• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मोटरसाइकलमा सवार घाइते - शिव पुरी, रौतहट कार्तिक ११, २०७२- संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मंगबार साँझ गरुडा नगरपालिका–१३ स्थित जयनगर चोकमा गौरबाट आउँदै गरेको मोटरसाईकमा पेट्रोल भरि भएको भन्दै आगजनी गरेका छन् ।
आगजनीबाट मोटरसाईकल चालक र पछाडि बसेका घाईते भएका छन् । गरुडा नगरपालिका–२ का रामप्रवेश साह तेलीको ना १ प ५१०५ नम्बरको मोटरसाईकलमा साँझ आगजनी गरेको हो । छिमेकी सुरेश साह कलवारलाई लिएर आउँदै गरेका साहको मोटरसाईकल ट्यांकी पेट्रोलले भरिएको भन्दै आगजनी गरिएको हो । दुवै जना मोटरसाईकलमा बसेको अवस्थामा आगजनी गरेकोले उनीहरु घाईते भएको ईलाका प्रहरी गरुडाले जनाएको छ । दुवैको खुट्टा आगोले जलेको छ । उनीहरुको हेल्थ ल्याण्ड अस्पताल एवं रिसर्च सेन्टरमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य छ ।

kantipur.ekantipur.com
बुधबार, ११ कार्तिक
काठमाडौ । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरको संसद भवन भित्र ल्होत्से हलमा गोप्य मतदान सुरु भएको छ ।
हलमा सभासदहरु लाइनमा बसेर मतदान गरिरहेका छन् । दिउँसो २ बजेसम्म मतदान हुनेछ। मतदान सकिएपछि साढे २ बजेदेखि मतगणना हुनेछ भने बेलुकी पौने ५ बजे मतगणनाको परिणाम सार्वसाजिक हुने बताइएको छ।
राष्ट्रपतिको चुनाबको लागि २ जनाले उम्मेदवारी दिएका छन् । एमाले उपाध्यक्ष विद्या भण्डारीको उम्मेद्वार रहेकी छिन् उनलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव र कमल थापा, विजय गच्छदारसहितका सत्तारुढ दलका नेताहरुले समर्थन रहेको छ ।
भने नेपाली कांग्रेसको तर्फबाट कुलबहादुर गुरुङले उमेद्वार रहेका छन् । उनलाई प्रस्तावकमा प्रकाशमान सिंह र कृष्ण सिटौलाले समर्थन गरेका छन् ।
www.nepalsandesh.com
बुधबार, ११ कार्तिक
विद्या भन्डारी केपी ओलीकी प्रेमिका हो। ओलीकै कारण विद्याको उम्मेदवारी भएको हो।
२. विद्या राष्ट्रपतिको लागि योग्य व्यक्ति होइन।
३. विद्याको पुँजी भनेको मदन भन्डारीको श्रीमती हुनु मात्र हो।
पहिलो टिप्पणिको सवालमा भन्नुपर्दा यो हाम्रो समाजमा एकल महिलालाई हेर्ने सामान्य दृष्टिकोणकै प्रतिविम्ब बाहेक केही पनि होइन भनेर भन्ने सकिन्छ।
महिला, त्यसमाथि विधवा, हरू समाजमा अपहेलनाको पात्र बन्ने गरेका दृष्टान्त सबैतिर पाइन्छ। पुरुषप्रधान चिन्तनले महिलालााई अवला मान्ने, र यस्ता महिलाहरू सार्वजनिक रूपमा देखा पर्नु नै पुरुषवादी हैकममाथिको हमला ठान्ने चिन्तनबाट हाम्रो समाज ग्रसित छ।
यस्तो मनोविज्ञान पुरुषहरूमा मात्र होइन, कैयौँ महिलामा पनि पाइन्छ।
जहाँसम्म विद्याको कुरा छ, केपी ओलीसँग जोडेर विद्याको हुर्मत लिन खोज्नु कदापि ठिक होइन। ओली पनि विवाहित व्यक्ति हुन्।
यदि ओली र विद्याको अमर्यादित सम्बन्ध रहेछ भने पनि आलोचित हुनुपर्ने चाहिँ विद्या मात्र हो त ? परस्परको स्नेहपूर्ण संबन्ध रहेछ नै भने पनि त्यसो हुनु राष्ट्रपति हुनको लागि अयोग्यता हो भनेर किन हामी आलोचना गर्छौँ जबकि त्यही संबन्धको अर्को पात्र केपी ओली देशको कार्यकारी प्रमुख भैसकेका छन् र यो संबन्धको कारण ओली आलोचित भएको पटक्कै सुनिएको छैन। त्यसकारण यो चर्चा र आलोचना निम्नकोटीको हो भन्ने मेरो धारणा छ।
विद्याको योग्यता राष्ट्रपतिको लागि पुग्दैन भन्ने कुरा वस्तुगत रूपमा सही हुन सक्ला। तर योग्यता चाहिँ के हो भनेर त्यसरी आलोचना गर्ने कसैले पनि भन्न सक्छन् जस्तो मलाई लाग्दैन।
संविधानले आवश्यक ठानेको योग्यता पुगेका हरेक नेपाली नागरिक राष्ट्रपतिको लागि उम्मेदवार हुन सक्छ। राजनैतिक पूँजी पनि त दुई दशक भन्दा बढीको छ, देशको एउटा ठूलो पार्टीले उपाध्यक्ष पत्याएको छ, विगतमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको पनि देखिएको छ।
