धनगढी :सुदूरपश्चिमबाट राजधानीसहित पुर्वी रुटमा चल्ने सार्वजनिक सवारी साधनमा पेट्रोल र ग्यासको ढुवानी बढेको छ ।
पश्चिममा पेट्रोल र ग्यासको ठूलो अभाव नरहेका बेला बसमा ढुवानी बढेको हो । काठमाडौंसम्म बसका कर्मचारीहरुले १० लिटर पेट्रोलको पाँच सय र एक सिलेन्डर ग्यासको एक हजार भाडामा ढुवानी गरिहेका छन ।
धनगढी र महेन्द्रनगरबाट राजधानीसहित पुर्वी रुटमा चल्ने यात्रुबाहक बसहरुमा यात्रु भन्दा पनि पेट्रोलियम पदार्थ र ग्यासको ढुवानी बढेको धनगढी तारानगरका कुलानन्द उपाध्यायले बताए ।
उनले बसको छत र ग्यालरीमा डिजेल पेट्रोलका ग्यालेन र ग्यासका सिलेन्डर मात्रै देख्न सकिने बताए । राजधानीमा पेट्रोलकै लिटरको तीन सय भन्दा बढीमा कालाबजारी हुन थालेपछि पश्चिमबाट यसरी ढुवानी बढेको हो ।
जिल्ला प्रशासन कार्यालयले मोटरसाइकलमा बढीमा पाँच सयको पेट्रोल वितरण गर्न थालेपछि, धेरै पेट्रोल पम्प सञ्चालकलले पनि राती राती ग्यालेनमा भरेर महंगोमा विक्रि गरिरहेका खबरहरु प्राप्त भएका छन । तर जिल्ला अनुगमन समितिले, यसको अनुगमन नगर्दा कालाबजारी झन मौलाएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहने बजार अनुगमन समितिले बजारका पेट्रोल पम्प सञ्चालकहरुले महंगोमा विक्रि गर्न र आफन्तलाई मात्रै बाँडन ईन्धन लुकाउने गरेको धनगढीका देबीलाल शर्माले बताए ।
नेपाल आयल निगमले पनि सुदूरपश्चिममा पेट्रोलको दैनिक आपूर्ति नाकाबन्दी भन्दा पहिलेकै हाराहारीमा भइरहेपनि अभावबारे अनुगमन समितिले पत्ता लगाउनुपर्ने जनाएको छ ।
‘बजारमा अभाव देखिएको छ भने पक्कै पनि तेल बाहिर सप्लाई भईरहेको छ, यो रोक्ने र नियन्त्रण गर्ने काम अनुगमन समितिको हो’ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमु शरद पौडेलले भने ।
सार्वजनिक सवारी साधनमा पेट्रोल र ग्यास ढुवानी भएकै कारण बाँकेमा ९ जनाको ज्यान जाने गरी भएको ठूलो दुर्घटनापछि पनि सुदूरपश्चिमबाट चल्ने बसहरुमा कडाइ भएको छैन ।
www.annapurnapost.com
इन्धन सरकारी टोली आइतबार बेइजिङ जाने
काठमाडौं : भारतीय नाकाबन्दीपछि इन्धनको संकट टार्न विकल्प खोजिरहेको सरकारलाई चीन सरकारले एक हजार मेट्रिक टन इन्धन अनुदान सहयोगस्वरुप मंगलबार पठाइदिने भएकाे छ ।
भारतीय नाकाबन्दीपछि इन्धन आयातको विकल्प खोजिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच भएको सहमति बमोजिम् चीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै हजार मेट्रिक टन इन्धन नेपाल भित्रन लागेको हो ।
भारत भ्रमणका गएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भारतीयपक्षले नाकाबन्दी नखोल्ने जनाउ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन आयतका लागि सक्रिय भएका थिए ।
केही दिनअघि चिनियाँ राजदूत उ चुन्ताई र प्रम ओलीबीच भएको छलफलमा भएको सहमति अनुसार चीनले यही मंगलबार एक हजार मेट्रिक टन इन्धन अनुदानस्वरुप नेपाल पठाउन लागेको हो ।
चीनले अनुदानस्वरुप दिने सो इन्धन रसुवा–केरुङ नाकाबाट मंगलबार नेपाल पठाउने तयारी गरेको छ ।
‘प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भएको सहमति बमोजिम चीनले पहिलो चरणमा अनुदानस्वरुप हजार मेट्रिक टन इन्धन नेपाल पठाउन लागेको हो’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘इन्धन आयातको विस्तृत सम्झौताका लागि आइतबारै सरकारको उच्च टोली बेइजिङ जाने कार्यक्रम छ ।’
भारतले संविधान संशोधन गरी आफ्ना सर्त पुरा गरेमात्र नाकाबन्दी खोल्ने जनाउ दिएपछि प्रम ओलीकै निर्देशनमा मंगलबार राति आयल निगमको उच्चस्तरीय टोली चीनको सिगात्से पुगिसकेको छ ।
