सोमबार, १३ पुष
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ ।
बिहानैदेखि जलेश्वर बजार बन्द गराउँदै हिँडेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच जलेश्वरको दुर्गाचोकमा झडप भएको हो ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय जाने बाटोमा ह्युमपाइप राखी बाटो अवरोध गरेपछि बाटो खुलाउन गएको प्रहरीसँग झडप भएको हो । झडपका कारण अहिले जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।
nepalsandesh

राजेन्द्र महतो गम्भीर भएको भन्न चिकित्सकलाई दबाब
धरान १३ पुस । जोगवनी रानी भन्सार नाकामा अबरोध गर्ने क्रममा प्रहरीको कुटाईबाट घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।
नियममित चेकजाँचको लागी महतोलाई धरान लगिएको हो । उनलाई गए राती धरान लगिएको थियो । उनको अबस्था सामान्य छ प्रतिष्ठानका एक चिकित्सकले भने । बल्ड प्रेसर मात्र बढेको हो अन्य अबस्था सामान्य छ वार्डमा आराम गरिरहनु भएको छ चिकित्सकले भने ।
तर महतोका कार्यकर्ताले भने प्रतिष्ठानका सबै चिकित्सकलाई महतो गम्भीर रहेको भन्न दबाब दिएको चिकित्सकले बताए ।
समचारमा आए अनुसार महतोको अबस्था जटिल छैन उनको भनाई छ । वहाँ आफना कार्यकर्ताहरु सँग कुराकानी गरिरहनु भएको छ ।
महतोको टाउकोमा लागेको चोटका कारण मात्र महतोको प्रेसर हाई भएको चिकित्सको भनाई छ । महतोको टाउकोमा सामान्य चोट लागेको थियो । बिराटनगर रानी भन्सार नाका अबरोध गर्न गएका बेला शनिबार प्रहरीसँगको झडपमा उनी घाइते भएका थिए ।
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस

फोटो :बिपी प्रतिष्ठानमा उपचार गराइरहेका राजेन्द्र महतो । तस्बिर : रत्नप्रसाद आचार्य
प्रहरीले मलाई मार्न खोजेका थिए : महतो
धरान : विराटनगरको जोगवनी नाका ठप्प पार्न धर्नामा बस्ने क्रममा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आइतबार मध्यराति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका महतोलाई आइतबार मध्यराति थप उपचारका लागि बिपी प्रतिष्ठानमा भर्ना गरिएको हो ।
दिउँसो प्रतिष्ठान भर्ना गर्दा स्थानीयबासिन्दाले आक्रमण गर्ने डरले महतो स्वास्थ्य मन्त्री छँदा सिफारिस भइ नियुक्ति प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति पाएका बलभद्र दासको सिफारिसमा उनलाई प्रतिष्ठानमा भर्ना गरिएको हो ।
गोल्डेन अस्पतालबाट रेफर भएपछि उपकुलपति दासले प्रतिष्ठानको आईसीयू खाली गर्न लगाइ आकष्मिक कक्षमा भर्ना नगरी सिधै आईसीयूमा भर्ना गरेको प्रतिष्ठानका एक चिकित्सकले बताए ।
स्वास्थ्य अवस्था सामान्य रहेका महतोलाई आईसीयूमा पाँच घन्टा राखेर उपचार गरेपछि सोमबार विहान पेइङ वार्डमा सारेर उपचार भैरहेको छ ।
महतो स्वास्थ्यमन्त्री रहेका बेला प्रतिष्ठानको उपकुलपति बनाएको गुण तिर्न दासले महतोलाई उपचारका लागि प्रतिष्ठान भर्ना गरेको बुझिएको छ ।
