नेपालले गज्जवका प्रधानमन्त्री पाएको छ। यति सक्षम प्रधानमन्त्री सायदै नेपालले कहिल्यै बेहोरेको थियो। ओली सरकार सञ्चालनमा त अब्बल छन् नै तर त्यही मात्र उनको सबल पक्ष होइन। उनको अन्य सामर्थ्यको पनि चर्चा हुनु जरुरी छ ।
ओली जनलाई खुसी राख्न प्रहसन गर्ने सामर्थ्य राख्दछन्। ओलीको जनता हसाउँने कला देखेरै होला धेरै हास्य कलाकारले उनिबाट असुरक्षित महसुस गरेका छन्। दीपक राज गिरीले राम्रैसंग गइरहेको श्रृंखला तितो सत्य बन्द गरे र उनको सो निर्णय सहित सावित भयो। आखिर ओलीको पछिल्लो प्रहसनले हास्यरसको उत्कर्ष जो छोयो।
त्यसो भए ओली प्रहसरले कसरी निरन्तरता पाउला ? यो लेखमै यही विषयमा चर्चा गरिनेछ।
अहिलेसम्म ओलीका मुखमा दुई डायलग निस्किसके जुन निकै चर्चा र महत्वका साथ सुनिए। पहिलो थियो, एकै वर्षमा लोडशेडिङ हट्नेछन, हावाबाट बिजुली निकालिनेछ। दोस्रो झनै चर्चित भयो-चुला चुलामा ग्यासका पाइप जोडिनेछ ।
ओली त्यसै क्षमतावान नेता हुन। प्रधानमन्त्रीका रुपमा उनलाई चीरकालसम्म शंकाको लाभ उपलब्ध भइरहनेछ। उनि राष्ट्रवादी हुन हेक्का रहोस।
उनको यही छविलाई ध्यानमा राख्दै ओलीले आगामी दिनमा बोल्ने सक्ने डायलग कस्ता होलान ?
प्रत्येक घर घरमा पेट्रोल,डिजेलको पाइप पुर्याइदिन्छु (ख्याल गर्नुस ग्यासको पाइप घर घरमा पुगिसेको छ)। धारो खोल्ने पेट्रोल थाप्ने । सबै चीजको लागि फरक फरक पाइप राख्न सक्दिन। त्यही पाइपमा कुनै समय पेट्रोल आउँछ, कुनै समय ग्यास । बेलाबेलामा पानी पनि त्यही पाइबाट आउँछ। जुन बेला जे आउँछ त्यसैबाट चलाउने।
घर घरमा बुलेट ट्रेन जोडिनेछ। ट्रेनमा एसी राखीदिन्छु। ढोकाबाट निक्लने बितिकै ट्रेनको ढोकामा छिर्ने अनि सरर भनेको ठाउँमा पुगिेने। कहिले कहिँ ढोकसम्म पुग्ने समय भएन भने झ्यालबाटै ट्रेनको छतमा हामफाल्न सकिने। सरर नेचुरल एसीमा जहाँ भने त्यही पुगिने।
प्रत्येक खोलमा तुइन होइन पुल राखिदिन्छु। पुलमाथि ट्रेन गुड्छ। पुलमुनि शपिङ कम्प्लेक्स बनाइन्छ। ट्रेनमा सरर गुडेर शपिङ कम्पलेक्समा शपिङ गर्न सकिने।
दु:ख गरेर पैसा कमाउने दिन गयो। जागिर किने खाने ? बेकारमा काम गर्ने गर्ने ? मोजमस्ती गर्नुस। सरकारले घर घरमा पैसा बोरामा राखेर पुर्याउँछ। युवा भएका घरलाई अझ बढि प्राथमिकता। बोराबाट पैसा निकाल्ने,खर्च गर्ने।
भुकम्प बाट घरबार गुमाएकालाई काठमाडौंमा एक एकवटा घर उपलब्ध गराउँछु। पिडित परिवारको सबै खर्च बर्च सरकारले बेहोर्छ। मात्र सरकारले दिएको घरमा बसिदिए पुग्छ।
सम्पुर्ण नागरिकलाई स्वस्थ उपचार निशुल्क । घर घरमा फोन गरेकै आधारमा डाक्टर उपलब्ध गराउइनेछ। निजि अस्पताल वा नर्सिङ होममा कसैले उपचार गराए त्यसको बिल सरकारले भरिदिन्छ।
स्नातकोतर सम्म निशुल्क शिक्षा उपलब्ध गराउँछु। उल्टै विद्यार्थीलाई मासिक भत्ता उपलब्ध गराइनेछ। विश्वविद्यालयमा राजनिति गर्न दिइनन्। सबै पार्टीका विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाइनेछ।
भारतले नाकाबन्दी गरिरहे छिमेकी नै फेरिदिन्छु। भुगोलमा दायाबायाँ गरेर छिमेकी फेर्न जे गर्न पर्छ सरकारले गर्छ। चीनतिर कुरा नमिले पनि त्यसै गरम्ला।nepaliheadlines

अधिकांश मानिसहरूलाई राति सुत्नेबेला निदाउनको लागि धेरै मुश्किल हुने गर्दछ। यस्तो हुनुमा धेरै कारणहरूले प्रभाव पारिरहेका हुन्छन्। दिनभरीको थकान र तनावले गर्दा हाम्रो शरीर थाकेपनि, मस्तिष्कमा नानाथरी कुराहरू खेलिरहेका हुन्छन् जसले गर्दा निन्द्रा लाग्न धेरै समय लाग्ने गर्दछ। यस्तो समस्याबाट मुक्त हुने एउटै उपाय भनेको हाम्रो दिमागलाई शान्त र अचल बनाउनु नै हो।