प्रधानमन्त्री ओलीको उपस्थितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति नेपाल आयल निगमको ६ सदस्यीय टोली चीनको सिगात्से गएको थियो ।
पेट्रोलियम र ग्यास चीनबाट आयात गर्न सिगात्से पुगेको निगमका निमित्त उपमहाप्रवन्धक सुशील भट्टराई नेतृत्वको टोलीले त्यहाँबाट ग्यास र इन्धन आयतका लागि चिनियाँ पक्षसँग छलफल गरेको थियो ।
चीनले पेट्रोलियम र ग्यास दिने सहमति जनाएपछि विस्तृत सम्झौतका लागि आइतबारै नेपालबाट उच्चस्तरीय प्रतिनिधि मण्डल चीनको बेइजिङ जाने भएको छ ।
अर्थ, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको उच्चस्तरीय सरकारी टोली इन्धनको आयातका लागि सम्झौता गर्न आइतबारै बेइजिङ जान लागेको हो ।
गत बैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त रसुवागढी–केरुङ नाका गत असोज २८ गतेबाट सञ्चालनमा आएको थियो ।
नेपाल र चीन सरकारको संयुक्त पहलमा खुलाइएको सो नाकाको सडकमा पुनः पहिरो खसेर थुनिएपछि त्यसलाई खुलाउन दुबै पक्षका अधिकारी लागेका छन् ।
चीन र नेपाल दुबैतर्फका कर्मचारी र मजदुरले पहिरो हटाउने कामलाई दू्रतता दिएकाले मंगलबारै केरुङ नाकाबाट इन्धनका ट्यांकर नेपाल छिर्ने बताइएको छ ।
www.annapurnapost.com
। युथ फर युथ (युवाका लागि युवा) जापानको दोश्रो साधारण सभा नयाँ नेतृत्व चयन तथा विभिन्न उपसमिती गर्दै सम्पन्न गरिएको छ । सभाले पुन: बाबुराम पौडेलको नेतृत्वमा २१ सदस्यीय कार्यसमितिमा चयन गर्दै सम्पन्न गरिएको हो ।
कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा गोकुल दोर्जे तामाङ र पदम ठगुन्ना, महासचिबमा तेजेन्द्र पौडेल, सचिबमा गंगा बहादुर आले मगर, सचिबमा दिपकराज पुन र कोषाध्यक्षमा मनोज राई रहेका छन् ।
त्यस्तै गरी सदस्यहरुमा सुरेश घिमिरे, दिपा घिमिरे, प्रज्वल गुभाजु, माया लामा, शुलोचना मानन्धर, राजु गौतम, लालमणी बस्नेत, नम्रता श्रेष्ठ, प्रदिप ढकाल, बिकास थापा, दिनेश मल्ल र शुसिल तमु रहेका छन् ।
पौडेलको सभापतित्वमा सुरु गरिएको साधारण सभाका प्रमुख अतिथि डा भूपालमान श्रेष्ठ, अतिथिहरु अर्घाखाँची समाज जापानका अध्यक्ष ज्योतिस घर्ती मगर, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक खिलनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन तेजेन्द्र पौडेलले गरेका थिए भने स्वागत मन्तव्य गोकुल तामाङ्ले गरेका थिए । सस्थाको आर्थिक प्रतिवेदन मनोज राईले प्रस्तुत गरेका थिए ।
www.nepalsandesh.com

काठमाडौं, ७ कात्तिक । राष्ट्रपति र पराष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने निर्णय गर्दै त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय गरेको छ ।
महाराजगञ्जस्ति सभापति सुशील कोइराला निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग संक्षित कुरा गर्दै वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने बताउनुभयो ।
‘कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारी दिन्छ’, उहाँले भन्नुभयो, ‘आफ्नो उम्मेदवारलाई विजयी बनाउने संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग वार्ता र सम्वाद गर्ने निर्णय भएको छ ।’
कांग्रेसले आजैदेखि राष्ट्रपतिमा आफूलाई समर्थन जुटाउन राजनीतिक परामर्श थालेको छ । राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले कसलाई अगाडि सार्ने भन्ने विषयमा केही भनेको छैन ।
यद्यपि कांग्रेसले डा.रामवरण यादवलाई नै निरन्तरता दिने वा केवी गुरुङ, रामनारायण चौधरी, मानबहादुर विश्वकर्मा, चित्रलेखा यादवलगायतको नामलाई चर्चामा ल्याएको छ ।
