रसुवा, १७ कात्तिक । रसुवामा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
रसुवाको स्याफ्रुबेसीका लागि काठमाडौंबाट छुटेको ना ३ ख ५७०६ नम्बरको यात्रु बस मंगलबार राम्चेमा दुर्घटना हुँदा एक बालकसहित १२ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ३१ जना यात्रु घाइते भएका छन् ।
करिब चालीस यात्रु बोकेको बस राम्चे गाविस ४ ग्राङ भन्ने ठाउँमा सडकबाट झण्डै २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अवदेश विष्टका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइसकेको छैन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर भएका घाइतेलाई काठमाडौं पठाइएको डीएसपी विष्टले जानकारी दिनुभयो ।
dainiknepal.com

पटकमंगलबार, १७ कार्तिक
काठमाडौं । नेपालस्थित भारतीय दूतावासले विना विभागीय मन्त्री सत्यनारायण मण्डलको ‘भारतले विना बर्दीका सेना पठाउन खोज्दैछ’ भन्ने अभिव्यक्तिको खण्डन गरेको छ ।
दूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्री मण्डलको उक्त भनाई उत्तेजक, आधारहीन र खराब नियतले आएको आरोप लगाएको हो ।
यस्तै दूतावासले यस्ताे अभिव्यक्तिले दुर्इ देशकाे सम्बन्ध बिग्रने चेतावनी समेत दिएकाे छ ।
‘मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट आएको यस्तो टिप्पणीले नेपाल–भारतबीचको सौहार्दपूर्ण सम्बन्ध बिगार्न सक्ने सम्भावना छ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मन्त्री मण्डलले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भारतले नेपालको संविधानमा आफ्नो एजेण्डा समावेश नहुँदा बिना बर्दीको सेना पठाउने तयारी गरेको टिप्पणी गरेका थिए ।
www.nepalsandesh.com

वीरगञ्ज, १७ कात्तिक । अनिश्चितकालीन कर्फ्यू लागेका बेला वीरञ्गज छिर्न खोजेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई स्थानीय प्रशासनले प्रवेशमा रोक लगाएको छ ।
पर्सा जिल्लाको सीमाना रहेको गण्डकबाट आफ्ना केही कार्यकर्तासहित वीरगञ्ज प्रवेश गर्नै लाग्दा त्यहाँ ड्यूटीमा रहेका प्रहरीले महतोलाई वीरगञ्ज जानबाट रोकेका हुन् । वीरगञ्जमा सोमवार दिन भरिको तनावपछि स्थानीय प्रशासनले अपराह्न तीन बजेदेखि अनिश्चितकालिन कर्फ्यूको आदेश जारी गरेको थियो ।
मधेश आन्दोलनको क्रममा महतो जति पटक वीरगञ्ज आए त्यति पटक नै यहाँको अवस्था बिग्रेको र प्रहरीले बाध्यतावश बल प्रयोग गरि कर्फ्यू समेत लगाउने अवस्था सिर्जना हुने गरेको छ ।
प्रशासनले लगाएको कर्फ्यूलाई अवज्ञा गर्न खोजेपछि प्रहरीले महतोलाई वीरगञ्ज प्रवेशमा रोक लगाएको पर्सा जिल्ला प्रहरीबाट खटिएका एक जना इन्स्पेक्टरले दैनिक नेपाललाई जानकारी दिए । प्रहरी स्रोतले दिएको जानकारी अनुसार महतोको आगमनले वीरगञ्जको स्थिती झन् बिग्रिन सक्ने र यहाँको शान्ति सुरक्षाको अवस्था नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै प्रशासनले महतोलाई रोकेको हो ।
