• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पर्सा: वीरगन्जको मितेरी पुलमा बिहीरबार बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ।

गएराति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी एउटा भारतीय नम्बरको ट्रक नेपालबाट भारततर्फ भित्रयाएको विषयमा आन्दोलनकारी र भारतीय नागरिकबीच विवाद बढेपछि बिहानदेखि दुबै पक्षबीच झडप भएको हो। झडपमा परी मोर्चाका छजना भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका छन्।

बिहान भएको झडपमा परी मदन यादव, शत्रुधन यादव, रेखा देवी लगायतका घाइते भएका छन् भने राति भारतीय नागरिकले गरेको कुटपिटबाट मोर्चाका कार्यकर्ता सुरेश साह कानु, रञ्जित साह, रामदहिन यादव, नन्दु यादव, फिरोजबाबु खान घाइते भएका थिए। घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये सुरेश साहको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। आन्दोलनकारी र रक्सौलवासीबीच विवाद बढेपछि उत्पन्न विवादलाई साम्य पार्न दुबै तर्फका अगुवाले पहल गरिरहेका छन्।

सीमाक्षेत्रमा नेपाल भारतका नागरीक एकआपसमा भिडेपछि तनाव उत्पन्न भएको छ । सीमाक्षेत्रमा तनाव बढेपछि सम्पूर्ण सवारीका साधन आवतजावतमा रोक लगाइएको छ। रासस
annapurnapost

सिरहा, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको अहिलेको सरकारलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उलुुको सरकार भएको टिप्पणी गरेका छन् ।
सद्भावना पार्टी क्षेत्र नम्बर १ सिरहाद्धारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले भने, ‘आन्दोलनले देश तहसनहस भएको छ । तर यो उल्लुु सरकार आन्दोलनलाई आन्दोलन देख्दैन् ।’ उल्लुुले दिनमा नदेखेर राती मात्र देखेझै वर्तमान सरकार गरेको उनको टिप्पणी थियो ।
सरकारले बार्ता सार्थक बनाउन ठोस धारणा ल्याउन नसकेकोमा अध्यक्ष महतो आक्रोसित देखिए । उनले भने– ‘देश प्रमुख तीन दलका कारण ठप्प भएको छ । त्यसैले उनीहरुलाई एकमत भएर आउन मेरो विशेष आग्रह छ ।’ तीन दलले एकमत अर्थात् ठोस धारणा बनाएर टेबुुलमा बसे बार्ता सार्थकर्ता पाउने उनले थपे ।
अध्यक्ष महतोले सरकारले हदै पार गर्यो भने मधेसका यूूवाहरु हतियार उठाउन बाध्य हुुन सक्ने पनि बताए । उनले मधेसी यूूवाहरु हतियार उठाउन बाध्य भयो भने त्यसको जिम्मेवार सरकारले लिनुपर्ने बताए । तर आफू भने हतियार उठाउन नउठाएर शान्तिपूूर्ण आन्दोलन गरेरै अधिकार लिने भने ।
उनले वार कि पारको लडाई लड्न अझ सशक्त आन्दोलन गर्ने तयारी थालेको पनि जानकारी दिए । उनले भने, ‘जुुन दिन मधेसका हरेक घरबाट जनता सडकमा आउँछ । त्यो दिन अधिकार निश्चित रुपमा पाउँछौं । त्यो दिन चाँडै आउँदैछ ।
dainiknepal
काठमाडौं, १७ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टीको प्रतिकार बढेपछि मधेसी मोर्चाभित्र खैला बैला मचिएको छ । इटहरीमा भएको प्रतिकारसंगै मधेसी मोर्चाले राजमार्गमा गर्ने आफ्नो सभालाई कि त स्थगित गरेको छ कि त स्थान सारेको छ ।
