काठमाडौँ, २५ कात्तिक । पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ भवनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्याश गर्नुभयो ।
काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लिबीच भएको सार्वजनीक निजी साझेदारी अवधारणा अन्तर्गत उक्त टावर निर्माण हुन लागेको हो । पहिलो चरणमा १२ तलाको भवन तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।
सो अवसरमा उपराष्ट्रपति पुनले मुलकको ईज्जत र प्रतिष्ठासित जोडिएको यो भवन तोकिएको समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “उपत्यकामा थोरै क्षेत्रमा बढ्दो जनसङ्ख्याको चापलाई व्यवस्थित गर्ने गरी आवास, व्यापारिक वा अन्य प्रयोजनका लागि भवन निर्माण गर्नु चुनौतिपुर्ण हुँदै गएको छ, यसको विकल्प भनेको बहुउद्देश्यीय भवन निर्माण गर्नु हो ।”
उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने गरी निर्माण हुन लागेको भवन आन्तरिक र बाह्य पर्यटनको समेत केन्द्र बन्ने उहाँको भनाइ थियो ।
उहाँले संविधान जारी भएपछि नयाँ सम्भावनाका अवसरहरु सुरु भइसकेको बताउँदै मुलुकमा विकास, शान्ति र समृद्धि हुन सकेमा मात्रै परिवर्तनको सार्थकता र औचित्य सिद्ध हुने बताउनुभयो ।
संविधान निर्माणको क्रममा देखिएका समस्यालाई राजनीतिक एवम् कूटनीतिक ढङ्गले समाधान गर्न सरकारले पहल गर्ने उहाँले आशा व्यक्त गर्नुभयो ।
स्थानीय विकास तथा सङ्घिय मामिला राज्यमन्त्री कुन्तीकुमारी शाहीले सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत बन्न लागको भवन साझेदारीको नमूना बन्ने गरी निर्माण सम्पन्न हुने आशा व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणको क्रममा तोकिएका सबै मापदण्ड पुरा गर्न निर्माणकर्तालाई आग्रह गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पपछि मुलुकमा निर्माण हुन लागेको सबैभन्दा ठुलो परियोजना भएकोले यसको सफलताले अन्य क्षेत्रमा समेत सार्वजनिक निजी क्षेत्रको सहकार्यका लागि बाटो खुल्ने बताउनुभयो ।
निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लिका अध्यक्ष मनोज कुमार भेटवालले दुई वर्ष अघिनै सम्झौता भएपनि विविध कारणले निर्माणकार्य ढिलाई भएको जानकारी दिँदै प्राचिन कलासहितको अन्तरराष्ट्रियस्तरको अत्याधुनिक भवन निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम(लोकतान्त्रीक)का अध्यक्ष बिजयकुमार गच्छदारले पठाउनुभएको भवन निर्माण समयमै सम्पन्नताको कामना सहितकोे शुभकामनापत्र पढेर सुनाइएको थियो ।
रु सात अर्ब लगानी, दुई तला पार्किङसहितको सो भवन तीस वर्ष निर्माण कम्पनीले प्रयोग गरी महानगरपालिकालाई सुम्पने सम्झौता रहेको छ । रासस
dainiknepal

