कपिलवस्तु, कार्तिक २९ । नेपाल–भारत सीमा अन्तर्गत सदरमुकाम तौलिहवा भित्रने मर्जादपुर सीमा नाकामा भारततर्फबाट उच्च कडाइ गरिएको छ ।
सीमा नाकाको भारततर्फको खुनुवामा खटिएका भारतीय सुरक्षा बलले चारचक्के सवारी साधनमा पूर्ण रोक लगाएको छ । त्यस्तै मोटरसाइकल र पैदल यात्रुलाई निकै कडाइका साथ आवतजावत गर्न दिइएको छ ।
style="text-align: justify;">आपूहरुलाई माथिको आदेश आएका कारण सीमा नाकाबाट चारचक्के सवारी साधन आवतजावतमा रोक लगाइएको भारतीय सीमा सुरक्षा बलको खुनुवा कार्यालयले जनाएको छ । कृष्णनगर सीमा नाकाबाट भने निर्बाध रुपमा चार चक्केलगायत सवारी साधन सञ्चालनमा छन् । रासस
imagekhabar

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न चार बजे देश र जनताका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्री ओलीले देश र जनताका नाममा आज दिउँसो चार बजे सम्बोधन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि राजनीतिक संयन्त्रले नै खाका तयार पारेको बालुवाटार स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले तिहारको अघिल्लो दिन सम्बोधन गर्ने कार्यक्रम तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
dainiknepal

काठमाण्डु, २९ कात्तिक– चिनियाँ उच्च अधिकारीहरुको एक टोलीले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी क्षेत्रको सडकको अवस्थाबारे निरीक्षण गरेका छन् ।
गत १० वैशाखमा गएको भूकम्पका कारण अवरुद्ध उक्त सडक तत्काल सुचारु गराउन सकिने वा नसकिनेबारे प्राविधिक सहितको चिनियाँ टोलीले निरीक्षण गरेको हो ।
भूकम्पका कारण कोदारी राजमार्गको तातोपानीदेखि बाह्रबिसेसम्म २६ किलोमिटर सडक जिर्ण बनेको थियो । चीन सरकारकै सहयोगमा केही दिन सञ्चालनमा ल्याएको उक्त सडक ठाउँठाउँमा पहिरो खस्दा पुनः अवरुद्ध भएको हो ।
नेपाल र चीनबीच व्यापारिक सम्झौताका लागि बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन बेइजिङमा रहेकाबेला भाइटीकाका दिन (शुक्रबार) चिनियाँ टोली हवाई मार्गबाट काठमाण्डु ओर्लिएर तातोपानी पुगेको थियो ।
गत बुधबार मन्त्रालयका उच्च अधिकारीलाई समेत सुइँको नदिई चीन उडेका मन्त्री पुनले तातोपानी नाका सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको बताएपछि चीनले टोली नेपाल पठाएको हो ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दिव्य पोखरेलले चिनियाँ टोलीलाई काठमाण्डुबाट तातोपानी लगेका थिए ।
चिनियाँ टोलीको स्थानीय व्यवसायी र भन्सार कर्मचारीले भव्य स्वागत गरेका थिए ।
सडकको दुरावस्थाका कारण रसुवागढी नाकाबाट सामान आयात गर्न कठिनाइ भएपछि नेपालले तातोपानी नाका प्रयोगमा ल्याउन चीनलाई आग्रह गरेको थियो ।
ट्रक तथा कन्टेनर व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अर्जुन सापकोटाका अनुसार चिनियाँ टोलीले तातोपानी नाका सुचारु गराउन सकिने अवस्थामा रहेको बताएको छ ।
सापकोटाका अनुसार सापकोटाका अनुसार टोलीले बेइजिङ फर्केपछि इन्धनसहित अत्यावश्यक वस्तुको आयातका लागि तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सकिने विषयमा चीन सरकारलाई जानकारी गराउने छ ।
kathmandutoday. भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । नेपालको ‘माइक्रो म्यानेजमेन्ट’ गर्दै आइरहेको भारत पछिल्लोपटक भने लगातार असफल भईरहेको विश्लेषण कुटनीतिक क्षेत्रमा हुन थालेको छ ।