अमेरिकी निन्द्रा विशेषज्ञ ‘डा. एण्ड्रिउ विल’ ले एक श्वासप्रश्वासको प्रविधीको विकास गरेका छन्, जसले तपाईँलाई केवल ६० सेकेण्डमा नै निन्द्रा लगाउन मद्दत गर्दछ। तर यो विधिबाट प्रत्यक्ष असर देख्नको लागि तपाईँले ६० दिनसम्म हरेक दिन २ चोटी यसलाई अभ्यास गर्नुपर्ने हुन्छ। दिनदिनै अभ्यास गर्दैजाँदा तपाईँ आफैले यसको असरलाई महशुस गर्न सक्नुहुनेछ।
यो विधिमा ४-७-८ को नियम लागू हुन्छ, यसको लागि कुनै बाह्य साधनको जरूरत पर्दैन र तपाईँले जहाँ बसेर पनि यसलाई अभ्यास गर्न सक्नुहुन्छ। डा. विलका अनुसार, जति धेरै अभ्यास गर्यो त्यति नै आराम पाउन सकिन्छ र यसले तपाईँको रिसलाई नियन्त्रण गर्न पनि मद्दत गर्दछ।
यो अभ्यास सिक्नको लागि ढाडलाई सीधा बनाउनुहोस् र पाइतालाले भुईँमा सीधा टेक्नुहोस्। त्यसपछि निम्न विधिहरू गर्नुहोस्-
१. मुखबाट सबै हावा बाहिर निस्कने गरि लामो स्वास फाल्नुहोस्।
२. त्यसपछि मुख बन्द गरेर नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र मनमनै ४ सम्म गन्नुहोस्।
३. त्यसपछि स्वासलाई रोक्नुहोस् र मनमनै ७ सम्म गन्नुहोस्।
४. त्यसपछि फेरि मुखबाट सबै हावालाई बाहिर निस्कने गरि ८ गनुन्जेलसम्म स्वास फाल्नुहोस्, यसरी बाहिर फाल्दा आवाज निस्कनुपर्ने हुन्छ।
५. यति गर्दा एक स्वासप्रश्वास पूर्ण हुन्छ। अब फेरि नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र यो प्रक्रिया ४ चोटि दोहोर्याउनुहोस्।nepaliheadlines

काठमाडौं, पुस २५ । कारागार तोडेर फरार भएका मेक्सिकोका खतरनाक लागू औषध तस्कर गुस्मान लोएरा पक्राउ परेका छन् ।
एल चैपो नामले परिचित लोएरा लागू पदार्थ कोकिनका खुंखार तस्कर हुन् । मोस्ट वान्टेडको सूचीमा रहेका लोएरा गत छ महिना अघि पक्राउ परेका थिए ।
कडा सुरक्षाकाबीच मेक्सिकोको कारागारमा रहेका उनी डेढ किलोमिटरको सुरुङ खनी भाग्न सफल भएका थिए । उनले मेक्सिकोमा रही अमेरिकामा ठूलो परिमाणमा लागू औषध आपूर्ति गर्दै आएका थिए ।
अमेरिकाले उनको नाममा ५० लाख अमेरिकी डलर इनाम घोषणा गरेको थियो । मेक्सिकोको सिनलोआ प्रान्तमा सेनासँगको मुठभेडमा उनी पक्राउ परेका थिए ।
उनी यसअघी पनि ग्वाटेमालाको कारागारबाट फरार भएका थिए । सन् १९९३ मा ग्वाटेमालामा पक्राउ परेका उनी सन् २००१ मा कपडा लोड गरेको ट्रकमा चढी भाग्न सफल भएका थिए ।
imagekhabar

काठमाडौं, पुस २५ । काठमाडौं शहरमा अहिले जताततै देखिने एउटा दृश्य हो, सार्वजनिक यातायातमा झुण्डिएर यात्रारत मानिसको झुण्ड ।
टेम्पो, माइक्रो बसदेखि ठूला भनिने बसमा समेत यो दृश्य सामान्य बनेको छ । नाकाबन्दीको बहानामा आफ्नै अगाडि आम यात्रुले जोखिमपूर्ण यात्रा गरिरहँदा पनि अन्देखा गरिरहेको ट्राफिक प्रहरीको बल्ल आँखा खुलेको छ र थालेको छ, छतमा यात्रा गराउनेलाई कार्वाही अभियान ।

काठमाडौं – व्यवहारबाट परख नगर्ने र नेताका बोलीलाई मात्र विश्वास गर्ने हो भने यिनीहरुयी जत्तिका आदर्श, देशप्रेमी, जनप्रेमी र पद्दतिका पक्षपाती कोही लाग्दैनन् । यिनका वास्तविक जीवन चाहिं कति स्वार्थी, पद्धतिका विपरित र कमाउने कार्यमा मात्र केन्द्रित हुन्छन् भन्ने झाँकी यहाँ प्रस्तुत गर्न लागेका छौं ।
रेवन्त गौतम सरकारी पदले सव इन्जिनियर र नेपाली निजामती कर्मचारी संगठनका उपाध्यक्ष हुन् । स्थानीय निकायका कर्मचारी यिनको दरबन्दी जिल्ला प्राविधिक कार्यालय प्युठान हो । यी निजामती कर्मचारी होइनन् । जिल्ला विकास कार्यालयले यिनलाई नियुक्त गरेको हो ।
