काठमाडौं, ३ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता हृदयश त्रिपाठीले इन्धनमा भएको कालोबजारीको कमिशनको पैसा बालुवाटारसम्म पुग्ने गरेको आरोप लगाउनुभएको छ ।
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहअध्यक्ष त्रिपाठीले एक ट्याङ्करबाट दश लाखसम्म बढी पैसा लिएर कालोबजारीमा तेल बिक्री हुने गरेको बताउनुभयो । ‘तेलमा गरेको कालोबजारीको पैसा बालुवाटारसम्म पुग्ने गरेको छ’, उहाँले भन्नुभयो, ‘एक ट्याङ्कर तेल ब्ल्याकमा बेचेर दश लाखसम्म कमिशन लिएको प्रमाण मैले पाएको छु ।’
सहअध्यक्ष त्रिपाठीले तेलमा भएको कालोबजारीमा नेपाल आयल निगमका कर्मचारीदेखि राजनीतिक दलका नेताहरुसम्मको मिलोमतो रहेको आरोप लगाउनुभयो ।
‘भारतबाट दैनिक रुपमा उल्लेख्य इन्धन आइरहेको छ’, उहाँले भन्नुभयो, ‘तपाईहरु आफै पनि नेपाल आएका ट्याङ्कर र ग्यासको बुलेट गनेर हिसाव गर्नुस्, ती इन्धन कहाँ वितरण गरिएको छ । आफै थाहा पाइहाल्नु हुन्छ ।’
आयल निगमका कर्मचारीहरु केही तस्करहरुसँग मिलेर नाकाबन्दीको फाइदा उठाएर करोडौ कमाउने उद्देश्यका साथ सक्रिय भएको उहाँले बताउनुभयो । ‘नेपालभित्र तेल र ग्यास छ र त ब्ल्याकमा पाइन्छ’, त्रिपाठीले प्रश्न गर्दै भन्नुभयो, ‘अभाव हुन्थ्यो भने कसरी पाइन्छ ब्ल्याकमा तेल र ग्यास ।’
‘एक ट्याङकरमा दश लाख रुपियाँसम्म बढी रकम लिइन्छ । त्यो पैसा बालुवाटारसम्म पुग्छ पैसा’, सहअध्यक्ष त्रिपाठीले भन्नुभयो, ‘यो पैसा नेताहरुलाई पनि बाडिँन्छ । तस्करी गर्न नेताहरुलाई नाका बाँडफाँट गरिएको छ ।’
सरकारले अन्तर्राष्ट्रिय समुदायलाई देखाउन आफूसँग भएको इन्धन वितरण नगरेर दाउरा बिक्री थालेको उहाँले आरोप लगाउनुभयो । सरकारले आफ्नो असक्षमता लुकाउन दाउरा बिक्री गर्न पुगेको त्रिपाठीले उल्लेख गर्नुभयो ।
नेपाल आयल निगमले भारतबाट भित्रिरहेको इन्धन पहुँचवालाहरुलाई मात्रै उपलब्ध गराउने गरेको सर्वसाधारणको आरोप छ ।
भारतीय नाकाबाट भित्रिएका इन्धन बोकेका ट्याङ्कर र ग्यासका बुलेटको सही वितरण प्रणालीमार्फत दिने हो भने अहिले देखिएको समस्या आधाभन्दा बढी कम भएर जाने जानकारहरुको भनाइ छ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बर्दिवास, ३ मङ्सिर । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेस आन्दोलनले संवैधानिक निकास पाउनुपर्ने बताउनु भएको छ ।
राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी आउनुभएका भण्डारीले आज बिहान जिल्लाको औरहीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो दलले संसद्बाट नै मधेस आन्दोलनले निकास पाउनुपर्ने कुरा उठाई रहे पनि सरकार भने समस्या समाधानको कुरामा बेखबर रहेको आरोप लगाउनुभयो ।
संसद्को अहिलेको संरचनामा मधेस आन्दोलनलाई संविधान संशोधन गरेर समाधान गर्न आवश्यक पर्ने दुई तिहाइको सङ्ख्या नेपाली काँग्रेस वार्तामा नआएसम्म नपुग्ने भण्डारीको भनाइ थियो । पछिल्ला वार्ताबाट काँग्रेस उम्किन खोज्नुले अब निकासका लागि आन्दोलन मात्र विकल्प रहेको भण्डारीले औँल्याउनुभयो ।
मधेस आन्दोलनको चुरो कुरा नै सीमाङ्कनसँग जोडिएकाले सरकार समर्थित दल र काँग्रेस यसमा स्पष्ट हुनैपर्ने भण्डारीको भनाइ थियो । “हामीले चुरेबिनाको मधेस कल्पना नै गर्न सक्दैनाँै भन्दै आएका छौँ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “सरकार सीमाङ्कनका कुरामा बिरालोले मुसा खेलाए झँै आन्दोलनकारीलाई खेलाएर थकाउने रणनीतिमा देखिएको छ, यसले निकास दिँदैन ।”
मुख्य दलहरु सीमाङ्कनका कुरामा चाँडै स्पष्ट नहुने हो भने अब हुने आन्दोलनले सबै मुद्दा आरपार गर्ने अध्यक्ष भण्डारीको भनाई थियो । यद्यपि आफ्नो आन्दोलन भने शान्तिपूर्ण हुने पनि उहाँले स्पष्ट पार्नुभयो । रासस
dainiknepal

