सोमबार, ६ पुष
जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीको जनकपुर आगमनलाई लिएर जानकी मन्दिरमा गरिएको तोडफोड र ढुङ्गामुढा घटनामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका तीनै जनामाथि प्रहरीले सार्वजनिक मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा सीताशरण मण्डल, राहुलकुमार राउत र रितेशकुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त जोशीले घटनामा संग्लनको पहिचान भइसकेको र उनीहरुको खोजी कार्य तीव्र बनाइएको बताए ।
अाइतबार बसेकाे बसेको मन्त्रिपरिषद्को बैठकले घटनाका दोषिलाई कानुनी कारबाही गरिने निर्णय गरेपछि प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसनधान सुरु गरेको हो ।
nepalsandesh

‘प्रचण्ड’ का तीन नातिनीलाई चीन भ्रमण पठाएपछि ठूलै हंगामा भयो ।
चीनले भूकम्पबाट भएको क्षति र पुनर्निर्माणको अवलोकनका लागि १५ देखि ३० वर्षमुनिका भूकम्प प्रभावितलाई सिचुआन प्रान्तको छिन्दुङ भ्रमण गराएको थियो । गत २५ मंसिरमा दुई साताका लागि चीन उडेको टोली एक सातामै स्वदेश फर्कियो ।
कारण थियो, उक्त प्रकरणबारे चीनको असन्तुष्टि । सो प्रकरणबारे सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि चीनले त्यसलाई गम्भीर रुपमा लियो । चाइना प्रकरणले एमाओवादीमै ठूलै हलचल ल्यायो ।
जारी केन्द्रीय समिति बैठकमा गृहमन्त्री शत्ति, बस्नेतको राजीनामा मागियो । बैठकमा अब त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि एकपटकका लागि बस्नेतले माफी पाए ।
भ्रमणमा सहभागी सदस्यहरुका कारण विवाद भएपछि दुई साताका लागि गएकाहरु एक सातामै फिर्ता भए । यदि १४ दिनसम्मै बसेको टोली अहिलेसम्म चीनमै हुन्थ्यो ।
तर टोलीका सबै गत १ पुसमै नेपाल फर्किइसकेका छन् । ‘हामी दुई साताका लागि गएका थियौं, भिसा नै १४ दिनको थियो’, टोलीका एक सहभागीले काठमाण्डु टुडेसँग भने, ‘अधिकांश नेताका आफन्त भ्रमण टोलीमा सहभागी भएका कारण चीनले एक हप्तामै फिर्ता गरिदियो ।’
उनका अनुसार भ्रमण विवादति भएसँगै चिनियाँहरुले टोलीमा सहभागीहरुलाई खासै राम्रो व्यवहारसमेत गरेका थिएनन् ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, ६ पुस । चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हुवाजिन नारायणी सिमेन्ट कम्पनी (साङ्घाइ) लाई प्रत्यक्ष वैदेशिक लगानीमार्फत रु १४ अर्बको लगानीमा नेपालमा सिमेन्ट उद्योग खोल्ने बाटो खुलेको छ ।
लगानी बोर्डको आइतबारको बैठकले सोसम्बन्धी प्र्रस्तावलाई स्वीकृति दिएको हो । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बोर्डको कार्यालय नयाँबानेश्वरमा बसेको १९औँ बैठकले कुल एघार लाख टन सिमेन्ट उत्पादन गर्ने उद्योग खोल्न अनुमति दिने निर्णय गरेको हो ।