दैनिक हाजिर गरी जागिर खाने कार्यालय प्युठान भएपनि गौतम गत दुई वर्षदेखि काठमाडौमै बस्छन् । हालसम्म यिनको न तलबभत्ता रोकिएको छ न त जिविसको प्राविधिक कर्मचारी भएर पाइने कमिसनको भाग नै खोसिएको छ । यिनी २÷२ महिनाको अन्तरालमा प्युठान जान्छन्, हाजिर बजाउँछन्, विकास निर्माणका लागि गएको रकमबाट काम फत्ते भएको फर्जी कागजी प्रक्रियामा हस्ताक्षर गरेपछि आफ्नो भाग लिन्छन् र फेरी राजधानी फर्कन्छन् ।
एमाले निकट कर्मचारी संगठनमा आबद्ध जिल्लाका राष्ट्रसेवककाबीच खुब आदर्श, सिद्धान्त र परिवर्तनका गफ दिन रुचाउने गौतम डेढ दुई महिनामा जिल्ला पुगेर भागमा आउने कमिसन र तलबभत्ता बुझ्दा पटक्कै लाज मान्दैनन् । बरु उल्टै राजधानीका उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतासँगका पहुँचको हवाला दिएर कहिले युनियन काज, कहिले योजना निरीक्षणका नाममा, कहिले स्थानीय विकास मन्त्रालय र कहिले डोलिडारमा काज भनी काठमाडौतिर हानिन्छन् । यिनी सात दिने काज लिएर एक महिनासम्म राजधानीमै बिना काम बरालिन्छन् र कार्यालयमा गएर कहिले योजना अनुगमन र संगठनको काममा थिएँ भनी एकैचोटी हाजिर गर्छन् ।
तर संगठनको विधानमा र स्थानीय निकायको नियमावलीमा पनि कार्यालयमा अनुपस्थित भई डेढ दुई महिनामा एकैपटक किर्ते हाजिर गरी तलबभत्ता खान पाउने व्यवस्था छैन । बरु ऐनमा जुनसुकै ट्रेड युनियनका पदाधिकारीले पनि कार्यालय समयमा सरकारी कामकाज गरी बिहान‐बेलुका वा सार्वजनिक बिदामा ट्रेडयुनियनको काम गर्ने भन्नेछ ।
यति मात्र होइन यिनले नेता भएकै कारण जिवनसंगिनीलाई समेत निजामती सेवा नियमावलीको उलंघन गरेर काठमाडौमै कमाउ कार्यालयमा ल्याएका छन् । यिनकी श्रीमती मधु भट्ट सेती अञ्चलबाट लोकसेवाआयोग पास गरी सहायक स्तरमा जागिरे बनिन् । निसेनिमा प्रष्ट व्यवस्था गरिएको छ कि जुन अञ्चलबाट सेवा प्रवेश गरिएको हो सोही अञ्चलमा कममा पनि पाँच वर्षसम्म सेवा गर्नुपर्नेछ । तर मधुले जागिर शुरु गर्नासाथ उनका श्रीमान् रेवन्त नेता भएकै कारण सारा कर्मचारीलाई लाग्ने नियम पालना गर्नुपरेन । उनी जागिरे बनेकी दुई वर्ष भयो र भूमीसुधार मन्त्रालय अन्तर्गत राजधानीमै कार्यरत रहेको पनि दुई वर्ष पुग्नै लाग्यो । आदर्श र सिद्धान्तका कुरा गर्न माहिर कर्मचारी नेता रेवन्तको वास्तविक जीवन कति बदमाशी र अराजक रुपले चलेको छ यी दृष्टान्तले प्रष्ट पार्छन् ।
रेवन्त विगत ८ वर्ष अर्थात् ०६४ सालदेखि संगठनको उपाध्यक्ष छन् । स्थानीय स्वायत्त शासन ऐनमा यस समूहका कर्मचारीले काजमा एक महिनासम्म आथिक लाभ लिएर जान पाउने प्रावधान छैन । तर यी निजामती कर्मचारी नभएपनि प्राविधिक कार्यालयका हाकिमहरुलाई धम्काएर ऐन बमोजिम नपाउने सुविधा पनि वर्षैपिच्छे लिइरहेका छन् । रेवन्तको मुख्य काम भनेको जिविस र गाविसले सञ्चालन गर्ने योजनाका इस्टिमेट गर्ने, अनुगमन गर्ने र योजनास्थलमै गएर कार्यसम्पादन भए नभएको यथार्थ प्रतिवेदन पेश गर्ने हो । तर यिनी दुई महिनामा एकपटक सदरमुकाम खलंगामा गएर एक हप्ता बसी उपभोक्ता समिति तथा गाविस सचिवसँग मिलेर इस्टिमेट,अनुगमन, कार्यसम्पन्न प्रतिवेदन सबै बनाइदिने बहूलठ्ठीपूर्ण काम गर्छन् । यसो गरेवापत यिनलाई राम्रै रकम कमिसनस्वरुप हात लाग्दछ । अनि यिनी नै बजेट सदुपयोग, पारदर्शिता तथा विकासका कुरामा प्राय प्रवचन पनि दिन्छन् ।