इटहरीमा मोर्चाका कार्यकर्तालाई लखेटेपछि दुहबीको कार्यक्रम सारेर विराटनगर, बर्दिबासको कार्यक्रम सारेर ढल्केबर, लालबन्दीको कार्यक्रम सारेर नवलपुरमा गरेको छ । यस्तै, प्रतिकार हुने र लखेटिने डरले निजगढ, पथलैया, हेटौडा र अत्तरियाको कार्यक्रम भने स्थगित नै गरेको छ ।
हिजो ढल्केवरमा भएको सभामा चर्को भाषण गरेका मधेसी मोर्चाका शीर्ष नेताहरू सर्लाहीको नवलपुरमा हुने सभामा सहभागी नहुने भएका छन् । अब वार्ताको कुनै औचित्य नभएको र काठमाडौंसंग वार्ता नगर्ने भन्दै भाषण गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शनिवार हुने वार्ताको लागि आजै काठमाडौतिर लागेका छन् ।
यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि ढल्केवरको सभामा सहभागी भएका थिए तर अस्वस्थताको कारण जनाउंदै जनकपुरमै रहेका छन् । ठाकुर आजै काठमाडौं फर्किने कार्यक्रम छ । आफ्नै गृह जिल्ला भएका ठाकुरसहित महेन्द्र यादवको पनि नवलपुरको राजमार्गमा रहेको सभामा जाने कार्यक्रम निश्चित छैन् ।
आक्रामक शैलीमा चर्को भाषण गर्दै आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने नवलपुर सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका पार्टीका जिल्ला नेताले बताएका छन् ।
आज बिहान सिरहाको लहानमा पत्रकार सम्मेलनमा बोल्दै महतोले चूरे भावरको प्रतिकारको घोषणा भएकै कारण आफू नवलपुरको सभामा सहभागी हुने बताए । महतोले चूरेभावरको क्षेत्र हुंदै आफू नवलपुर पुग्ने र आफूलाई रोक्न चूरे भावरलाई चुनौती समेत दिए । चूरे भावरका अध्यक्ष बद्री न्यौपानेले राजेन्द्र महतोलाई चूरे भावर क्षेत्रमा प्रवेश गर्न नदिने घोषणा गरेका थिए ।
चूरे भावरको प्रतिकारको डरले महतो बाहेकका मोर्चाका शीर्ष नेताहरू नवलपुर नआउने भएपछि आम मधेसी जनता सभामा उपस्थिति हुने नहुने बारे अन्यौलता छाएको छ । नवलपुरमा झडप हुने सम्भावना भएकोले गर्दा जनताको उपस्थिति न्यून हुने मोर्चाका स्थानीय नेताले बताएका छन् ।
dainiknepal
काठमाडौं, १७ मंसिर । आन्दोलनरत मधेसवादी दलहरु वार्ताका लागि गम्भीर नभएको प्रमुख दलहरुले निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा आज बसेको प्रमुख प्रतिपक्षी कांग्रेसहित सत्तारुढ दलहरुको बैठकले वार्ताप्रति मोर्चा गम्भीर नभएकै कारण बुधबारको निर्णायक वार्ता स्थगित भएको निष्कर्ष निकालेको हो ।
बैठकले मोर्चासँग छिटै अर्काे वार्ता गर्ने निर्णय गरेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘मधेसी मोर्चाले राखेको सीमांकनको मागमा राजनीतिक रुपमै छलफल गर्नु आवश्यक भएकाले अर्काे वार्तामा समस्या समाधानको प्रयास हुन्छ । वार्ता र सम्वादको विकल्प छैन् ।’
स्रोतका अनुसार वार्तामा बोलाउँदा पनि मधेसी मोर्चा वार्तामा नआएर आन्दोलनलाई झन चर्काउने, पेट्रोल बम हान्ने गतिविधीले तीन दल गम्भीर भएका छन् । बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा पनि छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला लगायतका नेताहरुको सहभागिता थियो
dainiknepal
सिरहा, १७ मंसिर । सदभावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले चुरेमा जान आफूलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