यो निर्णयपछि अब कम्पनीले नेपालको उद्योग विभागमा साझेदार कम्पनी दर्ता गरी कार्य अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जानकारी दिनुभयो । ओली प्रधानमन्त्री भएपछि बोर्डको पहिलो बैठकले सोसम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको हो ।
कम्पनीले नेपालमा उद्योग स्थापना गर्न वैदेशिक लगानी (एफडिआइ) ल्याउनेसम्बन्धी प्रस्ताव बोर्डमा पेस गरेको थियो । कम्पनीले आगामी दुई वर्षमा कच्चा पदार्थ क्लिङ्कर उत्पादनसहितको कारखाना सञ्चालनमा ल्याउनेछ ।
चीनकै होङ्सी गु्रपले हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगमा लगानी गर्दैछ । शिवम्मा होङ्सीको ७० प्रतिशत तथा नेपालीको ३० प्रतिशत लगानी हुनेछ । सरकारले २०७३ सालपछि विदेशी सिमेन्ट आयातमा प्रतिबन्ध लगाउन स्वदेशमै उत्पादन गर्न चाहने उद्योगलाई विशेष सुविधा दिने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।
पन्तका अनुसार बैठकले मुलुकमा ऊर्जाको माग बढेका सन्दर्भमा सोलार, वायु उत्पादनका लागि गोर्खाज युके कम्पनीलाई अख्तियारी दिन सरकारलाई सिफारिस गरेको छ ।
त्यस्तै वैकल्पिक ऊर्जाको वर्तमान र भावी मागको पहिचान गरी सार्वजनिक गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको छ ।
यस्तै बुढीगण्डकी जलविद्युत् विकास समितिलाई आयोजनासँग जोडिएका आर्थिक, वातावरणीय र कानुनी समस्या समाधानमा प्राविधिक सहयोग गर्ने, निजी क्षेत्रसँग मिलेर विन पावरको सम्भाव्यता मापन गर्ने, विभिन्न आयोजनामा स्थानीय जनताको लाभ र उत्पादकको चासोलाई ध्यानमा राखी स्थानीय सेयर वितरण र त्यसको मूल्य निर्धारणसम्बन्धी मापदण्ड बनाउने निर्णय पनि गरेको छ ।
यस्तै परिवर्तित समयमा बोर्डको ऐन, २०६८ परिमार्जनको मस्यौदा तयार गरी सरकारलाई बुझाउन बैठकले निर्देशन दिएको छ ।
बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षभित्र मुलुकलाई विद्युत्भार कटौती मुक्त बनाउन युद्धस्तरमा काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा आयोजना र विकासलाई अवरुद्ध पार्ने काम उचित नहुने भएकाले त्यस्तो कार्यलाई कानुनको नियन्त्रणमा लिइने पनि बताउनुभयो ।
dainiknepal

आफ्नै ट्यांकर र बुलेटबाट केरुङसम्म ढुवानी पनि गरिदिने
काठमाडौं । पेट्रो चाइनाको सहायक कम्पनी गोरमुड आयल रिफाइनरीका पदाधिकारीले चीनको केन्द्र सरकारबाट निर्देशन आए नेपाललाई चाहेजति इन्धन दिन सकिने बताएका छन् ।
उनीहरुले नेपालका नाकासम्म ढुवानी गरिदिने जानकारी पनि दिएका छन् ।बेइजिङस्थित नेपाली दूतावासका आर्थिक मामिला (इकोनोमिक मिनिस्टर) विनोद आचार्य नेतृत्वको सम्भाव्यता अध्ययन टोलीले छिन्गाईस्थित वाणिज्य विभाग र रिफाइनरीका पदाधिकारीसँग गरेको छलफलमा यस्तो आश्वासन आएको हो ।