तुलनाको कुरा गर्दा रामवरण यादवमा चाहिँ के त्यस्तो योग्यता थियो तरु र, चर्चामा आएका विभिन्न नाममा के के योग्यता देखिएको छ तरु एउटा आलङ्कारिक पदको लागि वास्तवमा मौन वस्न सक्नु नै ठूलो योग्यता हो।
योग्यताकै कारण विद्यालाई गलत उम्मेदवार मान्नेहरू नै पनि योग्य छन् त राष्ट्रपतिको लागिरु अमूक योग्यता भनेर अमूर्त र अस्पष्ट चिन्तनको भकारी बोक्नुको कुनै सार छ जस्तो लाग्दैन मलाई।
विद्याको राजनैतिक पूँजी भनेको मदन भण्डारीको श्रीमती हुनु हो भन्ने कुरा निश्चित हदसम्म सत्य हो।
किनभने विद्याको सक्रिय राजनीतिको जगमा मदन भन्डारीको हत्या जोडिएको थियो।
दक्षिण एसियाको सामान्य चरित्र नेपालको राजनीतिमा पनि देखिएको हो। त्यसअघि विद्या पाण्डे को नामबाट परिचित व्यक्ति रातारात विद्या भण्डारी बनेर रुपान्तरित हुनु भनेको मदनको नाम भजाउनकै लागि हो र मदनको राजनीतिक पूँजिको उत्तराधिकारीको रूपमा सहानुभूति आर्जन गर्नकै लागि हो।
तर त्यसो भनेर विद्याका विगत राजनीतिक शून्यताले भरिएका थिए भन्ने पनि होइन। विवाहअघिको केही समयको सक्रियताकै कारण मदनसँग विवाह भएको कुरा सार्वजनिक भएकै छ।
विवाहपछि गृहस्थी सम्हाल्न पर्ने आम नेपाली महिलाको स्थिति विद्याको हकमा पनि उत्तिकै लागू भयो। विद्याको कारण नै मदनलाई त्यो सफलता सहज भएको भनेर चर्चा गर्दा अत्युक्ति हुँदैन।
विद्याको माइती परिवारले नरुचाएको विवाह भएको र भूमिगत कालको राजनीति भएकोले बालबच्चा सहितकी सामान्य महिलालाई राजनीति धेरै कारण सहज थिएन। जब सक्रिय राजनीतिमा आउने समय मिलेको थियो, त्यही बेला मदनको मृत्यु भयो रहस्यमय ढङ्गबाट।
त्यसले उर्जा र मलजल चाहिँ मिलेकै हो। यति हुँदाहुँदै पनि त्यसपछिको कालखण्डमा विद्याको राजनीतिक जीवन सक्रिय नै रहेको छ, अनुभव पनि राम्रै आर्जन गरेको ठान्नु मनासिव हुन्छ।
यत्तिको राजनीतिक उचाइको महिला अहिले कुनै पनि पार्टीमा नरहेको अवस्थामा विद्याले राष्ट्रपति बनेर सक्रिय राजनीतिलाई तिलाञ्जलि दिनुभन्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बन्नेतिर लाग्दा उचित हुन सक्थ्यो भन्ने तर्क पनि आउन सक्छ। र, यो तर्क आफैमा बेमनासिब पनि होइन।
विभिन्न तर्क, वितर्कको बाबजूद विद्या राष्ट्रपतिमा चुनिनु नेपाली राजनीतिको महत्वपूर्ण खुड्किलो सावित हुनेछ। कुनै जनजाति वा मधेसी मूलको कारणले भन्दा महिलाको रुपमा राष्ट्राध्यक्ष हुनुको महत्व छुट्टै छ। किनभने कुनै पनि एउटी महिलाले ती ती र हरेक समुदायका आधा जनसंख्यालाई पनि प्रतिनिधित्व गरेको हुन्छ।
त्यसमाथि विद्या कुनै आरक्षित कोटाको राजनीति गरेर आएकी व्यक्ति पनि होइन। यस अर्थमा प्रतिस्पर्धाबाट खरो उत्रिएकी एउटी महिलाको सफलता र त्यसपछिको सफल कार्यकालको कामना गर्ने उपयुक्त समय हो अहिले।
www.nepalsandesh.com
बुधबार, ११ कार्तिक
रुपन्देही । अघोषित नाकाबन्दी जारी राखेको भारतले केही मात्रामा नेपाली ट्यांकरमा पेट्रोलियम पदार्थ भरेको छ ।
यस क्रममा रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ३० वटा गाडी नेपाल भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मंगलबार राति १० बजेसम्म डिजेल बोकेका २६ र पेट्रोल बोकेका चार वटा ट्यांकर नेपाल भित्रिका छन् । एलपी ग्यासका बुलेट भने नभित्रिएको प्रहरीले जनाएको छ । यस्तै अरु सामान बोकेका दुई सय ६५ वटा गाडी नेपाल भित्रिएका छन् ।
www.nepalsandesh.com
'चार खुट्टा भएको हात्ती त चुक्छ, मान्छे नचुक्ने हैन तर कमसेकम अगुल्टाले लागेको कुकुर बिजुली चम्किँदा त तर्सनु पर्‍यो नि !' -नेपाली उखान

