• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २५ मंसिर । विश्वकै शक्तिशाली राष्ट्र मानिएको संयुक्त राज्य अमेरिकाले भारतको मजाक उडाएको छ ।
नेपालमाथि नाकाबन्दी लगाइरहेको भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको अलोचना गर्दै अमेरिकाको चर्चित पत्रिकाले मजाक उडाएको भारतकै सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको चर्चित पत्रिका न्यूयोर्क टाइम्सले जलवायु सम्मेलनमा भारतको नीतिमाथि टिप्पणी गर्दै अलोचनात्मक कार्टून छापेर मजाक उडाएको हो । कार्टूनमा भारतलाई जून तरिकाले देखाइएको छ त्यो व्यंग्यात्मक भन्दा पनि आपत्तिजनक रहेको भारतीय सञ्चारमाध्यमको टिप्पणी छ ।
हाल फ्रान्सको पेरिसमा जारी विश्व जलवायु सम्मेलनमा ‘विकसित देश, जसको यहाँ प्रतिव्यक्ति कार्बन उत्सर्जनको दुस्प्रभाव धेरै छ, उनीहरुले धेरैभन्दा धेरै उत्सर्जन कटौती गर्नुपर्छ । जसले विकासशील देशमा असर नपरोस ।’ भन्ने भारतको नीति रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिस जलवायु सम्मेलनमा दिएको भाषणमा भनेका थिए- भारत विकासशील देश हो र हामीलाई विकासको मौका दिनुस् । तर, विकसित देश भारतलाई राहत दिन तयार छैनन् । तर, अमेरिका भन्छ- भारतको नीतिले जलवायु सम्मेलनमा ठोस सम्झौता हुने देखिन्न् ।

न्यूयोर्क टाइम्समा छापिएको कार्टूनमा भारतलाई एक हात्तिका रुपमा देखाइएको छ, जो पेरिस जलवायु सम्मेलनको रेल अगाडी रल्वेसडकमा अडेर बसेको छ । कार्टूनको शीर्षक छ- पेरिस जलवायु सम्मेलनमा भारत । कार्टूनमा जो रेल देखाइएको छ, त्यसमा कोइलाको इञ्जन लगाइएको छ अर्थात यो कार्बन उत्सर्जनको प्रतीक हो ।
कार्टूनले भारत आफू कोइलाबाट कार्बन बढाउने र अरुलाई उत्सर्जन गर्ने अडान राख्ने भनेर अलोचना गरेको छ । कार्टूनको मुख्य सन्देश भनेको कार्बन उत्सजर्नका लागि भारत पनि जिम्मेवार छ ।
न्यूयोर्क टाइम्सले यसअघि पनि काटूनबाटै अमेरिकाको आलोचना गरेको थियो
dainiknepal
शुक्रबार, २५ मंसिर
सरकारले राष्ट्रघात गरि भारतीय कम्पनीलाई सुम्पिएको आरोप
संखुवासभा । सशस्त्र संघर्ष गर्ने भन्दै अघि बढेको विप्लव माओवादीले अरुण ३ जलविधुत परियोजनामा राष्ट्रघात भएको र सो परियोजना भारतले एक लौटी कब्जा गरेको भन्दै बुधवार राति आगो लगाएको छ ।
बुधवार लगाएको आगो आज सम्म निभ्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय संखुवासभाले घटनास्थलमा आगो निभाउन  प्रहरी टोलि खटाए पनि आगो अहिले सम्म निभ्न सकेको छैन ।
आगजनीको कारण ठुलो क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  नेपालमा विधुत आपूर्ति सहज गराउन अरुण ३, माथिल्लो कर्णाली र उपल्लो मर्स्याङ्दीजस्ता विश्वकै सस्ता र राम्रा नेपाललाई नभई नहुने जलविद्युत आयोजनाहरु हुन् ।
जसमा पनि सरकारले राष्ट्रघाती सम्झौता गरेर भारतलाई सुम्पिएको हो भन्ने माओवादीको ठहर रहेको छ   । विप्लव माओवादीले राष्ट्रघाती सम्झौता तुरुन्त खारेज गरियोस भनेर पटक पटक ज्ञापन पत्र र धर्ना समेत दिएको थियो ।
पटक पटक जानकारी गराउंदा पनि नमानेपछि पार्टीको अगुवाईमा जनताले आगो लगाएर प्रतिकार गरेका हुन् विप्लव माओवादीका एक केन्द्रिय सदस्यले नेपाल सन्देशलाई बताए ।
nepalsandesh
सम्माननीय प्रधानमत्री नरेन्द्र मोदी ज्यू