काठमाडौं, ३ मंसिर ।
१३२ जनाको ज्यान जानेगरी फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणपछि आंतकवादी संगठन इश्लामिक स्टेट (आईएस)ले भारतमा आक्रमणको तयारी थालेको छ ।
भारतीय सरकारी समाचार संस्था पिटिआईका अनुसार भारत सरकारले आईएसले आक्रमण गर्न सक्ने सम्भावित क्षेत्रमा सुरक्षा र निगरानी बढाएको छ । समाचार अनुसार आईएसले भारतकै १५० जना लडाकूबाटै विभिन्न सहरमा आक्रमणको तयारी थालेको दाबी गरिएको छ ।
त्यसमा दक्षिण भारतका गरिब युवा आईएसको सम्पर्कमा छन् । यस्ता युवामाथि सुरक्षा एजेन्सीहरुले कडा निगरानी गरिरहेका छन् । खुफिया एजेन्सीहरुले तयार पारेको एक रिपोर्ट अनुसार भारतका युवा आईएसतिर आकर्षित भइरहेका छन् । र उनीहरुको गतिविधि पनि निगरानीमा छ ।
is-ladaku
रिपोर्टमा भनिएको छ- यिनीहरुमध्ये धेरैजसो इन्टरनेटका माध्यमबाट आतंकवादी संगठन आईएसको सम्पर्कमा छन् । अहिलेसम्म कुल २३ भारतीय नागरिक आतंकवादी संगठनमा लागेका छन् । उनीहरु विश्वसँग लड्न इराक र सीरियामा छन् । यिनीहरुमा ६ जना मारिएका छन् । एक जना मुम्बई बस्दै आएको दाबी गरिएको छ ।
यसका अलावा ३० अन्य भारतीय नागरिकलाई पनि आईएसले प्रलोभन देखाएर आफ्नो संगठनमा लगिसकेको छ । अहिले पनि मुम्बई, तेलंगाना, कर्नाटक, कश्मीरका युवा आईएसमा संलग्न छन् । आफ्नै देशका नागरिक आर्ईएसतर्फ आकर्षित भएपछि भारतले सुरक्षा र निगरानी बढाएको हो ।
यस्तै, आईएसले भारतको झारखण्डका आतंकवादी माओवादी र कश्मीरको लश्कर ए संगठनसँग पनि सम्पर्क गरिराखेको सुरक्षा एजेन्सीको रिपोर्टमा उल्लेख गरिएको समाचारमा जनाइएको छ । यसअघि आईएसले एक भिडियो नै जारी गरेर भारतलाई आक्रमण गर्ने धम्की दिएको थियो ।
मुश्लीम अधिकार तथा राज्यका लागि लडिरहेको आईएसले अधिकार नपाएका देशमा आक्रमण गर्दै आएको छ । र दमन गर्ने देशमाथि पनि हमला गर्दै आएको छ । पछिल्लो समय भारतमा मुश्लीममाथि भेदभाव गरिएको देखिएको छ । असहिष्णूता बढेको छ । जसका कारण पनि आईएसले आक्रमण गर्न खोजेको विश्लेषकहरु बताउँछन् ।
दैनिक नेपालबाट

काठमाडौं, ३ मंसिर । बंगलादेश नेपाललाई इन्धन निर्यात गर्न सकारात्मक देखिएको छ । बंगलादेशबाट इन्धन ल्याउँदा भारतले अवरोध गर्ने सम्भावना भने कायमै छ ।
बंगलादेशबाट नेपाल आउने छोटो बाटोका नाका काकडभिट्टामा भारतले अवरोध गरिरहेको छ ।
अतिकम बिकसित मुलुकको पारवहन अधिकार दिन भारतलाई आग्रह गर्ने सरकारको तयारी रहेको कान्तिपुर दैनिकले छापेको छ ।
ढुवानी गर्दा भारतले अवरोध गरे हवाइजहाजबाट ल्याउन सकिने मन्त्री गणेशमान पुनले बताए ।
‘बंगलादेशबाट आयात गर्दा पनि बाटो भारतकै प्रयोग गर्ने हो । सडकबाट ल्याउन नपाए हवाइजहाजबाट ल्याउछौं,’ मन्त्री पुनले भने, ‘त्यसमा पनि अवरोध गरे पारवाहन अधिकार प्रयोग गर्छौं ।’
पारवाहन अधिकार अनुसार तेस्रो मुलुकबाट ढुवानी गरेको सामान भारतले रोक्न मिल्दैन । ‘सन्धी अनुसार रोक्न मिल्दैन । अवरोध गरे अर्को उपाय खोज्छौं,’ मन्त्री पुनले भने ।
मन्त्रालयका अनुसार बंगलादेशबाट मुख्यतः खाना पकाउने ग्यास ल्याउने सरकारको योजना छ ।

