बर्दिवास, २४ पुस । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मधेसको अहिलेको समस्या बस्तुगतभन्दा बढी सिर्जित रहेको बताउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा आज कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान घोषणाको ऐतिहासिक उपलब्धिलाई हेर्न र पचाउन नसक्नेले फैलाएका भ्रम चिर्न नसक्दा समस्या बढेको बताउनु भएको हो ।
विश्वकै उदाहरण हेरिँदा पनि उत्कृष्ट संविधानबारे मधेसी जनतालाई बताउन, बुझाउन नसक्दा भ्रमको खेती गर्नेले ठाउँ पाएका पोखरेलको भनाइ छ । अत्यन्त लोकतान्त्रिक विधि र प्रक्रिया अपनाएर घोषणा गरिएको संविधानले मुलुकलाई स्थिरता दिने कुराबाट आत्तिएका देशी र विदेशी शक्तिले नेपाली आँगनमा भ्रमको खेल खेलेर मधेस तताएको महासचिव पोखरेलको भनाइ थियो ।
संविधानले उत्पीडित जाति समुदाय, महिला, दलित, मधेसी र अल्पसङ्ख्यकको हकमा विशेष व्यवस्था गरेको कुरा संविधानका पानामा घामजस्तै छर्लङ्ग भए पनि त्यही कुरा जनतामा पुग्न नसक्दा समस्या बढेको पोखरेलले बताउनुभयो ।
संविधान लेखिंदा र घोषणा गरिंदासम्म केही कुरा छुटेका रहेछन् भने त्यसलार्ई संवैधानिक बाटोबाट समावेस गर्न सकिने प्रावधान रहेको तर्फ पोखरेलको जिकिर थियो । ‘संविधान ढुङ्गामा लेखिएका अक्षर होइनन्’ महासचिव पोखरेलले भन्नुभयो, ‘यसलाई आवश्यकता र औचित्यका आधारमा परिवर्तन र परिमार्जित गर्न सकिन्छ ।’
पछिल्ला समयमा मधेससँग जोडिएका संविधानमा सम्बोधन हुनपर्ने कुराबारे संवैधानिक प्रक्रियाबाटै समावेसको प्रक्रियाअघि बढेर निर्णायक तहमा पुगिसकेको पोखरेलले बताउनुभयो ।
अव मधेसवादी दलले एमाले, काँग्रेस र एमाओवादीलाई सत्तोसराप गर्न छाडेर संविधानमा सम्बोधन गरिनुपर्ने कुराबारे संसदमा छलफल गर्न उहँँको सुझाव थियो ।
dainikne

२४ पुस, काठमाडौं ।
पूर्व युवराज पारस साहले आफू देशको बारेमा चिन्तित रहेको तर राजा बन्ने चाहाना भने नरहेको बताएका छन् ।
लामो समय पछि राजनीतिक स्टेटस लेख्दै पारस साहले आफूलाई राजा बन्न वा शासन गर्न नचाहेको तर युवा पुस्तालाई देशको जिम्मा लगाउन चाहेको भनेका छन् ।
पारस साहले आफू देशलाई ठिक ठाउँमा ल्याउने चाहानामा रहेको भन्दै पारसले यसका लागि युवा पुस्ताको जिम्मामा देश आउनु पर्ने भनेका छन् ।
यस अघि उरन्ठाउला र गैर राजनीतिक स्टेटस लेख्ने पारसले राजनीतिक स्टेटस लेखेपछि धेरै प्रतिक्रिया आएका छन् । उनलाई धेरैले समर्थन गरेको देखिन्छ भने कतिपयले उडाएका समेत छन् ।nepaliheadlines