कर्मचारीका संगठनको केन्द्रीय समितिमा रहेर छानीछानी कमाउ कार्यालयमा जाने र त्यसलाई सकेजति दोहन गरिसकेपछि लगत्तै अर्को आकर्षक अड्डामा सरुवा हुने भाग्यमानी रामचन्द्र अधिकारी हुन् । केही वर्षअघि यी ललितपुरको करोडौं बजेट हुने इमाडोल गाविसका सचिव थिए । त्यहाँ यिनको कमाई गर्ने र त्यसबाट संगठनका नेतालाई पनि लाभ पुर्याउने शैलीबाट प्रभावित भएर संगठनकै पहलमा उनलाई लगत्तै सेवा नै परिवर्तन गराएर वैदेशिक रोजगार विभागमा पठाइयो । वैरोमा रहेर यिनले अतिरिक्त कमाईबाट संगठनका पदाधिकारीलाई देशभ्रमण र विदेशसम्म पुग्न लाखौं सहयोग गरे । यहाँ रहँदा अधिकारीले सबै कटाएर ५० लाख कमाई गरी बचाएका उनीसँगै वैरोमा रहेका संगठनकै अर्का सदस्य बताउँछन् । पाँचलाख त उनले वैरोमा रहँदा संगठनका नाममा उनलाई त्यहाँ पुर्याउने संगनका नेताहरुमाथि खर्चिएको बताउने गरेका छन् । यी भाग्यमानी अहिले वैरोबाट सोझै यातायात व्यवस्था विभागमा स्थापित गरिएका छन् । हाल यिनी संगठनका केन्द्रीय सदस्य पनि रहेका छन् ।
कर्मचारी सरुवा हुन कममा पनि दुई वर्ष एउटा कार्यालयमा काम गरेको हुनुपर्ने प्रावधान निसेनिमा छ । तर संगठनका साधारण सदस्य मात्र भएपनि प्रकाश अधिकारी भने लोसेआबाट अधिकृत भएको दुई वर्ष नपुग्दै छानेका चार आकर्षक कार्यालयमा फन्को मारिसकेका छन् । यी ३ वर्षअघिसम्म काभ्रेको महादेवस्थानमा गाविस सचिव थिए । त्यतिबेला नै यिनले सचिवको हैसियतमा भ्रष्ट स्थानीय नेतासँग मिली सय रोपनीजति सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न सिफारिश गरिदिएर एकैपटक १२ लाख रुपैयाँ घुसस्वरुपमा हात पारे । अधिकारीको यो गलत कार्यका विरुद्ध वैद्य माओवादीले उनलाई कि जग्गा दर्ता बदर गर्न प्रक्रिया अघि बढाउनु पर्ने कि भौतिक कारवाहीका लागि तयार रहनुपर्ने चेतावनी दिएपछि सो क्षणसम्म संगठनको साधारण सदस्य पनि नरहेका प्रकाश काठमाडौ आएर संगनका पैसाप्रेमी पदाधिकारीलाई खुशी तुल्याई मन्त्रालयमा काजमा आए । स्थानीय विकास मन्त्रालयमा हाजिर भएपछि राजधानीमै बस्न थालेका उनले घुसको रकम सदुपयोग गरी भक्तपुरमा जग्गा पनि खरिद गरे ।
जग्गा किन्ने रकम जोडेका र संगठनका पदाधिकारीको संरक्षण पाएका उनी ढुक्कैले पढ्न थाले र दुई वर्षअघि अधिकृतमा नाम निकाले । पहिलो रमाना स्वरुप सर्लाही निर्वाचन कार्यालयमा खटिए । पैसाकमाउन सकिने अवस्था नभएपछि उनी त्यहाँ टिकिरहने कुरै भएन । संगठनकै नेताका बलमा केही महिनापछि नै उनी खोटांग जिविसमा योजना अनुगमन तथा प्रशासकीय अधिकृत बनेर गए । त्यहाँ एकवर्ष पनि नबसी संगठनकै पहलमा लालबन्दी नगरपालिकामा कार्यकारी बने । छोटो अवधि मात्र त्यहाँ बसी नयाँ घोषित राजधानीकै बज्रबाराही नपामा उपसचिव कार्यकारी हुनुपर्नेमा संगठनकै बलमिच्याइमा हाल अधिकृत यिनलाई नै कार्यकारी बनाइएको छ । दुई वर्षमै रोजीरोजी कमाउ कार्यालयमा सरुवा गराउने संगठनका नेतालाई निर्णायक पदमा जिताउन यिनले नयाँ नपाको कति लाख रुपैयाँ सुम्पलान् अनुमान मात्र गरौं ।
संगनठनका नेतालाई लाखौं रकम चढाएर राज्यका कान्छा ज्वाई बन्ने अर्का कर्मचारी जयराम उप्रेती हुन् । विकासका लागि विनियोजित सरकारी रकम मिलाएर खाने र खुवाउने कार्यमा सिपालु भएकै कारण संगठनका केही नेता यिनलाई जहाँ बढी कमाउन सकिन्छ त्यहीं पठाउन मरिमेटेर लाग्छन् । यी करीब ४ वर्षअघिसम्म काभ्रेको पनौती नपाको उपस्वास्थ्यचौकीमा अहेब (खरिदार स्तर) थिए ।
