काठमाडौं । नेपालमा भारत विरोधी गतिविधि बढेको भन्दै भारतीय सहयोगहरु त्यसलाई कम गर्ने प्रकारको आयोजनामा लगानी गर्ने तयारीमा भारत लागेको छ ।
नेपाल र भारतका राजदूतले संयुक्तरुपमा अध्यक्षता गरेको बीपी कोइराला नेपाल भारत फाउन्डेसनको मंगलबार नगरकोटमा सकिएको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।
जनस्तरमा सम्बन्ध विस्तारका २०१६/१७ का लागि २७ वटा कार्यक्रमहरु स्विकृत गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी कार्यक्रमहरु करिब तीन करोड बराबरका हुने पनि दूतावासले जनाएको छ ।
सोमबार र मंगलबार नगरकोटमा चलेको फाउन्डेसनको ३१ औं बोर्ड बैठकले नेपालमा भारतीय लगानीको परियोजना, साँस्कृतिक सम्बन्ध तथा लगानी र पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो । सन् २०१४/०१५ मा ९६ कार्यक्रम फाउन्डेसनले चलाएको थियो ।
यसै फाउन्डेसनको कार्यक्रममा सहभागी हुन भारतका नर्थ डेक्स प्रमुख अभय ठाकुर, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय गत शनिबार नेपाल आएका थिए ।
बैठकमा भारतीय अधिकारीहरु नेपालमा धेरै कार्यक्रम गर्दा र सहयोग गर्दा पनि भारत विरोध भावना बढेको भनेर बढी चिन्तित देखिएको बैठकमा सहभागी एक अधिकारीले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal

वीरगन्ज, २२ पुस । तीन महिनादेखि बन्द देशकै प्रमुख वीरगञ्ज नाका अवरोध गरी बसेका धर्नाकारीमाथि भारतीय समूहले फेरि आक्रमण गरेको छ ।
आक्रमणबाट ७ जना आन्दोलनकारी घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
नाकामा धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तामाथि भारतबाट आएका आक्रोशित स्थानीय र व्यापारीको २०–२५ जनाको समूहले बुधबार विहान १० बजे आक्रमण सुरु गरेका थिए । आधा घण्टासम्म दुबैपक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
दुबै पक्षबीच ढुंगा हानाहान भएपछि वीरगन्ज नाका तनावग्रस्त बनेको छ । पर्साका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले दुबै पक्षबीच झडप भएको पुष्टि गरे ।
भारतीय समूहले धर्नाकारीतर्फ पेट्रोल बम समेत प्रहार गरेका छन् । भारतीय प्रहरीले दोहोरो झडप भएपछि भारत तर्फका आन्दोलनकारीलाई फिर्ता लगेको छ ।
मोर्चाका कार्यकर्ताले भारतीय तस्करहरूले आफ्ना सामान छुटाउनका लागि अफूहरूमाथि आक्रमण गरेको बताएका छन् ।

वीरगञ्ज– वीरगञ्ज रक्सौल नाकास्थित मितेरी पुलमा धर्नामा बसेका बसेका मधेसी मोर्चाका कार्यकर्ता र तस्करहरुबीच दोहोरो झडप भएको छ ।
केहिबेरअघि देखि अवैधरुपमा भारतबाट सामानहरु नेपाल भित्र्याउन खोज्ने तस्करको समुह र आन्दोलनकारीबीच झडप सुरु भएको र सो क्रम अहिले पनि जारी छ ।
तस्करहरुले नाका अबरुद्ध पार्न प्रयोग गर्दै आएको ढाँट हटाउन खोज्दा आन्दोलनकारीले अवरोध सुरु गरेपछि झडप सुरु भएको हो ।
दुई पक्षबीच झडप चलिरहँदा प्रहरी भने रमिता हेरेर बसिरहेको छ ।
यसैबीच झडपको क्रममा वीरगञ्ज १३ का पुड्य मिश्र गम्भीर घाइते भएका छन् । आन्दोलनकारीलाई तस्करहरुले पेट्रोल बम समेत प्रहार गरेका छन् ।
ratopati