आफ्ना दर्जनबढी कार्यकर्तासहित महतो हिजो घाईते भई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराई रहेका प्रदर्शनकारी भेट्न वीरगञ्ज जान लागेको सदभावना पार्टीले जनाएको छ । तर, प्रहरीले कुनै हालतमा पनि वीरगञ्ज प्रवेश गर्न नदिने र जबरदस्ती गर्न खोजे जेल हाल्ने चेतावनी दिएपछि महतो फर्कन बाध्य भएको सद्भावना पार्टीका एक नेताले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्जको माहौल साम्य पार्न महतोलाई आउन नदिन तथा टाढै राख्न केन्द्रबाटै निर्देशन आएको छ । शान्ति सुरक्षा बिग्रिने अवस्थामा महतोलाई पक्राउ गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको जानकारी प्रहरी उच्च स्रोतले बताएको छ ।
मधेश आन्दोलनको क्रममा महतो जति पटक वीरगञ्ज आए त्यति पटक नै यहाँको अवस्था बिग्रेको र प्रहरीले बाध्यतावश बल प्रयोग गरि कर्फ्यू समेत लगाउने अवस्था सिर्जना हुने गरेको छ । यसअघि महतोले वीरगञ्जमा लगाएको कर्फ्यूको उल्लंघन गरेर अस्पताल पुगेर मृतक र घाईते भेटी आन्दोलन उक्साएका थिए । पछिल्लो पटक अस्पताल परिसर पुगेका महतोले त्यही चर्को भाषण गर्दा स्थिति नियन्त्रण बाहिर गएको र प्रहरीले बाध्य भएर हवाई फायर गरेको थियो ।

काठमाडौं : नाकाबन्दीविरुद्ध विप्लप नेतृत्वको माओवादीले सशक्त आन्दोलन गर्ने भएको छ। विप्लपले मंगलबार विज्ञप्ती जारी गर्दै तिहारपछि शसक्त आन्दोलन गर्ने जानकारी दिएका हुन्।
भारतले संविधान, सरकार निर्माण र तराई मधेशमा चलेको आन्दोलन कुत्सित भावनाबाट प्रेरित भई नाकाबन्दी लगाउने, नेपालकोराष्ट्रिय स्वाधीनतामा खलल पुर्याउने काम गरिरहेको आरोप विप्लपले लगाएका छन्।
यस परिस्थितिमा नेपालका सबै देशभक्त शक्ति एक भएरप्रतिरोध गर्न उनले आव्हान गरेका छन्। विज्ञप्तीमा भनिएको छ, तिहार सकिने बित्तिकै भारतलेलगाएको एकतर्फी नाकाबन्दी, लगातार गरिरहेको हस्तक्षेपका विरुद्ध सशक्त राष्ट्रिय मुक्ति आन्दोलन गर्नेछौं।
नाकाबन्दीका नाममा देखा परेको अभावको अवसर छोपी चलाइएको कालोबजारी, भ्रष्टाचारकाविरुद्ध पनि कारबाही गरिने पनि विप्लपले जनाएका छन्। विज्ञप्तीमा जनताको इच्छा, जनयुद्ध र विभिन्न जनआन्दोलन विपरित बनेको संविधानका विरुद्ध भएका मधेशी, थारु, जनजाति आन्दोलनहरुप्रति पार्टीको समर्थनर ऐक्यबद्धता रहँदै आएको उल्लेख गर्दै भनिएको छ, नेपाली जनताले आफ्नो अधिकारकालागि गरेका आन्दोलनहरुबाट नाजायज फाइदा उठाएर अहिले भारतले अघोषित नाकाबन्दी गरिरहेको छ।'
आन्दोलनहरुमा भारतको अनावश्यक सरोकार राखेकोकुरा कार्तिक १७ गते बीरगञ्जमा घटेको घटनाले पुष्टि गरेकोविज्ञप्ती छ। संविधान निर्माणमा देखिएको आन्तरिक अन्तरविरोधको नाजायज फाइदा उठाएर भारतले लगाएको नाकाबन्दीले अहिले सिंगो नेपाल आक्रान्त बन्न पुगेको उल्लेख गर्दै भने, 'जनतालाई अत्यावश्यक उपभोग्यबस्तु मुख्यतः पेट्रोलियम पदार्थ तेल र एलपी ग्यासमा लगाएको नाकाबन्दीले देश र जनताको जनजीवन असाध्यै कष्टकर बनेको छ ।'
annapurnapost.com

काठमाडौं, १७ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच चीनबाट तेल नेपाल ल्याउन ढिला हुने भएको छ ।
दुई देशबीच इन्धन आपूर्ति सम्झौता भएपनि चीनबाट तेल नेपाल ल्याउने विषयमा दुई देशका आयल निगमबीच व्यापारिक सम्झौता समयमै हुन नसक्दा ढिलाई हुने भएको हो ।
