सीमामा जारी समस्याका कारण भूकम्प पीडितहरुलाई राहत पुर्याउन निकै कठिन हुन थालेको बताउँदै दूतावसद्वारा जारी प्रेस विज्ञप्तीमा यसको छिठो भन्दा छिठो समाधान खाेजिनुपर्ने बताइएको छ । ‘जाडो महिना सुरु भएको छ र भूकम्प पीडितलाई राहत पुर्याउन सकिएको छैन,’ विज्ञप्तीमा उल्लेख छ, ‘यसले गहिरो मानवीय संकट निम्त्याउन सक्छ । त्यसैले यो गतीरोधमा संलग्न सबै पक्षले आ–आफ्नो तर्फबाट गर्दै आइरहेको समाधानको प्रयासलाई दुई गुणा बढाउनु पर्छ ।’
उक्त विज्ञप्तीमा सबै पक्षको योगदानबाट मात्रै राजनीतिक वार्ताको सकारात्मक वातावरण निर्माण हुने र नयाँ संविधानमा सबैको भावना समेटिने उल्लेख गरिएको छ । यस्तै अमेरिका सदैव नेपालको प्रजातान्त्रिक अभ्यासको बाटोमा साथ दिने तथा पुनर्निमाणलाई सक्रियताका साथ सहघाउने बताएको छ ।kantipur.ekantipur.com
तपाईंले मेरो देशलाई नाकाबन्दी लगाएको कारण आज मेरो चित्ता दुखेको छ, मन फाटेको छ र आँसु झरेको छ । मोदीलाई जम्मु काश्मिरबाट एक भारतिय गोर्खा सैनिकको खुला पत्र
संग्राम किराती
प्रधानमन्त्री नरेन्द्र मोदी साहेब
म भारतीय सेनाको नवौ गोरखा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत(पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्यो भने मैले उसलाई खत्तम पार्नु छ । पार्न सक्छुु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।
म भारतीय माटोमा उभिएको छुु, मेरो हातमा भारतीय बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छुु । फेरि पनि जानुु पर्नेछ त्यहीँ । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै सबै उतै छन् । सम्झिरहेको छुु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छुु, उही मैयुङ र सिलिचुुङ । मेरो भोजपुर, पिखुुवा, इरखुुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो । सिमानामा हामी छौ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
मलाई माफ गर्नुहोस्
तपाईंलाई सलाम गर्ने यो हातले आज कलम समात्यो । तपाईंले दिनुुभएको राइफलले तपाईंका दुश्मन विरुद्ध गोली निकाल्ने औँलाले अक्षर लेख्यो । म फेरि पनि माफी चहान्छुु, मैले भारतीय सेनाको नवौ गोर्खा राइफल्समा भर्ना हुँदा खाएको कसम केही छिनलाई भुुलेको छुु । मलाई थाहा छ, मैले सैनिक पेशामा रहँदा यस्तो लेख्नुु हुँदैन ।
मलाई यो पनि थाहा छ, यो सैनिक अनुशासन विपरीत हो । अझ मलाई यो पनि थाहा छ, मैले मेरो कर्तव्य भुल्दै छुु । कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ कि, अनुशासन र कर्तव्यभन्दा अरू नै बलशाली भएर आउँदा रहेछन् । हो, यसबेला मलाई भारतीय सेनाको कर्तव्य र अनुशासन भन्दा मैले १९ वर्ष बिताएको र अब धेरै वर्ष बिताउनुुपर्ने मातृभूमिको माया बलशाली भएर आएको छ । म जुन देशको सेवामा छुु, त्यही देशले आफ्नो देश माथि नाकाबन्दी गर्दा बहुतै चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आँशुु आउँदो रहेछ ।
यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला रु यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला रु हामी हजारौ नेपाली तपाईंको सेवामा छौ । हामी सबै गोर्खाली आज बेचैन छौ, किनभने तपाईंले हाम्रो देशमाथि नाकाबन्दी गर्नुभएको छ । मेरा आफन्ता, परिवार, साथीभाइ र मेरा देशवासीले तपाईंको नाकाबन्दीका कारण अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् ।
यस कारण हजुरलाई यो पत्र लेख्ने धृष्टता गरेको हुँ । यति लेख्दालेख्दै मलाई थाहा छ, मेरा देशका केही मधेशी, थारू, मूलवासीहरू असन्तुष्ट छन् । उनीहरूको जायज मागको पक्षमा म पनि छु । तर, देशभित्रका असन्तुष्टि माथि खेलेर तपाईंहरूले सन्तुष्टि लिइरहनुुभएको छ । हो, मेरो असन्तुष्टि तपाईंहरूको त्यही सन्तुष्टिको विरोधमा हो ।
प्रधानमन्त्री साहेब
इतिहास लामो छ । कहानी धेरै छन् । दुई सय वर्ष पुग्यो, हामी गोर्खा सैनिकहरूले तपाईंहरूको भूमिको रक्षा गरेको । मेरो पुर्खाले भारतीय माटोका लागि रगत र पसिना बगाएका छन् । यो दुई सय वर्षमा लाखौँलाख नेपाली युवाले भारतीय माटोको रक्षाका लागि बेहिसाब खुन(पसिना दिएका छन् । हाल करिब ६५ हजारभन्दा बढी गोर्खाली सातवटा रेजिमेन्टमा कार्यरत छन् । हामीलाई थाहा छ, यी सातवटा रेजिमेन्टका ६५ हजारभन्दा बढी गोर्खाली भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन् । जसले आबश्यक परे संसार हल्लाइदिन्छ । हल्लाएको पनि थियो । संसार हल्लाउनेले भारत हल्लाउँदैन र रु
इतिहासलाई फर्केर हेर्नुहोस्, साहेब
करिब एक वर्षअघि तपाईं हाम्रो देश नेपाल भ्रमणमा जानुभएको बेला हामीलाई असाध्यै खुशी लागेको थियो । हामीले हाम्रो पल्टनमा नम्बरी साथीहरूसँग खुशी मनाएका थियौँ । अझ तपाईंले जब नेपालको संविसानसभामा हामी गोर्खा सैनिकका बारेमा बोल्नुुभयो, त्यसले त हामीलाई झनै गर्व लागेको थियो । हामीले गरिरहेको सेवाको सार्थकता महसुस भएको थियो । तपाईंले नेपालको संसदमा भन्नुुभएको थियो, ‘भारत निर्माणमा गोर्खालीहरूको ठूलो बलिदान र योगदान छ । भारतले लडेको यस्तो कुनै पनि युद्ध छैन, जहाँ गोर्खालीको रगत नबगेको होस् ।’
हो, सत्य त यही हो । आज हामी गोर्खालीहरू जम्मु काश्मिरमा छौँ, लद्दाखमा छौँ । जहाँ(जहाँ भारतीय सिमाना छन्, त्यहाँ(त्यहाँ छौँ । भारतलाई सबैभन्दा बढी खतरा जहाँबाट छ, हामी त्यहीँ छौँ । सिमानामा हामी छौ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
