काठमाडौं । राष्ट्रपति डा रामबरण यादवले राजीनामा नदिने भएका छन् । नयाँ राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु भैसकेको अवस्थामा उनको राजीनामा आउने सबैले अपेक्षा गरेका थिए ।
तर, उनले राजीनामा नदिने तर, नयाँ राष्ट्रपतिको निर्वाचन परिणाम आए लगत्तै सितल निवास छाड्ने मनस्थिति बनाएका छन् ।
राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबाबु बस्नेतका अनुसार अन्तर्राष्ट्रिय प्रचलन र रिप्लेसमेन्टको सिद्धान्त अनुसार नयाँ राष्ट्रपतिको निर्वाचन पश्चात् स्वत पुरानोको पद सकिने भएकाले राजीनामा नआउने भएको हो ।
बस्नेतले अमेरिका लगायतका देशहरुमा पनि यहि प्रचलन रहेकाले नेपालमा पनि सोहै अनुसार हुने बताए । नयाँ राष्ट्रपति चयन भएपछि उनी स्वत पदस्थापन हुनेछन् ।
नयाँ संविधानमा पनि राष्ट्रपतिले कस्लाई र कसरी राजीनामा बुझाउने भन्ने व्यवस्था प्रष्टसँग उल्लेख गरिएको छैन । यस कारण पनि समस्या भएको सितल निवास स्रोतको दाबी छ ।
संविधान अनुसार राष्ट्रपतिले प्रधानन्यायाधीशबाट सपथ लिने व्यवस्था छ । भोली साँझ सम्म मुलुकले नयाँ राष्ट्रपति पाउने छ ।
गणतन्त्र नेपालको दोस्रो र संविधान जारी भएपछिको पहिलो राष्ट्रपतिकालागि एमाले उपाध्क्ष विद्यादेवी भण्डारी, नेमकिपाका नारायण महर्जन र नेपाली कांग्रेसका कुलबहादुर गुरुङ चुनावि प्रतिश्पर्धामा छन्
www.nepalsandesh.com

पथरी (मोरङ), १० कात्तिक । भन्सार छलेको आशङ्कामा मोरङ प्रहरीले करिब रु ५० लाख मूल्य बराबरका विभिन्न सामानसहित तीन ट्रकलाई समाती राजस्व अनुसन्धान कार्यलय इटहरीमा आज बुझाएको छ ।
मधेस आन्दोलनका कारण भन्सार नाका अवरुद्ध भइरहेको अवस्थामा विराटनगर रानी भन्सार नाकाबाट राजस्व छलेको आशङ्कामा विशेष सुराकीका आधारमा सो सामान बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार भारतबाट नेपाल भित्रिएको को १ ख ३७७४, को १ ख ४० १० तथा को १ ख ४२६० नंको बेग्ला बेग्लै तीन ट्रकमा तयारी ऊनको स्वेटर र कपडा तथा हार्डवेयरको सामान रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यलयका मोरङका अनुसार भन्सार एजेन्ट किशोर शाहीद्वारा जाँच पास गरिएको भन्सार प्रज्ञापनपत्रमा हस्ताक्षर रहेको र बुद्ध पूजा ढुवानीले आयात गरिएको राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीका प्रमुख गौरीशङ्कर उपाध्यायले बताउनुभयो । रासस
dainiknepal.com
सहमतिबाटै राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड
काठमाडौँ : नेपाली काँग्रेस र एमाओवादी)का शीर्ष नेताबीच मंगलबार भएको भेटघाटमा सहमतिका आधारमा राष्ट्राध्यक्षको चयन हुनुपर्नेमा जोड दिइएको छ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आज भएको द्विपक्षीय छलफलमा एमाओवादीका अध्यक्ष दाहाल र काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा सहभागी थिए। उम्मेदवारी दर्तापछि पनि सहमति खोज्ने समझदारी भएको छ।
दुई पार्टीबीच राष्ट्रपति निर्वाचनलगायत मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए।
सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्नेमा एमाओवादीले जोड दिएको अवस्थामा दुई पार्टीबीच छलफल भएको हो। छलफलमा कुनै पनि ठोस निर्णय भने हुन नसकेको बताइएको छ ।
annapurnapost.com
काठमाडौं : राष्ट्रपतिमा एमालेबाट विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता भएको छ।
उनको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा छन्। उम्मेदवारी दर्ताका लागि एमाले र एमाओवादीका नेताहरु संसद् भवनमा पुगेका छन्।
एमाले र एमाओवादीबीच शीर्ष तहको समझदारीपछि राष्ट्रपति पदका लागि भण्डारी र उपराष्ट्रपति पदका लागि नन्दकिशोर पुन 'पासाङ' लाई उम्मेदवार घोषणा गरिएको छ।
पार्टी स्थायी समितिको सोमबार बिहान बालुवाटारमा बसेको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
एमाओवादी तथा अन्य सत्तारुढ दलहरुसँगको सहमतिमा उम्मेदवारी तय गरिएकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने संभावना बलियो छ । उनी एमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी हुन् ।
यसअघि रक्षालगायतका महत्वपूर्ण मन्त्रालय समालेकी भण्डारी पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल छिन्। भद्र र शालिन स्वभावकी भण्डारीको समन्वयकारी भूमिकाका कारण एमालेले उनलाई प्रस्ताव गरेको हो ।
राष्ट्रपतिको उम्मेदवारमा एमालेबाट पूर्वप्रधानमनत्री झलनाथ खनाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम पनि चर्चामा थियो । तर पहिलो महिला राष्ट्रपति बनाएर इतिहास रच्ने अवसर गुमाउन नहुने भन्दै पूर्वप्रधानमनत्री झलनाथ खनाल, शीर्ष नेताहरुले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सहमत भएका थिए।
एमालेले भण्डारीलाई समर्थन गर्न र मत दिनका लागि संसद्मा रहेका सबै दलहरुसमक्ष आग्रह गरेको छ। उनलाई सर्वसम्मत बनाउनका लागि पार्टीले अन्य दलहरुसँग छलफल गर्ने भएको छ।

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई राष्ट्रपति बनाउन एमाओवादी अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव राखेका छन् । सिटौलाको प्रस्तावबारे प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् ।
आफूलाई राष्ट्रपति बनाएको खण्डमा कांग्रेसलाई सरकारमा सहभागी गराउने दाबी सिटौलाले प्रचण्डसमक्ष गरेका छन् । सिटौलाको प्रस्तावबारे एमाओवादीका एक स्थायी समिति सदस्यले अनलाइनबरसँग भने- ‘कांग्रेस अहिले नै सरकारमा सहभागी गराउन नसके पनि सिटौला राष्ट्रपति बनेको खण्डमा ८/९ महिनापछि सरकारमा सहभागी हुने आश्वासन आएको छ ।’
सिटौलाले आफूलाई राष्ट्रपति बनाइयोस् भन्ने प्रस्ताव राखेपछि उनको प्रस्ताव प्रचण्डले केपी ओलीसम्म पुर्याएको एमाओवादीका एक नेताले बताए ।
प्रधानमन्त्रीको चुनावमा कांग्रेसलाई सहभागी गराउने र उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने योजनामा रहेका सिटौला आफ्नो लाइन असफल भएपछि राष्ट्रपति बन्ने नयाँ योजनामा लागेका हुन् ।
यद्यपि कांग्रेसको पदाधिकारी एवं केन्द्रीय कार्यसमितिको बैठकले भने केबी गुरुङलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।