उखानबाट आलेख सुरु गर्नुको उद्देश्य अरू होइन, भन्न खोजेको कुरा हिजोआजका केटाकेटीको शब्द सापट लिएर सहजरूपमा किड्नीमा पसोस् भनेर मात्रै हो । यसको अरू कुनै कारण छैन।

देश यतिखेर इतिहासमै अप्ठेरोमा परेको छ। तर हरेकपटक नेपाली बानी खोलो तर्‍यो, लौरो बिस्र्यो हुने गरेको छ। अहिलेको संकटको समयमा पनि त्यही कुरा नदोहोरियोस् भन्ने चाहना व्यक्त गरिएको मात्र हो। यस्तो किन र कहिले-कहिले भयो, इतिहास जगजाहेर छ।

पौराणिक मात्र होइन, निकट विगतको इतिहासलाई पनि हामीले हल्का व्यवहार गरेर जटिल बनाएका उदाहरण बग्रेल्ती छन्। बेलायती उपनिवेशवादबाट मुक्त भएपछि नै भारतले नेपालमाथि तीनवटा घोषित नाकाबन्दी लगाइसकेको छ तर हामीमा चेत पलाएन।

भित्रभित्रै कानेफुसी गरेपछि मिलिहाल्छ नि भन्ने बालापन नेपाली शासकमा गहिरोसँग घरजमाएर बसेको छ। यही कुरो नेपालीको प्रमुख चाडपर्व दसैँ, तिहार र छठको मुखमा भारतले गरिरहेको नाकाबन्दीमा पनि टड्कारै देखियो। 'कूटनीतिक गेम फिक्सिङ' चलिरहेको छ।

कूटनीतिक गेम फिक्सिङदेखि सावधान!
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरू अन्तर्राष्ट्रिय खेलहरूमा पैसा कमाउन जित्ने खेल हार्ने गरेको रहस्य भर्खरै खुलेको छ। नेपालका क्याप्टेनदेखि नामुद खेलाडीहरूसम्मलाई पुलिसले पक्राउ गरी कारबाही सुरु गरेको छ।

फुटबल गेम फिक्सिङको यो नाटक पटाक्षेप नहुँदै नेपालको 'कूटनीतिक गेम फिक्सिङ' का सिरियलहरू सार्वजनिक हुन थालेका छन्। यही शृंखलामा नयाँ कूटनीतिक गेम फिक्सिङका हल्लाहरू पनि सुरु भएका छन्। के नेपाललाई अहिले फेरि नयाँ कूटनीतिक गेम फिक्सिङमा धकेलिँइदै छ?