dainiknepal.com

काठमाडौं, ७ कात्तिक । प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस सभापति सुशील कोइरालासँग भेट गरी उपप्रधान तथा भौतिक योजनामन्त्री विजय गच्छदारले राष्ट्रपति निर्वाचनमा प्रमुख चार दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको भेटवार्तापछि पत्रकारसँग कुरागर्दै गच्छदारले कांग्रेससहित एमाले, एमाओवादी र आफ्नो पार्टी फोरम लोकतान्त्रिकबीच सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो ।
‘संविधान निर्माणका क्रममा देखिएको एकता र सहकार्य आउँदा दिनमा पनि आवश्यक छ’, गच्छदारले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनमा पनि आवश्यक छलफल गरेर सहमतिका साथ जानुपर्छ ।’
भेटवार्ताका क्रममा सभापति कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रपति कांग्रेसले पाउनुपर्ने जिकिर गच्छदारसँग गर्नुभएको छ ।
एमालेको नेतृत्वमा सरकार गठन भएपछि गच्छदारले कांग्रेस सभापति कोइरालासँग पहिलो पटक औपचारिक रुपमा भेट गर्नुभएको हो ।

लन्डन, ७ कात्तिक । भारतको पञ्जाब राज्यमा सिखविरुद्ध पुलिसले दमन गरेको विरोधमा लन्डनमा बसोबास गर्ने भारतीय मुलका नागरिकहरूले विरोध प्रदर्शन गरेका छन् ।
भारतीय उच्चायोगको बाहिर सिख प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक भएपछि ब्रिटिश पुलिसले २० प्रदर्शनकारीलाई गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।
हिंसत्मक प्रदर्शनमा एक पुलिसकर्मी घायल भएका छन् । पञ्जाबमा सिखमाथि पुलिसले बर्बरताका साथ दमन गरेको जनाइएको छ । ‘सिख लाइव्ज मैटर’ नामक संगठनको समर्थनमा सयौँ प्रदर्शनकारी बिहीबार लन्डनमा जम्मा भएका थिए ।
प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिखहरूलाई दमन हुँदा पनि कुनै कदम नउठाएको भन्दै मोदीविरुद्ध समेत नारावाजी गरेका थिए ।
सुरुमा भारतीय प्रदर्शनकारीले लन्डनमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए । तर पछि प्रदर्शन हिंसात्मक भएपछि पुलिसले मध्यलन्डनस्थित भारतीय उच्चायोगको आसपास क्षेत्रमा घेराबन्दी गरेको थियो ।
लन्डन पुलिसले भारतीय उच्चायोगको बाहिर ‘नियोजित प्रदर्शन’को जानकारी आफूले पाएको जनाएको छ । भारतीयले लन्डनमा बाटो अबरुद्ध गरेर प्रदर्शन गरेपछि पुलिसले हस्तक्षेप गरेको थियो

जनकपुरधाम: धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ ।
झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट करिब ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले स्कर्टिङ गरेर यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी लगिरहेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका थिए ।
प्रदर्शनकारीले गाडीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी करिब ३० राउण्ड हवाई फायर गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा करिब ११ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ ।
आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले सवारीसाधनलाई गन्तव्यतर्फ पुर्याउने क्रममा प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि परिस्थितिलाई नियन्त्रण २५ देखि ३० राउण्डसम्म हावामा गोली चलाउनुपरेको जानकारी दिए ।
प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएका छन् । ढुङ्गा लागेर एक जना चालकको टाउको फुटेको छ भने एक जना महिला यात्रु घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ । अहिले सो क्षेत्र तनावग्रस्त छ ।
annapurnapost.com