.com

२३ असोज, एजेन्सी।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिहारका पुर्व मुख्य मन्त्री तथा आरजेडीका अध्यक्ष लालु यादवले कडा शब्दमा आक्रमण गरेका छन्। लालु यादवले नरेन्द्र मोदीलाई ब्रह्मपिचाश भएको आरोप लगाएका छन् । उनले मोदी प्रधानमन्त्री बन्न लायक नभएको र आज पुरै भारतमा उनको थु थु भएको भन्दै कडा प्रतिक्रिया जनाएका हुन्।
केही दिन अघि मात्रै नरेन्द्र मोदीले लालु यादवलाई शैतान भनेपनि यादवको यस्तो प्रतिक्रिया आएको भारतीय सञ्चारमाध्यामहरुले लेखेका छन्। लालुले भने-‘मैले आरक्षणको कुरा गर्दा उनले मलाई शैतान भने। मलाई शैतान भन्ने आफै ब्रह्मपिचाश हुन् । उनी प्रधानमन्त्री बन्न लायक छैनन। पुरै देश मोदीलाई थु थु गर्दैछ। हामी मोदीलाई बिहारबाट भगाउँछौ ।’
लालुले किन आफूलाई शैतान भएको प्रमाणित गर्नु पर्ने नत्र सम्पुर्ण बिहार जनतासंग माफि माग्न समेत मोदीलाई चेतावनी दिएका छन्। आफु लगाएत मोदीले सारा दलित र बिहारबासीलाई शैतान भनेको उनको टिप्पणी थियो।
गाईको मासुको खाने विषयमा लालु यादव गरेको टिप्पणीपछि मोदीले लालुमाथि शैतान विषयमा प्रतिक्रिया दिएका थिए। लालुले ‘शैतान’ को प्रभावमा आएर आफुले गाइको मासु सम्बन्धी टिप्पणी गरेको बताएका थिए। लालुको यस्तो भनाइ पश्चात, शैतानलाई लालुको ठेगाना कसरी मिल्यो भन्दै मोदीले व्यङ्ग गरेका थिए।
छिट्टै बिहारमा हुन लागेको चुनावका कारण मोदी र अर्को गठबन्धनका नेता लालु यादवबीच तनाव बढेको हो।
केही दिन अघि भारतमा गाईको मासु खाएको आरोपमा एक व्यक्तिलाई कुटेर हत्या गरिएको थियो।
यता बिहारको चुनाव पनि नेपालमा भारतको अघोषित नाकाबन्दी लाग्नुको कारण भएको विश्लेषण गरिने गरेको छ।nepaliheadlines.com

२३ असोज, काठमाडौं ।
नयाँ प्रधानमन्त्रीका उम्मेवार नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतसँग कुनै पनि हालतमा नझुक्ने बताएका छन् । संविधान जारी गर्नुपूर्व गरेको सहमतिलाई कांग्रेस सभापति सुशील कोइरालाले तोडेको बताउंदै ओलीले कांग्रेस जनतासाुम ब्ल्याक लिस्टेड पार्टी भएको बताएका हुन् ।
सहमतीय सरकारको लागि आफूले अन्तिमसम्म पनि पहल गरेको बताउंदै शनिवार पत्रकारसँग कुराकानी गर्दै कांग्रेसले अन्तिम समयमा आएर धोका दिएको बताए ।
ओलीले भने,‘जनताको सपनामाथि तुषरापात गर्दै कांग्रेसले धोका दिएको छ, यसको परिणाम के हुन्छ हेर्दा जाऔ तर जनमत विपरीत गएकाले अब काग्रेस ब्यालक लिस्टेड पार्टी भएको छ ।’nepaliheadlines.com

२३ असोज , काठमाडौँ।
काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ ।
आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको निधन भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
मृतकमध्ये लेखराजको घटनास्थलमै र उनकी श्रीमती र छोरीको उपचारका क्रममा कीर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो । मृतक लेखराज ट्याक्सी चालक रहेको र कोठामा सञ्चित गरेर राखेको पेट्रोल एउटा भाँडोबाट अर्को भाँडोमा सार्ने क्रममा नजिकै रहेको बलिरहेको मैनबत्ती सल्केर अचानक आगो फैलँदा उनीहरु जल्न पुगेका थिए ।
सो आगलागीबाट कोठामा रहेका सरसामानसमेत जल्नुका साथै घरमासमेत क्षति भएको छ । रासस

जाजरकोट, २३ असोज । जिल्लाको खगेनकोट गाविस–६ बगारामा भेरी नदीले बगाउँदा शुक्रबार दिउँसो एक किशोरीको मृत्यु भएको छ भने एर्की बेपत्ता भएकी छिन् ।
नुहाउन गएकी खगेनकोट–८ की १४ वर्षीया जुनमाया सिंहको खोलाले बगाउँदा मृत्यु भएको हो ।
उनको शव बगेको स्थानभन्दा तीन किलोमिटर तल गुनभीरमा फेला परेको थियो ।
जुनमायालाई खोलाले बगाएपछि बचाउन गएकी १५ वर्षीया सुशीला शाही बेपत्ता भएकी प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । रासस