कार्तिक २५, २०७२- प्रधानमन्त्री केपी ओलीले देशले अहिले भोगिरहेको कठिनाई र आम देशबासीको दु:ख कष्टप्रति अत्यन्त संवेदनशील र दु:खी रहेको बताएका छन् । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा प्रधानमन्त्रीले ओलीले शुभकामना सन्देश दिँदै आन्तरिक कठीनाईका बाबजुद सांस्कृतिक पर्व तिहार मनाइरहेको उल्लेख गरेका छन् ।
‘देशले अहिले भोगिरहेको कठिनाई र आम देशबासीले भोगिरहेको दु:ख कष्टप्रति म अत्यन्त संवेदनशील र दुखी छ’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘यस्तो परिस्थितिमा पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइले देखाउनु भएको धैर्य र संयमको सम्मान गर्दै दिपावलीको शुभकामना व्यक्त गर्दछु ।’
हालै जारी भएको नयाँ संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबैको एकता अनिवार्य रहेको ओलीले उल्लेख गरेका छन् । ‘संविधान जारी भइसकेको परिस्थितिमा अब हामीले देशलाई आर्थिक समृध्दिको दिशामा अगाडि बढाउन आवश्यक छ,’ ओलीले भनेका छन्, ‘त्यस निमित्त हामी सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’
यस्तै, नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले पनि तिहारको शुभकामना सन्देश दिँदै अभाव र कठिन परिस्थितिमा तिहार मनाउनु परेको उल्लेख गरेका छन् । ‘तराई–मधेशको आन्दोलन र छिमेकी मित्रराष्ट्र भारतबाट भएको नियन्त्रित आपूर्तिले यसपटक अभावका बीचमा तिहार मनाउनु परेको छ,’ कोइरालाको सन्देशमा भनिएको छ, ‘अभावका बीचमा पनि मुस्काउँदै आपसी सद्भाव र भातृत्व कायम राख्नसक्ने सहनशील स्वभाव र धैर्यलाई हामीले गुमाएका छैनाैं ।’
सभापति कोइरालाले कांग्रेससहित व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरु समस्याको समाधान आपसी संवाद, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट गर्न प्रतिबद्ध रहेकोले यो अवस्था छिट्टै समाधान हुने विश्वास गरेका छन् ।
kantipur.ekantipur

तिहारपछि मधेसी दलसँग सहमति हुने दावी, ओलीले कतिसम्म खुट्टा टेक्छन् हेर्न बाँकी छ,एमाले–एमाओवादी एकता गलत प्रचार
- अगन्धर तिवारी, पर्वत
कार्तिक २५, २०७२- एमाओवादीका महासचिव कृष्णबहादुर महराले देशभक्त शक्तिहरुबीच संयुक्त मोर्चाबन्दीको आवश्यकता रहेको र अहिलेको सरकार त्यसकै एउटा संकेत भएको बताएका छन् । तर, यसलाई लिएर एमाले र एमाओवादी एकीकरण हुन लागेको भनेर गलत प्रचार गरिएको पनि उनले बताए ।
कार्यकर्ता भेटघाटका क्रममा पर्वत आएका महराले भने, ‘मुलुकलाई आवश्यक पर्दा निकास दिन गरिएको सहकार्यलाई गलत प्रचार गरिएको छ । हाम्रो पार्टी मन लाग्दा जे पनि गर्ने होइन, एकता भए पनि पहिलो चरणमा माओको बिचार मान्नेहरुबीच बृहत छलफल हुन्छ, त्यसपछि मात्रै अरु कम्यूनिष्टहरुसँग छलफल गरेर अघि बढ्छौं ।’