भारतमा कांग्रेस आइको १० वर्ष लामो सत्तारोहणलाई परास्त गरि उदाएको भारतीय जनता पार्टी (बिजेपी) र प्रधानमन्त्री नरेन्द्र मोदी लगातार नेपाल रणनीतिमा लगातार पराजित हुनुपर्र्यो । मोदी रणनीतिको पराजय नेपाली राजनीतिक नेतृत्वको कार्यकुशलतामात्रै होइन नेपालमा काम गर्ने भारतीय संयन्त्रहरुको अन्तरद्वन्द्व पनि उत्तिकै सहायक कारण रहेको भारत मामलाका कुटनीतिज्ञहरु बताउँछन् ।
मुख्यतः संविधान निर्माणसँगै चुलिएको नेपाल भारत द्वन्द्व अहिले नाकाबन्दीको हदसम्म पुगेको मात्रै छैन, नेपाल नीतिमा भारतीय संस्थापन पक्षले गम्भीर समीक्षा गर्दासमेत सुख नपाउने अवस्थामा पुगेको छ । नेपाली नेताहरुलाई आफ्ना पार्टीका तल्ला तहका सदस्यजस्तो व्यवहार गर्ने भारतलाई संविधान निर्माणसँगै नेपाली नेताहरुले बदला लिएका अनुभूति यतिबेला भारतले गरिरहेको छ भन्दा अतियुक्ति नहोला ।
नेपाल गम्भीर संकटमा छ । नाकाबन्दीले अरबौंको घाटा बेहोर्नु परिरहेको छ भने जनजीवन एकदमै पीडादायी छ । इन्धन, ग्यास लगायत अतिआवश्यक वस्तुको अभाव चरम छ । ३ महिनादेखि मधेस आन्दोलित छ । तर नेपालीहरु अझै भारतीय नाकाबन्दीसँग झुक्ने मुडमा छैनन् । यो भारतीय पक्षको सबैभन्दा ठूलो पराजय हो ।
वर्षौको प्रयासपछि संविधानसभाबाट संविधान बनाइएकोमा नै भारतको विमति रह्यो । उसले संविधान नआउने गरी रोक्न दुत पठाउनेसहितका हर्कत देखायो । तर, नेपाली स्वाभिमान यसपटक रोकिएन । संविधान रोक्ने भारतको प्रयास रोकिएको मात्रै होइन, त्यसयता उसले गरेको नाकाबन्दीको सामना पनि नेपालीहरुल्े गर्दै आए । निम्न ५ विषयमा भारतको ठुल्दाई व्यवहारलाई नेपालीले परास्त गरिदिएका छन् । जसले अभाव व्याप्त भएपनि नेपालीहरुको शिर उच्चो भएको छ ।
१. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै चरम अतिहिन्दुवादी नेता हुन् । उनले नेपालमा हिन्दु राष्ट्र कायम गर्न नेपाली नेताहरुलाई सुझाएका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई भारत भ्रमणको क्रममा र एमाले अध्यक्ष ओलीलाई विभिन्न सन्देशहरुमार्फत ‘हिन्दु राष्ट्र’को बारेमा प्रस्ताव गरेको थियो । जसलाई नेताहरुले अवज्ञा गरिदिए ।
२. भारत मुख्यत मधेसका भूभागहरु जोडिएका क्षेत्रहरुमा आफूले भनेको जस्तो सिमाकंन गर्न चाहन्थ्यो । त्यो सिमाकंन मधेसी स्वार्थमा भन्दापनि नेपालको पानीको स्रोतमा उसको स्वार्थ रहेको थियो । पश्चिम नेपाल कैलाली, कन्चनपुर र पूर्वी नेपालको कोशी नदीको पानीमा भारतीय आँखा गढेको थियो । यि दुवै भूगोलहरु मधेस प्रदेश अन्तर्गत राख्दा उसले भोलिका दिन आफू अनुकूल निर्णय गराउन सजिलो हुने ठानेको थियो । यसलाई नेपाली नेताहरुले मानेनन् ।
३. अंगीकृत नागरिकताको सवाल अर्को महत्वपूर्ण पक्ष हो । भारत अंगीकृत नागरिकले नेपालको सबै ओहदामा जान पाउने अधिकार संविधानमा सुरक्षित गर्न चाहन्थ्यो । जसबाट भोलि नेपालको राजनीति तथा सत्ता आफ्नो चंगुलमा राख्ने भयंकर योजना सफल होओस् । नेपालका राजनीतिक पार्टीहरुले यसलाई ठाडै अस्वीकार गरिदिए ।
४. माथि उल्लेखित ३ वटा भारतीय स्वार्थ पूरा नहुने देखेपछि भारतले अन्तिममा संविधान जारी गर्न केही समय रोक्न चाह्यो । भारतीय उद्देश्य बुझेका नेपाली नेताहरुले संविधान जारी नगरी नछोड्ने अडान राखेर भारतका सबै योजना चकनाचुर बनाए । नेपालमा संविधान जारी भयो ।