इतिहासदेखि नै धमिलो पानीमा माछा मार्न खप्पिस मानिएका भारतीयहरू नेपालीहरूलाई अनेक खाले लोभहरूमा पारेर गेम फिक्सिङमा लतार्न खोजिरहेको कुरा कूटनीतिक वृत्तमा 'ओपन सेक्रेट' बनिरहेको छ।

अंग्रेजसँगको लडाइँमा सुगौली सन्धि गर्न बाध्य बनेको नेपालमा जंगबहादुर राणाले बेलायती उपनिवेशवादीहरूसँग मिलेर जहानिया राणाशासन थालनी गरे। चन्द्रशमशेरले त्यही आधारमा बेलायतसँगको सम्बन्ध अझ सुदृढ पारे।

बेलायतको उपनिवेश सन् १९४७ मा अन्त्य भएपछि स्वाधीन भारतका शासकले अंग्रेजी उपनिवेशवादको छत्रछायाँबाट टुहुरा बनेका र नेपाली जनक्रान्तिबाट दपेटिइरहेका राणाहरूसँग आफूले चाहेअनुरूपको सम्झौता दिल्लीमा गरे। काठमाडौँस्थित बेलायती दूतावासलाई नै बेलायती र भारतीयले अंशबन्डा गरेर बाँडे।

अहिले पनि भारतसँग भएको सन् १९५० को सन्धि नेपालको लागि 'निल्नु न ओकल्नु' बनिरहेको छ। यस प्रकार बेलायती उपनिवेशवादीहरूले नेपाली शासक-प्रशासकहरूसँग गरेको सुगौली सन्धि बेलायती गेम फिक्सिङ थियो भने सन् पचासको सन्धि भारतले गरेको अर्को गेम फिक्सिङको रूपमा रहेको छ। अन्य गेम फिक्सिङहरू अनगिन्ती भए।

तत्तत् बेलाका शासक-प्रशासकहरूको तरंगमा देश बगिरहेको र तिनैको स्वार्थ पूरा गरिरहेको भान हुन्छ तर राष्ट्रमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र सार्वभौमसत्ता निहित हुन्छ। शासक÷प्रशासकहरूको समूह, वंश र तिनका वरिपरि आश्रितका कूटनीतिक गेम फिक्सिङ भइरहेको हुन्छ।

त्यो फिक्सिङ जंगबहादुर राणादेखि हरेक शासकले दोहोर्‍याइरहेका छन्। शासक÷प्रशासकको रूपमा पहिले बेलायत र पछि भारतमा प्रवेश पाउने माध्यमको रूपमा कूटनीतिलाई निजी लाभको साधन बनाएका प्रशस्त उदाहरण छन्।

कूटनीति परिचालनमा व्यक्ति, संस्थाहरू बलिया, मजबुत र व्यावसायिक नहुँदा राष्ट्र कमजोर बन्‍न पुग्छ। यस्तै बेलामा लाज लाग्ने गरी कूटनीतिक गेम फिक्सिङहरू हुने गर्छन् । गेम फिक्सिङका घातक परिणामहरू राष्ट्रका भावी पुस्ताले बेहोर्नुपर्ने हुन्छ।

भनौँ न, पञ्चायतकालमा दुईपटक र गणतन्त्रकालमा अहिलेको गरेर भारतले नेपालमा तीनपल्ट नाकाबन्दी गरिसकेको छ। पहिलो र दोस्रो नाकाबन्दीका शिक्षाहरू ग्रहण नगरेर र गेम फिक्सिङमै अघिल्ला दुई नाकाबन्दी अन्त्य गरिएकाले तेस्रो नाकाबन्दी गलपासोको रूपमा आइपुगेको छ।

पहिलेका भारतीय नाकाबन्दीबाट मुक्त हुन नेपालीले आत्मनिर्भर हुने बाटो अपनाएको भए अहिलेको जस्तो बेहाल भोग्नुपर्ने थिएन। अहिलेको विश्वमा पूरै आत्मनिर्भर हुन नसके पनि नेपाल र भारत अन्तरनिर्भर राष्ट्र रहेका भए भारतले यो हदसम्म किमार्थ नाकाबन्दी गर्न सक्ने थिएन। तर हामी भयौँ पूरै परनिर्भर !