ताप्लेजुङ, पुस २४ । ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्ब रुपैयाँ बराबरको अलैंची उत्पादन भएको छ ।
‘कालो सुन’को उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेट्रिक टन अलैंची उत्पादन भएको छ ।
यो उत्पादन गत वर्षको भन्दा एक हजार मेट्रिक टनले बढी हो । गतवर्ष एक हजार चार सय १० मेट्रिकटन मात्र अलैंची उत्पादन भएको थियो ।
हालको स्थानीय बजार मूल्य ९० देखि ९२ हजार रुपैयाँ प्रतिमन रहेको छ । उत्पादित अलैंचीबाट यो वर्ष ताप्लेजुङमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी भित्रिने भएको छ ।
कृषि विकास कार्यालय ताप्लेजुङका बागवानी विकास अधिकृत उमेश राउतले यो वर्ष जिल्लामा ६० हजार दुई सय ५० मन अर्थात कुल २४ लाख १० हजार किलोग्राम अलैंची उत्पादन भएको बताए ।
अलैंचीको मूल्य यो वर्ष गतवर्ष भन्दा प्रतिमन १३ हजार रुपैयाँले कम हो । एक नगरपालिका र ४८ गाविस रहेको ताप्लेजुङमा ओलाङ्चुङगोला बाहेक सबै क्षेत्रको कुल चार हजार पाँच सय हेक्टर जमिनमा अलैंची खेती गरिन्छ ।
imagekhabar

काठमाण्डु, २४ पुस– पूर्वयुवराज पारस शाहले आफूमा राजा बन्ने कुनै मनसाय नरहेको तर नेपालमा राजतन्त्र फर्कने दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पारसले आफू कसैलाई शासन गर्ने पक्षमा नरहेको तर मुलुक लथालिंग अवस्थामा पुगेका बेला युवा पुस्ताको सहयोगमा पुरानै अवस्थामा फर्काउन सक्रिय हुने घोषणा गरेका हुन ।
‘मेरो राजा बन्ने चाहना छैन, म कसैलार्इं शासन गर्न चाहन्न । मैले यो कुरा पहिले पनि स्पष्ट पारेको थिएँ । अहिले फेरि स्पष्ट पार्न चाहन्छु । म देशलाई पहिलेकै स्थितिमा फर्काउन चाहन्छु’, पारसले भनेका छन्, ‘त्यसका लागि मलाई नयाँ पुस्ताको सहयोग आवश्यक छ ।
उनले आफ्नो काम पुरानो पुस्ताले गरेको गल्ती सच्याएर नयाँ पुस्तालाई मुलुक हस्तान्तरण गर्नु रहेको उल्लेख गरेका छन् ।
स्पष्ट रुपमा उल्लेख नगरे पनि नयाँ पुस्ता भनेर उनले छोरा हृदयन्द्रलाई राजा बनाउन चाहेको भन्ने संकेत बुझिन्छ । उनको दाबीमा पुरानो पुस्ताले फालेको राजतन्त्र अहिलेको नयाँ पुस्ताले ल्याउन चाहेको छ ।
kathmandutoday
शुक्रबार, २४ पुष
काठमाडौं । निलम्बित युरोपेली फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीले आफू फिफाको अध्यक्षका लागि आगामी महिना हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
विश्व फुटबल महासंघ फिफाका अध्यक्ष सेप ब्लाटरले राजिनामा दिएपछि अर्को महिना नयाँ अध्यक्षका लागि निर्वाचन हुँदैछ ।
प्लाटिनी र फिफाका तत्कालीन अध्यक्ष सेफ ब्लाटर सबै प्रकारका फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरि आठ बर्षको प्रतिबन्धमा परेका छमा परेका छन् ।
उनीहरु सन् २०११ मा अनाधिकृत रुपमा दुई लाख डलर भुक्तानी गरेको आरोपमा दोषी देखिएपछि कारबाहीमा परेका हुन् ।
प्रतिबन्धविरुद्ध ब्लाटर र प्लाटिनी दुवैले अपिल गरेका छन् । ६० वर्षीय प्लाटिनी फ्रान्सेली राष्ट्रिय टिमका पूर्व खेलाडी समेत हुन् ।
nepalsandesh

