• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
रुपन्देही, ४ कात्तिक । दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल–भारत सीमानाका बेलहिया आज बिहानैदेखि बन्द भएको छ ।
बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो ।
कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मंगलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन ।
घाइते राजकोटको चिउडोमा चोट लोगेको छ । मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरूको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् ।
मंगलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ ।
भारतीय पक्षले मालबहाक तथा सवारीसाधन नेपाल आउन रोक लगाएपछि नेपालबाट भारततर्फ जाने गाडी पनि भारत जानबाट रोक लगाइएको छ ।
कुटपिट गर्ने फरार रहेको र खोजी कार्य जारी राखेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
dainiknepal.com
दाङ, ४ कात्तिक । बाँकेको खासखुस्मा गाविस–८ को चप्पर गौरीमा भएको बस दुर्घटनालगत्तै आगलागीका कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
मंगलबार भएको दुर्घटनामा परेर मृत्यु भएका मध्ये हालसम्म आठ जनाको शवको कंकाल भेटिएको इलाका प्रहरी कार्यालय अमेलिया, दाङका प्रहरी निरीक्षक ज्योति शर्माले जानकारी दिनुभयो । शवको पहिचान भने डिएनए परीक्षणबाट मात्र गर्ने सकिने उहाँले बताउनुभयो ।
दुर्घटनामा परी १२ जना घाइते भएको र तीमध्ये तीन जनाको प्राथमिक स्वास्थ्य केन्द्र लमही र अन्यलाई नेपालगञ्ज पठाइएको छ ।
बुटवलबाट नेपालगञ्ज जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भई पल्टिएको दुई मिनेटमा आगलागी भएको थियो ।
आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीले बसमा अमेलिया चेक प्वाइन्टबाट ३३ जना यात्रु सवार रहेको जानकारी गराए पनि बसभित्र कति यात्रु थिए भन्ने अझै एकीन जानकारी नभएको जनाएको छ ।
बस दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक ज्योति शर्माले बस पल्टिएलगत्तै आगलागी भएका कारण यात्रुको उद्धार गर्न नसकेको बताउनुभयो ।
बसमा यात्रुले पेट्रोल तथा सिलिन्डर ग्यास राखेका कारण बस तातिएर आगलागी भएको अनुमान प्रहरीको छ ।
घाइते केहीले भने प्रहरीसमक्ष चालकको लापर्बाहीका कारण दुर्घटना भएको बताएका छन् । चालक अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन समय लाग्ने र घटनाबारे पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।
dainiknepal.com

