काठमाडौँ, ९ कात्तिक । यही असोज २६ गतेदेखि सुरु भएको २०७२ सालको दसैँ आज घरघरमा जमरा सेलाएर समापन गरिँदैछ ।
प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भई आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) सम्म चल्ने दसैँका दिनमध्ये प्रतिपदाका दिन घटस्थापना गरी जमरा राख्ने, सप्तमीमा फुलपाती भित्र्याउने, अष्टमी र नवमीबीचको रातमा कालरात्रि गर्ने, बलि दिने, दशमीका दिन देवीको प्रसादका रुपमा टीका तथा जमरा लगाउने गरिन्छ ।
विजयादशमीका दिनमा दसैँको टीका तथा जमरा लगाउन सुरु गरी त्यसपछि पूर्णिमा (कोजाग्रत पूर्णिमा)का दिनसम्म टीका तथा जमरा लगाउने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निणायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराउनुभयो ।
उहाँका अनुसार आज बेलुकासम्म दसैँको टीका लगाएर सकिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज ब्रत बसी रातमा महालक्ष्मीको पूजा गरिने उहाँले जानकारी गराउनुभयो । तिथिका घडी, पलाअनुसार पूर्णिमाका अवसरमा हुने कात्तिक स्नान तथा आकाश दीप दान भने भोलि मात्र गरिने गौतमले बताउनुभयो ।
टीका लगाउने प्रचलन पनि ठाउँअनुसार फरक रहेको पाइन्छ । काठमाडौँलगायतका केही जिल्लामा कोजाग्रत पूर्णिमाका दिनसम्म दसैँको टीका तथा जमारा लगाउने गरिन्छ भने लमजुङ, स्याङ्जा, कास्कीलगायत जिल्लामा विजयादशमीका दिन मात्र टीका तथा जमरा लगाउने गरिन्छ ।
कोजाग्रत पूर्णिमाका दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले रातमा पृथ्वीको भ्रमण गरी को जागेको छ ? भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिरहेको छ, उसैलाई आर्शिवाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण आज रातमा गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दछन्
dainiknepal.com

राजधानीको कोटेश्वरमा यात्रुको प्रतीक्षामा रहेका ट्याक्सी ।
कार्तिक ९, २०७२- रामकृष्ण सुनुवार आइतबार दसैं मनाएर काठमाडौं फर्किए। बिरामी आमासहित चारजनाको समूहमा आएका उनले बौद्धस्थित कोठामा पुग्न ट्याक्सी खोजे। घरबाट ल्याएको पोका पन्तेरा पनि भएकाले ट्याक्सीमा चढन जरुरी नै थियो। मन्थली–खुर्कोट हुँदै कोटेश्वरसम्मको भाडा उनले ४ सय ७५ रुपैयाँ तिरे। बौद्ध जान दुई हजार मागेपछि उनले पाँचवटा भन्दा बढी ट्याक्सीसँग बार्गेनिङ गरे। कुनै पनि ट्याक्सीले त्यसभन्दा कममा लैजान मानेनन्। यसअघि मिटर नचलाई यात्रा गर्दा पनि कोटेश्वरबाट बौद्ध जान चार सयमा जाने गरेको सुनुवार परिवार घरबाट आएको बस भाडाभन्दा पाँच गुना बढी मागेपछि बसमै कोच्चिएर गए। त्यस्तै सिन्धुली रातामाटेबाट आएकी अनीता राजवंशीले इमाडोलसम्म जान ट्याक्सी चालकले एक हजार रुपैयाँ मागेको बताइन्। रामेछाप रामपुरबाट आएका रमेश तामाङले कोटेश्वरबाट ग्वार्कोसम्म जान आठ सय रुपैयाँ मागेको बताए। ‘दुई सयमा जाने गरेको थिएँ, आज आठ सय माग्यो,’ उनले भने। ट्याक्सी चालकहरू भने पाँच सय रुपैयाँ लिटरमा तेल किनेर चलाउनुपरेकाले महँगो भएको बताउँछन्। ‘पूर्वबाट आउने गाडीसँग पाँच सय रुपैयाँ लिटरमा किन्नुपर्छ,’ यात्रुको खोजीमा कोटेश्वरमा रहेका एक ट्याक्सी चालकले भने, ‘विगतको भन्दा महँगो नलिएर के गर्नु?’ पेट्रोलियम पदार्थको अभावसँगै ट्याक्सीले आफूखुसी पाँच गुनाभन्दा बढी भाडा लिने गरेको पाइएको छ। यस्ता ठगी बसपार्क र बस स्टपमा हुने गरेको छ। थानकोट नाकाबाट आउने कलंकीमा र अरनिको राजमार्गबाट फर्कने यात्रु धेरैजसो कोटेश्वरमा झर्छन्। कलंकी र कोटेश्वरमा यात्रु ठगिंदा पनि ट्राफिक प्रहरी र नापतौल तथा गुणस्तर विभागले कारबाही गर्न सकेको छैन। त्रिभुवन विमानस्थलमा अन्यत्रको भन्दा बढी ठगी हुने गरेको सर्वसाधारणको गुनासो छ। विमानस्थलबाट कलंकी गएको तीन हजारसम्म भाडा लिने गरेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी पोषराज पोखरेलले बढी भाडा लिएको प्रमाण पाइएका सवारीलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको बताए। ‘बढी भाडा लियो भनेर गुनासो गर्ने खासै आउँदैनन्,’ उनले भने, ‘गुनासो नआए पनि ट्राफिक प्रहरीले चोक–चोकमा निगरानी गरेको छ।’ कतिपय सवारीलाई ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म जरिवाना गर्ने गरी रसिद काट्ने गरेको उनले बताए। ट्याक्सी, बसले बढी भाडा लिएमा ट्राफिक प्रहरीको नजिकको युनिट र १०३ मा फोन गर्न उनले आग्रह गरे। दसैंअघिदेखि शनिबारसम्म बढी भाडा लिने १ सय ९३ सवारीलाई कारबाही गरेको उनले बताए। उनका अनुसार ३ हजार १ सय सवारी चालकलाई सम्झाएर छाडेको उनले बताए। प्रकाशित:
kantipur.ekantipur.com

