दमक, १८ मङ्सिर । झापाको काँकडभिट्टा नाकाबाट अढाई महिना अवधिमा साढे ८४ लाख लिटर इन्धन भित्रिएको छ ।
भित्रिएको इन्धन र ग्यासबाट रु १४ करोड ८३ लाख ४५ हजार राजस्व उठेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । भित्रिएको इन्धनमा २४ लाख ३४ हजार लिटर पेट्रोल, ५० लाख ३९ हजार लिटर डिजेल, सात लाख २० हजार लिटर हवाई इन्धन र दुई लाख ९२ हजार लिटर मट्टितेल रहेको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भिम अधिकारीका अनुसार सो नाकाबाट नाकाबन्दीपछि खाना पकाउने एलपी ग्यास १४ लाख ८७ हजार ९४६ किलो भित्रिएको छ । गत असोज ६ गतेदेखि भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको हो ।
dainiknepal

काठमाडौं, १८ मंसिर । भारतको तमिलनाडू राज्यमा भीषण बाढीपछिको अवस्था अवलोकन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहीबार त्यहाँ पुगे ।
उनले हेलिकप्टरबाट त्यहाँको अवलोकन गरे । यहीबेला सरकारी सूचनाले जनतालाई ढाटेपछि भारमै मोदीको बेइज्जत भयो । भयो के भन्दा सरकारको प्रेस इन्फरमेशन ब्यूरोले आफ्नो वेबसाइट र ट्विटमा मोदीले हेलिकप्टरबाट चेन्नईको बाढी प्रभावित इलाकाको
\एकदमै नजिकबाट अवलोकन गरिरहेको देखाइएको छ तर, सामाजिक सञ्जालमा यो तस्वीर सार्वजनिक भएपछि यसको विश्वसनियतामाथि प्रश्न उठ्यो र तस्वीर सार्वजनिक गर्ने पीआईबीको पनि जमेरै आलोचना भयो ।
यो तस्वीरलाई फोटोसपबाट सफा गरेर बाढी प्रभावित क्षेत्रको केही यस्तो ठाउँ देखाइएको छ कि टाढाको गाउँलाई पनि एकदमै नजिक देखाइएको छ जो सम्भव नै छैन् । सामाजिक सञ्जालमा यो तस्वीरलाइ लिएर मोदीको जमेरै आलोचना भएको छ । आफ्नो आलोचना भएपछि मोदीले आफ्नो ट्विटर ह्याण्डलमा वास्तविक तस्वीर शेयर गरे ।
आफ्नै देशका जनतालाई ढाटेपछि भारतमै मोदीको बेइज्जत भएको छ । विपक्षीहरुले समेत जमेरै मोदीविरुद्ध आफ्नो धारणा सार्वजनिक गरेका छन् । वास्तविक तस्वीर शेयर गरेपछि मोदीका फ्लोर्सहरुले गाली र झुटको खेती गरेको आरोप लगाएका छन् ।

पथरी (मोरङ), १८ मङ्सिर । भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ ।
विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२ ट्याङ्कर पेट्रोल भित्रिएको छ ।
विभिन्न औद्योगिक कच्चा पदार्थ बोकेका १४९ मालबाहक सवारी साधन भित्रिएको जानकारी उहाँले दिनुभयो ।dainiknepal

काठमाडौं, १८ मंसिर । भारतीय राजदूत रञ्जीतले रेले आफ्नो पदीय मर्यादा नाघ्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेका छन् ।
राजदूतले रेले प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा उपरखुट्टी लगाएर गफ गरेको फोटो सार्वजनिक भएको छ । जहाँ उनले मर्यादा क्रम मिचेको देखिन्छ । यसले प्रधानमन्त्री ओलीको मात्रै नभएरै नेपालकै बेइज्जत भएको छ । राजदूत रे क्यारियर डिप्लोम्याट नै हुन । तर, पनि उनले एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुँदा सीमा नाघे । मर्यादा उल्लघन गरे ।
उसो त राजदूत रे पछिल्लो समय मधेस आन्दोलनका प्रवक्ता नै बनेको सुनिन्छ । बेला बेला नेपालविरुद्ध बोलेर उनी विवादमा समेत आउने गर्छन् । यसरी भारती राजदूतले सीमा नाघेपछि नेपाली जनताले नेताहरुको खुलेरै आलोचना गरेका छन् । राजदूतलाई सीमाभित्र राख्न नसकेको भन्दै आक्रोश पोखिएको छ भने भारतीय राजदूत रेलाई देश निकाला गर्न सर्वसाधारण जनताले माग गरेका छन् ।