अधिकृतमा नाम निकाले र सहायक सिडिओ भएर बाजुरा गए । जहाँ खटेपनि दुई वर्ष अनिवार्य बस्नुपर्ने निजामती सेवा ऐनको प्रावधान भएपनि ६ महिना पनि नबिती यिनी नेपाल निजामती कर्मचारी संगठनकै द्रव्यप्रेमी नेताका पहलमा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा काजमा ल्याइए ।
निजामती कर्मचारीको बढुवाका लागि अनिवार्य तालिम कार्यक्रमहरु सञ्चालन गर्ने केन्द्रमा तालिम सामग्रीदेखि प्रशिक्षकका रुपमा अतिरिक्त कमाई गर्न पाइने भएकाले उनलाई त्यहाँ पुर्याइएको हो । यहाँ हुने अतिरिक्त कमाइबाट चित्त नबुझेपछि उनी केही महिनापछि नै ताप्लेजुंगमा योजना अधिकृत बनेर गए । त्यहाँको कमिसन र अतिरिक्त कमाइमा पनि उनको मन रम्न सकेन । ताप्लेजुंगमा हाजिर भएको करीब १० महिनापछि कमाउ कार्यालय खोज्दै भौंतारिएका उनी संगठनकै नेताका बलमा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ल्याइए । हाल उनी लाइसेन्स वितरण शाखामा छन् र विवादित स्मार्ट कार्डमा यिनैको हस्ताक्षर रहने गरेको छ ।
ट्रेड युनियनको नेता भएको आडमा अनियमितता गरी मनग्गे कमाउन सकिने सरकारी अड्डाहरु छानीछानी जाने र थोरै समयमा लाखौं कमाई त्यहाँबाट सरिहाल्ने अर्का कर्मचारी इश्वरी ढकाल हुन् । नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष समेत रहेका लेखा अधिकृत ढकाल उपाध्यक्षको जिम्मेवारीमा रहेपछि जल उत्पन्न प्रकोप नियन्त्रण कर्यालय बारा, मालपोत कार्यालय ललितपुर, कर्मचारी प्रशिक्षण केन्द्र ललितपुर, ट्रमा सेन्टर (वीरअस्पताल), स्थानीय विकास मन्त्रालय, पर्यावरणमा आधारित स्थानीय विकास भन्ने प्रोजेक्ट र ग्रामीण विकास प्रशिक्षण केन्द्रमा पुगी रस चुसिरहेका छन् । मालपोत लपुमा रहेर पैसा त कमिने तर जतिबेला पनि अख्तियारले समाउने भएकाले बदनामीको डरले उनी स्टाफ कलेजमा सरुवा भए ।
खरिदार र सुब्बाको पदोन्नतीका लागि अनिवार्य तालिममा एउटा कक्षा लिने र कक्षा संख्या बढाएर कमाउने धन्दा चलाए । प्रतिकक्षा २ हजार रुपैयाँ पाइने भएकाले मासिक दर्जनौं कक्षा बढाएर उनले त्यहाँ रहुञ्जेल अतिरिक्त कमाई गरेका स्टाफ कलेज श्रोतले रातोपाटीलाई बताएको छ ।
यसपछि उनी ट्रमा सेन्टरमा गए । भारतीय सहयोगमा झण्डै अर्बको लागतमा निर्मित सेन्टरको नरेन्द्र मोदीले उद्घाटन गर्दा ढकाल नै त्यहाँका लेखाअधिकृत थिए । उद्घाटनअघि करोडौंका सामान खरिद गर्दा लाखौं कमिसनको खेलमा ढकाल संलग्न थिए । उनले सामान खरिद गर्दा दशौं लाख लाभ हासिल गरेका वीर अस्पतालका एक अधिकृत बताउँछन् । यसको चर्चा शुरु हुन लागेपछि उनी सुटुक्क स्थानीय विकास मन्त्रालयमा सरुवा मिलाएर आए ।
मन्त्रलयमा बसेर कमाइको मौका नपाएपछि उनी छोटो अवधिमै फेरी स्थानीय विकास प्रशिक्षण केन्द्रमा गए । यहाँ हुने सिमित अतिरिक्त कमाइमा चित्त नबुझाएका उनी हाल अर्बौं विदेशी लगानी रहेको पर्यावरणमा आधारित स्थानीय विकास भन्ने प्रोजेक्टमा सरेका छन् । मन्त्रालयका एक उपसचिव भन्छन् यो प्रोजेक्ट एनजिओ जस्तै हो । उल्लेखित सबै कर्मचारीहरुले केही वर्षको छोटो अवधिमै राजधानीमा दुईभन्दा बढी स्थानमा करोड पर्ने जमीन जोडेका छन् । यिनलाई निसेनिको उलंघन गरी कमाउ कार्यालयमा पठाउने नेपाल निजामती कर्मचारी संगठनका सदाबहार नेताहरुले देशदेखि विदेश भ्रमण गरेकाछन् ।
तर यिनीहरुले काम गरेका कार्यालयका हालत हेर्ने हो भने केही काम भएको पाईंदैन । देखिने गरी आफैं भ्रष्टाचारमा संलग्न नहुने तर पैसाका लागि दर्जनौं कर्मचारीलाई पालैपालो कमाउ कार्यालयमा खटाई सबैबाट लाभ लिइरहने ट्रेड युनियन नेतृत्वलाई कन अख्तियारले बेवास्ता गरेको छ खोजीको विषय बनेको छ ।
