काठमाडौं, २६ कात्तिक । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले भारतले नेपालमाथि लगाउँदै आएको नाकाबन्दी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरित रहेको भन्दै नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंको डल्लुस्थित आफ्नै निवास परिसरमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले भारत सरकार र अन्तर्राष्ट्रिय संघ–संस्थासँग वार्ता गरी नाकाबन्दी फिर्ता गराउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो- यति गर्दा पनि भएन् भने भारतलाई अन्तर्राष्ट्रिय कानुनको कठघरामा उभ्याउनुपर्छ । त्यसका लागि एमाले नेतृत्वको सरकार पछि हट्ने छैन् ।’ विपत्तिमा परेको राष्ट्रमाथि भारतले नाकाबन्दी लगाउनु अमानवीय कार्य भएको खनालको भनाई छ ।
dainiknepal

महेन्द्रनगर (धनुषा), २४ कात्तिक । मधेसी मोर्चाले विभिन्न माग राख्दै गर्दैआएको बन्दको आज ८८औँ दिन तथा भारतको अघोषित नाकाबन्दीको ४८औँ दिन पूरा हुँदै छ ।
अझ पनि यो खुल्ने छाँटकाँट नदेखिँदा धनुषासहित सम्पूर्ण मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । दसैं यस्तै बन्दमा बित्यो । तिहार र छठ पर्व ढोकामै आइपुगेको बेला पनि बन्द नखुल्दा जनता निकै निराश भएका छन् । मधेसी मोर्चाले ४८ दिनदेखि भन्सार नाकामा दिएको धर्ना र भारतको अघोषित नाकाबन्दीले उपभोग्य वस्तु अभाव हुँदा यहाँको जनजीवन पूर्णरुपले प्रभावित बनेको छ ।
बन्दको अवधि बढ्दै जाँदा र भन्सार नाका ठप्प भएपछि बजारमा पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य समानको अभावसँगै मूल्य आकासिएको छ । अनिश्चितकालिन बन्द, हड्ताल र निर्यात ठप्प हुने क्रम लम्बिएर खाद्यान्न नपाइने चिन्ताले पिरोलिएका उपभोक्ताले अनावश्यक भण्डारण गर्न थालेकाले समेत अभाव झनै बढेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले व्यवसायीलाई आफूसँग भएको सामान बेच्न र नलुकाउन आग्रह गर्नुभएको छ । इन्धन अभावमा एम्बुलेन्स बन्द हुने अवस्थामा पुगेको छ । आयात रोकिएको र व्यापारीसँग भएको मौज्दात सकिएकोले उपभोक्तालाई समस्या परेको व्यापारीको भनाइ छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ग्यास बिक्रेता बलराम श्रेष्ठले असोज लागे लगत्तै जिल्लामा ग्यास अभाव भएको बताउनुभयो । “पहिले मासिक एकहजार ५०० सिलिन्डरसम्म बिक्री गर्थे, अहिले असोजसम्ममा जम्मा ६० वटा सिलिन्डर बिक्री गरेँ” उहाँले भन्नुभयो । श्रेष्ठले ‘नोबेल’ र ‘कामख्या’ ग्यास बिक्री गर्दै आउनुभएको छ । ग्राहकलाई ग्यास नै छैन भनेर त्यसै फर्काउनु परेको उहाँले बताउनुभयो ।
घरमा खाना पकाउने ग्यास सकिएपछि भुसमा पकाउन सुरु गरेको महेन्द्रनगर– ६ की रितादेवी यादवले बताउनुभयो । “एक महिनादेखि भुसको चुलोमा खाना पकाउँदै आएकी छु” उहाँले भन्नुभयो ।