५. संविधान जारी गर्न नदिन तथा लागू हुन नदिन भारतले अन्तिम विकल्प स्वरुप पार्टीहरुमा विभाजनदेखि लिएर आफ्ना तथा आफू अनुकूलका नेपालका सबै संयन्त्र परिचालन गर्र्यो तर नेपाली नेताहरु यतिबेलासम्म भारतबाट धेरै पर पुगिसकेका थिए । संविधान निर्माणपश्चात सरकार तथा महत्वपूर्ण निकायहरुमा हस्तक्षेप गरी आफू अनुकूलको बनाउन प्रयत्न गर्र्यो तर यी सबै योजनामा एकपछि अर्को गर्दै पराजित हुन पुग्यो ।
माथि उल्लेखित यी पाँच स्वार्थमा असफल भएपछि भारत अहिले नाकाबन्दीको सहारामा नेपालीहरुको शिर झुकाउने कसरतमा छ । तर नाकाबन्दीबाट नेपालीहरु झन् एकताबद्ध मात्र भएका छैनन् । वर्षौदेखि नेपालसँगको इन्धन व्यापारको भारतीय एकाधिकार तोड्दै नेपालले अर्को छिमेकी राष्ट्र चीनसँग इन्धन व्यापारको सैदान्तिक सम्झौता गरेको छ ।
भारतले आफ्नो हस्तक्षेपको अन्तर्यमा मधेस आन्दोलनलाई देखाईरहेको वस्तुगत अवस्थाप्रति नेपाली नेताहरुले ध्यान दिए अझै भारत नांगो हुने अवस्था आउँछ । मधेसको जायज मागहरु पूरा गरेर आफ्नो भूगोलको अवस्था शान्त राखेपछि भारतलाई आन्दोलन देखाएर नाकाबन्दी गर्न ठाउँ नदिन भारत विरोधी मोर्चाको नेतृत्व गरिरहेका एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली तयार भए भने भारत नेपालबाट सम्पूर्ण रुपमा पराजित हुने छ ।
अब भारतसँग रहेको अन्तिम विकल्प भनेको मधेस आन्दोलनलाई देखाएर नाकाबन्दी झन् कडा बनाउने र नेपाललाई बेच्दै आएको २५० मेगावाट विद्युत बन्द गर्ने हो । तर भारतभित्रै तथा अन्तराष्ट्रिय मन्चहरुमा भारतको यस्तो रवैयाको विरोध मात्रै भएको छैन । सयुक्त राष्ट्रसंघले समेत नाकाबन्दी खोल्न आग्रह गरिसकेको यो अवस्थामा भारतलाई आगामी बाटो सहज अवश्य छैन ।
khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाण्डु, २९ कात्तिक– बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भारतीय नाकाबन्दीपछि चीनबाट इन्धन आयात गर्न अवरोध सिर्जना गर्ने काममा लागेका केही कर्मचारी हटाउने भएका छन् ।
इनधन आयातसम्बन्धी व्यापारिक सम्झौताका लागि हाल चीनमा रहेका उनले स्वदेश फर्केलगत्तै कर्मचारी सरुवाको तयारी गरेका हुन् ।
श्रोतका अनुसार त्यसका लागि मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मनाइसकेका छन् । पुनले सामान्य प्रशासनसँग समेत कर्मचारी सरुवाका लागि अनुमति मागेका छन् । मन्त्री रेखा शर्मासँग अनौपचारिक कुराकानी भइसकेको र पुन फर्केपछि औपचारिक प्रक्रिया सुरु हुने श्रोतले बतायो ।
‘मन्त्रीज्यू नेपाल फर्कने बित्तिकै चीनबाट इन्धन ल्याउन नदिन सक्रिय रुपमा लागेका कर्मचारी सरुवाको प्रक्रिया सुरु हुन्छ’, मन्त्रीनिकट श्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘प्रधानमन्त्री पनि मुलुक गम्भीर संकटमा रहेका बेला राष्ट्रिय हितविपरीत विदेशीको निर्देशनमा चल्ने कर्मचारीलाई माया गर्नुहुन्न भन्नेमा सहमत हुनुहुन्छ ।’
बाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च कर्मचारीको असहयोगका कारण चीनसहित तेश्रो मुलुकबाट इनधन आयात गर्ने सरकारी निर्णय कार्यान्यवनमा ढिलाइ भइरहेको छ ।
मन्त्रालय र निगमका उच्च अधिकारी नै भारतीय दूतावासमार्फत नियमित तलब बुझ्ने गरेको सूचना पाएपछि मन्त्री पुन आक्रोशित भएको श्रोत बताउँछ ।