काठमाडौं : नेपाली कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने भएका छन्।
कांग्रेसका शीर्ष नेताहरुको शनिबार बिहान बालुवाटारमा बसेको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशीललाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका थिए भने रामचन्द्र पौडेलले समर्थन गरेका थिए।
मुलुक विशेष परिस्थितिमा रहेको भन्दै उनलाई नै निरन्तरता दिने सहमति भएको हो। तर पार्टी केन्द्रीय समितिले आधिकारिक निर्णय गर्न बाँकी छ।
संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमतिअनुसार एमालेले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ। एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको छ।
कांग्रेसको केन्द्रीय समितिको बैठक बसेर कोइरालालाई उम्मेदवार बनाउने आधिकारिक निर्णय गर्दैछ।
नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने र सुशील कोइरालाकै नेतृत्वमा जाने सहमति भएको कांग्रेस कार्यलयका सचिव प्रदीप पराजुलीले दिएका छन्। annapurnapost.com

काठमडौं, २३ असोज । शुक्रबार दिनभरि बालुवाटारमा नेपाली कांग्रेसको बैठक चल्यो । केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखे । धारणा पार्टीगत भन्दापनि गुटगत रुपमा आए । गटगत रुपमा आएका धारणभन्दा अलि फरक धारणा दिने पात्र दुई जना देखिए । ती हुन् महामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री पूणबहादुर खड्का ।
पूर्णबहादुर खड्का कांग्रेसको नेतृत्वभन्दा पनि एमालेका केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हिँडिरहेका थिए । ‘सहमतिमा सरकार बन्नछ भने कांग्रेसले गरोस्’, बैठकमा सुन्ने एक नेताले खड्कालाई उदृत गर्दै भन्यो, ‘होइन भने एमालेका अध्यक्ष केपी ओलीलाई गर्नुपर्छ ।’
एमाले अध्यक्ष केपी ओलीको पक्षमा सबैभन्दा धेरै वकालत गर्ने कोही थियो भने त्यो व्यक्ति खड्कानै हुन् । र उनलाई साथ दिइरहेका थिए महामन्त्री सिटौलाले । कांग्रेसमा एमालेको नेतृत्वमा सरकार बनाउन हुँदैन र सहयोग गर्नु हुँदैन भन्ने बहुमत जान्दाजान्दै पनि खड्का र सिटौलाले ओलीलाई समर्थन गरेका थिए ।
अन्ततः कांग्रेसले शुक्रबार मध्यरातिसम्म पनि प्रधानमन्त्रीमा के गर्ने भन्ने निर्णय गर्नै सकेन । तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको भन्दै बैठक सेलायो । बैठक स्थगित भएको हो वा चालु छ भन्ने भेउ नपाएर बेलुका सात बजे केन्द्रीय सदस्यहरू घर फर्किए ।
अझ रोचक प्रसङ्गत के छ भने कांग्रेसको केन्द्रीय समितिको बैठकमा केही नेताहरूबीच झण्डै हातहालाहलको अवस्था सृजना भएको थियो । स्रोतका अनुसार प्रवक्ता दिलेन्द्र बडू, केन्द्रीय सदस्य विमलेन्द्र निधीले माइन्युट तयार पार्न खेस्रा गरिरहँदा सहमहमन्त्री खड्काले उत्ताउलो हुँदै गएर धम्कीसम्म दिन भ्याए । स्रोतका अनुसार खड्काले हुन्छ भने देउवालाई प्रधनमन्त्री उम्मेदवार बनाउँ । होइन भने एमालेका अध्यक्ष ओलीलाई समर्थन गरौँ । अरु निर्णय गर्ने हो भने हुँदैहुन्न भनेका थिए ।
खड्काले प्रवक्ता दिलेन्द्र बडू पत्रकारसँग बाहिर बोल्दा पनि नजिकै आएर केही निर्णय भएको छैन भन्दै हस्तक्षेप गरिरहेका थिए । खड्काले बैठकबाट राय लिने काम भयो, निर्णय भएको छैन अहिलेलाई यति बुझ्नुस् भन्दै बडूलाई राम्रोसँग बोल्नै दिएनन् । खड्काको रवैया देखेर केही समय केन्द्रीय सदस्य र पत्रकारहरू हेरेको हेरै भएका थिए ।
बैठकले शुक्रबार झण्डै सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा अगाडि बढाउने निर्णय गर्दै थियो । देउवा समूह आफूलाई नभए कांग्रेसभित्रका अरुलाई कुनै पनि हालतमा समर्थन गर्ने पक्षमा शुक्रबार मध्यरातसम्म देखिएन ।
आफ्नो पक्षमा माहोल बनाउन र रणनीति तयारपार्न देउवाले दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आफू निकट केन्द्रीय सदस्यको बैठकसमेत गरे । बैठकमा देउवा नभए एमालेलाई समर्थन गर्नुपर्छ भन्नेसम्म छलफल गरेको स्रोतको दाबी छ ।
उता, रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीको दाबी गर्दै शुक्रबारको बैठकमा क्याङ्क्याङ् गरिरहे । तर उनको रोदन कसैले सुनिदिएन । पछि पनि उनको रोदन सुनेर प्रधानमन्त्रीमा सहयोग गर्ने कुनै छाँटकाँट छैन भनेर भन्ने केन्द्रीय सदस्यहरू बालुवाटारमा मध्यरातसम्म देखिए ।
dainiknepal.com