यति भनिसकेपछि म तपार्इंलाई इतिहासको सम्झना गराउन चाहन्छुु । भारतको सैनिक इतिहास एकपटक पल्टाएर हेर्न अनुरोध गर्दछुु । हामी नेपाली युवाले तपाईंको देशका लागि कति युद्धका मोर्चाहरू सम्हालेका छौ । तपाईंलाई थाहा छ, समृद्धिको पहिलो शर्त शान्ति(सुरक्षा हो । शान्तिविना समृद्धि सम्भव नै छैन । हामी भारतको समृद्धिको पहिलो कारण हौ, किनभने भारतको शान्ति र सुरक्षामा गोर्खालीहरूको ठूलो हात छ । देशभित्रको आन्तरिक व्रिदोह र विदेशीसँगको युद्धमा गोर्खा सैनिकले कति योगदान गरेका छन् रु संसार भलिभाँती जानकार छ ।
सम्झौता पढ्नुहोस्
हामी कसैले प्रचार गरिएजस्तो भाडाका सिपाही कदापि होइनौ । ७ नोभेम्बर १९४७ मा ब्रिटेन, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा हामी भारतीय सेनामा भर्ती भएका हौ । कसैलाई लागेको होला, गोर्खालीहरू भाडाका सैनिक हुन्, जसले नुन दिएको छ उसकैको सोझो गर्नुपर्छ । हामी सबै मोर्चामा भारतको नुनको सोझो गरौँला, तर नेपाल र भारतको बीचमा झगडा भयो भने हामी नुनको सोझो गर्न बाध्य छैनौ ।
सम्झौताको ८ बुँदामा प्रस्ट लेखिएको छ, ‘नेपाल आफैँ युद्धमा संग्लन रहेको स्थितिमा ब्रिटिस तथा भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकहरूलाई फिर्ता बोलाउने अधिकार नेपालसँग सुरिक्षत रहेको छ ।’ यस कारण हामी भाडाका सिपाही होइनौ । देशलाई संकट पर्दा हामी देशको पक्षमा गएर बढो ढुक्कका साथ लड्न सक्छौ । सम्झौताले यही भनेको छ ।
होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र रु मैले भारत र नेपालबीच युद्ध हुन्छ भन्न खोजेको कदापि होइन । यो कुनै उत्तेजना पनि होइन । यतिबेला युद्ध कल्पनाको विषय पनि होइन । तर, यी तथ्य र सम्झौताहरू पनि तपाईं(हामीले सम्झिरहँदा राम्रो हुन्छ भन्ने हो । हामी भारत र नेपाल यस्तरी आपसमा बाँधिएका छौ कि चाहेर पनि भारतले नेपालविरुद्ध लड्न असाध्यै गाह्रो हुनजान्छ । यी सबै तथ्यलाई ध्यानमा राखेर दुवै देशले असल छिमेकी बनिरहनुभन्दा अर्को विकल्प छैन । होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र रु तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।
अन्त्यमा नेपालका नेताहरूलाई
नेपाल माथिको भारतीय नाकाबन्दी गलत हो । तर, नेपालका नेताज्यूहरूले पनि आफ्नो आन्तरिक समस्या आफैँ समधान गर्न नसक्नुु कमजोरी हो । कही न कही कमजोरी भएकै कारण त आज नेपालमा भारत पस्यो । मेरो विचारमा मधेशी, थारु, अन्य उत्पीडित समुदायको जायज मुद्दालाई पनि भारतसँग जोडिदिनुु नेपालका लागि घातक हुन्छ । नेपालका मधेशी, थारू लगायतलाई एकातिर राख्नुहोस् । भारतलाई अर्कोतिर राख्नुहोस् । समस्या समधान हुन्छ । बाहिरकासँग लड्न सजिलो होला, सकिएला तर घरभित्रै झगडा अरूले खेले गाह्रो हुन्छ । हामीले जानेको युद्धको नियमले पनि यही भन्छ । तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।
