१ पुस, जनकपुरधाम ।
देशको पहिलो महिला राष्ट्रपती विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।
जनकपुर धाममा आज हुने विवाह पञ्चमी समारोहमा सहभागी हुन राष्ट्रपती भण्डारी सेनाको हेलीकप्टरमा त्यहाँ पुगेकी हुन् ।
राष्ट्रपती आउने भएपछि मोर्चाका कार्यकताले हिजो देखी नै विरोध गर्दै आएका थिए । आज विहान पनि विरोध जारी रहेका कारण जनकपुर तनावग्रस्त रहेको छ।
मोर्चाका कार्यकर्ताले विरोध गर्ने भएपछि सुरक्षा व्यवस्था अत्यन्त कडागरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित सेनाको बख्तरबन्द गाडी समेत तयारी अवस्थामा राखिएको छ ।nepaliheadlines

काठमाडौं । लोकमानले फेरि एकचोटी अख्तियारको आँगनलाई दुरुपयोग गर्दैछन् । राज्यले पदीय जिम्मेवारी वहनका क्रममा उपयोग गर्न भनी सुविधानमा दिएको सरकारी निवासबाटै दुई वर्षअघि जेठी छोरी अन्माए । फेरि आइतबार उनले कान्छी छोरीलाई त्यहीँबाट अन्माउन अख्तियरबाटै टीकाटालो गरेका छन् ।
नेपालको तस्करी साम्राज्यका कुख्यात पात्र मानिने व्यापारी रोहिणी थपलियाका छोरालाई जेठी छोरी डा. आध्यासिंह अन्माउँदा गरेभन्दा पनि चर्को अत्याचार यसपटक गर्दैछन् । कसरी भने, अख्तियारका सहसचिव श्रीधर सापकोटाको परिपञ्चमा एन्फा अध्यक्ष गणेश थापाले गरेका विदेशी मुद्रा अपचलनको मुद्दामा क्षेत्राधिकार मिचेर अख्तियारले सफाइ दिएको थियो ।
यतिबेलासम्म त फिफाले नै गणेश थापालाई डामिसकेको छ । तर, उतिबेला लोकमानले क्षेत्राधिकार मिच्नुको कारण पनि यतिबेला झल्किएको छ कि गणेश थापाकी जेठी दिदीका छोरा प्रणयसँग लोकमानकी कान्छी छोरी आकृति अख्तियारको आँगनबाट अन्मँदै छिन् । जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal

बुधबार, १ पुष
परासी । नवलपरासीको पहाडी क्षेत्रका अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क यहाँ सार्वजनिक भएको छ ।
पहाडी–१७ गाविसका ९० प्रतिशत युवायुवती वैदेशिक रोजगारमा गएको र वैदेशिक रोजगारमा जानेमा युवतीभन्दा युवाको सङ्ख्या निकै बढी रहेको आप्रवासन कामदारको क्षेत्रमा काम गर्ने संस्था इन्द्रेणी विकास मञ्च र हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ ९सामी परियोजनाले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्कअनुसार विशेषगरी पहाडी नरम गाविसमा रहेको ४५० घरधुरीमध्ये १२० भन्दा घरका युवायुवती रोजगारीका लागि विदेश गएका छन् ।
परियोजनाले पछिल्लो समय एक हजार ८८५ जनालाई परामर्श दिएको, पासपोर्टमा फसेका र विदेशमा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरेको जनाएको छ ।
nepalsandesh

मुम्बई । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनी आपतमा परेकी छिन् ।
आफ्नो फिल्म मस्तीजादेको एक गीतका लागि थाइल्याण्डमा नाङ्गिएर डान्स गर्दैगर्दा फ्यानले घेरा हालेपछि सन्नी आपतमा परेकी हुन् । घेरा हालेपछि केहीबेर शुटिङ प्रभावित भएको छ । आयोजक स्थिती सम्हालेपछि फेरि शुटिङ सुरु भएको थियो ।
थाइल्याण्डको राजधानी बैंककमा गीतको भिडियोको बेला सन्नीले विकनी मात्रै लगाएकी थिईन् । र उनी कार सफा गरिरहेको सिनमा डान्स गरिरहेकी थिईन् । त्यहीेबेला उनको नाम लिँदै फ्यानहरु दौडिएर शुटिङस्थलमा पुगेका थिए ।
मस्तीजादे फिल्मका निर्देशकले स्थिती साम्य पारेर बल्ल बल्ल शुटिङ सक्काएका थिए । सन्नीको फिल्मको अर्काे महिना जनवरीमा रिलिज हुँदैछ ।