 नेपालबाट भारत निर्यात हुने र भारतबाट नेपाल आयात हुने सामानहरूको नामावली र मूल्य हेर्‍यौँ भने वस्तुस्थिति स्पष्ट हुनेछ। भारतसँग परनिर्भरता घटाएर नेपाललाई आत्मनिर्भर बनाउन हाम्रा शासक÷प्रशासक चुके।

खासमा चुकेको भन्दा पनि उनीहरू गेम फिक्सिङको सिकार भए । फुटबल खेलाडीहरूले गेम फिक्सिङबाट आएको पैसाले बिहेभोज गरेर उडाएजस्तै हाम्रा शासक÷प्रशासक रहेकाहरू खुद्रा मसिना प्रोजेक्ट, छोराछोरीलाई छात्रवृत्ति, स्वास्थ्योपचार, धार्मिक यात्रा, आत्मकेन्द्रित राजनीतिक-प्रशासनिक महत्वाकांक्षाले आत्मनिर्भरतातिर अगाडि बढ्दै बढेनन्।

तीन आवश्यकता अहिले जरुरी छ:पहिलो, खाद्यान्‍न र दैनिक उपभोग्य वस्तुहरूसम्म मुलुकमा महिना दिनलाई सञ्चित नरहेको उदांग भयो। अरू त अरू कोदोको तोङबाका लागि अहिले नाकाबन्दी लागेको बेलामा समेत अनुनय विनय गरेर पूर्वको काकरभिट्टा नाकाबाट दुई ट्रक कोदो हुलियो।

वर्षेबाली भित्राउँदैछन् साधारण किसान तर राष्ट्र चलाउनेहरू यो अन्न भण्डारन होइन, सरासर भारततिर निकासी गर्न दिन्छन् । सिजन सकिएपछि महँगोमा कमिसनको चक्करमा परेर फेरि त्यही अन्न भित्र्याउँदा कुनै हीनताबोध गर्दैनन् शासक÷प्रशासकज्यूहरू!

दोस्रो, आवश्यकीय औषधिको कालो बजार सुरु भइसकेको छ। तर खै अत्यावश्यकीय औषधिहरूको जगेर्ना र उत्पादन गर्न प्यारामेडिकल र स्वास्थ्य मन्त्रालय लागेको? तेस्रो हो-अत्यावश्यकीय इन्धन, पेट्रोल तथा अन्य वस्तुहरू।

नाकाबन्दीले वर्षौंदेखि पीडित देश विश्वमा नभएका होइनन् तर तिनले कसरी जनताको जीवन धानेका होलान् ? अरूको त कुरै छोडौँ, भर्खरै सगरमाथा आधार शिविर जाँदा देखियो। भुइँचालोले थङथिलो बनाएको त्यो क्षेत्रमा अभावको 'अ' पनि देखिँदैन। कारण उनीहरूको वर्षा सुरु हुनुअघि र हिउँद सकिएपछि आफूलाई चाहिने सामग्री जोहो गर्ने परम्परागत चलन।
जापानी उपनिवेशवादीहरूको ज्यादतीविरुद्ध कसरी बाँच्न सिके चिनियाँहरूले ? हामीले पढ्नुपर्ने कुरा त त्यहाँको इतिहासमा पो रहेछ। छिमेकी भारतमै महात्मा गान्धीले बेलायती उद्योगका नुन र कपडासँग जुधेर कसरी भारतीयलाई आत्मनिर्भर रहन सिकाएका थिए? यतातिर 'स्वाभिमान' को गफ दिने राष्ट्रवादीहरूले एक नजर दिने हो कि?
पदयात्रीहरूलाई ग्याँसमै पकाएर खुवाइँदो रहेछ तर ग्याँसको अभाव कहीं देखिएन। न त अन्य सामग्रीको नै। जापानी उपनिवेशवादीहरूको ज्यादतीविरुद्ध कसरी बाँच्न सिके चिनियाँहरूले ? हामीले पढ्नुपर्ने कुरा त त्यहाँको इतिहासमा पो रहेछ।