भक्तपुर, ९ कात्तिक । तलेजु भवानीको वाहन सेतो घोडाको मृत्यु भएपछि जात्रा प्रभावित हुने भएको छ ।
चालीस वर्ष उमेरको उक्त घोडा विगत ३६ वर्षदेखि भक्तपुरको तलेजुमा तलेजुको वाहनका रुपमा रहँदै आएको घोडा आइतबार मरेको थियो ।
नवदुर्गामध्येको प्रमुख देवी मानिने तलेजु भवानीको वाहन सेतो घोडालाई विजयादशमीको राति वर्षमा एक दिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराउने प्रचलन छ । यसलाई भक्तपुरको घोडेजात्रा पनि भन्ने गरिन्छ ।
तलेजुका पुजारी नाइके प्रा डा सिद्धिवीर कर्माचार्यले महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो वाहन सेतो घोडामा सिङ्गारिएर तलेजु भवानी खुसियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ ।
गत विजयादशमीको दिन खड्ग जात्रा मनाएर फर्कने क्रममा तलेजुको तबेलाको ढोकामा ठोक्किएर घाइते भएको घोडा आइतबार मरेपछि भक्तपुरको घोडेजात्रा र अन्य जात्रा प्रभावित हुने उहाँले बताउनुभयो ।
धार्मिक र सांस्कृतिक मान्यताअनुसार तलेजुको वाहन घोडाको मृत्यु हुनुलाई अशुभ मानिने कर्माचार्यले बताउनुभयो । घोडा र तलेजुको सुरक्षाका लागि ज्वालादल गणका १७ जना नेपाली सेना परिचालित हुँदै आएका छन् । मरेको घोडालाई वैदिक विधिअनुसार तलेजु मन्दिर परिसरभित्रै आज अत्येष्टि गरिएको छ । रासस

काठमाडौं, ९ कात्तिक । सत्तारुढ दल नेकपा एमालेले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान बसेको एमाले स्थायी समिति बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपति पदमा अघि सारेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
एमाले बैठक अहिले जारी छ ।