काठमाडौं, पुस २२ । भारतको मेदान्त अस्पतालमा उपचार गरिरहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा सुधार आएको छ ।
डेढ साता अघि विराटनगरमा मधेस आन्दोलनका क्रममा प्रहरीको झडपमा परी घाइते भएका महतोलाई गत शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि दिल्ली लगिएको थियो ।
सीटी स्क्यान र एमआरआई सहितका अन्य परीक्षणमा अवस्थामा सुधार आइरहेको उनको पारिवारिक स्रोतले जनाएको छ । हाल महतोको ब्लड प्रेसर र ब्लड सुगरमा पनि सुधार आइसकेको छ ।
‘भिटामिन बी–१२’ को कमीका कारण शारीरिक कमजोरी देखिएकाले उनलाई डाक्टरले केही दिन आराम गर्न वा ‘मुभमेन्ट’मा सहभागी नहुन सुझाव दिएका छन । उनलाई बुधवार वा बिहीबार भित्रमा अस्पतालले डिस्चार्ज दिने जनाइएको छ ।
imagekhabar

काठमाडौं २२ पूस । कसैले मिठो कुरा गरेर जवानीसँग खेल्न खोज्दैछ भने होसियार हुनुहोस् । आफन्त, परिचितको भर परेर तन मन सुम्पिएमा जीन्दगीभर पछुताउनुपर्ला । कास्कीको लेखनाथ नगरपालिका १८ भरतपोखरीकी २० वर्षीय एक युवती यतिखेर झुटो पिरतीको पछि लाग्दा तीन महिने शिशुसँगै घरन घाटकी बनेकी छन ।
पति वैदेशसिक रोजगारीमा पुगेको बेला छिमेकी युवाको रमाइलो कुराको पछि लागि जवानी सुम्पेकी उनी अहिले न्यायको लागि भौतारिँदै हिँड्नु परेको छ । पीडितका अनुसार भरतपोखरीकै २४ वर्षीय मदन लामिछानेले मायाँ गर्छु विवाह गर्छु भन्दै वाचा गरेर गर्भवती बनाएपनि बच्चा जन्मिएपनि अस्वीकार गरेपछि उनको बेला भएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२२ पुस, काठमाण्डौं ।
अघिल्लो हप्ता पार्टी मुख्यालय र अध्यक्षको निवासतर्फ सहायकहरुको हेरफेर भए बमोजिम स्व्कीय सचिवको जिम्मेवारी सम्हाल्न लाजिम्पाट पुगेका कमरेड जोखबहादुर महरालाई शुरुमै दाँतमा ढुंगा लागेको छ ।
जुत्ता फुकालेर निवासमा पाइला राख्नासाथ एक तलामाथीबाट भनियो तपाईले अब तलै खाना खाने है, एमाओवादी अध्यक्ष प्रचण्ड गृहमन्त्री(पत्नी) सीता दाहालले त्यसो भन्दा बिहानको १० बज्न लागेको थियो ।
त्यसपछि अर्को बचनले त झनै प्रताप कमरेडलाई सीताङ्ग बनायो । अनि परवाना (सन्तु राई)सँगै सुत्नु होला नि । सामन्ती भाषामा हुने खानेले आफ्ना हरुवा चरुवाको निम्ति बस्ने खाने व्यवस्था मिलाइएको ठाउँलाई सर्भेन्ट क्वार्टर भनिन्छ ।
घरपछाडिको त्यो क्वर्टरमा अब सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी सहित सरकारी चालक र पारवाना र जोखबहादुर लहरै सुत्ने छन् । आफुलाई अध्यक्ष पत्नी तथा पार्टी सल्लाहकार सीता दाहालले यस्तो अपमानजनक शब्द प्रयोग गरेपछि हालै हटाइनेमा परेको शिव खकुरेलसँग सोधनेछन्, चुडामणिले चाहीँ कहाँ खान्थे नि ?
ज्वाँइ पनि भएको नाताले उनलाई जता पनि खान छुट थियो । जनआस्था साप्ताहिकमा खबर छ ।nepaliheadlines

बुधबार, २२ पुष
मोरङ। भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ ।
विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन् । तीन दिनअघि सम्म यो नाका भएर तेस्रो देशका मुस्किलले १२ वटासम्म मात्र कन्टेनर आइरहेका थिए । जोगवनीदेखि पर पाँच
किलोमिटरसम्म बङ्गलादेशबाट आएका कन्टेनरको लाइन रहेको थियो ।
चार दिनअघि उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको प्रतिनिधिमण्डलले नेपालतर्फका भन्सार अधिकृतसमेतको उपस्थितिमा भारतीय भन्सार, प्रशासन र सुरक्षाकर्मीका प्रतिनिधिसँग भेटी आग्रहपछि भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको हो ।
nepalsandesh