सिरहा सदरमुकाम लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले नवलपुरमा हुने विरोधसभालाई सम्बोधन गर्न चूरेभावरको क्षेत्रबाटै जाने बताए ।
यसअघि चुरे भावर राष्ट्रिय एकता पार्टीले महतोलाई चुरेमा खुट्टा टेक्न नदिने घोषणा गरेको थियो । अन्यथा कडा प्रतिकारको चेतावनी दिएको थियो ।
तर, उक्त चेतावनीलाई व्यवस्था गर्दै महतो केहीबेरमा चुरे भएरै नवलपुर जाने तयारीमा छन् । महतोले चुनौति दिँदै भने– चूरेभावरको क्षेत्र हुंदै म नवलपुर पुगेरै छाड्छु, कसैले रोक्न सक्छ भने रोकेर देखाओस् । यता चुरे भावरका अध्यक्ष बद्री न्यौपानेले महतोलाई कुनै हालतमा चूरे भावर क्षेत्रमा प्रवेश गर्न नदिने बताए ।
यसअघि चुरे भावरले सर्लाहीमा राजमार्ग बन्द गर्न आएका मधेसी मोर्चाका नेता कार्यकर्तालाई तीन किलोमिटर टाढासम्म लखटेको थियो । जसमा महतोकी श्रीमतीको गाडी समेत तोडफोड भएको थियो ।
dainiknepal
बिहीबार, १७ मंसिर
विरगञ्ज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र भारतीय पक्षबीच मितेरी पुलमा दोहोरो झडप भएको छ।
भारतिय पक्षसंग झडप हुँदा मोर्चाका तर्फबाट तमलोपाी नेतृरेखा साह सहित केही मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइते भएकाहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
नाबाबन्दी र आन्दोलनको फाइदा उठाउदै भारतिय नागरिकले ल्याएकोे पेट्रोल  मोर्चाका कार्यकर्ताले पोखिदिए पछि दुबै पक्षबाट ढुंगा हानाहान भएको थियो ।
झडप पछि बिरगञ्ज रक्सौल तनावग्रस्थ बनेको छ । झडपलाई नियन्त्रण गर्न नेपालपक्ष सुरक्षाकर्मी र भारतका सुरक्षाकर्मी परिचानल गरिएको छ।
www.nepalsandesh
बिहीबार, १७ मंसिर
चीनवाट इन्धन ल्याउन ढिलाई गरिंदै

नेपालको सरकारमा अहिले दुई जना प्रधानमन्त्री छन्    भनिन्छ । केपि ओली संगै प्रचण्ड पनि दोश्रो प्रधानमन्त्रीको रुपमा रहेका छन् । यी दुई भाइ भागवण्डा गर्दै सरकार चलाइ रहेका छन् ।
ओली र प्रचण्डले चाहने हो भने चीन वाट पेट्रोल र ग्याँस लगाएतका इन्धन ल्याउने क्रम अहिले शुरु भैसकेको    हुने थियो । तर यी दुई नेताहरु नै चीनवाट इन्धन ल्याउने भन्दा भारतका सत्ताधारीहरु संग वार्ता गरेर नाकावन्दी समस्या हल गर्न खोज्दैछन् ।
ओली असोज २४ गते प्रधानमन्त्री चुनिएका थिए । उनी प्रधानमन्त्री भएको नै दुई महिना हुन लागि सक्यो । इन्धन चीनवाट आउन सक्दछ भन्ने कुरा केरुङ नाकावाट अनुदानको इन्धन आएवाटै प्रष्ट भैसकेको छ । तर खरिद गरेर इन्धन आपूर्ति गर्न यतिका दिन ढिलाई किन भैरहेको छ ?
ओली र प्रचण्डको प्राथमिकतामा चीनवाट जसरी हुन्छ चाँडो भन्दा चाँडो इन्धन खरिद गरी ल्याउने प्रकृया शुरु गर्ने विषय परेको छैन भन्ने व्यवहार वाट पुष्टि भएको छ ।
चीनले कर छुट नदिएमा चीनवाट ल्याइने इन्धन महंगो हुने हुनाले कर छुट गराउन कुराकानी भैरहेको भनेर जनतालाई ढाँट्ने काम ओली र प्रचण्डले गरिरहेका छन् ।