नेपाल आयल निगमले विभिन्न बहाना बनाएर सम्झौता प्रक्रिया बढाउन आलटाल गरिरहेको छ । सम्झौताका लागि चीनको आयल निगम (पेट्रोचाइना)का प्रतिनिधीलाई बोलाएर व्यापारिक सम्झौता प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि आलटाल गर्दा ढिलाई भएको हो ।
आयल निगमका अधिकारी अनुदानको तेल नेपाल भित्रिइसकेपछि मात्रै पेट्रो चाइनालाई बोलाउने पक्षमा छन् । त्यसो गर्दा अनुदानको सबै तेल नेपाल आइपुग्न कम्तिमा पनि १५ दिन लाग्छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनुदानको सबै तेल नेपाल आइसकेपछि पेट्रोचाइनालाई बोलाउने प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो- ‘हामी हतारिएर मात्रै हुँदैन, उनीहरु पनि तयारी अवस्थामा हुनुर्पयो ।’
आगल निगम स्रोतका अनुसार अहिले नै दुई देशका आयल निगमका बीच व्यापारिक सम्झौता अगाडि बढे अनुदानको तेलसँगै खरिद गरेको तेल पनि नेपाल आइपुग्छ । जसले अहिलेको इन्धन संकटलाई ५० प्रतिशतले कम गर्न सकिन्छ । तर, निगमका अधिकांश कर्मचारी भारतकै पक्षमा देखिएका छन् । उनीहरु चीनसँगको सम्झौता नहोस् भन्ने भारतीय मान्यताको पक्षमा रहेको स्रोतको दाबी छ । उनीहरु सम्बन्ध सुधारेर भारतबाटै तेल ल्याउनुपर्ने पक्षमा छन् । यसरी आयल निगम चीनबाट तेल ल्याउन पछि हटेको देखिन्छ । निगमको ढिलाइले जनताले थप दुःख पाउने अवस्था देखिन्छ ।
यस्तै, चीनका लागि नेपाली राजदूत महेश मास्केले तेल ल्याउने विषयमा चीनसित सैद्दान्तिक सहमति भइसकेकाले अब आयल निगम र पेट्रोचाइना बसेर प्राविधिक कुराहरु टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘अनुदानको तेल आइपुग्ने समयभित्रै दुई कम्पनीबीच व्यापारिक सम्झौता गरिसक्नुपर्छ । आयल निगमले पत्र पठाउनासाथ पेट्रो चाइनाका प्रतिनिधी आउँछन् र सम्झौता हुन्छ ।’ अहिलेको समस्या समाधान गर्न जतिसक्दो चाँडो चीनसँग सम्झौता प्रक्रिया अगाडि बढाउनुपर्ने राजदूत मास्केको भनाई छ ।
इन्धन आपूर्ति सम्झौतासँगै चीनले नेपाललाई १३ लाख लिटर तेल अनुदानमा उपलब्ध गराएको थियो । जून काठमाडौं आउने क्रममा छ ।

काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
सो पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठका अनुसार सो पार्टीले स्थानीय विकास र परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा अध्यक्ष कमल थापालाई पठाउनेछ । थापाले हाल उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाली रहनुभएको छ ।
यस्तै राप्रपा नेपालले भूमिसुधार मन्त्रीमा रामकुमार सुब्बा, स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई सिफारिस गरेको छ । मन्त्री सुब्बा हाल विना विभागीय मन्त्री रहनुभएको छ ।

वीरगन्ज : वीरगन्ज बजार मंगलबार पनि बिहानैदेखि तनावग्रस्त बनेको छ । वीरगन्जमा स्थानीय प्रशासनले समोबार दिउँसोदेखि लगाएको कफ्र्यू मंगलबार बिहानैबाट मधेसी मोर्चाका कार्यकर्ताले अवज्ञा गरेर ठाँउ ठाँउमा प्रदर्शन गरेकाले नगरक्षेत्र तनाग्रस्त बनेको हो ।
कर्फ्यूको उल्लंघन गरेर मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि वीरगन्जको नगवा र ब्रम्ह चोकमा झडप भएको छ ।
बाइपास सडकको नगवा चोकमा बिहान मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।