 भारत सरकार

नमस्कार…..

     मैले कहाँबाट र कसरी शुरु गरौ? कुन शब्दले तपाईंलाई सम्बोधन गरौ त्यो शब्द नै पाएन? छिमेकी सबैका हुन्छन् मान्छेका छिमेकी हुन्छन्, गाउका टोलका छिमेकी हुन्छन्, देशका पनि छिमेकी हुन्छन्, छिमेकी सबै बराबर हुदैनन् कोई सबै चिजले परिपुर्ण हुन्छन्, कोई अलि कमजोर भनौ या सबै चिजले परिपुर्ण हुदैनन्, कोई ठुला हुन्छन् कोई साना हुन्छन्, सबै चिजले परिपुर्ण ठुलाले सानालाई सहयोग गर्नु एकदमै राम्रो कुरा हो, तर सहयोग गरे भन्दैमा आफुले भनेको मान्नै पर्छ आफ्नै ईशारामा चल्नु पर्छ भन्दै ठुलाले सानालाई हेपचेप गर्नु जरुरी छैन र त्यो कदापि सहन सकिन्न ।

नेपालको संविधान घोषणा हुन केहि दिन पहिले तपाईंले विशेष दूत पठाएर संबिधान रोक्ने अनेकौ कोशिस गर्नु भयो तर तपाईंको त्यो कोशिस अशफल भयो, २०७२ असोज ३ गते संविधानसभाबाट ९० प्रतिशत भन्दा बढी मतले पारित नेपालको नयाँ संविधान जारी भएपछि तपाईंको सरकारले आफ्नो भने जस्तो संबिधान नबनेकोले केहि कुरामा असन्तुष्टि जनाउदै आफुले चाहे जस्तै मनमानी संबिधानका केहि बुदा संसोधन गर्न दबाद दियो, तर हाम्रो देशका नेताहरुले तपाईंको सरकारको दबादमा नझुके पछि अघोषित नाकावन्दी लगाईयो । र मधेशबादी दलहरुलाई भड्काएर आफुले समर्थन गर्दै हिंसात्मक आन्दोलन गर्न लगाईयो ।

झापा, मोरङ, सुनसरी देखि कैलाली, कञ्चनपुर सम्मको भुभागलाई मधेस प्रदेश र थारुवान थरुहट प्रदेशको माग गर्नु लगाएर वर्षौं देखी मिलेर बसेका सोझा-साझा जनताहरुलाई भ्रममा राखेर उचाल्दै भड्काएर साम्प्रदायिक फैलाउने काम गर्‍यो, यो अधिकार छिमेकी तपाईं र तपाईंको सरकारलाई कसले दियो?

मधेशी दलहरुले गरी रहेको हिंसात्मक आन्दोलनको कुनै औचित्य नै छैन, त्यो हिंसात्मक आन्दोलन न त देशको हितका लागि गरिदैछ? न त मधेशी जनताको हितका लागि? गरिदैछ त केवल भारतको ईशारामा संविधानसभाको दोस्रो निर्वाचनमा मधेसी जनताहरुबाटै पराजित केहि देशद्रोही नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न सोझा-साझा मिलेर बसेका जनताहरुलाई भड्काएर साम्प्रदायिकता फैलाउदै देशलाई विखण्डन गर्नका लागि मात्रै गरिदैछ । त्यसैले मधेशमा भई रहेको हिंसात्मक आन्दोलन अलोकतान्त्रिक र अमानवीय छ । विदेशी भूमिबाट मातृ भूमिमा ढुंगा मुढा बर्साउन लगाउनेहरू स्वाभिमानी नेपाली हुनै सक्दैनन्, विदेशीको दानापानी र पैशा खाएर सञ्चालित हिंसात्मक आन्दोलन कुनै पनि हालतमा नेपालीको हितका लागि गरिएको होईन भन्ने कुरा प्रष्ट छ  ।