बिरामीलाई चाहिने औषधि र अक्सिजनको समेत अभाव भएको छ । जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका उपाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार महोत्तरी, सर्लाही, सिन्धुली, धनुषा, रामेछाप र दोलखामा औषधिको चरम अभाव हुनथालेको छ । “बिरामी निकै मारमा परेका छन्” उहाँले भन्नुभयो । रक्तचाप, मधुमेह र मुटुका बिरामीले नियमित रुपमा प्रयोग गुर्नपर्ने औषधिको अभाव भएको छ ।
“सडकमा सवारी साधन गुड्न छाडेपछि औषधि ढुवानी गर्न समस्या भएको हो” उपाध्यक्ष भट्टराईले भन्नुभयो ।
सबै भन्दा गाह्रो दैनिक मजदुरी गरेर खानेलाई भएको छ । रिक्सा, ठेलालगायतका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले धेरै दिनदेखि पेटभरी खान नपाएको अवस्था छ । कतिपय दलित बस्तीका बासिन्दा भारत पलायन भइरहेका छन् । जनकपुर–४ का रिक्सा मजदुर लालबाबु महराले ८८ दिनदेखि रिक्सा लिएर चोकचोक चहारे पनि यात्रु नपाएको गुनासो गर्नुभयो । “पन्ध्र वर्ष भो रिक्सा चलाएको, यस्तो दुःख कहिल्यै पाएको थिइनँ,” उहाँले भन्नुभयो– “अहिले बन्दले गर्दा त हामीलाई दशाले घेरेझैं लागेको छ ।”
बन्दका कारण बजारभाउ आकासिएको छ । सुरुसुरुका दिन मजदुरले ऋण पैँचो गरेर पनि परिवारलाई खुवाए । “बन्द कतिञ्जेल लम्बिएला र ? कमाएर तिरौंला । तर, अब त परिस्थिति पहाडजस्तो लाग्न थालेको छ” मजदुरले गुनासो गर्न थालेका छन् । “नुनमा रोटी चोबेर खाँदै छाँैं, त्यो पनि नपाइने भो” रिक्सा चालक महतोले भन्नुभयो ।
क्षीरेश्वर नगरपालिका– ५ महेन्द्रनगरका ठेला चालक चौठी साहले रोजगारी नै मरेपछि आठ जनाको परिवार पाल्नै कठिन भएको बताउनुभयो । “नेताहरुको कामै आन्दोलन गर्ने हो, माग पूरा गराउँछन्, अर्कोतिर हिँड्छन्, हामीजस्ता निमुखा जनताको जीवनयापन भने खस्किदै गएको छ ।” सुरुका ८–१० दिन ऋण गरेर धानिए पनि बन्द लम्बिदा खाना जुटाउनै गाह्रो भएको उहाँको भनाइ छ ।
बन्दको उद्देश्य र राजनीतिसँग कुनै सम्बन्ध नरहेका मिथिला नगरपालिका– ५ ढल्केवरका ठेलाचालक श्रीनारायण मण्डल र छोरा हरिनारायण मण्डल पनि निराश छन् । बाबुछोरा मिलेर १४ जनाको परिवार धान्नु छ । बन्दको शृङ्खला सुरु भएपछि उनीहरू एकछाक मात्र खान थालेका छन् । “अब अति भयो, बन्दकर्ताले हामी जस्ताको बारेमा पनि ध्यान दिनुप¥र्यो” मण्डलले भन्नुभयो ।
जनकपुरमा करिब ५०० रिक्सा मजदुर छन् । बन्दपछि उनीहरू सबै मारमा छन् । बन्दले विपन्न वर्गलाई बढी सास्ती दिएकाले माग पूरा गराउने वैकल्पिक उपाय खोज्न उनीहरूले प्रदर्शनकारीलाई अनुरोध गरेका छन् ।
आर्थिक रूपले सम्पन्न हुनेहरू पनि बैंक नखुल्दा खिन्न छन् । पैसा निकाल्न नपाउदा दैनिक उपभोग्य सामग्री किन्न पाएका छैनन् । अन्य व्यवसायी, जागिरेलाई पनि आर्थिक अभावले पिरोल्न थालेको छ । बंैकबाट पैसा निकाल्न नसक्दा खानेकुरा किन्न नपाएको शिक्षक उमाकान्त पहाडी बताउनुहुन्छ ।
सबैको एउटै प्रश्न छ, ‘आखिर यो बन्द कहिले खुल्छ ?’

