आइतबार, २४ असोज
काठमाडौं । प्रधानमन्त्री निर्वाचनको मुखमा एमाओवादी पार्टी फुटाउने योजना सफल नभएपछि सांसदलाई नै गोली हान्ने धम्की आएको सार्वजनिक भएको छ ।
एकीकृत नेकपा माओवादीका सांसद निशा साह र सोनिया यादवलाई प्रधानमन्त्रीमा केपी ओलीलाई भोट हाले गोली हान्ने धम्की आएको हो । अज्ञात व्यक्तिले फोन गरी आफूलाई गोली हान्ने धक्की दिएको शाहले बताएकी छन् ।
उनीहरुले धम्की आएपनि आफूहरु पार्टीको निर्णयमा अडिग रहेको भन्दै ओलीलाई भोट हाल्ने बताएका छन् । प्रधानमन्त्रीमा ओली निश्चितजस्तै देखिएपछि उनलाई रोक्न विभिन्न हत्कण्डाहरु अपनाएका खबरहरु सार्वजनिक भइरहेका छन् ।
www.nepalsandesh.com

काठमाडौं– एकीकृत माओवादी र सांसद पद परित्याग गरेका डा.बाबुराम भट्टराईले प्रधानमन्त्री निर्वाचनमा चासो राखेका छन् । उनले काग्रेस सभापतिको पक्षमा लविङ गरेका छन् । स्रोतका अनुसार शनिवार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भएलगत्तै उनले आफू नजिक मानिएका एकीकृत माओवादीका सांसद र तराई–मधेश केन्द्रित दलका नेताहरुसँग कोइरालाको पक्षमा लविङ गरेका थिए ।
‘डा.बाबुराम भट्टराईले फोन गरेर ओली प्रधानमन्त्री हुँदा देशको जटिलता बढ्न सक्ने भनेर कोइरालाको पक्षमा लविङ गर्नुभएको थियो ’ एमाओवादीका एक सांसदले भने । त्यसो त एकीकृत माअोवादीको ओलीलाई समर्थन गर्ने निर्णयमा असहमति राखेका एकीकृत माओवादीकै नेता देवेन्द्र पौडेलले शनिवार बालुवाटार पुगेर कोइरालासँग भेट गरेका थिए । भेटमा आफ्नो तर्फबाट सहयोग गर्ने आश्सवन पौडेलले कोइरालालाई दिएको बालुवाटार स्रोतले बतायो ।
नयाँ शक्ति बनाउन भन्दै सांसद पदबाट समेत राजीनामा गरेका भट्टराईले प्रधानमन्त्री चयन प्रक्रियामा अनाबश्यक चासो देखाएको भन्दै उनकै निकट मानिएका एकीकृत माओवादीका नेताहरुबाट समेत आलोचना भएको थियो ।
स्रोतका अनुसार कोइरालालाई भेट्न पौडेल भट्टराईकै योजनामा गएका थिए । भट्टराई नजिक मानिएका प्रभु साहले पनि पार्टी निर्णय अनुसार भोटिङ गर्ने भनेर विज्ञप्ती निकालेका छन् । संविधानमा हस्ताक्षर नगरेर उनले तराई–मधेशको आन्दोलनमा समर्थन गरेका थिए । भट्टराईले ओली प्रधानमन्त्री भए देशमा थप तनाव बढ्ने आशंका लिएको उनी निकट स्रोत बताउँछ । झलनाथ खनाललाई प्रधानमन्त्रीमा सहयोग गर्ने एकीकृत माओवादीको निर्णयमा पनि भट्टराईले त्यसबेला फरक मत राखेका थिए ।
एमाले र एकीकृत माओवादीबीच नयाँ सरकार गठनलगायतका विषयमा भएको १४ बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री बन्दैछन् । एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा तराई–मधेसमा आन्दोलनरत दलहरू, थारु समुदाय र विभिन्न रूपमा आफ्ना मुद्दा र आवाज उठाइरहेका आदिवासी, जनजातिलगायतका अन्य उत्पीडित समुदायसँग वार्तामार्फत समस्याको राजनीतिक सम्बोधन गरी समाधान गर्ने उल्लेख गरिएको छ ।
सरकारको खेलमा मतलव छैनः बाबुरामको सचिवालय
उता सचिवालयले भने सरकार बनाउने खेलमा डा.भट्टराईको कुनै चासो नरहेको बताएको छ । आइतवार स्वकीय सचिव विश्वदीप पाण्डेले प्रेस नोट निकालेर भट्टराई यस्तो खेलमा सहभागी भएको भनि आएका समाचार निराधार भएको उल्लेख गरेका छन् ।