छिमेकी भारतमै महात्मा गान्धीले बेलायती उद्योगका नुन र कपडासँग जुधेर कसरी भारतीयलाई आत्मनिर्भर रहन सिकाएका थिए? यतातिर 'स्वाभिमान'को गफ दिने राष्ट्रवादीहरूले एक नजर दिने हो कि? अनि थाहा हुनेछ, मुलुकको स्वतन्त्रता, स्वाभिमान र सार्वभौमसत्ता !

एक पुराना कूटनीतिज्ञले भने, कूटनीति भनेको माछाको आँखाजस्तै हो, जो कहिल्यै बन्द हुँदैन। माछा सुत्दा पनि आँखा खोलेरै सुत्छ। माछाका आँखामा ढक्कन नै हुँदैन। हो, कूटनीति पनि यस्तै हुनुपर्छ। अनि मात्र राष्ट्रलाई कहाँबाट खतरा वा षड्यन्त्र हुँदैछ थाहा हुन्छ। यस्तो जति थाहा भयो, राष्ट्र त्यति नै सबल र राम्रो हुन्छ।

कूटनीति सफल भएको राष्ट्रमा अमनचैन पनि हुन्छ किनभने कूटनीति सशक्त भएपछि स्वाधीनता कायम हुने मात्र होइन, आत्मनिर्भर र अन्तरनिर्भर बन्छ राज्य। परनिर्भर बन्ने सम्भावनालाई कूटनीतिज्ञहरूले शासक÷प्रशासकसँग मिलेर न्यून पारिहाल्छन्।

देश आत्मनिर्भर छ भने कूटनीति सुषुप्त हुन्छ र डेकोरोमले चल्छ भन्ने पढियाथ्यो। त्यसैले हाम्रा अधिकांश कूटनीतिज्ञका कुराकानी वा उनका विचार सुन्दा लाग्थ्यो, आरामले जागिर खाने र मोजमस्ती गर्ने मन्त्रालय भनेको परराष्ट्र नै हो।

पालैपालो विदेशस्थित दूतावासमा बस्यो। डुल्यो। ड्युटी फ्रीका स्कच पचायो। विदेशीका पार्टीमा भोज खायो। तर राँडाका सन्तानले मुलुकलाई त भड्खालोमा जाकेको कुरा अहिले भारतले नाकाबन्दी लगाएपछि पो थाहा पाइयो। गेम फिक्सिङका मतियार बन्दाबन्दै तिनले मुलुकलाई त कहाँ लगेर जाकेछन् पापी नमक हरामहरूले !

राष्ट्र अन्तरनिर्भर भयो भने त्यहाँको कूटनीति सशक्त हुन्छ। यही पढिएको थियो 'डिप्लोमेसी' मा ! किनभने सन्तुलन कायम गर्न हात बाँधेर सकिँदैन। त्यसका लागि चलायमान हुनैपर्छ । जो चलायमान हुन्छ त्यो सशक्त हुने भइहाल्यो।

तर, परनिर्भर राष्ट्रको कूटनीति अति सशक्त हुनुपर्छ भनिन्छ । हाम्रो देश परनिर्भर छ भन्ने कुरा दोहोर्‍याइरहनै पर्दैन तर यहाँको कूटनीति किन अति सशक्त अर्थात् प्रोएक्टिभ भएन त? विदेश पढेका, बसेका र अंग्रेजी भाषालगायत अरू अन्तर्राष्ट्रिय भाषा जानेका तथाकथित बुद्धुजीवीहरूको क्षमता आखिरमा केही काम लागेन। मुलुकले चाडपर्वमा समेत नाकाबन्दी बेहोर्नुपर्‍यो !