मधेशीलाई पनि आफ्नै भन्नुहोस् । थारुलाई पनि आफ्नै सम्झिनुहोस् । सबै जातिलाई पनि आफ्नै भन्नुहोस् । तपाईंहरूले आफ्नो नभने अरू कसैले स्वार्थका लागि मेरो भनिदिन्छन् । मधेशी समृद्ध भए, थारू धनी भए, मूलवासी धनी भए, भारत धनी हुँदैन, नेपाल नै धनी हुने हो । बस यति भनौ । हिजो के थियो रु कसले के गर्यो रु त्यो मधेशी, थारु र मूलवासीले खोजिहिँड्ने विषय हुँदै होइन । फेरि हिजोकै जस्तो हुनुपर्छ भनेर तपाईंहरूले रोजिहिँड्ने कुरो पनि होइन । हिजोलाई समीक्षा गरेर भोलिका लागि आज काम गर्ने हो सबैले । इतिहास र पुर्खालाई गाली गलेर देश बन्दैन । पुर्खाले जस्तै चलाउन खोजेर पनि देश बन्दैन ।timenepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आदरणीय कमरेड बाबुराम भट्टराई ‘लालध्वज’,
बिगत तीस बर्षदेखि अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्य गर्नुभयो र त्यो अबधिमा हजुरहरुले सधै ‘नयाँ शक्ति नयाँ बिचार’को प्रयोग गर्नुभएकै हो । त्यो अबधिमा कहिले रक्षात्मक परिस्थितिमा ‘नयाँ बिचार नयाँ शक्ति’को प्रयोगले शक्ति सन्तुलनमा पुगेकै हो, शक्ति सन्तुलनको परिस्थितिबाट पनि ‘नयाँ बिचार, नयाँ शक्ति र नयाँ उर्जा’ सहित रणनैतिक प्रत्याक्रमणमा पनि पुगेकै हो । ‘नयाँ बिचार नयाँ शक्ति’सहित बार्तामा पनि पटक पटक गएकै हो ।
‘नयाँ बिचार नयाँ शक्ति’सहित चुनावमा पनि गएकै हो, ‘नयाँ बिचार नयाँ शक्ति’को बिजय पनि भएकै हो, ‘नयाँ शक्ति नयाँ बिचार’सहित पालै पालो सरकार सञ्चालन गर्ने जिम्मा पनि अध्यक्ष प्रचण्ड र हजुरले पाउनु भएकै हो । ‘नयाँ शक्ति नयाँ बिचार’सहित पटक पटक अन्य राजनीतिक पार्टीलाई पनि सदुपयोग गरेकै हो । ‘नयाँ बिचार नयाँ शक्ति’सहित कहिले कसैलाई पछाडी पनि पार्नु भो, कहिले कसैको पछाडी परेको जस्तो गरेर अरुलाई सदुपयोग पनि गर्नु भएकै हो । फेरि पनि दोस्रोपटक ‘नयाँ शक्ति नयाँ बिचार लिएर चुनावी मैदानमा होमिनु भो नतिजा शक्ति सन्तुलन भन्दा पनि अझै नाजुक स्थिति मा पुग्नुभो, र पनि अध्यक्ष कमरेड प्रचण्डसँग हजुरको सहकार्यले ‘नयाँ शक्ति नयाँ बिचार’ले दुई ठूला पार्टीलाई घुमाइदिनु भएकै हो । संघीयता गणतन्त्र धर्मनिरपेक्षता सहितको संविधान ल्याउन हजुरहरुको ‘नयाँ बिचार नयाँ शक्ति’ले काम गरेकै हो । शक्ति सन्तुलनको स्थितिमा यति धेरै उपलब्धि पाउनु पनि ठूलो कुरा नै थियो जुन अहिले प्राप्त भएको छ ।
तपाईले नयाँ शक्तिको नाममा प्राप्त उपलब्धिलाई धोका दिनु भएको छ, यो धोकासहित माक्र्सवाद लेनिनवाद र माओवादको बिचार र प्रयोगले जसरी तपाइलाई यो हाइटमा पुर्याएको थियो अब अर्को माक्र्स नजन्मिदासम्म तपाईको राजनीतिक अस्तित्व पतनतिर जाँदै गरेको देखिरहेको छु ।
अध्यक्ष कमरेड प्रचण्डसँग हजुरको ३० बर्षे सहकार्यमा सधै ‘नयाँ बिचार नयाँ शक्ति र नयाँ प्रयोग’ गर्नुभयो र आज देशको संविधानमा केही नयाँ कुराहरु थपिएका छन् । शक्ति सन्तुलनको परिस्थितिमा पनि लगभग प्रमुख मुद्दाहरु एमाओबादी कै स्थापित भएको छ । जुन कुराहरु स्थापित गर्न हजुरहरुको महत्वपूर्ण भुमिका छ, हजुरहरुको नयाँ प्रयोगले सम्भव भएको हो ।