केपी ओलीको अर्को प्रस्ताव
उता प्रधानमन्त्री केपी ओलीले चाँहि आफ्नो सरकारलाई दुई वर्ष टिकाउने ग्यारेण्टी गरे कांग्रेसलाई राष्ट्रपति दिन सकिने अर्को शर्त अघि सारेको स्रोतको भनाइ छ ।
‘सिटौलाको चाहना आफू राष्ट्रपति बन्ने देखिएको छ,’ उता ओलीचाँहि आफ्नो सरकार कम्तिमा दुई वर्ष टिकोस् भन्ने चाहन्छन् ।’
एमाओवादीको ‘ग्रीन सिग्नल’
यसैवीच मंगलबार बसेको एमाओवादी स्थायी समितिको बैठकले कांग्रेसलाई राष्ट्रपति दिन सकिने संकेत गर्दै मध्यमार्गी निर्णय गरेको छ ।
मंगलबार बसेको एमाओवादी बैठकले अझै पनि सहमतिको राष्ट्रपति खोजी गर्ने निर्णय गरेर सिटौलाको प्रस्तावप्रति ‘ग्रिन सिग्नल’ दिएको हो ।
यसबारे एमाओवादीका एक स्थायी समिति सदस्यले अनलाइनखबरसँग भने- ‘हामी सत्तापक्ष भएकाले सिटौलालाई समर्थन गर्छौं भन्न मिलेन, त्यसैले सकेसम्म साझा उम्मेद्वारको खोजी गर्ने र त्यसो हुन नसकेको अवस्थामा मात्रै विद्या भण्डारीलाई मतदान गर्ने स्थायी समितिको बैठकको स्पिरिट हो ।’
सिटौलाले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एमाओवादीले दलहरुवीच सहमति भए उनलाई स्वीकार गर्ने सन्देस दिएको छ । साथै बैठकमा प्रचण्डले हिजो सरकारमा नआउनु गल्ती भयो भन्दै आत्मालोचित भएर आए कांग्रेसलाई राष्ट्रपति दिन एमाले पनि सकारात्मक रहेको पार्टीको बैठकमा ‘बि्रफिङ’ गरेका थिए ।
मंगलबार दिनभरिमा सिटौलाले एमालेबाट सहमति जनाएको अवस्थामा उनी राष्ट्रपतिको साझा उम्मेद्वार बन्न सक्ने स्रोतले बतायो ।
सिटौला राष्ट्रपति भए उपराष्ट्रपतिमा एमाले
यसैवीच राष्ट्रपतिका लागि सिटौलाको नाममा सहमति भएको अवस्थामा उपराष्ट्रपति एमालेको भागमा पर्ने स्रोतले बतायो ।
‘एमाओवादीले सभामुख पाइसकेको छ, कांग्रेसले राष्ट्रपति पायो भने शक्ति सन्तुलनको हिसाबले दोस्रो ठूलो दल एमालेले उपराष्ट्रपति दाबी गर्नु स्वाभाविक हुनेछ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
www.onlinekhabar.com
चीनले तिब्बतकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाबाट बिजुली निकाल्न सुरु गरेको छ। ब्रम्हपुत्र नदीमा विभिन्न युनिटमार्फत १० दिनअघि बिजुली निकाल्न सुरु गरिएको हो। ब्रम्हपुत्र नदीमा ड्याम बनाएर ज्याग्मु जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो ।
नदीको बहावमा आधारित (रन अफ रिभर) मोडलमा बनेको उक्त आयोजनाको क्षमता ५ सय १० मेगावाट छ। नेपालबाट करिब साढे ८ सय किलोमिटर दूरीमा बनेको उक्त आयोजनाले बढी भएको बिजुली बेच्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ। विज्ञहरूका अनुसार तिब्बत अब जलविद्युत्को स्रोतसमेत बन्न सक्ने देखिएको छ ।
बिजुलीसहित सबै इन्धनमा भारत निर्भर मुलुकका लागि चीनबाट बिजुली आयातको सम्भावनासमेत बढेको विज्ञहरूको भनाइ छ। भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थका हाहाकार भएको छ। यही बीचमा चीनले अनुदान स्वरूप हजार टन इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ। यसैगरी ग्यास पनि चीनबाट ल्याउने सम्भावना खोज्न व्यवसायी र सरकारी टोली चीन गएको थियो। भारतले इन्धन र सामान कटौती गरे पनि बिजुली दिन भने बन्द गरेको छैन। भारतबाट करिब २ सय ५० मेगावाट बिजुली आयात भइरहेको छ। हिउँदमा नेपालको विद्युत्को माग करिब १३ सय मेगावाट पुग्ने गरेको छ ।