टाउको, हात र खुट्टाका विभिन्न भागमा चोट लागेका महतोको प्रतिष्ठानको न्युरो सर्जन र अर्थोपेडिक्स चिकित्सकहरुले उपचार गरिरहेका छन् ।
प्रहरीले मलाई मार्न खोजेका थिए : महतो
अस्पतालमै सञ्चारकर्मीसँग कुरा गर्दै महतोले शान्तिपूर्ण धर्नामा बसेको अवस्थामा प्रहरीले लाठी प्रहार गरी मार्न खोजेको बताए ।
प्रहरीले आक्रमण गर्न थालेपछि पार्टीका केन्द्रिय सदस्य तेन्जिङ लामाले प्रतिकार गरी आफूलाई बचाएको उनले प्रतिक्रिया दिएका छन् ।
‘प्रहरीले मलाई मार्ने उद्धेश्यले लाठी प्रहार गरिएको थियो’, महतोले भने, ‘धन्न कार्यकर्ताले प्रतिकार गरी जोगाएले बाँच्न सफल भएँ ।’
मधेस आन्दोलन र नाकाबन्दीबारे सञ्चारकर्मीहरुको जिज्ञासामा भने महतोले बोल्न चाहेनन् । महतोको प्रतिष्ठानमा प्रहरी निगरानीमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् ।
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नाकाबन्दी नखोलेसम्म भारत नजाने अडान
काठमाडौं । केही दिनमा राजनीतिक बदलाव नभए प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने पक्का भएको छ ।
प्रधानमन्त्री निर्वाचित भएपछि भारत भ्रमणबाट विदेश यात्रा सुरु गर्ने नेपालका प्रधानमन्त्रीहरुको परम्परागत शैलीलाई चुनौती दिँदै ओलीले उत्तर तिरको यात्रा गर्ने भएका हुन् ।
भारतीय नाकाबन्दी पूर्ण रुपमा नखुलेसम्म भारत नजाने अडान राखेका ओलीलाई चीनले न्यानो सत्कार गर्ने सन्देश दिइसकेको छ र त्यसकै तयारीका लागि उपप्रधानमन्त्री कमल थापा यतीबेला चीनमा छन् ।
चीनसँग हुने भनिएको इन्धन व्यापार सम्झौता, विप्पा, पारवहन लगायतका सम्झौता ओलीकै उपस्थितिमा गर्ने चिनियाँ चाहनाले पनि निकट भविष्यमै उनको उत्तर यात्रा हुने संकेत मिलेको हो ।
ओलीले यस बारेमा आफ्ना निकटहरुसँग सल्लाह समेत गरिसकेका छन् । उनले अब चीनसँगको वाणिज्य व्यवस्थालाई मजबुद बनाउनेगरी सम्झौताका लागि जाने तयारी गरेका हुन् ।
भारतले नाकाबन्दी खोल्न आनाकानी गरेर आफ्नो सरकारलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको बुझेका उनले भारतसँग झुकेर हैन चीनसँग मिलेर अघि बढ्ने संकेत गरेका हुन् ।
उनले जनवरीको दोस्रो साता चीन जाने तयारी गरेको बालुवाटार स्रोत बताउँछ । चीनमै रहेका ओलीका निकट पात्र कानुन मन्त्री अग्नी खरेलले पनि यस्तै अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्री ओलीकै उपस्थितिमा हुने सम्झौताले मात्रै नेपालले चीनसँग इन्धन ल्याउने वातावरण बन्ने भएको छ । चीनले कर रहित इन्धन दिने तयारी समेत गरेको छ र उच्च राजनीतिक प्रतिवद्धता खोजेको चीनले ओलीलाई पहिला बोलाउने र फेब्रवरी वा मार्चमा चिनियाँ प्रधानमन्त्री या उपराष्ट्रपतिलाई नेपाल पठाउने तयारी समेत गरेको बताइन्छ ।
ओलीको यो भ्रमणले राजनीतिक रुपमा पनि भारतलाई चुनौति दिएको मानिने छ । उर्जा विकासका लागि चीनसँग सहकार्य गर्ने र भारतलाई विजुली बेच्ने योजना नेपालको छ ।