नेपालका परराष्ट्र मन्त्री कमल थापाले मोदी लगाएतका भारतीय नेताहरुलाई फकाएर दशैंको वेलामा भएपनि नाकावन्दी खुलाउने प्रयास गरे । तर भारतीय नेताहरुले कर्यौ शर्तहरु राखे ।
भारतीय विदेश सचिववाट शुरु भएको भेटघाटमा अनेकौं विषयमा छलफल भए । भारतीय पक्षले अनेकौं सवालहरु राखे । नेपाली अधिकारीहरुले सके सम्म फकाउन अनेकौं प्रयास गरे ।
परराष्ट्रमन्त्री कमल थापाले एक पछि अर्को गर्दै भारतीय विदेशमन्त्री, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार, भारतीय गृहमन्त्रीलाई भेटेर फकाउने प्रयास गरे । तर उनीहरु सबैले आफ्ना अडानहरु विविध ढंगले राखे ।
आफ्ना कुराहरु पूरा नभए सम्म नाकावन्दी खोल्ने आदेश मोदी स्वयम्ले नै नदिएको उनीहरुले वताएपछि कमल थापाले आफ्नो सबै सम्पर्क सूत्रहरु प्रयोग गरेर मोदी संग नै भेटघाटको समय मिलाए ।
कम्तिमा दशैंको वेला भएपनि नाका खोलीदिन थापाले मोदीलाइ आग्रह गरे । तर मोदीले पनि सो कुरालाई ठाडै इन्कार गरे । व्यक्तिगत रुपमा मोदीले कमल थापालाई हार्दिकता देखाएपनि नेपालमा भारतीय स्वार्थको मामिलामा कडा रुपमा आफ्ना अडानहरु र शर्तहरु मोदीले थापा समक्ष राखे ।
मोदीको पहिलो शर्त: राष्ट्रपतिमा मधेशी मोर्चाका संयोजक महन्थ ठाकुरलाई निर्विरोध निर्वाचित गर्नु पर्दछ ।
मोदीको दोश्रो शर्त: तराईका सम्पूर्ण जिल्लाहरुमात्र राखेर तराई मधेशमा दुई प्रदेश वनाइनु पर्दछ । यो सम्भव नभए पूर्वी मधेशमा कोशी नदीको दुबैतिरको जिल्ला दुई नम्बर मधेश प्रदेशमा राखिनु पर्दछ र पश्चिम तराईको पाँच नम्बर प्रदेशमा कर्णाली नदीको दुबैतिरका जिल्ला राखेर वनाइनु पर्दछ ।
मोदीको तेश्रो शर्त: केन्द्रीय संसदमा तराईको जनसंख्याको आधारमा बहुमत सांसद संख्या हुनु पर्दछ ।
मोदीको चौथो शर्त: नेपालको नदीनाला र ठुला ठेक्काहरुमा भारतीय कम्पनिलाइ प्राथमिकता दिइनु पर्दछ । भारतीय कम्पनीहरुले नसक्ने र नचाहने काम मात्र अरुलाई दिनु पर्दछ ।
मोदीको पाँचौ शर्त: नेपालका ठुला र मझौला नदीहरुमा उच्च वाँध वनाएर पानी जम्मा गरि पानी कम हुने मौसममा भारतलाई पानी दिइने गरि नयाँ सम्झौता गरिनु पर्दछ ।
यी शर्तहरु वारे नेपालमा राष्ट्रिय सहमति वनाउने जिम्मा लिएर कमल थापा फर्केको वताइन्छ । यी शर्तहरु पूरा नभए सम्म भने नेपालले मुखले होइन नाकले खान वाध्य हुनु पर्ने भएकोछ । किनभने रक्सौल नाका नखोल्नु भनेको मुखले खान नदिने भारतीय दादागिरी हो, जहाँवाट नेपाललाई चाहिने ७० प्रतिशत इन्धन आउने गर्दछ ।
मोदीका शर्तहरु राष्टघाती खालका छन् भन्ने प्रष्ट छ । आगामी दिनमा नयाँ सरकार र ठुला दलका नेताहरुले के गर्नेछन् , प्रतीक्षाको विषय वनेको छ ।
- See more at: http://www.nepalsandesh.com
लुम्बिनी (रुपन्देही)- दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया बिहानैदेखि बन्द भएको छ ।

बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो ।

कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मङ्गलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन ।

घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् ।

मङ्गलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ ।

www.ratopati.com
चाडवाडका बेला मानिसहरुको मिठो खान रुचाउँछन् । फ्राइ खाना र मिठाईहरुको प्रयोग आत्याधिक हुने गर्दछ । अत्याधिक क्यालोरी हुने यस्ता परिकारको प्रयोगले मानिसको तौल बढ्नु स्वभाविक हो । घिउ, चिनी र दुध तथा खुवाजस्ता परिकार मिसाएर बनाइएका मिठाईका परिकारले क्यालोरी बढाउँछ । अहिले थुप्रै चकलेट तथा डाई फलफूलले पनि मानिसहरुको ध्यान खिच्ने गरेको छ । तर मानिसले चाडबाडमा जतिसूकै मिठो परिकार खाएपनि यसले मानिसको नियमित रुटिन बिगार्नु भने राम्रो होइन । त्यसैले चाडवाडमा साथिभाई, आफन्त तथा परिवारको आग्रहका बाबजुद ठिक्क खानका लागि केही चलाखीहरु अपनाउँदा राम्रो होला ।
१. सानो प्लेट लिनुहोस्
सानो प्लेटमा खान लिएको राम्रो , अस्वस्थ खानेकुरालाई कम गर्न सानै चम्चा, सानो ग्लास र सानो कचौराको प्रयोग गर्नुहोस् । यदी तपाईलाई सबै परिकार खान मन मनलाग्छ भने थोरै थोरै गरेको झिक्नुहोस् ।
२. नियन्त्रण राख्नुहोस्
चाडवाडमा खुसीयाली मनाउँदा सकेसम्म सबै थरिका परिकार खाएको राम्रो हुन्छ । तर नियन्त्रण कायम गरेर थोरै भन्दा थोरै खानु राम्रो हुन्छ । क्यालोरी धेरै हुने परिकार लिदाँ फलफूल खाएर त्यसलाई सन्तुलित बनाउने प्रयत्न गर्नुहोस् । एउटा ठूलो कपको खिरमा ३०० देखी ५ सयसम्म क्यालोरी हुन्छ ।