परराष्ट्र मन्त्रालयमा भारत र चीन हेर्ने डेस्क र फरेन सर्भिसका ठूला पदधारीहरू छन्। तिनी के हेरेर बस्छन् आखिर? शेरबहादुर देउवा र प्रचण्डको भारत भ्रमणका बेला नरेन्द्र मोदीसँग वार्तामा बसेको फोटो पत्रपत्रिकामा देखियो। त्यहाँ के देखियो भने एकापट्टि मोदी छन्।

उनको साथमा उनका विदेश सचिव छन्। भारतीय परराष्ट्रका पदाधिकारीहरू छन् । तर मोदीको पल्लोपट्टि उनीसँग वार्ता गर्न बसेका छन्, शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा।

अर्कोपल्ट भारतीय पक्षमा मोदीलगायत तिनै व्यक्ति छन् र त्यसको पल्लोपट्टि बसेका छन् प्रचण्ड र उनकी पत्नी सीता दाहाल ! अनि खागको रहन्छ नेपाली स्वाभिमान ! यसलाई गेम फिक्सिङ नभनेर के भन्‍ने ?

यी त भए, भारतीय नाकाबन्दीअगाडि भएका कामकुरा । अब रह्यो, नेपालको संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी। जुन नाकाबन्दी सुशील कोइरालाको नेतृत्वविरुद्ध थियो।

कांग्रेसलगायत एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले गरेको सोह्रबुँदे सहमतिले संविधानसम्मको यात्रा सुनिश्चित गरेकै हो । तर संविधान घोषणा भइसकेपछि गर्नुपर्ने आफ्नो जिम्मेवारी पूरा नगरी प्रधानमन्त्री कोइरालाले फेरि पनि प्रधानमन्त्री बन्न जुन कार्य गरे त्यो गेम फिक्सिङ नै थियो।

संविधान नमान्ने मधेसी नेताहरू त्यही संविधानअनुसार बनेको संसद्मा गएर कूटनीतिक गेम फिक्सिङमा नग्न बनेरै उपस्थित रहे। तर पनि उनीहरू चुनावमा हारे। किनबेचको केही लागेन । खड्गप्रसाद ओली संसद्बाट निर्वाचित प्रधानमन्त्री बने।

कतिपय व्यक्तिहरू भारतीय नाकाबन्दीलाई राजा वीरेन्द्र र पञ्चायतकालको नाकाबन्दीसँग तुलना गर्छन् तर अहिलेको नाकाबन्दी भारतसँग तुजुक खोजेकाले गरिएको नाकाबन्दी होइन। यो त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुकूल शासन व्यवस्था सञ्चालन गरेर समृद्ध नेपाल बनाउने हो। तर भारतले जेजे भन्यो त्यो गेम फिक्सिङ होस् वा अरू नाउँमा।

सधैँ भारतप्रति नै परनिर्भर रहिरह्यौँ। हाम्रो नेतृत्व कांग्रेस होस् वा कम्युनिस्ट, चीनलाई घरपछाडिको बाँसको झाङ ठानिरहे । भारतलाई जहिल्यै उखुको झाङ भएको फूलबारी ठान्ने र भन्ने गरिरह्यौँ। तर नाकाबन्दीको पीडाले आहत नेपालीलाई ज्ञामरे उखु ठानिएको भारत कठबाँस बनेर निस्केको छ । जति बोक्रा छोडाएर रस चुस्न खोजे पनि दाँत झर्‍यो तर रस आएन।

बरु कठबाँस मानिएको चीन भने रसदार उखु बनेर निस्केला जस्तो छ। तर हेड कूटनीतिज्ञ ओलीको पाइन उनले मत्स्य कूटनीतिज्ञ गर्न सक्छन् कि सक्दैनन् हेर्न केही पर्खनुपर्नेछ। चीनको समर्थन गर्नु भारतको विरोध होइन। उनले चीनको कठबाँसमा उखुको रस छिराएर भारतमा बेच्ने कला विकास गरे भने त्यो नै गेम फिक्सिङविरुद्धको जबाफ हुनेछ।

संविधान जारी भएको पाँच साता पूरा भएको छ। संघीयतालगायतका महत्वपूर्ण विषयहरू संविधानमा स्पष्टसँग परिभाषित नभएकाले यो संविधान अपूर्ण छ र त्यसको कार्यान्वयनमा विरोधाभास आउने पक्कै छ। त्यो विरोधाभास बृहत राजनीतिक समझदारीले मात्र सम्बोधन हुन सक्छ।