रिफाइनरीले आफ्नै ट्यांकर र बुलेटबाट केरुङसम्म ढुवानी गरिदिने बताएको छ । यसअघि अनुदानको पेट्रोल पनि पेट्रो चाइनाले केरुङसम्म ढुवानी गरिदिएको थियो ।आजको कारोबारमा समाचार छ

काठमाडौं– हालै सार्वजनिक गरिएको एक अनुसन्धान प्रतिवेदनमा हालको काठमाडौंपछिको दोस्रो ठूलो शहर पोखरा मध्ययुगिन समयमा आएको विनाशकारी भुकम्पबाट बनेको दाबी गरिएको छ ।
जर्मन अनुसन्धानदाताले अध्ययन गरेर सार्वजनिक गरेको रिपोर्टमा मध्ययुगिन समयमा आएको विनाशकारी भूकम्पपछिको भग्नावशेषबाट पोखरा बनेको दाबी गरिएको हो । अनुसन्धानदाताहरुले साइन्स म्यागजिनमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सन् ११००, १२२५ र १३४४ मा ८ म्याग्निुच्यूडभन्दा माथिका विनाशकारी भुकम्प गएको निश्कर्ष निकालिएको छ । पोट्सडाम विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको उक्त अनुसन्धानमा भुकम्पको कारण अन्नपूर्ण हिमश्रृंखलाको ६० किलोमिटर दूरीसम्म रोडा, चट्टान र बालुवाहरु यत्रतत्र छरिएको निश्कर्ष समेत निकालिएको छ । सो भुकम्पले त्यतिबेला जनधनको व्यापक क्षतीसमेत भएको थियो । अनुसन्धामा संलग्न त्रिस्टोफ एन्डरम्यानले भयानक भुकम्पपछि यस क्षेत्रमा भौगोलिक तथा आर्थिक पुर्नसंरचना सुरु भएको तर्क गरेका छन् । अनुसन्धानदाताहरुले पोखरा उपत्यका नजिकै भेटिएको एक ठूलो ढुंगालाई पनि भुकम्पसँग जोडेर हेरेका छन् । ratopati

रौतहट – आफ्नो साथीलाई रौतहटको गौरमा प्रहरीले गोली हानी हत्या गरेको बिरोधमा विद्यार्थीहरु सोमबार बिहानदेखि आन्दोलित भएका छन् । आइतवार गौरमा भएको झडप प्रहरीले चलाएको गाली लागेर जुद्ध माबिमा कक्षा १० मा अध्ययनरत बिधार्थी शेख तबरेजको मृत्यु भएको बिरोध गर्दै बिहानैदेखि बिधार्थीहरु आन्दोलित भएका हुन् ।
विद्यार्थीहरुले एउटा प्रहरी कार्यालयको कम्पाउण्ड वाल भत्काइ दुइवटा प्रहरीचौकीका बोर्ड तोडफोड गरेका छन् । जनता उच्च माबि कटहरीयाबाट आज बिहानै सैयौंको संख्यामा गएका बिधार्थीहरु बर्तमान सरकारको बिरोधमा चर्का नारा लगाउँदै बजार बन्द गराएका थिए ।
आक्रोशित बिधार्थीहरुको समुह एकाएक दौड्दै बजार छेउमै रहेको इलाका प्रहरी कार्यालय माथि तीनतर्फबाट आक्रमण गरेका थिए । विद्यार्थीहरुले प्रहरी कार्यालयको मुलगेटमा टायर बालेर आफ्ना साथीलाई मारेको बिरोध गर्दै कार्यालयको बोर्ड तोडफोड गरेका छन् । साथै उनीहरुले प्रहरी कार्यालयको कम्पाउण्ड वालमा पूर्व र उतर तर्फबाट झण्डै ५० मिटर वाल भत्काएका छन् ।
आक्रमणको क्रममा कार्यालयमा रहेका प्रहरीहरुले जवाफी कारवहाी गरेनन् । बरु प्रहरीले स्थानियहरुलाई फोन गरेर बिद्यार्थीहरुलाइ समझाएर हटाउन अनुरोध गरेका थिए । पछि आएका स्थानीयहरुको अनुरोधमा बिद्यार्थीहरु हाल शान्त भई बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