३. ठिक्क खानुहोस्
कसैले आग्रह गर्दैमा खानुपर्छ भन्ने छैन् । यदी साथिभाई वा परिवारले कर गरेमा पनि उनीहरुको मान राख्न थोरै खानुहोस् । यदी मिठाई बढी आएको खण्डमा आफ्नो दैनिक रुटिनबाट अन्य क्यालोरी घटाउनुहोस् । चिया कम गर्नुहोस् र भातमा कमी कमी ल्याउनुहोस् । बरु त्यसको स्टटा रा्ेटी खान सक्नुहुन्छ ।
४. बदामको प्रयोग
मिठाईको बदलामा बदामको प्रयोग गर्नृहोस् । यसमा ६० देखी १ सयसम्मको क्यालोरी हुन्छ र यसले लामो समयसम्म भोक पनि लाग्दैन् ।

५. चिसो पेयबाट टाढा रहनुहोस्
चिसो पेय पर्दाथको प्रयोग कम गर्नुहोस् । यसले तपाईको तिर्खा मेटाएपनि चिनीको मात्राले असर गर्छ । अतिथीहरुलाई बरु नरिवलको पानी वा कागती पानी ट्क्रायउनुहोस् । फलफूलको जुस अर्को राम्रो विकल्प हुनसक्छ ।

६. मिठाईमध्ये स्वस्थ छान्नुहोस्
मिठाईका अनेक परिकारमध्ये स्वस्थ परिकारको बढी प्रयोग गर्नुहोस् । बजारमा पाइने मिठाईको प्रयोग कम गर्नुहोस् ।

७. खानअघि पानीको प्रयोग
कुनै पनि परिकार खानुअघि पर्याप्त पानी पिउनुहोस् । यस्तो गर्दा तपाईलाई धेरै खान मन लाग्दैन ।

८. बिस्तारै खानुहोस्
बिस्तारै खाँदा शरिरले पनि उत्तिकै सहज तरिकाले पचाउँछ । त्यस्तै खानको
स्वाद पनि थाहा हुन्छ ।