एनआरएनका जीवा लामिछाने लेख्छन्-
सोभियत संघमा अध्ययन गर्ने बिदेशी विद्यार्थीहरुले झन्डै १ बर्ष रुसी भाषा सिक्नु पर्थ्यो । एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत बिकाशोन्मुख मुलुकबाट अध्ययन गर्न आउने प्रायः टिनेजर बिद्यार्थीहरुलाई त्यो एक बर्षमा रुसी भाषा मात्र नभएर जीवनजगतका यावत बिषयहरुमा ब्यबहारिक ज्ञान दिने गरिन्थ्यो । यसरी दिईने तालिममा मानिससँग गरिने ब्यबहार, सभ्य भएर बोल्ने, लुगा लगाउने तरिका, कुरा गर्दा कसरि शरीरलाई प्रस्तुत गर्ने लगायत अति सामान्य कुराहरु, जस्तो खाना खाँदा काँटा कसरि प्रयोग गर्ने आदि समेत सिकाइन्थ्यो । मैले त्यो एक बर्षको अध्ययन अबधिमा जीवनजगतका ब्यबहारिक बिषयमा सर्वाधिक कुराहरु सिक्न सकें कि जस्तो लाग्छ ।
डिप्लोम्यासीमा सबैभन्दा महत्वपूर्ण कुरा प्रोटोकल र एट्टीकेटलाई मानिन्छ । भारतीय राजदूत रञ्जीत रे त झन् क्यारियर डिप्लोम्याट नै हुन । एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुनुपर्ने म्यानर यीनलाई थाहा नहुने कुरै भएन । कुनै जमानामा बिहारी जमिन्दार र नेहरुका मित्र तत्कालिन भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहको हेपाहा प्रवृतिबाट आजित भएर बिपी कोइरालाले ‘नेपाललाई बिहारको एक जिल्ला नसम्झ, यो एक सार्बभौम सम्पन्न मुलुक हो’ भनेर झपारेको प्रसंग कतै पढेको थिएँ । तर यी रे साहबलाई सामान्य सिष्टाचार पालन गर्नुपर्ने कुरा त परै जाओस अहिलेको नाकाबन्दी र नेपालका बिषयमा जति पनि झुट बोल्ने छुट हामीले नै दियौं कि जस्तो लाग्छ ।

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको त्रिपक्षीय वार्तामा आन्दोलनरत मधेसवादी दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।
त्यसका लागि मधेस झरेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई नेता विहबारै राजधानी आइसकेका छन् । मधेस झरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर राजधानी फर्किएका हुन् ।
सद्भावना पार्टीका महासचिव मनीष सूमनले आजको वार्तामा मोर्चाका शीर्ष नेताहरु सहभागी हुने जनाए । वार्तामा मोर्चाको आधिकारिक धारणा बनाउन मोर्चाका शीर्ष नेताहरु अहिले आन्तरिक गृहकार्यमा छन् । यसअघि बसेको त्रिपक्षीय वार्तामा मोर्चाका शीर्ष नेता सहभागी नभएर मधेर झरेका थिए ।

१८ मंसिर , काठमाडौं ।
नेपालको राजनीतिक समस्याबारे अध्ययन गर्न भारतले सर्वदलीय प्रतिनिधिमण्डल नेपाल पठाउने भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार राज्यसभामा बोल्न तयार पारेको लिखित भाषणमा प्रस्ताव उल्लेख छ ।
नेपालको राजनीतिक समस्या सामाधानका चाँडो हुनेछ भन्नेबारे यसले हामीलाई आशावादी बनाएको छ,’ स्वराजको लिखित भाषणमा भनिएको छ ।
स्वराजले भारतमा नेपाल नीतिका सन्दर्भमा एकरूपता आउनुपर्ने कुरामा जोड दिँदै अमेरिका, बेलायत र युएनले समेत नेपालमा समावेशी संविधान निर्माणमा जोड दिएको दाबी गरेकी छिन् ।
नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines

काठमाडौं: भारतको माथिल्लो सदन राज्यसभामा नेपालमा मधेस आन्दोलनका कारण उत्पन्न राजनीतिक संकट, भारतीय नाकाबन्दी र दुई देशको बिग्रँदो सम्बन्धबारे बहस सुरु भएको छ।