त्यसैगरी सरमुजवा स्थित शंकर माबिका बिद्यार्थीहरुले प्रहरीचौकी बंकुलको गोलघरमा केहीबेर अघि आगजनी गरेका छन् । चौकी कम्पाउण्डमा राखिएको एउटा मोटरसाइकल र साइकलमा समेत आगजनी गरेका छन् । आगजनीबाट गोलघर ध्वस्त भएको छ भने त्यहाँ राखिएका फर्निचरहरु जलेर नष्ट भएको छ ।
उता गंगापिपरा स्थित बिद्यार्थीहरुले प्रहरी कार्यालयको बोर्डमा तोडफोड गरेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजेन्द्र पोखरेलले घटना भएको स्विकार गर्दै बिद्यार्थीहरुलाइ संयमित बनाउन सबैलाइ आग्रह गरेका छन् ।
यसैबीच, सोमबार बिएडको परिक्षालाई मध्यनजर राख्दै १० बजेसम्म खुल्ला गरिएको कफ्र्यु १० बजेबाट पुनः कायम गरिने रौतहटका प्रमुख जिल्ला अधिकार नरहरी बरालले जानकारी दिए ।
अहिले आन्दोलनरत मधेसी मोर्चाका नेताहरु पनि विद्यार्थीहरुसँग मिलेर प्रदर्शन गरिरहेका छन् भने जिल्ला विभिन्न स्थानमा टायर बालेका छन् । राजमार्गमा समेत सवारीको आवतजावतलाई ठप्प पारिएको छ ।
ratopati

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारत र मधेसी मोर्चासँग छुट्टाछुट्टै वार्ता गरेरमात्र अहिलेको समस्या समाधान गर्न सकिने बताएका छन् । उनले भारतको सरोकार मधेस आन्दोलनसँग नभई सुरक्षा र नेपालको पानीसँग मात्र भएको बताउँदै मधेसी मोर्चासँग राजनीतिक वार्ता गर्ने र भारतसँग पानीमाथिको व्यापारिक सम्झौता गर्ने हो भने अहिलेको समस्या हल हुने दाबी गरेका छन् ।
सोमबार ईमेज एफएमसंग कुरा गर्दै डा. कोइरालाले मधेसप्रति दलहरु अनुदार भएकै कारण परिस्थिति बिग्रदै गएको बताए । उनले मधेसको आन्दोलनलाई सामान्य रुपमा लिने हो भने सम्हाल्नै नसक्ने परिस्थिति सिर्जना हुनसक्ने दावी गरेका छन् । अहिले मुलुकमा देशीविदेशी शक्तिहरुको चलखेल भएका कारण मधेसको समस्यालाई समयमै सम्वोधन गर्न सकिएन भने देश टुक्रन सक्ने कोइरालाले बताए ।
उनले मधेसलाई अधिकार दिन दलहरु डराउनु पर्ने कुनै कारण नभएको प्रष्ट पारे । समावेशी, समानुपातिक जस्ता विषय संविधान संशोधन प्रकृयामा रहे पनि प्रदेश सीमांकनमा प्रमुख दलहरु चुकेको बताए । प्रमुख दलहरुले पश्चिमका खसहरुको आन्दोलन सम्वोधन गर्न ७ प्रदेश बनाउन सक्ने तर मधेसको आन्दोलनलाई सम्वोधन गर्न नसक्ने व्यवहारले मधेसलाई झन चिढ्याएको डा. कोइरालाको भनाई छ ।
शीर्ष नेताहरुले छलफल र बहस नगरि निर्णय गर्ने गरेका कारण देश अति अप्ठ्यारोमा परेको उनले बताए ।
डा. कोइरालाले नेपाली कांग्रेस अब पुरानो चिन्तनको नेतृत्वबाट अगाडि बढ्न नसक्ने बताउदै नयाँ शैली र चिन्तन बोकेका व्यक्तिहरु नेतृत्वमा पुग्नु पर्ने बताए । नेपाली कांग्रेसमा अब ६०÷४० को भागबन्डा अन्त्य हुने दावी गर्दै गुटको राजनीति गर्नेहरु आफैं किनारा लाग्ने बताए ।
imagekhabar