विगत दश वर्षयता माओवादी दलाल तथा नोकरशाहहरुको घेरामा परेका कारण पार्टी बिग्रिएर धेरैपछि धकेलिएको भन्दै अब शुद्धीकरण गरेर अघि बढ्दै श्रम र उत्पादनमुखी भएर अघि बढ्ने बताए ।
महराले अहिले एमाओवादी तीनवटा स्वार्थ बोकेर सरकारमा गएको उल्लेख गर्दै ती स्वार्थ जसरी भए पनि पूरा गराएरै छोड्ने बताए । ‘ठीक ढंगले संविधान लागु गर्न, राष्ट्रिय राजनीतिमा हस्तक्षेप बढाउन र जनतालाई राहत तथा सेवा गर्न सरकारमा गएका हौं,’ उनले भने, ‘हामी नभए संविधान लागु हुनेवाला छैन ।’
कांग्रेस र एमाले मिलेर पुरानो संविधान ब्युत्याएर द्वन्द्वकालका मुद्दा लगाएर आफूहरुलाई जेल हाल्ने तयारी गरेकाले हदैसम्म लचिलो भएर संविधान जारी गरेको भन्दै उनले भने, ‘संविधान नबनेको भए अहिले हामी जेल जाने थियौं ।’
तराईमा जारी आन्दोलनका मुख्य माग सम्वोधनको तयारी भइरहेको बताउँदै उनले केही दिनमा तराईको आन्दोलन सकिने पनि बताए । ‘आन्दोलनकारीहरुका दुइटा मुख्य माग पूरा भइसकेका छन्, सीमांकनको कुरा पनि अब समाधान हुन्छ । तिहार लगत्तै औपचारिक वार्तामा बसेर सबै समस्या समाधान गरिन्छ,’ उनले भने । तराईको समस्या समाधानका एमाले कठोर बन्दा संक्रमणकाल लम्बिएको पनि महराले आरोप लगाए ।
भारतले गरेको नाकाबन्दीलाई सबै नेपाली एकताबद्ध हुने अवसरका रुपमा आफ्नो पार्टीले लिएको उनले बताए । ओली नेतृत्वको सरकारले खुट्टा कमाउन नहुने भन्दै उनले भने, ‘ओलीले कतिबेला सम्म खुट्टा टेक्छन्, हेर्न बाँकी छ । अहिले राष्ट्रिय स्वाधिनताका पक्षमा दह्रो खुट्टा टेक्न सके हामी छिट्टै आत्मनिर्भर बन्छौ ।’

काठमाडौं, २५ कात्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् ।
मंगलबार राति भएको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ओबामाले मोदीलाई सुरुमा दिपावलीको शुभकामना दिएका छन् । र दुबै जनाले अर्काे हप्ता टर्कीमा सुरु हुने जी-२० शिखर सम्मेलनका क्रममा भेटवार्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।
टेलिफोन वार्तापछि मोदीले भारतीय सञ्चारमाध्यमलाई भनेका छन्- ‘मंगलबार राति अमेरिकी राष्ट्रपतिले मलाई फोन गर्नुभयो । हामीले एकआपसमा दिपावलीको शुभकामना बाड्यौं । भर्खरै स्थापित हटलाईनमा यो हामीबीचको पहिलो कुराकानी थियो । राष्ट्रपति ओबामा र म जी-२० शिखर सम्मेलनका क्रममा टर्कीमा भेट्ने कुरा पनि भएको छ ।’
समाचार अनुसार मोदीसँग अमेरिकी राष्ट्रपति ओबामाले अन्य थुप्रै मुद्दामा चाँसो राखेका थिए । जसमा नेपाल भारत सीमा क्षेत्रमा देखिएको अवरोधको विषय पनि रहेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । ‘भारत र नेपालबीचको सीमा नाका अवरोधका बारेमा पनि ओबामाले गम्भीर चाँसो राखेका थिए ।’ समाचारमा भनिएको छ ।