अब यी प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न र बाँकी उपलब्धिको लागि ‘नयाँ शक्ति नया बिचार र नयाँ प्रयोग’ गर्ने समय आएको थियो तर तपाईं अरु छुट्टै खालको ‘नयाँ शक्ति’ खोज्दै भौतारिदै हुनुहुन्छ । हिजो भुमिगत कालदेखि सार्बजनिक कालसम्म हजुरहरुले सधैं नयाँ बिचार दिनुभयो, नयाँ प्रयोगको अवधारणा ल्याउनुभयो, जसलाई हजुरको कयौं सहपाठीसहित फिल्डमा हामीले साथ दियौ र यो उपलब्धि हासिल भयो । तर, फेरि तपाईं आज यो उपलब्धिलाई संस्थागत गर्नुको साटो यसलाई मान्दैन भन्दै बाहिर बाहिरका केही ठूलाठालुसँग कुम जोड्दै अर्को कुन खालको नयाँ शक्तिको खोजीमा हुनुहुन्छ ? तपाईंको नयाँ बिचार नयाँ प्रयोग सधै पार्टीमा प्रयोग गर्नु भएकै थियो । अझै यो भन्दा पनि छुट्टै खालको नयाँ बिचार तपाइको दिमागमा आएको थियो भने पार्टीमा तपाईले प्रयोग गर्न सक्नुहुन्थ्यो, तपाईंलाई अध्यक्षसहित तमाम सहपाठीहरुले साथ दिन्थे, तर तपाईंले आफ्ना पूराना सहपाठीहरुलाई विश्वास गर्नुभएन, बाहिर बाहिर बिश्वासपात्रहरु खोज्दै हिड्नु भएको छ । तपाईले नयाँ शक्तिको नाममा प्राप्त उपलब्धिलाई धोका दिनु भएको छ, यो धोकासहित माक्र्सवाद लेनिनवाद र माओवादको बिचार र प्रयोगले जसरी तपाइलाई यो हाइटमा पुर्याएको थियो अब अर्को माक्र्स नजन्मिदासम्म तपाईको राजनीतिक अस्तित्व पतनतिर जाँदै गरेको देखिरहेको छु ।
dainiknepal.com

जेनेभा, १९ कात्तिक । मधेसमा संविधान जलाई वितण्डा मचाई रहेका सदभावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले जेनेभामा नेपालको संविधान जलाएर राष्ट्रकै बेईज्जती गरेका छन् ।
जेनेभामा जारी अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा सहभागी हुन पुगेका सदभावना नेता यादवले मानवअधिकार उच्चायोगको मुख्यालय अगाडि नै आफ्नै देशको संविधान जलाएका छन ।
मधेसमा सरकारको तर्फबाट आन्दोलनकारीहरूमाथि दमन भई रहेको प्रतिवेदन समेत पेस गरेको छ । नेपालमा भारतद्वारा गरिएको अघोषित नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने माग उठिरहेको बेला मधेसी नेताले नेपाल सरकारकै खिलाफ आफ्नो मुद्दाको अन्तर्राष्ट्रियकरण गर्न जेनेभा पुगेका थिए ।
नेपाल सरकारले आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको र आफ्नो मुद्दालाई नयां संविधानमा नसमेटिएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्ना एक पदाधिकारी पार्टीका सहमहासचिवलाई जिनेभा पठाएका थिए ।
जनकपुरमा गत साता भएको मधेसी मोर्चाको बैठकमा सहभागी देवेन्द्र यादवलाई बैठक नसकिंदै जेनेभा उड्न लगाएका थिए ।