अर्को कुरा तपाईं एक प्रधानमन्त्री भएको नाताले छिमेकी मुलुकमा (तपाईंले आफ्नै ईशारामा गराउदै आउनु) भएको हिंसात्मक, अलोकतान्त्रिक र अमानवीय आन्दोलनका बारेमा जे कुरा गर्नु थियो राष्ट्रप्रमुख या सम्बन्धित मन्त्रालय सँग भेटबार्ता गरेर गर्नु पर्ने हो, तर तपाईंले मधेशबादी नेताहरुलाई दिल्ली बोलाउनु को अर्थ के? यो सबै स्वाभिमानी नेपालीहरुलाई राम्ररी थाहा छ, तपाईं सँग यसको जवाफ छ?

‘मुखले राम राम बगलीमा छुरा’ भनेझै तपाईं र तपाईंका चम्चाहरुले नाटकिय ढंगबाट आफुले छिमेकी नेपाललाई आफ्नो सानो भाई जस्तै मानेका छौ, सधैं शान्त, समृद्ध हेर्न चाहन्छु भन्नु हुन्छ र भन्नु लगाउनु हुन्छ, तर तपाईंले सोहि कुरालाई ब्यबहारमा किन उतार्नु सक्नु हुँदैन? किन अघोषित रूपमा लगाएको नाकाबन्दी हटाउनु पहल गर्नु हुँदैन? यसबाट के कुरा स्पष्ट हुन्छ भने तपाईंले कुनै पनि हालतमा हाम्रो देशलाई शान्त र प्रगतीमा लम्की रहेको देख्नु चाहनु हुन्न ।

‘आफ्नो शरीरको भैंसी नदेख्ने अरुको शरीरको जूम्रा देख्ने’ भने झै यदि संबिधान संसोधन गर्नु नै पर्ने हो भने पहिले तपाईंले आफ्नो देशको संबिधान संसोधन गरेर देखाउनुहोस्, जहाँ काश्मिरलाई अलग राज्य बनाउनुका लागि वर्षौं देखी निर्दोषले ज्यान गुमाउदै आएका छन्, दार्जिलिङ अलग गोर्खाल्याण्ड प्रदेशको माग गर्दै आन्दोलन चलेको दशक भईसक्यो र त्यस आन्दोलनका दौरान निर्दोष नागरीकहरुले ज्यान गुमाई सकेका छन्, के तपार्इं अलग काश्मिर र गोर्खाल्याण्डको समर्थन गर्दै भारतको संविधान संशोधन गर्न सक्नु हुन्छ? कदापी सक्नु हुन्न । त्यसैगरि हामी नेपालीहरुले पनि तपाईंको ईशारामा आन्दोलन गर्ने मधेशबादी दलका बिना अर्थका माग पुरा कदापी गर्न सक्दैनौं ।

स्मर्णिय रहोस् तपाईं कै गृहराज्य गुजरातमा २७ फेब्रुअरी २००२ मा तपाईं नै तत्कालीन मुख्यमंत्री हुँदा हजारौ भन्दा बढी मुश्लिम मारिनुका साथै निर्दोष मुश्लिमहरुमाथि हत्या, हिंसा भएको, अबोध बालबालिका र निर्दोषहरुलाई पेट्रोल छर्केर जिउँदै जलाईएको बिर्सनु भए जस्तो छ? लाखौं मुसलमानहरु आफ्नो गृहनगर गुजरात छोडेर भाग्न बाध्य भएका पनि यति छिट्टै भुल्नु भएछ? तपाईंलाई त्यहि गुजरात दंगामा सन्लग्न  भएको भन्दै विश्वभरी नै ठुलो आलोचना भएको थियो भने अमेरिकाले लामो समय सम्म आफ्नो देशको भीसा सम्म दिएको थिएन?