‘संसदमा आज हुने प्रधानमन्त्री चुनावमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले आफू निकट सभासदहरूलाइ मतदान गर्न रोक्दैहुनुहुन्छ, भन्नेजस्ता हल्लाहरू निराधार र गलत भएको स्पष्ट पार्न चाहन्छौं ।’ प्रेस नोटमा छ, ‘उहाँ अहिले सरकार बनाउने वा गिराउने कुनैपनि भूमिकामा संलग्न नहुने स्पष्ट पार्न चाहन्छौं । उहाँको एउटै ध्येय छ–पछिल्लो समयमा कमजोर हुँदै गएको पहाड–तराइ–मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्ने । त्यसका लागि उहाँ विगत केही समयदेखि क्रियाशील रहदै आउनुभएको सर्बविदितै छ ।’
प्रेस नोटमा राजनीतिक दाउपेचमा मात्रै अल्झिनु भन्दा अब राष्ट्रिय एकता सँगसँगै मुलुकलाइ आर्थिक समृद्धितिर कसरी लैजाने भन्ने बिषयमा भट्टराई विज्ञहरूसँग छलफलमा केन्द्रित रहेको उल्लेख छ । ‘विज्ञ र सरोकारवालाहरूसँगको छलफल र आन्तरिक तयारी पश्चात उहाँले मुलुकको आर्थिक समृद्धिको योजना सार्बजनिक गर्नुहुनेछ ’ प्रेस नोटमा भनिएको छ ।
बाबुरामसँगको परामर्शपछि ३० केन्द्रीय सदस्यको असहमति
ओलीलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णय गलत भएको बाबुराम निकट मानिने ३० केन्द्रीय सदस्यले बताएका छन् । डा.भट्टराईसँगको परामर्शपनि यस्तो भनाई सार्वजनिक आएको स्रोतले जानकारी दियो ।
एककिृत माओवादीका ३० जना केन्द्रीय सदस्यले शनिवार विज्ञप्ती निकालेर यस्तो जनाएका थिए । ३० जना केन्द्रीय सदस्यको विज्ञप्ती आउनुपूर्व लाजिम्पाटमा बसेको स्थायी समिति वैठकमा नेता देवेन्द्र पौडेलले फरक मत राखेका थिए ।
‘देशको विद्यमान परिस्थितिको जिम्मेवारपूर्ण रुपमा हल गर्ने पहलकदमी लिनुको साटो निःसर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश झनै दलदलमा फस्ने खतरा रहेको हुंदा हाम्रो जस्तो शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको जिम्मेवार पार्टीको यस्तो गलत र गैरजिम्मेवार निर्णयप्रति हाम्रो विमती रहेको जानकारी गराउन चाहन्छौं ’ विज्ञप्तीमा भनिएको छ ।
कैयौं आफ्ना जायज मागहरु सहित आन्दोलनमा रहेका पक्षहरुलाई वार्तामा ल्याउने वातावरण वनाउन लाग्नुपर्ने, सम्पूर्ण नेपालीहरु मिलेर पुनःनिर्माणमा लाग्नु पर्ने, कैयौं वांकी रहेका शान्ति प्रक्रियाका विषयहरुलाई पुरा गर्नु पर्ने बेलामा एकीकृत माअोवादीले एमालेलाई समर्थन गरेको जनाइएको छ ।
त्यसैगरि आसन्न चाडपर्वहरुको पूर्व सन्ध्यामा कैयौं उपभोग्य वस्तुहरुको सहज आपूर्तिका लागि पहल गर्नु पर्ने, स्वाधिनताको भावना सहितका सम्पूर्ण नेपालीहरुलाई आन्तरिक रुपमा गोलवन्द गरेर देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाको लागि राष्ट्रिय सहमति कायम गरेर जानु पर्ने अवस्थामा यो निर्णयले गंभिर एवं आश्चर्यचकित वनाएको विज्ञप्तीमा जनाइएको छ ।
www.ratopati.com/news

पटकआइतबार, २४ असोज
काठमाडौं । एमाओवादी परित्याग गरेर हिँडेका नेता डा.बाबुराम भट्टराईले आफू सरकार बनाउने र गिराउने खेलमा नरहेको दावी गरेका छन् ।
प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्दैगर्दा बाबुराम पक्षीय एमाओवादी नेताहरु विरोधमा उत्रिएपछि भट्टराई सत्ता खेलमा लागेको चौतर्फी समाचार आएपछि भट्टराईको सचिवालयले सरकार गिराउने र बनाउने खेलमा भट्टराई नरहेको प्रष्ट्याएको हो ।
भट्टराईले एमाओवादी नेताहरुलाई विज्ञप्ती निकाल्न लगाएर पार्टी फुटाउने कसरत गरेको हल्ला चलेको थियो ।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, पर्वप्रधानमन्त्री भट्टराईले आफू निकटका सभासदहरुलाई मतदान गर्न रोक्दै हुनुहुन्छ भन्ने जस्ता हल्लाहरु निराधार र गलत भन्ने प्रष्ट पार्न चाहन्छौं ।’