काठमाडौँ – अमेरिकाका राष्ट्रपति बाराक ओबामाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।
सो बधाई सन्देश नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् । सन्देशमा राष्ट्रपति ओबामाले अमेरिकी जनताले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उठ्न लागेको र प्रजातान्त्रिक संस्थाहरुलाई सुदृढ गर्न लागेको नेपालसँग काँधमा काँध मिलाएर हिँड्ने विश्वास दिलाउनुभएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन्देशमा भनिएको छ –“संयुक्त राज्य अमेरिका नेपालको दीर्घकालीन आर्थिक वृद्धि प्रयासका रुपमा शताब्दी चुनौती संस्था (मिलेनियम च्यालेन्ज कर्पोरेसन)लाई नेपाल सरकारसँग मिलेर निरन्तरता दिन चाहन्छ ।” उनले दुई देशबीचको ७० वर्ष लामो साझेदारीको स्मरण गर्दै नेपालमा एकता, समृद्धि र पूर्ववत् अवस्थामा फर्कने कामका लागि बढावा दिन मिलेर काम गर्न अमेरिका तयार रहेको पनि स्पष्ट गरे । रासस

रत्ननगर (चितवन), २६ कात्तिक । हालै पार्टीबाट अलग भएर नयाँ शक्ति निर्माणमा लाग्नुभएका एनेकपा(माओवादी)का पूर्व वरिष्ठ नेता डा बाबुराम भट्टराईको पक्षमा लागेको भन्दै एमाओवादी चितवनले चारजना नेतालाई निष्कासन गरेको छ ।
उनीहरुलाई पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसरी निष्कासित भएकामा जिल्ला सदस्य रमेश रेग्मी अमर, विष्णुहरि तिमिल्सिना, जिल्ला परिषद् सदस्य उमाकान्त चापागार्इं, भरतपुर– ४ का अध्यक्ष कमलप्रसाद चापागार्इं रहेका छन् ।
पार्टीको नीति र निर्देशन विपरीत लागेकाले कारबाही गरिएको परियारले जानकारी दिनुभयो । केही दिनअघि भरतपुरमा डा बाबुराम भट्टराई सहभागी कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको थियो । यसअघि पाँच केन्द्रीय नेतालाई एमाओवादीले निकालेको थियो । रासस

इस्लामावाद, कार्तिक २६ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफू मुस्लिम समुदायको ब्यक्ति भए पनि हिन्दुहरुलाई साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
तिहारको उपलक्ष्यमा पाकिस्तानमा रहेका हिन्दुहरुलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री शरीफले जातीय भेदभावको अन्त्य गर्न आग्रह गदै हिन्दुहरुमाथि ज्यादती गर्ने मुस्लिम समुदायका जो सुकैलाई कडा कारबाही गर्ने बताए ।
उनले भने, ‘कोही अत्याचारको शिकार भइरहेको छ भने उसको सम्बन्ध जुनसूकै धर्म–सम्प्रदायको भए पनि उसलाई मद्दत गर्नु मेरो जिम्मेवारी हो ।’
हिन्दुमाथि अत्याचार भयो र अत्याचार गर्ने समुदाय मुस्लिम रहेछ भने पनि आफू स्वयं मुस्लिम हुनका बाबजुद त्यस्ता अत्याचारीविरुद्ध कारवाही गर्ने उनको भनाई थियो ।
उनले पाकिस्तानी हिन्दु मित्रहरुलाई आगामी वर्ष त्यस्तो स्थानमा आफूलाई आमन्त्रण गर्न आग्रह गरे जहाँ दीपावली गरिन्छ । उनले हालीका अवसरमा हिन्दु धर्मावलम्बीले आफूलाई रङ लगाइदिएमा निकै खुशी लाग्ने पनि उल्लेख गरे ।
पाकिस्तानको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले हिन्दुहरुको महान चाडमा शुभकामना दिएको यो पहिलो पटक हो । पाकिस्तानका हिन्दु धर्मावलम्बीहरुले पाकिस्तानी प्रधानमन्त्री शरीफको खुलेर प्रशंसा गरेका छन् ।