यसका लागि प्रधानमन्त्रीको भ्रमण नै आवश्यक देखिएको छ । भारतले गफ मात्र दिने र काम नगर्ने गरेका कारण पनि चिनियाँ लगानी नेपाल भित्राएर जलविद्युत्मा केही वर्ष भिनै निर्यातमुखी बनाउने योजना सरकारको छ ।
ओलीको चीन भ्रमण भारतीय प्रधानमन्त्री मोदीका लागि राजनीतिक रुपमा हार मात्र हुने छैन, उनले विश्वभर देखाइरहेको फुर्ती पनि कम हुने छ । किनकी विश्वभर जतीनै कुर्लीदै दौडिए पनि छिमेकीलाई रुष्ट पार्नु उनका लागि महंगो सावित हुदै छ ।
तर, मोदीले विभिन्न च्यानल मार्फत् ओलीलाई पहिला भारत आउन आग्रह गरिरहेका छन् । उनले भारत आएर आफुसँगको भेट पछि सबै विषय स्वत सहज बन्ने र दुई देश बिचमा देखिएको विवाद र बढेको दुरी पनि ओली भ्रमणले सहज हुने बताउनु थालेका छन् ।
यतीसम्म की ओलीले दिल्ली दरबारमा टेके आफू पवित्र हुने किसिमले उनले सन्देशहरु मात्र पठाएका छैनन्, चीनसँग व्यापार गर्दा महंगो पर्ने भन्दै त्यता नलाग्न आग्रह समेत गरिरहेको स्रोत बताउँछ ।
भारतकै व्यापारीहरुको चर्को विरोधपछि मोदी नरम बनेका हुन् भने ओलीको अडानका सामु उनले घुँडा टेक्ने बाटो पनि खोजिरहेका छन् ।

राजेन्द्र महतो भारतीय नेता रघुवंश सिंहलाई भेट्दै / फाइल तस्वीर
काठमाडौं, १३ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो कुटिएको घटनालाई भारतले प्राथमिकताका साथ हेरेको छ ।
मोरङको विराटनगरस्थित जोगवनी नाकामा शनिबार अपराह्न प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीचको झडपमा महतो कुटिएका थिए । आफ्नो विश्वासपात्र महतो कुटिएपछि भारतले चिन्ता जनाएको हो ।
यो घटनालाई भारतीय मिडियाले पनि प्राथमिकता दिएका छन् । आफ्नै सहयोगमा आन्दोलन र नाकाबन्दी गरिरहेका महतो नै आक्रमणमा परेपछि भारतले चिन्ता जनाएको भारतीय मिडियाले लेखेका छन् ।
भारतीय पत्रिका दैनिक जागरणले महतो कुटिएको घटनालाई प्राथमिकताका साथ प्रकाशित गर्दै प्रहरीले हस्तक्षेप गरेर गोली चलाएको आरोप लगाएको छ । उसले प्रहरीको लाठीबाट सदभावना अध्यक्ष महतोको टाउको र छातिमा चोट लागेको लेखेको छ ।
महतोमाथि प्रहरीले गरेको कारवाहीको विरोधमा मधेसका कैयौ स्थानमा प्रदर्शन भएको उसले लेखेको छ । अन्य १२ प्रदर्शनकारी घाइते भएको पनि समाचारमा उल्लेख छ ।
त्यसैगरी अर्काे पत्रिका अमर उजालाले पनि महतोको समाचारलाई प्राथमिकताका साथ छापेको छ । उसले भनेको छ प्रहरीको आक्रमणमा महतो घाइते भएका छन् । मधेसमा आन्दोलन झन चर्किएको छ ।
महतो कुटिएपछि हिजो मात्रै लालु यादवको पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व केन्द्रीय मन्त्री रघुवंश प्रसाद सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै मधेसका माग पुरा गराउन नेपाल सरकारलाई दबाब दिने बताएका थिए ।
उनले मधेसलाई नेपालले हेपेको आरोप लगाउँदै अधिकार प्राप्तिको आन्दोलनमा भारत सरकारले दबाब दिनुपर्ने बताए । यसैगरी आइतबार विराटनगर पुगेर एमाओवादी अध्यक्ष प्रचण्डले पनि घटनाप्रति दुःख व्यक्त गर्दै महतोको स्वास्थ्यलाभको कामना गरेका थिए ।