भट्टराई अहिले पहाड तराई र मधेसको एकता बलियो बनाउने र बृहत राष्ट्रिय एकताको वातावरण बनाउन पहल र प्रयत्न गर्नेमा केन्द्रित रहेको उनको निजी सचिवालयले जनाएको छ ।

काठमाडौं, २४ असोज । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट हाल्न आफ्ना सभासदलाई ह्वीप जारी गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको पार्टीको बैठकले सबै सभासदलाई ओलीको पक्षमा अनिवार्य मतदान गर्न निर्देश गरेको हो । ओलीलाई समर्थन गर्ने निर्णयको विरोधमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पक्षका नेता तथा सभासदलाई पनि अनिवार्य मत खसाल्न निर्देशन दिइएको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठकमा प्रचण्डले बाबुराम पक्षका नेतातर्फ संकेत गर्दै पार्टी निर्देशन विपरित जाने जुनसुकै सभासदलाई कडा भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिनुभएको थियो ।
साथै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारमा समर्थन गरेको निर्णयको बिरोध गर्दै वक्तव्य जारी गर्ने एमाओवादीका केन्द्रीय सदस्यमाथि पार्टीले अनुशासन उल्लंघन गरेकोमा कार्वाही गर्ने भएको छ । पार्टीले औपचारिक निर्णय गरेकोमा सो को सार्वजनिक विरोध गर्ने केन्द्रीय सदस्यहरुमाथि अनुशासनात्मक कारवाही हुने प्रवक्ता शर्माले बताउनुभयो । ‘पार्टीले गरेको निर्णयकाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र त्यसको प्रतिकूल हुने गरी आज मतदान गर्ने काम कसैले गर्छ भने त्यो पार्टीका लागि निकै गम्भीर हुनेछ । हामीले पार्टीको नीतिविपरित जानेहरुमाथि कडा कारवाही गर्छौं ।’ शर्माले भने ।
dainiknepal.com

काठमाडौं, २४ असोज । नेपालमा नाकाबन्दी गरिरहेको भारतलाई अन्तर्राष्ट्रिय कानुनको फन्दामा पार्न सबै नेपाली एकजुट भइसकेका छन् ।
यस्तो अवस्थामा भारतले सन्धी सम्झौता उल्लंघन गर्दै नेपालमा नाकाबन्दी लगाएको भन्दै ३३ दलीय मोर्चाले संयुक्त राष्ट्र संघमा उजुरी पत्र समेत पठाएका छन् । जसका कारण भारत अन्तर्राष्ट्रिय कानुनको फन्दामा पर्ने सम्भावना बढेको छ ।
यसै क्रममा नेकपा एमालेका नेता माधवकु्मार नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरित नाकाबन्दी लगाएको भारतलाई अन्तर्राष्ट्रिय कानुनको फन्दामा पार्नुपार्ने धारणा राखेका छन् ।
उनले भारतलाई नाकाबन्दी तत्काल हटाउन समेत चेतावनी दिएका छन् । यदि नाकाबन्दी नहटाए अन्तर्राष्ट्रिय कानुनको कठघरामा सबै नेपाली एकजुट भएर भारतलाई उभ्याउने उनको कडा भनाई छ ।
एमाले नगरकोट नगर कमिटीको प्रथम अधिवेशनका क्रममा बोल्दै नेता नेतालले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्दै भारतले नाकाबन्दी लगाउनु गलत भएको उल्लेख गर्दै नेपाली नागरिकले अब शसक्त प्रतिकार गर्ने बेला आइसकेको बताए ।
नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताबाट कमाएको माया र सम्मान गुमाएको बताउँदै नेपालको समस्या सुल्झाउन भारत–नेपालबीच आवश्यक वार्ता एवम् छलफल तत्काल थाल्न आग्रह समेत गरे ।

काठमाडौ । देशले आज ३८ औं प्रधानमन्त्री पाउने भएको छ ।अबको केहि समय पछि कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा मध्ये एक जना नेपालको ३८ प्रधानमन्त्रीको रुपमा निर्वाचित हुने छन् ।