९. चिल्लोको प्रयोग कम गर्नुहोस्
खाना पकाउँदा तेलको प्रयोग कम गर्नुहोस् । दैनिक रुपमा प्रयोग गर्नेभन्दा बढी तेल प्रयोग गर्दा स्वास्थलाई राम्रो हुदैँन ।
१०. अभ्यासका लागि समय छुट्याउनुहोस्
चाडवाडमा पनि आफ्नो दैनिक अभ्यासलाई निरन्तरता दिनुहोस् । अभ्यासले पेट तथा शरिरलाई सन्तुलित राख्दछ ।
११. फ्याटजन्य पर्दाथको प्रयोग कम गर्नुहोस्
कम फ्याट भएको दुध तथा अन्य डेरी उत्पादनको प्रयोग गर्नुहोस् । चिनी, मह लगायतका पर्दाथ कम प्रयोग   www.ratopati.com
काठमाडौं, ४ कात्तिक । एमालेका नेता एवम् पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले सरकारका मन्त्रीहरूलाई पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन सुझाव दिनुभएको छ ।
एमाले नेता ज्वालाले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर मन्त्रीहरूको सुरक्षाका लागि खट्टिने अगुवा र पिछुवा सवारीलाई पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदासम्म कटौती गर्न आग्रह गर्नुभएको हो ।
मन्त्रीहरूले आफ्नो सुरक्षाका लागि भन्दै अगाडि र पछाडि थुपै्र सवारी चलाउने गर्छन् ।
पूर्वप्रधानमन्त्री र मन्त्री तथा उच्च पदमा रहेकाहरूले पनि सुरक्षाका नाममा यसरी लिएका सुविधाका सवारीले पनि पेट्रोलियम पदार्थको फजुल खर्च गरिरहेको आरोप छ ।
‘दसैँको बेलामा फ्यूलको अभावमा गाडीको कमीको कारण यात्रुहरू बिचल्लीमा छन्’, एमाले नेता ज्वालाले भन्नुभएको छ, ‘आज (मंगलबार) जमलमा ट्राफिकले खाली गाडीहरू रोकेर यात्रुलाई पठाउँदै उद्दार गरीरहेकोे मानवीय दृश्य, अर्काेतिर मन्त्रीको गाडी प्रहरीका अगुवा पिछवासहित कान फुट्ने गरी मान्छेलाई धक्का दिँदै हुईकिएको भद्दा दृश्य । मन्त्रीहरू एउटा गाडीमा गुडेर फजुल खर्च रोकी फ्यूल जोगाएर सार्वजनिक सवारी साधनलाई उपलब्ध गराए जनतालाई अलिकति राहत हुन्थ्यो की ?’
dainiknepal.com
काठमाडौं, ४ कात्तिक । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीबीच कुनै मनमुटाव नरहेको बताउनुभएको छ । तर उहाँले एमालेलाई विश्वासमा लिएर अगाडि बढ्न ओलीलाई सुझाव दिनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (बुधबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपालले मनमुटाव नरहे पनि पार्टीका केही विषयमा प्रधानमन्त्री ओलीले ध्यान दिनुपर्ने बताउनुभयो ।
‘प्रधानमन्त्री केपी ओली र मबीच कुनै विवाद छैन’, उहाँले भन्नुभयो, ‘तर उहँले पार्टीभित्र विश्वास जित्नुपर्छ ।’
उहाँले एमाले नेतृत्वको अहिलेको सरकार असफल बनाउने कुरा सोँच्नु पनि अपराध हुने बताउनुभयो । ओली सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको पनि बताउनुभयो ।
नेता नेपालले एकीकृत माओवादीलाई ८ वटा मन्त्रालय दिइएकोमा भने असन्तुष्टि जनाउनुभयो । ‘१ सय ८४ सिट भएको एमाले ६ वटा मन्त्रालय राख्ने । ८३ वटा सांसद भएको एकीकृत माओवादीलाई ८ वटा मन्त्रालय दिने । सभामुख र राजनीतिक समितिको संयोजक पनि दिने । यस्तो शक्ति बाँडफाँट उचित भएन ।’ उहाँले यस्ता सहमतिले एमालेभित्र विद्रोह हुने चेतावनी दिनुभयो ।
‘यस्ता असमान सहमतिले एमालेमा विद्रोह हुन्छ’, नेता नेपालले भन्नुभयो, ‘सरकारमा एमाओवादीकरण भएको छ । पदमा जाने नाममा जे पनि सहमति गरेको देखियो ।’
उहाँले प्रधानमन्त्री ओलीलाई एकीकृत माओवादीसँग असमान सहमति गरेको आरोप पनि लगाउनुभयो ।
एक वर्षपछि पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने कुरामा सहमति नभएको एमाले वरिष्ठ नेता नेपालको भनाइ छ ।
‘पुष्पकमल दाहाललाई एक वर्षपछि प्रधानमन्त्री बनाउने कुनै सहमति भएको छैन’, उहाँले भन्नुभयो, ‘यदि त्यस्तो सहमति भएको रहेछ भने पनि एमालेले मान्दैन । दुई वर्षसम्म ओली नै प्रधानमन्त्री बन्नु हुन्छ ।’
उहाँले आफूलाई प्रधानमन्त्री बन्न लागेर षड्यन्त्र गरेको आरोपको खण्डन गर्दै भन्नुभयो, ‘माधवकुमार नेपालफेरि प्रधानमन्त्री बन्ने दौडमा छ भन्नु गलत हो । म अहिले प्रधानमन्त्री बन्न चाहँदैन । म तुच्छ मान्छे होइन, ओलीलाई असफल बनाउन लागेको छैन ।’
यसैबीच नेता नेपालले मधेसी मोर्चाले माग गरेर जस्तो संघीय प्रदेशको सिमाङ्कनमा कुनै सहमति नहुँने बताउनुभएको छ । ‘सिमाङ्कनमा संविधानमा जे व्यवस्था भएको छ, त्यो अहिले संशोधन हुँदैन’, उहाँले भन्नुभयो, ‘संविधानले मधेसी मोर्चाले माग गरेभन्दा पनि धेरै अधिकार दिएको छ ।’
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home