ratopati
२५ पुस, एजेन्सी।
भारतको बिहारमा प्रहरी र नक्सालवादीबीचको भिडन्तमा पाँच जना नक्सालवादी मारिएका छन् ।
बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणमा रहेको औरंगावादको ढिबरामा केन्द्रीय रिजर्व पुलिस बल सिआरपिएफ र नक्सालवादीबीच मुढभेड भएको हो ।
भिडन्तपछि गरिएको खोजिका क्रममा पाँच जना नक्सालवादीको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ । झडपका क्रममा एक प्रहरी हवल्दार पनि घाइते भएका छन् । घटनास्थलबाट एक एके ४७ तथा अरु केही हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ ।nepaliheadlines

यतिबेला सामाजिक सञ्जाल, रेडियो, पत्रपत्रिकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिको चर्चा बढ्दो छ । डा. भट्टराई नयाँ शक्ति निर्माण अभियानमा देश दौडाहामा छन् । राम्रो छवि बनाएका रविन्द्र मिश्र, डा. स्वर्णिम वाग्ले, लीलामणि पौडेल, अनिल शाह, उज्ज्वल थापा लगायतले पनि नयाँ शक्तिको बहस चलाइरहेको पाइन्छ ।
देशमा विद्यमान असंख्य राजनीतिक दल र तिनीहरूको अकर्मण्यतालाई नयाँ शक्तिको आधार बनाइएको छ । खासगरी पुराना शक्तिको विकल्पमा नयाँ शक्तिलाई लिइएको छ । असल राजनीतिक संस्कारसहितको राजनीतिक पार्टी निर्माण गरी देशलाई विकसित र समृद्धि बनाउन नयाँ शक्ति आवश्यक रहेको बताइएको छ । विद्यमान राजनीतिक पार्टीले देशलाई खास निकास र विकास दिन नसकेको अवस्थामा आएको नयाँ विचार भनिएकाले पनि यसले चर्चा पाएको देखिन्छ ।
नयाँ शक्ति आवश्यक रहेको महसुस
नेपालमा राजनीतिक दलको गठन र राजनीति विकास क्रम त्यति लामो छैन । नेपालमा सक्रिय भइराखेका राजनीतिक दलमध्येमा नेपाली कांग्रेसको विशिष्ट पहिचान छ । ऊ पुरानो राजनीतिक पार्टी पनि हो । उसको स्थापनाको मुख्य एजेन्डा राणाशासन फालेर प्रजातन्त्रको स्थापना गराउनु थियो । त्यसअनुरूप ऊ राणाशासन फाल्न सफल भयो, प्रजातन्त्र ल्यायो । यद्यपि यसको केही वर्षमै पञ्चायत व्यवस्था लागू भयो ।
प्रजातन्त्र आए पनि जनस्तरमा प्रजातन्त्रको आभास हुन सकिरहेको अवस्था भने थिएन । बडाहाकिम, मुखिया, जिम्मावाल, काजी, जमिनदारकै हालिमुहाली रहेको अवस्था थियो । यो अवस्था स्वयंले सामन्तप्रथा ढलाउने एउटा विद्रोह वा क्रान्तिको आधार तय नगरिरहेको होइन ।
नेपालमा कम्युनिस्ट शासन स्थापित गर्ने उद्देश्यसहित आएको नेकपा एमाले र नेपाली कांग्रेस मिलेर ०४७ सालमा पञ्चायत फालेर राजतन्त्रात्मक प्रजातन्त्र स्थापना भयो । त्यसको केही वर्षमा नेकपा एमालेले चुनाव जितेर अल्पमतकै भए पनि सरकार चलायो । यद्यपि कम्युनिस्ट व्यवस्थाको स्थापना गर्न भने सकेन ।
पछिल्लो दुई दशकमा गणतन्त्रको स्थापना, संविधानसभाबाट संविधानको निर्माण लगायत एजेन्डा लिएर नेकपा माओवादी गठन भयो । जसले सञ्चालनको गरेको जनयुद्धको आडमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान निर्माण पनि सम्भव भयो ।
यसरी सरसर्ती हेर्दा नेपालका राजनीतिक दलहरूले आफ्नो राजनीतिक एजेन्डा पूरा गराउनमा सफल भएका छन् । तर, २१ औँ शताब्दीको मुलुकलाई कसरी विकासमा लान सकिन्छ ? सबै जातजाति भाषाभाषी र क्षेत्रलाई कसरी मिलाएर लान सकिन्छ ? देशमा गरिबी र बेरोजगारीलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? देशका होनहार युवाहरू र दक्ष जनशक्तिलाई कसरी देश विकासमा लगाउन सकिन्छ ? अबको देशको बाटो के हो ? यसबारे पुराना शक्तिहरुमा स्पष्ट भिजन देखिँछैन । संस्कार र रणनीति देखिँदैन । यहाँसम्मकी इच्छा शक्ति पनि देखिँदैन ।