प्रधानमन्त्रीको निर्वाचनको लागी आज ११ बजे संसद बैठकले बोलाइएको छ।
नयाँ प्रधानमन्त्रीको लागी नेकपा एमालेका अध्यक्ष ओलीलाई एमाओवादी र राप्रपामा लगायत साना दलले सहयोग गर्ने प्रतिवद्धता र आश्वासन दिएका छन्
अहिले सम्म ओलीलाई प्रधानमन्त्रीको १६ दलका ३१२ रुपमा संसदले मतदान गर्ने प्रतिवद्धता जनाएका छ भने अन्य दलका संसदहरुले पनि ओलीलाई आश्वासन दिएका छन् ।
अन्तिम समयमा कुनै चमत्कार भएको खण्डमा स्पष्ट रूपमा देखापरेका समीकरणका अनुसार ओली प्रधानमन्त्री बन्ने पक्का पक्की भएको छ ।
यस्तै सुशिल कोइरालालाई काग्रेश र मधेस केन्द्रित दल र साना दलले सहयोग गर्ने बताएका छन् ।कोइरालाको पक्षमा अहिलेसम्म कांग्रेसका २०७ को समर्थन छ भने संविधानसभाको प्रक्रिया बहिष्कार गर्दै आएका दुई मधेसी मोर्चाका ५३ सदस्यसमेत उनको पक्षमा जाने सम्भावना छ।
यसैगरी एमाओवादीका केही सभासदले कोइरालालाई सहयोग गर्ने चर्चा चलेपछि सुशिल कोइराला पनि बलियो प्रतिस्पर्थीको उमेद्वारको रुपमा देखिएका छन् ।

काठमाडौ, २४ असोज / नयाँ प्रधानमन्त्रीको चुनावका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने रणनीतिमा भारतीय दूतहरु सक्रिय भएका छन् ।स्रोतका अनुसार ओलीको पक्षमा स्पष्ट बहुमत देखिएपछि भारतले कुनै पनि हालतमा सफल हुन नदिन ठूलो परिणामा आर्थिक चलखेल सुरु गरेको छ ।
सांसद किन्नका लागि शुक्रबार मात्रै भारतको चेन्नइस्थित एक बैंकबाट नेपाल स्थित भारतीय दूतावासका कर्मचारी टुराई मार्गनको नाममा एसविआइ बैंकको खाता नम्वर ७७००८९०३६१ मा ९३ करोड भारु टान्सफर गरिएको छ ।
यति ठूलो रकम ती व्यक्तिको खातामा गत एक महिनाको बीचमा आएको यो पहिलो पटक भएको बैंकका अधिकारीले बताएका छन् । भारतीय राजदूत रन्जीत रे र रअका पूर्व अधिकारी एबी माथुरले कांग्रेस उमेदबार शुशील कोइरालाको पक्षमा मतदान एकजना सांसदलाई दस करोडसम्म दिने अफर सहित सक्रिय भएका छन् ।ओलीलाई प्रधानमन्त्री बनाउने मुख्य प्रस्तावक रहको एमाओवादीका बाबुराम पक्षीय सांसद किन्ने पहिलो योजना रहेको छ । एमाओवादी संसदीय दलमा ८४ मध्ये बाबुराम सहित बढीमा १० जना समर्थक सांसद रहेका छन् ।
तर भट्टराई आफैले पहलकदमी लिएर रातभर विकाउ हुन सक्ने मानिएका सांसदलाई फकाउने र प्रलोभन दिने भारतीय दूतहरुबाट थ्रेट गर्ने समेत काम भएको एमाओवादी सभासद ल्यारकाल लामाले बताएका छन् । स्रोतका अनुसार बाबुरामले आफ्नो तर्फबाट १५ सांसद पु¥याईदिने बचन भारतीय दूतहरुलाई दिएका छन् ।यसैगरी राप्रपा नेपाल र राप्रपाका सांसदहरुलाई पनि प्रति सांसद दस करोडको अफर सहित किन्ने अन्तिम प्रयास भइरहेको छ ।
स्रोतका अनु्सार राप्रपाका १२ सांसद मध्यै ६ जना सांसदलाई शुशील कोइरालाको पक्षमा मतदान गराउन सहमत गराएको बुझिएको छ । तर उनीहरुले आफ्नो मत निर्णायक हुने अवस्थामा मात्र कोइरालालाई मतदान गर्ने शर्त राखेका छन् ।भारतीय दूताबासको दबाबमा मधेश आन्दोलनमा रहेका सबै दल र आफ सासद पदबाट समेत राजीनामा गरेका बाबुराम भट्टराई र सद्भावाना पार्टीका सांसद समेत मतदानमा आउने दूतहरुले दावी गरेका छन् । उनीहरुले राजीनामा दिए पनि संसद सचिवालयबाट स्वीकृत गरेको सूचना जारी नभएकाले मतदान गर्न पाउने दूतहरुको बुझाई रहेको एबिसी टेलिभिजनकाे अनलाइनले समाचार प्रकासन गरेकाे छ ।
purbelinews.com