र भरखरैको ताजा घटना तपाईंको गृहराज्य गुजरातमा पटेल समुदायले भारतीय संविधानमा उनीहरुलाई आरक्षणको माग राखेर आन्दोलन गर्दा कयौ सर्बसाधारण र निर्दोष जनताको ज्यान गएको थियो । तपाईंले उनीहरुका माग किन पुरा गर्न सक्नु भएन?

तसर्थ यदि तपाईं लोकतन्त्रलाई मान्नु हुन्छ भने र छिमेकी राष्ट्रलाई शान्त, समृद्ध, प्रगतिमा लम्केको हेर्न चाहन्छु हुन्छ भने ९० प्रतिशत भन्दा बढी मतले पारीत भएको नेपालको नयाँ संविधानलाई ढोगेर स्वागत गर्नुहोस् । तपाईंले ईतिहासमा कहिल्यै नझुकेको नेपाली स्वाभिमान झुकाउने अनुचित प्रयास गर्दै नगर्नुहोस् । चेतना भया………

ratopati
शुक्रबार, २५ मंसिर
पुनर्वास (कञ्चनपुर), २५ मङ्सिर । नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ ।
परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन सुरु गरिएको छ ।
दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग सहमति गर्नुपर्ने हो सीमा क्षेत्रमा भारतीय पक्षले बनाइरहेका बाँधजस्तो देखिने आलीका सम्बन्धमा जानकारी लिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद अर्यालले बताए ।
पुनर्वास नगरपालिकाको वडा नं १ मा पर्ने यस क्षेत्रमा विगतदेखि नै भारतीय पक्षले बेलाबेलामा सीमा अतिक्रमण गरिरहेको स्थानीय बासिन्दा बताउँछन् । दुई देशीय सीमा क्षेत्रमा कुनै एक पक्षले कुनै पनि संरचना बनाउन नपाइने अन्तर्राष्ट्रिय मान्यता भए पनि बीचफाँटाको दशगजामा भारतीय पक्षले बेलाबेलामा मनोमानी गरिरहेको सीमा क्षेत्रका जानकार कुबेर नाथ बताउछन् ।
नेपाल भारत सीमा स्तम्भमा भारतीय पक्षले तीन मिटर अग्लो बाँधजस्तो देखिने संरचना बनाए पनि नेपाली पक्षले रोक्न समयमा पहल नगरेपछि समस्या बल्झिरहेको समाजसेवी अमरजन साउदको भनाइ छ ।
परासनको बीचफाँटामा भारतले २०६० देखि पटकपटक सीमाको अतिक्रमण गरिरहेको र अहिले आएर फेरि दशगजा नै मिचिने गरी बनाएको बाँध जस्तो संरचनाबारे संसद्को ध्यानाकर्षण गर्न पहल गर्ने क्षेत्र नं १ का सभासद् दिवानसिंह विष्टले बताए ।
नेपाल सरकारले यहाँको सीमा क्षेत्रको वैज्ञानिक रूपमा खोज र दशगजा निर्माणमा पहल नथाल्दा सीमा व्यवस्थित हुन नसकेको दुःखेसो स्थानीयवासीको रहेको छ ।
nepalsandesh
काठमाडौं । चर्चित गायिका ज्योती मगरको लभस्टोरी सार्वजनिक भएको छ ।
उनले आफ्नो लभस्टोरी म्यूजिक भिडियोमार्फत सार्वजनिक गरेकी हुन् ।
‘केटाहरुलाई गोली ठोक्नु पर्ने’ भन्दै ज्योती मगरले हर्के हल्दारलाई धोका दिएकी छिन् भने दिनेश थापाले ज्योतीलाई धोका दिएका छन् ।
dainiknepal
प्रतिलिटर दुई सय रुपयाँ
काठमाडौं: बौद्धका सन्तोष रेग्मी बिहीबार निकै प्रसन्न देखिन्थे। नाकाबन्दीयता सधैंजसो प्रतिलिटर तीन सयदेखि तीन सय ५० रुपैयाँसम्म तिरेको पेट्रोल हालेर मोटरसाइकल गुडाएका उनले अहिले ब्ल्याक मार्केटमा पनि दुई सय रुपैयाँमै पेट्रोल पाएका छन्।