कर छुट नदिंदा पनि चीनवाट ल्याइने पेट्रोल प्रति लिटर १५० रुपैयाँ मात्र पर्दछ भनेर सरकार स्वयम्ले स्वीकार गरिसकेको छ । ग्याँस ल्याउँदा पनि प्रति सिलिण्डर पाँच सय रुपैयाँ सम्म महंगो पर्न सक्ने वताइएको छ ।
कालो वजारमा पेट्रोल तीन सय देखि पाँच सय तिर्न तयार जनता चीनवाट १५० आउँछ भने किन्न तयार छन् । चीनको पेट्रोल भारतको भन्दा गुणस्तरिय पनि छ ।
ग्याँस कालो वजारमा दोव्वर मूल्यमा किन्न वाध्य जनता चीनवाट पाँच सय महंगोमा आएपनि किन्न तयार छन् । तर भारत संग झुकेर गलत सम्झौता नगरोस् भन्ने जनताको अभिमत रहेको छ ।
चीनको कर छुट विषयमा चीन संग कुराकानी गर्दै गरे हुन्छ । तर अहिले नेपाली जनतालाई तुरुन्तै इन्धन चाहिएको छ, त्यो ल्याउन शुरु गरिहाल्न पर्दथ्यो सरकारले । तर ओली र प्रचण्डले वहाना बाजी मात्र गरिरहेको छ ।
केरुङको नाका साँघुरो अवश्य छ, तर कति पनि इन्धन ल्याउन नसकिने होइन । जति सकिन्छ ल्याउँदै गर्दा पनि नेपालको इन्धन संकट धेरै कम हुने विज्ञहरुले वताइसकेका छन् ।
तातोपानी नाका पनि चीनलाई राम्ररी अनुरोध गरेर तुरुन्तै सुचारु गर्न सकिन्छ । तर सरकारले यो काम पनि अहिले सम्म गरेको छैन ।
पेट्रोल ल्याउन नेपाल संग भएका टैंकरले काम नदिए चीन लाई नै नेपाल भित्र सम्म ढुवानी गरिदिन अनुरोध गर्न सकिन्छ र त्यसवापत नेपालले थप रकम दिन सक्दछ ।
नभए चीनवाट नै उपयुक्त केही टैंकर खरिद गर्न सकिन्छ । यस तर्फ पनि ओली सरकार कानमा तेल हालेर वसिरहेको छ ।
ग्याँस ल्याउने सन्दर्भमा पनि यस्तो संकटको वेला चिनियाँ ग्याँस खरिद गरि तुरुन्त ल्याउन खासै पहल नगरेको खुल्न आएको छ र अनेक वहाना वाजी मात्र गरिरहेको पुष्टि भएको छ । ओली सरकारले महंगो हुने, यातायात समस्या आदि वहाना गरिरहेको छ ।
चिनियाँ बुलेट वाटै नेपालको नजिकका ग्याँस उद्योग सम्म ल्याइदिने गरि सम्झौता गर्न ओली सरकारले खासै पहल गरेको छैन । यसको विकल्पमा अहिले तत्काल चीन कै सिलिण्डरमा भरेर सिलिण्डर सहित ल्याउने तरिकामा समेत जान सकिने विज्ञहरुले वताएका छन् ।
यस्तो गम्भीर संकटको वेला प्रधानमन्त्री ओली स्वयम् चीन भ्रमणमा गई आवश्यक कुराकानी उच्च स्तरमा गरेर इन्धन खरिद गरि ल्याउने प्रकृया तुरुन्त गराउन पर्दथ्यो । ओलीले अर्थ, वाणिज्य, परराष्ट्र मन्त्री तथा सचीवहरु समेत आफ्नो भ्रमण टोलीमा समावेश गरेर एकै चोटी सबै सम्झौता गर्न र गराउन सक्दथे ।
यस्तो उच्च स्तरिय टोली चीन गएको भए उहिल्यै इन्धन आउन शुरु भैसकेको हुने थियो । तर प्रधानमन्त्री ओलीमा भारतीय विस्तारवादका विरुद्ध यसरी हिम्मत साथ सहि ढंगले मुकाविला गर्ने हिम्मत नदेखिएको पर्यवेक्षकहरुले वताउन थालेका छन् ।
ओली चीन भ्रमणमा नजाने भएका छन् र वरिष्ठ मन्त्रीहरुलाई समेत पनि नपठाई सामान्य कर्मचारी टोलीमात्र पठाएर जनताको आँखामा छारो हाल्ने काम गर्दैछन् ।
प्रचण्डले पनि ओलीलाई  सहि विकल्पमा भन्दा भारत र मधेशी मोर्चा संगै सम्झौता गर्न दवाव दिइरहेको समाचार    श्रोतले वताएको छ ।
प्रचण्ड र ओली पनि देशभक्तिको धोती फालेर घुमाउरो पाराले वावुराम भट्टराई कै वाटोमा जान लागेको आशंका पर्यवेक्षकहरुले गर्न थालेका छन् ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home