२४ पुस, काठमाडौँ।
भारतको हरिद्वारमा भएको पतञ्जली योगपीठको कार्यक्रम तथा दिल्लीमा विभिन्न दलका वरिष्ठ नेता एवम् मन्त्रीसँगको भेटवार्तापछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल गएराति स्वदेश फर्किएका छन् ।
ती भेटवार्तामा उपसभापति पौडेलले दुई देशबीचको सहज सम्बन्धमा पछिल्लो समयमा देखिएको कठिनाइ र नेपालीले भोगिरहेको समस्याबारे अवगत गराई आपूर्ति व्यवस्थालाई सहज तुल्याई समस्याको छिटो निकास दिनुपर्नेमा जोड दिएका थिए ।
सामानहरु सहज आपूर्ति हुन नसक्दा नेपालमा देखिएको कठिनाइबारे भारत जानकार रहेको र त्यसलाई समाधान गर्न आफूहरु क्रियाशील रहेको भनाइ भारतीय पक्षले उपसभापति पौडेलसमक्ष राखेका थिए ।
“मैले समस्याको छिटो निकास खोज्न र असहज आपूर्तिलाई छिटो सहज बनाउन भारतले तदारुकता देखाउन भने, घरभित्रको समस्या हामी आपसी संवाद, सहमति र छलफलबाट टुङ्ग्याउन क्रियाशील छौँ,” उपसभापति पौडेलले स्वदेश फर्केपछि भने ।
आफूले भेटेका भारतका सबै पार्टीका नेताको नेपालप्रति सद्भाव र सहानुभूति पाएको तथा अहिलेको अवस्थालाई धेरै लम्ब्याउन नहुने धारणा राखेको पाएको समेत उपसभापति पौडेलले बताए।
बिहीबार काँग्रेस आईका नेता डा करण सिंहसँग भएको भेटमा नेता सिंहले नेपालमा देखिएको समस्याप्रति चिन्ता व्यक्त गर्दै समस्याको छिटो निकास खोज्नुपर्नेमा जोड दिएका थिए । उपसभापति पौडेलले भारतीय जनता पार्टीका उपाध्यक्ष श्याम जाजुसहित विभिन्न पार्टीका नेतासँग भेटवार्ता गरे ।
दिल्ली यात्राको पहिलो दिन उपसभापति पौडेलले भारतीय विदेशमन्त्री सुुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, नेपालका लागि पूर्वभारतीय राजदूतहरु, नेपाल जानकार सांसद डिपी त्रिपाठीलाई भेटेका थिए । यसअघि हरिद्वारमा आयोजित पतञ्जली योगपीठको कार्यक्रममा उपसभापति पौडेल सहभागी भएका थिए ।nepaliheadlines

काठमाडौं, २४ पुस । सरकार र मधेसी मोर्चाबीचको वार्ता सरकारात्मक रुपमा अगाडि बढेको समाचार सार्वजनिक भइरहेका बेला छ सदस्यीय कार्यदलले आफ्नो गृहकार्यलाई तीव्रता दिएको छ ।
मधेसी मोर्चाले अगाडि सारेका ११ बुँदामा दफावार छलफल सुरू गरेको कार्यदलको बैठक बस्नेत तयारी भएको छ । स्रोतका अनुसार आज बस्ने कार्यदलको बैठकमा अधिकांश बुँदामा सहमतिको प्रयास खोजिनेछ ।
यसैबीची, मधेसी मोर्चाको बैठक आज पनि बस्दैछ । अहिले केही समयपछि तमलोपाको कार्यालय बिजुलीबजारमा बस्ने बैठकले आन्दोलन र वार्ताको समीक्षा गर्नेछ ।
मोर्चाले आजै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभएको छ ।
यसअघि बिहीबार बसेको मधेसी मोर्चाको बैठकमा सरकारसँग कार्यदलले गरेको वार्ताको समीक्षा भएको थियो ।
dainiknepal.com/2016/116853.html#sthash.OD9BMUGU.peZ6jdRY.dpuf