उसो त अमेरिकाका नेपालीले समेत नाकाबन्दीविरुद्ध ह्वाइट हाउस अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् भने नेपालस्थित अमेरिकी राजदूतावासले सूचना जारी गरेर नेपालमा नाकाबन्दीको अवस्था रहेकाले अमेरिकी नागरिकलाई नेपाल नआउन सुझाव दिइसकेको छ । जसका कारण ओबामा भारतीय नाकाबन्दीबारे जानकार रहेको विश्लेषकहरु बताउँछन् ।

२५ कात्तिक, बीरगञ्ज ।
आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले चारवटा ट्रकमा तोडफोड तथा आगजनी गरेका छन् ।
चाडपर्वका बेलामा मोर्चाले बजार खुकुलो पारेको मैकाको फाईदा उठाउदै प्रशासनले राति कार्फ्यू लगाई ट्रक तथा कन्टेनरहरु काठमाडौँ लगायत विभिन्न ठाउमा पुर्याएको भन्दै मोर्चाका कार्याकर्ताहरुले गएराति ड्राईपोर्टबाट स्कर्टिङ गरेर ल्याइएका २ वटा ट्रकमा वीरगञ्जको माईस्थानमा २ ट्रकमा पेट्रोल बम प्रहार गरेर आगजनी गरेका हुन् ।
ना ३ ख ७७२७ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको र आदर्शनगरबाट समान लैजादै गरेको अवस्थामा ना २ ख ६३९३ को ट्रकको सिसा पुटाउनुको साथै साईडलाईट, हेडलाइट तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
मोर्चाले चाडपर्व लक्षितगरि बजार खुकुलो पारेपनि बन्द जारि नै राखेको छ । पर्व भएकोले खाद्यान्न, पुजा समाग्री लगायतको खरिदका लागि खुकुलो पारेको देखेर प्रहरीले राति ११ बजेदेखि विहान ६ बजे सम्म कार्फु लगाई ड्राईपोर्टबाट ट्रक तथा कन्टेनर पठाउने काम गरेको मोर्चाको छ ।
यस्तो गरेमा मधेशी जनताले प्रतिकार गर्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जनपरिचालक समिति संयोजक प्रदिप यादवले बताए ।nepaliheadlines

२५ कात्तिक, काठमाडौं । सिस्नुपानी नेपालले बिहीबार देखाएको देउसीका मुख्य आकर्षण बने ‘केपी ओली’ । तर, प्रधानमन्त्री केपी ओली होइन, उनका डुब्लिकेट अर्का ओली ।
त्यसो त प्रधानमन्त्री केपी ओली खुद प्रज्ञाभवनमा आयोजित देउसी कार्यक्रममा उपस्थित थिए । आफ्नो क्याबिनेटका सातजना मन्त्रीहरुका साथमा उनी नाकाबन्दीको तनाब भुलेर डेढ घण्टा गाईजात्रे शैलीको देउसी कार्यक्रममा रमाए । नक्कली प्रधानमन्त्रीले स्टेजमा देउसी खेलिरहँदा सक्कली प्रधानमन्त्री दर्शकदीर्घामा बसेर मसुमुसु हाँसिरहेका थिए । नक्कली प्रधानमन्त्रीको देउसी यस्तो थियो :
हा है माननीय महिला — देउसिरे
माननीय पुरुष — देउसिरे
सत्ता पक्ष — देउसिरे
प्रतिपक्ष — देउसिरे
दक्षिणको साटो — देउसिरे
उत्तरको बाटो — देउसिरे
लड्दै पड्दै — देउसिरे
धराप थाप्दै — देउसिरे
छिर्के लाउँदै — देउसिरे
झटारो फाल्दै — देउसिरे
उखान हाल्दै — देउसिरे
यहाँसम्म आएँ — देउसिरे
माला लाएँ — देउसिरे
कुर्सीको झट्टी — देउसिरे
हान्नेलाई पनि — देउसिरे
मन्त्री बनाएँ — देउसिरे
माइकको झटारो — देउसिरे
समातेर — देउसिरे
उतै फर्काएँ — देउसिरे
प्रचण्डलाई — देउसिरे