जब राजनीतिक एजेन्डा पूरा हुन्छ, त्यसपछिको आर्थिक विकासको एजेन्डामा परिवर्तन हुन नसक्दा ती राजनीतिक दलहरू असफल भई पुनः प्राप्त राजनीतिक अधिकारसमेत गुमेको अवस्था पाइन्छ । उदाहरणका लागि राणाहरूको पतनपछि प्रजातन्त्रको स्थापना भए पनि पुनः पञ्चायती व्यवस्थाको लागू, पञ्चायती व्यवस्था अन्त्यपछि पनि पुनः राजतन्त्रात्मक व्यवस्था, राजा ज्ञानेन्द्रले चालेका कदम, आदिलाई लिन सकिन्छ । त्यसैले अब देश गणतन्त्रात्मक भइसकेको र संविधानसभाबाट जनताले नै चुनेका प्रतिनिधिबाट संविधान निर्माण कार्य सम्पन्न भइसकेको अवस्थापछि पनि पुनः राजनीतिक अधिकारकै लागि लड्न खोजेमा प्राप्त अधिकार समेत गुम्ने स्थिति आउन सक्छ । यसका लागि नै अबको बाटो पुराना राजनीतिक शक्तिहरू परिवर्तन हुन नखोजे पनि नयाँ शक्तिको निर्माण गरी आर्थिक विकासमा अगाडि बढ्नु आवश्यक छ ।
देशमा नयाँ शक्ति उदाउँछ र देशलाई समृद्धि पथमा हिँडाउँछ भने त्यो आमनेपालीका लागि सुखद कुरा नै हुनुपर्छ । तर, जनतालाई यो कुरा बुझाउन त्यति सजिलो छैन । त्यसैले डा. बाबुराम भट्टराई कैलाली जानुपर्छ । लीलामणि पौडेल कर्णाली जानुपर्छ । रविन्द्र मिश्र सिन्धुपालाञ्चोक जानुपर्छ । अनिल शाह सप्तरी जानुपर्छ । डा. स्वर्णिम वाग्ले रोल्पा जानुपर्छ ।उज्वल थापा कञ्चनपुर जानुपर्छ र जनतालाई बुझाउनुपर्छ ।
नयाँ शक्ति निर्माण कति सहज कति असहज ?
हाम्रो देश सामाजिक, सांस्कृतिक एवं भौगोलिक दृष्टिकोणले अत्यन्तै विविधतापूर्ण छ । नयाँ शक्ति निर्माणको बहस गर्दै गर्दा नेपालको हरेक ठाउँको सामाजिक स्थिति, त्यहाँका जनतामा भएको चेतना र शैक्षिक स्तर, स्थानीय राजनीतिक नेतृत्वको प्रभाव लगायत समेत निकै गहन अध्ययन गर्नुपर्ने हुन्छ । नयाँ शक्तिलाई पुराना शक्तिको विकल्प भनिएको छ । देशमा वैकल्पिक विचार दिन राजधानीमा बसेर कलम चलाउँदैमा, सहरी क्षेत्रमा विचार गोष्ठी गर्दैमा, दुई–चार बुद्धिजीवीको समर्थन प्राप्त गर्दैमा र विदेशमा बस्ने सीमित नेपालीले सामाजिक सञ्चालमा व्यक्त गर्ने विचारको पछि लागेर मात्र नयाँ शक्ति निर्माण अभियान सफल भएर देशलाई सही विकास र समृद्धिमा लैजान सकिन्छ भन्ने मान्न सकिँदैन । हाम्रो देशमा करिब तीन चौथाई जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने र बाँकी एक चौथाई सहरी क्षेत्रमा बसोबास गरेको अवस्था छ, यसलाई समेत नयाँ शक्ति निर्माणको क्रममा ख्याल राख्नुपर्ने देखिन्छ । अन्य देश र नेपालको परिवेश फरक छ– भारत, चीन, अमेरिका, अस्ट्रेलिया र क्यानडाको चुनाव, त्यहाँको जनताको चेतना र बुझाइको स्तरको तुलनामा । त्यसैले यो अवस्थालाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।
नेपालमा देशको कुल जनसंख्याको आधा जनसंख्या युवा जमात छ । उक्त जमात कामका लागि जागरुक, सक्षम र राजनीतिक रुपले तटस्थ देखिन्छ । यो वर्गको उपयोग नै नयाँ शक्तिको मुख्य आधार बनाइनुपर्छ । विकासको मार्गनिर्देशसहितको नयाँ शक्तिको आवश्यकता नै त्यही वर्गलाई छ । त्यसैले यो वर्गलाई देश विकास र नयाँ शक्तिमा आबद्ध गर्न सकिन्छ भन्ने आँकलन गर्न सकिन्छ । तर प्रयोगमा ल्याउन कति सहज र असहज छ भन्ने कुरा त्यसको नेतृत्व र मार्गनिर्देशमा भर पर्छ । हामीहरू विकासको दृष्टिले धेरै नै पिछडिएका छौँ । हामी कतिपय आमनेपालीलाई समृद्धि के हो, विकास कस्तो