यही आईतबार दोहाको कतार हुँदै जेनेभा पुगेका देवेन्द्र यादवले थर्ड एलायन्सका दीपेन्द्र झासंगै जेनेभामा मधेसमा भएको मानवअधिकार उल्लंघनको भिडियो र राष्ट्रिय मानवअधिकार आयोग, एमनेष्टी इंटरनेशनल तथा ह्यूमन राईट वाच डगको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

कार्तिक १९, २०७२- भारतले पहिलोपटक नेपालमा गठित सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रभावकारितामाथि प्रश्न उठाउादै द्वन्द्वकालमा भएका गैर न्यायिक तथा हिंसात्मक घटनामा जिम्मेवार रहेका पदाधिकारीमाथिको कारवाहीमा भैरहेको प्रकृयागत छानविनमा चासो राखेको छ ।
जेनेभास्थित राष्ट्रसंघीय नियोगमा जारी विश्वव्यापी आवधिक समीक्षा(युपिआर)का क्रममा बुधबार राति भारत सरकारका तर्फबाट स्थायी प्रतिनिधिले ‘नेपाल सरकारलाई सुझाव’ भन्दै बिभिन्न ५ बुँदामा सरोकार राखेका थिए । बिशेषत दुइ साताअघि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको गठन भएपछि ओली मन्त्रीमण्डल सदस्यका रुपमा एमाओवादीका अग्नी सापकोटा वनमन्त्री नियुक्त हुनासाथ सापकोटाको नाममा दिल्लीले ‘असन्तुष्टी जनाएको’ सूचना बाहिर आएको थियो । सापकोटा माओवादी पार्टीको शसश्त्र द्वन्द्वकालमा व्यक्तिहत्याको अभियोगमा मुछिएका नेताका रुपमा मानवअधिकार संघ/संगठन र बिभिन्न अधिकारवादी निकायले चिनाउँदै आएका छन् । अहिले ओली सरकारको मन्त्री रहेका सापकोटाको नियुक्तीले सत्य निरुपणको आम–सिद्धान्तमा प्रश्न उठाएको भन्दै भारतले जेनेभा मञ्चमा आयोगको प्रभावकारितामा संकेतमा सरोकार राखेको छ ।
यसैगरी, जेनेभा मञ्चमा उभिएर भारतले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्र अस्तित्व र आर्थिक स्वायत्ताबारे पनि चासो राखेको छ । भारतले महिला तथा बालबच्चाका लागि एक स्वतन्त्र आयोग गठन गर्न पनि नेपाललाई सुझाव दिएको छ । यो सुझाव दिने क्रममा उसले नेपालमा रहेको महिला अधिकार आयोगबारे ‘जानकारी नभएको’ संकेत गरेको छ ।
भारतले जारी राखेको ‘अघोषित नाकाबन्दी’ले नेपाली समाजमा उत्पन्न गराएको राजनीतिक र आर्थिक संकटका बारे ध्यानाकर्षण गराउन संयुक्त राष्ट्र संघको जेनेभा बैठकमा पुगेका परराष्ट्र मन्त्री कमल थापाको भनाइमा प्रतिवाद गर्दै भारतले ‘नेपाली धर्नाकारीकै कारण निर्वाध ढुवानीमा अवरोध आएको’ पुरानै जवाफ दोहोर्याएको छ ।
जेनेभास्थित राष्ट्रसंघीय नियोगका भारतीय स्थायी प्रतिनिधि बीएन रेड्डीले मन्त्री थापाको भनाइमा तत्काल प्रतिवाद मन्तव्य राख्दै ‘नेपालमा राजनीतिक विकासक्रम हुन नसकेको र हिंसा, गैरन्यायिक हत्या तथा जातीय विभेदको स्थिति बढ्दो रहेको’ टिप्पणी गरेका छन् । बुधबार राति जेनेभाको राष्ट्रसंघीय मञ्चमा २३ औं विश्वव्यापी आवधिक समीक्षा(युपीआर) जारी रहेका बेला विश्वका ७९ देशले भाग लिएका थिए ।