काठमाडौं, ९ कात्तिक । चीनले तिब्बतकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाबाट बिजुली निकाल्न सुरु गरेको छ। ब्रम्हपुत्र नदीमा विभिन्न युनिटमार्फत १० दिनअघि बिजुली निकाल्न सुरु गरिएको हो। ब्रम्हपुत्र नदीमा ड्याम बनाएर ज्याग्मु जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो ।
नदीको बहावमा आधारित (रन अफ रिभर) मोडलमा बनेको उक्त आयोजनाको क्षमता ५ सय १० मेगावाट छ।
नेपालबाट करिब साढे ८ सय किलोमिटर दूरीमा बनेको उक्त आयोजनाले बढी भएको बिजुली बेच्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ। विज्ञहरूका अनुसार तिब्बत अब जलविद्युत्को स्रोतसमेत बन्न सक्ने देखिएको छ ।
बिजुलीसहित सबै इन्धनमा भारत निर्भर मुलुकका लागि चीनबाट बिजुली आयातको सम्भावनासमेत बढेको विज्ञहरूको भनाइ छ। भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थका हाहाकार भएको छ। यही बीचमा चीनले अनुदान स्वरूप हजार टन इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ। यसैगरी ग्यास पनि चीनबाट ल्याउने सम्भावना खोज्न व्यवसायी र सरकारी टोली चीन गएको थियो। भारतले इन्धन र सामान कटौती गरे पनि बिजुली दिन भने बन्द गरेको छैन। भारतबाट करिब २ सय ५० मेगावाट बिजुली आयात भइरहेको छ। हिउँदमा नेपालको विद्युत्को माग करिब १३ सय मेगावाट पुग्ने गरेको छ ।
जब कि स्वदेशको उत्पादन २ सय ५० मेगावाटको हाराहारी मात्रै हुने गरेको छ। भारतले दिँदै आएको बिजुली कटौती गर्ने हो भने यसको विकल्प थिएन। ब्रम्हपुत्रमा बनेको विद्युत् वैकल्पिक स्रोत बन्ने विश्लेषण गरिएको हो। ब्रम्हपुत्र नदीबाट बिजुली निकाल्न चीनले करिब डेढ अर्ब डलर (करिब डेढ खर्ब रुपैयाँ) खर्चेको छ। यो ड्याम विश्वकै सबैभन्दा उचाइ बनेको छ। ब्रम्हपुत्र नदीमा चीनले बनाएको ड्याम भारतका लागि ठूलो चासोको विषय हो। भारतको बारम्बारको खबरदारीपछि पनि चीनले उक्त आयोजना बनाएको हो। बदलामा पानीको बहावबारे मेदेखि अक्टोबरसम्म पानीको बहावको जानकारी भारतलाई दिने आश्वासन चीनले दिएको छ । ब्रम्हपुत्रलाई चिनियाँ भाषामा ज्याम्बो नदी भन्ने गरिन्छ।
यही नदी भारतमा पुग्दा ब्रम्हपुत्र र त्यसपछि मेघनाको नामबाट बंगलादेश हुँदै बंगालको खाडीमा मिसिन्छ। चीनले सन् १९७२ मा गरेको अध्ययनअनुसार ब्रम्हपुत्र नदी बेसिनमा १ लाख १४ हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने क्षमता छ। मुख्य नदीमा मात्रै करिब ८० हजार मेगावाट क्षमता भएको अध्ययनले देखाएको छ। चीनले करिब २८ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ। यो नदी चीनले तीव्र रूपमा विकास गर्न खोजिरहेको तिब्बतको ऊर्जाको माग पूरा गर्ने मुख्य स्रोत हो।
सन् २०१३ मा चीनले अन्य ३ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्ने योजना केन्द्रीय योजनामा समावेश गरिसकेको छ। यसले आगामी दिनमा चीन ब्रम्हपुत्रबाट बढीभन्दा बढी बिजुली निकाल्न जुटने देखिन्छ। जसले भारत र चीनबीचको सम्बन्धमा चिसोपन आउने सम्भावना छ। भारतको पकड भएको भुटानका प्राय: सबै नदी ब्रम्हपुत्रमा गएर मिसिन्छन्। त्यसैल ब्रम्हपुत्र नदी बेसिनमा भारत आफ्नो बढी आधिपत्य खोजिरहेको छ। तर ऊर्जाको ठूलो मागका कारण चीनले बिजुली निकाल्न बन्द गर्ने सम्भावना भने कम छ। चीनको बिजुली उत्पादन सुरु भएपछि भारतीय मिडियाले त्यसलाई नजिकबाट नियाल्नुपर्ने भन्दै त्यहाको सरकारको ध्यानाकर्षण गराउन खोजेको छ ।

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामो समय सेवा गरेका २ जनाको उपचारका लागि कांग्रेसले आर्थिक सहयोग गरेको छ ।
कांग्रेसको स्थापनादेखि ४ दशकभन्दा बढी समय कांग्रेस कार्यालयमा काम गरेका ८३ वर्षीय मोहन केसी र ७० वर्षीय सुरेश श्रेष्ठ (कान्छा दाई) लाई उपचारका लागि ५०–५० हजार रुपैयाँ सहयोग गरिएको हो ।
केसीको रातोपुल र श्रेष्ठको बानेश्वरस्थित निवासमै पुगेर कांग्रेस केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले ५०–५० हजार रुपैयाँ नगद हस्तान्तरण गरे ।
नेपाली जनसम्पर्क समिति अमेरिकाले उनीहरुको उपचारका लागि जुटाएको रकम आफू हस्तान्तरण गरेको केन्द्रीय सदस्य धनराज गुरुङले बताए ।
‘नेपाली कांग्रेसका लागि दशकौं खटिएका व्यक्तिको उपचारमा रकम अभाव हुनु दुखद हो । यद्यपि हामीले सबैलाई आग्रह गरेर जुटेको रकम उपलब्ध गराउँदै आएका छौं’,गुरुङले भने । उनले उपचारका लागि थप रकम संकलन गर्ने अभियान जारी राखेको जनाए ।
दुबैजनालाई दमको समस्या रहेको छ । केसी विगत ३ वर्षदेखि अक्सिजनको भरमा बाँचिरहेका छन् । श्रेष्ठलाई पनि दम र कुपोषणको समस्या रहेको छ ।
उपचार सहयोग बुझ्दै दुबैजनाले कांग्रेसका दुखीहरुलाई सहयोग गर्न पार्टीले नै संस्थागत पहल गरोस भन्ने चाहना रहेको बताए ।
annapurnapost.com
पाकिस्तानी शिया मुसलमानहरू पूर्वी पाकिस्तानको लाहौरमा असुराको पवित्र दिनका अवसरमा अाफ्नै शरीर चोट लगाउँदै ।