हुन्छ, राजनीतिक संस्कार कस्तो हुन्छ वा हुनुपर्छ, देशमा कति दल छन्, कुन दलमा कस्ता मान्छे छन्, नेपाल बाहेकका अन्य देशमा कस्तो राजनीति संस्कार, विकास र समृद्धि छ, भन्नेबारे निकै कम जानकारी होला । त्यसैले डा. बाबुराम भट्टराई, रविन्द्र मिश्र, अनिल शाह, उज्ज्वल थापा, लीलामणि पौडेल, डा. स्वर्णिम वाग्लेलगायत नयाँ शक्तिको बहस चलाउनेले अन्य देशको विकास र समृद्धि देखेर ओतप्रोत भएर मात्र हुँदैन । गाउँमा अधिकांशलाई एक–दुईवटा चुनाव चिह्नभन्दा थाहा नभएको अवस्था छ । यसअघिका चुनावहरूमा आफूले जसलाई मत दिएको हो, त्योभन्दा दायाँ–बायाँ गरियो भने धर्मै छाडेको ठहरिन्छ भन्ने उमेरले पाका मानिसहरुको संख्या पनि कम छैन । कुन दलको कस्तो एजेन्डा र रणनीति छ, कस्ता मान्छे चुनिँदै छन् भन्ने ज्ञान निकै कमलाई छ । ज्ञान दिने मान्छेहरू समेत बिकाउमा छन् । बुद्धिजीवी र राजनीतिक विश्लेषक नै आफूनिकट राजनीतिक दलको पक्षमा विचार व्यक्त गर्छन् । हाम्रो देशमा आवधिक रुपमा निर्वाचन नहुनु र भएका निर्वाचनबाट पनि कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याउन नसक्दा राजनीतिक नेतृत्वले आफ्ना एजेन्डालाई लागू गराउन सकिरहेको पाइँदैन । जसले गर्दा नै नेपालमा राजनीतिक स्थिरतासँगै आर्थिक विकासले गति लिन सकेको छैन । नेपाल समृद्ध होला भन्दा झनै गरिबीको खाडलमा भासिँदै गएको छ ।
नयाँ शक्तिको नेतृत्व
नेपाल अहिले विषम र दोधार परिस्थितिमा छ । अन्तर्राष्ट्रिय राजनीति, प्रशासनिक, अर्थशास्त्रका ज्ञाता र देश बनाउने इच्छा हुँदैमा नयाँ शक्तिले दैवी शक्तिको रूपमा सफलता पाउन सक्छ भन्ने हुँदैन । सफलता पाउनका लागि केन्द्रदेखि स्थानीय तहसम्मको संगठन संरचना बलियो बनाउनुपर्छ । मान्छे जतिसुकै विज्ञ र इच्छाशक्ति बोकेको किन नहोस्, अर्काले चिनेन र पत्याएन भने त्यसको अर्थ रहँदैन । नेपाली जनतालाई विकास र समृद्धिको बहस चलाएर जिस्क्याउने मान्छे चाहिएको छैन । छोटो समयमै देशमा सुख शान्ति र समृद्धि चाहिएको छ । पुराना शक्तिहरूले जस्तै सपना मात्रै बाँड्दै जाने झुटा आश्वासन दिने नयाँ शक्तिलाई पनि नेपाली जनताले विश्वास गर्न सक्दैनन् । खासगरी युवा जमात भाषणमा भन्दा काममा विश्वास गर्छ ।
विश्व परिवेश हेर्दा नेपाल धेरै पछि परिसक्यो । हामीलाई छोटो समयमा अन्य राष्ट्रहरूमा जस्तो सुख, शान्ति, समृद्धि र विकास दिने नेतृत्व चाहिएको हो । यदि ढिला भयो भने, असल संगठन र संस्कार निर्माण गर्न अलमल भयो भने, नयाँ शक्ति अभियान पनि केही सीमित मानिसलाई नेता बनाउने मात्रै हुन सक्छ ।
यदि देशलाई विकास र समृद्धिमा लैजान नयाँ शक्ति निर्माणको बहस चलाइएको हो भने सबै नयाँ शक्ति निर्माणका बहसकर्ताहरू एक ठाउँमा उभिएर संगठन निर्माण प्रचार र जनचेतनामा लाग्नुपर्छ । अन्यथा देश विकास गर्ने होइन, देशमा अर्को थुप्रै नयाँ पार्टीहरू खोल्ने र उक्त पार्टीको अध्यक्ष भएर बस्नु सिवाय अरु केही हुन सक्दैन ।
हामी जनताको चाहना विकास नै हो । देशमा नयाँ शक्ति उदाउँछ र देशलाई समृद्धि पथमा हिँडाउँछ भने त्यो आमनेपालीका लागि सुखद कुरा नै हुनुपर्छ । तर, जनतालाई यो कुरा बुझाउन त्यति सजिलो छैन । त्यसैले डा. बाबुराम भट्टराई कैलाली जानुपर्छ । लीलामणि पौडेल कर्णाली जानुपर्छ । रविन्द्र मिश्र सिन्धुपालाञ्चोक जानुपर्छ । अनिल शाह सप्तरी जानुपर्छ । डा. स्वर्णिम वाग्ले रोल्पा जानुपर्छ ।उज्वल थापा कञ्चनपुर जानुपर्छ र जनतालाई बुझाउनुपर्छ ।
ratopati