यसैगरी विपक्षी पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ र ‘तहरिक–ए इन्साफ’ पार्टीका नेताहरुले पनि हिन्दुहरुको चाड दिपावली मनाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पाकिस्तानमा अल्पसंख्यक हिन्दुको धार्मिक चाडमा प्रमुख पार्टीका नेताहरु सहभागी भएको यो पहिलो अवसर हो । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा गरिँदै
२६ कात्तिक, इटहरी । तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिंदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ । द्धापर युगमा श्रीकृष्णले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन शुरु भएको मानिन्छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने चलन वैदिक सनातन कालदेखि कै हो । गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्तिआजा दिने भएकाले गाईको महत्व भएको कुरा विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आज मीठामीठा परिकार खान दिए गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक बिश्वास छ । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने चलन छ । धेरै नागरिक कृषीमा संलग्न भएको देश भएकाले पनि नेपालमा गोरुको विशेष महत्व रहिआएको छ ।purbelinews. भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भक्तपुर, २६ कात्तिक । उपप्रधानमन्त्री सिपी मैनालीले २०४५ सालमा भारतले गरेको नाकाबन्दीपछि पनि इन्धनमा भारतसँगै निर्भर हुनु नेपालको भूल भएको बताउनुभएको छ । नेकपा माले भक्तपुरले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले त्यतिबेला भारतले गरेको नाकाबन्दीबाट पाठ सिकेर आत्मनिर्भर हुन सकेको भए अहिलेको जस्तो हाहाकारको अवस्था आउँदैनथ्यो भन्नुभयो ।
उहाँले नेपाल इन्धनका लागि भारतसँग झुक्न नहुने बताउँदै यसको विकल्प खोजेर आत्मनिर्भर बन्ने तर्फ लाग्नुपर्ने औँल्याउनुभयो । सरकार भारतसँग इन्धन आयातका लागि कूटनीतिक पहल गर्न र चीनतर्फका सबै नाका खोल्न लागि परेको उहाँको भनाइ थियो ।
उहाँले मधेसका जायज माग पूरा गर्न सरकार काँग्रेस समेतको संलग्नतामा सर्वपक्षीय नयाँ समिति गठन गरी समाधान खोज्न तत्पर रहेको बताउनुभयो । मधेसकेन्द्रित दलको तराई आन्दोलनलाई सम्बोधन गर्न उनीहरुका मागभन्दा मुख्य विषयमा केन्द्रिकृत भई घनीभूत छलफल गरी समाधान खोजिने उहाँको धारणा थियो ।
मालेका महासचिव मैनालीले मधेस आन्दोलन घरभित्रको समस्या भएको जनाउँदै यसको समाधानमा बाह्य शक्तिको सहयोगको कुनै आवश्यकता नरहेको स्पष्ट गर्नुभयो । “मुलुकलाई केन्द्रबिन्दुमा राखेर समाधान खोज्दा सबै समस्याको समाधान निस्कन्छ”– उहाँले भन्नुभयो ।
कार्यक्रममभा माले भक्तपुरका सचिव अदीप खड्का, पार्टी पोलिटब्युरो सदस्यद्वय कुमार बेल्वासे र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य रोहित केसीलगायतले भारतको नाकाबन्दीविरुद्ध नागरिकले दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । रासस भिडियो हेर्न तलको बाकस थिच्नुहोस