विराटनगर, २ मङ्सिर । संविधानमा निर्धारण गरिएका क्षेत्र नं १ का भागलाई टुक्रयाउनु पाइदैन भन्दै आज विराटनगरमा नागरिक समाजको अगुवाइमा बृहत् प्रदर्शन भएको छ ।
जनआन्दोलन चोकबाट सुरु भएको सो प्रदर्शनका सहभागीले ‘संविधानमा भएको १ नं प्रदेश बचाऔँ र सामाजिक सद्भाव तथा अस्तित्वको रक्षा निम्ति एक्यबद्ध बनौँ’ भन्ने मूल नाराका साथ बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
सो समाजका संयोजक राजु मास्केको नेतत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइएको सो ज्ञापनपत्रमा मोरङ र सुनसरी जिल्लालाई टुक्र्याउन नहुने र क्षेत्र नं १ लाई यथावत नै राख्नुपर्ने माग गरिएको छ ।
यी दुई जिल्लालाई टुक्र्याइएमा भौगोलिक, जातीय, भाषिक एवम् सांस्कृतिक सन्तुलनमा गम्भीर चोट पुग्नुका साथै आर्थिकलगायत समग्र विकासमा प्रतिकूल असर पर्ने सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
झापा, मोरङ, सुनसरीलाई अलग नगर्न सरकारलाई आग्रह
मधेस आन्दोलनलाई सम्बोधन गर्न पूर्वका तीन जिल्ला झापा मोरङ र सुनसरीलाई अलग नगर्न नागरिक सरोकार समाजले सरकारसँग आग्र्रह गरेको छ ।
समाजले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी तीन जिल्ला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिकरुपमा अन्तरसम्बन्धित रहेकाले यसलाई नटुक्राउन आग्रह गरेको हो ।
समाजका अध्यक्ष विमल भट्टराईले वर्तमान संविधानको अनुसूचीमा भएको व्यवस्थाको विपक्षमा जाने र सम्बन्धित जिल्लाका जनताको अभिमतबिरुद्ध गरिने सहमति आफूहरुलाई मान्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी तीन जिल्लाको सदियौँदेखिको सम्बन्धलाई खल्बल्याउने काम भएको छ, यो हामीलाई मान्य छैन ।”
समाजका सदस्य—सचिव प्रभुप्रसाद श्रेष्ठले सम्बन्धित जिल्लाका नागरिकहरुको अभिमतबिरुद्ध चालिने कुनै पनि कदम स्वीकार्य नहुने भन्दै त्यस्तो जनभावना विपरीतको कदम नचाल्न आग्रह गर्नुभयो । रासस

काठमाडौं, ३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद लामो समयपछि अन्त्य भएको छ । शक्ति बाँडफाँटमा सहमति भएपछि राप्रपाभित्रको नेतृतवको विवाद अन्त्य भएको हो ।
राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार आज एघार बजे संयुक्त रुपमा कान्तिपथस्थित होटेल यलो पेगोडामा पत्रकार सम्मेलन गरेर पार्टीका तीन शीर्ष नेताले सहमति भएको घोषणा गर्नेछन् ।
पत्रकार सम्मेलन अध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा र वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुनेछ ।
स्रोतका अनुसार राप्रपाको अध्यक्ष लोकेन्द्रबहादुर चन्द नै बन्नु हुनेछ । सहमतिअनुसार अबको आठ महिनापछि चन्दले राप्रपाको नेतृत्व लिनुहुनेछ ।
त्यसपछि राप्रपाको अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी बन्नु हुनेछ । लोहनीले पनि आठ महिनापछि राजीनामा दिएपछि महाधिवेशन गर्ने अधिकारसहित पुनः पशुपतिशम्शेर राणालाई अध्यक्षको जिम्मेवारी तोकिनेछ ।

काठमाडौं, ३ मंसिर । आज बिहान फेरि राजधानीमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । बिहान १० बजे भूकम्पको कडा धक्का महशुस गरिएको हो । भूकम्पको धक्कापछि राजधानीमा भागाभाग भएको छ ।dainiknepalकाठमाडौं, ३ मंसिर । आज बिहान फेरि राजधानीमा भूकम्पको कडा धक्का महशुस गरिएको छ । बिहान १० बजे भूकम्पको कडा धक्का महशुस गरिएको हो । भूकम्पको धक्कापछि राजधानीमा भागाभाग भएको छ ।dainiknepal