बनमारा भन्थेँ — देउसिरे
बनमाराकै — देउसिरे
बुटी लाएँ — देउसिरे
माओवादीलाई — देउसिरे
बेलुन भन्थेँ — देउसिरे
बेलुनमै चढी — देउसिरे
आकासमा उडेँ — देउसिरे
भनभन साथी हो — देउसिरे
राम्ररी भन — देउसिरे
कुर्सी र भाँच्ने — देउसिरे
माइकै फ्याँक्ने — देउसिरे
नगरौँ अब — देउसिरे
एकआपसमा — देउसिरे
नलरौँ अब — देउसिरे
संसदमा घुर्ने — देउसिरे
दूतावास कुर्ने — देउसिरे
नगरौँ अब — देउसिरे
बद्नामीमा — देउसिरे
नपरौँ अब — देउसिरे
देशको माटो — देउसिरे
छोएर भन्छु — देउसिरे
तराई पहाड हिमाल — देउसी रे
जय जय नेपाल — देउसी रे ।
नक्कली ओलीले देउसी खेलेपछि प्रधानमन्त्री ओलीलाई मन्तव्यका लागि मञ्चमा बोलाइयो । माइकमा उभिएर बोल्नुअघि प्रधानमन्त्रीले आफ्ना डुब्लिकेटलाई निकैबेर घुरेर हेरे । सायद मनमनै भने होलान्, ‘अरु त ठीकै हो, जुँगा मिलेन ।’
कलाकारिताका पारखी प्रधानमन्त्री ओली आफूमाथि प्रस्तुत हुने व्यंग्य सहजै पचाइदिन्छन् । उनले भाषण गर्ने क्रममा भने, ‘धुर्मुसले आज पनि मेरो हुर्मत लिएर छोडे ।’
प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यलाई एक सहभागीले सोधे, ‘उमेरमा प्रधानमन्त्री पनि यस्तै (ठट्यौलो) हुनुहुन्थ्यो होला है !’ राधिका बेस्सरी हाँसिन् । ‘उमेरमा होइन, अहिले पनि ठट्यौलो नै हुनुहुन्छ’ भनिनन् । बरु उनले नक्कली ओलीको जुँगामाथि प्रश्न उठाइन् । उनले ‘जुँगा त ठ्याम्मै मिलेन है’ भन्दा हाँस्ने पालो अरुको थियो ।
बालकोटमा धुर्मुसको आउजाउ
नक्कली केपी ओलीका रुपमा प्रस्तुत भएका थिए, उही चिरपरिचित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ । हास्यश्रृंखला मेरीबास्सैमा नक्कली केपी ओलीको भेषमा देखिँदै आएका उनी व्यक्तिगतरुपमा समेत ओलीसित निकट छन् ।
सिस्नुपानी नेपालले अन्तिम समयमा मात्रै देउसी कार्यक्रममा ओलीको भेषमा प्रस्तुत हुन धुर्मुसलाई अफर गरेको थियो । धुर्मुसले नस्वीकार्ने कुरै थिएन । देउसीका शब्दहरु सिस्नुपानीकै लेखकहरुले तयार गरेका थिए भने स्टेजमा उत्रिँदा धुर्मुसले आफ्नो शैलीमा फूलबुट्टा भरेर त्यसलाई अझै रोचक बनाए । देउसीकै बीचमा उनले आफ्नो गार्ड बनेर उभिएका पात्रलाई पटकपटक स्यालुट हान्न लगाउँदा दर्शकमा हाँसोको फोहोरा छुटेको थियो ।
‘केपी ओलीको भेष धारण गरिसकेपछि म आफूलाई उहाँ नै सम्झिन्छु,’ धुर्मुस भन्छन्, ‘उहाँलाई व्यक्तिगत रुपमा पनि नजिकबाट चिनेकाले क्यारिकेचर उतार्न मलाई सजिलो हुन्छ ।’
केहि दिनअघि मात्रै सुमेरु गु्रपको १५ औं वाषिर्क साधारणसभामा धुर्मुस प्रधानमन्त्री ओलीको भेषमा प्रकट भएका थिए । नक्कली गाडसहित कार्यक्रममा जाँदा केहि सहभागीहरु साँच्चिकै प्रधानमन्त्री भनेर झुक्किए । उनीहरुमध्ये कसैले नाकाबन्दी खुलाउन आग्रह गरेको र कसैले यति धेरै उपप्रधानमन्त्री किन बनाएको भनेर आफूलाई प्रश्न गरेको धुर्मुस बताउँछन् । यस्ता घटनाहरु बारम्बार हुने गरेका छन् ।