महँगो मूल्य तिरेर भए पनि पेट्रोल किन्नैपर्ने उनको बाध्यता छ। सानोभर्‍याङस्थित एक निजी कलेजमा होटेल म्यानेजमेन्ट विषय पढाउने उनलाई बिहान ६ बजे कलेज पुगिसक्नुपर्छ।

बौद्धदेखि सार्वजनिक यातायातमा बिहान ६ बजे नै सानोभर्‍याङसम्म पुग्न निकै कठिन हुने भएपछि तीन सय ५० रुपैयाँ तिरेर भए पनि काम चलाउँदै आएका उनलाई एकजना साथीले गत सोमबार दुई सय रुपैयाँमै पेट्रोल दिने ठाउँ बताइदिएका थिए। सोही अनुसार उनी बल्खुस्थित एउटा छाप्रोमा पुगे, जहाँ उनले साथीले भनेअनुसार नै प्रतिलिटर दुई सय रुपैयाँमै पेट्रोल फेला पारे।

नाकाबन्दीपछि एक लिटरको चार सय रुपैयाँसम्ममा लुकीछिपी पेट्रोल बिक्री गरेका त्यहाँका कारोबारीले अहिले भाउ घटाएर दुई सय रुपैयाँकै दरमा बिक्री गर्न थालेका रहेछन्। तर, दुई सय रुपैयाँमा तेल पाउन न्यूनतम ६० लिटर तेल उठाउनै पर्ने विक्रेताले सन्तोषलाई सुनाए।

६० लिटर एकैपटक उठाउनुपर्ने थाहा पाएपछि उनले आफ्ना साथीहरूलाई त्यहींबाट फोन गरे। साथीहरू दुई सय रुपैयाँका दरले पेट्रोल लिन तयार भएको बताएपछि उनले ६० लिटर तेल लिन तयार भए अनि बुधबार चारजना साथीसहित सोही छाप्रोमा पुगेर मोटरसाइकलमा पेट्रोल भरे, बाँकी तेल जर्किनमा राखेर घरसम्म पुर्‍याए।

'अब केही समयका लागि ढुक्क भयो । तीन सय ५० रुपैयाँसम्म तिरिरहेको अवस्थामा एक्कासि दुई सयमै पाइँदा त निकै सस्तो अनुभव भइरहेको छ', उनले बिहीबार भने।ब्ल्याक मार्केटमा एकाएक भाउ घट्नुमा नाकाबन्दी खुलिहाल्छ कि भन्ने त्रास मुख्य कारण रहेको यस्तो कारोबारीमा संलग्नहरू बताउँछन्।

आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी खुल्न सक्ने संकेत गरेका कारण ठूलो परिमाणमा नाकाबाट अवैध तरिकाले तेल भित्र्याएर भण्डारण गर्नेहरू डराएका हुन्। यसबाहेक पछिल्ला दिनमा प्रहरीले खानतलासी बढाएकाले अवैध तरिकाबाट तेल ल्याएर भण्डारण गरिरहेकालाई छापामारीको त्रास बढेको छ।