संविधान कार्यान्वयन नजिर समेत बन्ने हुनाले प्रारम्भिक चरणमा त्यसको अर्थ, व्याख्या र कार्यान्वयनमा अझ बढी समझदारी आवश्यक हुन जान्छ। तर संविधान विवादास्पद किसिमले जारी भएलगत्तै मुलुकमा २-३ किसिमका समानान्तर प्रतिक्रिया आएका छन्। मधेसकेन्द्रित केही दलका अगुवा मधेसी जनताको भन्दा भारतको समर्थनमा सीमा क्षेत्रमा नाकाबन्द गरी भारतलाई 'नाकाबन्दी' को अवसर जुटाउन संलग्न छन्।

संसद्को सबभन्दा ठूलो दल अथवा नेपाली कांग्रेस सत्ताबाट बाहिरिएको छ र नेपाली राजनीतिका विगत केही वर्षका प्रवृत्ति हेर्दा उसले सरकार र संविधान कार्यान्वयनमा सहयोग भन्दा असहयोगको नीति र व्यवहार अख्तियार गर्ने निश्चित नै छ।

पूर्व राजा ज्ञानेन्द्र शाहले विजय दशमीको शुभकामना सन्देशमा संविधानलाई जनअनुमोदन नभएको अडानका साथ त्यसको वैधानिकतामा प्रश्न उठाएका छन्। त्यति मात्र हैन, संविधानसभा र संविधान निर्माणको राजनीतिमा दृश्य-अदृश्य भूमिका खेलेका डा. बाबुराम भट्टराई संविधान विरोधका लागि उद्यत छन्। उता सरकार गठनको प्रकृत्ति हेर्ने हो कमल थापा र राप्रपा नेपालको संलग्नताबाहेक यो सरकार अति वाम चरित्रबाट निर्देशित छ।

खासगरी नेपालको आन्तरिक राजनीतिमा खुला रूपमा हस्तक्षेप गर्दै आएको भारतको त्यो व्यवहारमा नेपालभित्र प्रतिरोध देखापरेपछि नेपालमाथि लादिएको नाकाबन्दीका कारण भारत विरोध आम प्रतिक्रिया बन्न गएको छ, यद्यपी अति वाम पृष्ठभूमिको वर्चश्वमा रहेको सरकार भारतविरोध हुन्छ भन्ने अवधारण दिल्लीमा छ। त्यो अवधारणा आफैंमा अस्वाभाविकम नहोला, तर अहिले नेपालमा व्याप्त भारतविरोधी भावनाको मुख्य कारक भारत स्वयं नै हो।

तर त्यति भनेर मात्र नेपाल राजनीतिक पात्र र कर्ताहरू उम्कन पाउँदैनन् । सक्दैनन् । उनीहरूको राजनीति निकै हदसम्म परचालित या भारत चालित रहँदै आएको छ। त्यो सँगै उनीहरूको राजनीति नेपाल र नेपालीका लागि भन्दा व्यक्ति र दलीय स्वार्थका लागि रहेको आमधारणा पनि बनेको छ।

संविधान निर्माण ३-४ दल या व्यक्तिहरूलाई महत्वपूर्ण पदमा आसीन गराउनका लागि मात्र हो, या त्यसमा सबै जनताको अपनत्व भएको अनुभूति गराउन? त्यस अर्थमा मधेसकेन्द्रित दलहरू, भट्टराई तथा पूर्व राजा सबैको आशंका र असन्तुष्टिका आधार छन् भन्ने कुरा सत्ताका दलहरूले बुझ्नु आवश्यक छ।

एकै दलका व्यक्ति प्रधानमन्त्री र राष्ट्राध्यक्ष, अनि हिजो छापामार पृष्ठभूमिबाट आएकाहरू संसद्को सभामुख र उपराष्ट्रपति हुँदा त्यो संविधानमा कसले अपनत्व महसुस गर्ला ? त्यस अर्थमा संविधान पक्षीय शक्तिहरू स्वयंले संविधानको स्वीकार्यताको दायरा घटाउँदैछन्।
annapurnapost.com
काठमाडौं ।
नेपालका ३८औं प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यको रोचक प्रेम कहानी रहेको छ । केपी ओली भर्खर जेलमुक्त भएर विहे गर्दा भन्नुभएको थियो, ‘म दुई छाक भातको जिम्मा पनि लिदिन, एउटा धागो पनि किनेर दिदैन । आफ्नो जिम्मा आफै लिनुपर्छ ।’dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home