मधेसमा चार महिनादेखि आन्दोलन गरिरहेको मधेसी मोर्चाले भारतकै सहयोगमा आन्दोलन गरेको बताउँदै आएको छ । शनिबार विराटनगरको जोगवनी नाकामा झडप हुँदा महतो घाइते भएका थिए । उनको उपचार भइरहेको छ ।
राजधानीमा वार्ता भइरहेका महतो एक्कासी वीरगञ्जबाट नाका अवरोध गर्न जोगवनी पुग्दा यो घटना भएको हो । कतिपयले यसलाई वार्ता भाँड्ने षडयन्त्र पनि भनेका छन् ।
dainiknepal

इलाम, पुस १३ । बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स आज बिहान करिब ४ः३० बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा पाँचथर फिदिम निवासी आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको हो ।
मे१च १७४७ नम्बरको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ घट्टामा सडकबाट करिब ३५० मिटर तल पल्टिएको थियोे ।
घाइते हुनेहरूमा एम्बुलेन्स चालक गेहनाथ प्रसाईं र टीकाराम अधिकारी रहेका छन् । उनीहरूलाई उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ ।
imagekhabar

काठमाडौं । आधा सिलिन्डर ग्याँसका लागि महिनौं पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्याँसका बुलेट भित्रिएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन् ।
अघाषित नाकाबन्दीका कारण सामान्य अवस्थामा जस्तै ग्याँस आउन नसके पनि १२ दिनमा मात्रै १ सय ७७ बुलेट ग्याँस भित्रिए पनि ती ग्याँस कहाँ गए र कसले ग्याँस पायो भन्नेबारे उपभोक्ता अन्योलमा छन् ।
गत १ पुसयता भारतबाट ४ लाख ४२ हजार ५ सय सिलिन्डर पुग्ने १ सय ७७ बुलेट ग्याँस नेपाल भित्रिएका छन् । सो अवधिमा भित्रिएको ग्याँसमध्ये ५० प्रतिशत ग्याँस उपत्यकामा मात्रै आएको छ ।
तर, उपत्यकावासी भने ग्याँस नपाएर निकै सास्ती खेपिरहेका छन् । यस अवधिमा भित्रिएको ग्याँस ७ दशमलव १ केजीका दरले वितरण गर्दा ४ लाख ४२ हजार ५ सय उपभोक्तालाई पुग्छ ।
तर, अधिकांश उपभोक्ताले अझै पनि ग्याँस पाउन सकेका छैनन् । ग्याँसको आपूर्ति बढ्दै गए पनि उपभोक्ताले भने अझै पाउन सकिरहेका छैनन् ।
सुरक्षा निकायका उच्च अधिकारीले आवश्यकताभन्दा बढी ग्याँस राखेका कारण पनि सर्वसाधारणले पाउन नसकेका हुन् ।
वितरण प्रणाली व्यवस्थित र पारदर्शी नहुँदा मुलुकमा भित्रिएको ग्याँस उपभोक्ताले पाउन नसकेको दाबी गर्छन्, राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना ।
‘सोर्सफोर्सका आधारमा पहुँचवालाको घरमा ग्याँस जाने गरेका छन्,’ उनी भन्छन्, ‘उद्योगले व्यापारिक प्रयोजनका लागि होटेल, रेस्टुरेन्टलाई धेरै ग्याँस दिँदा उपभोक्ताले पाउन सकेका छैनन् ।’
पुस महिनादेखि रक्सौलबाहेक अन्य नाका नियमित रूपमा सहज भएसँगै ग्याँसको आयात बढ्दै गएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ ।
ग्याँस आउने क्रम बढेको भए पनि उद्योगीले बढी मूल्य लिई होटल रेस्टुरेन्टलाई वितरण गरेकै कारण आम उपभोक्ताले पाउन नसकेका हुन् । अाजकाे राजधानी दैनिकमा समाचार छ ।