सञ्चारमाध्यममा नाकाबाट अधिक मात्रामा तेल तस्करी भएका समाचार आउन थालेपछि प्रहरीको सक्रियता बढेको छ । नागढुंगा र थानकोटमा प्रहरीले तेल ल्याएका केही बस खानतलासी गरेर नियन्त्रणमा लिएको थियो।
ब्ल्याक कारोबारीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले भाउ घटेको हो। आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी खुल्न सक्ने संकेत गरेका कारण पनि अवैध तरिकाले तेल भित्र्याएर भण्डारण गर्नेहरू डराएका छन्।
तीनथानास्थित एकजना कारोबारीका अनुसार पछिल्लो समय तेल ब्ल्याकमा बेच्ने कारोबारमा लाग्नेको संख्या निकै बढेको छ। तेल कारोबारमा निकै फाइदा हुने थाहा पाएपछि यति बेला फुटकर व्यापार गर्ने धेरैको धन्दा तेलको ब्ल्याक कारोबार भएको छ।

ब्ल्याक मार्केटमा समेत अस्वस्थ प्रतिस्पर्धा बढेकाले पनि भाउ ह्वात्तै घटेको उनी बताउँछन्। काँकडभिट्टा र चितवनको ठोरीबाट अत्यधिक मात्रामा अवैध तरिकाले राजधानीमा पेट्रोलियम पदार्थ भित्रिरहेको उनले सुनाए।

वैध तरिकाले पाउन निकै कठिन भए पनि ब्ल्याक मार्केटमा भने खोजेजति तेल पाइन्छ। सडकमा गुडेका सवारीसाधनको संख्याले पनि यसको पुष्टि गरेको छ।बल्खुस्थित ब्ल्याक मार्केटका अर्का एक कारोबारीका अनुसार राजधानीका विभिन्न पेट्रोल पम्पबाट पनि उनीहरूकहाँ तेल पुग्ने गरेको छ।

'पेट्रोल पम्पमा आएको सबै तेल वितरण नगरी केही हिस्सा ब्ल्याकमा बिक्री गर्ने च्यानल छ। सोही च्यानलमार्फत एक सय ५० रुपैयाँ हाराहारीमा ब्ल्याक मार्केटमा आइपुग्छ, अनि हामी अवस्थाअनुसार दुई सयदेखि माथि मिलाएर बिक्री गर्छौं', उनले भने।

६० लिटरभन्दा कम तेल दुई सय रुपैयाँमा नपाइने उनले बताए। फुटकर कारोबारबाट बेचिसक्न धेरै समय लाग्ने भएकाले तीन सय रुपैयाँभन्दा कममा नदिने गरेको उनको भनाइ छ।
annapurnapost
काठमाडौं, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा पत्र पठाएपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा. विजय पौडेलले राजीनामा दिएका छन् । भ्रष्टाचार जस्तो जघन्य अपराधको आशंकामा अख्तियारले पत्र काटेपछि पार्टीको जिम्मेवार पदमा रहन नैतिकताले नमिल्ने भन्दै पौडेलले राजीनामा दिएका छन् ।
कुनैपनि सार्वजनिक पदमा नबसेका पूर्व सांसद पौडेलले राज्यको संबैधानिक निकायले आफुमाथी भ्रष्टाचारको छानविन थालेको जनाउँदै छानविन प्रक्रिया नसकिँदासम्म पोलिटब्यूरो सदस्यका रुपमा काम नगर्ने राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
एमाले महासचिव इश्वर पोखरेललाई राजीनामा पत्र बुझाउँदै पौडेलले आफुमाथी गरिएको भ्रष्टाचारको छानविनमा राज्यलाई सहयोग गर्ने समेत बताएका छन् । आफुमाथी अख्तियारले बद्नियतपूर्वक छानविन थालेको जनाउँदै आएका पौडेलले अख्तियारलाई ठाडो जवाफ दिन आफु तयार भएको बताएका छन् ।
अख्तियारले पत्र काटेका २९ जना मध्ये २८ जना उपस्थित भएका छन् । पूर्वराजदुत भोजराज घिमिरे देश बाहिर भएकाले उपस्थित हुन सकेका छैनन् ।yeskathmandu
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home