नेपालमा संविधान जारी भएलगत्तै बिभिन्न घटनामा ४५ सर्वसाधारणको मृत्यु भएको सन्दर्भ उल्लेख गर्दै स्थायी प्रतिनिधि रेड्डीले ‘यी घटनाको सत्यतथ्य अनुसन्धान गर्न र यी प्रकृतिका गैरन्यायिक घटना फेरि नदोहोरिने विश्वस्त आधार पहिल्याउन’ नेपाल सरकारलाई आग्रह गरेका छन् । ‘नेपालमा देखिएको समस्या राजनीतिक प्रकृतिका हुन् र यिनलाई कुनै शक्ति वा सुरक्षा बलको पहुँच आधारमा समाधान गर्न सकिन्न,’रेड्डीले भने । ‘नेपाल सरकारलाई सुझाव’ भन्दै भारत सरकारका प्रतिनिधि रेड्डीले ‘संविधान निर्माण तथा लोकतान्त्रिकरण पद्धतीमा नेपालका सबै वर्ग र समुदायले स्वामित्व र सहभागिता जनाउन सक्ने स्थिति निर्धारण गर्न’ बुँदागत उपाय सुझाएका छन् ।
जेनेभा मञ्चमा भारतले नेपालमाथि जारी राखेको नाकाबन्दीबारे अन्र्तराष्ट्रिय मञ्चको ध्यानाकर्षण हुने गरी नेपालको भनाइ राख्न गएका परराष्ट्र मन्त्री कमल थापाले कुटनीतिक लवजमा ‘नाकाबन्दी’को साटो ‘अवरोध’ शब्द राखेर स्थितिबारे जानकारी गराएका थिए । उनले ‘सीमा नाकाहरुमा अत्यावश्यक बस्तुहरुको आपुर्तीमा अवरोध भएको’ भन्दै संकेतमा भारतले एउटा भुपरिबेष्ठित राष्ट्र नेपालको अन्र्तराष्ट्रिय कानुन अनुसारको अधिकार र स्वतन्त्रता खोस्ने काम गरेको आवाज उठाएका थिए । ‘हाम्रो क्षेत्रीय र अन्र्तराष्ट्रिय ब्यापार रोकिएको अवस्था छ, उद्योग–कलकारखाना धरासायी हुने अवस्थामा छन्,’मन्त्री थापाले भने, ‘हामी एकदमैं असहज अवस्थामाझ गुज्रिरहेका छौं ।’
मन्त्री थापाले नेपालको आन्तरिक राजनीतिक समस्या हल गर्न नेपाल आफैं सक्षम रहेको भन्दै भारतले गरेको नाकाबन्दी र संविधान निर्माण क्रममा राखिएका अनावश्यक अडान तथा शर्तमाथि ‘संकेतमा प्रश्न गर्दै’ भनेका थिए, ‘के नेपाललाई आफ्नो संविधान आफैं घोषणा गर्ने अधिकार छैन ?’
जेनेभा बैठक क्रममा प्रधानमन्त्री कार्यालयका सचिव कमलशाली घिमिरे, जेनेभास्थित नियोगका स्थायी प्रतिनिधि दीपक धितालसहितको उपस्थिति थियो । बैठक चलिरहेका बेला संयुक्त राष्ट्र संघको कार्यालय अगाडी युरोपस्थित नेपाली समुदायले भारतीय नाकाबन्दीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए । जेनेभास्थित पत्रकार ददी सापकोटाका अनुसार राष्ट्रसंघीय नियोगका नेपाल प्रतिनिधि, कानून ब्यवसायी तथा नेपालबाट गएका प्रतिनिधिसहितको परामर्शमा आयोजित प्रदर्शनीले एउटा भुपरिबेष्ठीत र अन्र्तराष्ट्रिय कानून/सन्धीमा बाँधिएको मुलुकले पाउनुपर्ने निशर्त हक–अधिकारका पक्षमा सरोकार उठाएको थियो ।
kantipur.ekantipur.com

काठमाडौँ, १९ कात्तिक । सरकारमा सहभागी दलका शीर्ष नेतासँगको छलफलपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमाले र अन्य दलकातर्फबाट बुधबार थप मन्त्री नियुक्ति गर्ने बताइए पनि अन्य दलसँगको छलफल बाँकी रहेकाले विस्तार हुन सकेन ।
एमाले स्थायी समितिको मङ्गलबारको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको थियो ।