'नेपालको अवस्था तथा भारत-नेपाल सम्बन्धको स्थिति'का बारेमा सभासद्ले प्रश्न उठाएपछि राज्यसभामा बहस सुरु भएको हो। भारतीय जनता पार्टीका सभासद् पवनकुमार शर्माले नेपालसम्बन्धी ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका हुन्।
नेपालबारे बहस हुने बैठकमा राज्यसभाका उपसभापतिले प्रत्येक सदस्यलाई तीन मिनेटमा नेपालबारे आफ्ना भनाइ टुंग्याउन भनेपछि विवाद भएको थियो। सभासद्ले कम्तीमा ७ मिनेट बोल्न दिन माग गरेका थिए।नेपालबारे राज्यसभाका एघारजना सदस्यले धारणा राख्न चाहेको बताएका थिए।
नेपालबारे तीन मिनेटभन्दा बढी समय सदस्यलाई बोल्न दिए चेन्नईमा गएको बाढी समस्याबारे छलफल हुन समय अभाव हुने सभापतिले बताएका थिए। विदेशमन्त्री सुष्मा स्वराज र केही सभासद्को प्रस्तावअनुसार नेपाल संकटबारे अर्को बैठक डाक्ने राज्यसभाको निर्णय उपसभापतिले सुनाएका छन्।
बिहीबारको बैठकमा विपक्षी कांग्रेस आईका सभासद् करण सिंह, राज्यसभामा विपक्षी दलका उपनेता आनन्द शर्मालगायतले नेपालमा उत्पन्न समस्याबारे विशेष बैठक बोलाउन माग गरेका थिए।बैठकमा राज्यसभा सदस्यले नेपालमा भारतविरोधी जनमत बढेको, नेपालमा खाद्यान्न र इन्धन संकट भएको भन्दै गम्भीर हुन सरकारलाई आग्रह गरेका थिए।
उनीहरूको मागअनुसार आगामी सोमबार राज्यसभामा नेपालबारे विशेष बहस हुने भएको छ।राज्यसभाको बिहीबारको बैठकमा नेपाल मामिलामा मन्तव्य दिँदै विदेशमन्त्री स्वराजले नयाँ संविधान संशोधन गर्न अहिलेको सरकार उदासीन रहेको आरोप लगाएकी छन्।
विदेशमन्त्री स्वराजले सुशील कोइराला नेतृत्वको सरकारले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समावेशीजस्ता दुईवटा संशोधन मन्त्रिपरिष्दबाट पास गरेको बताउँदै अहिलेको सरकारले त्यसलाई अघि बढाउन उदासीनता देखाएको आरोप लगाइन्।उनले नेपालको अवस्था बुझ्न राज्यसभालाई एक सर्वदलीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा पठाउनसमेत प्रस्ताव गरेकी छन्।
उनले भारतले नेपालमाथि नाकाबन्दी नगरेको र इन्धन तथा ग्यास आपूर्तिमा सहजीकरण गरिरहेको दाबी गरिन्।स्वराजले नेपाल र भारतबीच सदियांै पुरानो भूगोल, इतिहास, संस्कृति, भाषा तथा धर्ममा आधारित सभ्यतागत अद्वितीय सम्बन्ध रहिआएको बताइन्।
उनले दुई देशबीच घनिष्ठ राजनीतिक, बृहत् आर्थिक तथा गहिरो जनस्तरको सम्बन्ध रहिआएको उल्लेख गरेकी छन्।स्वास्थ्य, जलस्रोत, कृषि, सिँचाइ, शिक्षा, संस्कृति तथा ग्रामीण एवं सामुदायिक विकासमा भारतले नेपाललाई फराकिलो सहयोग प्रदान गर्दै आएको उनले बताइन्।
'हामीबीचको १९५० को मैत्री सन्धिले खुला सिमाना, स्वतन्त्र आवतजावत, नेपाली नागरिकलाई भारतमा शिक्षा र रोजगारसहित सेना तथा निजामती सेवामा समेत भारतीय नागरिकसरह प्रतिस्पर्धा गर्नसक्ने अधिकार सुनिश्चित गरेको छ', स्वराजले भनिन्।स्वराजले एक दशक लामो अस्थिरता र हिंसापछि नेपालमा जारी शान्तिप्रक्रियाको शान्तिपूर्ण निष्कर्षका पक्षमा भारत सदैव उभिएको बताइन्।
'दुखका साथ भन्नुपर्छ, हाम्रो सल्लाहलाई बेवास्ता गरियो' -भारतीय विदेशमन्त्री, सुष्मा स्वराज
'नेपालमा संविधान जारी गर्ने प्रक्रियाभर शान्त, स्थिर तथा संवैधानिक लोकतन्त्र स्थापना गर्ने प्रयासमा सक्दो नैतिक तथा भौतिक सहयोग प्रदान गर्ने कुरामा भारतमा पनि राजनीतिक समझदारी थियो', स्वराजले भनिन्, 'नेपालको जारी राजनीतिक संक्रमणमा हामी नजिकबाट सहभागी भै सर्वसम्मत, समावेशी तथा दीर्घकालीन संविधान सक्दो छिटो निर्माण गर्ने दिशामा निरन्तर सहयोग गर्दै आएका यियौं।'