मुस्ताङ: जिल्ला कारागार मुस्ताङमा शौचालय नहुँदा कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ। उनीहरु रातको समयमा कोठाभित्रै बाल्टिनमा शौच गर्न बाध्य छन्।
कारागार परिसरभित्र शौचालय नहुँदा बाहिर खुल्ला चौरमा शौच गर्न कैदीबन्दी बाध्य छन्। उनीहरुले तत्काल शौचालयको व्यवस्था गरिदिन आग्रहसमेत गरेका छन् । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण थप समस्या उत्पन्न भएको कारागार व्यवस्थापनले जनाएको छ।
कारागारभित्रै शौचालय नहुँदा कैदीबन्दीदेखि कार्यालयका सबै कर्मचारीलाई शौच गर्न समस्या भएको कारागारका जेलर ऋषिराम बरालले जानकारी दिए। उनका अनुसार ६ जनाका क्षमता रहेको कारागारमा अहिले दुई महिला र ६ पुरुषसहित आठजना कैदीबन्दी छन्।
'शौचालयको एकदमै समस्या छ, कैदीबन्दी रातको समयमा बाल्टिन र विभिन्न भाडामा शौच गरिरहेका छन्', जेलर बरालले भने, 'यसका लागि कारागार व्यवस्थापन विभागसँग कुरा भए पनि काम हुन सकेको छैन।'
कैदीबन्दीले आफूहरुलाई सरकारले थप अन्याय गरेको गुनासो व्यक्त गरेका छन्। जीर्ण भवनमा बस्दा समस्या उत्पन्न भएको बताइएको छ। धेरै समय पहिला निर्माण गरिएको भवनमा अहिले तीनवटा कोठा मात्र रहेका छन्। त्यसैमा कैदीबन्दी कोचिएर बस्न बाध्य भइरहेको छ।
कारागारको चौतर्फी सुरक्षाका लागि पर्खाल, भवन र तारबारको लागि माथिल्लो निकायमा कुरा राखिए पनि पूरा हुन नसकेको जेलर बरालको भनाइ छ।
annapurnapost

काठमाडौं, पुस १ । आतंकवादीको हमलाको धम्की आएपछि अमेरिकाको लस एन्जलसका एक हजार भन्दा बढी सरकारी बिद्यालय बन्द गरिएको छ ।
जसका कारण सात लाख भन्दा बढी छात्र छात्रा प्रभावित भएका छन् । सामाजिक सञ्जाल मार्फत आतंकवादी हमलाको धम्की आएको भन्दै बिद्यालय बन्द गर्नुको बिकल्प नभएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
यद्यपी धम्की कसले दिएको भन्ने खुलाइएको छैन । धम्कीको समाचार फैलिएपछि लस एन्जलसका प्रत्येक विद्यालयमा खानतलास गरिएको थियो ।
अमेरिकाको क्यालिफोर्नियामा भएको आतंकवादी हमलाको दुई सातापछि आएको यसप्रकारको धम्कीले अमेरिकामा उच्च सुरक्षा सर्तकर्ता अपनाइएको छ ।
यता धम्कीपछि आत्तिएका बिद्यार्थी र अभिभावकहरुलाई धैर्य धारण गर्न सुझाव दिइएको छ । (एजेन्सी)
imagekhabar

काठमाडौं, १ पुस । विवाहपञ्चमीका अबसरमा जनकपुरमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जान लाग्नुभएको छ ।
उहाँले जनकपुरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुका साथै टीका तथा प्रसादग्रहण गर्ने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणलाई लिएर जनकपुरमा उच्च सुरक्षा अपनाइएको छ । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट लगिने बताइएको छ ।
उता, आन्दोलनरत मधेसी मोर्चाले राष्ट्रपति भण्डारीलाई जनकपुरमा अबरोध गर्ने चेतावनी दिएको छ । विरोध स्वरुप जनकपुरका विभिन्न स्थानमा कालोझण्डा राख्नुका साथै विरोध गरिने मधेसी मोर्चाले जनाएको छ ।
यसअघि मंगलबार मधेसी मोर्चाले जनकपुरमा राष्ट्रपति भण्डारीको पुत्ला पनि जलाएको थियो ।
राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणलाई लिएर मधेसी मोर्चाको टाउको दुःखाइ भएको छ । भण्डारीले जनकपुरमा पुगेर विवाह पञ्चमी कार्यक्रममा सहभागी भए आफूहरूको आन्दोलन मत्थर हुने मधेसी मोर्चालाई डर रहेको स्थानीयको भनाइ छ ।