एमाले स्थायी समितिका सदस्य शङ्कर पोखरेलले गठबन्धनमा सहभागी दलका नेतासँगको छलफल सकिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो ।
एमाओवादीले पाउने मन्त्रालयमा मन्त्री नियुक्ति भइसके पनि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त लगायत दललाई दिइने मन्त्रालय र ती दलबाट आउने नामसहितका आधारमा मन्त्रिमण्डल विस्तार हुनेछ ।
तराई मधेसको आन्दोलनलाई वार्ताबाट समाधान गर्न तथा पेट्रोलियम पदार्थको अभावबारे राजनीतिक छलफल चलेको तथा राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री÷परराष्ट्र मन्त्री कमल थापा विदेशमा रहनुभएकाले सरकारको पूर्णतामा ढिलाइ भएको हो । नेकपा संयुक्तले सरकारमा जानेबारेमा छलफल गर्न यही कात्तिक २० गते आफ्नो पोलिटब्युरो बैठक राखेको छ ।
स्थानीय विकास मन्त्रालय राप्रपा नेपालले पाउने निश्चित भए पनि अन्य साना दलको मन्त्रालय टुङ्गो लागेको छैन । एमालेले पाउने भनिएका अर्थ, रक्षा, सञ्चार आदि मन्त्रीमा योग्यता, क्षमता, प्रत्यक्षमा निर्वाचित, भूगोल, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षलाई ध्यान दिई निर्णय गर्न प्रधानमन्त्री ओलीलाई जिम्मा दिइएको छ ।
आकाङ्क्षी बढेका बेला एमालेभित्र आन्तरिक एकता सुदृढ बनाएर समावेशीताका आधारमा मन्त्री चयन गर्नु प्रधानमन्त्री ओलीका लागि चुनौतीपूर्ण देखिए पनि अब चाँडै पूर्णता पाउने एमाले नेताले जनाएका छन् । रासस

काठमाडौं, १९ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच इन्धन आपूर्तिमा सघाइरहेको चीनले पनि अब नेपालमा नाकाबन्दी गर्ने दाबी गरिएको छ ।
भारतको नाकाबन्दीमा सीमामा धर्ना बसेर सहयोग गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब चीनले पनि नेपालमा नाकाबन्दी गर्ने दाबी गरेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चामा आबद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उत्तरी छिमेकी चीनले मधेस आन्दोलनलाई समर्थन जनाउँदै केही समयभित्रै नाकाबन्दी गर्ने दाबी गरे ।
महताले नाकाबन्दीलाई ‘बाध्यात्मक’ परिस्थितिसँग तुलना गर्दै मधेस आन्दोलनमा चीनले पनि ऐक्यबद्धता जनाइसकेको दाबी गरे । उनले भने- ‘संबिधानसभामा चुनावमा जान अन्तरराष्ट्रिय समुदायले दबाव दिएपछि २०६४ फागुन १६ मा हामीले सरकारसंग ८ बुँदे सम्झैता गरेर त्यतिबेलाको मधेस आन्दोलन रोक्यौं । माधव नेपाल र पुष्पकमल दहाललाई साक्षी राखेर गिरिजाप्रसादले सरकारको तर्फबाट गरेको सम्झैता यतिखेर सरकारले नमानेकोले अन्तराष्ट्रिय जगत यतिखेर हामीलाई साथ दिनुपर्छ ।’ कुटनीतिक निकायहरुका लागि यो नैतिक प्रश्न भएको उनले दाबी गरे ।
मधेस आन्दोलनमा सरकारले मानव अधिकारको गम्भीर उलंघन गरेको भन्दै उनले नेपाललाई गोली गट्ठा र इन्धन लगायत आपूर्ति रोक्नुपर्ने उनको धारणा थियो ।