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाकै वासिन्दा हुन् धुर्मुस । पहिले आक्कल झुक्कल भेट भए पनि ओलीको गेटअपमा प्रस्तुत हुन थालेदेखि निकटता बढेको धुर्मुस बताउँछन् । धुर्मुसका श्रीमान-श्रीमती ओलीलाई ‘बा’ भनेर सम्वोधन गर्छन् ।
धुर्मुसले पहिलोपटक सम्धीज्यू भन्ने सिरियलमा ओलीको नक्कल उतारेका थिए । त्यसको केही दिनपछि आयोजित गाईजात्रामा उनी ओलीकै अवतारमा प्रस्तुत भए । उक्त गाईजात्रालाई अत्यधीक रुचाइएपछि ओलीको चरित्रलाई धुर्मुसले मेरीबास्सैमा उतारेका हुन् ।
मेरीबास्सैको चरित्र चर्चित बन्दै गएपछि ओलीको आँखामा परेका थिए धुर्मुस । ओलीले एक दिन धुर्मुसका बुढाबुढीलाई घरमै डाके । उनको कलाकारिताको खुलेर प्रशंसा गरे । धुर्मुसपछि मख्ख परे । त्यसयता उनको बालकोट आउजाउ बाक्लै हुने गरेको छ । दशैंमा टीका लगाउनदेखि जन्मदिनमा शुभकामना दिनसम्म उनीहरु ओलीनिवास पुग्छन् ।
ओलीलाई पहिलेदेखि नै कलाप्रेमी नेताको रुपमा आफुले पाएको धुर्मुस बताउँछन् । ‘नेपाली कला र संगीतप्रति उहाँको ठूलो मोह छ,’ धुर्मुसले भने, ‘हामी जाँदा कहिलेकाहीँ आफैं हार्मोनियम बजाएर नारायणगोपालका गीत गाइरहेको देख्थ्यौं ।’
कलाकारिताप्रतिको मोहका कारण नै प्रधानमन्त्रीले जस्तोसुकै व्यस्तताका बावजुद कलाकारहरुले बोलाएको कार्यक्रममा समय निकाल्ने गरेको उनको भनाइ छ ।
onlinekhabar

काठमाडौ । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालमाथिको भारतले लगाएको नाकाबन्दी तत्काल हटाउन आग्रह गरेका छन्।
भुपरिवेष्ठित देशले पाउने अधिकार हनन गर्ने अधिकार कसैलाई नभएको भन्दै नेपालमाथि गरिरहेको नाकाबन्दी तत्काल हटाउन संयुक्त राष्ट्रसंघले भारतलाई आग्रह गरेका छन् ।
नेपालले भूपरिबेष्ठित मुलुकका रुपमा स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने पारवहन अधिकार हनन नगर्न समेत महासचिव मुनले भारतलाई आग्रह गरेका छन् ।
यस्तै वानका प्रवक्ताले न्यूयोर्कमा पत्रकार सम्मेलन गरि नेपालमा मानवीय कारणले पनि असहज अवस्था रहेको र महाभूकम्पपछिको पुन निर्माणकालागि पनि नाकाबन्दी अन्त्य पहिलो सर्त भएका बताएका छन् ।
दैनिक प्रेस ब्रिफिङका क्रममा महासचिवका प्रवक्ता स्टेफेन डिजोरिकले नेपाल–भारत सीमामा भइरहेको अवरोधबारे महासचिवले गम्भीर चासो व्यक्त गरेका हुन्।
विज्ञप्तीमा नेपालमा गएको भुकम्प पिडितका लागि मानविय साहयता पुराउनमा लागि पनि इन्धन अभाब भएको भन्दै अति आवश्यक बस्तु कपडा, खाद्यान्न, अवास लगाइतका सामाग्रीहरुकोपुराउन कठिन भएको भएको बताएका छन् । उनले बुधबार समुक्त राष्ट्रसंघको बेभसाइट मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्. ।
nepalsandesh