‘नेपाली जनताको भावनाअनुरूप नेपालको शान्ति, स्थायित्व र सामाजिक-आर्थिक विकासमा सम्पूर्ण सहयोग प्रदान गर्न भारत निरन्तर लागिरहनेछ। हाम्रो उत्तरी छिमेकीप्रतिको रेखदेख, चासो तथा हार्दिक मित्रताप्रति कसैले पनि शंका गर्नै पर्दैन', स्वराजले भनिन्।
एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाओवादी तत्कालीन नेता बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको भ्रमणमा समेत भारतले सबैलाई समेटेर संविधान बनाउन सुझाव दिएको उनले उल्लेख गरिन्।'जुन २०१५ मा भएको मेरो भ्रमणमा समेत मैले हाम्रो सल्लाह राखेकी थिएँ भने प्रधानमन्त्रीले २०१५ अगस्टमा समकक्षी सुशील कोइरालासँग गर्नुभएको टेलिफोन संवादमा समेत सोही कुरा दोहोरिएको थियो।
यस विषयमा काठमाडौंस्थित हाम्रा राजदूतसमेत नेपाली दलसँग निरन्तर सम्पर्कमा रहनुभएको थियो। तसर्थ हाम्रा धारणा प्रस्ट भएनन् वा घनीभूत सम्पर्क गरिएन भन्ने भनाइमा कुनै आधार छैन', उनले भनिन्।नेपालका कयौं समुदाय खासगरी तराईका जनताले यो संविधान समावेशी भएन भन्दै अगस्टको मध्यदेखि विरोध प्रदर्शन गर्दै आएको उनले बताइन्।
निर्वाचन क्षेत्र निर्धारण, आवश्यक क्षेत्रलाई समावेशिता, प्रादेशिक सीमाजस्ता महत्वपूर्ण विषयमा कयौं विवादास्पद प्रावधान रहेका र ती कतिपय घनीभूत छलफलबिना अन्तिम घडीमा घुसाइएका, अन्तरिम संविधानका महत्वपूर्ण प्रावधानसमेत हटाएर नेपालमा संविधान जारी भएकोमा उनले असन्तुष्टि जनाइन्।
नेपालमा सबैको भावनाअनुसार संविधान जारी नभए संकट आउनसक्ने भएकाले भारतीय विदेशसचिव एस जयशंकरले नेपाल भ्रमणमा नेपाली राजनीतिक दललाई सहमतिका लागि घनीभूत छलफल गर्न केही समय थप्न आग्रह गरेको उनले सुनाइन्।
नेपालका असन्तुष्ट समुदायमा तिनका गुनासा सम्बोधन गर्न सकिने खालको सकारात्मक सन्देश प्रवाह गर्ने र तराईको राजनीतिक समस्यालाई राजनीतिक रूपमा सम्बोधन नगरिए आन्दोलन चर्किनसक्ने र तराई तथा भारत-नेपाल सीमामा अवस्था अझ बिग्रन दिन नहुने सल्लाह दिए पनि नेपालका नेताले नसुनेको उनले बताइन् । ‘दुःखका साथ भन्नुपर्छ, यी सल्लाहलाई बेवास्ता गरियो', उनले भनिन्।
परिणामस्वरूप नयाँ संविधानलाई नेपालको ठूलो जनसंख्याले असमावेशी तथा आदिवासी समूहले २००७ देखिका उपलब्धिसमेत हरण गरिएको रूपमा चित्रण गरेको उनले बताइन्।'आन्दोलनले भारत-नेपाल सिमानामा मालवाहक ट्रकसमेत आवतजावतमा रोकेको छ भने यसका कारण भारतबाट नेपालतर्फ हुने इन्धन तथा अन्य अत्यावश्यकीय सामानको आपूर्तिमा समेत प्रभाव पारेको छ', उनले भनिन्।
जारी आन्दोलनले नेपाली असन्तुष्ट समुदायमा घृणाको भाव विकास गरेको र भारत सीमा हुने कयौं भूभागमा आन्दोलन चर्किएको उनले बताइन्। उनले उत्तराञ्चल, उत्तरप्रदेश, बिहार, पश्चिमबंगाल र सिक्किमसहितको भारतसँग रहेको १७५ किमि लामो खुला सीमा तराईमा भएको आन्दोलनले प्रभावित भएको बताइन्।
'रक्सौल-वीरगन्ज रुटमा प्रदर्शनकारीलाई जबर्जस्ती हटाउन २ नोभेम्बर तथा २२ नोभेम्बरमा सप्तरीमा प्रदर्शनकारीविरुद्ध दुर्भाग्यपूर्ण बल प्रयोग गरिएकोमा वातावरण बिग्रनुका साथै एकजना भारतीय नागरिकसमेत मारिएकोमा हामीले मृत्युको अनुसन्धान माग गरेका छौं', उनले भनिन्।
annapurnapost