जब कि स्वदेशको उत्पादन २ सय ५० मेगावाटको हाराहारी मात्रै हुने गरेको छ। भारतले दिँदै आएको बिजुली कटौती गर्ने हो भने यसको विकल्प थिएन। ब्रम्हपुत्रमा बनेको विद्युत् वैकल्पिक स्रोत बन्ने विश्लेषण गरिएको हो। ब्रम्हपुत्र नदीबाट बिजुली निकाल्न चीनले करिब डेढ अर्ब डलर (करिब डेढ खर्ब रुपैयाँ) खर्चेको छ। यो ड्याम विश्वकै सबैभन्दा उचाइ बनेको छ। ब्रम्हपुत्र नदीमा चीनले बनाएको ड्याम भारतका लागि ठूलो चासोको विषय हो। भारतको बारम्बारको खबरदारीपछि पनि चीनले उक्त आयोजना बनाएको हो। बदलामा पानीको बहावबारे मेदेखि अक्टोबरसम्म पानीको बहावको जानकारी भारतलाई दिने आश्वासन चीनले दिएको छ । ब्रम्हपुत्रलाई चिनियाँ भाषामा ज्याम्बो नदी भन्ने गरिन्छ।
यही नदी भारतमा पुग्दा ब्रम्हपुत्र र त्यसपछि मेघनाको नामबाट बंगलादेश हुँदै बंगालको खाडीमा मिसिन्छ। चीनले सन् १९७२ मा गरेको अध्ययनअनुसार ब्रम्हपुत्र नदी बेसिनमा १ लाख १४ हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने क्षमता छ। मुख्य नदीमा मात्रै करिब ८० हजार मेगावाट क्षमता भएको अध्ययनले देखाएको छ। चीनले करिब २८ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ। यो नदी चीनले तीव्र रूपमा विकास गर्न खोजिरहेको तिब्बतको ऊर्जाको माग पूरा गर्ने मुख्य स्रोत हो।
सन् २०१३ मा चीनले अन्य ३ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्ने योजना केन्द्रीय योजनामा समावेश गरिसकेको छ। यसले आगामी दिनमा चीन ब्रम्हपुत्रबाट बढीभन्दा बढी बिजुली निकाल्न जुटने देखिन्छ। जसले भारत र चीनबीचको सम्बन्धमा चिसोपन आउने सम्भावना छ। भारतको पकड भएको भुटानका प्राय: सबै नदी ब्रम्हपुत्रमा गएर मिसिन्छन्। त्यसैल ब्रम्हपुत्र नदी बेसिनमा भारत आफ्नो बढी आधिपत्य खोजिरहेको छ। तर ऊर्जाको ठूलो मागका कारण चीनले बिजुली निकाल्न बन्द गर्ने सम्भावना भने कम छ। चीनको बिजुली उत्पादन सुरु भएपछि भारतीय मिडियाले त्यसलाई नजिकबाट नियाल्नुपर्ने भन्दै त्यहाको सरकारको ध्यानाकर्षण गराउन खोजेको छ ।

काठमाडौं–नेपाली का्रग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार तय गरेको छ । कांग्रेसले आफैंले राष्ट्रपति र उपराष्ट्रपति पाउनुपर्ने दाबी सहित कुलबहादुर गुरुङलाई उपराष्ट्रपति र अमिय कुमार यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने गरेको हो ।
आज बिहान बसेको पार्टीको बैठकले गुरुङ र यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरिएको केन्द्रीय सदस्य गगनकुमार थापाले जानकारी दिए ।
यसअघि एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपराष्ट्रपतिमा एमाओवादीले नन्दकिशोर पुन पासाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
राष्ट्रपतिको निर्वाचन भोलि बुधाबार हुँदैछ ।
www.ratopati.com