झडपका क्रममा प्रहरीले २० राउण्ड भन्दा बढी हवाइ फायर गरेको छ । यस्तै बाइपास सडककै ब्रम्हचोकमा पनि मंगलवार बिहान प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
सडक छेउमा राखिएका प्रदर्शनकारीका दुईवटा साइकल प्रहरीले जल्दै गरेको टायरमा हालेपछि झडप भएको हो । ।
ब्रम्ह चोकमा भएको झडपका क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर पनि गरेको छ । यस्तै बाइपासकै लक्ष्मणवा चोकमा पनि मंगलबार बिहानैदेखि आन्दोलनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिहेका छन् ।
वीरगन्जको चोक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । काम विशेषले सडकमा निस्किएका सर्वसाधरणलाई भने प्रहरीले अवरोध गरेको छैन ।
वीरगन्जमा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक भारतीय युवकको मृत्यु भएलगत्तै स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सोमबार दिउँसो तीन बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।
वीरगन्ज–जीतपुर सडकखण्डको विभिन्न चोकमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलवार बिहानैदेखि प्रदर्शन शुरु गरेका छन् ।
गण्डक, लिपनीमाल, चैनपुर, परवानीपुर, नितनपुर र जीतपुरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि चोकचोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
यस्तै पर्साको देउरवाना बजारमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । देउरवानामा सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार पनि बन्द गराएको संघीय समावेशी मधेशी मोर्चाका नेता अजय मिश्राले जानकारी दिए ।
यसैबीच बाराको मटिअर्वामा पनि मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । मटिअर्वा चोकबाट प्रदर्शनकारीहरुले जुलुश निकालेर मटिअर्वा छोटी भन्सार कार्यालयमा जारी धर्नामा पुगी समर्थन जनाएका छन् ।
वीरगन्ज रक्सौल नाका ४१ दिनदेखि ठप्प
वीरगन्ज रक्सौलको मितेरी पुलमा मधेसी मोर्चाको धर्ना र नकाकाबन्दी मंगलवार ४१ औं दिन पनि जारी रहेको छ ।
सोमबार बिहान प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीहरुलार्इ केहीबेर हटाएर नाका खोलेपनि सोमबारै बिहान ११ बजे देखि फेरि मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले मितेरी पुलमा धर्ना दिएर रक्सौल– वीरगन्ज नाका ठप्प पारेका हुन् ।
सोमबार बिहान पौने पाँच बजे तिर मितेरी पुलमा पुगेको प्रहरीले लाठी चार्ज गरेरआन्दोलनकारी हटाएपछि वीरगन्जबाट दुई सय २९ वटा भारतीय खाली गाडी रक्सौल प्रवेश गरेका थिए ।
तर रक्सौलमा फसेका नेपालका मालवाहक गाडीहरु भने एउटा पनि वीरगन्ज छिर्न सकेनन् । सोमबार बिहान मितेरी पुलमा प्रदर्शनकारीहरु सुतेकै बेला करिब चार सयको संख्यामा गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेर धपाउनुका साथै धर्नास्थलका पाँचवटा टेन्ट र बाँस जलाइदिएका थिए ।
प्रहरीले मितेरी पुलको धर्नास्थलबाट सोमबार बिहान दुईजना भारतीय र तीन जना नेपालीसहति पाँचजना प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।www.annapurnapost.com