‘जसले चीनबाट इनधन ल्याउन सरकारलाई असहयोग गरेका छन् ती सबैले दिल्लीको तलब खाने गरेका रहेछन्’, उनले भने, ‘बर्खास्त गर्दा अदालतमा जाने र फेरि पुनर्बहाली भएर आउने सम्भावना रहेकाले हाललाई त्यस्ता कर्मचारीलाई सरुवा गर्न लागिएको हो ।’
यद्यपि मन्त्रालयका कुनकुन र निगमका कुनकुन कर्मचारी सरुवामा पर्न लागेका हुन् भन्ने मन्त्री पुनले गोप्य राखेका छन् ।
चीनबाट इन्धन ल्याउन कर्मचारीले असहयोग गरेपछि मन्त्री पुन आफैं मन्त्रालयका सचिवलाई समेत सुइँको नदिई चीन गएका थिए । हाल उनी बेइजिङमा छन् ।
kathmandutoday

परासी, २९ कात्तिक । नवलपरासीमा जारी अन्तर्राष्ट्रिय पुरुष दगंल (कुस्ती) प्रतियोगिताको उपाधि भारतका दुई पहलमानले संयुक्त रुपमा कब्जा गरेका छन् ।
फाइनल खेलमा भारत कुसीनगरका बच्चन यादव र भारत महाराजगन्जका जीतेन्द्र यादवबीच भएको प्रतिस्पर्धात्मक खेल बराबरीमा टुङ्गिएपछि उपाधिलाई दुवैले संयुक्त हासिल गर्न सफल भएका हुन् ।
यसैगरी, द्वितीय र तृतीयका लागि भएको प्रतिस्पर्धात्मक खेल पनि बराबरीमा टुङ्गिएको थियो । द्वितीय पुरस्कार भारत गोरखपुरका शैलेन्द्र यादव र भारत विहारका निकुञ्ज यादवले संयुक्त रुपमा हात पार्न सफल भएका थिए ।
यसैगरी तृतीय पुरस्कार भारत अयोध्याका शर्वेस त्रिपाठी र भारत महाराजगन्जका सन्तोष यादवले संयुक्त रुपमा हात पार्न सफल भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा सबै पुरस्कार भारतीय पहलवानले कब्जा गर्न सफल भएका थिए । प्रतियोगितामा नेपाल र भारतका गरी २५ जोडी पहलवानले प्रतिस्पर्धा गरेका थिए ।
जिल्लाको गुठीप्रसौनीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । विजयी पहलवानहरुलाई नवलपरासी क्षेत्र नं ६ का सांसद देवकरण कलवारले पुरस्कार वितरण गर्नुभएको थियो । रासस

२०७२ कार्तिक २९
काठमाडौं, २९ कात्तिक । फ्रान्सको राजधानीमा पेरिसमा शुक्रबार राति भएको श्रृंखलाबद्ध हमलाको जिम्मेवारी लिएको आतंकवादी संगठन इश्लामिक स्टेट(आईएस)ले अब भारत कब्जा गर्ने योजना बनाएको छ ।
संसारमा ७० भन्दा बढी देशमा प्रभाव पारिसकेको आईएसले अब दक्षिण एसियाको लोकतान्त्रिक मुलुक भारतलाई आफ्नो कब्जामा पार्ने योजना बनाएको हो । मुश्लीम समुदायका लागि विभिन्न देशका सहरहरु कब्जा गरेर छुट्टै राज्य घोषणा गर्दै हिडेको आईएसले भारतमा धेरै संख्या मुश्लीम रहेकाले कब्जामा लिने योजना बनाएको बेलायतका सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपी एसियाका चीन र भारत आइएसको प्रत्यक्ष विरोधमा देखिएका छैनन् । तर, पाकिस्तान र भारतलाई आएइएसले धम्की दिँदै आएको छ । अहिले आईएसको निशानामा पाकिस्तान भन्दा पनि भारत परेको छ । हालै बेलायतबाट प्रकाशित एक रिपोर्टमा आइएसले २० वर्षभित्र भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा यसले हंगामा मच्चाएको छ ।
अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ ।
हाल नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतले आइएसको धम्कीपछि हरेक सहरमा सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ । मुश्लीम समुदायको अधिकार लागि आईएस विश्वसँग लडिरहेको छ । शुक्रबार मात्रै आइएसले पेरिसमा आक्रमण गरेर १२८ जनाको ज्यान लिएको थियो । (एजेन्सीको सहयोगमा) भिडियो हेर्न तलको बाकस थिच्नुहोस